काठमाण्डौ - सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मनोजकुमार आचार्य मेयर पदमा निर्वाचित भएका छन । वैशाख ३० सम्पन्न भएको स्थानिय निर्वाचनमा आचार्यले नेकपा एमालेका मनोज कुमार देवकोटालाई हराँउदै नगर प्रमुखमा निर्वाचित भएका हुन ।
आचार्यले ७४९८ मत प्राप्त गरि प्रमुख पदमा निर्वाचित भएका हुन भने उनका निकटतम प्रतिदन्द्धी देवकोटाले ५१७० मत प्राप्त गरेका थिए । राजनितिमा प्रवेश गरेको
छोटो समयमानै राजनीतिमा सफलता हात पारेका आचार्य नेपाली काँग्रेसमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।
समाज सेवामा क्रियाशिल रहँदै आएका आचार्य सर्लाही जिल्लामा आममानिसहरुले रुचाईएका व्यक्तिको रुपमा पर्ने गर्दछन् । कोभिड १९ को महामारीमा आफ्नो ज्यानको बेवास्ता गर्दै ईश्वरपुर नगरवासीका लागि अहोरात्र खटिएका कारण आचार्र्य ग्यालेक्सि एक्सिलेन्स अवार्डमा कोभिड हिरो अवार्डबाट समेत सम्मानित भएका थिए ।
उनको जीतले सम्पूर्ण नगरवासी मात्र नभएर सर्लाही जिल्लावासी नै उत्साहित देखिएका छन । नगरको विकास उन्नती र प्रगतिको लागि सधैंं तत्पर रहने युवा नेता आचार्य अव नगर प्रमुख मार्फत नगरको मुहार फेर्ने अभियानमा लागेपछि ईश्वरपुरवासीमा मात्र नभएर जिल्लावासीमा नै हर्षोल्लास छाएको छ ।
उनले आफ्नो जित पश्चात छोटो प्रतिक्रिया दिदै भने “म सम्पुर्ण नगरवासी तथा मतदाताहरुप्रती कृतज्ञ छु । छोटो समयमा नै जनताले आफुमाथी भरोसा राखी नगर प्रमुख बनाएको प्रती म ईश्वरपुरवासी जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहान्छु । नगरका जनताले म माथी भरोसा राखी नगर प्रमुखका लागि निर्वाचित गरी मलाई समाजका लागी केही योगदान गर्ने अवसर दिएकोमा म अत्यन्तै खुशी छु ।” उनले आफु सम्पूर्ण नगरवासी प्रति कृतज्ञ भएको बताएका छन् ।
नगर उपप्रमुखमा भने ७२५१ मत ल्याई रंजीता देवी चौधरी विजयी भएकी छिन् ।
काठमाडौं- स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेर राजनीतिमा होमिएका राजकुमार महतो सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वाट चुनावी मैदानमा उत्रिएका राजकुमारले ३ हजार ९९५ मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी माओवादीका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत प्राप्त गरेका थिए।
यस्तै उनको गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र महतो पनि चुनावी मैदानमा थिए। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोको दाई हुन्।
कांग्रेसका राजकुमारले ३ हजार ९९५ मत ल्याएर जित हासिल गर्दा महेन्द्र महतो २ हजार ८८५ मत सहित तेस्रो स्थानमा खुम्चिए। राजकुमार लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गरेका व्यक्ति हुन्। उनले सभे द चिल्ड्रेन, विश्व स्वास्थ्य संगठन लगायतका संस्थामा रहेर काम गरेका छन्। उनी जनस्वास्थ्य र पोषणविद् हुन्।
