काठमाडौँ – संचारकर्मी सुर्य चन्द नेपाली कांग्रेस तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा मनोनयन भएका छन्। नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्रि एबम तरुण बिभाग प्रमुख शंकर भण्डारीले संचारकर्मी चन्दलाइ एक कार्यक्रम बीच तरुण बिभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गरेका थिए।
संचारकर्मी सुर्य चन्द बिगत २ दशक भन्दा बेसी समय देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा योगदान गर्दै आएका युवा नेता हुन्। संचार क्षेत्रलाइ राम्रो संग बुझेका सुर्य चन्दले सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका छन्। विभिन्न संघ संस्थामा समेत आबद्ध रहेर काम गर्दै आएका उनि नेपाली सिने उधोगका लोकप्रिय कलाकार तथा म्युजिक भिडियो निर्देशक हुन्। युवा नेता सुर्य चन्दले विभिन्न अवार्ड, इभेन्ट, मेला महोत्सबको आयोजना गर्दै युवा वर्गलाइ स्वरोजगार बनाउने देखि देशको आर्थिक बिकाशमा समेत योगदान पुर्याउदै आएका छन्।
तरुण नेता सुर्य चन्दलाइ नेपाली कांग्रेस केन्द्रीय तरुण बिभागको निर्णय अनुसार “प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजक”मा मनोनित गरिएको नेपाली कांग्रेस तरुण बिभाग प्रमुख एवम पुर्व मन्त्रि शंकर भण्डारीले बताएका छन् ।
आफुले पाएको जिम्मेवारी प्रति निष्ठावान ढंगले कार्यसम्पादन गरी पार्टी, संगठन तथा बिभाग प्रति पूर्ण बफादार रही तरुणहरुलाई गतिशिल बनाउन लागि पर्ने कुरा युवा नेता सुर्य चन्दले जानकारी गराएका छन् ।
काठमाडौँ – इस्लाम धर्मावलम्बीहरुको पर्व इद-उल-अजहा (बकरइद)को अवसरमा नेपाली काङ्ग्रेस तरुण बिभागले शुभकामना बिज्ञप्ति निकालेको छ। उक्त बिज्ञप्तिमा नेपालमा बसोबास गर्ने इस्लाम समुदायको बृहत नेपालको एकीकरणमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरिएको छ।
यस्तो छ शुभकामना बिज्ञप्तिको पुर्णपाठ
हार्दिक शुभकामना !
बृहत नेपालको एकीकरणमा महत्वपूर्ण योगदान रहेको सम्पुर्ण ईस्लाम धर्मावलम्बीहरुको महान चाड इद–ऊल–अजहा (बकरइद)को सु–अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना (ईद–मुबारक) ब्यक्त गर्दछु । यस महान पर्वले मुलुकमा धार्मिक सहिष्णुता, सुख–शान्ति, भाईचारा र राष्ट्र प्रेमको अभिबृद्धि होस भन्ने कामना गर्दछु ।
विश्वव्यापी महामारीको यस कठिन परिस्थितिमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्व मनाउन सम्पूर्ण ईस्लाम धर्मावलम्वीहरुमा आग्रह समेत गर्दछुु ।
जय नेपाल !
