काठमाडौं - प्रेमको गहिराइमा डुबेको सम्बन्ध जब धोका र पीडामा परिणत हुन्छ, त्यसबाट जन्मिने भावनाले मानिसको मनमा कस्तो रूप लिन्छ ? यही प्रश्नको वरिपरि प्रेम, पीडा र प्रतिशोधको कथा बुन्दै नयाँ गीत ‘भोटेकोशी झैँ’ सार्वजनिक भएको छ। स्वरमाधुरी अञ्जना गुरुङको स्वरमा रहेको गीतको भिडियो उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुमधुर सङ्गीत र भावनात्मक कथावस्तुलाई केन्द्रमा राखिएको गीतले प्रेम सम्बन्धभित्रको विश्वास, धोका र त्यसपछि उत्पन्न हुने मानसिक परिवर्तनलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
गीतमा वरिष्ठ गायक तथा सङ्गीतकार कन्हैया सिंह परियारको शब्द रचना रहेको छ भने कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत दिएका छन्। देवेन्द्र नेवाको सङ्गीत संयोजन, एसबी मुस्कानको सङ्गीत सञ्चयक तथा प्रकाश मिश्रको सङ्गीत सम्पादन रहेको गीत काठमाडौंस्थित अकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको भिडियो भने निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका हुन्। भिडियोमा माधवराज खरेल, पवित्रा आचार्य र याना सिलवालको अभिनय रहेको छ। अनिश स्याङदेनको छायांकन रहेको भिडियोमा केर डी. कोइन्च लिनुचले दृश्य सम्पादन तथा कलरको जिम्मेवारी सम्हालेका छन्।
‘भोटेकोशी झैँ’को विशेषता यसको गीतमा मात्र सीमित छैन। भिडियोले एउटा भावनात्मक कथा बोकेको छ। आफूले माया गरेको व्यक्तिबाट धोका पाएपछि पात्रमा आउने मानसिक परिवर्तन, पीडा र अन्ततः जन्मिने प्रतिशोधलाई भिडियोको कथानक बनाइएको छ। प्रेमको सुरुवाती मिठासदेखि सम्बन्धमा आउने दरार र त्यसपछि उत्पन्न हुने आक्रोशसम्मको यात्रालाई भिडियोमा दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ। यसले गीतका शब्द र सङ्गीतलाई कथासँग जोड्दै दर्शकलाई भावनात्मक रूपमा कथाभित्र प्रवेश गराउने प्रयास गरेको छ।
कलाकारहरूको अभिनय, दृश्यको प्रस्तुतिशैली र कथावस्तुलाई समान प्राथमिकता दिइएकाले ‘भोटेकोशी झैँ’ केवल श्रव्य सामग्रीका रूपमा नभई गीतसँगै कथा भन्ने म्युजिक भिडियोका रूपमा आएको छ।
नेपाली गीत–सङ्गीतको क्षेत्रमा झन्डै तीन दशकदेखि सक्रिय कन्हैया सिंह परियार गायक तथा सङ्गीतकारका रूपमा स्थापित नाम हुन्। गायन र सङ्गीत सिर्जनासँगै गीत लेखनमा समेत सक्रिय उनले आफ्ना सिर्जनामार्फत प्रेम, जीवन र मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्दै आएका छन्। त्यस्तै अर्कोतर्फ, अञ्जना गुरुङ नेपाली सुगम सङ्गीत तथा चलचित्र सङ्गीत क्षेत्रमा परिचित गायिका हुन्। लामो समयदेखि कन्हैया सिंह परियार र अञ्जना गुरुङबीचको साङ्गीतिक सहकार्य निरन्तर रहँदै आएको छ। गायन, सङ्गीत सिर्जना र विभिन्न साङ्गीतिक गतिविधिमा उनीहरूको सहकार्यले नेपाली सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाएको छ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका कन्हैया–अञ्जना दम्पती नेपाल आउने क्रममा हरेक वर्ष नेपाली श्रोता तथा दर्शकमाझ नयाँ साङ्गीतिक कोशेली प्रस्तुत गर्दै आएका छन्। केही समयअघि उनीहरूको स्वरमा रहेको ‘फोटो खिचौँ न’ सार्वजनिक भएको थियो। उक्त गीतले पनि पछिल्लो समय श्रोता तथा दर्शकमाझ राम्रो चर्चा पाउँदै आएको छ।
कन्हैया–अञ्जनाको साङ्गीतिक सहकार्य गीत सिर्जना र गायनमा मात्र सीमित छैन। नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्याएका स्रष्टा तथा कलाकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूले ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समेत स्थापना गरी प्रदान गर्दै आएका छन्।
नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका स्रष्टा तथा कलाकारलाई प्रदान गरिँदै आएको उक्त पुरस्कारले सङ्गीत क्षेत्रमा सक्रिय प्रतिभालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। हालसम्म गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०), लोकगायक रेशम थापा (२०८१) र गायक कमल विक ‘निर्मोही’ (२०८२) उक्त पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन्। यसरी कन्हैया–अञ्जना जोडीको साङ्गीतिक यात्रा सिर्जना र प्रस्तुतिमा मात्र सीमित नभई नेपाली गीत–सङ्गीतका स्रष्टाको सम्मान तथा नयाँ पुस्तालाई प्रोत्साहन गर्ने अभियानसँग समेत जोडिँदै गएको देखिन्छ।

नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर सक्रिय कन्हैया सिंह परियार र अञ्जना गुरुङले आफ्ना सिर्जनामार्फत मनोरञ्जनसँगै नेपाली सङ्गीतको संरक्षण, प्रवर्द्धन र स्रष्टाको सम्मानमा योगदान दिँदै आएका छन्।त्यही यात्राको अर्को कडीका रूपमा सार्वजनिक भएको ‘भोटेकोशी झैँ’ ले प्रेम, पीडा र प्रतिशोधलाई सङ्गीत तथा दृश्यको माध्यमबाट प्रस्तुत गरेको छ। कन्हैया सिंहको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र अञ्जना गुरुङको स्वरमा तयार भएको यो गीतले उनीहरूको लामो साङ्गीतिक सहकार्यमा अर्को अध्याय थपेको छ।
Kathmandu — What was once viewed primarily as body decoration has gradually evolved into a powerful form of art, identity, memory and personal expression. In Nepal, tattoo artist Sunita Kunwar has been part of that evolving artistic journey, carving out a distinctive identity through creativity, dedication and innovation.
That journey received international recognition at the Third Edition of the International Icon Award 2026 and the Second Edition of the Gandhi Peace International Motivational Award 2026 & Peace Summit, held at the historic Rastriya Nachghar, Jamal, Kathmandu, on Tuesday, Ashoj 20.
The grand ceremony brought together prominent personalities from Nepal and abroad, representing diverse fields including art, cinema, music, sports, fashion, medicine, engineering and social service.
Organized by ABM India, the event was held in collaboration with Samari International Pvt. Ltd., Aabha Foundation Nepal, S. Raj Productions, Kamala Mai Entertainment Pvt. Ltd., and Manavsewa Foundation Trust.
The program was chaired by Amol R. Bhagat, while Dr. C. K. Raut, Chairman of the Janamat Party and a scientist, attended the event as the chief guest.

One of the notable highlights of the ceremony was the recognition of Nepalese tattoo artist Sunita Kunwar, who was honored with the ‘Popular Tattoo Artist’ Award under the Third Edition of the International Icon Award 2026.
According to the organizers, Kunwar was recognized for her contribution to the development, promotion and professional advancement of tattoo art in Nepal.
For Kunwar, tattooing is more than simply creating an image on the skin. It represents a creative language through which art, identity, emotion and memory can be expressed.
Through her innovative approach, creativity and years of continuous dedication, Kunwar has established a distinctive presence in Nepal’s growing tattoo-art scene.
As tattoo culture continues to gain popularity in Nepal, artists such as Kunwar are contributing to its recognition not merely as a trend, but as a professional and creative art form. Her recognition at an international award platform further highlights the growing visibility of Nepalese tattoo artistry.

The award ceremony also recognized several prominent personalities from Nepal’s entertainment and creative industries.
Among those honored were veteran artist Rashmi Bhatta, Nepal’s first female film director Suchitra Shrestha, film director Madhab Raj Kharel, and veteran fashion designer and Suitmala entrepreneur Raj Karki, among other distinguished personalities.
The participation and recognition of individuals from different professional backgrounds added diversity and significance to the ceremony. Bringing together personalities from the arts, entertainment and social sectors, the event provided a common platform to acknowledge their respective contributions.
