काठमाण्डौ - चलचित्र ‘टेम्के द डेष्टिनेशन’को शुभमुहूर्त गरिएको छ । धार्मिक विधिअनुसार शुक्रबार भद्रकाली मन्दिरमा विशेष पुजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नरिवल फोडेर क्ल्याप ईन गरे सँगै शुभमुहुर्त सट लिइएको थियो ।
देवप्रसाद धिमालको निर्देशन रहने चलचित्रमा शिव श्रेष्ठ, श्रीदेव भट्टराई, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल, विवेक खड्कालगायतका कलाकारहरुको अभिनय रहने छ ।
निर्माण टिमले चलचित्रको छायाँकन चैत्र दोस्रो साताबाट सुरु हुने जनाएकोे छ । काठमाडौं र भोजपुरका विभिन्न स्थानमा छायाँकन गरिने जनाइको छ । निर्देशक धिमाल स्वयंकै निर्माण रहने चलचित्र आर.डी.एस. नेपालको प्रस्तुतीमा बन्ने छ । चलचिका सह–निर्माता पंकज सरदार हुने भने भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माता रहेका छन् । नरेश ऐयरको छायाँकन रहने चलचित्रमा राजु किरातको द्वन्द निर्देशन रहने छ ।
काठमाडौं – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०२६’ को आवेदन आव्हान गरिएको छ ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को यो नवौँ संस्करण हो । सभ्य, भव्य र सुसंस्कृत रूपमा आयोजना हुँदै आइरहेको निम अवार्डको समापन समारोह आगामी २०८३ साल वैशाखको तेस्रो साता काठमाडौंमा आयोजना गरिने कार्यक्रम संयोजक तथा पिम नेपालकी महासचिव कमला जोशीले जानकारी दिनुभएको छ ।
देशका विभिन्न भेगका कलाकारहरूको सहभागिता रहँदै आएको निम अवार्डमा नेपालमा बोलिने विविध भाषाभाषीका गीत–संगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिलेसम्मकै बृहत् संख्यामा विभिन्न भाषाका गीतहरूको उत्साहजनक सहभागिता भएकाले यसलाई नेपालकै पहिलो समावेशी अवार्डका रूपमा लिइन्छ ।
नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरूलाई कार्यक्रममा सहभागी गराउँदै आएको यस अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथिली, भोजपुरी, राई, लिम्बू, थारू (चौधरी), शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार लगायतका विभिन्न भाषाका गीत तथा भिडियोहरू सहभागी हुँदै आएका छन्। यस वर्ष पनि ती भाषा तथा भाकाका गीत–संगीतलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जनाएको छ ।
अंग्रेजी क्यालेन्डरअनुसार सन् २०२५ जनवरी १ देखि २०२५ डिसेम्बर ३० भित्र सार्वजनिक भएका (एक वर्षभित्रका) गीत तथा म्युजिक भिडियोहरू उक्त अवार्डमा सहभागी हुन योग्य हुनेछन् ।
ईरा प्रोडक्सन प्रा.लि.कोे व्यवस्थापनमा सम्पन्न हुने निम अवार्डका आवेदन फारामहरू आयोजक संस्थाको कार्यालयबाट उपलब्ध हुनेछन् । साथै एभेन्टोज डिजिटलको अनलाइन माध्यमबाट पनि फाराम भर्न सकिने व्यवस्था गरिएको छ ।
online form LINK: https://service.aventoz.com/formBooking/676ce00e2378d1735188494
गीत दर्ताका लागि आवेदनको अन्तिम मिति चैतको दोस्रो सातासम्म तोकिएको आयोजक समितिले जनाएको छ ।
काठमाण्डौं– बालबालिको नेपालकै सबभन्दा ठ्लो डान्स रियाल्टी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ मा डोटीकी उदिप्ती रावल विजयी भएकी छन्। उनले विजेता भएवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छन्।
कार्यक्रममा ख्यातिप्राप्त हास्यव्यग्यकार, अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक वसन्त श्रेष्ठको प्रमूख आतिथ्यता एवं नृत्य निर्देशक कमल राई र नृत्य निर्देशक, फिल्म सप्पादक तथा निर्देशक राजु शाह तथा चलचित्र निर्देशक माधब राज खरेल लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागितामा सम्पन्न ग्रयाण्ड फिनालेमा म्याग्दीकी सुप्रिया थापा फष्ट रनर्सअप भईन्। उनले नगद ६० हजार रुपियाँ पुरस्कार पाएकी छन्। त्यसै गरी सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेण्ड रनर्सअप भएकी छन्। उनले नगद ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छन्।
