काठमाण्डौ – नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको शुभ अवसरमा आयोजित ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’ सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा शुक्रबार जमलस्थित नाचघरमा सम्पन्न कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका बिशिष्ठ कलाकर्मीहरुलाई ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको थियो । नेपाल चलचित्र नृत्य संघ ले हरेक वर्ष विशिष्ट को आधार मा प्रदान गर्दै आयको राष्ट्रिय चलचित्र साँस्कृतिक नृत्य रत्न सम्मान २०८० बरिस्ठ नृत्य निर्देशक दिनेश पाख्रीन लाई प्रदान गरियको छ ।
सम्मानित हुनुहुने ब्यक्तित्वहरुमा डा. भोला रिजाल, बसुन्धरा भुषाल, दयाराम दाहाल, राजकुमा राई,शान्तीप्रिय, सुमिना श्रेष्ठ, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, विकाश चौधरी, अमृत भारती, पल शाह ,अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाई, गीता अधिकारी, तारादेवि लिम्बु, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दिपेन्द्र खड्का सुनिता भट्टराई लगायतले सम्मान ग्रहण गर्नुभएको कुरा संघका सचिव लिलाधर भट्टराईले जानकारी गराउनु भएको छ ।
KATHMANDU- President Ram Chandra Paudel awarded 45 artists including Rajesh Hamal, Neer Shah, Deepak Raj Giri with honors and medals on the occasion of New Year on Friday. President Paudel distributed medals at a ceremony held at Sheetal Niwas.
Madan Krishna Shrestha, Neer Shah, Hari Bansha Acharya, Rajesh Hamal and Nanda Krishna Joshi received the prestigious Rashtradeep Bibhushan. Deepak Raj Giri, Shambhu Rai (Kuthumi), Pradeep Lal Shrestha, Ashok Sharma, Alokshree (Surya Kumar Khati), Deepak Jangam, Ananda Karki, Arjun Shrestha, Gyanu Rana, Niruta Singh, Chetan Sapkota, Biraj Bhatt (Bhojraj Bhatta), Dayahang Rai and Satyakala Rai received the excellent Janasewashree award.
Madhab Raj Kharel, Milan Moktan,Sita Ram Pokharel, Jeet Bahadur Deuja and Nirmal Sharma received Prabal Janasewashriee medals. Sunita Dulal, Pradeep Khadka, Kamal Sunar, Santosh Shrestha, Deepak Sharma, Shiva Ram BK, Ramesh Koirala, Sanam Kathayat, Kumar Basnet Bikranta, Kulman Nepali, Manohar Sunam Pariyar, Dilli Narayan Pandey, Suresh Kumar Nepal Pariyar (Yashkumar), Sanukancha Shahi bagged Janasewashree award.
Prabhakar Sharma, Indra Bahadur Khatri, Krishna Bahadur BK, Nabin Paudel and Kiran Gajmer received Nepal Sewa Pravin award. The government announced the names of the recipients of the jewels on September 19, 2022.
काठमाडौँ — वैशाख ६, २०८०।
तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल' को शीर्ष उपाधी अग्रज श्रेष्ठले जितेका छन्। ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टद्वारा ईटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगिताको अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले शीर्ष ताज पहिरीएका हुन् ।
बिजेताले शिर्ष उपाधीसंगै नगद रु २०,००० सहित ५ लाख बराबरको विमा, ३ लाख बराबरको आकर्षक उपहारहरुसंगै विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा शर्ट मुभीहरुमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन।