काभ्रेपलाञ्चोक– आउने बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको प्रचारप्रसारको लागि गठबन्धन पक्षले तिब्रता दिएको छ । विगत पाँच वर्ष सम्म पनि गाउँपालिकामा भने जस्तो र सोचे जस्तो परिवर्तन नभएकै कारण यस पटक नेतृत्व परिवर्तन जरुरी रहेको भन्दै गठबन्धन पक्षले घरदैलो अभियानलाई तिब्रताका साथ अघि बढाएको छ । गठबन्धनका तर्फबाट अध्यक्ष पदको उम्मेदवार बनेका प्रेम बहादुर भुजेल साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । भुजेल निकै रसिक र निस्वार्थ भावना भएका युवाका रुपमा चिनिने स्थानियहरुले वताउँदछन् । नयाँ नेपालको निर्माणको परिकल्पना गर्दै आधुनिकिकरण तर्फ देश लैजानु पर्छ भन्ने उदारबादी विचारधार भएका नेता भुजेल भुम्लुको विकासको लागि यस पटक आफुले नेतृत्व पाउने विश्वस्त रहेका वताएका छन् ।
नेपाली काँग्रेस, समाजबादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भुजेल भन्छन “प्राकृतिक श्रोत–साधनले भरिपूर्ण भएको भुम्लु गाउँपालिकाले वितेको पाँच वर्षमा कुनै उपलब्धी हासिल नगरेको र पालिका भित्र रहेका सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाहरु ओझेलमा परेका छन्, बार्षिक रुपमा पालिकाको लागि आएको बजेट पनि खर्च नहुनु र फ्रिज जानु भएको अलिकती खर्च पनि भ्रष्टाचारमै सकिनु विडम्बना हो । संघियताको संरचना अनुसार गर्नु पर्ने काम गर्नको लागि सक्षम नेतृत्व नभएकै कारण आज भुम्लुबासीको जिवनस्तर जहाँको त्यहि रहेको छ्”
भुम्लु गाउँपालिकामा यतिवेला एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेस लगायत संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको एक्लो उम्मेदवार बनेका भुजेलले जनताको चेतना स्तरमा आमूल परिवर्तन गराउँदै सामाजिक , आर्थिक र भौतिक रूपमा विकास, सुन्दरशान्त र समृद्ध भुम्लु बनाउनको लागि भए पनि एक पटक गठबन्धन पक्षलाई मतदान गर्न सम्पुर्ण भुम्लुबासीमा अपिल गरेका छन् ।
आवाससहितको शैक्षिक पूर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण, युवाहरूलाई प्राकृतिक स्रोतहरूको उपयोग गरी स्वरोजगारीतर्फ उन्मुख गराउने, १० वडामा १० बगैंचा निर्माण, जडिबुटी फार्म, तरकारी फार्म, पशुपालनको फार्म पर्यटन उद्योगहरू सञ्चालन, पर्याप्त पूर्वाधारहरू बनाउने र भएका पार्कहरूलाई पनि व्यवस्थित गर्दै पर्यटकहरु धित्र्याउने योजनाहरु भुजेलका रहेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका चर्चित युवा नेता जितेन्द्र मान तामाङ (दावा लामा) भुम्लु गाउँपालिकामा आशा लाग्दा युवाको रुपमा उदाएका छन् । लामा स्थानियहरुको हितमा व्यक्तिगत तवरबाट पनि निस्वार्थ भावले सेवामा समर्पित व्यक्तित्वको रुपमा चिनिएका छन् ।
