entertainment
||Power News Asia||

आजको समाचार

इनास नेपालको अध्यक्षमा लामिछाने

मनोरञ्जन


काठमाडौँ -अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् ।

मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् ।फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव र राजिन पनेरु सचिव पदमा निर्वाचित भए । कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ चुनिए ।

सदस्यहरूमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्वाचित भएका छन् । इनासको ग्लोबल सञ्चार प्रतिनिधि (जीसीआर) पदमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।

इनास नेपाल शाखाका निवर्तमान अध्यक्ष एवम् एसिया संयोजक समेत रहेका गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए ।

अध्यक्ष काफ्लेले संस्थाले विश्वव्यापी फैलिएको संस्थाको सञ्जालमार्फत नेपाली कला प्रवर्धनमा भूमिका निर्वाह गर्ने बताए । कला, साहित्य, संस्कृति, भाषा, खेलकुदजस्ता विधालाई समेटेर तिनको विकास र प्रवर्धनमा आफ्नो कार्यकालले त्यसका लागि पहल गर्ने जानकारी उनले जानकारी दिए ।

निर्माता संघको अध्यक्षमा उदय

मनोरञ्जन


काठमाडौं – चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमार थापालाई पराजित गर्दै विजय भएका हुन् । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाएका थिए ।

महाधिवेशनले महासचिवमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए । ९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।

निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।

राष्ट्रव्यापी योगदानकर्तालाई नागरिक समाजद्वारा विशेष नागरिक अवार्ड प्रदान

मनोरञ्जन


काठमाडौँ – सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १९औँ वार्षिकोत्सव तथा पाँचौँ विशेष नागरिक अवार्ड एवं स्रष्टा सम्मान २०८२ प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले सामाजिक रुपान्तरणको क्षेत्रमा नागरिक समाजले १९ वर्षदेखि निरन्तर सक्रिय रहँदै सबै विधालाई समेटेर सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्दै आएको प्रशंसनीय भएको बताइन्। उनले सरकारले गर्नुपर्ने धेरै सामाजिक कुराहरू नागरिक समाजले प्रभावकारी रूपमा पूरा गर्न सकेको उल्लेख गर्दै संस्थाको योगदानको प्रशंसा गरिन्।

कार्यक्रम संस्थाका अध्यक्ष याम बहादुर जी.सी.को सभापतित्व र पनाह अधिकाऱीद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रममा वरिष्ठ शिक्षाविद् प्रा. डा. चिरञ्जिवी शर्मा, माननीय सोमनाथ पाण्डे, वरिष्ठ व्यवसायी तथा समाजसेवी दीपक मलहोत्रा, वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, बीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. बद्री रिजाल, जनचेतना समाज परिवर्तन नेपालकी अध्यक्ष मुना निरौला त्रिपाठीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमकै दौरान संस्थाका सल्लाहकार डा. सुन्दर थापा, आनी भिमसुवा गुरुङ, मनोहरी कँडेल, डा. मनोरदिन सैयद, रामहरी सिलवाल, बाबुकाजी थापा, भवानी पौडेल, लक्ष्मण भण्डारी, याम श्रेष्ठलगायतको उपस्थितिमा समाज डेन्टल अस्पताल र नागरिक समाजबीच स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी कार्यसम्झौता पनि सम्पन्न गरिएको थियो। यस अवसरमा वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा, वरिष्ठ व्यवसायी तथा समाजसेवी दीपक मलहोत्रा, सामाजिक अभियन्ता तथा कलाकार कलावती श्रेष्ठ, वरिष्ठ पर्यटन व्यवसायी डा. धनञ्जय रेग्मीलाई विशेष व्यक्तित्व सम्मान प्रदान गरिएको थियो।

सामाजिक, सांस्कृतिक, शिक्षाक्षेत्र, सौन्दर्यकला, स्वास्थ्य, सञ्चार तथा अन्य विधामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरू-सोहन चौधरी, अमिर अधिकारी, चलचित्र निर्मात्री तथा सामाजिक अभियन्ता कल्पना के.सी., विनोद श्रेष्ठ, पुरुषोत्तम पन्त, टिकाराम तिवारी, गायिका सिर्जना के.सी., होमनाथ शर्मा, राम पन्त, सौन्दर्यविशेषज्ञ रिता राई, विनयजङ्ग बस्नेत, बिक्रम घिसिङ, याम नारायण मौली, डा. बद्री रिजाल, राज बस्न्यात, रामचन्द्र खड्का, कलाकार बासु फुयाँल, राजु कार्की, राधिका खड्का, लिना सुबेदी, तिलबहादुर कार्की, सुमिना श्रेष्ठ, लक्ष्मी थापा मगर, मिना थपलिया तथा ‘धिप्री फिल्म्स’ (अनिल कटवाल) लाई सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी राष्ट्रव्यापी प्रतिस्पर्धात्मक प्रतियोगिताका निर्णायक-मनोरदिन सैयद, अभिनेत्री तथा प्रिज्मा टेलिभिजनकी सञ्चालक पनाह अधिकारी, चलचित्र लेखक/निर्देशक रुशिल अमात्य, सञ्चारकर्मी शंकर रोक्का तथा टेलिचलचित्र निर्देशक दिवाकर भण्डारी “सापटे” लाई प्रशंसा–पत्र प्रदान गरियो।

