entertainment
||Power News Asia||

आजको समाचार

‘मलाई तीजको रहर’मा प्रतिक्षा काफ्लेको उत्साहपूर्ण अभिनय

मनोरञ्जन


काठमाण्डौ  – कलाकार तथा मोडल प्रतिक्षा काफ्लेको उत्साहपूर्ण अभिनय र गायिका सुजाता उपाध्याय को सुमधुर आवाजमा नयाँ तीज गीत ‘मलाई तीजको रहर’ सार्वजनिक भएको छ। किरण भण्डारीको शब्द–संगीतमा तयार भएको गीतमा उदयराज पौडेलले एरेन्ज, चन्द्र चौधरीले मिक्सिङ–मास्टरिङ गरेका छन्। भिडियोतर्फ सुशील डाँगीको छायांकन र सम्पादन, साईमन राजबंशीको कोरियोग्राफी तथा जिवन शाहीको निर्देशन रहेको छ।

टीपिकल लोक शैलीलाई आधुनिक फ्युजनमा प्रस्तुत गरिएको यो मौलिक तीज गीत गायिका सुजाता उपाध्यायको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा आएको हो। पछिल्ला दिनमा म्युजिक भिडियो र टेलिचलचित्रमा निरन्तर सक्रिय प्रतिक्षा काफ्लेले यस गीतमार्फत दर्शक–स्रोताको मन जित्ने विश्वास व्यक्त गरेकी छिन्।

उनका अनुसार, क्षणिक चर्चाका लागि बजारमा आएका छाडा र दुईअर्थी गीतहरूले बिग्रिँदै गएको संगीत क्षेत्रमा यस्ता सांस्कृतिक र मौलिक गीतहरूले सकारात्मक योगदान पुर्‍याउनेछन्। साथै, यस प्रकारका गीतहरूले देशको कला, संस्कृति र मौलिकतालाई संरक्षण र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि प्रतिक्षाको भनाइ छ।

अडिसनबाट चयन, रिद्धी खत्री पनि ‘कश्यप’मा डेब्यु गर्दै

मनोरञ्जन


काठमाण्डौ – ‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन् ।

निर्देशक दिनेश  खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिन-टेस्ट गरेरै फाइनल गरिएको हो। आभाले यसै फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन्, जसले उनको भूमिकामा थप दमदार र यथार्थता परक बनाउने अपेक्षा गरिएको छ।

यसै फिल्ममार्फत बालकलाकार रिद्धी खत्रीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन्। अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन्। उनको अभिनयले फिल्मलाई नयाँ आयाम दिने निर्माण पक्षको विश्वास छ। आभा ढुंगाना भन्छिन् “फिल्मको कथा, गीत-संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ। मलाई विश्वास छ, ‘कश्यप’ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ।”

यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गरेर फष्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ, जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता र कौतुहलता बढाएको छ। एक्सन, प्रेम र म्युजिकल्ली रुपमा उत्कृष्टता दिदैं ‘कश्यप’ पुर्णरुपमा मनोरञ्जनात्मक फिल्म हुनेछ भने चाँडै नै फिल्मको छायाँकन थालनी हुने बताएको छ ।

‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन भव्यरूपमा सम्पन्न

मनोरञ्जन


काठमाडौं — सामरी इन्टरनेशनलको आयोजनामा शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन भव्यरूपमा सम्पन्न भएको छ।

कार्यक्रममा २६ जना साहसी र आत्मविश्वासी महिला प्रतिभागीहरूले आफ्नो लुकेको प्रतिभा, आत्मबल र सपनाको प्रस्तुतिसहित सबैलाई प्रेरित गर्ने मौका पाए। विशेषगरी, रक्षाबन्धनको पावन अवसरमा आफ्ना व्यक्तिगत जिम्मेवारीहरू पूरा गरी यहाँसम्म पुगेका यी महिला हरूले आफ्नो नाम, पहिचान र भविष्य निर्माणको लागि अडिसनमा भाग लिएका थिए।

सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले कार्यक्रममा सहभागी सबै महिला प्रतिभाहरूप्रति गहिरो सम्मान व्यक्त गर्दै भन्नुभयो, “घर–परिवार मात्र होइन, समाजका अग्रपंक्तिमा रहेका हरेक महिलालाई हाम्रो मनदेखि सम्मान छ। तपाईंहरूको आत्मबल र साहसले समाजमा नयाँ प्रेरणा दिनेछ।”

अडिसनमा जुरीको रूपमा संलग्न चर्चित व्यक्तित्वहरूमा गायिका सुनिता दुलाल, निर्देशक एवं अभिनेत्री अलिजा गौतम, चर्चित र्‍यापर निर्णय NSK, वरिष्ठ पत्रकार हरी गोपाल प्रधान, मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष ग्येन्द्र लामा, पूर्व अध्यक्ष तथा NRNA ICC का सदस्य विनोद कुँवर रहेका थिए।

कार्यक्रमको सफल सञ्चालन दिल माया मगरको नेतृत्वमा आयोजक टोलीले गर्‍यो भने मिडिया तथा प्राविधिक सहयोगमा डीजे स्कल सरोज श्रेष्ठ, वम बहादुर पुन लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरे। मेकअप पार्टनरको रूपमा श्रिष्टि शाही र सैनेश शाही लगायतले कार्यक्रमलाई अझ प्रभावशाली बनाएका थिए।

फाइनल अडिसन आगामी श्रावण ३१ गते बिहान १०:०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुनेमा हुने तय भएको छ।

चलचित्र कलाकार संघद्वारा विकास बोर्ड तथा जाँचपास समितिका सदस्यलाई बधाई तथा सम्मान

मनोरञ्जन


काठमाडौँ- नेपाल चलचित्र कलाकार संघले हालैसालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई आज एक औपचारिक समारोह मार्फत बधाई तथा सम्मान प्रदान गरेको छ।

संघले उक्त समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर राज गिरी र भीमा मैनालीलाई सम्मानित गरेको हो। सोही समारोहमा संघले आफ्नो २० औ साधारण सभाको उपलक्ष्यमा प्रदान गरेको कलाकार सम्मानलाई आजै कलाकार गीता अधिकारीलाई प्रदान गरेका छ ।

समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, संघका सल्लाहकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल, महासचिव सबिन श्रेष्ठ, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र द्धन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुभाष गजुरेल, चलचित्र निर्देशक माधब राज खरेल लगायतका चलचित्रकमीहरु तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष मोहन निरौलाले भन्नुभयो “चलचित्र कलाकार संघले नियमित रूपमा बोर्ड तथा समितिका पदाधिकारीहरूलाई बधाई र सम्मान गर्ने परम्परा कायम राखेको छ। यस किसिमको सम्मानले उनीहरूलाई अझ प्रेरणा र ऊर्जा प्रदान गर्छ। चलचित्र विकास बोर्डमा अध्यक्ष दिनेश डीसीको नेतृत्वपछि उल्लेखनीय कामहरू भएका छन् । अध्यक्ष निरौलाले चलचित्र विकास बोर्डले वि.सं. २०२६ को ऐनलाई विस्थापित गरी नयाँ ऐन लागु गराउनको लागी गरेको पहल कदमीलाई पनि शुभकामना तथा धन्यवाद दिनु भएको छ ।”

त्यसैगरी कार्यक्रममा कलाकार संघका सल्लाहकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले चलचित्र विकास बोर्डको बर्तमान नेतृत्वको काम प्रशंशनिय रहेको भएतापनि अझै बोर्डले चलचित्रकर्मी एवम् चलचित्र उद्योगको लागी थप काम गर्नुपर्ने बताउनु भयो ।

