politics
||Power News Asia||

आजको समाचार

शिवप्रसाद पौडेलले विश्लेषण गरेको एनआरएनए विवादको चुरो

राजनीति


शिवप्रसाद पौडेल (जापान) -गैरआवसीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र स्वघाेषित अध्यक्ष आरके शर्माकाे समूहले पचास लाखभन्दा बढी डाइस्पाेराका नेपालीहरुकाे विश्वासकाे केन्द्र एनआरएनएलाई तहसनहस बनाएर फुटकाे सङ्घारमा पुर्‍याएका छन्। एनआरएनए फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष डा. केसीज्यू र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठज्यूलाई जानेछ। तल उल्लेखित दुई आधारमा केही निष्कर्षसहितको विचारहरु प्रस्तुत गर्दछु :

१) मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निष्पक्ष चुनाव गराउन सफल भएको र उक्त चुनावको दौरानमा तत्कालीन अध्यक्ष बद्री केसीज्यू, तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठज्यू र भेरो भोटिङ कम्पनीका डाइरेक्टर मिचेल ग्रेगज्यूसँग पटक-पटक भएको सम्वादका आधारमा।

२) मैले नेपालस्थित २३-२५ को चुनावमा समेत प्रत्यक्ष उम्मेदवारी दिई चार जना उम्मेदवार साथीका बिचमा अत्यन्त झिनो मतले दोस्रो बरियतामा उप-विजेता भएको समेत भएको माथिका दुई अनुभवका आधारमा निम्नानुसार निचोड तथा निर्वाचित बद्री केसी समूह, पराजित महेश श्रेष्ठ समूह, निर्वाचन मण्डल र भेरो भाेटिङ सिस्टमका सम्भावना, जिम्मेबार तथा कमजोरीहरु निम्नानुसार केलाएको छु:

१) एनसीसीहरुमा सर्वाेत्कृष्ट सफल एनसीसी जापानको चुनावको सङ्घारमा तत्कालीन अध्यक्ष डा. केसी र उपाध्यक्ष महेश श्रेष्ठज्यूले कतिपय कुरामा प्रत्यक्ष तथा अप्रत्यक्ष दखल दिन खोजेको तर मसहितको निर्वाचन मण्डल निर्वाचन नियमाबलीमा अडिक रहेको।

२) एनसीसीहरुका निर्वाचन पश्चाच डा. केसी तथा महेश श्रेष्ठले आ-आफ्नो निर्वाचन प्रचारप्रसारको क्रममा एनसीसीहरुमा भएको निर्वाचनलाई आफूहरुले गर्दा भेरो भाेटिङ प्रणाली ल्याउन सफल भई निष्पक्ष निर्वाचन गराउन सफल भएको भनि निष्पक्ष निर्वाचन तथा भेरो भोटिङ प्रणालीको राम्रो जस सम्पूर्ण दुई जानाले मात्र लिएको, निष्पक्ष निर्वाचन गराउन सफल एनसीसीहरुलाई कुनै भूमिका तथा सरोकार नदिएको।

३) डा. केसी र महेशज्यूको प्रमुख मातहतमा बनाइएको आएसिसी निर्वाचन मण्डललाई दुवैले अत्यन्त विश्वास गरिएकाे तथा दुवैले कुनै अनुगमन नगरेकाे।

अध्यक्ष डा.केसी समूह तथा महेश श्रेष्ठ समूह र आरके शर्मा समूहका त्रिपक्षीय  कमजोरीहरू:

१) निर्वाचन मण्डललाई पूर्ण विश्वास गर्नु

२) निर्वाचन भेरो भाेटिङ प्रणालीबाट प्राप्त नतिजाको कच्चा डाटालाई कुनै अनुगमन नगरी हतारमा बाहिर ल्याइनुमा प्रमुख कमजोरी अध्यक्ष डा.बद्री केसीलगायत निर्वाचन मण्डल तथा महेश श्रेष्ठ समूह र आरके समूहकाे पनि केही अपरिपक्कता र कमजोरी थियो।

३) देशबाहिर रहने सम्पूर्ण नेपालीहरुको आस्थाको केन्द्र बनाउन खोजेको एनआरएनएलाई निर्वाचन पूर्व नै भेरो भेराे भाेटिङमा नै भोटिङजस्तो नालाएकी सिस्टम राखी आ-आफूहरुले नालायकीपन देखाइ एनआरएनएलाई नै नो भाेट भन्न खोजिएको र भोटरहरुलाई भोट खेर फाल्न बाध्य बनाइएको।

४) दुई पक्षले निर्वाचन परिणामालाई अस्वीकार गर्दैगर्दा भेरो भाेटिङ प्रणालीको नियमअनुसार निर्वाचन मण्डलबाट २ जना, आइसिसीबाट २ जाना, स्वतन्त्र सिस्टम इन्जिनियर २ जाना र नेपाल सरकारको प्रतिनिधि १ जनाको टोली बनाई ७ जानाको छानबिन टोली बनाउन नसकेको।

५) भोट गरेको लग डेटा (log Dat), भेरो प्रणालीले दिएको नतिजा, निर्वाचन मण्डलले सार्वजनिक गरेको नतिजा, सार्वजनिक गरिएको तथा भेरो प्रणालीलाई पठाइएको ४६०० जानाको Databases विश्लेषण गर्न नसकेको। उक्त ७ जनाले ४६०० जानाको Data आर्डिट गरी आस्ट्रेलियास्थित भेरो कम्पनीको कार्यालयमा प्रत्यक्ष उपस्थिति जनाई log Data मगाउन नसकेको।

६) विशेषगरी असन्टुस्ट दुवै पक्षले अहिले परराष्ट्र मन्त्रालयलाई समेत अनुरोध गरी भेरो भाेटिङ कम्पनीसँग माथि उल्लेखित ४, ५ नम्बरअनुसार log Data मगाउनतिर नलागी ‘कामकुरा एकातिर, कुम्लो बोकी ठीमीतिर’जस्तो लज्जास्पद रूपमा स्वघोषित समूह बनाउनतिर लागि एनआरएनएलाई फुटको सङ्घारमा लग्न खोजेको र नवनिर्वाचित भनिएको समूहले समेत उप-विजेता भनिएको समूहका मुद्दाहरु सुनुवाइतिर नलागी अनावश्यक होहल्लातिर लागेको।

