entertainment
||Power News Asia||

आजको समाचार

गायिका सुजाता केसी र समिक्षा अधिकारीको नाच्न हिडिन्छ सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन


काठमाण्डौ -  हिन्दू मिहलाहरुको महान चाँड तिज नजिकिदै गर्दा यतिवेला नेपाली सांगीततिक बजार तिजका भाकाहरुले गुन्जायमान भईरहेको छ । यसैको अवसर पारेर गायिका सुजाता केसी र समिक्षा अधिकारीको तिज गीत नाच्न हिडिन्छ सार्वजनिक भएको छ ।

चर्चित संगतिकार तथा गीतकार अर्जुन पोख्रेलको शब्द तथा संगति रहेको गीतलाई एप्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । सुजाता केसी कै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा कलाकार किरन केसी, गायिका सुजाता केसी, अभिनेता पुष्प खड्का र समिक्षा अधिकारीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

नवराज उपे्रतीको छायाँकन रहेको भिडियोमा सिलन लम्सालको सम्पादन रहेको छ भने माईकल चन्दको निर्देशन रहेको छ ।

शर्मिला फूयाँलको नयाँ तीज गीत ‘राजाले दिएको ’ को म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौ । महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा सामाजिक अभियान्ता नव गायिका शर्मिला फूयाँलको नयाँ तीज गीत ‘राजाले दिएको ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा शब्द ,संगीत,स्वर शर्मिला फूयाँलको नै रहेको छ । भिडियोमा केशवराज भाटको निर्देशन तथा कोरियोग्राफीमा सिनेमेटोग्राफर प्रकाश खड्का एरेन्जिङ आकाश नेपाली ,मिक्सिङ मास्टरिङ दीप तुलाधर, दिन्सन शाहको सम्पादन रहेको छ।

उक्त तिज गीतमा स्मरिका ढकाल,शर्मिला फूयाँल नव मोडल स्नेहा रुपाखेतीको अभिनय देख्न सकिने छ । गायिका शर्मिला फूयाँल (सन्ध्या)को शब्द संगीत र गायक कर्णराज गिरीको स्वर रहेको ‘कुन तार मिलेन’? बोलको म्युजिक भिडियोले रिलिज भएको तीन साता नपुग्दै उक्त गीतलाई युट्युबमा १० लाख भ्युज क्रस गरेर दर्शकको मन जितिसकेको छ ।

कलाकार संघले गर्यो सदस्य सुद्धिकरण प्रकृयाको थालनी

मनोरञ्जन


काठमाण्डौ – लामो समय देखी नेपाल चलचित्र कलाकार संघमा गैर कलाकारहरुको हावी रहदै आएको भन्ने आरोपलाई चिर्नको लागि संघले कडा निर्णय गरेको छ । यहि भाद्र २ गते बसेको नेपाल चलचित्र कलकार संघको बैठकले संघलाई चुस्त र दुरुस्त बनाउनको लागि कलाकारहरुको अभिलेखिकरण गर्ने र प्रकृया नपुगेका कलाकारहरुलाई छ महिनाको समय दिएर पनि गैर कलाकार पत्ता लागेको खण्डमा विधान अनुसार गर्ने निर्णय पारित गरेको हो ।

जस अनुसार कलाकारहरुको आवेदन फारम सँग संलग्न गर्नुपर्ने कागजपत्रमा करार पत्र वा अनुहार र चलचित्रको नाम देखिने गरि लिएको स्कृनसट, नागरिकताको प्रतिलिपि फोटो आदि कतिपय कलाकारहरुको संघमा रहेको व्यक्तिगत फाइलमा नभएको पाइएकोले संघले सदस्य कलाकारहरुको अभिलेख तयार पार्ने काममा अस्पष्टता अपूर्ण देखिन आएकोले अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउनका लागि उपरोक्त तथ्यहरु सहित कागजपत्र संघमा उपलब्ध गराइदिनुभई ६ महिनाभित्र कागजपत्र इमेल मार्फत् वा स्वयम् उपस्थित भएर अभिलेखिकरणलाई पूर्णता दिन सबै सदस्यहरुलाई अनुरोध गर्ने संघको बैठकले निर्णय गरेको छ ।