सम्मानितहरुको तर्फवाट चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी र चलचित्र जाँचपास समितिको तर्फवाट सदस्य सम्पन्न श्रेष्ठले बोल्नुभएको थियो । कार्यक्रममा उपस्तितहरुलाई संघका महासचिव सविन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । संघका अध्यक्ष निरौलाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण संघका सदस्य गोपाल ढकालले गर्नु भएकाो थियो ।

सपथ, सम्मान र संदेश: एनआरएनए पोर्चुगलको भव्य कार्यक्रम सम्पन्न

मनोरञ्जन


पोर्चुगल- साउन १८ – गैरआवासीय नेपाली संघ पोर्चुगलको नवगठित कार्यसमितिको सपथ तथा बधाई कार्यक्रम २०८२ साउन १८ गते (२०२५ अगस्ट ३ तारिख) भव्य र सभ्य रूपमा सम्पन्न भयो । कार्यक्रम निर्वाचन समितिका सदस्य सचिव श्री विकास आलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आइएएडी विश्वविद्यालयको प्रधानाध्यापक जोसे प्रेरिराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली जनप्रगतिसित मञ्च पोर्चुगलका अध्यक्ष सीता ढकाल सुबेदी र नेपाली जनसम्पर्क समितिका सदस्य तथा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलकी निवर्तमान उपाध्यक्ष रेखा रेग्मी, नेपाली जनसम्पर्क समिति पोर्चुगलका उपसभापति राम सापकोटा , किरात राई सोसाइटी पोर्चुगलका अध्यक्ष दीपेश राई र नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष फुर्वा तामाङ, अतिथिमा स्याङ्जा समाज पोर्चुगल तथा नेपाली जनसम्पर्क समिति पोर्चुगलको उप-सभापति विपिन अर्याल, ठकुरी समाज पोर्चुगलका अध्यक्ष तथा नेपाली जनसम्पर्क सदस्य सज्जन हमाल कार्यक्रममा उपस्थित थिए ।

यसै गरी नेपाली जनसम्पर्क समितिका सदस्य सन्तोष छेत्री र वासु सत्याल र उपमहासचिव–नेपाल पत्रकार महासङ्घ युरोप शाखा कलश खरेल लगायत पोर्चुगलवासी नेपालीहरूको बाक्लो उपस्थितिमा सो कार्यक्रम भएको थियो ।कार्यक्रमको सञ्चालन सचिव  विनोद भुसालले गर्नु भएको थियो ।

सपथ ग्रहणपछि नव–निर्वाचित अध्यक्ष सुजन लामा मोक्तानले प्रमुख अतिथि र निर्वाचन समितिका सचिवलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना व्यक्त गरे । बोल्ने क्रममा अध्यक्ष मोक्तानले गैरआवासीय नेपाली संघलाई कुनै पनि दल, जात, क्षेत्र र वर्ग भन्दा माथि उठी सम्पूर्ण नेपालीको साझा संस्थाको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो। उहाँले संघलाई विभाजन गर्न खोज्ने केही दलाल प्रवृत्तिहरूको आलोचना गर्दै सबै नेपालीलाई समेटेर सहकार्यमा अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष मोक्तानले भन्नुभयो – “यदि हामी अझै पनि दल र व्यक्ति केन्द्रित मानसिकताबाट बाहिर ननिस्कने हो भने न त देश बनाउन सकिन्छ, न त आफ्नै परिवार।” उहाँले परिवर्तनको बाटो अपनाउन सबैलाई अपिल गर्दै भन्नुभयो, “युरोपमा आएर पनि यदि हामी पुर्खाको युगमै फर्किने हो भने, श्रीमान् बेल्जियम र श्रीमती पोर्चुगल बस्नुपर्ने परिस्थितिबाट कसरी उम्कन सक्छौं?” उहाँले इमान्दार, निष्ठावान् र समाजप्रति समर्पित व्यक्तिलाई साथ दिई संस्थालाई एकढिक्का बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।कार्यक्रममा खाजापानी तथा सामूहिक रमाइलोको साथ समापन गरिएको थियो ।