सम्भावना

१) जापानस्थित निर्वाचनको सिलसिलामा जापानको निर्वाचन मण्डलमा म आफूले पनि भेरो भाेटिङका बारेमा बुझेको बुझाइ, उक्त कम्पनीका मालिक ग्रेग मिचेलज्यूसँग पटक-पटक गरेको सम्वाद र स्वयम् डा. केसी र महेश श्रेष्ठज्यूले उक्त कम्पनीको बारेमा दिएको जानकारी र उहाँहरुले लिन खोजेको जसको आधारमा पनि भेरो भाेटिङले आफूले प्राप्त डाटा (तथ्यांक)लाई दुरुपयोग गरी सिस्टम मेनुपुलेट गर्न सक्दैन। किनकि उक्त कम्पनी अस्ट्रेलियन सरकारसँग मान्यता प्राप्त बहुराष्ट्रिय कम्पनी हो र ४६०० जनाको सस्तो निर्वाचनको लागि आफ्नो छबी नबिगार्ने सम्भावना हुन्छ। किनकि, भविष्यका ठुला-ठुला अन्य देशहरुका चुनाव गराउनबाट बञ्चित हुन चाहन्न तर भेरो भाेटिङसँग अनिवार्य log data मगाउन सक्नुपर्छ।

२) निर्वाचन मण्डलको अपरिपक्वता र नेपालको निर्वाचन मण्डल र आइटी टिमले भेरो भाेटिङलाई पठाएको डाटा र सार्वजनिक गरेको डाटा फरक पनि हुन सक्छ। यसको लागि माथि उल्लेखित सात जनाको छानबिन कमिटीले भेरोको कम्पनीमा गई log data मगाउन सकिएमा दूधको दूध पानीको पानी छुट्ट्याउन सकिनेछ।

जापानस्थित विशेषगरी अध्यक्षका उम्मेदवार महेश श्रेष्ठज्यू र मेरो आफ्नो कमजाेरी :

१) जापानबाट विभिन्न पदमा छरपस्ट उठेका उम्मेदवारहरुलाई अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठज्यूको संयोजकत्वमा सकेसम्म थोरै उम्मेदवार उठाउन र एक पदमा एक उम्मेदवारमात्र उठाउन केही पहल नगरिनु।

मैले पनि कोसिस गरेता पनि निष्कर्षमा पुर्‍याउन नसक्नु।

२) जापानबाट छरपस्ट उठेका उम्मेदवारहरुले जापानको प्रतिष्ठा जोगाउन र जापानबाट एकजुट हुनुभन्दा पनि आ-आफू जस्तोसुकै हर्कत गर्न पछि नपर्नु।

३) महेश श्रेष्ठज्यूलाई लिडर मानेर मलगायत एनसिसी जापानले विभिन्न पहल गर्न खोज्दा पनि महेश श्रेष्ठज्यूलगायत उहाँको समूह जापानका मतदातालाई समेत कुनै सरोकार नराखी अमुक पार्टीमात्रको बहकाउमा लाग्नु गल्ती थियो।

(लेखक पाैडेल एनआरएन जापानका निवर्तमान अध्यक्ष हुन्। माथी उल्लेखित भनाई लेखकका आफ्ना निजि भनाईहरु हुन् र यस लेखको पुर्ण जिम्मेवारी लेखकमा नै रहेको छ ।

भूकम्पले ढलेका संरचना छ महिनाभित्र पुनर्निर्माण गर्ने  कर्णाली प्रदेशका मुख्यमन्त्रीको दावी

राजनीति


काठमाडौं  - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफूहरु भूकम्प पीडितहरुको राहत र उद्धारमा तीब्रताका साथ लागिरहेको बताएका छन् । प्राइम टाईम्स टेलिभिजनका  पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भूकम्पमा परी मृत्यु भएकाहरुको खोजी, घाईतको उद्धार भइसकेकाले अब आफू राहत वितरणमा केन्द्रीत भएको बताए । उनले राहत सम्बन्धित ठाउँमा पुगिसकेको बताए । केही पीडितले राहत पाइसकेको र अरु पीडितहरुले पनि छिट्टै राहत पाउने उनले बताए ।

छरिएर रहेको बस्ती र सबैतिर यातायातको व्यवस्था नभइसकेको अवस्थामा राहत वितरणमा समस्या आएको उनले बताए । आफूहरुले राहतको जोहो गरिरहेको र जतिसक्दो चाँडो सबै पीडितहरुले राहत पाउने उनको भनाई छ । भूकम्पपछिको अहिलेको तत्कालीन समस्या त्रिपाल, ओढ्ने ओछ्याउनेहरु, लत्ताकपडा रहेको उनले बताए ।

‘अहिले हाम्रो मुख्य समस्या भनेको त्रिपाल, ओढ्ने ओछ्याउनेहरु, लत्ताकपडाहरुको हो । यो पहिलो समस्या बनेको छ । त्यसपछिको हाम्रो समस्या स्थायी रुपमा आवासको हो, त्यो हामी व्यवस्थापन गर्छौं,’– उनले भने ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्यमा आफूहरुले सोचेभन्दा पनि छिटो खोजी र उद्धार गर्न सकिएको उनले बताए । राहत वितरणको कामलाई व्यवस्थित रुपमा सम्पन्न गराएर आफूहरु पुनर्निर्माणमा लाग्न उनको भनाई छ । कर्णालीमा भूकम्प प्रतिरोधी र वातावरणमैत्री संरचना निर्माणमा जनशक्ति अभाव रहेको उल्लेख गर्दै उनले दक्ष जनशक्ति पाएसम्म छ महिनाभित्र पुनर्निर्माणको काम सक्ने स्प्रिटमा प्रदेश सरकारले काम गर्ने बताए ।

‘हाम्रो विकासको मोडालिटी र ऐन, कानुनहरुलाई व्यवस्थित गर्नसक्दा छ महिनामा पुनर्निर्माणका काम हामीले गर्नसक्छौं भन्ने मलाई लाग्छ । ममा त्यो दम छ, तर हाम्रा कतिपय ऐन कानुन जिकज्याक छन् । अर्को कुरा भूकम्प प्रतिरोधी घर बनाउन कर्णालीमा दक्ष जनशक्तिको अभाव छ, त्यो प्राप्त गर्न सकियो भने छ महिनाभित्रमा काम गर्ने हाम्रो स्प्रिट छ,’– मुख्यमन्त्री शर्माले भने ।

केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय तह र जनसमुदायको समन्वयमा पुनर्निर्माणका कामहरु ह्ुने उनले बताए । कर्णालीको मुख्य समस्या गरिबी रहेको कुरामा प्रदेश संसद् एकमत रहेको उनले बताए । आर्थिक समृद्धि र सामाजिक न्यायको पक्षमा प्रदेश सरकारले काम गरिरहेको उनको भनाई छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको उद्धार र व्यवस्थापनमा तीनै तहको सरकार समग्र संयन्त्र परिचालन गरेर लागिरहेको उनले बताए । भूकम्पले ढालेका संरचनालाई निश्चित समयमा आफूले फेरी उठाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

SOURCE : REPOTERSNEPAL

संसद्को चालु अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषद्को निर्णय

राजनीति


काठमाडौं -  सरकारले बिहीबार मध्य रातिबाट संसद्को चालु बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

गत वैशाख २४ गतेबाट सुरु भएको अधिवेशन असोज मसान्तमा अन्त्य गर्ने तयारी गरिएको थियो। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्थगित भएको नेपाल भ्रमण पुनः हुने भएपछि अधिवेशन जारी राखिएको थियो।

चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। त्यसपछि आज दिउँसो दुवै सभाको बैठक बोलाइएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ । दसंविधानको धारा ९३ मा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।

पौडेलले दिए एसिया प्यासिफिक क्षेत्रको संयोजकमा उम्मेद्बारी (प्रतिबद्धता पत्र सहित)

राजनीति


काठमाडौ-  एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी मनोनयन दर्ता गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन । कोभिड -19 को बेला जापानमा रहेका थुप्रै नेपालीहरुलाइ खोप ब्यवस्थापन देखि नेपाल आउन सहज बाताबरण समेत मिलाइ सबैको नजरमा पर्न सफल भएका कारण आफुले जित्नेमा बिश्वस्त रहेको पौडेलले जानकारी दिएका छन।

प्रतिबद्धता पत्र:

१- वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने।

२) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने ।

३) विदेशमा जाने श्रमिकलाई सक्षम र सबल तथा दक्ष बनाउनको लागि गन्तव्य मूलुक जानु अघि सम्बन्धित कार्यको सिपयुक्त बनाउन एनआरएनएमार्फत निःशुल्क सिप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्ने व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्ने ।

४) श्रम स्विकृति लिन विद्यमान झण्झटिलो प्रक्रियाको समाधानका लागि सरोकारवाला निकायसंग आवश्यक छलफल गरि समाधानको लागि विकल्पसहित सहजिकरन गर्ने।

५) सामाजिक सुरक्षा कोषबाट पाईने सम्पूर्ण सुविधाको बारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीसंगको समन्वयमा कार्यक्रम गर्ने ।

६) गैर आवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरता र बविदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरुबाट मताधिकारको सुरक्षा सुनिश्चीत गर्न पहल गर्ने।

७)एसिया प्यासेफिक क्षेत्रको लागि छुट्टै बैन्किङ कारोबार गर्नका लागि एकाउण्ट संचालनमा ल्याइ सो मार्फत राहत कोषको स्थापनाको लागि पहल गर्ने।

८) वैधानिक रूपमा रेमीट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सृजना गर्न पहल गर्ने ।

९) एनआरएनले गर्ने राष्ट्रिय खेलकूदको लागि बिदेसबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बीमा र अन्य सहुलियतका लागि खेलकूद प्रतिस्थान मार्फत छुट्टै कोष बनाऊन एनआरएन केन्द्रसंग पहल गर्ने।                                                                           १०) पीएनओ परिचय पत्रको लागि सरकार संग पहल गर्ने ।            - समीर लामा

मेरो जीत सुनिश्चित छ: रोबिन शेरचन (एनआरएनए उपाध्यक्ष पदको उम्मेदवार)

राजनीति


काठमाण्डौ- एनआरएनए एउटा विसुद्ध सामाजिक परोपकारी संस्था हो । यसका उद्देश्यहरु प्रष्ट छन् । बिचमा केही आफ्ना उद्देश्य र पद्धति कार्यन्वयनका सन्दर्भमा डगमग गरेको जस्तो भएतापनि सधै त्यस्तो हुँदैन । त्यसैले, आउनुस् हातेमालो गरौं । एकले अर्कालाई सहयोग गरौं । मानवताको धर्म निभाऔं । भन्ने सन्देस प्रबाह गरेका शेरचन यस पटकको एनआरएनए चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

जापानमा रहेर नेपाली समुदायका बिच एक सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवि बनाउन सफल रोबिन शेरचनलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै, विश्वभरका एनआरएनएका बिच उनि निकै चर्चामा आइरहेका छन् । हुन त पछिल्लो समय नेपालको राजधानी काठमाण्डौं एनआरएनएमय बनेको छ । आज असोज ३० देखि कार्तिक ३ गतेसम्म अर्थात अक्टोबर १७ देखि २० तारिखसम्म ११औं महाधिवेशन हुने भएकाले विश्वभरका एनआरएनएहरु काठमाडौंमा उत्रिएका छन्।उक्त महाधिवेशन अन्तर्गत कार्तिक २ गते अर्थात सेप्टेम्बर १९ तारिख बिहीवारका दिन नयाँ कार्यकाल(२०२३–२५) का लागि निर्वाचन पनि हुदैछ । सो निर्वाचनमा भाग लिदै लामो समयदेखि जापानमा बस्दै आइरहेका रोबिन शेरचनले पनि उपाध्यक्ष पद (खुला तर्फ ६ जना चुनिने) मा उमेदवारी दिएरका छन् ।

मुस्ताङमा जन्मिएका रोविनको बाल्यकाल पोखरामै वितेको थियो । पोखराको गण्डकी बोर्डिङ स्कुलमा माध्यामिक तहको शिक्षा पुरा गरेपछि उनि उच्च शिक्षा हासिल गर्नका लागी काठमाडौं आए । शंकरदेव क्याम्पसवाट स्नातक गरेपछि परिवार र आफन्तको सल्लाहमा रोविन ३५ बर्ष अघि जापान गएका थिए ।