प्रतियोगितामा प्रसन राउतले फर्स्ट रनरअपको ताज हात पारे भने मनिश शंकरले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। राउत र शंकरले उपाधीसंगै क्रमशः नगद रू १५ हजार सहित ३ लाख बराबरको बीमा र १० हजारसहित २ लाखबराबरको बीमा र अन्य आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। त्यसैगरी अर्गनाईजर चोईसको अवार्ड भने कृपा राईले हात पारेकी छिन।
प्रेक्ष्या कटवाल र उमेश खड्काको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई तृष्णा उपाध्याय रेग्मीले संचालन गर्नुभएको थियो। प्रतियोगिताको निर्णायकमा मिस्टर नेपाल वर्ल्ड २०२० नुतन श्रेष्ठ, मिस्टर आईकन वर्ल्ड नेपाल २०१८ क्षितिज पोखरेल, ग्लोबल ड्रीम्स मेनेजमेन्टका सिईओ स्मित कार्की, सनसाईन होटल मेनेजमेन्ट कलेजका प्रवन्ध निर्देशक सुजन पुरी र आरजे/भिजे सुबेक्षा कार्की रहेका थिए।
युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतिभा प्रस्फुटन तथा उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउदै प्रतिस्पर्धीहरुको नेतृत्वदायी क्षमताको विकास गरी उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले लगातार तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल, २०७९' सम्पन्न गरिएको आयोजक संस्था ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टका संचालक सौरभमान भण्डारीले जनाए ।
काठमाडौं – सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको सिफरिसमा राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गरेको भन्दै चलचित्र निर्देशक माधव राज खरेल सहित समाजका विभिन्न क्षेत्र उल्लेखनिय योगदान पुर्याएका सात सय २८ व्यक्तित्वहरुलाई नेपाल सरकारले विभिन्न मानपदवी प्रदान गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बैशाख १ गते आयोजना भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपाली चलचित्र क्षेत्रमा लामो समय देखी सक्रिय हुदै आएको र देश र राष्ट्रको हितको लागि गौरवको काम गरेको भन्दै निर्देशक माधव राज खरेललाई “जनसेवाश्री” प्रदान गर्नु भएको हो ।
“जनसेवाश्री” बाट विभुषित भैसकेपछि खरेलले भने “सकारात्मक काम गर्दा केही ढिलो हुन सक्छ तर कामको कदर पक्कै हुनेछ र संघर्षको प्रतिफल अवश्य आउने छ त्यसैले सम्पुर्ण व्यक्तिले आफ्नो कर्ममा विश्वास गर्दै अघि बढेमा चाहेको उदेश्य पुरा गर्न सफल हुन्छ ।”
काभ्रेपलाञ्चाक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका निर्देशक खरेलले पत्रकारिता हुदै चलचित्र निर्देशनको क्षेत्रमा प्रवेश गरेका हुन् । सुरुवाती दिनहरुमा पत्रकारिता गर्दै आएका उनले परिवर्तन नेपालले आयोजना गर्ने विभिन्न सडक नाटकहरुमा सहभागी हुने गर्दर्थे र परिवर्तन नेपालका सडक नाटकहरु खेल्दा खेल्दै उनले सडक नाटक लेखन तथा निर्देशनमा समेत आफुलाई अब्बल बनाएका थिए ।
त्यस पछि उनले टेलिचलचित्रहरु लेख्ने र निर्देशन गर्न थाले सडक नाटकबाट सुरु भएको खरेलको यात्रा चलचित्र लेखन तथा निर्देशन सम्म आईपुगेको थियो । पहिलो पटक मौन चलचित्रको सफल लेखन तथा निर्देशन गरेका खलेलले त्यसपछि आधा दर्जन चलचित्रहरुको निर्देशन तथा लेखन गरिसकेका छन् ।
चलचित्र निर्देशक खरेलले नेपालमै पहिलो पटक “ढुङ्गे युग” मौन चलचित्र निर्देशन गरेर पहिलो मौन चलचित्रको निर्देशकको रुपमा आफुलाई स्थापित गराएका थिए । झण्डै दुइ घन्टा लामो संवाद विहिन (मौन) चलचित्रको लेखन तथा निर्देशन गरेर दर्शकहरुको लागी मात्रै नभएर समग्र नेपाली चलचित्र जगतमै पहिलो पटक ऐतिहासिक काम गर्दै चलचित्रको इतिहासमा नौलो प्रयोग भित्र्याउन सफल समेत भएका थिए । त्यस यता खरेलले “ढुङ्गे युग, कुइईनेटो, विरानो माया, दुर्गामाण्डौ, चिट्ठी लगायतका चलचित्रहरुको निर्देशन गरिसकेका छन् ।