राष्ट्रव्यापी रूपमा आयोजना गरिएको प्रतियोगिताका विजेताहरूलाई पर्यटन व्यवसाय होलिडे ट्रिप नेपाल ट्राभल्स एण्ड टुर तथा गोर्खाली रग्बी क्लबको विशिष्ट आतिथ्यमा अवार्ड प्रदान गरिएको थियो। पुरस्कार प्राप्तकर्ताहरूमा-रोहित कार्की (पर्यटन सेवा), बेञ्चमार्क हेयर एण्ड स्टुडियो, बिद्या श्रेष्ठ (सौन्दर्यकला), बिमला कोईराला (सौन्दर्यविद्), सञ्जित भण्डारी (चलचित्रअभिनेता), प्रकाश घिसिङ (म्युजिक भिडियो मोडल), संगीतकार सूर्य कश्यप, जयन्द्र चिलुवाल (अभिनेता/संगीतकार), निर्देशक राजेन्द्र बजगाईं, मिक्सिङ–मास्टरिङ विशेषज्ञ प्रकाश के.सी., टेलिभिजन कार्यक्रम प्रस्तोता सागरिका श्रेष्ठ, गायक भुवन बहादुर नेपाली “भुवन प्यासी”, म्युजिक भिडियो निर्देशक सुनिल बि.के. लगायतलाई लाइफ–अवार्ड प्रदान गरिएको थियो।

रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि

मनोरञ्जन


काठमाण्डौ– राजधानीमा शनिवार राती सम्पन्न विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् ।

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा चमक दमकका साथ भव्य रुपमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमूख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनु हुन्छ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन्। केडी फोटोग्राफी मस्ट फोटोजेनिक उपउपाधि विजेतासमेत बनेकी उनले शिर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वल्र्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि प्राप्त गर्ने भएकी छन् ।

प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेशनल भइन्। उनले सेन्ट्रल फेशन स्कुल फेशन आइकनको उपउपाधिलाई पनि आफ्नो बनाइन् । त्यसै गरी दिपिका तामाङ एमएस नेपाल इन्टरनेशनलको उपाधि विजेता भइन् । मिसेस नेपाल वल्र्डमै विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युवर्स च्वाईस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्सअपका साथमा क्युट केयर वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअपका साथमा सावित्री कञ्जनजंगा वेष्ट डान्सरको विजेता भए । उनीहरुले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

मिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।

सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झण्डै साँढे ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पु¥याए वापत मानार्थ मिसेस नेपाल वल्र्ड २०२५ बाट सम्मानित गरियो । सम्मानअघि अभिनेत्री चन्दलाई समर्पण गर्दै मोडलद्धय एसराज गराच र ऋचा थापाले कोरस कलाकारका साथमा उनका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
विभिन्न मनोरञ्जक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको प्रतियोगितामा विभिन्न शिर्षकमा उपाधि पनि प्रदान गरिएको छ । कार्यक्रममा नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस उपाधि अरुणा लामाले प्राप्त गरिन् । त्यसै गरी मेहता कस्मेटिक्स हेल्दी स्किन तारा खनाल, मिशेलिन बेस्ट र्याम्प वाक सुम्निमा खापुङ, एआरएस डेन्टल बेस्ट स्माइल बिनिता अधिकारी, रिलायबल डायग्नोस्टिक ल्याबरोटोरी मस्ट डिसिप्लेन्ड विष्णु भण्डारी, क्याभिन्स मस्ट फ्रेन्डली कुसुम खड्का, भीनी मस्ट ट्यालेन्टेड कञ्चन झा, फ्लाइटेक इन्टरनेशनल मिसेस इको फ्रेन्डली कल्पना बिष्ट र मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन उप उपाधि शुभाना रोक्कालाई प्रदान गरिएको छ।

