economic
||Power News Asia||

आजको समाचार

ललितपुर चेम्बरको संयोजन तथा आन्तरिक राजश्व कार्यालयको आयोजनामा कर सम्बन्धी अन्तर्कृया सम्पन्न

आर्थिक


ललितपुर । ललितपुर चेम्बर अफ कमर्सको संयोजन  तथा आन्तरिक राजश्व कार्यालय ललितपुर १ र आन्तरिक राजश्व कार्यालय ललितपुर २ को संयुक्त आयोजनामा कर सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।  ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यको सभापतित्वमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय ललितपुर १ र आन्तरिक राजश्व कार्यालय ललितपुर २ का प्रमुखहरु, कर अधिकृत, ललितपुर चेम्बर अफ कमर्स, ललितपुर महिला चेम्बर, ललितपुर युथ चेम्बर, गोदावरी चेम्बर र महालक्ष्मी चेम्बर सम्बद्ध पदाधिकारी एवम् सदस्य लगायतका उद्यमी व्यवसायीहरुको सहभागीता रहेको थियो ।  

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले नेपाल सरकारको कर नीति विगतको तुलनामा सुधारोन्मुख रहेकाले करमैत्री बन्दै गएको उल्लेख गर्नुहुँदै धेरै ठाउँमा कर तिर्नुपर्ने वाध्यताबाट व्यवसायीहरु अझै मुक्त हुन भने नसकेको भन्दै सो सम्बन्धमा पुनरावलोकन गर्नुपर्ने राय पेश गर्नुभयो ।अध्यक्ष शाक्यले करको दायरा बढाउदै करको दर भने घटाउनतर्फ सरकारले ध्यान दिनुपर्ने, व्यवसायीलाई आर्थिक विधेयक ऐन २०७९ मा भएका सुधारका प्रयास तथा परिमार्जित कर प्रणाली बारे सचेतना अभिब्रिद्धीका कार्यक्रम बेलाबेलामा सरकारीस्तरबाट नै संचालनमा ल्याउनुपर्ने, करदातालाई राहत पुग्ने गरि कर प्रशासनबाट साथ सहयोग रहनुपर्ने आदी जस्ता धारणा राख्नुभयो ।  

कार्यक्रम माझ कर अधिकृत राम बहादुर केसीले प्रस्तुती दिनुहुँदै कर कार्यालय सेवाग्राहीकै हो र कर्मचारी  सेवाका लागि खटिएका हुन भन्ने बुझ्न् आग्रह गर्नुहुँदै  कर नीतिमा समय सापेक्ष सुधार हुँदै आएको बताउनुभयो । सो अवसरमा उहाँले आर्थिक ऐन  २०७९ मा भएका सुधार तथा परिमार्जित कर प्रणाली बारे जानकारी दिनु हुँदै कारोबार र नाफाका आधारमा कसरी डे वान, डे टु, डे थ्री, डे फोरको विवरण भर्ने, के भयो भने मिस म्याच हुन्छ, पालिका अनुसार निर्धारित कर व्यवस्था, अन्तशुल्क शुल्क, बिलम्ब, विद्युतिय बिल बिजकआदी बिषय र प्रावधान बारे जानकारी दिनुभएको थियो ।  

त्यसो त अन्तर्कृया कार्यक्रम माझ उद्योगी व्यवसायीहरुले कारोबार विवरण बुझाएर कर तिरिसकेको बिषयमा दश बाह्र बर्षपछि आएर कर प्रशासनले मिस म्याच देखाएसँगै व्यवसाय संचालकहरुमा हाल त्रास एवम् आतंक फैलिएको बताउदै निर्यातमा एक्जिम कोडको प्रावधान, कर छुट, बिमा, भ्याट आदी प्रावधान बारे जिज्ञासा राखेका थिए ।  

त्यहाँ उठेका सवाल उपर जवाफ पेश गर्नुहुँदै कर अधिकृत केसीले मुख्य रुपमा करदाताहरु  मिसम्याचको कार्वाहीमा परिने हो कि भनेर डराउदै आएको स्थिती र चासो साथै जिज्ञासा पनि बढि उठेकोले त्यसबाट नआत्तिन र आतंकबाट नै सचेतना अभिब्रिद्धी एवम सुविधा लिने बिषय बारे थाहा हुन आउने उल्लेख गर्नुभयो । यस सन्दर्भमा थप स्पस्ट पार्दै उहाँले भन्नुभयो ’मिस म्याच देखिएको रकमको मात्र एक दशमलब पाँच  प्रतिशत तिर्दा हुने व्यवस्था रहेको छ, त्यसैले कत्ति पनि आत्तिनु पर्दैन’ ।  

साथै उहाँले १० करोड भन्दा माथि कारोबार गर्ने व्यवसायिक कम्पनी वा फर्म अनिवार्य विद्युतिय कारोबार गर्नुपर्ने र मल्टि प्लेक्स, पार्टी प्यालेस आदी केही प्रकृतीकाले ५ करोड कारोबारमा समेत विद्युतिय बिजक जारी गर्नुपर्ने प्रावधान आदी बिषयमा स्पष्ट पार्नुभएको थियो ।  

आन्तरिक राजश्व कार्यालय ललितपुर १ का प्रमुख अर्जुन प्रसाद ढकालले गुनासो सुन्ने, समस्या सुन्ने, कर सम्बन्धमा भएका नयाँ परिमार्जन बारे जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै मिस म्याचको बिषयबाट डराउनु नपर्ने बरु छुट  सुविधा लिदै खुशी हुनुपर्नेमा जोड दिनु भयो ।  साथै, उहाँले कर प्रशासनमा व्यापक सुधार हुँदै आएको बताउनु हुँदै विगतमा जीवन शैलीलाई आधार मान्दै कर निर्धारण गर्ने अवस्था रहेकामा हाल बिना वैज्ञानिक आधार प्रमाण कर अधिकृतले कार्वाही गर्न नसक्ने उल्लेख गर्नुभयो ।  