खरेलको प्रदर्शनको तयारीमा रहेका पछिल्लो चलचित्र “चिट्टीे” हो । चलचित्र चिट्टीलाई खरेलले अहिले सम्मकै सन्तोषजनक चलचित्र रहेको प्रतिकृया दिएका छन्, छिट्टै एक कार्यक्रम गरेर “चिट्टी”को गीतहरु सार्वजनिक गर्ने तयारीमा रहेको पनि निर्देशक खरेलले बताएका छन् । चलचित्र निर्देशनका अलावा खरेलले उपन्यास, गीति लेखन, डकुमेन्ट्री लेखन तथा निर्देशन, म्यूजिक भिडियोहरु, विज्ञापनहरुको निर्माण तथा निर्देशन समेत गर्दै आईरहेका छन् । उनले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वयमा बृत्तचित्र तथा विज्ञापनहरु प्रसस्तै गरेका छन् । झण्डै दुई दशक भन्दा लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिए रुपमा लागिरहेका निर्देशक खरेलले पहिलो पटक संसारकै अग्लो स्थानमा म्युजिक भिडियोको निर्देशन गरेर गिनिज वल्र्ड रेकर्डस्मा समेत आफ्नो नाम लेखाउन सफल भएका थिए ।
निर्देशक खरेल नेपाल चलचित्र निर्देशक समाज, चलचित्र संरक्षण मञ्च, राष्ट्रिय संगीतकर्मी संघ, परिवर्तन नेपाल, नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन), संगीत रोयल्टी संकलन समाज, गीतकार संघ लगायतका संघ संस्थाहरुमा आवद्ध रहेका छन् । खरेल चलचित्र गीत संगीतका अलावा समाजका विभिन्न क्षेत्रमा सेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) का अध्यक्ष समेत रहेका छन् ।
चलचित्र निर्देशक खरेलले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका संघ संस्थाहरुले विभिन्न अवार्ड तथा सम्मानहरु प्रदान छन् । जसमा “छायाँछवी सम्झना डिजिटल फिल्म अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, मोडेल संङ्गस अवार्ड (दुवइ), सुन्दरादेबी म्युजिक अवार्ड, राष्ट्रिय संगीतकर्मी अवार्ड, नेपाल कल्चलर अन्तराष्ट्रिय चलचित्र महोत्सव (एनसिआईएफ्एफ्), सगरमाथा म्युजिक अवार्ड, नेशनल इन्टरटेनमेन्ट अवार्ड, स्टार इन्टरनेशनल अवार्ड, स्पाइनी व्याब्लर अन्तराष्ट्रिय चलचित्र महोत्सव, नेपाल अफ्रिका फिल्म फेष्टिवल, नेशनल सिल्भर अवार्ड लगायतका झण्डै डेढ दर्जन भन्दा माथी अवार्डहरु तथा दुई दर्जन भन्दा माथी सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका छन् ।
वि सं २०७९ असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण २०८० साल अर्थात नयाँ वर्षको दिन प्रदान गरिएको हो । उक्त कार्यक्रम हरेक वर्ष बैशाख १ गते हुँदै आईरहेको छ ।
काठमाडौं – केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दिपजोन गुरुङको संयुक्त आयोजनामा जापान, नेपाल फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३ हुने भएको छ । अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यतामा आइतबार काठमाडौंमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको सभापतित्व अभिनेता बिशाल बिष्ट, अतिथिहरुमा अभिनेताहरु पुरन जोशी, धीरेन शाक्य, रमेश उप्रेती, सविन श्रेष्ठ, प्रवण भुषाल, हाँस्य कलाकार उत्तम केसी, चलचित्र कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, कलाकार कृष्ण सिवाकोटी, धर्मेन्द्र आचार्य लगायतका रहनु भएको थियो भने उहाँहरुले अवार्ड कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।
नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अन्तरगत बहुविधामा पुरस्कार दिने, अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोको प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको अवार्ड कार्यक्रममा बिषयगत विज्ञ रहेको निर्णायक मण्डलले तोकिए बमोजिमको एवार्ड सिफारिस गर्नेछन् । नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोको अवलोकन पश्चात छनौट भएका कलाकारलाई नाकानो कु, नाकानो २–९–७ टु १६४–००१ टोकयो जापानमा पुरस्कृत गरिने छ ।