The ceremony was also attended by notable personalities including music composer Santosh Raj Sahani, former Member of Parliament Binod Pahadi, and former Member of Parliament Chhiring Lhamu Gurung.

For Sunita Kunwar, the International Icon Award represents more than a personal achievement. It also marks another significant milestone in her continuing journey to establish tattoo art as a creative and professional discipline in Nepal.
Her work demonstrates how tattooing can go beyond a visual design on the body and become a medium connected to personal stories, emotions, memories and identity.
The recognition at Rastriya Nachghar has added another dimension to Kunwar’s artistic journey, giving her work greater visibility on an international platform while drawing attention to the growing potential of Nepal’s tattoo-art community.
The ‘Popular Tattoo Artist’ Award presented to Sunita Kunwar at the International Icon Award 2026 therefore stands not only as a recognition of an individual artist, but also as a reflection of the creativity, evolving identity and international potential of tattoo art in Nepal.
काठमाडौं — कला, सिर्जना, सामाजिक योगदान र विभिन्न पेशागत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूको सम्मानमा काठमाडौंमा आयोजित तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आईकन अवार्ड २०२६ तथा दोस्रो संस्करणको गान्धी पिस अन्तर्राष्ट्रिय मोटिभेशनल अवार्ड २०२६ एवं शान्ति समिट सम्पन्न भएको छ।
असोज २० गते मंगलबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित भव्य समारोहमा नेपालसहित विभिन्न क्षेत्र र देशबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। ए.बि.एम. भारतको आयोजनामा सम्पन्न समारोहमा सामरी इन्टरनेशनल प्रा.लि., आभा फाउन्डेशन नेपाल, एस्. राज प्रोडक्सन, कमला माई इन्टरटेनमेन्ट प्रा.लि. तथा मानवसेवा फाउन्डेशन ट्रस्टको सहकार्य रहेको थियो।
अमोल आर. भगतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका अध्यक्ष तथा वैज्ञानिक डा. सी.के. राउत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। समारोहमा संगीत, कला, चलचित्र, खेलकुद, फेसन, चिकित्सा, इन्जिनियरिङ, सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।
नेपालकी चर्चित ट्याटु आर्टिस्ट सुनिता कुँवरलाई प्रदान गरिएको ‘पपुलर ट्याटु आर्टिस्ट’ सम्मान।
कुँवरलाई तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आईकन अवार्ड २०२६ अन्तर्गत ‘पपुलर ट्याटु आर्टिस्ट’ अवार्ड प्रदान गरिएको हो। नेपालमा ट्याटु कलाको विकास, प्रवर्द्धन र व्यावसायिक यात्रामा पुर्याएको योगदानको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको आयोजक पक्षले जनाएको छ।
ट्याटुलाई केवल शरीरमा बनाइने चित्र वा डिजाइनका रूपमा मात्र नभई कला, अभिव्यक्ति, पहिचान र स्मृतिसँग जोडिएको सिर्जनात्मक माध्यमका रूपमा स्थापित गर्ने यात्रामा कुँवरले निरन्तर काम गर्दै आएकी छन्। नवीन सोच, सिर्जनात्मकता र निरन्तर मेहनतमार्फत उनले ट्याटु कलामा आफ्नै पहिचान निर्माण गरेकी छन्।
नेपालमा पछिल्लो समय ट्याटु कलाप्रति बढ्दो आकर्षणसँगै यसलाई व्यावसायिक तथा कलात्मक क्षेत्रका रूपमा स्थापित गर्ने कलाकारहरूको योगदान पनि महत्वपूर्ण बन्दै गएको छ। यही यात्रामा कुँवरको सक्रियता र सिर्जनात्मक कामलाई अवार्डमार्फत अन्तर्राष्ट्रिय मञ्चमा समेत सम्मान गरिएको हो।
कला र चलचित्र क्षेत्रका हस्तीहरू पनि सम्मानित
अवार्ड समारोहमा ट्याटु आर्टिस्ट सुनिता कुँवरसँगै नेपाली कला तथा मनोरञ्जन क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा वरिष्ठ कलाकार रश्मी भट्ट, नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, चलचित्र निर्देशक माधव राज खरेल, वरिष्ठ फेसन डिजाइनर तथा सुटमालाका सञ्चालक राज कार्की, सुमन श्रेष्ठलाई चलचित्रकर्मी लगायतका व्यक्तित्वहरू सम्मानित भएका थिए।
विभिन्न पेशा र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका व्यक्तित्वहरूको उपस्थितिले समारोहलाई थप विशेष बनाएको थियो। कला र मनोरञ्जनसँगै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई एउटै मञ्चमा सम्मान गरिनुले कार्यक्रमको दायरा पनि फराकिलो देखिएको थियो।
समारोहमा संगीतकार सन्तोष राज सहनी, पूर्व माननीय विनोद पहाडी तथा पूर्व माननीय छिरिङ ल्हाम्मु गुरुङ लगायतका विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय आईकन अवार्डबाट सम्मानित भएपछि सुनिता कुँवरका लागि यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित छैन। नेपालमा ट्याटु कलालाई सिर्जनात्मक र व्यावसायिक पहिचान दिलाउने कलाकारहरूको यात्रामा यस्ता सम्मानले थप उत्साह र जिम्मेवारीसमेत थप्ने देखिन्छ।
कुँवरले ट्याटु कलामार्फत आफ्नो सिर्जनात्मक यात्रा अघि बढाउँदै आएकी छन्। उनको काम र शैलीले ट्याटुलाई शरीरमा कोरिने आकृतिभन्दा माथि उठाएर व्यक्तिको भावना, सम्झना र व्यक्तिगत कथासँग जोडिने कलाको माध्यमका रूपमा बुझ्न सकिने आधारसमेत प्रस्तुत गर्दै आएको छ।
राष्ट्रिय नाचघरको मञ्चमा प्राप्त यो सम्मानले उनको निरन्तर कलायात्रालाई थप अन्तर्राष्ट्रिय परिचय दिएको छ। साथै, नेपाली ट्याटु कलाकारिता पनि अन्तर्राष्ट्रिय सम्मान र पहिचानको यात्रामा अघि बढिरहेको सन्देशसमेत दिएको छ।
यसरी अन्तर्राष्ट्रिय आईकन अवार्ड २०२६को मञ्चमा सुनिता कुँवरलाई प्रदान गरिएको ‘पपुलर ट्याटु आर्टिस्ट’ सम्मान केवल एउटा अवार्डमा सीमित नरही नेपाली ट्याटु कलाको सम्भावना, सिर्जनशीलता र विस्तारतर्फको एउटा महत्वपूर्ण संकेतका रूपमा समेत देखिएको छ।

काठमाडौं - नेपाली माटोको सुगन्ध, गाउँघरको जीवनशैली, प्रेम-विरहका कथा र पुस्तौँदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको मौलिक लोकसंस्कृतिको एउटा महत्वपूर्ण पहिचान हो-लोकदोहोरी। यही मौलिक सांगीतिक परम्परालाई नयाँ पुस्ताको आवाजसँग जोड्दै नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित बहुप्रतीक्षित पारिवारिक रियालिटी शो ‘लोक दोहोरी च्याम्पियन’ प्रसारणमा आएको छ।
रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको ‘लोक दोहोरी च्याम्पियन’ इमेज टेलिभिजनबाट यही असोज १७ गतेदेखि राति ९ बजे प्रसारणमा आएको हो। हरेक शनिबार र आइतबार राति ९ बजे देखी १०: ३० बजेसम्म प्रसारण हुने कार्यक्रमले नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणसँगै देशका विभिन्न भूगोलमा लुकेर रहेका प्रतिभालाई ठूलो मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ।
‘लोक दोहोरी च्याम्पियन’लाई केवल प्रतिस्पर्धात्मक सांगीतिक कार्यक्रमका रूपमा मात्र हेरिएको छैन। यो नेपाली मौलिक लोकदोहोरीको वर्तमान अवस्थालाई नयाँ पुस्तासँग जोड्ने र प्रतिभालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यले अघि बढाइएको सांगीतिक अभियानका रूपमा निर्माण गरिएको आयोजकको भनाइ छ।
गाउँका चौतारीदेखि शहरका रंगमञ्चसम्म फैलिएको लोकदोहोरीको मौलिक स्वादलाई आधुनिक पुस्ताको प्रस्तुति र ऊर्जासँग जोड्दै कार्यक्रमले नयाँ पुस्ताका गायक–गायिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनेछ।
लोकदोहोरीका स्थापित कलाकार तथा सर्जकहरूबाट नयाँ प्रतिभाले सिक्ने र प्रतिस्पर्धामार्फत आफ्नो क्षमता प्रमाणित गर्ने वातावरण तयार पार्नु कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष हो।
‘लोक दोहोरी च्याम्पियन’को निर्देशन माधवराज खरेलले गरेका छन्। नेपाली चलचित्र, टेलिभिजन तथा मनोरञ्जन क्षेत्रमा आफ्नो सिर्जनात्मक शैलीका लागि परिचित खरेलले कार्यक्रमलाई मनोरञ्जनसँगै नेपाली मौलिकताको भावनासँग जोड्ने प्रयास गरेका छन्। कार्यक्रमको निर्णायक मण्डलमा नेपाली लोकदोहोरीका स्थापित नामहरू पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन्।
लोकदोहोरीको सिर्जना, गायन तथा प्रस्तुति क्षेत्रमा लामो अनुभव बोकेका यी निर्णायकको उपस्थितिले प्रतियोगिताको मूल्यांकनलाई थप विश्वसनीय र कलात्मक बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इप्सल सञ्ज्यालले गरिरहेका छन्।
‘लोक दोहोरी च्याम्पियन’को मूल उद्देश्य प्रतिभालाई केवल प्रतिस्पर्धामा उतार्नु मात्र नभई उनीहरूको मौलिक क्षमता पहिचान गर्नु पनि रहेको आयोजकले जनाएको छ।
लोकदोहोरी नेपाली समाजको जीवन, संस्कार, भावना र भोगाइसँग जोडिएको सांगीतिक विधा भएकाले यसको संरक्षण केवल पुराना सिर्जनालाई जोगाएर सम्भव नहुने आयोजकको बुझाइ छ। त्यसका लागि नयाँ पुस्ताको आवाज, नयाँ पुस्ताको प्रस्तुति र नयाँ पुस्ताको सिर्जनात्मक ऊर्जालाई लोकदोहोरीसँग जोड्न आवश्यक रहेको कार्यक्रमको अवधारणाले जोड दिएको छ।
त्यसैले ‘लोक दोहोरी च्याम्पियन’ले मौलिक लोकदोहोरीको जरा जोगाउँदै नयाँ पुस्ताका प्रतिभालाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने लक्ष्य बोकेको छ।
‘लोक दोहोरी च्याम्पियन’लाई दर्शकमाझ पुर्याउन विभिन्न क्षेत्रका प्रतिष्ठित संस्थाहरूले सहकार्य गरेका छन्। कार्यक्रमको डिजिटल पार्टनर म्युजिक नेपाल रहेको छ भने भोटिङ पार्टनर खल्ती बाइ आईएमई रहेको छ। त्यस्तै, हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल, फर्निचर पार्टनर गुण फर्निचर, स्कुल पार्टनर नेरिक एकेडेमी, स्टुडियो पार्टनर जिनो स्टुडियो तथा ब्यान्ड पार्टनर हाम्रो मौलिक ब्याण्ड रहेका छन्। यी सहकार्यले कार्यक्रमलाई उत्पादनदेखि डिजिटल पहुँच र दर्शक सहभागितासम्म विभिन्न आयाममा बलियो बनाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार ‘लोक दोहोरी च्याम्पियन’ नयाँ प्रतिभा, मौलिक लोकदोहोरी र नेपालको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण प्रयास हो। आयोजकको भनाइमा, “यो केवल एउटा कार्यक्रम होइन, मुटु र माटोको सुगन्ध बोकेको लोकदोहोरीलाई नयाँ पुस्ताको आवाजसँग जोड्ने हाम्रो सपना हो।”
यही भावनालाई आत्मसात् गर्दै कार्यक्रमले देशका विभिन्न क्षेत्र र समुदायमा रहेका लोकदोहोरी प्रतिभालाई खोज्ने, उनीहरूलाई ठूलो मञ्च दिने र नेपाली लोकसंगीतको मूलधारमा स्थापित गराउने लक्ष्य लिएको छ। लोकदोहोरीको परम्परागत स्वादलाई जोगाउँदै नयाँ पुस्ताको सिर्जनशीलता र प्रविधिसँग जोड्ने प्रयासका रूपमा ‘लोक दोहोरी च्याम्पियन’को यात्रालाई हेरिएको छ।
‘लोक दोहोरी च्याम्पियन’को इमेज टेलिभिजनमा हरेक शनिबार र आइतबार राति ९ बजे देखी १०: ३० बजेसम्म भैरहेको छ। नेपालका विभिन्न भूगोल, समुदाय र सांगीतिक पृष्ठभूमिबाट आएका प्रतिभाहरूलाई एउटै मञ्चमा उभ्याउँदै अघि बढ्ने यो यात्राले आगामी दिनमा नेपाली लोकदोहोरी क्षेत्रलाई नयाँ प्रतिभा र नयाँ आवाज दिने अपेक्षा गरिएको छ।
माटोको कथा, मुटुको भावना र नेपालीपनको संगीत बोकेको लोकदोहोरीलाई नयाँ पुस्ताको आवाजसँग जोड्ने अभियान-‘लोक दोहोरी च्याम्पियन’ अब टेलिभिजनको पर्दामा सुरु भएको छ।
यो यात्रा एउटा रियालिटी शोको यात्रा मात्र होइन, नेपाली लोकदोहोरीको मौलिकता, प्रतिभा र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने साझा सांगीतिक अभियान बन्ने लक्ष्यसहित अघि बढेको छ।

काठमाडौं - कला र सिर्जनाको यात्रा केवल पर्दामा देखिने दृश्यहरूको कथा होइन, त्यसको पछाडि दशकौँसम्म निरन्तर बगेको साधना, संघर्ष र समर्पणको इतिहास पनि हुन्छ। यही इतिहासलाई सम्झने र नेपाली कला तथा चलचित्र क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई सम्मान गर्ने उद्देश्यसहित परिवर्तन नेपालले २०८२ सालको विशेष सम्मान तथा पुरस्कार समारोह आयोजना गरेको छ।
काठमाडौंमा आइतबार आयोजित समारोहमा नेपाली चलचित्र, रंगमञ्च, टेलिफिल्म, पत्रकारिता तथा ललितकलाका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वलाई दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा परिवर्तन सम्मान प्रदान गरियो।
समारोहमा कलाकार शारदा गिरी, निर्देशक–कलाकार विश्वदीप घिमिरे, सञ्चारकर्मी कृष्ण भट्टराई, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली, ललितकलाकार देवेन्द्र थुम्केली, छायाँकार वीरेन्द्रप्रसाद भट्ट, सञ्चारकर्मी सविता पोखरेल तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसीलगायत सम्मानित भए।
नेपाली चलचित्र तथा टेलिफिल्ममा करिब चार दशकदेखि निरन्तर सक्रिय कलाकार शारदा गिरीका लागि यो सम्मान उनको लामो कलाकारिता यात्राको कदर मात्र होइन, नेपाली पर्दामा उनले छोडेको पहिचानको सम्मान पनि हो। त्यस्तै, नेपाली रंगमञ्च, चलचित्र तथा टेलिफिल्ममा विगत अढाई दशकभन्दा बढी समयदेखि निर्देशन र अभिनय गर्दै आएका विश्वदीप घिमिरे पनि दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार–२०८२ बाट सम्मानित भए। वि.सं. २०७३ सालमा स्थापना गरिएको यस पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ।