किड्स रियालीटी शोमा कालिकोटकी स्प्रीका शाही थर्ड, भक्तपुरकी जलादि खड्का फोर्थ र महोत्तरीकी श्रृयाना घिशिङ फीप्थ रनर्सअपः भए। उनीहरुलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितका सबै विजेतालाई भोटिङ पार्टनर एभेनतोज कम्पनीले १० हजार रुपियाँको शैक्षिक पुरस्कारसमेत प्रदान गरेको छ।
प्रत्येक आइतबार साँझ ६ बजे स्पेश फोके टेलिभिजन र साँझ ७ बजे ओएसआर।रियाल्टी युट्युब च्यानलबाट प्रशारण हुँदै आएको रियालीटी शो गत २०८२ बैशाखदेखि शुरु भएको थियो। भाद्रसम्म स्थानियस्तरको अडिशनमा १८ सयजना बाल–बालिकाले भाग लिएको प्रतियोगिताको मेघा अडिशनमा १ सय ८० जना छनौट गरिएको र त्यसपछि क्रमशः टप ८० तथा टप ४० हुँदै ग्राण्ड प्रिमियरमा २३ जना छनौट भएको एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक तथा कार्यक्रमका निर्देशक एवं परिकल्पनाकार लबबहादुर कार्कीले जानकारी गराए। कार्कीका अनुसार क्रमशः छनौट हुदै टप फाइनल ६ जनाबीच ग्रयाण्ड फिनाले भएको थियो।
लोमशबहादुर काकी र लबिस कुमार कार्कीको इभेन्ट म्यानेजमेन्ट, शम्भु प्रसाद रेग्मीको संयोजन र प्रनीमा दाहालको कार्यक्रम सञ्चालनमा सम्पन्न कार्यक्रममा ख्यातिप्राप्त अभिनेत्री मिथिला शर्माका साथमा अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना र छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजा निर्णायक रहेका थिए। त्यसै गरी भोटिङ राउण्डमा अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, कमल राई, राजु शाह र कबिराज घहतराज अतिथी निर्णायक रहेका थिए।
कार्यक्रमको मुख्य प्रयाजोक वल्र्ड लिंक तथा प्रायोजकहरु नेपाल एयरलायन्स, ल्याबरोटरी स्कुल, मदरल्याण्ड सेकेण्डरी स्कुल, रितम्भरा कलेज तथा स्कुल थिए। कार्यक्रममा फेसियल हाउस मेकअप र फेमिली क्लोथ तथा स्ट्यान्डर टेलर्स क्लोथीङ पार्टनर रहेका थिए। एएनपी। मिडिया हाउसकी प्रशासन प्रमुखः अनीता तामाङले आगामी वर्ष २०८३ बैशाखदेखि नृत्यका साथै गायन रियालीटी शो नेसन्स् गट ट्यालेन्टका लागि स्थानिय स्तरबाट अडिशन गरिने जानकारी गराइन्।
काठमाडौं – देशमा प्रतिनिधिसभा निर्वाचनको माहौल तात्दै गर्दा साङ्गीतिक क्षेत्रबाट पनि सचेतना र राष्ट्रियताको सन्देश प्रवाह गर्ने क्रम तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा डा. ओमकृष्ण प्रसाईँको शब्द तथा स्वरमा र्याप शैलीको नयाँ राष्ट्रिय गीत ‘हट्छ औँसीको डार्क’ सार्वजनिक गरिएको छ।
गीतको शीर्षकले नै यसको गहिरो भाव र सन्देशलाई स्पष्ट पार्छ। यहाँ ‘औँसीको डार्क’ अर्थात् अन्धकारले समाज र राजनीतिमा व्याप्त निराशा, विकृति र अन्योलतालाई सङ्केत गरेको छ। आसन्न निर्वाचनको समयमा सार्वजनिक भएको यस गीतले अब त्यो अन्धकार हट्ने र देशमा नयाँ आशा तथा उज्यालो छाउने विश्वास व्यक्त गरेको छ।
युवा पुस्तालाई लक्षित गर्दै र्याप शैली अपनाइएको यस गीतले मतदानमार्फत सकारात्मक परिवर्तन सम्भव छ भन्ने सन्देश दिन खोजेको छ। ऊर्जा र चेतनाले भरिएको यस गीतको अडियो निर्माण पक्ष पनि मजबुत रहेको छ। सञ्जय हमालले बिट एरेन्ज गरेको गीतमा गोविन्द सोनीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। सबु केसी र आर्जु चौधरीले सहायक गायनमा साथ दिएका छन् भने अनीश लिम्बुले ए लेभल स्टुडियोमा गीत रेकर्ड गरेका हुन्।
गीतको सन्देशलाई प्रभावकारी रूपमा पर्दामा उतार्न यसको म्युजिक भिडियो पनि आकर्षक बनाइएको छ। ममता रायमाझीको निर्माण तथा प्रमोद डिजीको निर्देशनमा तयार भएको भिडियोमा डा. ओमकृष्ण प्रसाईँसहित रविना श्रेष्ठ, सूर्य तामाङ, राम विष्ट, सिर्जना बस्नेत, प्रकाश खतिवडा, नायरा प्रसाईँ, अंकिता थेबे, कल्पना मगर, मन्सुल थापा र आयुषी कार्कीको अभिनय रहेको छ।