संघका सबै तहका सदस्य कलाकारले अभिलेखिकरणमा चासो दिन अनुरोध गरिन्छ संघका अध्यक्ष मोहन निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । ६ महिनाको समयलाई मान्य अवधि मान्दै अभिलेखिकरण नगरे संघमा रहेको व्यक्तिगत विवरण सहितको फायलमा विधान अनुसारको प्रक्रिया नपुगेको देखिएमा विधानले तोकेको प्रकृया अनुसार हुने पनि यसै वक्तव्य मार्फत् अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ ।

यस्तै संघले आफ्नो ३५ औं स्थापना दिवसका सम्बन्धमा नेपाल चलचित्र कलाकार संघको स्थापना दिवस भदौ २३ गते स्काई वैङ्क्वेट बग्गी खानामा नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भुमिका विषय अन्तरक्रिया कार्यक्रम सञ्चालन निर्णय गरेको छ । साथै स्थापना दिवसको उपलक्ष्यमा भदौ २४ गते बिहान मोटिभेसन क्लास र योगा कार्यक्रम गर्ने र सोका लागि प्रशिक्षकहरुलाई अनुरोध गर्ने निर्णय गरेको कुरा संघका अध्यक्ष निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

साधना म्युजिक रिवार्डको चौथो संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान

मनोरञ्जन


काठमाडौं-चौथो संस्करणको ‘साधना म्युजिक रिवार्ड’का उत्कृष्टलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच उत्कृष्ट मनोनयनमा पर्न सफलभएका सर्जकलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । सामना म्युजिक क्रियशन प्रा.लि.को यो अवार्ड (रिवार्ड) प्रदान गर्दै आएको छ ।

म्युजिक क्रियशनकी अध्यक्ष सामना शाह सभापतित्वमा भएको समारोहमा वरिष्ठ गायक संगीतकार निर्देशक नारायण रायमाझी प्रमुख अतिथि रहनुभएको थियो भने वरिष्ठ गायिका देविका वन्दना, वरिष्ठ साहित्यकार लेखक दामोदर पुडासैनी किशोर, वरिष्ठ रंग पत्रकार शान्तिप्रिय,  विशिष्ठ अतिथिका रूपमा हुनुहुन्थ्यो ।

कार्यक्रममा चित्रकार संगीतकार ज्योति प्रकाश, रंग पत्रकार गीतकार सुमन बैरागी, निर्देशक माधव खरेल, रंग पत्रकार तथा गितकार गिता अधिकारी लगायत व्यक्तित्व अतिथिका रूपमा रहनुभएको थियो । अतिथिहरूले उत्कृष्ट मनोनयनमा पर्न सफल सर्जकलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

साधना म्युजिक रिवार्ड पहिलो र दोस्रो संस्करण अवार्डको रूपमा रहेको थियो भने तेस्रोदेखि रिवार्ड भएको हो । कार्यक्रममा स्वागत गर्दै अवार्डका सचिव गोकर्ण लामिछानेले रिवार्डबारेमा स्पष्ट पार्नुभएको थियो ।

चौथो संस्करणको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका मोडलमा पुरुष र महिला त्यस्तै अन्य विधा भिडियो निर्देशक, छायांकार, दृश्य सम्पादक, एरेन्जर गरी १९ विधा छन् भने कार्यक्रममा सम्मान तथा दीर्घ साधना सम्मान रहनेसमेत जनाइएको छ ।

र्जून गौतमको निर्देशनमा तयार पारिएको लोक गीत ‘नाबालिका’ को म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौँ ।अर्जून गौतमको निर्देशनमा तयार पारिएको लोक गीत ‘नाबालिका’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत शुक्रबार नवसृष्टि ईन्टरटेण्टमेण्ट युट्युवबाट सार्वजनिक भएको हो । गायक मिनप्रकाश ओली र गायिका बबिना किरातीको स्वर रहेको गीतमा मिनप्रकाश स्वयंले शब्द सङ्गीत दिएका छन् भने एरेन्जमा राज सोनम रहेका छन् । गौतम निर्देशक रहेको भिडियोमा बिना रावत, बाबुराम सुनार, मन्दिरा थापा र रामप्रसाद महर्जनको अभिनय रहेको छ ।