गठबन्धनको पक्षबाट उपाध्यक्षको उम्मेदवार बनेको दावाले पनि यस पटक भुम्लुबासीले आफुलाई मतदान गरेर एक पटक सेवा गर्ने मौका दिनेमा बिस्वस्त रहेको बताएका छन् । यस पटक हामी गठबन्धन पक्षका युवाहरु मिलेर भुम्लुको मुहार फेर्ने इच्छालाई भुम्लुबासीले पुरा गरिदिने भन्दै दावाले मतदानको अपिल समेत गरेका छन् । आफुहरुले गाउँपालिकाको लागि ल्याएका अथवा गरेका बाँचाहरु आगामि पाँच वर्ष भित्रै पुरा गर्ने भन्दै केही योजनाहरु पाँच वर्ष भन्दा बढी समय लाग्न सक्छ तर कामलाई तिब्रताका साथ अगाढी बढाउने समेत अध्यक्षका उम्मेदवार भुजेलले बताए ।
काभ्रेपलाञ्चोक – भुम्लु गाउँपालिकामा नेकपा एमाललेले चुनावी गतिविधिहरुलाई तिब्रता दिएको छ । गाउँपालिकाका सबै वडाहरुमा घरदैलो अभियानमा पुर्वमन्त्री गोकुल बाँसकोटा सहित र्याली सभा तथा सम्मेलनहरुको आयोजना गर्दै आईरहेको छ । गाउँपािलकामा लोकप्रिय समाजसेवीको रुपमा चिनिएका युवानेता प्रेम लामा यस पटकको स्थानिय निर्वाचनमा भुम्लु गाउँपालिकाको अध्यक्ष पदका उममेदवार हुन ।
लामो समय देखी नेकपा एमालेमा सक्रिय रुपमा लागेका नेता प्रेम लामाले भुम्लुबासीको लागि अव केहि गरेरै देखाउने अठोट लिएका छन् । सानै उमेर देखी समाजसेवामा सक्रिय लामाले आफ्नो गाउँपालिकामा आई पर्ने प्राकृतिक विपत्ति होस वा अन्य कुनै पनि वाध–व्यवधानहरुलाई साझारुपमा लिदै समाधानको लागि अग्रणी भुमिका निर्वाह गर्दै आईरहेका छन् । सामाजिक स्तरबाट जनताको सेवामा समर्पित लामाले अव अध्यक्ष बनेर भुल्लु गाउँपालिकालाई नै नमुना गाउँपालिका बनाउने योजना बनाएका छन् । वि सं २०७२ सालको भुकम्प र त्यपछिको कोरोनाकालमा आफ्नो गाउँपालिकामा लामा निकै सक्रिय भएर सेवामा समर्पित थिए । उनले स्थानियहरुको साथमा उनिहरुको गाँस,बास, कपास लगायतका तत्कालिन समस्याहरुको समाधानको लागि महत्वपुर्ण भुमिका समेत खेलेका थिए ।
कृषि र किसानका मुद्धाहरुलाई पहिलो प्राथमिकतामा राखेर सुखी र समृद्ध पालिका निर्माण तर्फ आफुहरु अगाडी बढ्ने भन्दै लामाले भने किसानको ठुलो बस्ती समेटिएको पालिकालाई उकास्न आयश्रोतको मुल आधार कृषि नै बनाउनु पर्छ । भुम्लुलाई कृषिमय बनाइ भुम्लुबासीको जिबनस्तर उकास्न कृषकमैत्री योजना लाई नेकपा एमाले भुम्लुले समेटेको छ । बीउ देखि उत्पादन बेच्ने बजारसम्म, ऋण देखि अनुदानसम्म , तालिम देखि पुरस्कारसम्म नेकपा एमाले भुम्लुको लागि कृषिनै आयश्रोतको मुलआधार भएको भन्दै कृषि बिकास तथा बचाउका निम्ति थुप्रै योजना ल्याएको छ । नेकपा एमाले भुम्लु गाउँपालिका लक्ष्यनै सुनकोशीको पानी खेतबारीमा लानी बढाउने जनताको आम्दानी रहेको समेत बताएका छन् ।
त्यस्तै उपाध्यक्ष पदको उम्मेदवार कल्पना श्रेष्ठले भुम्लु गाउँपालिकामा कृषिक्रान्ति, युवा स्वरोजगारका सथै पर्यटन, पुर्वाधार विकास र महिला शसक्तिकरण लगायतका विषयहरु अहिले भुम्लुलाई आवस्यक रहेको भन्दै आफुहरुले भुम्लको विकास गर्नको लागि आफुहरुलाई मतदान गर्दै भुम्लुको विकाश गर्ने मौका दिन अपिल गरेकी छन् ।