भिडियोलाई प्रशान्त केसी र उनकी टोलीले छायाङ्कन गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादन, रङ्ग संयोजन र पोस्टर डिजाइनको जिम्मेवारी सम्हालेका छन्। सुष्मा जोशीको मेकअप, कल्पना मगरको कोरियोग्राफी र बुद्धि माझीको सहायक निर्देशन रहेको यस भिडियोले गीतको भावलाई जीवन्त बनाएको छ।
निर्वाचनको छेकोमा सार्वजनिक भएको यो साङ्गीतिक कोसेलीले आम मतदातालाई सचेत गराउँदै देशको अन्धकार हटाएर उज्यालो भविष्य निर्माण गर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।
काठमाण्डौ- सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा आयोजित ‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड–२०८२’ कार्यक्रममा नेपाली चलचित्र तथा गीत–संगीत क्षेत्रका स्रष्टाहरूलाई विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र र संगीत गरी कुल ३६ विधामा अवार्ड वितरण गरिएको थियो। यसमध्ये २४ विधा संगीततर्फ र १२ विधा चलचित्रतर्फ समावेश गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा चलचित्र विकास बोर्डको सहकार्य रहेको थियो भने २०८१ सालमा प्रदर्शन भएका फिल्म तथा सार्वजनिक गीत–संगीतलाई प्रतिस्पर्धामा समेटिएको थियो।
प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक शुभाष गजुरेललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ सहित नगद रु. २५,५५५ प्रदान गरियो। पत्रकार श्री कृष्ण भट्टराईलाई नगद रु. ११,१११ सहित पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा लेखक तथा निर्देशक काजी लिम्बु, कलाकार श्रेया दुलाल, निर्माता सुनीता सापकोटा, राम नारायण उपाध्याय र बिज्ञान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो।
जुरी टिममा निर्देशक तथा सम्पादक रक्षा सिंह राणा, छायाँकार शिव ढकाल, गीतकार प्रमोद ढुंगाना, निर्देशक ऋषि लामिछाने, लेखक तथा निर्देशक अमरदीप सापकोटा तथा गायक नविन कुमार पौडेल रहेका थिए।
उत्कृष्ट फिल्म: सतीदेवी
उत्कृष्ट निर्देशक: मिलन चाम्स (अञ्जिला)
उत्कृष्ट अभिनेता: विजय वराल (पूर्ण बहादुरको सारंगी)
उत्कृष्ट अभिनेत्री: केकी अधिकारी (बोक्सीको घर)
उत्कृष्ट सह–अभिनेत्री: श्रृजना अधिकारी (सतीदेवी)
उत्कृष्ट सह–अभिनेता: कामेश्वर चौरसिया (फेरी रेशम फिलिली)
उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान (पिताम्बर)
उत्कृष्ट सम्पादक: सन्देश शाह (ज्वाईं साव)
उत्कृष्ट संगीतकार: आशिष अविरल (पूर्ण बहादुरको सारंगी)
उत्कृष्ट पटकथा संवाद: लक्ष्मण सुवेदी (सतीदेवी)
उत्कृष्ट रंग संयोजन: राजेन्द्र मोक्तान (अञ्जिला)
उत्कृष्ट इन्करेज्मेन्ट अवार्ड: बाल कलाकार मंजिला बानियाँ र हर्षिका ओली (सतीदेवी)
उत्कृष्ट गायक (आधुनिक): रुद्र शेखर शर्मा (के छ सान्नानी)
उत्कृष्ट गायिका (आधुनिक): अञ्जु पन्त (थाहै थिएन दिल)
उत्कृष्ट संगीतकार: मनोज चौलागाईं
उत्कृष्ट गीतकार (आधुनिक): प्रतिमा गुरुङ (न जिउन सकें न मर्न सकें)
पब्लिक च्वाइस अवार्ड: ईश्वर वल्लभ उप्रेती (आदत बन्यौ)
उत्कृष्ट म्युजिक भिडियो निर्देशक: राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)
उत्कृष्ट छायाँकार (म्युजिक भिडियो): मदन काश्यप घिमिरे (अजम्बरी माया)
उत्कृष्ट गायक (लोक पप): दिनेश भारती (चन्द्र कुमारी)
उत्कृष्ट गायक (लोक): चन्द्र लामा (मुटुमा बसेकी माया)
उत्कृष्ट गीतकार (गजल): तुलाराम लामिछाने (समय खराव छ)
उत्कृष्ट निर्देशक (भाषाभाषी चलचित्र): दिनेश लिङ्ग्देन (दुस्प्रयास)
उत्कृष्ट अभिनेता (भाषाभाषी चलचित्र ‘तलास’): राजकुमार लिङ्ग्देन