देव दोर्जेले कोरियोग्राफी गरेको उक्त म्युजिक भिडियोको छाँयांकन बासु न्यौपानेले गरेका हुन भने सम्पादन गौतमराज खड्काले गरेका हुन् । म्युजिक भिडियो प्राविधिक रुपमा उत्कृष्ट रहेको निर्देशक गौतम बताउँछन् । 

MUSIC VIDEO - NABALIKA || MIN PRAKASH OLI, BABINA KIRATEE || BINA, BABURAM, RAMPRASAD, MANDIRA

 

 

 

 

लिजन्सको 'मायामा' सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ-  उदाउंदो गायकको रुपमा आफुलाई सांगितिक क्षेत्रमा स्थापित गराउने क्रममा गायक लिजन्स श्रेष्ठले आफ्नो नयाँ सांगितिक कोसेली "मायामा" सार्वजनिक गरेका छन । आफ्नै स्वर, शब्द तथा संगीतमा तयार पारीएको उनको यो गीतको भिडियोलाई आफ्नै अफिसियल च्यानल लिजन्स श्रेष्ठबाट सार्वजनिक गरेका हुन ।

हाल दुबईलाई आफ्नो कर्मथलो बनाएका लिजन्सको यो भिडियो भने नेपालमै छांयाकन गरिएको हो । भिडियोमा उनलाई आफ्नै जीवनसाथी रुबिनाले साथ् दिएकी छिन भने त्यस बाहेक उनको आफ्नै भाई सिजन्स र बुहारी बीनीको अभिनय पनि देख्न सकिन्छ ।

थाजभिलेको प्रोडक्सनमा तयार पारीएको भिडियोलाई योन्सा मगरले छांयाकन तथा सम्पादन गरेका हुन भने ग्राफिक निश्चल लामाले गरेका हुन । भिडियोको निर्देशन भने स्वयम गायक लिजन्स श्रेष्ठले नै गरेका हुन । भिडियोलाई सबैले माया गरिदिनु हुन गायक लिजन्सले सबै संगीत प्रेमीहरुलाई आग्रह गरेका छन ।

 

मोहनी लगाउदै आए रामदाम (भिडियो सहित)

मनोरञ्जन


काठमाडौं -तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले” सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन । यस अघि उनको “चकलेटी हिरो” बोलको तिज गित सार्वजनिक भएको थियो । यो अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन ।

अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बिचको शंका र नोकझोक गीतमा रहेको बताउछन । यो गीत उनको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर छ ।

लय संकलन र शब्द तीलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन । भिडियो मदन खड्काले निर्देशन गरेका हुन ।

भारतिय लोकप्रिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’अब नेपालमा

मनोरञ्जन


काठमाडौं - विभिन्न ब्राण्डका कस्मेटिक उत्पादनहरू मार्फत आफ्नो छालामा प्रयोग गर्दा हानिकारक रसायनहरूको बारेमा आम नेपाली सौन्दर्य प्रशाधन उपभोक्ताहरु निकै चिन्तित छन । पछिल्लो रिपोर्ट अनुसार नेपालमा गुणस्तरहिन र नक्कली सौन्दर्य सामाग्रीहरु भित्रिने क्रम वृद्धि हुदै गएको छ । नक्कली उत्पादनको प्रयोगले सौन्दर्यता लागि भनेर प्रयोग गरिने सामाग्रीबाटै उपभोक्ताहरु ठगिने र त्यस्ता सामाग्रीको प्रयोगले छालाजन्य रोगीहरुको संख्या दिनानुदिन वढ्दो छ । यस्ता सामाग्रीहरुले स्वास्थ्यमा विभिन्न नकरात्मक असर पर्दै गईरहेको छ, भने आर्थिक व्ययभार समेत बढेको छ ।