चन्द्रपुर-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चन्द्रपुरले स्थानीय निर्वाचनको सन्दर्भमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘जनमुखी स्थानीय सरकार, विकास र समृद्घिको आधार’ भन्ने मूल मन्त्रसहित नेकपा एसले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । उक्त प्रतिबद्धता पत्रमा नगरभित्र सबै घरमा बिद्युत पुर्याउने र प्रत्येक घरलाई मासिक २०० युनिट बिद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै एलपि ग्यासको विकल्पमा इन्डक्सन चुलो प्रयोगमा प्रोत्साहन गर्ने प्रतिबद्धता जनाइएको छ ।
हरेक घरलाई मासिक ५ हजार लिटर स्वच्छ खानेपानी निःशुल्क रुपमा उपलब्ध गराउने, चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न सभाहल निर्माण गर्ने, बागमती र चाँदी नदी किनारमा व्यवस्थित शवदाह गृह एवम् क्रियापुत्री भवन निमार्ण गर्ने, व्यवस्थित बसपार्क सञ्चालनमा ल्याउने, चन्द्रपुर चोक, बजार तथा आवश्यक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर भित्र औद्योगिक क्षेत्रको स्थापनाका लागि पहल गर्ने र नदी कटान नियन्त्रणको लागि विशेष योजना ल्याउने योजना छ । प्रत्येक वडाका लागि कम्तीमा एक–एक जना कृषि र पशु प्राविधिकको सेवा प्रभावकारी रुपमा उपलब्ध गराउने, कृषि तथा पशुजन्य उत्पादनको उचित बजारको प्रधन्ध मिलाउँदै ‘उत्कृष्ट कृषक’ सम्मानको व्यवस्था गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।
जमिनको वर्गिकरण गरी आवास योग्य जमिनमा व्यस्थित आवास, शहरीकरण गर्ने, कृषियोग्य जमिनमा सिँचाई, सडक, विद्युत, लगायतको पूर्वाधारको व्यवस्था गर्ने, नगर भित्रका सबै जमीनको नयां नापी गराई जमीनमा रहेको विवाद अन्त्य गर्ने, भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवथित वसोवासीहरुको समस्याहरु समाधान गर्ने नगर प्रमुखका उम्मेदवार बाबुराम दाहालले बताएका छन् ।
काठमाडौं- नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको हक हित संरक्षणका लागि योगदान गर्दै आउनुभएको छ ।
मुलुकमा निकट भविश्यमा सम्पन्न हुन गइरहेको तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन संघले साँस्कृतिक गतिविधि गर्ने तथा संघको तेस्रो महाधिवेशनलाई यथाशीघ्र सम्पन्न गर्न मिति २०७८ माघ २२ गते शनिबारको दिन नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य समितिको पूर्ण वैठक सम्पन्न गरेको छ ।
लोकतन्त्र प्रति विश्वास राख्ने समग्र साँस्कृतिककर्मीहरूको प्रतिनिधित्व गर्दै नेपाली भाषा, कला, साहित्य, गीत संगीत र संस्कृतिका विभिन्न विधामा सक्रिय साँस्कृतिकर्मीहरूको हक हित संरक्षणमा अझै सशक्त रुपमा क्रियाशील रहने प्रतिवद्धता जनाउने नव नियुक्त महामन्त्री सुवेदी नेपाली सांस्कृति र साहित्यमा कलम चलाउने व्यक्ति पनि हुनुहुन्छ । उहाँ नेपाल साँस्कृतिक संघको विविध गतिविधिमा संलग्न रही संघको विस्तारमा धेरै जिल्ला पुग्ने व्यक्ति मध्ये एक हुनुहुन्छ । रोल्पा जिल्लाको त्रिवेणी गाउँ पालिका–५का स्थायी वासिन्दा सुवेदीको आगमनले नेपाल सांस्कृतिक संघलार्य नयाँ उचाईमा पुर्याउने विश्वास लिइएको छ ।