नेपाली चलचित्र तथा गीत–संगीत क्षेत्रमा क्रियाशील स्रष्टाहरूलाई प्रोत्साहन, सम्मान र पहिचान दिलाउने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ ले यस वर्ष पनि कला क्षेत्रलाई थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा कलाकार, निर्देशक, निर्माता, पत्रकार तथा संगीतकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएसँगै आगामी वर्ष अझ व्यापक र समावेशी रूपमा आयोजना गर्ने तयारीसमेत सुरु गरिएको आयोजकले जानकारी दिएको छ।
काठमाण्डौ- चलचित्र विकास बोर्डद्वारा स्थापना गरिएको चलचित्र संग्राहलयको मंगलबार औपचारिक शुभारम्भ गरिएको छ। लक्ष्मी कुमारी बस्नेतले एक विशेष समारोहका बीच संग्राहलयको उद्घाटन गरेकी हुन्। नेपाली चलचित्रको ऐतिहास झल्कने सामग्रीहरु राखिने संग्राहलय चलचित्र विकास बोर्डले सञ्चालनमा ल्याएको हो ।
बोर्डको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी, स्रष्टा तथा विभिन्न संस्थाहरूले नेपाली चलचित्रको इतिहास झल्कने महत्वपूर्ण सामग्रीहरू हस्तान्तरण गरेका थिए। ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजातहरू सचिव बस्नेतलाई औपचारिक रूपमा बुझाइएको थियो। सोही अवसरमा बोर्डका तर्फबाट सामग्री उपलब्ध गराउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान पनि गरिएको थियो।
संग्राहलय नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ। कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र सङ्ग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गरे। उनले यसलाई नेपाली चलचित्रको आत्मा जोगाउने अभियानका रूपमा व्याख्या गर्दै भने,
“नेपाली चलचित्रको इतिहास केवल सम्झनामा सीमित नहोस्, त्यसलाई पुस्तान्तरण गर्न सकिने गरी संस्थागत रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौँ।”
अध्यक्ष डिसीले विगतका संघर्ष, प्रविधिगत विकास र सिर्जनात्मक यात्रालाई एकै थलोमा अभिलेखीकरण गर्नु समयको माग भएको धारणा व्यक्त गरे। साथै, आगामी दिनमा सङ्ग्रहालयलाई डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा चलचित्रप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।
“यो सुरुआत मात्र हो। हामी यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विस्तार गर्नेछौँ,” उनले प्रतिबद्धता जनाए।
बोर्डले भविष्यमा चलचित्रकर्मी, विभिन्न संस्थाहरू तथा निजी संग्राहकहरूसँग सहकार्य गर्दै संग्राहलयलाई थप व्यवस्थित र समृद्ध बनाउने योजना रहेको जनाएको छ। नेपाली चलचित्र उद्योगको समग्र इतिहासलाई एकै स्थानमा संरक्षण गर्ने यो पहलले चलचित्र क्षेत्रलाई नयाँ आयाम दिने विश्वास गरिएको छ।

काठमाडौं – चलचित्र विकास बोर्ड ले मातृभाषी तथा आदिवासी जनजाति चलचित्र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न जातीय चलचित्रसँग सम्बन्धित संघ–संस्थासँग सहकार्य अघि बढाएको छ। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको बोर्डले आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सिफारिसका आधारमा उक्त निर्णय गरेको जनाएको छ।
बोर्डका अनुसार मातृभाषी र आदिवासी जनजाति चलचित्रको संरक्षण, संवर्द्धन तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रु. ४१ लाख ९५ हजार बजेट स्वीकृत गरिएको छ। सो रकम विविध तालिम, कार्यशाला तथा चलचित्र महोत्सव सञ्चालनमा खर्च गरिने जानकारी दिइएको छ।
उक्त सम्झौताअनुसार निर्देशन तालिम, सिनेमाटोग्राफी प्रशिक्षण, कथा लेखन तथा निर्देशन कार्यशाला, अभिनय तथा छायांकन तालिम, सांस्कृतिक संरक्षणसम्बन्धी प्रशिक्षण तथा आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गरिनेछ। यी कार्यक्रम देशका विभिन्न जातीय समुदायमा सक्रिय चलचित्रकर्मीलाई लक्षित गरी सञ्चालन गरिने बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष दिनेश डिसी ले यस पहललाई समावेशी चलचित्र उद्योग निर्माणतर्फको महत्वपूर्ण उपलब्धि बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो। चलचित्र क्षेत्रले पनि यही विविधतालाई समेट्न आवश्यक छ। मातृभाषी तथा आदिवासी जनजाति चलचित्र प्रवर्द्धन गर्नु हाम्रो सांस्कृतिक जिम्मेवारी मात्र नभई राष्ट्रिय पहिचान जोगाउने अभियान पनि हो।”