त्यसै गरी अयुथ वेदा बेस्ट पर्सनालिटी इमायुं राई, स्वास्थ्य श्री बेस्ट फिजिक सुमिना महर्जन, राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चल व्युटी गंगा लामिछाने र रिबन इन्टरटेनमेन्ट मेनेजमेन्ट च्वाइस उपउपाधि सजनी जोशीले प्राप्त गरिन्।

प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता, रंगकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वल्र्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा। कर्ट निर्णायक रहेका थिए।

सेसेमी लिम्बुले सञ्चालन गरेको प्रतियोगितामा कोरियोग्राफी अश्विनीकान्त झा र डान्स कोरियोग्राफी सन्दीप भुजेलले गरेका थिए भने प्रतियोगिताको समयोजन सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गरेका थिए।

तस्वीर : बद्री थापा

बगाले ‘जिनियस पत्रकारिता सम्मान’बाट सम्मानित, विभिन्न विधामा कलाकारहरूलाई अवार्ड प्रदान

मनोरञ्जन


काठमाडौं | नेपाली संगीत, कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि. द्वारा आयोजित “छैटौं जिनियस म्युजिक अवार्ड–२०८१ एण्ड जिनियस अचिभमेन्ट अवार्ड–२०२५” तथा “जिनियस लोक नृत्य प्रतियोगिता–२०८२” राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा नेपाली संगीत क्षेत्रमा दिर्घ योगदान पुर्‍याएकी अग्रज गायिका मीरा राणालाई ‘दिर्घ साधना सम्मान’ प्रदान गरिएको थियो।
त्यसैगरी ‘जिनियस पत्रकारिता सम्मान’ अन्तर्गत रामजी बगाले, तुलसी गिरी, चन्द्रमणी गौतम, सुरेन कुँवर र अक्कल कुँवरलाई सम्मान गरिएको थियो।

सामाजिक क्षेत्र, व्यवसाय र साहित्यमा उल्लेखनीय योगदान पुर्‍याउने राममणी न्यौपाने, लोकनाथ भट्ट र डा. कृष्णहरि बराललाई जिनियस अचिभमेन्ट अवार्ड–२०२५ प्रदान गरिएको थियो।
यस्तै, देवेन्द्र शाही, बसन्त घिमिरे, प्रदीप अर्याल, रोशन कुमार श्रेष्ठ, रुद्रबहादुर नेपाल, जुनु घिमिरे, प्रकाश कुमार श्रेष्ठ, जयराम तिमील्सिना र दिपा श्रेष्ठलगायतका व्यक्तिहरू पनि विशेष सम्मानका पात्र बने।

स्रष्टा र विशेष सम्मान अन्तर्गत सोनाम पाख्रिन, शोभा त्रिपाठी, प्रोसेस पाण्डे, अश्विनी कान्त झा, दिपीका बलामी, सन्दिप भुजेल, टेकराज पाण्डे, अप्सना नेवा हायु, जितेन तामाङ, ईश्वर गुरुङ, जितेन्द्र महर्जन, सुरज पौडेल र बिजेता परियारलाई सम्मान गरियो।

विभिन्न ४० भन्दा बढी विधामा उत्कृष्ट ठहरिएका कलाकारहरूलाई अवार्ड प्रदान गरिएको थियो।
मुख्य विजेता सूचीमा
सर्वोत्कृष्ट नव गायिका (लोक/दोहोरी) रिया खत्री,
सर्वोत्कृष्ट गायिका (लोक/दोहोरी) पूर्णकला बी.सी.,
सर्वोत्कृष्ट गायिका (पप) ममता गुरुङ,
सर्वोत्कृष्ट गायिका (आधुनिक) रचना रिमाल,
सर्वोत्कृष्ट गीतकार (चलचित्र) श्रवण मुकारुङ,
सर्वोत्कृष्ट संगीतकार (चलचित्र) अर्जुन पोखरेल,
पब्लिक च्वाइस अवार्ड दुर्गेश थापा (“दुश्मन हेरेको हेरै”),
पब्लिक फेस अवार्ड उमर खान,
र पब्लिक च्वाइस (जुरी) सारिका घिमिरे (“गुन भुल्यौ”) रहेका छन्।

यस्तै, प्रियंका कार्की, दुर्गेश थापा, महेश शिल्पाकार, राज सिग्देल, शिव कैलाश, अर्जुन सापकोटा, सन्तोष राजवाहक लगायतका कलाकारहरूले पनि विभिन्न विधामा अवार्ड हात पारे।