जसपाका केन्द्रीय सदस्य उत्तम अधिकारी नेकपा एमालेमा प्रवेश
२३ पुस, नुवाकोट । जसपाका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेद्वार उत्तम अधिकारी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले नुवाकोटको सातौ जिल्ला अधिवेशन शुक्रबार सदरमुकाम विदुरमा आयोजित कार्यक्रममा अधिकारी सहित जसपाबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्वागत गरेकी थिइन् ।
काठमाडाैं-आज जबस्ने भनिएकाे प्रितिनिधिसभा बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएकाे छ । संसद सचिवालयले सूचना प्रकाशन गरी विशेष कारणले बैठक स्थगित भएकाे जनाएकाे छ ।
नेपाली काँग्रेसको सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । देउवाको आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा देउवाले सभापतिमा आफूलाई सघाउन आग्रह गरेका थिए । तर, शशांकले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीलाई मिलाएर लैजान देउवाले आग्रह गरेका थिए । आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने पनि उनको भनाइ थियो ।
शशांकका स्वकीय सचिव भरत तिवारीले देउवाले सहयोगका लागि आग्रह गरेपनि महामन्त्रीले आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने धारणा राखेर बालुवाटारबाट फर्किएको बताए । आजै देउवा र शेखर कोइरालाबीच सभापतिमा स्रो चरणको प्रतिस्पर्धा हुँदैछ भने त्यसका लागि साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।
काठमाण्डौं- नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशन यही मंसिर ११ गतेबाट शुरू हुँदैछ । १२ गतेसम्म चल्ने महाधिवेशनको तात्दै गएको माहोलमा मिडिया एकेडेमी नेपालले एमालेका लोकप्रिय १० नेताको मापन गर्ने भएको छ । बिहिबार मतदान सर्वेक्षणको शुभारम्भ कार्यक्रम आयोजना गरी मिडिया एकेडेमीले एमालेको लोकप्रिय नेता छनोट गर्न लागेको बताएको हो ।
आयोजकका अनुसार मतदान सर्वेक्षण अनलाइन र मोवाइलमाध्यमबाट हुनेछ । आफुलाई मनपर्ने नेताको छनोट गर्न अनलाइनमाध्यमहरू फेसबुक, ट्विटर र वेबसाइट र मोवाइलबाट मतदान गर्दा उपलब्ध कोड एसएमएस गर्ने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । मत सर्वेक्षणको नतिजा प्रत्येक चरणको अन्तिम दिनको राती १० बजे अनलाइनमाध्यम र टेलिभिजनमार्फत सार्वजनिक गरिने बताइएको छ ।