यस कार्यक्रमले स्थानीय भाषा र संस्कृतिमा आधारित मौलिक कथाको दस्तावेजीकरणमा टेवा पुर्याउनेछ। साथै, नयाँ पुस्ताका चलचित्रकर्मीलाई सीप र दक्षतामा सशक्त बनाउँदै व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुग्ने अपेक्षा बोर्डले गरेको छ।
चलचित्र क्षेत्रमा सक्रिय विभिन्न जातीय संस्थाहरूले बोर्डको कदमलाई स्वागत गर्दै मातृभाषी चलचित्र निर्माणमा नयाँ ऊर्जा, अवसर र अन्तर्राष्ट्रिय पहिचान विस्तार हुने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं – पूर्वको रमणीय जिल्ला इलाममा आधुनिक सिनेमा हलको अभाव अन्त्य गर्दै फ्रेन्ड्स सिनेमाजले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। धरान र बुटवलमा सफल सञ्चालनपछि चेनको तेस्रो आउटलेटका रूपमा इलाम नगरपालिका–७ मा हल सुरु गरिएको हो।
शुक्रबार आयोजित उद्घाटन समारोह विशेष आकर्षणको केन्द्र बन्यो। कार्यक्रममा अभिनेता पल शाह, अभिनेत्री उषा उप्रेती तथा द्वन्द्व निर्देशक एवं निर्माता चन्द्र पन्तको उपस्थिति रहेको थियो। आफ्ना मनपर्ने कलाकारलाई नजिकबाट भेट्न पाउँदा स्थानीय दर्शक उत्साहित देखिन्थे। हल परिसर दर्शकको बाक्लो उपस्थितिले उत्सवमय बनेको थियो। करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यस हलमा १८८ सिट क्षमता रहेको छ। नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको हलमा अत्याधुनिक ‘टुके प्रोजेक्सन’ र ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको छ। यसले राजधानीका मल्टिप्लेक्ससरह ध्वनि र दृश्य अनुभव दिने सञ्चालकहरूको दाबी छ।
फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीले मोफसलका दर्शकलाई राजधानीस्तरको सुविधा उपलब्ध गराउने लक्ष्य रहेको बताए। “अब इलामका दर्शकले गुणस्तरीय फिल्म हेर्नका लागि अन्य सहर धाउनुपर्ने बाध्यता रहने छैन,” उनले उल्लेख गरे।
सञ्चालकहरू प्रदीप धामी, पुष्कर घिमिरे र आशिष एच तामाङका अनुसार पारिवारिक वातावरण, आरामदायी सिट र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै हल सञ्चालनमा ल्याइएको हो। निर्देशक आशिष एच तामाङले नेपाली चलचित्रको बजार विस्तारका लागि जिल्ला–जिल्लामा साना तर सुविधासम्पन्न हल आवश्यक रहेको धारणा राखे। उनका अनुसार घरेलु बजार सुदृढ बनाउन मोफसलमै पूर्वाधार विस्तार अपरिहार्य छ।
इलाममा स्तरीय सिनेमा हल नहुँदा नयाँ चलचित्र प्रदर्शनमा ढिलाइ हुने अवस्था थियो। अब भने देशभर रिलिज भएकै दिन नयाँ नेपाली फिल्म इलाममा पनि प्रदर्शन हुनेछन्। यसले स्थानीय बासिन्दासँगै पर्यटकलाई समेत मनोरञ्जनको नयाँ विकल्प उपलब्ध गराएको छ। फ्रेन्ड्स सिनेमाजले आगामी दिनमा अन्य सहरहरूमा पनि आफ्नो चेन विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।
काठमाडौँ- नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणका लागि नोमिनेसन सार्वजनिक गरिएको छ।
कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यस वर्ष सङ्गीततर्फ १५ विधा र चलचित्रतर्फ ११ विधा गरी जम्मा २६ विधामा नोमिनेसन घोषणा गरिएको हो। अवार्डमा सहभागिताका लागि गरिएको आह्वानपछि प्राप्त भएका चलचित्र तथा गीत–संगीत कृतिहरूलाई समेटेर नोमिनेसन तय गरिएको संयोजक पौडेलले जानकारी दिए।