लोकनृत्य प्रतियोगितामा विद्यालयस्तरबाट आकर्षक प्रस्तुति देखाइएको थियो।
रिलायन्स इन्टरनेशनल एकेडेमी पहिलो, तिरुपति इङ्लिस स्कूल दोस्रो, मानसिधार्थ इङ्लिस स्कूल तेस्रो र टाइमलाइन स्कूल चौथो स्थानमा रहेका थिए।
कार्यक्रमको सञ्चालन **गोपाल ढकाल ‘छन्दे’**ले गर्नुभएको थियो भने सारिका घिमिरे, चेतन राई, बिनोद ढकाललगायतका कलाकारहरूको गायन प्रस्तुति दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

जिनियस म्युजिक अवार्डका निर्णायक मण्डलमा राजु सिंह, भानुभक्त ढकाल, पुरु लम्साल, गैरे सुरेश, दिपक शर्मा, रमेश पाठक, माधव खरेल, केशब कोईराला, मञ्जु लावती, बिनोद पछ्याई र गोबिन्द भट्ट रहेका थिए।
त्यस्तै लोकनृत्य प्रतियोगिताका निर्णायकमा कमल राई, जोगेन्द्र केसी र आर.सी. कोईराला रहेका थिए।

कार्यक्रममा उपस्थित कलाकार, विद्यार्थी, अभिभावक र दर्शकहरूले जिनियस म्युजिक अवार्डलाई नेपाली संगीत, नृत्य र सिर्जनात्मक प्रतिभाको उत्कृष्ट मञ्चको रूपमा प्रशंसा गरेका थिए।
आयोजक संस्थाले आगामी वर्षमा यस कार्यक्रमलाई अझ व्यापक बनाई अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाकार र सिर्जनाको पहिचान स्थापित गर्ने लक्ष्य रहेको जनाएको छ।

कन्हैया सिंहको ‘शरदको तिमी जुन हौ’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं- कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘शरदको तिमी जुन हौ’ सार्वजनिक भएको छ । विपिन आचार्यको, शब्द, सङ्गीत र एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विपिनकै निर्देशन, विजय लामा रुम्बाको कोरियोग्राफी रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा कन्हैयासँगै सञ्चिता बोलखेलाई फिचरिङ गरिएको छ । विजयकै छायांकन रहेको गीतको भिडियोमा उहाँकै दृश्य सम्पादन छ ।

नेपाली आधुनिक सुगम सङ्गीतको क्षेत्रमा स्थापित लोकप्रिय गायक एवम् सङ्गीतकार कन्हैया सिंह परियार । पछिल्लो समय अमेरिकामा बस्दै आउनुभएका उहाँले करिब तीन सयको सङ्ख्यामा आधुनिक, चलचित्र, राष्ट्रिय, प्रगतिशील, लोक, पप, लोकपप तथा विभिन्न भाषा भाषीलगायतका गीत सङ्गीतमा गायन तथा सङ्गीत गर्नुभएको छ ।

उहाँको स्वरमा रहेका थुप्रै गीतहरूमध्ये ‘तिम्ले भुल्न सके पनि, मन हुनेको माया, मुटुमा पीडा भए पनि, म हुँ पश्चिमको छोरो, चढेर हेर हिमाल त्यो, धनगढीको बैँसालु सुन्दरी, आँसुको मूल्य सोध, अलिकति आवाज देऊ मैले गीत गाउँदा, नेपालगञ्ज बजारैमा घाम लाग्यो घमाइलो, ठ्याक्कै भेटौँला, नजर नजरको, अचानक, जुन गीत सुनेर मिठो आभास हुन्छ’ लगायतका गीत औधि मन पराइएका छन् ।

उहाँ हालै काठमाडौंमा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

मनोरञ्जन


काठमाडौं- छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । नेपाली संगीत, कला र संस्कृतिको प्रवद्र्धनमा निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि.द्वारा आयोजित जिनियस म्युजिक अवार्ड-२०८१ एण्ड जिनियस अचिभमेन्ट अवार्ड-२०२५ तथा जिनियस लोक नृत्य प्रतियोगिता-२०८२ भव्य काठमाडौंमा एक विशेष कार्यक्रमबीच सम्पन्न भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको समारोहमा कार्यक्रममा अग्रज गायिका मीरा राणालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियोे भने पत्रकार सम्मानअन्तर्गत रामजी बगाले, अक्कल कुँवर, तुलसी गिरी, चन्द्रमणि गौतम र सुरेन कुँवरलाई सम्मान गरिएको थियो । जिनियस अचिभमेन्ट अवार्ड-२०२५ का रूपमा समाजसेवी तथा अभियन्ता राममणि न्यौपाने, युवा व्यवसायी लोकनाथ भट्ट र वरिष्ठ गीतकार डा.कृष्णहरि बराललाई सम्मान गरिएको थियो ।