मिडिया एकेडेमीले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘यो नेपालले सधैं भोगिरहेको स्पष्ट सोच र दृष्टिकोण सहित जनभावना र जनअपेक्षा बुझ्नसक्ने नेतृत्व, अल्पकालीन र दीर्घकालीन योजना र कार्यक्रम भएको नयाँ पुस्ता, भूगोल, इतिहास, कला, भाषा, समाज, संस्कृति र पहिचानलाई अगाडि बढाउने र राष्ट्रिय भावनाले अतप्रोत नेताको अभावलाई पूर्ति गर्ने प्रयास हो ।’
यो सर्वेक्षणले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने प्रतिष्पर्धामा समेटेको छैन । विज्ञप्तीमा भनिएको छ, नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने कुरा करिब सुनिश्चित जस्तै छ । तर ओलीपछि एमालेको नेता को भन्ने कौतुहलता र प्रश्नहरू व्यापक रहेका छन् । हामी यो अभियानअन्तर्गत ओलीपछिका एमालेका १० लोकप्रिय नेताको खोजी गर्नेछौँ ।
आयोजक डम्बर साहुका अनुसार पहिलो चरणमा ‘मतदान डट कम’ वेबसाइटबाट भोटिङ गर्न सकिनेछ । पहिलो चरणमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरूमध्ये उत्कृष्ट एक सय नेता पत्ता लगाउने छ । यसका लागि आम जनसमुदायले सार्वजनिक भोट गर्नेछन् । कुनै एक राजनीतिक दल, कार्यकर्ता वा शुभचिन्तकले मात्र नभई अन्य राजनीतिक विचार, सिद्धान्त र संगठनमा आवद्ध व्यक्तिहरूले मतदान गर्न सक्नेछन् । दोस्रो चरणमा एक सयमध्ये उत्कृष्ट ५०, तेस्रो चरणमा ५० मध्ये उत्कृष्ट २५, चौथो चरण वा अन्तिम चरणमा २५ मध्ये उत्कृष्ट १० नेता छनोट हुनेछन् । भोटिङ संसारभरबाट गर्न सकिन्छ ।
मोबाइल एसएमएस गर्दा नेकपा (UML) स्पेस मनपर्ने नेताको अंग्रजीको नाम, मध्यनाम र थरको पहिलो अक्षर (जस्तोः एकराज नरसिंह प्याकुरेल –ENP) (UML>space<ENP) टाइप गरी ३३००१ मा पठाउनु पर्ने र अनलाइन संस्करणहरू फेसबुक, ट्विटर र वेबसाइटबाट भोट गर्नु पर्नेछ । भोटिङको अङ्क विभाजन मोबाइल एसएमएस ५० प्रतिशत र अनलाइन (फेसबुक, ट्विटर, वेबसाइट) संस्करण ५० प्रतिशतमा गणना गरिने आयोजकले जानकारी दिएको छ । यी दुई माध्यमबाट प्राप्त मत सर्वेक्षणको कूल अंकको मतभारका आधारमा लोकप्रियता मापन हुनेछ ।
जनताको नजरमा एमालेका कुन नेताको लोकप्रियता कति हो यसको वास्तविकता थाहा पाउन भने परिणाम कुर्नु पर्नेछ । एमालेका उत्कृष्ट १० नेताको घोषणा मंसीर १० गते राती १२ बजे गरिने आयोजकले बताएको छ ।
प्रेस विज्ञप्ति
मुलुकको आवश्यकता र आम जनताको आकांक्षा पूरा गर्न सक्ने राजनीतिक नेतृत्वको अभाव नेपालले सधैं भोगिरहेकै छ । मुलुकमा खुला राजनीति शुरू भएको दशकैंसम्म पनि जनताले खोजेको अनि सोचेको नेतृत्व पाएका छैनन् । तथापि नेतृत्वको सोच, योजना सही हुँदाहुँदै पनि सही वातावरण, उचित सल्लाह, परामर्श र अध्ययन, अनुसन्धानको अभावमा भएका कतिपय राम्रा नेताहरू पनि ओझेल परेका छन् । त्यसका साथै आम मानिस, मिडिया जगत, नागरिक समाज लगायतका विचार र सामाजिक कार्यक्रमहरूको उचित तरिकाबाट कार्यान्वयन नहुँदा उपयुक्त नेतृत्व तयार हुन सकेका छैनन् । उत्पादन गर्न सिर्जनशील रुपमा सही नेतृत्वलाई अगाडि बढाउने पहलकदमी नहुनु हाम्रो वास्तविकता हो । राम्रो सम्भावना भएको नेतृत्वले पनि उचित वातावरणको अभावमा आफ्नो विचार र योजना कार्यन्वयन गर्न नपाउनुले नेपालको नेतृत्व उचित तरिकाबाट निर्देशित हुन नसकेको र उपयुक्त विकल्प पनि नेपालले पाउन नसकेको अवस्था छ ।