शंकर भण्डारी
केन्द्रीय सदस्य, पूर्वमन्त्री
एवम् तरुण विभाग प्रमुख
नेपाली कांग्रेस

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । मंगलबार बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ । माधव नेपालसँग भएको भेटमा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
काठमाडौँ -नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तरुण बिभाग प्रमुख शंकर भण्डारीले एक प्रेश बिज्ञप्ति निकाल्दै कोभिड-१९ को विषम परिस्थितिमा मजदुर, बिद्यार्थी र शिक्षकहरुलाई प्राथमिकताको साथ खोप दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
हेर्नुहोस प्रेश बिज्ञप्ति: लामो अन्योल र अस्थिरता पार गर्दै मुलुकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार पाएको छ । आम नागरिकले जस्तै म पनि यो सरकारले पूर्ण इमान्दारिताका साथ नागरिकको पीरमर्का बुझेर काम गरोस् भन्ने चाहन्छु । विषम परिस्थितिमा गठन भएको यो सरकारलाई असफल हुने कुनै सुविधा उपलब्ध छैन । जुनसुकै मूल्य चुकाएर पनि देश र जनताको यावत समस्या सम्बोधनमा खट्नु यो सरकारको प्रमुख दायित्व हो । विगतको सरकारले महामारीले थलिएका नागरिकको स्वास्थ्य समस्या सम्बोधन गर्न र जनजीविका असहज भएका नागरिकलाई सहयोग गर्नका लागि खर्च गर्नुपर्ने समय सबै राजनीतिक दाउपेच र भ्रष्टाचारमा निर्लिप्त रहँदा नागरिकमा अत्यन्त निराशा उत्पन्न भएको छ । विद्यमान स्वास्थ्य समस्या, महामारीका कारण ठप्प भएको आर्थिक क्रियाकलाप र सामाजिक समस्याको मिहिन समीक्षा गरी त्यसको समाधानमा सरकार लाग्नु अत्यावश्यक छ ।
महामारीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय यथेष्ठ मात्रामा खोप प्राप्त गर्नु नै प्रमुख प्राथमिकता हो । केही नागरिकले खोप पाएका छन् तर अधिकांश यो सुविधाबाट बञ्चित भएको अवस्था छ । खोपमा पनि अनियमितता भएको र खोप पाउनु पर्ने वर्ग तथा समुदायको खोपमा पहुँच नपुगेको भन्ने आम गुनासो छ । टाठाबाठा र पहँुचवालाहरुले नियम मिचेर खोप लिएका समाचार निरन्तर सार्वजनिक हुदै आएका छन् । खोप सबैले पाउनु पर्दछ त्यसमा कुनै द्धिविधा छैन तर यसको प्राथमिकता भने निर्धारण गरी त्यसमा कडाई गरिनु आवश्यक छ । दैनिक काम नगरी खान नपुग्ने श्रमिक÷मजदुरहरु वा सर्वसाधारण नागरिकहरुलाई आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन र आपुर्तिमा योगदान गर्ने वर्गलाई खोपमा उच्च प्राथमिकता दिनुपर्नेमा त्यसतर्फ ध्यान पुगेको छैन । विद्यार्थी र शिक्षकहरु जसको काँधमा मुलुकको भविष्य र आशा अडिएको छ, उनीहरुलाई खोप दिने कार्यमा पनि अलमल देखिन्छ ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले उच्च प्राथमिकताका साथ श्रमिक तथा मजदुरलाई खोप उपलब्ध गराउनु पर्दछ । साथै विद्यार्थी र शिक्षकलाई पनि प्राथमिकताका साथ खोप प्रदान गरी पठन पाठन नियमित गर्नु अति आवश्यक छ । यो सरकारले खोप अनुदानको रुपमा मात्र लिने होइन आवश्यक परेमा आफैले खर्च गरेर पनि यथासक्य छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनु पर्दछ । नागरिकको जीवन रक्षा सरकारको प्रथम दायित्व हो भन्ने तथ्यलाई यो सरकारले आत्मसात गर्नेछ भन्नेमा म विश्वस्त छु । विशेष गरी श्रमिक÷मजदुर, विद्यार्थी र शिक्षकलाई उच्च प्राथमिकताका साथ खोप उपलब्ध गराउन म सरकारसँग आग्रह गर्दछु ।
जय नेपाल !