परिवर्तन नेपालले आफ्ना दिवंगत माता–पिता दुर्गादेवी तथा पुण्य निरौलाको स्मृतिमा स्थापना गरेको यो पुरस्कार नेपाली कला क्षेत्रमा निरन्तर योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको छ।
नेपाली चलचित्र पत्रकारितामा तीन दशकभन्दा लामो समयदेखि सक्रिय कृष्ण भट्टराईलाई यस वर्षको चेतन कार्की स्मृति पुरस्कार प्रदान गरियो। चलचित्र क्षेत्रको विकास, विस्तार तथा चलचित्रकर्मीको पेशागत उत्थानका विषयलाई पत्रकारितामार्फत निरन्तर उठाउँदै आएका भट्टराई हाल कलाकर्मी डटकमका प्रधान सम्पादक तथा प्रकाशकका रूपमा कार्यरत छन्।
वि.सं. २०७९ सालमा स्थापना गरिएको यो पुरस्कार वरिष्ठ चलचित्रकर्मी तथा संस्कृतिविद् चेतन कार्कीको स्मृतिमा प्रदान गरिँदै आएको छ। चलचित्र पत्रकारितालाई केवल समाचार लेखनमा सीमित नराखी नेपाली चलचित्र क्षेत्रको विकास र पेशाकर्मीका सवाललाई निरन्तर सार्वजनिक बहसमा ल्याउने योगदानको कदरस्वरूप भट्टराईलाई सम्मान गरिएको हो।
परिवर्तन नेपालको सम्मान सूचीमा यसपटक नेपाली चलचित्रका लोकप्रिय कलाकारहरूको नाम पनि विशेष रूपमा जोडियो। आफ्नो कलाकारिता यात्राको प्रारम्भिक चरणमा परिवर्तन नेपालसँग आबद्ध रहेका अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली तथा ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’ प्रदान गरियो। यी कलाकारहरूको प्रारम्भिक सिर्जनात्मक यात्रासँग परिवर्तन नेपालको सम्बन्ध रहेको स्मरण गर्दै संस्थाले उनीहरूको योगदानलाई विशेष रूपमा सम्मान गरेको हो।
चलचित्र पर्दामा देखिने कलाकार मात्र होइन, पर्दापछाडि बसेर चलचित्रलाई जीवन्त बनाउने प्राविधिक तथा सञ्चारकर्मीलाई समेत समारोहले सम्झिएको छ। चलचित्रमा छायाँकारका रूपमा लामो समयदेखि सक्रिय रहँदै प्राविधिकहरूको पेशागत हकहितका लागि प्रतिबद्ध वीरेन्द्रप्रसाद भट्टलाई परिवर्तन पत्रकारिता सम्मान प्रदान गरियो।
त्यस्तै, गीत–संगीत पत्रकारिता तथा संगीत क्षेत्रको प्रवर्द्धनका लागि पत्रकारिता र अवार्ड कार्यक्रममार्फत सक्रिय रहँदै आएकी सविता पोखरेल पनि सोही सम्मानबाट सम्मानित भइन्। चलचित्र क्षेत्रको संस्थागत विकासमा योगदान पुर्याएका चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसीलाई पनि परिवर्तन विशेष सम्मान प्रदान गरिएको थियो।
नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ कलाकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। समारोहमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, टीका पहारी, भुवन चन्द, चैत्यदेवी, शिव श्रेष्ठ, धिरेन शाक्य, नेपाल सरकारका सचिव मुकुन्दप्रसाद निरौला, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष माननीय विपिनराज निरौला, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला तथा उपाध्यक्ष एवं संगीतकार सन्तोष श्रेष्ठलगायतले सम्मानित व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान अर्पण गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले पितृपक्षको समय पारेर आफ्ना दिवंगत माता–पिता दुर्गादेवी तथा पुण्य निरौला र वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा कार्यक्रम आयोजना गरिएको बताए।
वरिष्ठ कलाकार टीका पहारीले नेपाली कलाकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने संस्कारले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गरे। त्यस्तै, सचिव मुकुन्दप्रसाद निरौलाले चलचित्रले नेपालको कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै यस क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मान गर्ने कार्यलाई महत्वपूर्ण पहलका रूपमा व्याख्या गरे।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले पूर्व प्रशासक तथा साहित्यकार पुण्य निरौला र संस्कृतिविद् तथा चलचित्रकर्मी चेतन कार्कीको योगदानबारे चर्चा गर्दै उनीहरूको सिर्जनात्मक तथा सामाजिक यात्रालाई स्मरण गरे।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट धारणा राख्दै ललितकला कलाकार देवेन्द्र थुम्केलीले परिवर्तन नेपालप्रति आभार व्यक्त गरे। कलाकारलाई सम्मान गर्नु भनेको एउटा व्यक्तिको उपलब्धिलाई मात्र सम्मान गर्नु नभई नेपाली कला क्षेत्रको यात्रामा योगदान दिएका पुस्ताहरूलाई सम्झनु पनि हो भन्ने भाव समारोहमा देखिन्थ्यो। परिवर्तन नेपालका उपाध्यक्ष तथा संगीतकार सन्तोष श्रेष्ठले नेपाली कलाकार तथा स्रष्टालाई सम्मान र पुरस्कृत गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
वि.सं. २०५३ सालमा स्थापना भएको परिवर्तन नेपालले आफ्नो स्थापनाकालदेखि नै नेपाली कला, चलचित्र, साहित्य तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। संस्थाको यो अभियान पुरस्कार वितरणमा मात्र सीमित नभई नेपाली कला क्षेत्रको इतिहास, अग्रजको योगदान र नयाँ पुस्ताबीचको सम्बन्धलाई जोड्ने प्रयासका रूपमा पनि स्थापित हुँदै आएको छ।
यसपटकको समारोहले पनि यही परम्परालाई निरन्तरता दिएको छ-पछाडि फर्केर आफ्ना अग्रजलाई सम्झने र अगाडि बढिरहेका पुस्तालाई सिर्जनाको बाटोमा थप ऊर्जा दिने।
कार्यक्रमको सञ्चालन चलचित्र निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले गरेका थिए।
समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, अभिनेता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, अभिनेत्री चैत्यदेवी, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, उपाध्यक्ष रघुनाथ, साहित्यकार राधेश्याम लेकाली, मुरारी सिग्देल, कलाकार काली सेढाई, दिनेश कार्की, मनिष श्रेष्ठ, भीमा मैनाली, जेबी डिसी, रोहित कार्की, लक्ष्मण चौलागाईं, पुकार भट्टराईलगायत चलचित्र तथा कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।
काठमाडौं - हिमालको काखमा बसेको हुम्ला। भौगोलिक दूरीले काठमाडौंसँग टाढा, तर सपना र सम्भावनाले कुनै सीमामा नबाँधिएको भूगोल। यही दुर्गम भूगोलबाट एउटा सपना बोकेर नेपाली कला क्षेत्रमा आफ्नो उडान भरिरहेकी छिन् कलाकार -आरती बुढा।
मोडलिङ र अभिनयलाई आफ्नो मुख्य पेसाका रूपमा अघि बढाइरहेकी आरतीका लागि कलाकारिता केवल क्यामेराअगाडि उभिनु वा पर्दामा देखिनु मात्र होइन। यो उनको आत्मअभिव्यक्तिको माध्यम हो, आफ्नो पहिचान निर्माण गर्ने यात्रा हो र आफूले देखेको सपनालाई वास्तविकतामा बदल्ने निरन्तर प्रयास हो।