उक्त कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ । नेपाली तथा जापानी लोक संस्कृति सम्बन्धि साँस्कृतिक कार्यक्रम हुने कार्यक्रममा जानकारी गराए । नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोका विभिन्न विधागत क्षेत्रहरू चयन गरि दुबै तर्फ उत्कृष्ट अवार्ड प्रदान गरिने छ । अग्रजको सम्मान बर्तमान पुस्ताको पहिचान सहित अग्रज चलचित्र कलाकार नायक नायिका, गायक, गायिका तथा अन्य प्राविधिक व्यक्तित्वहरूमा दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिने छ ।
चलचित्र तथा म्यूजिक भिडियो तर्फ उत्कृष्ट नायक र नायिका, उत्कृष्ट निर्देशक, गायक र गायिका, उत्कृष्ट छायाँकार, गीतकार, संगीतकार, कम्पोजर, एडिटर तथा अन्य प्राविधिक क्षेत्रका सर्जकलाई पुरस्कार प्रदान गरिने छ । सोही अनुरुप बहुभाषिक म्यूजिक भिडियो तर्फ पनि उत्कृष्ट नायक र नायिका, मोडल, गीत, संगीत, गायक र गायिका, संगीतकार, एरेञ्जर, सम्पादन, कोरियोग्राफि, पोष्ट पोडक्टशन, मेकअप, हेयर तथा विधागत पुरस्कारद्वारा पुरस्कृत गरिने छ ।
तोकिएका पुरस्कारहरू निर्णायक समितिले सिफारिस गरे बमोजिम हुने छ । निर्णायक समितिको सिफारिस र निर्णय नै अन्तिम निर्णय हुने आयोजकको भनाई छ । अवार्ड आयोजक टिममा राजेन्द्र केसी, सरस्वती थापा ‘साहरा’, रिसप घिमिरे, डा. भक्त राई र अनिल कुमार अधिकारी रहेका छन् । नेपाल तथा जापानको संयुक्त संस्कृतिक कार्यक्रमको प्रस्तुति सहित मिति २०८० बैशाख ३० गते तदनुसार १३ मई २०२३ का दिन जापानमा हुने कार्यक्रममा पुरस्कृत कलाकार, स्रष्टा, सर्जक तथा सम्मानित कला साधकहरूलाई सम्मान अर्पण गरिने छ ।
काठमाडौँ — चैत्र १९, २०७९
नेपाली रंग कलाकारितामा पछिल्लो समय क्रियाशिल रहदै आएकी मोडल तथा गीतकार सत्यकला लामाले आफ्नै शब्दमा सज्जित मर्मस्पर्शी 'तिम्रो यादले रोगी बनायो (पीडा)' गीतको म्युजिक भिडियो 'एएमएस ईन्टरटेन्मेन्ट' युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन।
सत्यकलाको आफ्नै अभिनय रहेको उक्त गीतमा अस्मिता अधिकारीको स्वर रहेको छ भने बादल थापाको संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन रहेको छ । बादल थापाको स्वरमा रहेको 'तिम्रो यादले रोगी बनायो (पीडा)' को अपार सफलतापछी अस्मिता अधिकारीको स्वरमा फिमेल भर्सन तयार गरिएको सत्यकलाले जनाएकी छिन।
बिक्रम चौहानको कथा निर्देशन, मिलन विश्वकर्माको संपादन, प्रकाश खड्काको छायांकन, संगीता नेपाली र गेलु तामाङ्गको निर्माणमा तयार पारिएको उक्त म्युजिक भिडियोमा सत्यकलाले आफ्नो बेजोड शब्दको साथमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेकी छिन् । अभिनयमा सत्यकलालाई ज्ञानु नेपाली , कृष्टिना केसी ,आराध्य आरएल डिसी र बिनोद चौलागाईले साथ दिएका छन् ।
अत्यन्त मार्मिक शब्द संयोजनमा तयार गरिएको उक्त गीतमा वर्तमान नेपाली समाजको कहानी बताउने कथानक पनि त्यस्तै पीडात्मक बुनिएको देख्न सकिन्छ ।
म्युजिक भिडियो—
भक्तपुर- नयाँ वर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ । शनिबार होटल ग्रीनल्याण्डमा आयोजना गरिएको पत्रकार सम्मेलनमा औधोगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको आयोजक टिमले जानकारी दिएका छन । यहि चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने महोत्सवका संयोजक दीपक थापाले बताए । “हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौं,” थापाले भने । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको हुने जहाँ २०० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्दन्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरुका स्टलहरु हुने संयोजक थापाले बताए ।
कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् । सो स्थानमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् । “बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं ।” औधोगिक शान्ति नेपाल अध्यक्ष सन्दिप महतले जानकारी गराए । महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहित व्याण्डको प्रस्तुतिसंगै मनोरञ्जनात्मक प्रस्तुति रहने कुरा आयोजकले जानकारी गराए ।
महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता हुनेछ जसमा एकल र समुहको चरणबद्ध रुपमा छनौट हुने र अन्तिम प्रतिस्पर्धी बीच प्रतिस्पर्धा गराई विजयी घोषणा गरिने जानकारी पनि गराइयो । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गर्नेले क्रमश: ३० हजार, २० हजार, १० हजार नगद सहित ट्रफी, प्रमाण-पत्र, म्युजिक भिडियोमा अभिनय गर्ने मौकासंगै प्रोफेश्नल फोटोसुट लगायतका पुरस्कारको व्यवस्था गरिएको संयोजक सुमन कुमार श्रेष्ठ र ईन्द्र विसुन्केले संयुक्त रुपमा जानकारी गराए । प्रतियोगिताको फारमका लागि सल्लाघारी महोत्सब स्थलमा सम्पर्क गर्न सकिने आयोजक टिमले जानकारी गराए । महोत्सवको प्रवेश शुल्क रु. ५० र ७० रहेकोका विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए । महोत्सवमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले यसबाट लाभ लिनेछन्, थापाले भने । बैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने सो कार्यक्रमकबो टिकटको मुल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।
काठमाडौँ-नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ। नेपाली चलचित्र निर्देशकहरुको छाता संगठनको रुपमा रहेको समाजको १५औं साधारणसभाले समझदारीमा आगामी तीन वर्षका लागि कार्यसमिति तय गरेको हो। दुई उपाध्यक्षहरुमा सुवासप्रसाद गजुरेल र दिपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सह-कोषाध्यक्षमा राज बस्न्यात, ६ जना सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी र अमृतमान महर्जन चयन भए। सह-सदस्य पदमा भने समझदारी हुन नसकेपछि भएको निर्वाचनबाट सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ निर्वाचित भए ।
सर्वसम्मत कार्यसमिति चयन गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। लामो विवादबीच कार्यसमिति चयन भएपछि असन्तुष्ट निर्देशकहरुले साधारण सदस्यबाट समेत राजीनामा दिने घोषणा लगायत संस्था बाहिरका व्यक्तिहरुको प्रभाव परेको भन्दै विरोध जनाइरहेका छन्।
सहमतिमा पुग्न सुरुमा रमेश बुढाथोकीलाई अध्यक्ष बनाई अध्यक्षका दावेदार जनकदीपलाई महासचिव बनाउने सहमति भएको थियो। तर, सचिव पदमा विवाद उत्पन्न भएपछि सो सहमति भंग भई मनोनयन दर्ता भएको थियो। मनोनयन दर्ता भएपनि समझदारीको प्रयास गरि कार्यसमिति चुनिएको थियो। उक्त प्रक्रियामा समेत केहि निर्देशकले असन्तुष्ट व्यक्त गरेका हुन्। चुनावको प्रचारप्रसार गरि उम्मेदवारी दिएका एक निर्देशकले आफुले निर्वाचनमा भाग लिन पाउने संवैधानिक अधिकारलाई संस्था बाहिरको व्यक्तिहरुको प्रभाव र संस्थाकै केहि व्यक्तिहरुको संलग्नतामा खोसिएको बताए। उनले यस्ता प्रवृत्तिले संस्थाको कहिल्यै भलो हुन नसक्ने भन्दै आफु संस्थामा नहुन पनि सक्ने संकेत गरे।