शंकर भण्डारी
केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख
नेपाली कांग्रेस

भक्तपुर-समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो ।
प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रीमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटिको संयोजकत्वमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
समाजवादी ट्रेडयुनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहालसहित अन्य पदधिकारीहरूको उपस्थिति स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
सो अवसरमा श्रमिकहरूको पनि हक र हित र श्रमिकको निमित सदैव खटेर डटेर सेवा गरिरहने अध्यक्ष गोलेले बताउनुभयो ।उहाँले देशैभरिका श्रमिकहरूको निमित राम्रो भूमिका खेल्नेका लागि वर्तमान सरकारले समन्वय गर्न उहाँले आग्रह गर्नुभयो । देशैभरिका लाखौ श्रमिकहरूको आवाजलाई वेवस्ता गरिए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।
अस्ट्रेलिया - एनआरएनए अस्ट्रेलियाको ३१ जुलाईमा सम्पन्न हुने निर्वाचनका लागि तास्मानिया राज्यबाट ‘सामुदायका लागि प्रतिवद्ध, सधै प्रगतिमा सर्मपित र प्राप्त गर्ने कोसिस’नाराका सहित सन्देश परियारले आफ्नो सुमह सार्वजनिक गर्दै उमेद्वारी घोषणा गरेका छन् ।
हालै आयोजित विशेष भेलाले एनआरएनए तास्मानिया संयोजक सहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको हो । जसमा एनआरएनए एनसिसि संयोजकमा सन्देश परियारको उमेद्वारी रहेको छ भने एनआरएनए एनसिसि सदस्यमा प्रेमप्रसाद धामी ९प्रमेज० र कविन कर्मचार्य सदश्य रहेका छन् ।
त्यस्तै यसै समुहबाट एनआरएनए एससिसि उपसंयोजक राज्य टेकनाथ सापकोटा, एनआरएनए एससिसि सचिव प्रदीप पोखरेल, एनआरएनए एससिसि संयुक्तसचिव मुगेन्द्र गौतम, एनआएनए एससिसि कोषाध्यक्ष उमेस सेन्चुरी, एनआएनए एससिसि युवा संयोजक रिवाज राउत क्षेत्री, एनआएनए एससिसि सदश्य सहारा पोखरेल, अर्जुन श्रेष्ठ, प्रमोद भण्डारी, सुमन पराजुली, महेश्वरी नेपाल र सदस्य सुभाष खतिवडा लगायत रहेका छन् ।
नेपाली समुदायलाई अझ सक्षम र सबल बनाउन सबैको एकता र सक्रियताको खाँचो रहेको संयोजक उमेद्वार सन्देश परियाले बताएका छन् ।
संयोजक सन्देश समुहले ६ बुदे कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसमा एनआएनए समुहलाई ताम्सानियमा दर्ता गर्ने, स्थानिय लाइबेरीमा नेपाली पुस्तक राख्ने र स्थानिय स्कुलमा नेपाली पठनपाठनको ब्यवस्था गर्ने, सामुदायिक भवन तथा नेपाली डिजाइन अनुसारको मन्दिर निर्माण गर्ने, युवा बर्गका लागि स्वस्थ्य तथा खेलकुदका कार्यक्रम, नेपाली कलासंस्कृति प्रवद्र्धन तथा संम्बद्र्धनका लागि फेष्टिभललगायतका कार्यक्रम लगायत रहेका छन् ।
यो समूहका उमेद्वारहरुले संस्थागत रुपमा मात्र नभएर ब्यक्तिगत रुपमा पनि स्थानिय नेपालीहरुका लागि सधै सहयोग र साथ दिदै आएकोले आफ्नो समुहको विजय हुने सदस्य पदका उमेद्वार र दिंदै आएको साथले पनि यो समूह विजय हुने दावी सदस्य उमेद्वार प्रेम प्र। धामीले गरे । उनले आफ्नो समुहको प्रचारप्रसार राम्रो भएको र सबैको प्रिय ब्यक्ति आफ्नो समुदायमा उमेद्वार रहेकोले जित हुनेमा आफ्नो समुह ढुक्क रहेको सुनाए ।
काठमाडौ -२१ वर्षअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गोली हान्न तयार छु भन्ने अभिव्यक्ति दिएपछि बरिस्ठ कलाकार तथा निर्देशक मोहन निरौला पक्राउ परेका थिए ।
ठीक २१ वर्षपछि वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोली हान्छु त भनेनन् तर गोड्से बन्न तयार छु भनेर हत्या गर्न तयार रहेको अभिव्यक्ति दिए ।
आजकालका धेरै मान्छेले मोहन निरौलालाई बिर्सिसकेका छन् । नरोत्तम वैद्यको विवादस्पद अभिव्यक्तिले फेरि कलाकार, निर्देशक निरौलालाई सम्झाइदिएको छ ।
निरौला पुरानो दिनलाई सम्झँदै भन्छन "वैद्य नेता भएकाले उनलाई राजनीतिक दबाबमा माफी मगाएपछि छाडिहाले, हामी जनतालाई सजाय गर्ने त हुन् । त्यसबेला म १५ दिन भूभिगत भएँ,अन्तिममा पक्राउ गरेर जेल हालेका थिए अदालतबाट छुटेँ ।"
के थियो त्यो घटना, जसले निरौलालाई भुमिगत बनायो ?