त्यसैगरि, आन्तरिक राजश्व कार्यालय ललितपुर २ का प्रमुख निरन भट्टराईले  विभिन्न खालका छुट सुविधाको प्रावधान भएता पनि अधिकांश करदातालाई सो बारे थाहा नहुने गरेको पाइएको उल्लेख गर्नुहुँदै  करदाता स्वयं पनि जागरुक रहन आवश्यक रहेको औंल्याउनु भयो ।  साथै, उहाँले कर प्रशासन प्रविधि मैत्री र करदातामैत्री बन्दै गईरहेको प्रसङ्  उल्लेख गर्नुहुँदै कर सम्बन्धी न्युनतम मापदण्ड  पालना गर्न उद्योगी एवम् व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।

नवनियुक्त राजदुतहरु टि टेष्टिङ्मा सहभागी

आर्थिक


काठमाडौं ।  विभिन्न देशका लागि नेपाल सरकारबाट नवनियुक्त नेपाली राजदुतहरु टि टेष्टिङ् कार्यक्रममा सहभागी हुँदै आर्थिक कुटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता समेत जनाउनु भएको छ । हिमालयन अर्थोडक्स टि प्रोडुसर्स एशोसियसन (हट्पा) नेपाल र हिमालयन टि प्रोड्युसर्स कोअपरेटिभ (हिमकोप) द्वारा शुक्रबार आयोजित कार्यक्रममा टि टेष्टिङ् कार्यक्रममा सहभागी हुनुभई बहराईनका लागि नेपाली राजदुत तिर्थराज वाग्ले, बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारी, इजिप्टका लागि नेपाली राजदुत शुसिल कुमार लम्साल, म्यानमारका लागि नेपाली राजदुत हरिसचन्द्र घिमिरे, डेनमार्कका लागि नेपाली राजदुत रामस्वार्थ राय, रसियाका लागि नेपाली राजदुत मिलनराज तुलाधर, साउदी अरेबियाका लागि नेपाली राजदुत नवराज सुवेदी र अष्ट्रियाका लागि नेपाली राजदुत भरत कुमार रेग्मीले नेपालमा उत्पादित विभिन्न चियाहरुको स्वाद लिनु भएको थियो । उक्त टि टेष्टिङ्मा तारा बाँस्कोटा र भुषण सुब्बाले राजदुतहरुलाई सहजिकरण गर्नुभएको थियो ।  सो अवसरमा उहाँहरुले चियाको स्वाद लिनुका साथै चियाको स्टल समेतको अवलोकन गर्नुभयो  ।  

त्यसघि एक औपचारिक छलफल तथा अन्तरकृया कार्यक्रमको आयोजना गरि नेपालमा उत्पादित चियाको बारेमा नवनियुक्त राजदुतहरुलाई जानकारी दिलाईएको थियो ।  पूर्व गृहराज्यमन्त्री समेत रहनु भएका हटपाका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाको सभापतित्व माझ आयोजित उक्त कार्यक्रममा हिमकोपका अध्यक्ष उदय चापागाईले स्वागत मन्तव्य राख्नुहुँदै नेपालमा उत्पादित चियाको इतिहास बारे प्रकाश पार्नुहुँदै चिया निर्यात विश्वका अन्य प्राय ठुला बजार भएका मुलुकहरुमा हुँदै आएता पनि मध्य पुर्व, चीन र पाकिस्तानमा पनि बिस्तार गर्न सकिने उल्लेख गर्नुभएको  थियो  ।  त्यसैगरि, हट्पाकी आशा भण्डारीले चियाको उत्पादन र निर्यातसँग सम्बन्धित रहेर पावरप्वाईण्ट प्रिजेन्टेसन दिनुहुँदै नेपालमा विभिन्न किसिमका चियाको उत्पादन  हुँदै आएको तथा सोको कुल उत्पादन, निर्यातको अवस्था, विश्व बजारमा नेपालको चियाले पाएको सम्मान तथा अवार्ड आदीको बिषय समेटेर प्रस्तुती दिनुभएको थियो । त्यसैगरि, राजदुतहरुलाई नेपाली चियाको उत्पादन प्रकृया बारे जान्न सहज होस् भन्ने हेतु कंचनजंगा  टि स्टेट एण्ड  रिसर्च सेण्टरका लागि सरोज ओझाको निर्देशनमा निर्मित अंग्रेजी भाषाको विश्वस्तरिय भिडियो ब्रित्तचित्र समेत देखाईएको थियो भने कार्यक्रमको संयोजन समेत गर्नुभएकी प्रस्तोता शान्ता बाँस्कोटा कोईरालाले नेपालमा पाइने चिया विश्वमै उत्कृष्ट रहेको बारे प्रकाश पार्नुहुँदै अर्गानिक चियाको सर्टिफिकेशन, बजारीकरण जस्ता सवाल साथै निर्यातमा देखिदै आएका समस्या र चुनौती बारे जानकारी दिनुभएको थियो ।  

महामहिम राजदुतहरुले आफु राजदुत भएर गएको देशमा चियाको माग र खपतको अवस्था, बजार संभाव्यता बारे खोजी गर्ने, चियालाई उपहारको रुपमा दिने, डिस्प्ले तथा बजार प्रबर्धनका लागि भिडियो सामाग्री सहित डिजिटल माध्यमको समेत प्रयोग गर्ने, विगतको निर्यात अवस्था र सहजता-जटिलता, नीतिगत र व्यापारिक सम्बन्ध आदी बिषय बारे थप जानकारी लिदै आवश्यक पहलकदमी चाल्ने सन्दर्भहरु उल्लेख गर्नुभएको थियो ।  अन्तरकृयामा भाग लिनुहुँदै राजदुतहरुले आर्थिक कुटनीतिलाई प्राथमिकता दिदै नेपालका उत्पादनलाई विश्व सामु चिनाउन तथा तततत् देशमा पुगेर नेपाली चिया लगायतका उत्पादनको प्रबर्धनमा आआफनो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

त्यसो त कार्यक्रम माझ उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिव  गोविन्द कार्कीले विगतमा आफुले महावाणिज्यदुत भएर गरेका कार्यको अनुभव सुनाउनुहुँदै विदेशी नियोगले परराष्ट्र मन्त्रालयमा मासिक प्रगती विवरण पठाउनुपर्ने प्रणाली बसालिनु  सुखद पक्ष रहेको औल्याउनुहुँदै वाणिज्यसँग सरोकारित बिषयको हकमा उसैगरि प्रत्यक्ष वाणिज्य मन्त्रालयमा विवरण पठाउने हो भने त्यसले चिया लगायतका वस्तुको निकासी व्यापारमा थप टेवा पुग्न जाने उल्लेख गर्नु भएको थियो ।  