यही विषयहरूको अभाव पूर्ति गर्नको लागि सम्भावनायुक्त नेतृत्व, अल्पकालीन र दीर्घकालीन योजना र कार्यक्रम भएको नयाँ पुस्ता, स्पष्ट सोच र दृष्टिकोण सहित जनभावना र जनअपेक्षा बुझ्नसक्ने, भूगोल, इतिहास, कला, भाषा, समाज, संस्कृति र पहिचानलाई अगाडि बढाउने र राष्ट्रिय भावनाले अतप्रोत नेता चयन गर्ने यो एउटा प्रयास हो । यसै परिप्रेक्षमा नेतृत्वको डिजिटलाइजेसन, प्रोफाइलिङ, भिडियो डकुमेन्टरी निर्माण, सोच र सपनाको प्रस्तुति, नेतृत्वको पूर्ण डकुमेन्टसन गर्ने सोच अनुरूप मिडिया एकेडेमी नेपालले कार्य प्रारम्भ गरेको छ । सोच र योगदानको आधारमा विचार, दर्शन, सपना र सही मुल्य-मान्यता भएका नेता वास्तवमा हाम्रा सम्पत्ति हुन्, यसको उचित व्यवस्थापन गरी आम समर्थक, जनता र दर्शकमाझ प्रभाव पर्ने गरी प्रस्तुत गर्दा त्यसले ठूलो प्रभाव पार्दछ ।
हाम्रो यो प्रयासले मुलुकले असल नेतृत्व त पाउने छ नै सही विचार, सिद्धान्त, दृष्टिकोण बोकेका नेतालाई आम मानिसविच परिचित हुन र अगाडि बढ्न सहज हुनेछ । यसले सम्भावना बोकेका नेतालाई उसको विचार सिद्धान्तकै आधारमा पार्टी र देशको नेतृत्वमा पुग्न मद्दत समेत गर्नेछ ।
यस्ता महत्वपूर्ण परियोजनाको नेतृत्व हालसम्म कसैले पनि नलिनुले राजनीति र यसको क्षेत्र आम जनताको चासो र रुचिको बिषय बन्न्न नसकेको हो । जब राजनीतिमा सौन्दर्यात्मक पक्षको बाहुल्यता रहन्छ, तब यस क्षेत्रले आम जनताको मन र मस्तिस्कमा प्रभावकारी रुपले स्थान बनाउन सक्छ । जनताको मनमा सही र असल नेता स्थापित गराएर मुलुकको नेतृत्वमा पुर्याउने योजना सहित मिडिया एकेडेमीले यो अभियान शुरूवात गरेको हो ।
यी समग्र विषयवस्तुको अध्ययन पश्चात सही, सम्भावनायुक्त र भिजनरी सोच भएका नेतृत्वलाई समाजमा स्थापित गरी ती नेतृत्वद्धारा सुशासनको प्रत्याभूति गराउन र देशलाई विकास र समृद्धिको यात्रमा थप योगदान पुर्याउन यो मतदान सर्वेक्षण अभियानको शुरुआत गरिएको हो । यस अभियानले सबै विचार, सिद्धान्त, पार्टी, संगठन, नेतृत्व, युवा नेतृत्व, सम्भावना र सोच सहितको व्यक्तिहरूलाई मिडिया, दूरसञ्चार, नवप्रवर्तन प्रविधिको उच्चतम प्रयोगमार्फत लोकतान्त्रिक, न्यायोचित र वैज्ञानिक उपलब्धी प्राप्त गर्नेछ । यसले मत सर्वेक्षणको आधारमा कुन नेताको लोकप्रियता कति भन्ने जिज्ञासालाई सम्बोधन गर्नेछ र जनताको मत र विचारलाई प्रमाणीकरण गरी पार्टीभित्र तथा बाहिरको वस्तुस्थितिको जानकारी गराउँदै नेतृत्वलाई सही गन्तब्यसम्म पुराउने कार्य गर्न सघाउने छ ।
छनोट प्रक्रिया