हुम्लाजस्तो दुर्गम जिल्लाबाट आएर नेपाली कला क्षेत्रमा आफ्नो स्थान बनाउन खोज्नु आफैँमा सहज यात्रा होइन। अवसरको पहुँच, भौगोलिक दूरी र प्रतिस्पर्धात्मक वातावरणका बीच आरतीले भने आफ्नो यात्रालाई रोक्न दिएकी छैनन्। बरु हरेक चुनौतीलाई सिकाइका रूपमा लिँदै उनी एक कदमपछि अर्को कदम अगाडि बढिरहेकी छन्।
आरतीको कलाकारिता यात्राको एउटा महत्वपूर्ण अध्याय हो-थिएटर। कलाप्रतिको आफ्नो रुचिलाई व्यावसायिक यात्रामा बदल्ने क्रममा उनले कला घरमा थिएटर अभिनयका गुरु गोविन्द सुनारबाट अभिनय प्रशिक्षण लिइन्। थिएटरले उनलाई अभिनयको आधार मात्र सिकाएन, चरित्र बुझ्ने, संवादलाई अनुभूति गर्ने, शरीरको हाउभाउमार्फत भाव व्यक्त गर्ने र दर्शकसँग प्रत्यक्ष रूपमा जोडिने कला पनि सिकायो। अभिनय प्रशिक्षणसँगै आरतीमा रहेको कलाप्रतिको रुचि अझ गहिरिँदै गयो। नियमित अभ्यास, अनुशासन र मेहनतले उनलाई क्यामेराअगाडि अझ सहज बनाउँदै लग्यो।
उनका लागि अभिनय एउटा क्षणिक आकर्षण होइन। निरन्तर अभ्यास र आफूलाई सुधार्दै लैजाने प्रक्रिया हो।
त्यसैले उनले हरेक नयाँ भूमिका र अवसरलाई आफूलाई थप निखार्ने माध्यमका रूपमा लिँदै आएकी छन्।
आरतीको कलाकारिता यात्रामा सुदूरपश्चिमेली देउडा गीतका म्युजिक भिडियोहरू विशेष अध्यायका रूपमा आएका छन्।
दर्जनौँ देउडा गीतमा अभिनय तथा मोडलिङ गरिसकेकी आरतीले सुदूरपश्चिमको मौलिक सांस्कृतिक स्वाद बोकेका गीतलाई दृश्यमा उतार्ने काम गरेकी छन्। देउडा केवल गीत र संगीत मात्र नभएर एउटा जीवनशैली, संस्कृति र भावनासँग जोडिएको विधा हो। त्यही सांस्कृतिक परिवेशमा आफ्नो अभिनय प्रस्तुत गर्दै आरतीले म्युजिक भिडियोमार्फत दर्शकमाझ आफ्नो उपस्थितिलाई विस्तार गरेकी हुन्।
म्युजिक भिडियोको अनुभवले उनलाई क्यामेरा फेसिङ, अभिव्यक्ति, हाउभाउ र दृश्यअनुसार आफूलाई प्रस्तुत गर्ने क्षमतामा पनि परिपक्व बनाउँदै लगेको छ।
सुरुवातमा अवसर खोज्दै क्यामेरासम्म पुगेकी आरती अहिले भने आफूले पाउने भूमिकाको प्रकृति र त्यसले कलाकारका रूपमा आफूलाई के सिकाउँछ भन्ने विषयमा पनि सचेत हुँदै अघि बढिरहेकी छन्।
उडानको अर्को अध्याय: रंगमञ्च देखी रंगीनपर्दासम्म:
आरतीको कलाकारिता यात्रा म्युजिक भिडियोमा मात्र रोकिएको छैन। भनौं अरतीको उडानको अर्को अध्यायको रंगमञ्च हुँदै रंगीन पर्दा तर्फ अगाडी बढेको छ ।
उनले ‘अक्षेता’ नाटकमा अभिनय गरेर रंगमञ्चमा समेत आफ्नो क्षमता प्रस्तुत गरिसकेकी छन्। थिएटर कलाकारका लागि रंगमञ्च एउटा यस्तो विद्यालय हो, जहाँ अभिनयलाई क्यामेराको कट, रिटेक वा क्लोजअपले होइन, प्रत्यक्ष दर्शकको प्रतिक्रियाले परीक्षण गर्छ। त्यही अनुभव आरतीका लागि पनि महत्वपूर्ण रह्यो।
रंगमञ्चमा अभिनय गर्दा कलाकारले आफ्नो आवाज, शरीर, भाव र उपस्थितिलाई एकैपटक नियन्त्रण गर्नुपर्छ। यही अनुभवले आरतीको अभिनय यात्रालाई थप गहिराइ दिएको छ।
म्युजिक भिडियोले उनलाई क्यामेरासँग परिचित गरायो भने थिएटरले अभिनयको आधारलाई मजबुत बनायो। यी दुई अनुभवको संयोजनले उनलाई रंगीन पर्दा तथा चलचित्रतर्फ अगाडि बढ्ने बाटोसमेत खोलिदिएको छ।
आरतीले नाटक तथा म्युजिक भिडियोमा गरेको अभिनयका लागि विभिन्न अवार्ड तथा सम्मान समेत प्राप्त गरिसकेकी छन्।
कलाकारका लागि अवार्ड एउटा ट्रफी मात्र होइन, आफूले गरेको कामलाई बाहिरी संसारले स्वीकार गरेको एउटा संकेत पनि हो। तर आरतीका लागि प्राप्त सम्मान यात्राको अन्त्य होइन, अझ राम्रो काम गर्ने जिम्मेवारी हो।
हरेक सम्मानसँगै अपेक्षा बढ्छ। र अपेक्षासँगै कलाकारले आफूलाई अझ जिम्मेवार बनाउनुपर्ने हुन्छ।
त्यसैले उनले प्राप्त गरेका सम्मानलाई उपलब्धिको अन्तिम बिन्दुका रूपमा होइन, आगामी यात्राका लागि ऊर्जा र प्रेरणाका रूपमा लिँदै अघि बढिरहेकी छन्।
मोडलिङ र म्युजिक भिडियोबाट स्थापित हुँदै गएको आरतीको कलाकारिता यात्रा अहिले नेपाली चलचित्रसम्म आइपुगेको छ।
विभिन्न नेपाली चलचित्रमा अभिनय गर्दै उनले आफ्नो कलात्मक दायरालाई फराकिलो बनाइरहेकी छन्। चलचित्रको पर्दा म्युजिक भिडियोभन्दा फरक हुन्छ। त्यहाँ एउटा पात्रलाई केही मिनेटको दृश्यमा होइन, कथाको आवश्यकता र चरित्रको विकासअनुसार प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसैले चलचित्रमा पाएको हरेक अवसर आरतीका लागि नयाँ पाठ पनि हो।
उनको लक्ष्य केवल चलचित्रमा देखिनु मात्र होइन। आफूले निर्वाह गर्ने पात्रमार्फत दर्शकलाई केही अनुभूति दिन सक्ने कलाकार बन्नु उनको प्राथमिकतामा रहेको छ।
भूगोललेपनि रोक्न नसकेको आरतीको सपना:
नेपालमा प्रतिभा र अवसरबीचको दूरी अझै पनि ठूलो छ। विशेषगरी दुर्गम भूगोलबाट आउने कलाकारका लागि अवसरसम्म पुग्ने बाटो थप चुनौतीपूर्ण हुन्छ। तर आरतीको यात्रा यही दूरी पार गर्ने प्रयासको एउटा उदाहरण हो। हुम्लाबाट सुरु भएको उनको सपना आज काठमाडौंको कला क्षेत्रमा आफ्नो स्थान खोजिरहेको छ।
उनको यात्रामा एउटा महत्वपूर्ण सन्देश पनि छ- कलाको सपना भूगोलले निर्धारण गर्दैन।
अवसर ढिलो आउन सक्छ। बाटो कठिन हुन सक्छ। तर लक्ष्य स्पष्ट छ र मेहनत निरन्तर छ भने यात्रा अघि बढ्न सक्छ। आरतीले यही विश्वासलाई आफ्नो यात्राको आधार बनाएकी छन्।

कलाकारिता—ग्ल्यामरभन्दा परको संसार:
मोडलिङ र अभिनयलाई बाहिरबाट हेर्दा ग्ल्यामरको संसार जस्तो देखिन्छ। तर पर्दामा देखिने केही मिनेटको दृश्यका पछाडि कलाकारको लामो तयारी, अभ्यास, प्रतीक्षा र निरन्तर संघर्ष लुकेको हुन्छ। आरती पनि यही प्रक्रियाबाट अघि बढिरहेकी छन्।
कहिले म्युजिक भिडियोको सेट, कहिले थिएटरको स्टेज, कहिले चलचित्रको सुटिङ-हरेक ठाउँमा उनले आफूलाई नयाँ वातावरणमा ढाल्दै आएकी छन्। कलाकारितामा निरन्तरता नै उनको अर्को विशेषता हो।
आज एउटा गीतमा देखिनु र भोलि अर्को परियोजनामा काम गर्नु मात्र उनको उद्देश्य होइन। लामो समयसम्म टिक्न सक्ने कलाकार बन्ने आधार तयार गर्नु उनको प्राथमिकता हो।
कलाकारितामा प्रतिभा महत्वपूर्ण छ। तर प्रतिभालाई निरन्तरता दिन अनुशासन र मेहनत अझ महत्वपूर्ण हुन्छ। आरती आफ्नो यात्रामा यी दुई पक्षलाई विशेष महत्व दिन्छिन्।
आफूले पाएको अवसरलाई सम्मान गर्ने, समयअनुसार आफूलाई तयार गर्ने, नयाँ कुरा सिक्ने र हरेक कामबाट अनुभव बटुल्ने उनको प्रयास निरन्तर छ।
सायद यही कारणले उनको यात्रा एउटा म्युजिक भिडियोबाट अर्को म्युजिक भिडियो हुँदै थिएटर र चलचित्रसम्म विस्तार भइरहेको छ। आरती अहिले नेपाली मोडलिङ तथा चलचित्र क्षेत्रमा आफ्नो पहिचानलाई अझ बलियो बनाउने चरणमा छिन्।
आगामी दिनमा आफूलाई केवल मोडलका रूपमा होइन, अभिनयमा विविधता प्रस्तुत गर्न सक्ने कलाकारका रूपमा स्थापित गर्ने उनको लक्ष्य छ।