त्यसैगरि, कार्यक्रमलाई संबोधन गर्नुहुँदै व्यापार तथा निकासी प्रबर्धन बोर्डका कार्यकारी निर्देशक डा. शरद बिक्रम राणाले बोर्डको आधिकारिक वेबसाईटमा नेपालबाट विदेश निर्यात हुने वस्तुको बिषयमा डिजिटल माध्यमबाट खोजेको बेलामा आवश्यक सुचना लिन मिल्ने साथै व्यवसायी स्वयंले आफ्नो फर्मको विवरण राख्न मिल्ने गरि बनाईएकाले विदेश स्थित कुटनीतिक नियोगले कुन वस्तुको अवस्था के छ भनेर सहजै बुझ्न सक्ने जानकारी गराउनु भएको थियो ।  

कार्यक्रममा कफि तथा चिया विकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु प्रसाद भट्टराईले चिया खेती देशका सातै प्रदेशमा पुगि सकेको अवस्था बारे जानकारी दिनुहुँदै रिसर्चहरुले पनि नेपालको चिया  गुणस्तरमा कुनै कमी नरहेको चिया निर्यात बढाउन थप प्रबर्धन आवश्यक रहेको औल्याउनु भएको थियो ।  

छलफल तथा अन्तर्कृया कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्नुहुँदै सहकारी अभियन्ता समेत रहनु भएका हट्पाका अध्यक्ष, पूर्व राज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाले नेपालको वातावरण र भुवनोट चिया उत्पादनका लागि उपर्युक्त रहेको प्रसङ् उल्लेख गर्नुहुँदै औषधीको गुण भएको ग्रिन टि लाई विश्वमा पहिचान दिलाउन आफु चार दशक अघि  देखी अनवरत लागि परेको र सरकारी निकायहरुलाई जति झक्झकाउदा पनि नीतिगत सुधार, सुविधाजनक व्यवस्था र निर्यातमैत्री वातावरण तयार हुने अवस्था नरहेको जनाउनु भएको थियो ।  साथै, उहाँले नेपालमा उत्पादित भई विश्वमा राम्रो खपत हुने वस्तु मध्ये सबैभन्दा संभावना बोकेको चियालाई प्रबर्धन गर्न विदेश स्थित नियोगको आर्थिक कुटनीतिको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै देश विकासको मेरुदण्डलाई रेखदेख गर्नुपर्ने खाँचो समेत औल्याउनु भएको थियो ।  

कार्यक्रम माझ हट्पाका उपाध्यक्ष कमल मैनालीले नवनियुक्त राजदुत एवम् अन्य तालुकात निकायका उच्च अधिकारीहरुलाई कार्यक्रममा उपस्थिती भई धारणा, जानकारी एवम् प्रतिबद्धता जनाउनु भएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै टिईपिसी जस्ता तालुकात निकायले चियाको निर्यात प्रबर्धनको लागि विदेशी नियोग र व्यवसायीहरुबीच सेतुको काम गर्नुपर्ने आशय व्यक्त गर्नुभएको थियो ।

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरद्वारा संचालित बेकरी तालिम सम्पन्न

आर्थिक


 

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरद्वारा सिल्भर माउण्टेन कलेजमा संचालित १० दिने बेकरी तालिम सम्पन्न भएको छ ।  यसै  माझ तालिम सफलतापूर्वक सम्पन्न भएको खुशीयालीमा नेपाल महिला चेम्बरले शुक्रबार समापन कार्यक्रमको आयोजना गरि तालिमका सहभागी प्रशिक्षार्थीहरुको बिधाई समेत गर्‍यो । तालिम समापन कार्यक्रम माझ तालिमका सहभागीहरुलाई नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सकी कार्य समिति सदस्य एवम्  महिला चेम्बरकी महासचिव  लिमा अधिकारीले प्रमाणपत्र वितरण  गर्नुभएको थियो । कार्यक्रममा तालिममा कुल १७ जनाले भाग लिएको र तालिम अवधिमा ४० परिकार बनाउन सिकाइएको जानकारी समेत गराईयो ।  


सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महिला चेम्बरकी अध्यक्ष श्रेष्ठ र महासचिव अधिकारीले महिला सशक्तिकरणका लागि शिप विकास अभियान अन्तर्गत  बेकरी तालिमका अलवा पनि फोटोग्राफी, बारिष्ता, कुलिनरी आर्टस, आईटी, हाउस किपिङ, फ्रन्ट डेष्क, रिसाईकिल युज, क्याण्डल मेकिङ्, फ्याब्रिक पेन्टिङ्, त्यस्तै प्लम्बिङ तथा मोटरसाईकल रिपेयर,  वर्कशप ट्रेनिङ आदी तालिम 
कार्यक्रम २०२२ अवधि भरि नै संचालन गरिने बताउनु भयो ।  जिल्ला चेम्बरहरूमा शिप विकास तालिमलाई  बिस्तार गरि जिल्ला 
,नगर एवम् गाउँ तहहरुमा पनि कार्यक्रम संचालन गरि धेरै भन्दा धेरै युवा तथा महिलाहरूलाई रोजगार बनाउने लक्ष्य  चेम्बरले लिएको जानकारी समेत गराईयो।

महिला चेम्बरको आयोजनामा सीप विकास तालिम शुरु

आर्थिक


काठमाडौं, असार २४। नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्ष्ँेत्रमा तालिम आयोजना गरेको हो । पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्ष्ँेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।


तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशिलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तिकरणको मुद्धालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताउनुभयो । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरु शुरु भईसकेको भन्दै अध्यक्ष मल्ललले त्यसको लाभ लिन पनि महिलाहरुलाई आग्रह गर्नुभयो । महिलाहरुद्धार उत्पादित बस्तुहरुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाई छ । उहा“ले भन्नुभयो, ‘महिला दिदीबहिनिी हरुले उत्पादन गरेका बस्तुहरु उत्पादनस्थलदेखि बजारीकरण सम्म नेपाल चेम्बर अफ कमर्सले साथ दिन्छ । कृषिजन्य बस्तुहरुको प्रसोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि चेम्बरले सहयोग गर्छ, ।’आर्थिक क्षेत्रमा महिलाहरुको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्न समेत उल्लेख्य योगदान रहेको बताउनुभयो । उहा“ले अपाङगता भएका महिलालाई उद्यमशिलता विकासको तालिममा सहभागी गराउनुपर्ने बताउनुभयो । 


