काठमाडौं- नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको हक हित संरक्षणका लागि योगदान गर्दै आउनुभएको छ ।
मुलुकमा निकट भविश्यमा सम्पन्न हुन गइरहेको तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन संघले साँस्कृतिक गतिविधि गर्ने तथा संघको तेस्रो महाधिवेशनलाई यथाशीघ्र सम्पन्न गर्न मिति २०७८ माघ २२ गते शनिबारको दिन नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य समितिको पूर्ण वैठक सम्पन्न गरेको छ ।
लोकतन्त्र प्रति विश्वास राख्ने समग्र साँस्कृतिककर्मीहरूको प्रतिनिधित्व गर्दै नेपाली भाषा, कला, साहित्य, गीत संगीत र संस्कृतिका विभिन्न विधामा सक्रिय साँस्कृतिकर्मीहरूको हक हित संरक्षणमा अझै सशक्त रुपमा क्रियाशील रहने प्रतिवद्धता जनाउने नव नियुक्त महामन्त्री सुवेदी नेपाली सांस्कृति र साहित्यमा कलम चलाउने व्यक्ति पनि हुनुहुन्छ । उहाँ नेपाल साँस्कृतिक संघको विविध गतिविधिमा संलग्न रही संघको विस्तारमा धेरै जिल्ला पुग्ने व्यक्ति मध्ये एक हुनुहुन्छ । रोल्पा जिल्लाको त्रिवेणी गाउँ पालिका–५का स्थायी वासिन्दा सुवेदीको आगमनले नेपाल सांस्कृतिक संघलार्य नयाँ उचाईमा पुर्याउने विश्वास लिइएको छ ।
जसपाका केन्द्रीय सदस्य उत्तम अधिकारी नेकपा एमालेमा प्रवेश
२३ पुस, नुवाकोट । जसपाका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेद्वार उत्तम अधिकारी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले नुवाकोटको सातौ जिल्ला अधिवेशन शुक्रबार सदरमुकाम विदुरमा आयोजित कार्यक्रममा अधिकारी सहित जसपाबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्वागत गरेकी थिइन् ।
काठमाडाैं-आज जबस्ने भनिएकाे प्रितिनिधिसभा बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएकाे छ । संसद सचिवालयले सूचना प्रकाशन गरी विशेष कारणले बैठक स्थगित भएकाे जनाएकाे छ ।
नेपाली काँग्रेसको सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । देउवाको आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा देउवाले सभापतिमा आफूलाई सघाउन आग्रह गरेका थिए । तर, शशांकले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीलाई मिलाएर लैजान देउवाले आग्रह गरेका थिए । आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने पनि उनको भनाइ थियो ।
शशांकका स्वकीय सचिव भरत तिवारीले देउवाले सहयोगका लागि आग्रह गरेपनि महामन्त्रीले आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने धारणा राखेर बालुवाटारबाट फर्किएको बताए । आजै देउवा र शेखर कोइरालाबीच सभापतिमा स्रो चरणको प्रतिस्पर्धा हुँदैछ भने त्यसका लागि साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।
काठमाण्डौं- नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशन यही मंसिर ११ गतेबाट शुरू हुँदैछ । १२ गतेसम्म चल्ने महाधिवेशनको तात्दै गएको माहोलमा मिडिया एकेडेमी नेपालले एमालेका लोकप्रिय १० नेताको मापन गर्ने भएको छ । बिहिबार मतदान सर्वेक्षणको शुभारम्भ कार्यक्रम आयोजना गरी मिडिया एकेडेमीले एमालेको लोकप्रिय नेता छनोट गर्न लागेको बताएको हो ।