हाल जापानमा शेरचन रेष्टुरेन्ट, होटल, कलेज, विध्यालय, सीप तालिम कक्षा, हाईड्रोपावर, रेमिट्यान्सलगायतका विविध व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष जोडिएको बताउँछन् । उनको ३५ वर्षको प्रवास बसोबाससलाई फर्के हेर्दा सामान्य युवा विदेशमा जाँदा पाउने सबै किसिमका दुःख सुख पार गरेर आफू जस्तै पाँचसय बढी नेपाली परिवारसंग प्रत्यक्ष जोडिएको पनि छन् उनि रोजगारको प्रवद्र्धन मार्फत । उनि आफ्नो व्यवसायसंगै आपत विपतमा परेका नेपालीहरुलाई सहयोग गर्न पनि अग्रसर हुने गर्दछन् ।

शेरचन नेपाली कला संस्कृतिलाई औधि मन पराउनेहरुमा पर्दछन् । विशेषतः नेपालको कला संस्कृति जगेर्ना गर्ने खालका कार्यक्रमहरुलाई उनले यथासक्य सहयोग पनि पुरÞ्याउँदै आएका छन् । शेरचन परदेशमा बसेका धेरै नेपालीहरु जोडिएको संस्था एनआरएनएसंग जोडिएका छन । उनि अहिले आईसीसी सदस्य पनि छन् निश्वार्थ समाजसेवा, परोपकारी साथै नेपालको विकास र समृद्धिका लागि उनिल व्यापक रुपमा काम समेत गरि रहेका छन् भने आफुले सके सम्म अझै काम गर्ने बताउँछन् ।

शेरचनका अनुसार “नयाँ नयाँ परदेशमा आएकाहरुले विभिन्न किसिमका कठिनाइहरु सामना गर्नुपर्ने हुन्छ । भाषा, काम, परिवेश, जीवनशैली सबै नयाँ हुन्छ। अप्ठ्यारोमा परेकाहरुलाई थोरै भएपनि सहयोग गर्दा उनिहरूलाई ठूलो राहत पुग्छ। नेपाली भएर हेर्दा दान गर्ने दिने अनि अर्कोलाई परेको बेलामा सक्दो सहयोग गर्ने हाम्रो संस्कार हो । यो ३ दशकको अवधिमा आफूले केही रूपमा स्थापित हुने कोसिस गरेका र आफु संगै आफ्नो व्यवसायमा जोडिएका नेपालीहरु र तिनका परिवारलाई परेको बेला धेरै सहयोग गर्दै आएका छन् । उनि भन्छन् “पहिलेबाट अहिलेसम्म पनि साना ठूला हरेकको समस्यालाई प्रत्यक्ष ढंगले हातेमालो गर्दै आएको छु । सामाजिक काममा एक पटक दुइ पटक भन्ने हुदैन । परेको बेला सदैव सहयोग गर्ने नै छु ।”

शेरचनका अनुसार “कम्पनी, व्यवसायको संचालन र परोपकारी कार्य बिच एक किसिमको घनिष्ठ सम्बन्ध हुन्छ । एकले अर्कोलाई सहयोग पुर्याउन सकेमा ठूलो धर्म हुन्छ भन्ने उनि ठान्दछन् । नेपाली भएका नाताले नेपालीले कहीपनि दुःख पायो भने मैले तपाईले सहयोग गर्नुपर्छ भन्ने भावना उनि पाईने उनका निकट रहेर काम गर्नेहरु बताउँदछन् ।”

लामो समयदेखि समुदायमा मेरो भूमिका फरक र आवश्यक संझिएर त म कहा आउनुहुन्छ । दिन सकेको मैले दिएको छु । यसले मलाई एककिसिमको आत्मसन्तुष्टि मिल्छ । तसर्थ, मैले सहयोग गर्दा दिल खोलेर निस्वार्थ सहयोग गरेको छु । अहिलेसम्म बाहिर हल्लाखल्ला नगरि चुपचाप निस्वार्थ सेवा र काम मात्र गरेको हुँ । मनबाटै चाहने हो भने असम्भव केही छैन । व्यवसाय पनि समाजसेवा पनि संगै गर्न सकिने तर्क शेरचनको रहको छ ।

विशेषत पछिल्लो समय एनआरएनएमा कुर्सीका लागि लडाइ हुन्छ, काम भन्दा कुरा बढि हुन्छ आरोपलाइ रोविनले फरक किसिमले प्रष्टाउने कोशिस गरेका थिए । उनि भन्छन् “नेपाल आमाका सन्तान थरिथरिका भने जस्तै संस्थाको विधान, पद्दति र प्रणालीलाई आफू अनुकुल व्याख्या गर्दा बाहिरबाट हेर्नेले लडाइ झगडा भएको देखिन्छ । तर, विधान, संरचनाले बहुपद अनि प्रजातान्त्रीक प्रणाली अवलम्बन गरेकाले विश्वभरिका अभियान्ताहरुका बिच प्रतिस्पर्धा भएको हो । नेतृत्वका लागि तँछाडमछाड गरे पनि काम गर्नेबेलामा नीति तथा कार्यतालिका अनुरूप ठोस कार्ययोजना बनाएर काम नभएकाले अलिक व्यवस्थिति नभएको भान त पक्कै पनि हामी सबैलाई भएकै हो । तर, जव सम्म कुरा बढी र काम कमको विषयमा चर्चा हुने गरेको छ यस भने म आफै चाही काम मात्र गर्ने र कुरा नगर्नेमा पर्छु । कतिपय साथीहरूले नगरेको काम पनि मैले गरेको र म मात्र जान्ने हुँ भन्न खोजेको जस्तो बुझिन्छ । यस्ता गलत परिपाटी भएका व्यक्तिका कारण संस्था पनि बदनाम छ । तर, अब गलत काम गर्न नदिन हामी आउदै छौं । यदि हामीले संस्थाकोे बागडोर सम्हाल्ने अवसर आएमा पक्कै पनि अवका दिनहरुमा यस्ता नचाहिने कुराहरू अथवा नकरात्मक कुराहरु कमै सुन्न पाउनुहुनेछ हामी तपाईहरुलाई काम मार्फत सकारात्मक सन्देस प्रवाह गर्ने प्रयासमा रहने छौं ।”