नेपालमा बहुदलीय व्यवस्था स्थापना भएको १० वर्षमै व्यवस्था बदनाम भइसकेको थियो । अहिले जस्तै दलहरुभित्र विकृतीले सरकार बन्ने र ढल्ने सांसद किनबेचका खेल भइरहेका थिए ।
एकातिर माओवादीले सशस्त्र युद्ध चलाइरहेको थियो भने अर्कोतिर वहुदलीय व्यवस्थाको विकृतिका कारण उत्पन्न जनताको असन्तुष्टीलाई दरबारले उपयोग गरिरहेको थियो ।
‘राजा आऊ देश बचाऊ’ अभियान चलाइरहेका एकजना अभियन्ता थिए मोहन निरौला । त्यसबेला चर्चित टेलिसिरियल र फिचर फिल्ममा समेत नाम कमाएका निर्देशक निरौला दरबार नजिकका मानिन्थे ।
तत्काली राजा वीरेन्द्रका भाइ पूर्व अधिराजकुमार धिरेन्द्र शाहसँग भित्रभित्रै माओवादीका नेताहरु पनि वार्तामा थिए । अधिराजकुमार पदवी खोसिए पनि दाजुको पक्षमा सक्रिय थिए ।
५७ सालमा राजावादी कलाकार मोहन निरौलाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आफैं गोली हान्न तयार भएको भनी भाषण गरेवापत उनी गिरफ्तार भएका थिए । उनी त्यसबेला परिवर्तन नेपाल नामक संस्थामार्फत राजालाई सक्रिय बनाउने गतिविधिमा संलग्न थिए । पर्यटन बोर्डको हलमा अधिराजकुमार धीरेन्द्र शाहको उपस्थिति रहेको कार्यक्रममा उनले त्यस्तो बोलेका थिए ।
निरौलाले भनेका थिए– गिरिजा भ्रष्टाचारी हो । यस्ता भ्रष्टलाई छानीछानी गोली हानुपर्छ । यसका लागि म तयार छु ।
प्रहरीले खोजेपछि उनी केही दिन भूमिगत भए । आइजिपी खरेलका दाइ तथा वरिष्ठ चलचित्रकर्मी यादव खरेलमार्फत गिरफ्तार नगर्ने कुरा मिलाएर उनी भूमिगत जीवनबाट निस्किए । तर, गृहमन्त्री खुमबहादुर खड्काको निर्देशनमा पुतलीसडक स्थित परिवर्तन नेपालको कार्यालयबाटै गिरफ्तार भएका थिए।
गिरिजाप्रसाद कोइराला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली जस्तै थिए । कि त उनका समर्थकमात्र थिए कि त उनका विरोधीमात्र । एमालेले गिरिजा प्रसादलाई लाउडा विमान भ्रष्टाचार काण्डमा संलग्न भएको भन्दै ५७ दिन संसद अवरोध गरेको थियो भने सडक आन्दोलनमा केही एमाले कार्यकर्ताको ज्यान समेत गएको थियो ।
निरौलाले प्रधानमन्त्रीको हत्या गर्छु भनेपछि उनलाई प्रहरीले पक्राउ गर्न खोज्यो । उनी १५ दिनसम्म भूमिगत बसे । कोइराला समर्थकले उनलाई दरवारले लुकाएको आरोप समेत लगाएका थिए ।
त्यसबेला आइजीपी थिए अच्युतकृष्ण खरेल, जसको दरवारसँग खटपट थियो । अन्ततः उनलाई वडा प्रहरी कार्यालय सिंहदरवाारले पक्राउ ग¥यो । तर जिल्ला अदालत काठमाडौंले छाड्ने आदेश दिएपछि आफू छुटेको त्यो समयलाई निरौला सम्झिन्छन् ।
निरौलालाई जिम्मा लिन कलाकार रविन्द्र खड्का गएका थिए, जो पछि राजा ज्ञानेन्द्रको शासनकालमा पनौतीको मेयर बने । अझ रोचक संयोग त के भने नरोत्तम वैद्यको अभिव्यक्तिलाई एमालेकै माधव नेपाल पक्षका नेता मेटमणी चौधरीले समर्थन जनाए जस्तै त्यसबेला पनि निरौलाको अभिव्यक्तिको समर्थन गर्दै तत्काली विद्रोही माओवादीका नेता डा.बाबुराम भट्टराईले कान्तिपुर दैनिकमा लेख लेखेका थिए ।