विभिन्न चरित्रमा काम गर्ने, नयाँ निर्देशक र सर्जकसँग सहकार्य गर्ने, फरक कथाका चलचित्र तथा परियोजनामा आफूलाई प्रस्तुत गर्ने र निरन्तर सिक्दै जाने उनको यात्राको दिशालाई हेर्दा कलाकारितामा उनको सम्भावनाको क्षेत्र अझ फराकिलो देखिन्छ।
उनको सपना ठूलो छ। तर त्यो सपना पूरा गर्ने बाटोबारे उनी त्यत्तिकै स्पष्ट पनि छिन्-निरन्तर काम, निरन्तर सिकाइ र निरन्तर मेहनत। आरती बुढाको कथा केवल एक मोडल वा कलाकारको व्यक्तिगत सफलता खोज्ने कथा होइन।
यो एउटा यस्तो यात्राको कथा हो, जहाँ हुम्लाको दुर्गम भूगोलबाट निस्किएको एउटा सपना नेपाली कला क्षेत्रको फराकिलो संसारमा आफ्नो ठाउँ खोजिरहेको छ।उनको यात्रामा संघर्ष छ, सिकाइ छ, अवसरको खोजी छ र भविष्यप्रतिको ठूलो विश्वास पनि छ।
कुनै कलाकारको यात्रा एकै रातमा तयार हुँदैन। पर्दामा देखिने एउटा अनुहारको पछाडि वर्षौँको अभ्यास, असंख्य असफल प्रयास र आफूलाई फेरि उठाएर अगाडि बढ्ने साहस लुकेको हुन्छ। आरती बुढाको यात्रा पनि त्यही निरन्तरताको यात्रा हो।
हुम्लाको पहाडी बाटोबाट सुरु भएको उनको यात्रा अहिले नेपाली कला क्षेत्रको फराकिलो राजमार्गतर्फ अघि बढिरहेको छ।
काठमाडौं - लोक स्वादमा आधुनिकताको स्पर्श, चुलबुलेपनमा प्रेमको मिठास अनि ऊर्जावान नृत्य—यिनै तीन पक्षलाई एकैसाथ प्रस्तुत गरिएको नयाँ नेपाली गीत ‘चुलबुले नानी’ पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा आउन थालेको छ।
लोकप्रिय गायक आशिष अविरल र चर्चित गायिका रचना रिमालको स्वर रहेको गीतको आधिकारिक म्युजिक भिडियो ‘Dream Street Nepal’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीत सार्वजनिक भएसँगै यसको भिडियोका आकर्षक दृश्य, नृत्य र कलाकारहरूको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा दर्शकको चासो बढ्दै गएको छ।
‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सुन्न सकिन्छ। गीतमा संगीतसमेत आशिष अविरलकै रहेको छ भने गीतका सर्जक रिमा श्रेष्ठ हुन्।
लोक शैलीलाई आधार बनाएर तयार पारिएको गीतमा आधुनिक संगीत संयोजन र प्रस्तुतिको प्रयोग गरिएको छ। सरल, रमाइलो र नृत्यमय संरचनाका कारण गीतले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको देखिन्छ।
गीतको एरेन्ज कुशल सिंह निलले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी पनि आशिष अविरलले नै सम्हालेका छन्।
गीतको रेकर्डिङ शिशिर परियार र कृष्ण लामिछानेले गरेका हुन्। सम्पूर्ण रेकर्डिङ कार्य रागा रेकर्ड्स एण्ड रिसर्च सेन्टरमा गरिएको हो।
‘चुलबुले नानी’को भिडियोमा कलाकार सुरेश कोहली र जुना सुन्दासको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ।
गीतको चुलबुले भावलाई पर्दामा जीवन्त बनाउने गरी तयार गरिएको भिडियोमा दुवै कलाकारको नृत्य प्रस्तुतिले गीतको ऊर्जालाई थप बढाएको छ।
भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन् भने माधव ढुङ्गानाले सहायक कोरियोग्राफी गरेका छन्।
म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन्।
चर्चित सिनेमेटोग्राफर उत्सव दाहालको छायांकन रहेको भिडियोमा गीतको भाव र नृत्यलाई दृश्यात्मक रूपमा आकर्षक बनाउने प्रयास गरिएको छ।
भिडियोको सम्पादन बिजेश पौडेलले गरेका छन् भने मेकअप ज्योति केसीले सम्हालेकी छन्।
दृश्य, नृत्य र प्रस्तुतिको संयोजनमार्फत गीतको मनोरञ्जनात्मक पक्षलाई केन्द्रमा राखिएको भिडियोले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधिराख्ने प्रयास गरेको छ।
देशभक्ति, आधुनिकता र प्रेमभावका गीत लेखनमा सक्रिय गीतकार रिमा श्रेष्ठले ‘चुलबुले नानी’मार्फत नेपाली लोक स्वादलाई नयाँ पुस्तामाझ पुर्याउने प्रयास गरिएको बताएकी छन्।
नेपाली कला, भाषा र संस्कृतिलाई गीत–संगीतमार्फत विश्वसामु चिनाउने आफ्नो सिर्जनात्मक यात्रामा ‘चुलबुले नानी’ पनि एउटा महत्वपूर्ण प्रयास भएको उनको भनाइ छ।
गीतले पाएको प्रतिक्रियाप्रति आभार व्यक्त गर्दै श्रेष्ठले भनिन्—
“लोक नृत्य शैलीमा तयार पारिएको ‘चुलबुले नानी’लाई माया गर्नुभएका सम्पूर्ण दर्शक–श्रोताहरूप्रति हृदयदेखि नै नमन गर्न चाहन्छु।”
यस म्युजिक भिडियोका निर्माता कुशल गुरुङ हुन् भने दीपेन गौतम माइकल प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्।
लोक शैलीको मौलिकता, आधुनिक संगीतको प्रस्तुति र आकर्षक दृश्य संयोजनलाई एकै ठाउँमा ल्याइएको ‘चुलबुले नानी’ले पछिल्लो समय डिजिटल प्लेटफर्ममा नेपाली गीत–संगीतको बदलिँदो स्वादलाई समेत प्रतिनिधित्व गरेको छ।
गीतमा आशिष अविरल र रचना रिमालको लोकप्रिय स्वर, रिमा श्रेष्ठको सिर्जना र कलाकार सुरेश कोहली तथा जुना सुन्दासको नृत्यले भिडियोको आकर्षण बढाएको छ।
गीत सार्वजनिक हुने क्रम बढिरहेको डिजिटल युगमा ‘चुलबुले नानी’ले भने आफ्नो चुलबुले लय र नृत्यमय प्रस्तुतिमार्फत दर्शकको ध्यान तानिरहेको छ।
सिन्धुली - राजनीति बदलिँदैछ। पुस्ता बदलिँदैछ। नागरिकका अपेक्षा बदलिँदैछन्। तर बदलिँदो समयसँगै राजनीतिक दलको संगठन, सोच र कार्यशैली पनि बदलिनुपर्छ कि पर्दैन? यही प्रश्नको उत्तर खोज्ने बहसबीच नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रामकृष्ण बोगटी नयाँ पुस्ताको आवाज बोकेर अघि आएका छन्।
सिन्धुली क्षेत्र नं. १, प्रदेशसभा ‘ख’ बाट खुलातर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका बोगटीले आफ्नो उम्मेदवारीलाई केवल एउटा पदका लागि गरिने प्रतिस्पर्धाका रूपमा नभई कांग्रेसभित्र नयाँ पुस्ताको सोच, ऊर्जा र अपेक्षालाई संस्थागत गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
उनको राजनीतिक एजेन्डाको केन्द्रमा छ—पुस्तान्तरण, अर्थपूर्ण युवा सहभागिता, प्रविधिमैत्री संगठन र समयअनुकूल राजनीतिक रूपान्तरण।
नेपाली राजनीतिमा युवा सहभागिताको चर्चा नयाँ होइन। तर युवालाई पार्टीका कार्यक्रम, चुनावी अभियान, सभा–जुलुस र संगठन परिचालनमा मात्र सीमित राख्ने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बोगटीको धारणा छ।
उनका लागि युवा भनेको पार्टीको ‘भोट बैंक’ वा ‘परिचालन हुने शक्ति’ मात्र होइन। नीति निर्माण गर्ने, बहस गर्ने, निर्णय प्रक्रियामा सहभागी हुने र नेतृत्व विकास गर्ने पुस्ता पनि हो।
बोगटी भन्छन्—पार्टीको भविष्य निर्माण गर्ने पुस्तालाई पार्टीको वर्तमान निर्णय प्रक्रियाबाट टाढा राखेर संगठनलाई गतिशील बनाउन सकिँदैन।
त्यसैले कांग्रेसभित्र युवाको सहभागिता संख्यामा मात्र होइन, भूमिका र अधिकारमा पनि अर्थपूर्ण हुनुपर्ने उनको जोड छ।