रोविन शेरचन पक्कै पनि आसातित ब्यक्ति हुन् । अनुभवले निखारिएका, ब्यबसायिक क्षमता भएका । स्पष्ट वक्ताको रुपमा एआएनहरु विच चिनिएका शेरचनले विश्वभरिबाट आफुलाई उपाध्यक्ष पदमा जिताउन एक किसिमको अभियान नै साथीहरूले चलाउनु भएको सुनाउँछन् । उनि भन्छन् “स्वतस्फूर्त यसरी भइरहेको सहयोगप्रति आभारी छु ।” अहिलेसम्म आफुलार्ई ६०% भन्दा बढी निवर्तमान कमिटि र वर्तमान एनसीसी कमिटिबाट सकारात्मक सन्देश प्राप्त भएको शेरचन बताउँछन् । प्रतिस्पर्धामा केही नयाँ अनुहार तथा पुराना टिमका साथीहरूले समेत आकाँक्षा देखाउनु भएकाले, प्रतिस्पर्धा रोचक हुने देख्छ, मेरो चुनाव जित्ने आधारहरूमा मेरो काम मात्र हो । कुरा कम, काम बढी गर्ने भएकाले नै मैले निरन्तरको सम्मान र यो अभियानमा जोडिएको छु । यस कारणले नै मेरो जीत सुनिश्चित छ । म जित्नेमा ढुक्क छु ।

एनआरएनएको पद्धतिलाई सुदृढ बनाउने, रुपान्तरण गर्ने , बौद्धिक, सीपयुक्त जनशक्ति, दोस्रो पुस्तालाई एनआरएनएको घेरा भित्र ल्याउने, रेमिट्यान्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगानीको वातावरण बनाउने लगायत यसका थुप्रै साझा मुद्दाहरु रहेका छन् त्यसलाई निराकरण पनि सुझवुझ युक्त नेतृत्वको आवश्यकता एनआरएनएमा देखिएको छ । शेरचन जस्ता अनुभवी नेतृत्वले मौका पाए भने पक्कै पनि संस्थागत सुधारहरु गरि सवै गैर आवसिय नेपालीहरुले गर्व गर्न लाएको साझा संस्था बनाउने कोशिस गर्ने थिए भन्ने विश्वास गर्न सकिन्छ ।

  • समिर लामा
सरकारले सांसदहरुलाई हेप्योः  गगन थापा

राजनीति


काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेर संसदलाई हेपेको बताएका छन् । गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन गर्न थालिएको र २०७४ पछिको सरकारले यसको दुरुपयोग गरेको भन्दै थापाले अहिले पनि सरकारले संसदलाई हेपेको बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभामा केही नेपाल ऐनको संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै उनले भने, ‘यसरी ऐन ल्याउनु भनेको हिजो पनि संसदलाई हेपेको हो । आज पनि संसदलाई हेपेको हो । संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने म सँग बहुमत छ, मैले जे ल्याए पनि पारित हुन्छ भन्ने लाग्छ । यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यसपटक देखाउनुछ ।’

जघन्य अपराधमा संलग्नलाई पनि जोगाउने गरी कानुन बनाउन लागिएको भन्दै थापाले आपत्ति जनाए । यो कानुनको मस्यौदा अघिल्लो सरकारकै पालामा भएको भन्दै उनले आफ्नै पार्टीका नेता तथा कानुनमन्त्री धनराज गुरुङलाई त्यसको भारी नबोक्न आग्रह गरे ।

‘जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी जुन प्रावधान ल्याएको छ । कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन’ उनले भने, ‘माननीय कानुनमन्त्रीलाई आग्रह छ । यो २०७४ सालपछिको सरकारले लेखेको ड्राफ्ट हो, यसको भारी नबोक्नुस् यसलाई बिसाउनुस् ।’

सरकारले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) वन मन्त्रालयले स्वीकृत गर्नुपर्ने व्यवस्था संशोधन गरेर वन विभागले स्वीकृत गर्ने व्यवस्था विधेयमा राखेको भन्दै थापाले आपत्ति जनाए । ‘ईआईए विभागबाट गर्ने भनिएको छ, मन्त्रालयले मान्दैन, वातावरणविद्ले मान्दैनन्, कसको स्वार्थमा ल्याइएको हो रु’ थापाले प्रश्न गरे ।

यो विधेयकमा वैदेशिक रोजगार बोर्डका निमित्त कार्यकारीको कार्यकाल अनन्तकालसम्म लम्ब्याउन मिल्ने राखिएको भन्दै थापाले भने, ‘जुन जुन मन्त्रीलाई जे जे गर्नुछ, साविकको बाटोबाट पारित हुँदैन, अनि यसरी घुसाउने ।’ सरकारले यो विधेयकमार्फत गरेको व्यवस्थामाथि छलफल गर्नुपर्ने लामो सूची रहेको भन्दै थापाले आफूले त्यसको तयारी गरेको पनि बताए । ‘सबको तयारी गरेका छौं, समतिमा भेटौंला, त्यहाँ जमेर यसमा लडौंला पनि’ उनले भने ।

महामन्त्री थापाले आफूसँग बहुमत छ र सांसदहरु थपडी बजाउन आएका हुन् भन्ने नसोच्न प्रधानमन्त्रीलाई आग्रह गरे । ‘हामीलाई हेपेको स्वीकार्य हुन्न यो, विधेयकमा यति धेरै प्रश्न छन् कि, यो विधेयकमा मात्र होइन, जसरी संसद र सांसदलाई व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला’ उनले भने ।

महामना मदन मोहन मलवीयको १६१ औँ जन्मजयन्ती भव्यरुपमा सम्पन्न

राजनीति


काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध आपसीहितका विविध क्षेत्रमा अझै व्यापक र विस्तार गर्नुपर्ने बताउनुभएको छ । शिक्षाप्रेमी महामना मदन मोहन मलवीयको १६१ औँ जन्मजयन्तीको अवसरमा महामना मालवीय मिसन–नेपालले काठमाडौँमा आइतबार आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल र भारतबीच सदियौँ देखि निकै पुरानो सम्बन्ध रहेको र त्यसलाई अझै बहु आयामिक र मैत्रीपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल र भारतको सम्बन्ध जनस्तर सम्ममा पनि अत्यन्त प्रगाढ र विशिष्ट प्रकारको रहेको बताउँदै सम्बन्धले थप विकास र थप उचाइ लिने विश्वास व्यक्त गर्नुभयो ।उपराष्ट्रपति पुनले नेपालमा पनि हिन्दू विश्वविद्यालय खोल्ने सन्दर्भमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “नेपालमा हिन्दु विश्वविद्यालय खोल्नका लागि सरकारले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ, सायद यो प्रक्रिया अन्तिममा पुगेको छ, काभ्रे जिल्लामा स्थानीय निकायबाट जग्गा उपलब्ध गराउने प्रक्रिया भई नै सकेको छ, र शिक्षा मन्त्रालयमा यो विषय पुगेको छ, यो विषय मन्त्रिपरिषद्बाट स्वीकृतिमा ढिलाइ भएको खण्डमा मैले आफ्नो ठाउँबाट गर्ने सहयोग गर्नेछु ।”