अवार्ड समारोह यही फागुन १३ गते काठमाडौँमा आयोजना हुनेछ। अवार्डको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’का पहिलो, दोस्रो र तेस्रो संस्करण काठमाडौँमा भव्य तथा सभ्य रूपमा सम्पन्न भइसकेका छन्।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा हुने यस वर्षको अवार्डमा २०८१ सालमा प्रदर्शन तथा सार्वजनिक भएका चलचित्र र गीत–संगीतलाई समावेश गरिएको छ। साथै, अवार्ड कार्यक्रमलाई चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। अवार्ड कार्यक्रममा एक जना श्रस्टालाई नगद २५ हजार पांच सय पचपन्न नगद सहित लाइफटाइम अचिभमेन्ट अवार्ड द्वारा सम्मान गरिनेछ। एक जना पत्रकारलाइ नगद सहित पुरस्कार पनि प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
यस्तो छ नोमिनेसन:
नोमिनेसन फिल्म तर्फ
१. उत्कृस्ट फिल्म
– बोक्सीको घर
– पूर्ण बहादुरको सारंगी
– सतीदेवी
– अञ्जिला
– पिताम्बर
२.उत्कृस्ट निर्देशक
- सरोज पौडेल (पूर्ण बहादुरको सारंगी)
– मिलन चाम्स (अञ्जिला)
- कृषा चौलागाई (पिताम्बर
- लक्ष्मण सुवेदी (सतीदेवी)
- वसन्त निरौला (ज्वाईं साव)
३.उत्कृस्ट अभिनेता
– विजय वराल (पूर्ण बहादुरको सारंगी)
– प्रदीप खड्का (पिताम्बर)
– जितु नेपाल (ज्वाईं साव)
– दयहाङ्ग राई (अञ्जिला)
- विनय श्रेष्ठ (फेरी रेशम फिलिली)
४.उत्कृस्ट अभिनेत्री
– सुपुस्पा भट्ट (फेरी रेशम फिलिली)
– केकी अधिकारी (बोक्सीको घर)
– मलिका महत (सतीदेवी)
– साम्राज्ञी आर एल शाह (लन्डन टु पेरिस)
- अन्जना बराइली (पूर्ण बहादुरको सारंगी)
५.सह-अभिनेत्री
– सृजना सुब्बा (अञ्जिला)
- अलिशा बास्तोला (पूर्ण बहादुरको सारंगी)
- गरिमा शर्मा (लन्डन टु पेरिस)
- सुरक्षा पन्त (पिताम्बर)
- सृजना अधिकारी (सतीदेवी)
६.छायाँकार
– पुरुसोत्तम प्रधान (पिताम्बर)
- शिवराम श्रेष्ठ (पूर्ण बहादुरको सारंगी)
– सुसन प्रजापति (फेरी रेशम फिलिली)
- बाबु श्रेस्ठ (सतीदेवी)
- सुदिप बराल (अन्जिला)
७.सम्पादक
- मिलन श्रेष्ठ (अञ्जिला)
- सुरेन्द्र जी पौडेल (पूर्ण बहादुरको सारंगी)
- बन्दे प्रसाद (पिताम्बर)
- संदेश शाह (ज्वाईं साव)
- शजु चन्दन (लन्डन टु पेरिस)
८.संगीतकार
– थानेश्वर गौतम रात किन हुन्छ (अञ्जिला)
– आशिष अविरल रैयाँ चाँदीको ( पूर्ण बहादुरको सारंगी)
- अर्जुन पोखरेल कसम बत्तिको (ज्वाईं साव)
- प्रकाश सपुत बुझिन मैले (बोक्सीको घर)
- काली प्रसाद बासकोटा पारी त्यो डाडामा (फेरी रेशम फिलिली)
९.सह अभिनेता
- सौगात मल्ल (पिताम्बर)
- कामेश्वर चौरसिया (फेरी रेशम फिलिली)
- निश्चल खड्का (लन्डन टु पेरिस)
- कुलबहादुर अधिकारी (सतीदेवी)
- मुकुन भुषाल (पूर्ण बहादुरको सारंगी)
१०.पटकथा संवाद
– महेश दवाडी (पूर्ण बहादुरको सारंगी)
- लक्ष्मण सुवेदी (सतीदेवी)
- लोकमणि पौडेल (अग्नि दहन)
- प्रदिप भारद्वाज,यम थापा,गिरिराज घिमिरे (अञ्जिला)
- प्रदिप भारद्वाज र अभिमन्यु निरवी (पिताम्बर)
११.रंग संयोजन
- राजेन्द्र मोक्तान (अञ्जिला)
- रेनिश फागो (पिताम्बर)
- राजेन्द्र मोक्तान (अग्निदहन)
- सुप्रिम पराजुली (फेरी रेशम फिलिली)
- रेनिश फागो (ज्वाईं साव)
नोमिनेसन संगीत तर्फ
१.उत्कृस्ट गायक आधुनिक
- नवीन कुमार पौडेल (यो हाम्रो साथ)
- रुद्र शेखर शर्मा (के छ सान्नानी)
– दिप्सन लिम्बु (ओ माया)
– शिव परियार (अजम्बरी माया)
– शशी विक्रम थापा (तिम्रै कारण)
२.उत्कृस्ट गायिका आधुनिक
- मेलिना राई (टर्रो चियापत्ती)
- जुनु प्रसाई (सुन हे माया)
– अन्जु पन्त (थाहै थिएन दिल)
- अन्नु चौधरी (फर्केर हेर)
- वेनिषा पौडेल (यो हाम्रो साथ)
३.उत्कृस्ट संगीतकार
– मनोज चौलागाईं (ए मन)
– राजेन्द्र बजगाईं (पुतली)
- कमल अधिकारी (मेरो घरको)
- भिम बिसी (पिर पर्याछ)
- लक्ष्मण पोखरेल(दुख्यो धेरै)
४.उत्कृस्ट गीतकार आधुनिक
– पुरन राउत (यो हाम्रो साथ )
– प्रतिमा गुरुङ (न जिउन सकें न मर्न सकें)
– सरिता सापकोटा – बेखबर
- हरी उप्रेती (तिम्रो झझल्को)
- डा.राजुबाबु श्रेष्ठ (अजम्बरी माया)
५.उत्कृस्ट मोडल आधुनिक मेल
– आर्यन राउत (पिर पर्या छ)
- माधव केसी (अजम्बरी माया)