काठमाडौ( राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी छन् ।
सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए । त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ ९७० बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।
नयाँ संविधान जारी भएपछि राजनीतिक स्थिरताको अपेक्षा गरिए पनि साढे तीन वर्षमै सत्ता राजनीतिको दलीय कचिंगलमा परेर प्रतिनिधिसभा विघटनको अवस्था आएको हो । कोरोना महामारीका कारण जनजीवन आक्रान्त भइरहेका बेला अब मुलुकले फेरि निर्वाचनको भारी बोक्नुपर्ने भएको छ । एउटा कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा विघटन हुने विगतको नियतिको फेरि पुनरावृत्ति भएको छ ।
राष्ट्रपति भण्डारीले राति ११ बजेर ३८ मिनेटमा संविधानको धारा ७६ ९५० अन्तर्गतको प्रधानमन्त्री नियुक्त गर्न नसक्ने निर्णय गरेकी थिइन् । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको तर्क गर्दै राष्ट्रपति भण्डारीले ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि प्रतिनिधिसभा विघटनको धारा प्रयोग गर्ने बाटो खुलेको हो । संविधानको धारा ७६ ९७० मा उपधारा ५ बमोजिम ‘प्रधानमन्त्री नियुक्त हुन नसके प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने’ व्यवस्था छ ।
प्रतिनिधिसभा विघटन हुँदै चुनावमा जाने ओली योजनामा राष्ट्रपतिको निर्णर्यले सहयोग पुगेको छ । ‘यो प्रतिनिधिसभाबाट सरकार बन्ने सबै विकल्प सकिएकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानुपर्ने संवैधानिक बाध्यता सिर्जना भयो,’ मन्त्रिपरिषद् बैठकपछि अर्थमन्त्री विष्णु पौडेलले कान्तिपुरसँग भने, ‘त्यसैअनुसार प्रतिनिधिसभा विघटनको सिफारिस र निर्वाचनको मिति तय भएको हो ।’
प्रधानमन्त्री ओलीले गत पुस ५ मा आफूविरुद्ध घेराबन्दी भएको भन्दै प्रतिनिधिसभाको विघटन गरेका थिए । ओलीको उक्त कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा ब्युँताइदिएको थियो । त्यसपछि ओलीले कुनै न कुनै रूपमा आफ्नो उक्त निर्णय सही थियो भन्ने दाबी गर्ने आधारहरू खोजिरहेका थिए । त्यसैले उनी संविधानभित्रकै बाटोबाट प्रतिनिधिसभाको कार्यकाल पूरा नहुँदै विघटनको कोसिसमा थिए । उनको उक्त प्रयास शुक्रबार पूरा भएको छ । चुनावमा जाने योजनामा कांग्रेस र जसपाका केही नेताहरू पनि ओलीसँग निकट थिए । उनीहरूको छद्मइच्छा पनि अब पूर्ति भएको छ ।