मदन मोहन मालवीय एक असल शिक्षक, पत्रकार, कानून व्यवसायी, प्रखर वक्ता एवं वार्ताकार तथा राजनेताका रूपमा मित्रराष्ट्र भारतमा मात्रै नभई दक्षिण एसियामा नै चिरपरिचित हुनुहुन्थ्यो ।

उपराष्ट्रपति पुनले मालवीयले समाजका निर्धन, निमुखा र पछिडिएको तप्कालाई पुर्‍याउनुभएको सेवा, समर्पण अविस्मरणीय र प्रेरणादायी रहेको बताउँदै मालवीयले मानव स्वतन्त्रताका लागि दिएको योगदानको चर्चा गर्नुभयो ।उहाँले भन्नुभयो, “मालवीय संस्थापक रहेको बनारस हिन्दू विश्वविद्यालयको स्थापनाले भारतीय जनताको चेतना वृद्धिमा मात्रै योगदान पुगेको नभई विश्वकै ज्ञानका आकाङ्क्षी ज्ञान र विविध विधामा शिक्षा प्राप्त गरी व्यक्तिगत रूपमा सक्षम हुँदै राष्ट्र र समाजका लागि केही गर्ने शुभअवसर पाएको कुरालाई हामीले विर्सनु हुँदैन ।”

बनारस हिन्दू विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै स्वदेशको सेवा गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रहेको चर्चा गर्दै उपराष्ट्रपति पुनले सो विश्वविद्यालय नेपाल भारतबीच मित्रताको विम्ब र कडीका रूपमा स्थापित रहेको बताउनुभयो । उहाँले नेपालको सर्वाङ्गीण विकासमा वनारस हिन्दू विश्वविद्यालयले प्रत्यक्ष, अप्रत्यक्षरूपमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

महामना मालवीय मिसन–नेपालका अध्यक्ष योगाचार्य जी.एन.सरस्वतीले नेपालमा हिन्दू विश्वविद्यालय स्थापनाका निम्ति पहल गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा साहित्यकार तथा समाजसेवी पुष्पप्रसाद लुइँटेल, ईश्वरचन्द्र शर्मा र श्यामप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमा नेपालका लागि भारतीय उप–राजदूत प्रसन्न श्रीवस्तावको पनि सभागिता रहेको थियो ।

चलचित्रकर्मी निरौलाको कलाकारहरु थापा, राणा, श्रेष्ठ र वलीलाई समर्थन

राजनीति


काठमाण्डौ– निर्वाचनको मिति नजिकिदै गर्दा यति वेला कलाकर्मीहरुले आ–आफ्नो समर्थन जनाई रहेका छन् । लामो समय देखि नेपाली कला तथा सँस्कृतिको क्षेत्रमा आफ्नो योगदान पुर्याएका कलाकर्मीहरुले समेत निर्वाचनमा उम्मेदवारी दिए संगै उनिहरुको पक्ष र विपक्षमा आ–आफ्ना राय तथा विचारहरु सामाजिक सञ्जाल मार्फत पस्कन थालेका छन् । यसै विच बरिष्ठ चलचित्र निर्देशक लेखक तथा कलाकार मोहन निरौलाले लामो समय देखी नेपाली चलचित्र तथा कला सँस्कृतिका क्षेत्रमा सक्रिय रुपमा लागिरहेकी लोकप्रिय अभिनेत्री तथा निर्मात्री रेखा थापा, अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ, अभिनेता तथा निर्माता रोज राणा र अभिनेत्री तथा गायिका कोमल वलीलाई आफ्नो समर्थन जनाउँदै विजयी गराउन अपिल गरेका छन् ।

नेपाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री तथा निर्मात्री रेखा थापा मोरंगबाट (प्रतिनिधि सभा), अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ धादिंगबाट (प्रदेश सभा) अभिनेता तथा निर्माता रोज राणा प्युठानबाट (प्रदेश सभा), अभिनेत्री तथा गायिका कोमल वली दाङबाट (प्रतिनिधि सभा) को उमेदवार रहेका छन् ।

अभिनेत्री थापाको निर्वाचनमा प्रचार प्रसार गर्ने शैली र स्वभावलाई मतदाताहरुले रुचाएका छन् र यति वेला मोरङ क्षेत्र नम्बर ३ का मतदाताहरु अभिनेत्री थापाको विजयको लागि उत्सुक रहेको बताउने गरेका छन । परिवर्तन नेपालका अध्यक्ष समेत रहेका निर्देशक निरौलाले कला क्षेत्रको प्रवद्र्धन र संरक्षणको लागि कलाकारहरुले राज्यको नियमनकारी निकाय सम्म पुग्न जरुरी रहेको र यसको लागि कलाकारहरुले जित्न जरुरी रहेको बताएका छन् ।

निरौलाले भनेका छन्, “नेपालमा एकसय पच्चिस/छब्बिस भाषा भाषी तथा तिनीहरूको संस्कृति जीवन्त रहेको र त्यसलाई संरक्षण र संम्बर्द्धन सबैको दायित्व हो । जुनसुकै राजनितीक दल र स्थानको उमेदवारी भएपनि सामाजिक, राष्ट्रिय बिषय लगायत देशकै शिर उच्च पार्ने नेपालीहरुकोे बहु–पहिचान, कला संस्कृति भाषा र नेपाली चलचित्रको उम्मेदवारी दिएका कलाकर्मीहरु संवेदनशील रहेकोले पनि उनिहरुको जित आवश्यक छ ।”