नवनिर्वाचित कार्यसमितिमा सुजन लामा मोक्तान अध्यक्ष, सरस्वती तिमिल्सिना खनाल, ज्ञानेन्द्र आचार्य, रामचन्द्र सुबेदी र स्राम कुमार श्रेष्ठ उपाध्यक्ष, जनिता राई महिला संयोजक, अविरल गुरुङ लेखा संयोजक, सुरज भण्डारी र विनोद भुसाल सचिव, सबिन पौडेल कोषाध्यक्ष रहेका छन्। त्यस्तै, सदस्यहरूमा रेखा रेग्मी, विनोद बुडाठोकी, राजकुमार गुरुङ, अरुण राई, युवराज घलान, उदास तामाङ, सुनिल तिम्सिना, कविता गेलाल, कृष्ण खड्का क्षेत्री, हिराधन राई, ल्हामु शेर्पा र संजु राई कुलुङ रहनुभएको छ ।

गैरआवासीय नेपाली संघ पोर्चुगलको यो नयाँ कार्यसमितिले नेपाली समुदायको हितमा पारदर्शी, लोकतान्त्रिक र साझा दृष्टिकोणबाट कार्य गर्ने विश्वास लिइएको छ ।

अरविन्द्र गौतमलाई उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५ प्रदान

मनोरञ्जन


काभ्रे — रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा सम्पन्न ‘सातौं संस्करण किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा पत्रकार अरविन्द्र गौतमलाई ‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ प्रदान गरिएको छ।

कार्यक्रम बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा भव्य रूपमा सम्पन्न भएको हो। सम्मान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम र अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले सम्मान गरेका थिए। पत्रकार गौतमलाई प्रमाणपत्र र सम्मान प्रदान गरिएको हो।

काभ्रेपलाञ्चोकको विकट क्षेत्र चौबासबाट आएका गौतम विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। उनले विकृति, विसङ्गति, संस्कृति, कला, राजनीति र जनचासोका विषयमा सत्य तथा खोजमूलक सामग्री प्रस्तुत गर्दै आएका छन्। सामाजिक यथार्थ र सांस्कृतिक विषयमा आधारित डकुमेन्ट्री निर्माणमा समेत उनी सक्रिय छन्। यसअघि पनि उनले विभिन्न राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेका छन्।

कार्यक्रममा ूसामाजिक उत्कृष्ट संस्थाकोू रूपमा आर्सु स्मृति प्रतिष्ठानलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

शंकर अधिकारी घायलको लेखन र निर्देशनमा सुस्केरा बन्ने

मनोरञ्जन


काठमाण्डौ - मणिलिङेस्वर फिल्मसको ब्यानरमा संगीता अधिकारीको प्रस्तुति रहने नेपाली कथानक चलचित्र सुस्केरा निर्माण हुने भएकोछ । शंकर अधिकारी घायलको लेखन र निर्देशन रहने सुस्केरा चलचित्र लाइ नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाइले निर्माण गर्ने भएका छन ।

एउटा अबोध सडक बालक जो आफै बाच्न लाइ संघर्स गरिरहेकोछ तर उ अरुको लागि बाच्न चाहान्छ ,यहि सेरोफेरोको कथा सुस्केराले बोल्नेछ । यस चलचित्रमा दिनेश कोइराला , नेहा देव, डा. ओमकृष्ण प्रसाइ, नबराज अधिकारी ,मौसमी कार्कि, र बालकलाकार हरु आलोक चौरेलि, नायरा प्रसाइको अभिनय रहने छ ।

यस चलचित्रमा रबिन्द्र बरालको छायांकन , राजन महर्जनको नृत्य ,मदन न्यौपानेको मेकप , राजेस कुमारको सम्पादन रहनेछ भने शंकर अधिकारी घायलको लेखन र निर्देशन रहनेछ भने काठमाडौको मिडिया कोर्डिनेटर प्रमोद डिजि हुन भने कोशी प्रदेशको मिडिया कोर्डिनेटर मनोज दहाल रहेका छन ।