समाजका दुई कार्यकाल नेतृत्व गरेका पूर्व अध्यक्ष निर्देशक केपि पाठकले आफुले समाजको सदस्यता त्यागेको बताएका छन्। सामाजिक सञ्जालमा एक नोट लेख्दै उनले समाजको चुनावी साधारण सभामा गैर सदस्यको प्रभावल, उम्मेदवारलाई जबरजस्ती उम्मेदवारी फिर्ता लिन दवाव, उम्मेदवारको रुवाबासि र महिला सदस्य प्रति गरिएको ब्यवहार देख्दा कुनै दृष्टिले पनि त्यो चलचित्रका क्याप्टेन, सर्जकहरुको चुनाव नदेखिएको र एउटा सदस्य र पूर्व अध्यक्षको नाताले आफ्नो शिर निहुरिएको बताएका छन्।
काठमाण्डौ–बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न भएको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिाष्ठ अतिथितका रुपमा पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादव, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, चलचित्र निर्देशक ऋषि लामिछाने, अरुण प्रधान, बरिष्ठ नृत्य निर्देशक दिनेश पाख्रीन, डेल्फिक काउन्सील नेपालका अध्यक्ष श्रीदेव विएल, पत्रकार डब्बु क्षेत्री, जिवन पराजुली, विधान कार्की, विष्णु सुवेदी, कुवेर गिरी, सुरक्षा भट्टराई, गीता अधिकारी, अभिनेता सञ्जय खतीवडा, साहित्यकार भिष्मराज फुलारा, गीतकार वि पाण्डे, संगीतकार दिपक शर्मा, राजेन्द्र बजगाई, निर्देशक देवेन्द्र पाण्डे, लिगेश भट्टराई, लव प्याकुरेल, चलचित्र विकास बोर्डका चिरञ्जिवी गुरागाई लगायत बरिष्ठ तथा विशिष्ठ व्यक्तित्वहरुको सहभागीता थियो ।
कार्यक्रममा यस वर्षको संगीत पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार विदुर गिरीलाइ प्रदान गरिएको छ भने साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँबर, भुम्लु गाउपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), रमा थापा, गीतकार राजेन्द्र पुरी, गायिका केन्जुमा सुब्बा, पत्रकार राज लुईटेल, संगीतकार शंकर थापा स्माई, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, संचारकर्मी दिनेश थापा, मुर्तिकार विनिता श्रेष्ठ, निर्देशक चेतनाथ दंगाल, अभिनेता दिनेश के.सी लगायतका व्यक्तित्वहरु पनि सोही समारोहमा सम्मानित भए । कार्यक्रम गीतकार तथा सञ्चारकर्मी शान्तिप्रियको सभापतित्वमा सम्पन्न भएको थियो ।
नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नारा लिएर विगत ६ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने सम्पुर्ण भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ । सम्पुर्ण भाषा भाषिका कलाकारहरुलाई प्रतिष्पर्धा भन्दा पनि सामुहिक मञ्च प्रदान गरेर आत्मियता भाईचार र एकताको शन्देश प्रवाह गर्ने उदेश्य लिएको आयोजक समितिका अध्यक्ष माधव राज खरेलले जानकारी दिएका छन् ।
कार्यक्रममा होटल आर्ट ठमेल, गोल्डेन हस्पिटल बिराटनगर, नेशनल डेल्फिपक काउन्सील नेपाल, एस. के. डिजिटल नेपाल, ओम समाज डेन्टल अस्पाल, एवन क्याफे गौरीघाट, केईसी ईन्जिनियरिङ कन्सल्टेन्सी धनगढी र काठमाण्डौ, चलचित्र विच्छेद, एस एम् एस सेक्यूरिटि प्रा.लि. लगायत ले सहयोग गरेका थिए भने साँफेबगर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, भुम्लु गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ र काठमाण्डौ महानगरपालिका ले कार्यक्रमको प्रवद्र्धन गरेका छन् ।
निम अवार्डको प्रत्यक्ष प्रशारण काष्टमण्डप टेलिभिजन, जि टिभि नेपाल, सप्तकोशी टेलिभिजन लगायत विभिन्न युटुव च्यानलहरुबाट तथा अनलाईमाफर्त प्रत्यक्ष प्रशासण गरिएको छ ।