अधिकारकर्मी जोशीको आधिकारिक यात्रा

राजनीति



काठमाण्डौ – सुदुरपश्चिमको बझाङ जिल्लामा जन्मिएका  दिर्घराज जोशी बाल्यकाल देखीने मानव अधिकारको पक्षमा उभिदै आएका छन् । जन्म स्थान छोडेर कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा बसोबास गर्दे आइरहेका जोशी तत्कालिन जनआन्दोलनका क्रममा निकै सक्रियताका साथ मानवअधिकारका विषयमा वकालत गर्दर्थे । उनले त्यतिवेला सरकार र तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीबाट वेपत्ता पारिएका मान्छेहरुलाई सार्वजनिक गर्नु पर्ने माग राख्दै निक्कै लामो संघर्षका आन्दोलनहरुमा समेत सक्रियरुप भुमिका खेलेका थिए ।

जोशीे मानवअधिकारका विषयमा कुरा गर्दा सम्झन्छन् “वि सं २०६२– ६३ को जनआन्दोलन, जुन बेला देशमा राजतन्त्र विरुद्धको आगो बल्दै थियो भने लोकतनत्र र गणतन्त्रका चर्का नाराहरु घन्किदै थिए र सोही भिडमा धनगढीको गर्मी मौसमको तातो सडकमा २१–२२ वर्षको ठिटो पनि प्रहरीको दमन र वर्बरताको विरोध गर्दै सडकमा शान्तिको नारा लगाउदै थियो । मानव अधिकार र मानविय कानुनको सम्मान गर्न अनुरोध गर्दै र्याली निकालेका भिडमा रहेका युवाहरुको जमातलाइ थाहा थिएन , मात्र उनिहरु तत्कालिन व्यवस्थाविरुद्ध लागेका पार्टीका कार्यकर्ता जस्ता बन्न पुगेका थिए र तीनै पार्टीका नेतृत्वले उनिहरुलाई संचालन गरेका थिए । तर कुनै पार्टी वा दलसंग नजोडिई विसुद्ध मानवअधिकारको  रक्षाको निम्ती लडिरहेका जोशी जस्ता युवाहरुको जमातलाई पनि तत्कालिन व्यवस्थाले पार्टीका कार्यकर्ता सम्झेर २०६२ साल चैत्र १२ गते धनगढीको पार्कमोडवाट प्रहरीले घेरा हालेर गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलय कैलाली पुर्याएको थियो । २०६३ बैशाख १ गतेका दिन तत्कालिन राजा ज्ञानेन्द्र विर विक्रम शाहदेवको सत्ताच्युत पछि मात्रै थुनिएका जोशी लगायतका मानवअधिकारका लागी आवाज उठाउने  युवाहरुलाई थुनामुक्त गरिएको थियो ।”

थुना भित्रै रहेर पनि जोशीले मानव अधिकार र नेपालमा मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संघ संस्थाहरुको बारेमा अध्ययन गर्ने मौका पाएका थिए । एक महिने जेल जिवनको अवधिमा जोशीले थुप्ै संघ संस्था तथा मानवाधिकारकर्मीहरु संगको आफ्नो चिनजानलाई निकै अगाडी बढाई सकेका थिए मानव अधिकारको विषयमा वकालत गर्न चाहाने जोशीसंग थुपै्र  व्यक्तित्वहरु जोडिएका थिए र जोशीलाई  मानव अधिकार र शान्तिको लागि आवाज उठान गर्न उर्जा प्रदान गर्ने जमातहरु झन बढ्दै गईरहेको थियो र त्यहि मौकामा  शान्तिका लागि शाझा अभियान (कोक्याप) नामक एक गैरसहकारी संस्था जसले मानव अधिकारका क्षेत्रमा काम  गर्ने व्यक्तिहरुको सहभागिता एउटा विशेष कार्यक्रमको आयोजना गर्ने योजना बनाएको थियो, तयस बखत जोशीले पनि त्यो संस्थामा आवद्ध रहेर स्वयंसेवक रुपमा काम गर्न थाले । त्यो संस्था वास्तवमा नेपालमा शान्ति र मानवअधिकारको क्षेत्रमा कार्यरत ५० वटा भन्दा बढी संस्थाको छाता संगठन थियो । जोशीले लामो समय खोजीरहेको मञ्च कोक्यापले प्रदान गरेको थियो ।

कोक्यापमा बसेर भोलेन्टियरको काम गर्न सुरुगरे लगत्तै उनले भावी नेपाल नागरिकको पहल नामक बृहत ३ दिने कार्यशालामा सहभागी हुने मौका पाएका थिए । जहाँ देशभरीबाट शान्ति र  मानव अधिकारको क्षेत्रमा काम गरेका विभिन्न व्यक्तित्वहरुको उपस्थिीती थियो । जुनकार्यक्रमको प्रभावले जोशी प्रती कोक्याप पनि निकै आकर्षित हुदै वि सं २०६४ माघ १ गते देखी फागुन ७ गते सम्म आयोजना गर्न लागेको बृहत राष्ट्रव्यापी साईकल यात्रामा  विषेश भुमिकामा सहभागी गराउने निर्णय समेत गरेको थियो । “उनिहरु कहाँ छन ?” भनेर नाम दिएको त्यो यात्राको मुख्य उदेश्य भनेको दन्द्ध कालमा राज्य र तत्कालिन विद्रोही माओवादी पक्षबाट विभिन्न बहानामा वेपत्ता पारिएका नागरिकहरुलाई तत्काल सार्वजनिक गर्न र उनिहरुको वास्तवीक अवस्थाबारे आम जनसमुदायलाई जानकारी गराउन दुवै पक्षलाई दवाव दिने उदेश्यले आयोजना गरिएको थियो । १५ जना नेपाली र १ जना विदेशी गरी कुल १६ जनाको टोली नेपालको मेचीबाट यात्रा सुरु गरी महाकालीमा समापन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको थियो । देशका विभिन्न स्थानमा सभा, सम्मेलन नागरिक सुनुवाइ कार्यक्रम एवम् स्वयम नागरिक सचेतना जस्ता कार्यक्रम गरी करिव ३६ दिन पछि त्यो यात्रा महाकालीको गड्डाचौकीमा समापन भएको थियो । त्यस यात्रामा मुख्य भुमिकामा जोशीनै रहेका थिए । हजारौंको संख्यामा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुको खोजी गर्न सरकार पक्षलाइ दवाव स्वरुप सुरु गरिएको अभियान थियो । सोही दबाब र राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार संगठनको चर्को आलोचनापछि सरकारले वेपत्ता नागरिक छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता महत्वपुर्ण आयोगहरु समेत गठन गरेको थियो ।