चलचित्रको छायांकन यहि भदौको दोश्रो साता बाट हुनेछ भने चलचित्रको छायांकन काठमाडौ , भक्तपुर ओरपरको एरियामा हुने निार्देशक घायलले बताए।

श्रीराधाकृष्ण भजन गीतमा संलग्न कलाकारहरु सम्मानित​

मनोरञ्जन


लोकप्रिय गीतकार आनन्द अधिकारीद्धारा रचित श्रीराधाकृष्ण भजन गीतमा संलग्न सम्पूर्ण कलाकारहरुलाई ललितपुरको जाव्हलाखेल स्थित उग्रचण्डी पार्टी भेन्युमा एक कार्यक्रम गरी आईतवार सम्मान गरिएकोछ । समाजसेवी दम्पत्ती सानु भाई ताम्राकार र रन्जना ताम्राकारको परिकल्पनामा निर्मित उक्त भजन गीत चर्चित गाएक शिव परियार र गायिका अस्मिता अधिकारी ले स्वर दिएका छने भने संगित कृष्ण भारव्दाज,कोरीयोग्राफि भावना कार्की,नृत्य प्रनव श्रेष्ठ र अस्मिता पराजुलीले गरेका छन् । करीब ८ महिना अघि हाईलाइटस नेपाल मार्फत रिलिज गीत विभिन्न संचार माध्यमहरु तथा युटयुबबाट पनि हे राध प्रसारण भइरहेको छ । 
उक्त गीतबाट प्राप्त हुने सम्पूर्ण मुनाफा रकम ताम्राकार परिवारको तर्फबाट र गीतकार, गायकहरु र संगीतकारका तर्पmबाट ललितपुर गोदावरी नगरपालिका स्थित आमा घर नेपालको सहयोगार्थ प्रदान गरिनेछ । २४ वर्ष अघि स्थापना भएको आमा घर नेपालले अनाथ तथा पिडीत सहयोगापेक्षी बालबालिकाहरुको संरक्षण गरी शिक्षा प्रदान गर्दै आएको छ । उक्त संस्थामा प्रवेश पाएदेखि उच्च शिक्षा हासिल गरी आय आर्जन गर्न सक्षम नभएसम्म निरन्तर सहयोग प्रदान गर्दै आएको छ । हाल ५३ जना बालबालिकाहरुले संरक्षण प्राप्त गरिरहेका छ भने स्थानिय विद्यालयहरुमा उचित शिक्षा पनि हासिल गरिरहेका छन् । आमा घर नेपालबाट सक्षम भई निस्केकाहरु हाल देश विदेशमा रही विभिन्न पेशामा संलग्न भएकाहरु छन । अमेरिकामा रहेका आमा फाउण्डेशनको आर्थिक सहयोगमा संचालन भइरहेका आमा घर नेपाललाई विभिन्न व्यक्तिहरु लगायत सो संस्थाबाट दिक्षित र संरक्षित युवाहरुले समेत सहयोग जारी राखेका छन् ।

नेपाली चलचित्रका महानायक हमाल सम्मानित, संघको मानार्थ सदस्य बने

मनोरञ्जन


काठमाडौँ –  चलचित्र कलाकार संघले नेपाली चलचित्रका वरिष्ठ अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरेको छ। संघका अध्यक्ष मोहन निरौलाले एक विशेष समारोहमा हमाललाई सदस्यता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

यसअघि साधारण सदस्य रहेका हमाललाई नेपाली चलचित्रको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदान, समर्पण र साधनाको कदरस्वरूप विशिष्ट मानार्थ सदस्यता प्रदान गरिएको अध्यक्ष निरौलाले जानकारी दिए।

सदस्यता हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, तथा निर्देशक समाजका सचिव देवेन्द्र पाण्डेको उपस्थिति थियो।