चेम्बरकी उपाध्यक्ष एव महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।  व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपुर्ण हुने श्रेष्ठको भनाई छ । महिलाहरुलाई बजारको माग अनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले बताउनुभयो । 

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तिमा १५ दिनको तालिम दिईने बताउनुभयो । महिलाको आर्थिक सशक्तिकरण गर्नका लागि विभिन्न शिप मुलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताउनुभयो । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल महिला चेम्बरकी कोषाध्यक्ष चारु सिकरिया लगायतको उपस्थिती रहेको थियो ।
 
कार्यक्रम उद्घाटन सत्र लगत्तै किर्ती शाक्यले १ दिने प्याकेजिंग तालिम दिनु भएको छ भने सिल्भर माउण्टेन कलेजका कर्पोरेट सेफ शिवदिप मजुमदारले १० दिनसम्म बेकरी तालिम, निलम ताम्राकारले ५ दिने फेब्रिक तालिम, जानकी प्रधान श्रेष्ठले ५ दिने पुनप्र्रयोग र पुनर्चक्र तालिम, रेखा श्रेष्ठले  ५ दिने मैनबक्ती तालिम र निपुर्ण श्रेष्ठले ५ दिने फोटोग्राफी तालिम दिने कार्यक्रम रहेको छन । 

सो अवसरमा महिला तथा युवा लक्षित यस सीप विकास तालिममा सहभागी हुन चाहने उद्यमी लगायतले नेपाल चेम्बर अफ कमर्समा संपर्क राख्न सकिने जानकारी दिईयो । बेकरी तालिम २७ गतेबाट शुरु हुने र अन्य तालिमहरु पनि केहि दिनबाट शुरु गरिने महिला चेम्बर एवं प्रशिक्षकहरुले उल्लेख गर्नुभएको छ । 
 

फोटो फिचर

              

महिला चेम्बरको आयोजनामा सीप विकास तालिम शुरु

आर्थिक


काठमाडौं, असार २४। नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्ष्ँेत्रमा तालिम आयोजना गरेको हो । पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्ष्ँेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।


तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशिलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तिकरणको मुद्धालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताउनुभयो । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरु शुरु भईसकेको भन्दै अध्यक्ष मल्ललले त्यसको लाभ लिन पनि महिलाहरुलाई आग्रह गर्नुभयो । महिलाहरुद्धार उत्पादित बस्तुहरुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाई छ । उहा“ले भन्नुभयो, ‘महिला दिदीबहिनिी हरुले उत्पादन गरेका बस्तुहरु उत्पादनस्थलदेखि बजारीकरण सम्म नेपाल चेम्बर अफ कमर्सले साथ दिन्छ । कृषिजन्य बस्तुहरुको प्रसोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि चेम्बरले सहयोग गर्छ, ।’आर्थिक क्षेत्रमा महिलाहरुको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्न समेत उल्लेख्य योगदान रहेको बताउनुभयो । उहा“ले अपाङगता भएका महिलालाई उद्यमशिलता विकासको तालिममा सहभागी गराउनुपर्ने बताउनुभयो । 


चेम्बरकी उपाध्यक्ष एव महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।  व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपुर्ण हुने श्रेष्ठको भनाई छ । महिलाहरुलाई बजारको माग अनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले बताउनुभयो । 

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तिमा १५ दिनको तालिम दिईने बताउनुभयो । महिलाको आर्थिक सशक्तिकरण गर्नका लागि विभिन्न शिप मुलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताउनुभयो । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल महिला चेम्बरकी कोषाध्यक्ष चारु सिकरिया लगायतको उपस्थिती रहेको थियो ।
 
कार्यक्रम उद्घाटन सत्र लगत्तै किर्ती शाक्यले १ दिने प्याकेजिंग तालिम दिनु भएको छ भने सिल्भर माउण्टेन कलेजका कर्पोरेट सेफ शिवदिप मजुमदारले १० दिनसम्म बेकरी तालिम, निलम ताम्राकारले ५ दिने फेब्रिक तालिम, जानकी प्रधान श्रेष्ठले ५ दिने पुनप्र्रयोग र पुनर्चक्र तालिम, रेखा श्रेष्ठले  ५ दिने मैनबक्ती तालिम र निपुर्ण श्रेष्ठले ५ दिने फोटोग्राफी तालिम दिने कार्यक्रम रहेको छन । 

सो अवसरमा महिला तथा युवा लक्षित यस सीप विकास तालिममा सहभागी हुन चाहने उद्यमी लगायतले नेपाल चेम्बर अफ कमर्समा संपर्क राख्न सकिने जानकारी दिईयो । बेकरी तालिम २७ गतेबाट शुरु हुने र अन्य तालिमहरु पनि केहि दिनबाट शुरु गरिने महिला चेम्बर एवं प्रशिक्षकहरुले उल्लेख गर्नुभएको छ । 
 

फोटो फिचर

              

रक साल्ट जस्ता नुनको अवैध कारोबार रोक्न नखोज्नु दुराशयपूर्ण : राष्ट्रि«य उपभोक्ता मंच

आर्थिक


काठमाण्डौं । राष्ट्रि«य उपभोक्ता मंचले सरकारले रक साल्ट जस्ता नुनको अवैध कारोबार रोक्न नखोज्नु दुराशयपूर्ण रहेको औल्याएको छ । शनिवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि मंचले आफनो धारणा राखेको हो । मंचको तर्फबाट आफनो धारणा राख्दै अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य विभागबाट स्वीकृती, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिनु पर्ने व्यवस्था रहेको तथा ऐनले नै साल्ट टेडिङ्ग बाहेक अन्यलाई नेपालमा  बिक्री गर्न वर्जित गरेको वस्तु खुलेआम बिक्री हुदाँ समेत सरकारी निकायहरु मुकदर्शक भएर बस्नुले दुराशयपूर्ण रहेको स्पष्ट हुन आउने उल्लेख गर्नुभयो । 