- रोजेन सुन्दास (लाखौँ चोट)
- इश्वर वल्लभ उप्रेती (आदत बन्यौ)
- भुवन खड्का (कस्तो रोग)
६.उत्कृस्ट मोडल आधुनिक फिमेल
- आशिका खत्री (तिमि बिना)
- प्रिया गौतम (सुन ए माया)
- नेहा गौतम (तिम्रो झझल्को)
- सुरक्षा इटानी (यो हाम्रो साथ)
- स्मारिका ढकाल (दुख्यो धेरै)
७.उत्कृस्ट मेकअप आर्टिस्ट
– सरगम गाहा (तिम्रो मेरो दिलको बास)
– प्रिया नगरकोटी (मेरो घरको मुन्तिर)
- गीता बुढाथोकी (तिमि बिना)
- रवि केसी (सुनकै दरवार)
- सविना गुरुङ (दुख्यो धेरै)
८.उत्कृस्ट म्युजिक भिडियो निर्देशक
- अनिल शाही (टर्रो चियापत्ती)
– बबिता श्रेष्ठ (सुन है माया)
– राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)
– विनयराज पौडेल (हेर्दा हेर्दै)
- नितिन चन्द (थाहै थिएन)
९.उत्कृस्ट छायाँकार म्युजिक भिडियो
– मुकेश हुमागाईं (टर्रो चियापत्ती)
– डम्बर राई (मेरो घरको मुन्तिर)
- मदन काश्यप घिमिरे (अजम्बरी माया)
- कृष्ण देव रुपाखेती (दुख्यौ धेरै)
- नुवा संदेश (थाहै थिएन)
१०.उत्कृस्ट गीतकार पप
- सुक गुरुङ (छेक्यो छेक्यो)
– अनुप महर्जन (अँध्यारो रातमा)
-विराज गौतम (मन्जरी)
-सुरेश राई (फेरी भेटौला)
-अर्जित लोप्चन (मकवानपुरे डन)
११.उत्कृस्ट गायन लोक
-विमला भण्डारी (बेसी खेतैमा)
-गीता देवी (हरियो चोली)
-दिपिका वयम्बु (नजर त्यतै छ)
– चन्द्र लामा (मुटुमा बसेकी माया)
-पार्वती कार्की (हरियो चोली)
१२.उत्कृस्ट छायाँकार पप भिडियो
-जीवन पराजुली (आज टाढीयौ)
-रक्की महर्जन (याद मेटाउन)
-मिलन थापा ‘शान्त’ (अध्यारो रातमा)
-मानश श्रेष्ठ (हिजो आज)
-उत्सव दाहाल (फेरी भेटौला)
१३.उत्कृस्ट मोडल भोजपुरी
-सद्दाम हुसेन (कमर धके)
-समिर के जोशी (सपनो मे)
-अमित श्राप (लहे लहे)
-भरत शाह (तहल्का मचादे)
-निशान्त पाण्डे (विवाह)
१४.उत्कृस्ट गीतकार गजल
-तुलाराम लामिछाने (समय खराव छ)
-सरोज पोखरेल (गाजल टिकी)
-उत्तम भेटवाल (गजलका कुरा)
-ममिला पौडेल ‘आस्था’ (लाखै चोट)
-दिपक सोनाम (जादा आकाशैमा)
१५.उत्कृस्ट कोरियोग्राफर म्युजिक भिडियो
-नरेश ऐयार (पिर पर्या छ)
-सुरेश पाण्डे (जवानीले पोल्यो)
-संदेश मोथे (यो हाम्रो साथ )
-सुरेश पाण्डे (चन्द्र कुमारी)
-कृष्ण रसाल (तिम्रै लागी हो)
काठमाण्डौ- नेपाली चलचित्रउद्योगले पछिल्ला वर्षहरूमा निरन्तर विकास र सुधार देखाइरहेको छ। यस्ता परिवर्तनलाई प्रष्ट रूपमा देखाउन सकिन्छ चलचित्र शिवाँश च्याप्टर १ बाट। यो फिल्म हेरेपछि गर्वका साथ भन्न सकिन्छ कि नेपाली फिल्म मेकरहरूले चाहे भने प्रविधि, कथा, अभिनय र संगीतमा कुनै पनि अन्तर्राष्ट्रिय स्तरको चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्छन्।
शिवाँश च्याप्टर १ को कथा हाम्रो आफ्नै हिन्दु मिथोलोजीमा आधारित छ। फिल्मले परम्परागत पौराणिक पात्र र घटनालाई आधुनिक दृष्टिकोणसँग जोडेर प्रस्तुत गरेको छ। चलचित्रको मूल कथा एक रहस्यमयी दिव्य शिला र त्यसले कलियुगमा निम्त्याउन सक्ने शक्ति वा विनाशको वरिपरि घुमेको संकेत गरेको छ । आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेकोछ । यस्तो मौलिक कथा नेपाली दर्शकका लागि मात्र होइन, विदेशी दर्शकका लागि पनि नयाँ अनुभव बन्न सक्छ। कथामा जीवनका विभिन्न पक्ष, मानवीय अन्तर्द्वन्द्व, नैतिक मूल्य र शक्तिशाली सन्देश समेटिएका छन्। दर्शकले चलचित्र हेर्दा केवल मनोरञ्जन मात्र होइन, गहिरो अनुभूति पनि पाउनेछन्।
चलचित्रको अर्को मुख्य आकर्षण यसको भिजुअल भव्यता हो। आधुनिक प्रविधि र भि.एफ्.एक्स्. को प्रयोगले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने बनाएको छ। दृश्यहरू यति जीवन्त छन् कि दर्शक आफैँलाई कथाको भित्र महसुस गर्छन्। युद्ध दृश्य, वातावरणीय दृश्य र मिथोलोजिकल फन्टेसी दृश्यहरूले चलचित्रलाई अत्यन्तै आकर्षक बनाएका छन्। नेपाली चलचित्र उद्योगको लागि यो ठूलो उपलब्धि हो, जसले देखाउँछ कि नेपाली फिल्म मेकरहरूले प्रविधि र सिर्जनात्मक दृष्टिकोणमा अब कुनै अन्तर्राष्ट्रिय चलचित्रभन्दा कम छैनन्।