संविधानको धारा ७६ ९१० मा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार ओली नै यसअघि नेकपाको नेताका रूपमा प्रधानमन्त्री भइसकेका थिए । नेकपाको एकीकरण अदालतले बदर गरेपछि ओली नै संविधानको धारा ७६ ९२० अन्तर्गत दुई वा दुईभन्दा बढी दलको समर्थनका प्रधानमन्त्रीका रूपमा रूपान्तरण भए । माओवादी केन्द्रले समर्थन फिर्ता लियो । ओली प्रतिनिधिसभामा विश्वासको मत लिन गए । विश्वासको मत नपाएपछि संविधानको धारा ७६ ९२० अनुसार राष्ट्रपतिले तीन दिनको समय दिएर दलहरूलाई सरकार निर्माणको आह्वान गरिन् ।
उक्त आह्वानअनुसार सरकार बन्न नसकेपछि ओली नै धारा ७६ ९३० अनुसार सबैभन्दा ठूलो दलको नेताका रूपमा प्रधानमन्त्री बने । गत साता उपधारा ३ अन्तर्गतको प्रधानमन्त्रीको शपथ लिएका ओलीले बिहीबार आफूले विश्वासको मत प्राप्त गर्न नसक्ने भन्दै राष्ट्रपतिलाई धारा ७६ ९५० अन्तर्गतको सरकार निर्माणको प्रक्रिया आरम्भ गर्न सिफारिस गरेका थिए । ओलीको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले करिब २१ घण्टाको मात्र समय तोकेर दलहरूलाई प्रधानमन्त्रीको दाबी गर्न आह्वान गरेकी थिइन् । त्यही समय सीमाभित्रको ओली र देउवाले गरेको दाबीलाई उनले दाबी नपुग्ने निर्णय गरिन् । क्रमशः यसरी संविधानभित्रबाट सरकार निर्माणका सबै ढोका बन्द भए ।
राष्ट्रपति भण्डारीले बिहीबार संविधानको धारा ७६ को ५ अन्तर्गत प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी थिइन् । उक्त समयमा ओली र देउवाले दाबी पेस गरेका थिए । तर दुवैका दाबीमाथि कानुनी अप्ठ्याराहरूसमेत औंल्याउँदै राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था आएको उल्लेख गरेकी थिइन् ।
‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एकअर्कामा दोहोरो परेका, दलको निर्णयविपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकाले नेपालको संविधानको धारा ८९ को खण्ड ९ङ० समेत आकर्षित हुन सक्ने, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद ६ का विषयहरूसमेतलाई ध्यान दिँदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले उक्त उपधारा ९५० बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन’ राष्ट्रपतिको निर्णयमा छ ।
राष्ट्रपति भण्डारीका अनुसार ओलीको पक्षमा एमाले १२१ र जनता समाजवादी पार्टीका ३२ जना सदस्यको समर्थन प्राप्त भएको भनिए पनि एमालेकै २६ जना र जनता समाजवादी पार्टी, नेपालका १२ जना सदस्यले अर्का दाबीकर्ता देउवालाई समर्थन गरेको देखिएको थियो । त्यस्तै देउवाका तर्फबाट पेस भएको दाबीमा १४९ जनाको हस्ताक्षर रहेको र एमालेबाट अर्का दलका उम्मेदवारको पक्षमा हस्ताक्षर गरेका सदस्यहरूलाई मान्यता नदिन अनुरोध आएको, निजहरूले दलीय अनुशासनविपरीत हस्ताक्षर गरेको पाइए प्रतिनिधिसभाको सदस्य नरहने गरी निष्कासन गरिने कुरा लेखी आएको राष्ट्रपतिको निर्णयमा उल्लेख छ । त्यस्तै जनता समाजवादी पार्टीबाट पनि पार्टीका सदस्यहरूले पार्टीको आचरण र मर्यादाविपरीत हस्ताक्षर गरेकाले अस्वीकृत गर्न आग्रह गरेकाले दुवैको दाबी नपुग्ने राष्ट्रपतिको तर्क छ । त्यही तर्कका आधारमा उनले ओली र देउवाको दाबी नपुग्ने निर्णय गरेकी थिइन् ।