जिनियस अचिभमेन्ट सम्मान-२०२५ मार्फत देवेन्द्र शाही (समाजसेवी/व्यवसायी), वसन्त घिमिरे (कीर्तिमानी धावक), प्रदीप अर्याल (व्यवसायी), रोशनकुमार श्रेष्ठ (समाजसेवी/व्यवसायी), रुद्रबहादुर नेपाल (समाजसेवी/व्यवसायी), जुनु घिमिरे, प्रकाशकुमार श्रेष्ठ (समाजसेवी/व्यवसायी), जयराम तिमील्सिना साहित्यकार, दीपा श्रेष्ठ (समाजसेवी/व्यवसायी)लगायत व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

त्यसैगरी स्रष्टा सम्मान र विशेष सम्मान अन्तर्गत सोनाम पाख्रिन (निर्देशक), शोभा त्रिपाठी (गायिका), प्रोसेस पाण्डे (प्रतिभा सम्मान), अश्विनी कान्त झा (इभेन्ट डाइरेक्टर), दिपिका बलामी (प्रतिभा सम्मान), सन्दीप भुजेल (नृत्य निर्देशक), टेकराज पाण्डे र अप्सना नेवा हायु (शृंगार), जितेन तामाङ (संगीतकार/समाजसेवी), ईश्वर गुरुङ (संगीत व्यवसायी), जितेन्द्र महर्जन, सुरज पौडेल (गायक), विजेता परियार (नव कलाकार) लगायतका व्यक्तिहरू सम्मानित हुनुभएको थियो । समारोहमा सारिका घिमिरे, चेतन राई, विनोद ढकाललगायतको गायन प्रस्तुति र विभिन्न विद्यालयका विद्यार्थीले प्रस्तुत गरेको समुहिक लोक नृत्यले दर्शकलाई मन्त्रमुग्ध गरेको थियो ।

जिनियस म्युजिक अवार्ड-२०८१ का निर्णायक मण्डलमा वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल, गीतकार तथा साहित्यकार पुरु लम्साल, संगीतकार गैरे सुरेश, संगीतकार दीपक शर्मा, गायक रमेश पाठक, निर्देशक माधव खरेल, कोरियोग्राफर केशव कोइराला, गायिका मञ्जु लावती, संगीतकार बिनोद पछ्याई र गीतकार गोबिन्द भट्ट रहनुभएको थियो । त्यस्तै जिनियस लोक नृत्य प्रतियोगिता-२०८२ का निर्णायकमा वरिष्ठ नृत्य निर्देशक कमल राई, नृत्य निर्देशक जोगेन्द्र केसी र आर.सी.कोइराला रहनुभएको थियो ।

जिनियस म्युजिक अवार्ड-२०८१ अन्तर्गत विभिन्न विधाका स्रष्टा सर्जकलाई सम्मान गरिएको थियो । सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीततर्फ ‘बुद्धको देश नेपाल’- खेमनाथ दाहाल, चलचित्र श्रेणीमा सर्वोत्कृष्ट गीत ‘यो मन त मेरो नेपाली हो’, सर्वोत्कृष्ट गीतकार (चलचित्र) श्रवण मुकारुङ, सर्वोत्कृष्ट संगीतकार (चलचित्र) अर्जुन पोखरेल, सर्वोत्कृष्ट गायिका (चलचित्र) इन्द्रकला राई, सर्वोत्कृष्ट गीतकार (आधुनिक) रोशनी तारा बज्राचार्य, सर्वोत्कृष्ट गीतकार (डायस्पोरा) दीपेन्द्र खड्का, सर्वोत्कृष्ट संगीतकार (लोक/पप) प्रमोद पन्त, सर्वोत्कृष्ट संगीतकार (आधुनिक) जीवन शर्मा, सर्वोत्कृष्ट गायक (आधुनिक) महेश शिल्पाकार, सर्वोत्कृष्ट संगीत संयोजन रिकेश गुरुङ किज, सर्वोत्कृष्ट ध्वनि मिश्रण साजन शाह, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (पप/आधुनिक) देवेन्द्र पाण्डे, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (आधुनिक) सन्तोष लामा, सर्वोत्कृष्ट महिला मोडल (पप/आधुनिक) बिना राउत, सर्वोत्कृष्ट पुरुष मोडल (पप/आधुनिक) रमेश विश्वकर्मालाई अवार्ड प्रदान गरिएको थियो ।

