रमेश कुवँरको एक कविता अझैं पनि बाँकी छ….

PNA


|
|


अझैं पनि बाँकी
विहान झिसमिसे देखि वेलुका आधि रातसम्म
हड्डी घोटिरहने हाम्रा आमा दिदी र बहिनीहरुको
पसिना नगदमा परिणत हुन अझैं पनि वाँकी छ
घर वाहिरको त कुरै छोड़ौ घर भित्र पनि
एकाथरिले म मालिक हुं भन्दै गर्जने
अर्का थरिले ऑशुले लत्पतिएको एक गाँस भात
निल्नु पर्ने नियति अझै पनि वाँकी छ
एकाथरिले महंगा स्कूलमा कम्प्यूटर संग
भविष्यका ऐना मोनिटरमा कोर्ने
अधिकाँश अर्का थरि च्यातिएको झोलामा
गाता नभएको कपीसँगै तीन अम्मलको
सिसाकलमले जीन्दगीको नक्शा कोर्नु पर्ने
वाध्यता हट्न अझै धेरै वाँकी छ
चुनाव संगै आएका विकासका आश्वासन लाई
खाल्डा र खुल्डी संग धुलाम्य र हिलाम्मे बाटाहरुको
कालोपत्रे हुने उत्कट सपनाहरु
विपनामा परिणत हुन अझै धेरै बाँकी छ
विरोजगारी संगै रित्तिएक युवाका खल्तीहरु
स्वरोजगारी भइ नगदले भरिने सपनाहरू
विपनामा परिणत हुनअझैं पनि वॉकी छ
अभावै अभावले आक्रान्त बनेको आम नागरिकको
मुहारहरुमा समृद्धिको लालिमाले
खुशीका रंगहरू पोतिन अझैं धेरै वाँकी छ
विना वैज्ञानिक आधार सानो जाती र ठुला जाती भन्दै एक अर्काको वीचमा ठड्याइका ठूला 
पर्खालहरुलाई समानताका गल र गैंचीले भत्काएर
सम्म मैदान बनाउन अझै धेरै बाँकी छ
खुशीरूपी अविरले एक अर्कालाई रंगाएर
वेखुशीलाई साउने सक्रान्तिमा लुतो फाले झैं फाली
सबै मिलेर समानता एकता र समृद्धिका
गीत गाउन अझैं पनि वाँकी छ