दाबी नपुग्ने राष्ट्रपति भण्डारीको निर्णयप्रति विपक्षी दलका नेताहरूले आपत्ति जनाएका थिए । उनीहरूले आपत्ति जनाइरहँदा राति नै प्रतिनिधिसभा विघटनको निर्णय भएको थियो । शुक्रबार दिउँसो नै ओलीले आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था नभए प्रतिनिधिसभा विघटनमा जान सक्ने घोषणा गरिसकेका थिए । उनले राष्ट्रिय सहमतिको सरकार बनाउन आफू तयार भएको र त्यसका लागि अरूले समर्थन गर्नुपर्ने उनको तर्क थियो । अन्यथा प्रतिनिधिसभा विघटन भए त्यसको जिम्मेवार अन्य दलहरू हुने उनको घोषणा थियो । दिउँसो उनले गरेको घोषणाबाटै करिब प्रतिनिधिसभा विघटनको अनुमान भइसकेको थियो । सभार स् कान्तिपुरबाट
काठमाडौं । नेकपा एमालेका नुवाकोटका अध्यक्ष बद्री मैनालीले बिहीबार नुवाकोटमा पार्टीको कुनै कार्यक्रम नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै पार्टीको नाम लिएर बिहीबार भेला तथा बैठक गर्न लागिएको भन्ने अपुष्ट समाचार आएको भन्दै आपत्ति जनाएका छन् । उनले त्यो भेला पार्टीको आधिकारिक भेला नभएकाले सहभागी नहुन पनि नेता तथा कार्यत्रर्तालाई आग्रह गरेका छन् । उनीद्धारा प्रकाशित विज्ञप्तीमा पार्टी आफ्नो विधि, विधान, नीति, नियम, नियमावली र निर्देशिकाका आधारमा चल्ने भएकाले त्यो स्मरण गर्न पनि उनले अनुरोध गरेका छन् ।
पार्टीका कुनै पनि कार्यक्रम गर्दा माथिल्लो कमिटीले तल्लो कमिटीलाई सर्कुलर गर्ने पार्टीका पद्धति भएको भन्दै उनले त्यो प्रक्रियाबाहेकका भेला तथा बैठक अवैध भएको पनि स्पष्ट पारेका छन् । उनले नेकपा एमालेलाई एक पार्न आफु लागिरहेको जनाएका छन् । उनले पार्टीको हितविपरीत लाग्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एक भर्य अघि बढ्न समेत अनुरोध गरेका छन् । उनले कुनै पनि व्यक्तिको पार्टीविरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने पनि उल्लेख गरेका छन् । मैनाली नुवाकोटबाट प्रतक्ष्य निर्वाचित प्रदेशसभाका सांसद हुन।
बिष्णु गौतम
दमौली,२८चैत्र- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अन्धकारबाट जोगाउन पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा अर्को सरकार गठन गर्न आवश्यक रहेको वताएका छन् । गृह जिल्ला तनहुँ आइपुगेका काँग्रेसका वरिष्ठ नेता पौडेलले शनिबार रिपोटर्स क्लव नेपाल गण्डकी प्रदेशद्धारा दमौलीमा आयोजीत साक्षात्कारमा सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओली लोकतन्त्रको भ¥याङ्ग चढेर सर्वसक्तावाद तर्फ उन्मुख भएको आरोप पौडेलले लगाए ।