आजको पुस्ता सामाजिक सञ्जाल, डिजिटल प्रविधि र तीव्र सूचनाको संसारमा हुर्किएको छ। राजनीतिक दलसँग उनीहरूको सम्बन्ध पनि परम्परागत शैलीमा मात्र सीमित छैन।
कुनै निर्णय किन भयो? नीति कसरी बन्यो? नेतृत्व कति पारदर्शी छ? पार्टीले नागरिकका प्रश्नलाई कसरी सम्बोधन गर्छ?—नयाँ पुस्ताले यस्ता प्रश्नको जवाफ खोजिरहेको बोगटीको बुझाइ छ।
त्यसैले कांग्रेसको संगठनलाई प्रविधिमैत्री, खुला, पारदर्शी र संवादमुखी बनाउनुपर्ने उनी बताउँछन्।
डिजिटल युगमा पार्टीको संगठनात्मक संरचना र कार्यशैलीलाई पनि आधुनिक प्रविधिसँग जोड्दै नयाँ पुस्तासँग संवादको नयाँ माध्यम विकास गर्नुपर्ने उनको धारणा छ।
बोगटीले अघि सारेको पुस्तान्तरणको अवधारणामा अर्को महत्वपूर्ण पक्ष पनि छ—अग्रजको सम्मान।
उनका अनुसार नयाँ पुस्ता अगाडि आउनु भनेको अग्रज पुस्ताको योगदानलाई अस्वीकार गर्नु होइन। लोकतान्त्रिक आन्दोलन, पार्टी निर्माण र संगठन विस्तारमा अग्रजहरूले गरेको योगदानलाई सम्मान गर्दै त्यसबाट सिकेर नयाँ पुस्ताको ऊर्जा र सिर्जनशीलतालाई जोड्नुपर्ने आवश्यकता छ।
अर्थात्, उनको दृष्टिमा कांग्रेसको आगामी यात्रा अनुभव र ऊर्जाको संयोजनबाट अघि बढ्नुपर्छ।
अग्रजसँग अनुभव छ, नवपुस्तासँग नयाँ सोच र प्रविधिको पहुँच। यी दुई पुस्ताबीच सहकार्य स्थापित गर्न सकिए पार्टी थप सुदृढ र समयसापेक्ष बन्न सक्ने उनको विश्वास छ।
बोगटीले पार्टीका नीति, कार्यक्रम र संगठन सञ्चालनको शैलीलाई समयको मागअनुसार पुनर्विचार गर्नुपर्ने बताएका छन्।
उनको जोड केवल नयाँ अनुहार थप्नमा मात्र छैन। उनी राजनीतिक संस्कार, संगठनात्मक कार्यशैली र निर्णय प्रक्रियामै परिवर्तन आवश्यक देख्छन्।
युवालाई जिम्मेवारी दिने, उनीहरूको विचार सुन्ने, प्रविधिको प्रयोग बढाउने, संगठनलाई जनतासँग जोड्ने र निर्णय प्रक्रियालाई थप सहभागितामूलक बनाउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
यस अर्थमा उनको उम्मेदवारीले कांग्रेसभित्र चलिरहेको पुस्ता, नेतृत्व र संगठनको बदलिँदो स्वरूपसम्बन्धी बहसलाई स्थानीय तहबाट प्रतिनिधित्व गर्ने प्रयास गरेको देखिन्छ।
क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका बोगटीका लागि अबको परीक्षा आफ्ना एजेन्डालाई प्रतिनिधिहरूमाझ स्थापित गर्नु हो।
उनले क्षेत्रका प्रतिनिधिहरूबाट अमूल्य मत, साथ र सहयोगको अपेक्षा गरेका छन्। तर उनीसँग जोडिएको मुख्य प्रश्न केवल चुनावी परिणामको होइन—नयाँ पुस्ताको आवाज पार्टीको निर्णय प्रक्रियामा कति प्रभावकारी रूपमा प्रवेश गर्छ भन्ने पनि हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयन गर्ने एउटा नियमित राजनीतिक प्रक्रिया भए पनि त्यससँगै पार्टीले आगामी पुस्ताको राजनीतिक भूमिका, संगठनको स्वरूप र बदलिँदो समाजसँगको सम्बन्धबारे कस्तो दिशा लिन्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुनेछ।
त्यही बदलिँदो परिवेशमा बोगटीले आफ्नो उम्मेदवारीमार्फत एउटा सन्देश अघि सारेका छन्—
कांग्रेसको भविष्य केवल नेतृत्व परिवर्तनले होइन, सोच, शैली र सहभागिताको परिवर्तनले पनि निर्माण हुन्छ।
र त्यसका लागि युवालाई अगाडिको पंक्तिमा उभ्याउनु मात्र पर्याप्त छैन; उनीहरूलाई निर्णय गर्ने टेबलसम्म पुर्याउनुपर्छ।
काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन भोलि हुँदैछ। क्षेत्रीय नेतृत्व चयनका लागि विभिन्न आकांक्षीबीच सहमति जुट्न नसकेपछि आजका लागि तय गरिएको प्रक्रिया स्थगित गर्दै निर्वाचन कार्यक्रम भोलि दिउँसो १ बजे जोरपाटीस्थित पीस ब्याङ्क्वेटमा सञ्चालन हुने भएको छ।
क्षेत्रीय नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्रतिनिधिहरूको मत निर्णायक हुनेछ। लोकतान्त्रिक विधि र प्रतिस्पर्धात्मक अभ्यासलाई आत्मसात् गर्दै नेतृत्व चयन हुने भएकाले काठमाडौं–३ को अधिवेशनलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
क्षेत्रीय सभापति पदका उम्मेदवार सन्तोष सुबेदीले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्रअनुसार नेतृत्व चयन पनि प्रतिनिधिहरूको स्वतन्त्र मत र विवेकपूर्ण निर्णयबाट हुनुपर्ने बताएका छन्।
सुबेदीले क्षेत्रीय सभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै अनुभव, युवा ऊर्जा र नयाँ सोचलाई संगठन निर्माणसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाजशास्त्र तथा मानवशास्त्रमा स्नातक सुबेदी लामो समयदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। शिक्षा र सामाजिक चेतनाको क्षेत्रमा काम गर्दै आएको Campaign for Educational Awareness Nepal (CEAN) को नेतृत्वसमेत गर्दै आएका उनले शिक्षा, सामाजिक जागरण र समुदायसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गरेको बताइएको छ।
त्यसैगरी चलचित्र तथा संस्कृति क्षेत्रमा निर्माता तथा फिल्म फेस्टिभल निर्देशकका रूपमा समेत सक्रिय सुबेदीले नेपाल कल्चर एन्ड फिल्म सेन्टर (NCFC) को नेतृत्व गर्दै आएका छन्। उनको नेतृत्वमा नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल (NCIFF) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना हुँदै आएको छ।
शिक्षा, सामाजिक सेवा, चलचित्र, संस्कृति तथा पर्यटन क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक संगठनसँग जोडेर क्षेत्रीय कांग्रेसलाई थप समावेशी, पारदर्शी, गतिशील र जनमुखी बनाउने आफ्नो लक्ष्य रहेको सुबेदीले बताएका छन्।
कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा युवा तथा महिलाको अधिकतम र उच्चतम सहभागितालाई प्राथमिकता दिने नीति अघि सारेको उल्लेख गर्दै सुबेदीले नयाँ पुस्ताको सक्रिय सहभागितालाई संगठनको नेतृत्वसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनका अनुसार बदलिँदो राजनीतिक तथा सामाजिक परिवेशसँगै संगठनलाई पनि नयाँ पुस्ताको ऊर्जा, प्रविधि, सिर्जनशीलता र सामाजिक अनुभवसँग जोडेर अघि बढाउन आवश्यक छ।
“अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा र नयाँ सोचलाई संगठन निर्माणमा उपयोग गर्न सकियो भने पार्टीको संगठन अझ प्रभावकारी बन्न सक्छ,” सुबेदीको धारणा छ।
क्षेत्रीय सभापति पदका उम्मेदवार सुबेदीले काठमाडौं क्षेत्र नं. ३ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई भोलि हुने निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत नेतृत्व चयन प्रक्रियामा भूमिका निर्वाह गर्न अपिल गरेका छन्।
उनले आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा समूहविरुद्ध नभई अनुभव, युवा ऊर्जा र नयाँ सोचलाई संगठन निर्माणमा जोड्ने उद्देश्यले अघि सारिएको बताएका छन्।