रक साल्ट व्यापारिक रुपमा बिक्री गर्न नपाईने, धार्मिक, सांस्कृतिक र स्वास्थ्यका लागि भनेर कमन साल्टको रुपमा कानूनमा राखेको भन्दै उहाँले भन्नु भयो '२०५७ माघ २३ गते नेपाल सरकारले नुनको गुणस्तर मापदण्ड प्रकाशित गरेको छ । जसमा दुई प्रकारका नुन भनेर व्याख्या गरिएको छ । एउटा कमन साल्टको रुपमा आयोडिन नभएको नुन र अर्को आयोडिनयुक्त नुनको बारेमा कुरा गरेको छ ।  आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ को दफा ३ ले आयोडिन नभएको नुन खरिद बिक्री गर्न नपाईने भनेको छ तर तपाई हामी जसले खरिद गरे पनि पाईन्छ ।'  उहाँले नमुना प्रस्तुत गर्ने क्रममा रक साल्ट देखाउदै भन्नुभयो  'यो नुन धुलो नबनाई बेच्नुपर्छ, धुलो बनाउन पाईदैन् तर सेटिङ्गमा बजारमा यस्ता नुन छ्यापछ्याप्ती पाईन थालेको छ, दराज लगायतका अनलाईन शपले अधिक मुल्यमा बिक्री गरेको पाईएको छ । साल्ट ट्र«ेडिङ्गले औषधीको गुण भएको नुन एक केजी प्याकेट बीस रुपैयामा दिई राखेको छ, उसले त्यति सस्तोमा बेचेको छ तर यहाँ रक साल्टलाई धुलो बनाएर नाफाखोरहरुले ३५० सम्म लिई राखेका छन् । यो बिडम्बनापूर्ण छ, हामीले यो विषयमा पटक पटक सरकारलाई घचघच्याई राखेका छौं तर सरकारको कुर्सीमा बस्नेहरु सुनेको नसुनेई गरेको छ । त्यसैले नुनमा झेल भएको छ, यसको मार उपभोक्तालाई परेको छ । यसले कुर्सीमा बस्नेहरुको नियत दुराशयपूर्ण रहेको स्पष्ट पार्छ ।' 

कार्यक्रम माझ अधिवक्ता समेत रहनुभएका राष्ट्रि«य उपभोक्ता मंचका उपाध्यक्ष पुष्पराम पौडेलले खाद्य ऐन २०२३ मा खाद्य पद्धार्थको उत्पादन, बिक्री, संचय र प्रशोधन गर्न अनिवार्य अनुज्ञापत्र लिनुपर्ने स्पष्ट व्यवस्था गरिएता पनि पछिल्ला दिनमा सोको खिल्ली उडाउने काम भचैरहेको भन्दै रोष प्रकट गर्नुभयो । 

 

त्यसैगरि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्व वरिष्ठ खाद्य निरिक्षक एवं राष्ट्रि«य उपभोक्ता मंचकी केन्द्रिय सदस्य सोबिता श्रेष्ठले आयोडिन उडेर जाने भएकाले उपभोग गर्नुपर्ने १५ पिपिएम भन्दा बढि सरकारले तोके बमोजिम १ केजी प्याकेट नुनमा साल्ट टेडिङ्गले प्रति मिलि ग्राम ५० पिपिएम भन्दा बढि राख्नुपर्ने प्रावधान अनुरुप नुनमा आयोडिन मिसाएकोले सो विषय विवादको बिषय नरहेको उल्लेख गर्नुहुँदै रक साल्ट जस्ता अन्य नुन बिना परिक्षण बजारमा मनपरी बिक्री हुन्ु जनस्वास्थ्य र कानुनी दुवै तवरले नाजायज हुन जाने औल्याउनुभयो । 
 

बैशाख १ गते देखि शुरु भएको पाँचौं प्राङ्गारिक तथा प्राकृतिक  कृषि मेला २०७८ आईतबार  सम्पन्न

आर्थिक


 

काठमाडौं ।  अर्गानिक एशोसिएशन अफ नेपाल र कंचनजंघा टि स्टेट  एण्ड रिसर्च सेण्टरको आयोजनामा पाटन संग्राहलय परिसरमा बैशाख १ गते देखि शुरु भएको पाँचौं प्राङ्गारिक तथा प्राकृतिक  कृषि मेला २०७८ आईतबार  सम्पन्न भएको छ । सो अवसरमा  समापन कार्यक्रम आयोजना गरि मेलामा उत्कृष्ट स्थान हासिल  गर्न सफल फर्मर उद्योगलाई पुरस्कृत गरियो । जसमा हिमालय बायो ट्रेड प्रथम,  प्राङ्गारिक कृषक समुह बुढानिलकण्ठ द्धितिय,  हिमालयन हर्बस तृतिय स्थान र रक हनी जुम्ला तथा उदय गार्डेन सेण्टरले सान्त्वना पुरस्कार जित्न सफल रहे ।रेखा अर्याल, तारा बाँस्कोटा र विशाल केसी निर्णायक रहेको मुल्यांकन समितिले सहभागी स्टल मध्येबाट उत्कृष्ट छनौट गरेको हो ।  

सो अवसरमा कार्यक्रम माझ सभापतिको आसनबाट बोल्नुहुँदै अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष पूर्व मन्त्री दिपक प्रकाश बाँस्कोटाले अर्गानिक अभियान घरघरबाट शुरु गर्नुपर्ने बताउनुहुँदै शुद्ध खानाले जीवनलाई सुख र खुशी दिने उल्लेख गर्नुभयो । साथै, उहाँले मेला अर्गानिक अभियानको पाटो रहेको र यसले अर्गानिक उत्पादनको बजारीकरणमा सघाउ पुग्ने समेत बताउनुभयो ।  

त्यसैगरि, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले अर्गानिक उत्पादन महंगो हुन्छ भन्ने भ्रम चिर्दै अघि    बढनुपर्ने खाँचो औल्याउदै ललितपुर चेम्बरले आगामी दिनमा मेला लगायतका प्रबर्धनात्मक कार्यमा सहकार्य गर्दै अघि बढन आतुर रहेको बताउनुभयो।  