सदस्यता ग्रहण गर्दै हमालले चलचित्र कलाकार संघलाई धन्यवाद व्यक्त गर्दै यसलाई आफ्नो लागि ठूलो सम्मानको रूपमा लिएका बताए। संघले अहिलेसम्म ४० जनालाई मानार्थ सदस्यता प्रदान गरिसकेको छ, जसमा अभिनेत्री मनिषा कोइराला पनि शामिल छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त, विशिष्ट र लब्धप्रतिष्ठित व्यक्तित्वलाई मानार्थ सदस्यता प्रदान गर्ने मापदण्ड रहेको संघले जनाएको छ। संघको स्थापना दिवसको अवसरमा भदौ २१ देखि २३ गतेसम्म विविध कार्यक्रम आयोजना गरिने पनि संघले जानकारी दिएको छ।

सरिता भारतीको स्वरमा र अभिनयमा तीज गीतनाच्न दे ... सार्वजनिक

मनोरञ्जन


काठमाडौँ - अहिले बजारमा विभिन्न तीज भाकाहरु आईसकेका छन् । त्यसो त यो वर्षको तीज पनि नजिकिँदै छ । यही मेसोमा तीज गीत मौलिक हुनुपर्छ भनेर केही संघ संस्थाले दाबी गरिरहेको बेला लोकप्रिय गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत नाच्न दे ... को भिडियो सार्वजनिक गरेकी छिन् । उनले यो गीतको भिडियो बिहीबार बेलुका सार्वजनिक गरेकी हुन् । यो गीतको लय पनि सरिताले नै गण्डकी प्रदेशबाट संकलन गरेर ल्याएकी हुन् ।

अढाई दर्जन गीत गाईसकेकी सरिताको तीजको लागि यो दोस्रो गीत हो । यस अघि पाँच वर्ष पहिला उनले तीज गीत रातो सारी लरक्कै.... आफ्नो स्वरमा बजारमा ल्याएकी थिईन् । यस पटक गण्डकी क्षेत्रमा निकै प्रचलित रत्यौली भाकालाई संकनल गरेर आफूले तीजको अवसर पारेर यो मौलिक भाका श्रोता दर्शकमाझ ल्याएको ल्याएको गायिका सरिताले बताईन् । यो गीतको शब्द पनि सरिताकै हो । यो गीतलाई जुगल डंगोलले रेकर्डिङ तथा नरेश बिबिसीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

नाच्न दे.....गीतमा संगीत सृजना ओम सुनारले गरेका हुन् । यो गीतको संगीत संयोजन पनि ओमकै हो । यस अघि ओमकै संगीतमा ओम र सरिताले युगल स्वरमा सुदुरपश्चिमेली लोक भाकाको गीत छोड सताउन दर्शकमाझ ल्याएका थिए । सो गीत रिलिज भएको आठ महिना पछि ओमको संगीतमा सरिताले नयाँ गीत नाच्न दे.......को भिडियो यतिबेला सार्वजनिक गरेकी हुन् ।

यो गीतको भिडियोमा शीर्ष भूमिका पनि सरिता आफैँले निर्वाह गरेकी छिन् । गीतको भिडियोमा सोनी कारंजित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत, अविरा रिसालसहित विभिन्न कलाकारहरूको अभिनय रहेको छ ।

मच्छेगाउँको आश्रय होमस्टेमा यसको छायांकन गरिएको यो गीतको भिडियोको छायांकार राजेन्द्र पाण्डे हुन् । भिडियोको सम्पादन पनि पाण्डेकै हो । एसबी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो गीतको भिडियोलाई ‘एसबी क्रियसन नेपाल’ युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन तथा कोरियाग्राफी गरेका हुन् । पछिल्लो समय म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशनमा व्यस्त कृष्णले सरितासँग यस अघि पनि दुई वटा गीतमा कोरियोग्राफी गरिसकेका थिए । यी दुईले तेस्रो पटकसँगै काम गरेका हुन् । यो गीतको भिडियो नृत्य प्रधान बनाइएको छ ।