लोकप्रिय नेतृत्वको छनोटका लागि सम्बन्धित व्यक्तिको पार्टी, राजनीतिक जीवन र सो पार्टीको केन्द्रीय समितिमा रहेको प्रामाणित तथ्यलाई प्रमुख आधार मानिएको छ । यसैगरी उहाँहरूको वेबसाइट, मोबाइल एप, डिजिटल सफ्टवेयर, विकिपिडिया, जीवनवृत्त, सोच भिडियो, सोच आलेख, परियोजना प्रोफाइल, योगदान प्रोफाइल लगायतका आधारमा व्यक्तिगत विवरण संकलन गरी आम जनसमुदाय समक्ष लोकप्रियता मापनका लागि प्रस्तुत गरिएको छ । नेता छनोट गर्दा राजनीतिमा लागेको अनुभवदेखि पढाइ, सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति, आचरण, आम मानिसविचको लोकप्रियता, सार्वजनिक व्यक्तित्वलगायत विषयलाई आधार बनाइने छ ।
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने कुरा करिब सुनिश्चित जस्तै छ । तर ओलीपछि एमालेको नेता को भन्ने कौतुहलता र प्रश्नहरू व्यापक रहेका छन् । हामी यो अभियानअन्तर्गत ओलीपछिका एमालेका १० लोकप्रिय नेताको खोजी गर्नेछौँ । आम नागरिकको मत र धारणमा त्यस्ता नेताको सूची तयार हुनेछ । एमालेका ६ लाख बढी कार्यकर्ताबाट चुनिएका करिब २ हजार प्रतिनिधिले चुन्ने एमालेको नेतृत्वप्रति हाम्रो कुनै सापेक्ष वा निरपेक्ष दृष्टिकोण नरहने जानकारी गराउन चाहन्छौँ ।
पहिलो चरणमा नेकपा एमालेको केन्द्रीय नेतृत्व (१० औँ राष्ट्रिय महाधिवेशन आयोजक समिति) सदस्यहरूमध्ये कुन नेताको लोकप्रियता कति छ भनी पत्ता लगाउन आम जनसमुदायमा सार्वजनिक भोटिङका लागि आह्वान गरिने छ र एक सय जना नेता छानिने छन् । दोस्रो चरणमा एक सयमध्येबाट उत्कृष्ट ५०, तेस्रो चरणमा ५० मध्येबाट उत्कृष्ट २५, चौथो चरण वा अन्तिम चरणमा २५ मध्येबाट उत्कृष्ट १० नेता छनोट हुनेछन् । भोटिङ संसारभरबाट गर्न सकिन्छ । मोबाइल एसएमएस र अनलाइन (फेसबुक, ट्विटर, वेबसाइट) संस्करण गरी दुई प्रक्रियाबाट भोट गर्न सकिनेछ । भोटिङको अङ्क विभाजन मोबाइल एसएमएस ५० प्रतिशत र अनलाइन (फेसबुक, ट्विटर, वेबसाइट) संस्करण ५० प्रतिशतमा गणना गरिनेछ । यी दुई माध्यमबाट प्राप्त मत सर्वेक्षणको कूल अंकको मतभारका आधारमा लोकप्रियता मापन हुनेछ र प्रत्येक चरणको सार्वजनिकीकरण सोही रातको १० बजे गरिनेछ ।
यो विधि विकसित राष्ट्रहरूमा विगतदेखि नै अभ्यासमा छन् । निष्पक्ष, तटस्थ र पारदर्शी प्रकृयाबाट लोकप्रिय नेता छनोट हुँदा जनताप्रति उनीहरूको जवाफदेहिता र उत्तरदायित्व बहनमा थप बृद्धि हुने र यसले भविष्यमा नेतृत्व विकासमा समेत मद्दत पुग्नेछ । यो प्रकृयाले नेपाल जस्तो संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था अंगिकार गरेको मुलुकका लागि थप महत्वपूर्ण हुनेछ । हरेक पार्टीको नीति र नेतृत्वले देशका हरेक क्षेत्र प्रभावित हुने अवस्था बन्छ भने ती सबै क्षेत्रका नागरिकको दृष्टिकोण राजनीतिक दलका नेताप्रति कस्तो छ भन्ने मापन पनि गरिनुपर्छ । त्यसैका निम्ति यो हाम्रो पहलकदमी हो । अन्त्यमा हामीले यसबाट प्राप्त निष्कर्ष सम्बन्धित पार्टीको नेतृत्वलाई हस्तान्तरण गर्नेछौँ ।