कार्यक्रममा मोडल सनम कठायत, पत्रकार चक्र कुँबर, गायिका कालिका रोक्का, छायाँकार कृष्ण बहादुर थापा, निर्देशक निरेन श्रेष्ठ, गायक ओम सुनार, संगीतकार राजु शर्मा नेपाली, गायिका रोशनी रसाईली निर्देशक उमेश गुरुङ, संगीतकार योगेन्द्र उपाध्याय, कल्याण अधिकारी, बरिष्ठ संगीतकार जुगल डंगोल, गीतकार भरत बम्जन, संचारकर्मी तथा निर्देशक विजय रत्न तुलाधर, कस्तुप पन्त, विरेन्द्रभाट विपिन, लगायतका विभिन्न क्षेत्रमा ख्याती कमाएका र विभिन्न भाषा भाषिहरुमा काम गर्ने व्यक्तित्वहरुले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
छैठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२३ (निम अवार्ड) का विजेताहरु
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
प्रकाश सुवेदी :असारै लाग्यो
सर्वोत्कृष्ट आधुनिक गीतकार
सुनिल संगम: तिम्रो लागी
सर्वोत्कृष्ट आधुनिक गायक
अभिनय यादव: मायाको सुरुवात
पपुलर गायक शिव परियार: धोकेबाज
सर्वोत्कृष्ट आधुनिक गायिका
बेनिशा पौडेल: नछुटोस
सर्वोत्कृष्ट आधुनिक संगीतकार
अर्जुन पोखरेल: धर्ती आकाश
सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष
दिलिप ओखेडा : भनि देन ए मन
सर्वोत्कृष्ट आधुनिक मोडल जुरी अवार्ड
लाक्पा लामा : फकाँउदानी रिसाउने
सर्वोत्कृष्ट आधुनिक मोडल महिला
सुष्टि खड्का : छुनुमुनु
सर्वोत्कृष्ट आधुनिक/ पप निर्देशक
कृष्णदेव रुपाखेती: याद किन यस्तो आउँछ्
सर्वोत्कृष्ट आधुनिक/पप निर्देशक जुरी अवार्ड
दिनेश ठकुल्ला : पागल हो म पगाल
सर्वोत्कृष्ट लोकपप गायन पुरुष
कृष्ण काफ्ले : सके हंसाउछु
सर्वोत्कृष्ट लोकपप गायन महिला
निता आचार्य : मनको धोको
सर्वोत्कृष्ट लोकपप गायिका महिला जुरी अवार्ड
सरिता भारती : तिम्रो मायाले न हो
सर्वोत्कृष्ट लोकपप गायिका पब्लिक च्यवाईस अवार्ड
बसन्ती राई : बेबी बसन्ती
सर्वोत्कृष्ट लोकपप गीतकार
भानु आचार्य : प्रतिक्षा
सर्वोत्कृष्ट लोकपप गीतकार जुरी अवार्ड
पुरुषोत्तम सानु : ढुङ्गा कुँदेर
सर्वोत्कृष्ट लोकपप संगीतकार
मानस राज : लै लै राजकुमारी
सर्वोत्कृष्ट लोकपप संगीतकार पब्लिक च्वाईस अवार्ड
टिका बम्जन : ठ्याक्क ठ्याक्क
सर्वोत्कृष्ट नवप्रतिभा गायन
दिपेन्द्र सोनाम : तिमिले छोडेनी सक्छु
सर्वोत्कृष्ट नवप्रतिभा मोडल पुरुष
विकसीत शर्मा : मुना मदन ३
सर्वोत्कृष्ट नवप्रतिभा मोडल पुरुष जुरी अवार्ड
सुदिप श्रेष्ठ : नेपाली भेष
सर्वोत्कृष्ट नवप्रतिभा मोडल महिला
कुमारी बराईली : विदा मागेर तिमि
सर्वोत्कृष्ट युगल गायन
नविन कार्की र मेलिना राई : सागरले मोती पायो
सर्वोत्कृष्ट युगल गायन
देविका बन्दना : तिम्रो मायाको सागर जुरी अवार्ड
सर्वोत्कृष्ट लोकदोहोरी शब्द
नारायण कँडेल : यति कुरा भन्नु थियो
सर्वोत्कृष्ट लोकदोहोरी शब्द जुरी अवार्ड
अनिल खनाल : बच्चाकी आमा
सर्वोत्कृष्ट लोकदोहोरी गायक
कुलेन्द्र वि.क : जलजला
सवोत्कृष्ठ लोकदोहोरी गायक जुरी
शक्ति चन्द : स्याउला
सर्वोत्कृष्ट लोकदोहोरी गायिका
विन्दु विहानी : दिलको राजा
सवोत्कृष्ठ लोकदोहोरी गायिका जुरी
शुशिला गौतम : भुई छोडेकी चरी
सर्वोत्कृष्ट लोकदोहोरी गायिका जुरी अवार्ड
सविना कार्की : तिम्रो त्यो मुटुमा
सर्वोत्कृष्ट लोकदोहोरी लय
श्रीकृष्णबम मल्ल : निर्माया ठुली
सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
प्रकाश तामाङ : डोकोडालो
सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
कविता न्यौपाने : पेन किलर
सर्वोत्कृष्ट लोकदोहोरी नव प्रतिभा मोडल
यमुना रसाल : बैश दिन नमिल्ने सापटी
सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
शिव वि.क : रुमाल साँट्न पर्दैन
सर्वोत्कृष्ट कोरियोग्राफर
अजय स्याङ्तान : च्यागो
पपुलर कोरियोग्रफर
गम्भिर विष्ट : चस्मा
सर्वोत्कृष्ट भिडियो सम्पादक