यस्तै सर्वोत्कृष्ट संगीतकार (पप/आधुनिक) योगेश काजी शाह, सर्वोत्कृष्ट गायक राज सिग्देल, सर्वोत्कृष्ट गायिका रचना रिमाल, सर्वोत्कृष्ट गायक (लोक पप) शिव कैलाश, सर्वोत्कृष्ट गायिका (लोक) सरिता भारती, सर्वोत्कृष्ट नवमोडल (पप) मुकेश गुरुङ, सर्वोत्कृष्ट पुरुष मोडल दुर्गेश थापा, सर्वोत्कृष्ट महिला मोडल प्रियंका कार्की, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकन हरि हुमागाई, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन पवन सुस्लिङ, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक माधव शर्मा, सर्वोत्कृष्ट लय संकलक (लोक/दोहोरी) वसन्त थापा, सर्वोत्कृष्ट गायक (लोक/दोहोरी) अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका (लोक/दोहोरी) पूर्णकला बीसी, सर्वोत्कृष्ट नवगायक (लोक/दोहोरी) श्रीराम पौडेल, सर्वोत्कृष्ट नव गायिका (लोक/दोहोरी) रिया खत्री, सर्वोत्कृष्ट गायक (पप) सिडी विजय अधिकारी, सर्वोत्कृष्ट गायिका (पप) ममता गुरुङ, सर्वोत्कृष्ट महिला मोडल (लोक/दोहोरी) अस्मिता रनपाल, सर्वोत्कृष्ट म्युजिक भिडियो नृत्य निर्देशक सन्तोष राजवाहक, सर्वोत्कृष्ट गायक (नेवारी गीत) ईश्वर मागिया, सर्वोत्कृष्ट तीज गीत ‘ढल्काएर छड्के तिलहरी’, सर्वोत्कृष्ट नवगायक (लोक/दोहोरी) (जुरी) सञ्जय देवकोटा, सर्वोत्कृष्ट गायिका (तीज गीत) मञ्जु थापा, पब्लिक च्वाइस अवार्ड ‘दुश्मन हेरेको हेरै’ का लागि दुर्गेश थापा, पब्लिक फेस अवार्ड उमर खान, सर्वोत्कृष्ट गायक (तामाङ सेलो) हवल लामा, सर्वोत्कृष्ट नवमोडल (पप/आधुनिक) ध्रुव जिसी, सर्वोत्कृष्ट नवगायिका (पप/आधुनिक) स्मिता बोहोरा र पब्लिक च्वाइस अवार्ड (जुरी) ‘गुन भुल्यौ’-सारिका घिमिरेले प्राप्त गर्नुभयोे ।

त्यसैगरी जिनियस लोक नृत्य प्रतियोगिताअन्तर्गत विभिन्न विद्यालयका समूहले आकर्षक प्रस्तुति दिएका थिए । प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडेमी पहिलो, तिरुपति इङ्लिस स्कूल दोस्रो, मानसिधार्थ इंग्लिस स्कुल तेस्रो र टाइमलाइन स्कुल चौथो स्थानमा रहेका थिए । कार्यक्रमको सञ्चालन गोपाल ढकाल ‘छन्दे’ले गर्नुभएको थियो । विविध सांस्कृतिक लोक नृत्यका प्रस्तुतिहरूले कार्यक्रमलाई अझ रंगीन र मनोरञ्जनपूर्ण बनाएको थियो । कार्यक्रममा उपस्थित कलाकार, विद्यार्थी, अभिभावक र दर्शकहरूले जिनियस म्युजिक अवार्डलाई नेपाली संगीत, नृत्य र प्रतिभा प्रदर्शनको उत्कृष्ट मञ्चका रूपमा प्रशंसा गरेका थिए ।

कार्यक्रममा संगीत, नृत्य र सम्मानको समिश्रणले नेपाली सांगीतिक क्षेत्रको विविधता, सिर्जनशीलता र मौलिक पहिचानलाई उजागर गरेको आयोजकले जनाएको छ । जिनियस म्युजिक अवार्ड नेपाली कला, संस्कृति र मौलिक संगीतको संरक्षण, प्रवद्र्धन र प्रोत्साहनका लागि निरन्तर आयोजित हुँदै आएको प्रतिष्ठित मञ्च हो । आयोजक संस्थाका अध्यक्ष रमेश पाठकले आगामी वर्षहरूमा अझ व्यापक रूपमा अन्तर्राष्ट्रियस्तरमा नेपाली कलाकार र सिर्जनाको पहिचान स्थापित गर्ने लक्ष्य राखेको बताउनुभयो ।