ग्लोबल कन्ट्रि अफ वर्ल्ड  पिसका म्यानेजिङ डाईरेक्टर राजा डा।  किन्स्ले ब्रुकले नेपालको परम्परागत कृषि  वैदिक कृषि रहेको उल्लेख गर्दै स्वस्थकर खानपानका लागि अर्गानिक खेतीको विकल्प नरहेको उल्लेख गर्नुभयो ।  साथै उहाँले नेपालले औषधीका रुपमा रहेको वैदिक कृषि मार्फत विश्वलाई नेतृत्व दिन सक्ने दाबी समेत प्रस्तुत गर्नुभयो ।  

सो अवसरमा कार्यक्रम माझ मेलाकी संयोजक तथा अर्गानिक एशोसियसन अफ नेपालकी महासचिव शान्ता बाँस्कोटा कोईरालाले ७ वटै प्रदेशमा मेला आयोजना गर्ने योजना रहेको बताउनुहुँदै मेलाले अर्गानिक उत्पादन बारे प्रचार प्रसारमा व्यापक सघाउ पुगेको उल्लेख गर्नुभयो ।  साथै उहाँले  मेलालाई सफल पार्न सहभागीता जनाउनु हुने तथा हौसला प्रदान गर्नुहुने सबैमा धन्यवाद ज्ञापन समेत गर्नुभयो । 

कृषक समुह महासंघका संस्थापक अध्यक्ष एवम्  खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्घव अधिकारीले जग्गाहरु घडेरिकरण गर्ने क्रममा आएको बढोत्तरी र माटोलाई बिगारिएकाले जमिनको उत्पादकत्व क्षमतामा ह्रास आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा अर्गानिक खेतीलाई प्राथमिकतामा राख्दै अघि बढनुपर्ने खाँचो औल्याउनुभयो ।  

ग्लोबल मदर डिभाईनकी प्रबन्ध निर्देशक लेस्ली ब्रुकले शुद्ध  खाद्यान्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउदै आफनो परिवारको स्वास्थ्य र  दिर्घ जीवनका लागि अर्गानिक खानालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।  साथै, उहाँले पूर्विय दर्शन अनुरुप वैदिक कृषि खेतीलाई प्राथमिकता दिनुपर्ने राय पेश गर्नु भयो । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदकी कार्यसमिती सदस्य नन्दा भुषाल, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष ॠषिकेश तिमल्सेना लगायतको उपस्थिती रहेको थियो ।

बरिष्ठ नेता पौडेलबाट पाँचौं प्राङ्गारिक मेलाको समुदघाटन

आर्थिक


काठमाडौं ।  अर्गानिक एशोसिएशन अफ नेपाल र कंचनजंघा टि स्टेट  एण्ड रिसर्च सेण्टरको आयोजनामा आज बैशाख १ गते देखि पाँचौं प्राङ्गारिक तथा प्राकृतिक  कृषि मेला २०७८ संचालनमा आएको छ ।ललितपुर स्थित पाटन संग्राहलय परिसरमा आयोजित  सो मेलाको उदघाटन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो । सो अवसरमा मेलाको उदघाटन पस्चात कार्यक्रमलाई सन्बोधन गर्ने क्रममा उहाँले जति मानव जाती प्रकृतिबाट टाढा हुँदै गयो उति आपत र विपतमा पर्दै आएको  कुरालाई कोभिडले पुष्टि गरेको बताउनुहुँदै अर्गानिक कृषि खेतीलाई प्राथमिकता दिनु पनि  प्रकृतिसँग नजिक हुनु रहेको उल्लेख गर्नुभयो । पूर्व  सभामुख एवम् उपप्रधानमन्त्री समेत रहनुभएका नेता पौडेलले नेपालको अधिकांश जमिन बाँझै रहेको तथा पानी त्यसै खेर गईरहेको उल्लेख गर्नुहुँदै त्यसको उपयोग गर्नुपर्ने खाँचो समेत औंल्याउनु भयो ।  साथै उहाँले देशको स्थायि विकासका लागि बिस्तारै अर्गानिक उत्पादनमा जानुपर्ने जिकिर पेश गर्दै  त्यसो गर्न सके नेपालको पर्यटन क्षेत्रको समेत विकास हुने बताउनु भयो ।  उहाँले स्वस्थ, सुखी र आनन्दको जीवन जिउन पनि अर्गानिक अभियान अगाडि  बढाउनुको विकल्प नरहे उल्लेख समेत गर्नुभयो ।  

त्यसैगरि, अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष पूर्व मन्त्री दिपक प्रकाश बाँस्कोटाले रसायनिक मलबाट हुने बढि उत्पादनलाई अर्गानिक खेतीबाट हुने कम उत्पादनले पनि धान्न सक्छ भन्ने बिषयमा अध्ययन अनुसन्धान गर्न नसकिएको उल्लेख गर्नुहुँदै सरकारले  नीति ल्याएर नेपाललाई पूर्ण अर्गानिक मुलुक बनाउन लाग्नुपर्ने बताउनु भयो । अध्यक्ष बाँस्कोटाले प्रधानमन्त्री र राष्ट्रपतिको आव्हानमा नभई सहि    नीति ल्याएर मात्रै विदेशिएका नेपालीलाई स्वदेश फर्कन वाध्य तुल्याउन सकिने बताउनु भयो । किचन होईन भान्सा घर बनाए मात्रै त्यो औषधि घर बन्ने बताउदै उहाँले  मेलाले सिंगो देशलाई नै जोंडने दाबी पेश गर्नुभयो ।  

त्यसैगरि, नेपाल विज्ञान तथा प्रविधि  प्रतिष्ठानका उपकुलपति नाष्ट उपकुलपति सुनिल बाबु श्रेष्ठले नेपाल उर्वर भुमी रहेको बताउनु हुँदै  नेपालमा शिप र परम्परागत ज्ञान कृषिसँग जोडिदै  आएको इतिहास उल्लेख गर्नुहुँदै अर्गानिक उत्पादनलाई उद्योगसँग जोडन सके त्यसले देशका लागि राम्रो प्रतिफल दिने धारणा  व्यक्त गर्नुभयो ।  