चलचित्रमा अभिनय पनि निकै प्रभावकारी रहेकोछ। यसका मुख्य पात्र मध्ये तेज गिरीले आफ्नो भूमिका अत्यन्तै जीवन्त ढंगले निभाएका छन्। उनका भावपूर्ण अभिनयले दर्शकलाई कथामा पूर्ण रूपमा तान्न सफल भएको छ। भने अभिनेता प्रविण खतिवडाको एउटा यस्तो साधुको रूपमा देखाइएको लुक्स र आङ्ग नै सिरिङ्ग हुने अभिनयले चलचित्रलाई उच्चकोटीको बनाएको छ । शिवाँशमा गिरी र खतीवडामात्र होइन विमला लिम्बू , रुषा न्यौपाने, विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायत सम्पूर्ण कलाकारहरूले आफ्नो भूमिकामा मिहिनेत र समर्पण देखाएका छन्। प्रत्येक पात्रले कथामा गहिरो प्रभाव छोडेको छ, जसले चलचित्रलाई समग्र रूपमा सशक्त बनाएको छ। कलाकारहरूको अभिनय र संवाद प्रस्तुतिले कथालाई जीवित बनाएको छ र दर्शकलाई भावनात्मक रूपमा कथासँग जोड्ने काम गरेको छ।
शिवाँशको गीत संगीतको पक्ष पनि प्रशंसा योग्य रहेकोछ। साहित्यकार विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना तथा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको चलचित्रका गीतमा शिवाकोटी, मिलन नेवार, समीक्षा अधिकारी र करण परियारको स्वर रहेकोछ । चलचित्रको अर्को विशेष पक्ष भनेको भारतीय प्रख्यात गायक कैलाश खेरको स्वर र संगीत पनि हो । विशेषगरी कैलाश खेरको शिव ताण्डव गीतले चलचित्रको भव्यतालाई अझ उचाइ दिएको छ। संगीत र गीतहरूले कथाको भावनात्मक पक्षलाई बल दिन्छन् र दर्शकलाई कथासँग गहिरो रूपमा जोड्ने काम गर्छन्। गीतको कम्पोजिसन र प्रस्तुति दर्शकको ध्यान खिच्ने खालको छ।
अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रका लेखक र निर्माता अञ्जान केसी हुन् भने चलचित्रका निर्देशक सन्तोष कुमार आत्रेय हुन् । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका रहेका छन् भने चलचित्रका कार्यकारी निर्माता शम्भू थापा हुन् ।
चलचित्रको प्रविधि, कथा र अभिनयमा उत्कृष्ट बनेको छ, तर प्रचार–प्रसारको क्षेत्रमा भने अझ धेरै काम गर्न सकिन्छ। यति दमदार चलचित्रलाई व्यापक रुपमा दर्शकसम्म पुर्याउन लागी निर्माण पक्षले प्रचार प्रसारलाई ध्यान दिन आवश्यक रहेकोछ।
विशेष गरी कैलाश खेर जस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायकको शिव ताण्डव गीतलाई जनसाधारणसम्म पुर्याउन थप प्रयास गर्नुपर्ने देखिन्छ। समीक्षा अधिकारी, मिलन नेवार, राजनराज शिवाकोटी जस्ता कलाकारहरूको फ्यान बेसलाई प्रभावकारी रूपमा प्रयोग गर्दा चलचित्रको लोकप्रियता अझ बढ्न सक्छ। न्ह्यू बज्राचार्य र विप्लव प्रतीक जस्ता संगीतकारहरूको योगदानलाई केवल चलचित्रको हिस्सा नभई सांगीतिक उत्सवको रूपमा पनि प्रस्तुत गर्न सकिन्छ।
शिवाँश च्याप्टर १ केवल मनोरञ्जनको लागी बनेको चलचित्र मात्र होइन। यो हाम्रो पौराणिक कथा र सांस्कृतिक धरोहरलाई पुनर्जीवित गर्ने प्रयास हो। चलचित्र हेर्दा दर्शकले आफ्नो परम्परागत कथासँग नजिकको सम्बन्ध अनुभव गर्न सक्छन्। कथाको गहिराइ, अभिनयको बल, भिजुअल प्रभाव र संगीतको संयोजनले दर्शकलाई मन्त्रमुग्ध बनाउने क्षमता राख्छ।
अन्ततः शिवाँश च्याप्टर १ नेपाली चलचित्र उद्योगको लागि एउटा महत्वपूर्ण उपलब्धि हो। चलचित्रको कथावस्तु मौलिक, प्रविधि र भिजुअल इफेक्ट उत्कृष्ट, र अभिनय दमदार छ। यो चलचित्र केवल चलचित्र हेर्ने अनुभव मात्र होइन, यो नेपाली सांस्कृतिक, पौराणिक र कलात्मक दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने एउटा साहसी प्रयास पनि हो। अब बाँकी कुरा निर्माण पक्ष थप प्रचार–प्रसारमा केन्द्रित हुनु पर्छ। दर्शकलाई एकपटक यो चलचित्र अवश्य हेर्न सिफारिस गरिन्छ।