‘लोक दोहोरी स्टार’ का लागि म्युजिक नेपाल र एभेन्टोज डिजिटलबीच आधिकारिक सम्झौतासम्पन्न

मनोरञ्जन


काठमाडौं — नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा अर्को एउटा महत्वपूर्ण अध्याय थप्दै, एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच बहुप्रतिक्षित टेलिभिजन रियालिटी शो “लोक दोहोरी स्टार” का लागि आधिकारिक म्युजिक पार्टनर सम्झौता सम्पन्न भएको छ। म्युजिक नेपालका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उत्तम थापा र एभेन्टोज डिजिटलका तर्फबाट शोका निर्माता डेभिल सिंह राजपुतले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता कार्यक्रममा म्युजिक नेपालका तर्फबाट निराजन महर्जन उपस्थित थिए भने एभेन्टोज डिजिटलका तर्फबाट शोका सह–निर्माता तथा प्रशासन प्रमुख यादब बहादुर थापा सहभागी थिए। साथै, शो निर्देशक माधव राज खरेल, र शोका निर्णायक चन्द्र शर्माजस्ता व्यक्तित्वहरूको उपस्थिती रहेको थियो।

दुबै पक्षले कार्यक्रममा “लोक दोहोरी स्टार” लाई नेपाली संगीत इतिहासकै भव्य र फरक शोका रूपमा प्रस्तुत गर्ने साझा प्रतिबद्धता व्यक्त गरे। उनीहरूको भनाइ अनुसार, यो सहकार्यले शोका मौलिक गीत, दोहोरी र सिर्जनात्मक प्रस्तुतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा म्युजिक नेपालको डिजिटल प्लेटफर्ममार्फत प्रचार–प्रसार गर्न सहयोग पु¥याउनेछ।

एभेन्टोज डिजिटलद्वारा निर्माण भइरहेको “लोक दोहोरी स्टार” ले देशभरका प्रतिभाशाली लोक दोहोरी गायक–गायिकाहरूलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्य लिएको छ। निर्णायक मण्डलमा र्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिका रीता थापा मगर, गायक तथा संगीतकार चन्द्र शर्मा, र गायक तथा संगीतकार अमृत खाती रहेका छन्। शोको एक्सक्लुसिभ टेलिभिजन पार्टनर स्पेस टेलिभिजन रहेको छ भने अफिसियल युट्युब च्यानल एभेन्टोज डिजिटलमार्फत कार्यक्रम प्रसारण गरिनेछ। यस अघि यस सिजनको “लोक दोहोरी स्टार” को मेघा अडिशनको कार्य सम्पन्न भैसकेको छ ।

सम्झौतापछि दुवै संस्थाका प्रतिनिधिहरूले यो सहकार्य नेपाली लोकसंगीतको उत्थान र संरक्षणका लागि माइलस्टोन सावित हुने विश्वास व्यक्त गरे। शोले परम्परागत लोकसंगीतलाई आधुनिक प्रविधि र आकर्षक प्रस्तुतीको माध्यमबाट नयाँ पुस्ताका दर्शकमा पुनः जीवन्त बनाउने लक्ष्य लिएको छ। कार्यक्रम मंसीरको दोश्रो साताबाट प्रशारणमा आउने भएको छ ।

दुई दिने आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न

मनोरञ्जन


काठमाडौं– पाँचौं संस्करणको ‘आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’ काठमाडौंमा प्रारम्भ भएको छ । सिटी सेन्टर कमलपोखरीमा मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेशनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रवन्ध निर्देशक फुपु तेञ्जिङ शेर्पा, सल्लाहकार तथा व्यवसायी उज्ज्वलजङ्ग शाह, फोटोग्राफर शिवलाल श्रेष्ठसहितका व्यक्तित्वले उक्त एक्स्पोको रिबन काटेर भव्य शुभारम्भ गरिएको छ ।

दुई दिने प्रतिस्पर्धात्मक एक्स्पोको आयोजक तथा आईआईएफटीका प्रवन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनमा अध्ययन गरेका इन्टेरियर डिजाइनका विद्यार्थीहरूले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्त्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको हो।