खैर, अब नेपाली आम उपभोत्ताले यस्ता समस्याबाट चिन्ता गर्ने दिन गएको छ । सौन्दर्यताका लागि उपयोग गरिने यस्ता सामाग्रीहरुले पुर्याएको असरलाई ध्यानमा राखि विगत लामो समयदेखि शत प्रतिशत प्राकृतिक तथा कुनै साईड ईफेक्ट नभएको विभिन्न सौन्दर्य सामाग्रीहरु अर्गानिक रुपमा उत्पादन गरि विश्व बजारको अधिकाशं देशहरुमा निर्यात गर्दै आएको नन्दिनी हर्वल केयर प्रा।लि।का उत्कृष्ट ब्राण्डहरु नेपालमा भित्रिएको छ । भारतको गुजरातमा रहेको मुख्यालयबाट दुवई,कतार,थाईलैण्ड,न्यूजिल्याण्ड, ओमन,वंगलादेश,श्रीलंका लगायत करिव ४५ वटा देशहरुमा निर्यात हुदै आएको नन्दिनी अर्गानिक ब्राण्डका अर्गानिक सौन्दर्य सामाग्रीहरु औपचारिक रुपमा नेपाल भित्रिएको हो । पछिल्लो पटक खानामा होस या अन्य वस्तुहरुमा अर्गानिक उत्पादनहरुको माग ह्वात्तै बढेको छ । यसै अनुरुप बजारको माग अनुसार नेपालमा पनि सन स्क्रिन, मोश्चराईजर ,फेश वास, डे क्रिम, नाईट क्रिम,ईसन्सियल आईल लगायत थुप्रै अर्गानिक सौन्दर्य सामाग्रीहरुको विक्री वितरण गर्न लागेको कम्पनीका उत्पादक नन्दिनी हर्वल भारतका प्रबन्ध निर्देशक हितेश लिम्बानीले जानकारी दिए । उनका अनुसार, नेपाली उपभोक्ता माझ भारतिय सौन्दर्य सामाग्रीहरुको विश्वासका कारण लामो अनुसन्धान पछि हाम्रा अर्गानिक सौन्दर्य सामाग्रीहरुलाई सहज रुपमा बजारीकरण गर्न सकिने अवस्था देखेर नेपालमा नन्दिनी अर्गानिक ब्राण्डका सौन्दर्य सामाग्रीहरु भित्राइएको हो । नेपाली ग्राहकहरूलाई विश्वस्तरीय सौन्दर्य हेरचाह उत्पादनहरू प्रदान गर्ने स्पष्ट मिशनका साथ यस्ता उत्पादनहरू नेपाल ल्याउन आफ्नो पसिना र परिश्रम लगाएको लिम्बानी बताउछन्।

नन्दिनी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु नेपालका विभिन्न आउटलेट,वितरक,व्यूटिपार्लर,सलुन,मेडिकल स्टोर लगायत मार्ट सपिङ्ग मलहरुमा सहजै उपलव्ध हुने, उक्त उत्पादनहरुलाई नेपालमा वजारीकरण तथा व्यबस्थापनको जिम्मेवारी लिएका कन्ट्रि म्यानेजर पदम शर्माले जानकारी दिए । गुणस्तरमा शत प्रतिशत प्रतिवद्धता जनाएको कम्पनीले करिव ३ वर्षदेखि नेपाली बजारमा एन प्लस प्रोफेशनल तथा ला रिभेरी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ । नेपालको अधिकांश युनीसेक्स सलुन,पार्लर तथा सौन्दर्यकर्मीको पहिलो रोजाई रहेको एनप्लस प्रोफेशनल तथा ला रिभेरीका उत्पादनहरुको माग बढ्दै गएको कन्ट्रि म्यानेजर शर्मा बताउछन । भारतको सौन्दर्य सामाग्रीहरुको चर्चित ब्राण्ड भित्र उत्कृष्टमा पर्ने नन्दिनी हर्वलले नेपालमा पनि राम्रो बजार लिनेमा ढुक्क छौं, उनी बताउछन ।

नन्दिनी अर्गानिक ब्राण्डका वारेमा जानकारी दिने उद्देश्यले राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिस नेपाल (२००० उषा खड्गी तथा सामाजिक अभियन्ता भिम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरुको औपचारिक विक्री वितरण शुभारम्भ गरेका थिए । होटल ग्राण्डमा आयोजित उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले नन्दिनी अर्गानिकका ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरुको रोजाईमा पर्नेमा आफुहरु विश्वस्त भएको कुरा बताए ।