अमृत चापाँगाई : रित्तिदैन आँशु
सर्वोत्कृष्ट ध्वनी मिश्रण
डिका गुरुङ : अर्को जुनी
सर्वोत्कृष्टसंगीत संयोजक (एरेन्जर)
पुष्कर खत्री : ओई कमला
सर्वोत्कृष्ट छायाँकार
दिपक गिरी : ए आकाश
सर्वोत्कृष्ट बाल प्रतिभा गायन
सुप्रिम मल्ल : फापरको पिठो
सर्वोत्कृष्ट बाल प्रतिभा मोडल जुरी
सम्राट दाहाल : छोराछोरी विदेशी
सर्वोत्कृष्ट बाल प्रतिभा गायन इन्करेज्मेन्ट
उपमा थपलिया : बुद्धको भुमि
सर्वोत्कृष्ट मौलीक भाषाभाषी गीत
झुमा लिम्बु : सामसोधा मुन्धुम (लिम्बु)
सर्वोत्कृष्ट मौलीक भाषाभाषी गीत
अनु लामा : च्यागो (तामाङ)
सर्वोत्कृष्ट डेउडा भाका गीत
दिपा रोकाया : मेरो प्यारो डडेल्धुरा
सर्वोत्कृष्ट डेउडा भाका गीत जुरी अवार्ड
शान्ति शाही चन्द : पहाडकी मैना चडी
सर्वोत्कृष्ट डेउडा भाका भिडियो
एलपि शर्मा : लिलु
सर्वोत्कृष्ट डेउडा भाका भिडियो पब्लिक च्वाईस अवार्ड
जनक सिंह : मेरा गाउँ जाल्ली
सर्वोत्कृष्ट काँठे भाका गीत
अमृत खाती : बाँसको कप्टेरो
सर्वोत्कृष्ट काँठे भाका गायन
नमराज ढुङ्गाना : फुल फुल्यो अमला
सर्वोत्कृष्ट नेपाल भाषा गीत
प्रकाशदिप श्रेष्ठ : फुलु फुलु जितः
सर्वोत्कृष्ट नेपाल भाषा गायन
राजेन्द्र डंगोल : चकना चकना
सर्वोत्कृष्ट तामाङ भाषा गीत
मदन घ्लान : पुर्व सिलिङ लिङ
सर्वोत्कृष्ट तामाङ भाषा मोडल
सागर घिसिङ : नेसी मुसुक्क
सर्वोत्कृष्ट गीत (मैथिली/भोजपुरी भाषा तर्फ)
विद्यानन्द बेदर्दी : प्रेमक पिचकारी
सर्वोत्कृष्ट गायन (मैथिली /भोजपुरी भाषा तर्फ)
बिरेन्द्र झा : हमरो रंग लगा दे
सर्वोत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ)
बिक्रम गुप्ता : पूर्वा हावा
सर्वोत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ) पब्लिक च्वाईस
मेनुका माझी : कोन रोग तू लगा देलौ
सर्वोत्कृष्ट मेकअप आर्टिष्ट
विक्रम गौतम : फिँजाई पंख
सर्वोत्कृष्ट दशकको अवार्ड
हरि कुमार कर्माचार्य : पिरतीको तालमा
काठमाण्डौ – “नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३ को समापन कार्यक्रम यहि आईतवार ललितपुरको स्क्वायर होटेलमा सम्पन्न हुँदै छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ आतिथ्यता तथा नेपाली कला संस्कृति तथा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न हुन गईरहेका कार्यक्रममा बरिष्ठ गायक एवं संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ ।
यस्तै पिम नेपालले यस वर्षको रंग पत्रकारिता पुरस्कार बरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गर्न लागिएको बताइृएको छ । कला संस्कृति, पर्यटन तथा समाजसेवामा समर्पित व्यक्तित्व अछामका राजेन्द्र बहादुर कुँबर, भुम्लुगाउँपालिका जितेन्द्रमान तामाङ , पत्रकार राज लुईटेल, संगीतकार तथा गीतकार रमा भण्डारी, गीतकार तथा ईभेन्ट निर्देशक राजेन्द्र पुरी लगायतका कला,मनोरञ्जन तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु कार्यक्रममा सम्मानित हुने भएका छन् ।
गायक दोङलाई विगत चार दश देखि विषेश गरि तामाङ भाषाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको हो भने लामो समय देखि पत्रकारिताका माध्यमबाट नेपाली चलचित्र तथा गीत संगीतका क्षेत्रमा योगदान पुर्याएको भन्दै बरिष्ठ पत्रकार गिरीलाई नगद सहित पिम नेपाल रंगपत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष माधव राज खरेलले बताएका छन् ।
नेपालमा बोलिने विभिन्न भाषाभाषिमा बनेका गीत संगीत तथा भिडियोहरुका कलाकारहरुको बृहत सहभागितामा आयोजना हुदै आएको अवार्ड कार्यक्रममा ४२ विधामा अवार्ड प्रदान गरिने भएको जानकारी आयोजक पक्षले गराएको छ ।