एक्स्पोमा इन्टेरियर डिजाइन अध्ययन गर्ने विद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरू राखिएको छ । एक्स्पोमा क्याफे, कार शोरूम, बैंक डिजाइन, नेवारी क्याफे, रेष्टुराँ, प्रि–स्कुल, स्पासहित विभिन्न प्रोजेक्टहरू समावेश छन् । एक्स्पोमा विद्यार्थीहरूले क्याफे तथा रेष्टुराँको थिममा प्रोजेक्ट बनाएका छन् भने ग्राजुएट हुन लागेका विद्यार्थीहरूले थेसिस प्रस्तुति स्वोरुप बिबिध बिषयमा डिजाइनहरुको मकप एक्स्पोमा राखेका थिए। एक्स्पोलाई थेसिस १७ जना विद्यार्थी र क्याफे
तर्फ़ ३९ जना विद्यार्थी सहभागी भएका थिए ।

एक्स्पोमा सहभागिता जनाएका विद्यार्थीहरुले स्वदेश अथवा विदेश, जहाँ भए पनि इन्टेरियर डिजाइनको भविष्य राम्रो भएकाले यो विषय अध्ययन गरेको धारणा व्यक्त गरेका छन् । दोस्रो दिन सम्पन्न ग्राजुएशन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँ महानगरपालिकाकी उप–मेयर श्री सुनिता डंगोल ज्यु उपस्थित हुनुहुँदै, उहाँले ग्राजुएट विद्यार्थीहरूलाई Certificate of Accomplishment प्रदान गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथिहरूको सहभागितासहित क्याफे डिजाइन तर्फ़ उज्ज्वल शाही , सगुन पौडेल , दिपेश माली र अर्जुन तामांग क्रमस प्रथम दितिय, तृतीय र पब्लिक चोइस अवार्ड विधामा र थेसिस डिजाइन तर्फ़ उज्ज्वल शाही , प्राची ठाकुर , बालकृष्ण बस्याल मोहनी महर्जन क्रमस प्रथम दितिय, तृतीय र पब्लिक चोइस अवार्ड विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथिद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

विशेष अतिथिहरूमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक श्री अशुतोष खेतान, व्यवसायी श्री अनिल थामन, श्री उज्ज्वल कृष्ण श्रेष्ठ, तथा बरिष्ठ गायक श्री लाक्पा शेर्पाज्युहरू हुनुहुन्थ्यो। यस अवसरमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक श्री अशुतोष खेतानज्युले आफ्नो कम्पनीको तर्फबाट विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रम शेर्पा ग्रुपको मुख्य प्रयोजनमा तथा बर्जर पेन्ट्स र लामिनार टाइल्सद्वारा सह–प्रायोजक रूपमा सहभागिता जनाइएको थियो।

स्याङ्गबोको ‘यो नयन’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं- डिजिटल युगको विकाससँगै गीत–संगीतको क्षेत्रमा नयाँ–नयाँ प्रतिभाहरु उदाउँदै आएका छन्। यही क्रममा पर्सा, बिरगञ्जका बिज्ञान स्याङ्गबोले आफ्नो नयाँ गीत ‘यो नयन’ सार्वजनिक गरेका छन्। गीतमा बिज्ञान स्याङ्गबो र अस्मिता अधिकारीको सुमधुर आवाज सुन्न सकिन्छ। यस गीतका शब्द र संगीत पनि स्वयं विज्ञान स्याङ्गबोकै हुन्। गीतको एरेन्ज, मिक्सिङ र माष्टरिङको जिम्मेवारी बाबु प्रधानले सम्हालेका छन्।

निर्मल कुमार लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र अन्जु तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ। सुन्दरताले भरिएकी अन्जु तामाङको यो पहिलो डेब्यु म्युजिक भिडियो हो। हाल उनी स्नातक तेस्रो वर्षमा अध्ययनरत छन्। भक्तपुरकी अन्जुले सानैदेखि नै गीत–संगीत र अभिनयमा रुचि राख्दै आएकी बताएकी छिन्। यस भिडियोमार्फत उनले अभिनय क्षेत्रमा आफ्नो उज्ज्वल भविष्यको संकेत देखाएकी छिन्।

गीतको छायांकन पवन शुस्लिङले गरेका छन् भने मेकअप शुभास तिमिल्सिनाको रहेको छ। भिडियोको सम्पादन र कलर ग्रेडिङ पनि पवन शुस्लिङकै हातबाट गरिएको हो। ‘यो नयन’ गीतलाई बिज्ञान स्याङ्गबोको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। विज्ञानले यसअघि आफ्नो आवाजमा १० वटा गीत सार्वजनिक गरिसकेका छन् र करिब १५० भन्दा बढी गीतका शब्द लेखिसकेका छन्।