'मुलुकलाई अन्धकार तर्फ धकेल्ने काम ओलीले गरेका छन् । त्यसैले पनि उनको सरकारको विकल्पमा नया सरकार गठन हुनु पर्छ'पौडेलले भने । ओलीको विकल्पमा नया सरकार गठनका लागी काँग्रेसले छलफल थालेको पौडेलले वताए । माओवादी केन्द्र, जनता समाजवादी पार्टी सग काँग्रेसले सरकार गठनका लागी छलफल थालेपनि निष्कर्षमा पुगी नसकेको पौडेलले जनाए । ओली जती सत्तामा रहन्छन त्यति नै देशलाई नोक्सानी हुने भएकाले यो सरकारलाई विदा गर्न ढिला गर्न नहुने भनाई पौडेलको छ । 'चुनाव गर्ने समय नभएको भन्दै वर्तमान सरकारलाई पदच्युत गरी बाँकी २ वर्ष अर्को सरकार चलाउनुपर्छ'पौडेलले भने । आफनै पार्टी सभापति शेर वहादुर देउवाकै नेतृत्वमा सरकार गठन गर्नु पर्ने पक्षमा काँग्रेस रहेको उनले वताए । नेपाली जनतालाई खाली भोट हालीरहने मेशिनको रुपमा मात्रै प्रयोग गरिरहन नहुने उनले वताए । ओली सरकार भष्ट्राचारमा लिप्त भएको आरोप समेत पौडेलले लगाए । सवै अधिकार आफनो हातमा लिएर ओली सर्वसक्तावाद तर्फ उन्मुख हुन चाहन्छन त्यो कसैलाई पनि सहिय छैन पौडेलले भने ।
वाकी २ वर्ष अन्य राजनितीक दलहरुले सहमती गरी सरकार चलाउन पर्ने र त्यसपछि मात्रै चुनाव गर्नु पर्ने धारणा उनको छ । निजामती कर्मचारीको कार्यव्रmममा पार्टी सभापति शेर वहादुर देउवा र तपाइ विच विवाद भएको विषयमा सोधिएको जिज्ञासामा काँग्रेस वरिष्ठ नेता पौडेलले सर्वोच्चको दोस्रो पटकको फैसला आउनु अगावै केपी ओली र प्रदेश सरकार हटाउने प्रव्रिmया नथालीनु कमजोरी भएको वारे देउवालाई सुझाव दिएको हुँ कुनै विवाद भएको होइन उनले भने । स्थानीय नेताहरुले स्व।जमरकट्टेलले नेपाली कांग्रेस पार्टी र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पुरयाएको योगदानको चर्चा गरेका थिए ।
विष्णु जमरकट्टेल स्मृती प्रतिष्ठानको आयोजनामा गरिएको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरुले स्व।जमरकट्टेलले नेपाली कांग्रेस पार्टी र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पुरयाएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जमरकट्टेलले पुरयाएको योगदान अतुलनीय रहेको बताएका थिए । ‘जमरकट्टेल कांग्रेस र प्रजातन्त्रका लागि लड्ने योद्धा हुनु हुन्थ्यो कांग्रेस र प्रजातन्त्र माथि नै नोक्सानी पुरयाउने हिसाबले जमरकट्टेल तत्कालिन माओवादीले हत्या गरे ’ वरिष्ठ नेता पौडेलको भनाई थियो । व्यक्ति हत्या मुलुक र लोकतन्त्रका लागि कहिल्यै हित नगर्ने समेत वरिष्ठ नेता पौडेलको भनाई थियो । जमरकट्टेलले सपना साकार पार्नका लागि पनि शिशाघाटको विकासमा कांग्रेसले विशेष ध्यान दिने वरिष्ठ नेता पौडेलको भनाई थियो ।