मिस नेपाल खड्गीले आफुले विभिन्न ब्राण्डको एम्बेसडर भएर काम गरेको र विभिन्न ब्राण्डेड उत्पादन प्रयोग गर्दै आएको तर पहिलो पटक यस्ता अर्गानिक सौन्र्दय ब्राण्डका वारेमा जानकारी लिदा यस उत्पादनले नेपालमा राम्रो बजार पाउने कुरा बताईन । संचारकर्मी सोनीत राज ढुंगेलले संचालन गरेको कार्यक्रममा संचारकर्मी राज लुईटेलले सहजीकरण गरेका थिए । कार्यक्रममा उक्त कम्पनीका २ दर्जन डिलरहरुको समेत उपस्थिती रहेको थियो ।

गीतकार कृष्णा आचार्य रोशनीको किन तिम्रो सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन


काठमाण्डौ – नेपाली सांगीतिक र संचार क्षेत्रमा सुनिरहेकै नाम हो किस्ना आचार्य रोशनी , पत्रकारिता साहित्य र गीतसंगीतमा लामो समय देखि सक्रिय रोशनीको भर्खरै मात्र नयाँ आधुनिक गीत तिम्रो याद ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।

मनोजराज सिवाकोटीको स्वर, ज्योति प्रकाशको संगीत र रोशनीको रचना रहेको उक्त गीतको म्युजिक भिडियो मुकेश हुमागाइले खिचेका हुन् भने दिपेन्द्र केसीको निर्देशन र प्रकाश भट्टको सम्पादनमा तयार भएको छ । म्युजिक भिडियोमा इस्टु कार्की र धिरेन्द्र शाही ठकुरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
मोफसलमा रहँदै सांगीतिक तथा साहित्यिक सिर्जना यात्रामा रहेकी रोशनीका स्कुले विद्यार्थी जीवनमै ूसंघर्षू गजल सङ्ग्रह, ूच्यातिएको मनू उपन्यास र केही दोहोरी गीत प्रकाशित भइसकेका थिए। त्यसैको निरन्तरतास्वरूप उनका दर्जनौं लोक तथा दोहोरी गीत, मौलिक सालैजो गीत, तीज गीत, दशैं गीत, झ्याउरे गीत प्रकाशित भएका छन्।

गीतरसंगीत र साहित्य सिर्जनामा अब्बल रोशनीका केही गीतमा उनकै स्वर र अभिनय पनि सुन्नरदेख्न सकिन्छ। काठमाडौं आएपछि गीत संगीतका अलावा पत्रकारितालाई पनि आफ्नो कर्म बनाएकी उनले विशेष कला मनोरञ्जन सम्बन्धी लेखनलाई अघि बढाएको पाइन्छ।

उनी अनलाइन, छापा, युट्युब मार्फत् कला र कलाकारका कुरा प्रकाशित गर्दै पत्रकारितामा सक्रिय रहेकी छन्। उनका सिर्जनामा रहेका थुप्रै लोकदोहोरी गीतका सिर्जनाले सांगीतिक बजारमा राम्रो चर्चा बटुलेका छ्न् । उनले गीत संगीत र पत्रकारिता क्षेत्रमा गरेको उल्लेखनीय कामको उच्च मूल्याङ्कन गर्दै विभिन्न अवार्ड र सम्मान आयोजक संस्थाले सम्मानित पनि गरेका छन्।

जसमा सुन्दरादेवी सन्देश म्युजिक अवार्ड सर्वोत्कृष्ट शव्द रचना २०७४, निम अवार्ड युवा पत्रकारिता सम्मान २०७५, उत्कृष्ट मौलिक सिर्जना सम्मान नाट्यश्वर म्युजिक अवार्ड , इपिक नेपाल म्युजिक अवार्ड २०७५ कला पत्रकारिता सम्मान ,निम अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७६, म्युजिक खबर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७७, पावर इन्टरनेशनल फिल्म फेस्टिवल रंगपत्रकारिता संमान २०७८, योङमाइन्डस् म्युजिक अवार्ड २०७८ रंग पत्रकारिता संमान लगायत छ्न् ।