लामो समय देखी मानव अधिकार र समाजसेवाका क्षेत्रमा सक्रिय भुमिकामा रहदै आएका जोशीले  राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आयोजना गरिने विभिन्न मानव अधिकार सम्बन्धि गोष्टि सेमिनार  लगायतका कायृक्रमहरुमा सहभागी हरँदै मानव अधिकारको विषयमा अध्ययन तथा अनुसन्धान थर्दै नेपालमा शान्ति मानव अधिकार र लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा वकालत गर्दे आईरहेका छन् । यसै सिलसिलामा जोशी क्यानडा, अस्ट्रेलियत, जापान, ताईवान, हङकङ मकाउ, थाईल्याण्ड, जर्मन, फ्रान्स  लगायत युरोपका विभिन्न देशहरुमा  गएर तालिमहरु प्राप्त गरिसकेका छन् ।

नेपालको मानव अधिकारको अवस्थालाई अन्तराष्ट्रियस्तर सम्म लैजान र एक शान्त समृद्ध र सम्पन्न देशको रुपमा नेपाललाई विश्व सामु चिनाउन पाउनु जत्तिको गर्व गर्न लाएक कुरा केही हुदैन तर नेपालमा दिनहँु भईरहने मानव अधिकार हननका घटनाहरुले शान्ति र लोकतन्त्रको नारालाई ओझेलमा पार्दै आईरहेको छ । जोशी मात्रै हैनन्,  मानव अधिकारका  पक्षमा वकालत गर्ने थुपै्र व्यक्ति एवम् संगठनहरु भए पनि उनिहरुले पनि सोचे अनुरुप कामगर्न सकेको छैनन । तत्कालिन समयमा जोशी तथा उनिहरुको समुहले उठान गरेको “उनिहरु कहाँ छन् ?” नामक दबाब मुलक यात्रामा सम्पुर्ण पक्षबाट साथ सहयोग भयो । तत्कालिन समयमा राज्यपक्षबाट वेपत्ता नागरिकहरुको खोजी गर्ने एवं दन्द्धकालिन मुद्धाहरुमा  मेलमिलाप गर्ने लगायतका कार्यहरु गर्नको लगी सरकारले जनतालाई आश्वस्त पार्ने उदेश्यले विभिन्न किसिमका आयोग तथा निकायहरु खोलेर कार्यको सुरुवात पनि गरेकै हो तर सोचे अनुरुप अझै पनि ति आयोगहरुले काम गर्न भने आजको दिन सम्मपनि सकिरहेका छैनन् ।

क्यानडामा आयोजना हुने अन्तराष्ट्रिय मानव अधिकार सम्वन्धि विशेष तालिम कार्यक्रममा नेपालको तर्फबाट अधिकारकर्मी दीर्घराज जोशीले सहभागीता जनाएका थिए । उनले  सन २०१६ मा करिव २६ सय जना अधिकारकर्मीहरुले विश्वभरीबाट कार्यक्रममा सहभागिताको लागी आवेदन दिएका थिए । आवेदनमा दिएका मध्येवाट छानिएका १०० जना भित्र जोशी पनि एक थिए, तत्कालिन समयमा नेपालवाट प्रतिनिधित्व गर्ने जोशी लगायतका २ जना अधिकारकर्मीहरु क्यानेडामा आयोजना भएको तालिममा सहभागिता जनाएका थिए । हरेक वर्ष आयोजना हुने मानवअधिकार सम्बन्धी कार्यक्रममा करिव ५० देशबाट आएका १ सय जनाको सहभागीता रहेकोे त्यो कार्यक्रम मानव अधिकारकर्मीको लागी एउटा महाकुम्भ थियो त्यो ईक्विटास क्यानडको ३६ औं संस्करणमा कार्यक्रम थियो , ईक्विटास क्यानडा सरकारको मानवअधिकार सम्बन्धि काम गर्ने आधिकारिक सरकारी निकाय हो ।

मानव अधिकारको क्षेत्रमा सक्रिए रहदै आएका जोशीलाई विभिन्न संघ संस्थाहरुले सम्मान एवं कदर समेत प्रदान गर्दै आईरहेका छन् ।  लामो समयसम्म मानव अधिकार, लोकतन्त्र र शान्तिको  लागि सक्रिए  भुमिका निर्वाह गर्दै आएका जोशीलाई नेपालकै पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड समारोहमा “मानव अधिकार सेवा सम्मान २०२२” समेत प्राप्त गर्नुको साथै गण्डकी प्रदेश प्रमुखले उल्लेखनिय कार्य गरेको भन्दै जोशीलाई प्रशंसा पत्र प्रदान गरिसकेका थिए, त्यसै गरी अधिकारकर्मी जोशीले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१९, एभरेष्ट अनर अवार्ड २०१९ लगायतका अवार्ड तथा सम्मानहरु प्राप्त गरिसकेका छन् ।

प्रस्तुती: अरविन्द्र गौतम

 

महाङ्काल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी विजयी

राजनीति


ललितपुर – ललितपुरको माहाँकाल गाउपालिकामा सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली काग्रेसका गणेश केसी विजयी भएका छन भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले निर्वाचित भएकी हुन । अध्यक्षका लागि केसीले ३४५५ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमला लामाले २८८७ मत प्राप्त गरेकी छन्।

त्यस्तै डोल्मामाया गोलेले ३१५२ मत ल्याउदै उपाध्यक्ष पद जित्न सफल भईन भने उनका प्रतिद्धोन्द्धी नेकपा एमालेका पुरुषोत्तम हुमागाईले २७८७ मत प्राप्त गरेका छन् ।अध्यक्षको पदमा निर्वाचित भएका केसी नेपाली कलाकारिता क्षेत्रमा  निर्माताको रुपमा चिनिएका छन् । उनि नेपाली चलचित्र सुर्याका निर्माता समेत हुन भने अन्य थुप्रै म्युजिक भिडियोहरुको निर्माण समेत गरिसकेका छन् ।