कार्यक्रम माझ मेलाकी संयोजक तथा अर्गानिक एशोसियसन अफ नेपालकी महासचिव शान्ता बाँस्कोटाले विगतका मेलाबाट प्राप्त उपलब्धीबाट प्रेरित हुँदै पाँचौ श्रिँखलासम्म आईपुगेको स्मरण गर्नुहुँदै नेपाली उत्पादन प्रबर्द्धन गर्न मेला फलदायी हुने बताउनुभयो ।  अर्गानिकको विकल्प अर्गानिक नै रहेको उल्लेख गर्नुहुँदै उहाँले निजी क्षेत्रले अर्गानिक उत्पादनमा अघि बढिरहेको प्रसंग सहित नेपाल सरकारले अर्गानिक खेतीलाई प्राथमिकतामा राख्दै जानुपर्ने धारणा राख्नुभयो ।                                                                                       

बाँस्कोटाले अर्गानिक कृषिमा लागेका व्यक्ती र कम्पनीबाट उत्पादित सामाग्री एकै ठाउँबाट बिक्री हुने हुँदा मेला सबैका लागि साझा थलो बन्ने दाबी पेश गर्दै ५० स्टल र २०० भन्दा बढि सामाग्री राखिएको त्यस स्टलमा स्वदेशी विदेशी १ लाखले अवलोकन गर्ने अनुमान गरिएको जानकारी समेत दिनुभयो ।  

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मेलाको सफलताको शुभकामना दिनुहुँदै निजी स्तरबाट अर्गानिक उत्पादनमा बढवा दिदै गईएको र यस्ता मेलाले उद्यमशिलता विकासमा प्रोत्साहन मिल्ने बताउनुभयो ।  

ग्लोबल कन्ट्रि अफ डिभाईन वर्ल्ड पिसका म्यानेजिङ डाईरेक्टर राजा किन्स्ले ब्रुकले नेपाल अर्गानिक मुलुकका रुपमा रहेर आफ्ना उत्पादनलाई विश्व बजारसम्म पुर्याउन सक्छ भन्दै नेपालले विश्वलाई नै नेतृत्व गर्न सक्ने औंल्याउनुभयो ।  

साथै उहाँले वैदिक अर्गानिक कृषि खेतीलाई अभियानका रुपमा अगाडि बढाउन आग्रह गर्नुहुँदै यसले नेपाललाई विकास र उन्नतीमा अगाडि बढाउने उल्लेख समेत गर्नुभयो ।  

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, कार्यक्रममा ग्रिल उद्योग संघका अध्यक्ष मोहन कटुवाल, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका का. मु. कार्यकारी निर्देशक सुयस खनाल, नेपाल एओटिएस एल्मुनाइ सोसाईटीका अध्यक्ष प्रशान्त श्रेष्ठ, कृषि अभियन्ता उद्धव अधिकारी, ग्लोबल डिभाईनकी लेस्ले ब्रुक, अर्गानिक ईन्स्पेक्टर महेश्वर घिमिरे, नेपाल अर्गानिक एशोसियसनका उपाध्यक्ष प्रेम लामा लगायतको उपस्थिती रहेको थियो ।  

समुदघाटन सत्र पस्चात वरिष्ठ नेता पौडेलले मेलाको मेला अवलोकन गर्नुभई केही सामाग्रीहरु खरिद समेत गर्नुभएको थियो ।  वैशाख ४ गतेसम्म चल्ने उक्त मेलामा ५० स्टल र चिया, कफी, अचार, मह, जुस, जडिबुटि, हस्तकला आदीका २०० हाराहारी वस्तुहरु बिक्रीका लागि राखिएको छ । मेला विहान १० बजे देखी साँझ ५ बजेसम्म संचालनमा रहने आयोजक संस्थाकी तारा बाँस्कोटाले जानकारी दिनुभएको छ ।  

ललितपुर चेम्बर अफ कमर्शको दोस्रो वार्षिक धारणसभासा सम्पन्न, पत्रकारद्वय ओझा र दुलाल सम्मानित

आर्थिक


ललितपुर, २४ चैत्र । ललितपुर चेम्बर अफ कमर्शले दोस्रो वार्षिक साधारणसभा आयोजना गरेको छ । विहिबार मानभवन स्थित क्रिस्टल पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको समुदघाटन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रम माझ स्वागत मन्तव्य राख्नुहुँदै ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले उद्योगी व्यवसायीको हकहितको निम्ती आफूहरु लागि पर्दै आएको सन्दर्भ उल्लेख गर्दै स्वदेश भित्र मात्र नभई विदेशमा पनि ललितपुर चेम्बरले सहकार्य सम्बन्ध स्थापना गरेको जानकारी गराउनु भयो । अध्यक्ष शाक्यले कोभिड, बैंक व्याजदर, भन्सार दर ब्रिद्धी, आर्थिक संकुचन, बजार अनुगमन आदीका कारण व्यवसायीहरु मर्कामा पर्दै आएको उल्लेख गर्दै निकासी प्रबर्धन, अनुदान, औद्योगिक ग्राम, क्राफट भिलेज आदी सम्बन्धी कार्यहरु गर्न आवश्यक रहेको जनाउनुभयो ।

कार्यक्रम माझ प्रमुख अतिथीको आसबाट बोल्नु हुँदै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले ललितपुरमा निजी क्षेत्रलाई संगठित गर्दै उद्योगी व्यवसायीको हित र देशको आर्थिक विकासमा ललितपुर चेम्बरले टेवा पुर्याउदै आएको उल्लेख गर्नुभयो ।मन्त्री भुषालले जिल्ला तहमा उद्योगी व्यवसायीको हितका निम्ती चेम्बर खरो उत्रन सकोस भन्ने शुभेच्छासहित शुभकामना व्यक्त गर्दै आर्थिक पक्षका लागि काम गर्नुपर्ने हुँदा राजनीतिक पार्टी जस्तो नभई सहकार्य सहमतीलाई प्राथमिकता दिदै निजी क्षेत्र मिलेर अघि बढनुपर्ने जनाउनुभयो । साथै उहाँले ललितपुर चेम्बर अफ कमर्शको तर्फबाट अध्यक्ष शाक्यले उठान गर्दै आउनु भएको माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने पनि उहाँले उल्लेख गर्नुभएको थियो ।

कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले चेम्बर आन्दोलनलाई अघि बढाउने क्रममा हालसम्ममा ७१ जिल्लामा नेपाल चेम्बरको संजाल बिस्तार भैसकेको जानकारी दिनुहुँदै उद्योगी व्यवसायीहरु देशको अर्थतन्त्रलाइ सबल र आत्मनिर्भर बनाउन तर्फ अग्रसर रहनुपर्ने बताउनुभयो । निर्यातभन्दा आयात १० गुणा बढि हुँनु दुर्भाग्य भएको बताउदै मल्लले अहिले आर्थिक सुचक नकारात्मक रहनु मुलुक र व्यवसायीको हितमा नरहेकाले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । मुलुकलाई संकटबाट जोगाउन उद्योगी व्यवसायीले आ आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक रहेको जनाउदै उहाँले ललितपुर चेम्बर एवम् सम्बद्ध व्यवसायीलाई कृषि समिति गठन गर्न, हस्तकलालाई प्राथमिकता दिन, एकिकृत व्यवसाय गर्न सुझाव समेत पेश गर्नुभएको थियो ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले हालै मात्रै महानगरपालिकाले बहाल कर ८ प्रतिशतमा झारेको, महिला व्यवसायीलाई ३५ प्रतिशत छुट दिएको, महानगरपालिकाले आफ्नै संयोजकत्वमा कोसेली घर निर्माण गर्न सटर उपलब्ध गराउन लागेको जानकारी गराउदै गत निर्वाचनमा आफूले आफ्नो कारणले कसैले शिर झुकाउनु पर्दैन र ५० प्रतिशत आफ्नो सेवा सुविधा दिन्छु भनेर बोलेका वचन पुरा गरेको जनाउनुभयो ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले देशमा महंगी बढदै जानु दु:खद भएको बताउनु हुँदै व्यवसायीलाई दु:ख सुनाउनु नुन चुक दल्नु जस्तै रहेको उल्लेख गर्नुभयो । साथै, उहाँले सरकारले ५५ करोडको सुपारी आयात खुला गर्ने तर चामल, चिनी जस्ता अत्यावश्यक वस्तु आयात रोक्ने निती लिनु कति उचित होला भन्दै प्रश्न गर्नुभएको थियो । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ललितपुर चेम्बर अफ कमर्शले सांस्क्रितिक नगरि ललितपुरको सम्पदा, संकृतिको जगेर्ना गर्दै जनताको आयआर्जन र मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउन ध्यान देओस भन्ने सन्दर्भ उल्लेख गर्नुभयो । त्यसैगरि नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठले समुदायको उत्थानका लागि अस्पताल चेम्बरसँग सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गर्नुभयो । कार्यक्रममाझ संचारकर्मीद्वय सरोज ओझा र अशोक दुलाललाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले संयुक्त रुपमा भित्तेपात्रो तथा पत्रिका विमोचन गर्नुभएको थियो ।

साल्ट ट्रेडिङको आयोजनामा कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्र बारे संगोष्ठी 

आर्थिक


काठमाडौं, चैत्र २४ ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र इण्डियन पोटास लिमिटेडको आयोजना तथा कृषि  तथा पशुपंक्षी विकास मन्त्रालयको प्राविधिक  सहयोगमा नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय सारांश बिषयक संगोष्ठी कार्यक्रम बुधबार देखी राजधानीमा शुरु भएको छ । तीन दिनसम्म जारी रहने सो कार्यक्रमको उद्घघाटन कृषि  तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले गर्नुभएको थियो । सो अवसरमा उदघाटन सत्र माझ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सचिव शर्माले संगोष्ठीले समग्र नेपालको कृषि क्षेत्रलाई प्रबर्धन गर्न कोशेढुङा बन्ने विश्वास व्यक्त गर्नुहुँदै  उत्पादनशिल कृषि क्षेत्रको विकासबाट नै देशले समृद्धी  हासिल गर्न सक्ने बताउनु भएको थियो । 

त्यसैगरि कार्यक्रम माझ स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कार्यक्रम बारे प्रकाश पार्नुहुँदै कर्पोरेशनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको परिप्रेक्ष्यमा संगोष्ठी कार्यक्रमले देशको कृषि क्षेत्रको उत्थानमा उल्लेख्य भूमिका खेल्ने दाबी गर्नु भएको थियो ।  सो अवसरमा उहाँले कृषि सामाग्री आपुर्ती र अनुदान संयन्त्रको नीतिगत एवम् व्यवस्थापनगत प्रबन्धलाई अझ सहज र सरल तुल्याउनेमा कार्यक्रम फलदायी हुनेमा आफूहरु आशावादी रहेको उल्लेख गर्नुभएको थियो ।  

त्यसैगरि, सभापतिको आसनबाट बोल्नुहुँदै  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष कल्याणगोविन्द श्रेष्ठले  साल्ट ट्रेडिङले उत्पादनशिल कृषि क्षेत्रमा विगत लामो समय देखी लगानी गर्दै आएको जनाउनुहुँदै लगानी विस्तारको नीति लिएको समेत् जानकारी दिनु भएको थियो । उहाँले नेपाल र भारत दुवैको प्रयासमा नेपालको उत्पादकत्व बढाउन सकिने विश्वास व्यक्त गर्नुभएको थियो ।  

कार्यक्रममाझ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी सचिव निरु दाहाल पाण्डेले उत्पादकत्व बढाउन रसायनको प्रयोग बारे कृषकहरुमा सचेतना अभिब्रिद्धी गर्न जरुरी रहेको उल्लेख गर्नु भएको थियो ।  

 इण्डियन पोटास लिमिटेडका महाप्रबन्धक निरज शर्माले लिमिटेडले उच्च प्रविधि प्रयोग गरि गुणस्तरिय मल उत्पादन गर्दै आएको जानकारी दिदै नेपालको माग बमोजिम  पर्याप्त मलको आपुर्ति हुन सक्ने अवस्था बारे प्रकाश पारेका थिए ।  

संगोष्ठीमा नेपाली एवम् भारतिय कृषि वैज्ञानिक र  विज्ञहरुले विभिन्न १२  शिर्षकमा प्रस्तुती दिने कार्यक्रम छ । यस अवसरमा इण्डियन पोटास लिमिटेडले एक प्रचार वहान उपलब्ध गराउने र सो को संचालन तथा व्यवस्थापन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गर्ने जनाईएको छ । आम किसानलाई उपलब्ध कृषि सामाग्री सहि रुपमा प्रयोग गरि उत्पादन एवम्  उत्पादकत्व बढाउन सहयोग पुर्याउने ध्येयले उक्त प्रचार वहान इण्डियन पोटास लिमिटेडले उपलब्ध गराएको हो ।