आगामी सांगीतिक यात्रा कलम अझै सशक्त रहोस् शुभकामना ।

शिव कैलाश कला मन्दिरको आयाेजनामा एकल नृत्य प्रतियोगिता सम्पन्न

मनोरञ्जन


काठमाडाैं। शिव कैलाश कला मन्दिरको आयोजना मा दोस्रो उपत्यकाव्यापी विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चलचित्र नृत्य निर्देशक नारायण रिजालकाे सभापतित्वमा भएकाे कार्यक्रममा टोखा नगरपालिका उप-मेयर मुरारी तमाङ्ग प्रमुख अतिथि रहेकाे थियाे। उनीहरुले नै प्रतियागिताकाे उद्घाटन गरेका थिए।

विगत २४ वर्षदेखि मन्दिरले कला र संस्कृति बचाउन र नयाँ पुस्तामा समेत कलाकाे उजागर गर्नमा महत्वपूर्ण भुमुका खेल्दै आएको छ। प्रतियाेगितामा उपत्यकाका १३ विद्यालयका २८० विद्यार्थीहरुले सहभागिता जनाएका थिए। ३ दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन निर्णायक तर्फ कोरियो ग्राफर मोडेल सुरेन्द्र बसेल ,नायक तथा कोरियोग्राफर सोन बहादुर तामाङ, दाेश्राे दिन वरिष्ठ चलचित्र नृत्य निर्देशक गोविन्द प्रभात र तेश्राे दिन लोक नृत्य, खोज कर्ता, शास्त्रीय नृत्यका प्रशिक्षक वरिष्ठ निर्देशक कृष्ण प्रसाद पौडेल(केपी पौडेल) वरिष्ठ चलचित्र नृत्य निर्देशक गोविन्द प्रभात ,मोडेल तथा नृत्य निर्देशक कृष्ण रसाइली उपस्थित रहेको कोरियोग्राफर रेनुका रिजालले बताइन्।

प्रतियोगितामा नाम्स स्कुल गोङ्गबुकी छात्रा सिरीना परियार, रेडअन स्कुल सामाखुसीकी कक्षा दुइ मा अध्ययनरत शिखा बिष्ट, काठमाडौं लिङ्कन तारकेश्वरकी कक्षा तीन मा अध्ययनरत सफला तामाङ, कक्षा ४ बाट गिनिज स्कुल धर्मस्थली सानो बाइपास कि सोनाली गुरुङ, कक्षा ५ बाट सभ्यता पाठशाला रानीवन कि प्रजिता भट्टराई, कक्षा ६ बाट नान्स स्कुल गोङ्गबुकी रिविशा गुरुङ,कक्षा ७ बाट रेडअन स्कुल सामाखुसीकी आरध्या सिंह, कक्षा ८ बाट क्युपिड स्कुल बनियाटरकी किन्जल रिमाल, कक्षा ९ बाट नाम्स स्कुल कि आर्शिया पियाले प्रथम स्थान हासिल गरेका छन्।

ज्ञानभूमि स्कुल मनमैजु, प्रज्ञान स्कुल टाेखा ३ धलमल, मिलन धर्मस्थली स्कुल काभ्रेस्थलि, सौरेदिप स्कुल बनस्थली, लालिगुराँस विद्या सदन काभ्रेस्थलीका सहभागिहरुले द्वितिय तथा तृतीय, सान्त्वना र उत्कृष्ट नृत्य का ट्रफिहरु प्राप्त गरे। १३ वटै विद्यालयहरुलाई सम्मान गरिएकाे साे प्रतियोगितामा शिव कैलाश कला मन्दिरका कोरियोग्राफरहरु चेत कुमारी कार्की ,भरत पुतुवार, रस्तावी रिजाल, बिशाल तामङ, सविना पन्डित, प्रनिता खड्का, रोसनी बुढाथोकी, सर्मिला धिताल अनिसा पुर्जालगायतले प्रतियोगिताको सहजिकरणमा भूमिका निर्वाह गरेका थिए। विशिष्ठ अतिथि टाेखा नगरपालिकाका सचिव सानु श्रेष्ठ, समाजसेवी हरिवंश पन्त, चलचित्र नृत्य संघका महासचिव दीपेन्द्र तिमल्सिना लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए।

त्यसक्रममा वालवालिकाहरुकाे कला उजागर गर्ने काममा महत्वपूर्ण भूमिका खलेकाे भन्दै टाेखा नगरपालिकाका उप-मेयर तमाङ्गले शिव कैलाश कला मन्दिरलाई धन्यवाद दिएका थिए।