उनको भनाइ छ—
“नेपाली कांग्रेस लोकतन्त्रको पहरेदार पार्टी हो। नेतृत्व चयन पनि लोकतान्त्रिक विधि र प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयबाट हुनुपर्छ। मेरो उम्मेदवारी कुनै व्यक्ति वा समूहविरुद्ध होइन; अनुभव, युवा ऊर्जा र नयाँ सोचलाई संगठन निर्माणमा जोड्ने उद्देश्यका साथ हो। त्यसैले मेरो काम, अनुभव, दृष्टिकोण र प्रतिबद्धताको मूल्यांकन गरी मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुन सम्पूर्ण प्रतिनिधिज्यूहरूमा हार्दिक अपिल गर्दछु।”
काठमाडौं–३ को क्षेत्रीय अधिवेशनबाट आगामी कार्यकालका लागि क्षेत्रीय नेतृत्व चयन हुनेछ। अधिवेशनले क्षेत्रीय संगठनको आगामी दिशा, नेतृत्वको प्राथमिकता र कार्यशैली निर्धारणमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।
अधिवेशनको पूर्वसन्ध्यामा उम्मेदवारहरूबीचको सक्रियता बढेसँगै काठमाडौं–३ को क्षेत्रीय नेतृत्व चयनप्रति प्रतिनिधि तथा कांग्रेस कार्यकर्ताको चासोसमेत बढेको छ।
ओहायो, अमेरिका - अमेरिकाको ओहायोस्थित फेयरफिल्डमा नेपाली कला, संस्कृति र नृत्यको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राख्दै एकै अवसरमा तीन महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन्। ग्लोबल डान्स स्टुडियोको भव्य उद्घाटन, बहुप्रतीक्षित म्युजिक भिडियो बाबा छोराको विशेष प्रिमियर तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ओहायो च्याप्टरको नयाँ कार्यसमिति गठनसँगै कार्यक्रम नेपाली कला–संस्कृतिको उत्सवका रूपमा सम्पन्न भएको हो।
नेपाली नृत्य, संगीत र संस्कृतिलाई अमेरिकामा हुर्कंदै गरेको नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यसहित स्थापित ग्लोबल डान्स स्टुडियोको उद्घाटन विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थितिमा गरिएको थियो।
स्टुडियोको उद्घाटन फेयरफिल्ड सिटीकी उपमेयर डेबी पेनिङटन, विशेष अतिथि डिलाना डेभनपोर्ट तथा भुटानीज कम्युनिटी अफ सिन्सिनाटी (BCC) का अध्यक्ष पुष्प लुईटेलले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो। त्यसपछि स्टुडियोका संस्थापक, वरिष्ठ नृत्य निर्देशक तथा कलाकार रुपेश उप्रेतीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन समारोहलाई औपचारिकता दिनुभएको थियो।
कार्यक्रममा बोल्दै फेयरफिल्डकी उपमेयर डेबी पेनिङटनले नेपाली समुदायले स्थानीयस्तरमा कला र व्यवसायको विकासका लागि अघि सारेको पहलको प्रशंसा गर्दै ग्लोबल डान्स स्टुडियोलाई सफलताको शुभकामना दिनुभयो। उहाँले स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि सकारात्मक प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, विशेष अतिथि डा. भर्जिनिया स्कटले स्टुडियोका विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्य, अनुशासन र ऊर्जा प्रशंसा गर्दै नेपाली बालबालिकामा रहेको कला प्रतिभाको खुलेर प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा आयोजना हुने आफ्ना विभिन्न कार्यक्रमहरूमा समेत स्टुडियोका प्रतिभाशाली नृत्य कलाकारलाई सहभागी गराउने बताउनुभयो।
ग्लोबल डान्स स्टुडियोको उद्घाटन समारोहमा अमेरिकाका विभिन्न राज्यबाट नेपाली कला, साहित्य, चलचित्र तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा मेरिल्याण्डबाट इनासका क्षेत्रीय संयोजक, इनास उत्तर अमेरिकाबाट राहुल केसी, वरिष्ठ चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने, इनास अमेरिकाका उपाध्यक्ष तथा केन्टकीका चलचित्र निर्देशक सुमन दाहाललगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो।
त्यसैगरी स्थानीय समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरू टीकाराम सुवेदी, राजन चौहान, डा. भोला शिवाकोटी, सुरज गुरुङ, हरि सुवेदी, सीता रेग्मी, अनिता श्रेष्ठ, विष्णु सापकोटा, विष्णु खरेल, प्रकाश मिश्रलगायत ३० भन्दा बढी अतिथिको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षणमध्ये ग्लोबल डान्स स्टुडियोका विद्यार्थीहरूले प्रस्तुत गरेको विविध सांस्कृतिक तथा नृत्य प्रस्तुति विशेष रह्यो। नेपाली मौलिकता, आधुनिक नृत्य र नयाँ पुस्ताको ऊर्जाले भरिएको प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकलाई मनोरञ्जनसँगै उत्साहित बनाएको थियो।
सोही अवसरमा रुपेश उप्रेती र आरभ उप्रेतीद्वारा अभिनित तथा निर्देशित बहुप्रतीक्षित म्युजिक भिडियो ‘बाबा छोरा’को आधिकारिक रिलिज तथा विशेष स्क्रिनिङसमेत गरिएको थियो।
पारिवारिक सम्बन्ध, पुस्तान्तरण र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको भिडियोको प्रस्तुति, मेकिङ तथा नृत्य संयोजनले उपस्थित दर्शकको ध्यान खिचेको थियो। भिडियो प्रदर्शनका क्रममा दर्शक तथा अतिथिहरूले उत्साहपूर्ण प्रतिक्रिया दिएका थिए।
यसै ऐतिहासिक अवसरमा राजु केसी र राहुल केसीको विशेष पहलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), ओहायो च्याप्टरको नयाँ कार्यसमितिसमेत सर्वसम्मत रूपमा गठन गरिएको छ।
वरिष्ठ नृत्य निर्देशक तथा कलाकार रुपेश उप्रेतीको अध्यक्षतामा गठित नयाँ कार्यसमिति यसप्रकार रहेको छ–
कार्यकारी सदस्यहरू:
१. डेबिड ढकाल
२. प्रकाश घिमिरे
३. शारदा धिताल
४. दुर्गा बान्तवा राई
५. डिल्ली चम्लागाईं
सल्लाहकार: पुष्प लुईटेल
रुपेश उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नवनियुक्त महासचिव तुलराम अधिकारीले गर्नुभएको थियो। औपचारिक कार्यक्रमपछि प्रस्तुत गरिएको तीज विशेष नृत्यले वातावरणलाई थप सांगीतिक र उत्सवमय बनाएको थियो।
कार्यक्रममा सहभागी कलाकार, अतिथि तथा अभिभावकहरू तीजका गीतमा नाच्दै रमाएका थिए। त्यसैगरी स्थानीय युवा पुस्ताको ‘गैरआवासीय नेपाली युवाको ब्यान्ड’को सांगीतिक प्रस्तुतिले पनि कार्यक्रमको माहोललाई थप रोमाञ्चक बनाएको थियो।
कार्यक्रमको समापन गर्दै सभापति रुपेश उप्रेतीले उपस्थित अतिथि, अभिभावक, कलाकार, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले अमेरिकामा नेपाली पहिचान, कला, संस्कृति र मौलिकतालाई जीवन्त राख्दै नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्न ग्लोबल डान्स स्टुडियो निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
ओहायोमा सम्पन्न यो कार्यक्रम एउटा डान्स स्टुडियोको उद्घाटनमा मात्र सीमित रहेन; यसले प्रवासमा नेपाली कला, संस्कृति र पुस्तान्तरणको साझा यात्रालाई एउटै मञ्चमा जोड्दै नयाँ अध्यायको सुरुवात गरेको सन्देश दिएको छ।