आयोजकका अनुसार मतदान सर्वेक्षण अनलाइन र मोवाइलमाध्यमबाट हुनेछ । आफुलाई मनपर्ने नेताको छनोट गर्न अनलाइनमाध्यमहरू फेसबुक, ट्विटर र वेबसाइट र मोवाइलबाट मतदान गर्दा उपलब्ध कोड एसएमएस गर्ने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । मत सर्वेक्षणको नतिजा प्रत्येक चरणको अन्तिम दिनको राती १० बजे अनलाइनमाध्यम र टेलिभिजनमार्फत सार्वजनिक गरिने बताइएको छ ।
मिडिया एकेडेमीले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘यो नेपालले सधैं भोगिरहेको स्पष्ट सोच र दृष्टिकोण सहित जनभावना र जनअपेक्षा बुझ्नसक्ने नेतृत्व, अल्पकालीन र दीर्घकालीन योजना र कार्यक्रम भएको नयाँ पुस्ता, भूगोल, इतिहास, कला, भाषा, समाज, संस्कृति र पहिचानलाई अगाडि बढाउने र राष्ट्रिय भावनाले अतप्रोत नेताको अभावलाई पूर्ति गर्ने प्रयास हो ।’
यो सर्वेक्षणले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने प्रतिष्पर्धामा समेटेको छैन । विज्ञप्तीमा भनिएको छ, नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने कुरा करिब सुनिश्चित जस्तै छ । तर ओलीपछि एमालेको नेता को भन्ने कौतुहलता र प्रश्नहरू व्यापक रहेका छन् । हामी यो अभियानअन्तर्गत ओलीपछिका एमालेका १० लोकप्रिय नेताको खोजी गर्नेछौँ ।
आयोजक डम्बर साहुका अनुसार पहिलो चरणमा ‘मतदान डट कम’ वेबसाइटबाट भोटिङ गर्न सकिनेछ । पहिलो चरणमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरूमध्ये उत्कृष्ट एक सय नेता पत्ता लगाउने छ । यसका लागि आम जनसमुदायले सार्वजनिक भोट गर्नेछन् । कुनै एक राजनीतिक दल, कार्यकर्ता वा शुभचिन्तकले मात्र नभई अन्य राजनीतिक विचार, सिद्धान्त र संगठनमा आवद्ध व्यक्तिहरूले मतदान गर्न सक्नेछन् । दोस्रो चरणमा एक सयमध्ये उत्कृष्ट ५०, तेस्रो चरणमा ५० मध्ये उत्कृष्ट २५, चौथो चरण वा अन्तिम चरणमा २५ मध्ये उत्कृष्ट १० नेता छनोट हुनेछन् । भोटिङ संसारभरबाट गर्न सकिन्छ ।
मोबाइल एसएमएस गर्दा नेकपा (UML) स्पेस मनपर्ने नेताको अंग्रजीको नाम, मध्यनाम र थरको पहिलो अक्षर (जस्तोः एकराज नरसिंह प्याकुरेल –ENP) (UML>space<ENP) टाइप गरी ३३००१ मा पठाउनु पर्ने र अनलाइन संस्करणहरू फेसबुक, ट्विटर र वेबसाइटबाट भोट गर्नु पर्नेछ । भोटिङको अङ्क विभाजन मोबाइल एसएमएस ५० प्रतिशत र अनलाइन (फेसबुक, ट्विटर, वेबसाइट) संस्करण ५० प्रतिशतमा गणना गरिने आयोजकले जानकारी दिएको छ । यी दुई माध्यमबाट प्राप्त मत सर्वेक्षणको कूल अंकको मतभारका आधारमा लोकप्रियता मापन हुनेछ ।
जनताको नजरमा एमालेका कुन नेताको लोकप्रियता कति हो यसको वास्तविकता थाहा पाउन भने परिणाम कुर्नु पर्नेछ । एमालेका उत्कृष्ट १० नेताको घोषणा मंसीर १० गते राती १२ बजे गरिने आयोजकले बताएको छ ।
प्रेस विज्ञप्ति
मुलुकको आवश्यकता र आम जनताको आकांक्षा पूरा गर्न सक्ने राजनीतिक नेतृत्वको अभाव नेपालले सधैं भोगिरहेकै छ । मुलुकमा खुला राजनीति शुरू भएको दशकैंसम्म पनि जनताले खोजेको अनि सोचेको नेतृत्व पाएका छैनन् । तथापि नेतृत्वको सोच, योजना सही हुँदाहुँदै पनि सही वातावरण, उचित सल्लाह, परामर्श र अध्ययन, अनुसन्धानको अभावमा भएका कतिपय राम्रा नेताहरू पनि ओझेल परेका छन् । त्यसका साथै आम मानिस, मिडिया जगत, नागरिक समाज लगायतका विचार र सामाजिक कार्यक्रमहरूको उचित तरिकाबाट कार्यान्वयन नहुँदा उपयुक्त नेतृत्व तयार हुन सकेका छैनन् । उत्पादन गर्न सिर्जनशील रुपमा सही नेतृत्वलाई अगाडि बढाउने पहलकदमी नहुनु हाम्रो वास्तविकता हो । राम्रो सम्भावना भएको नेतृत्वले पनि उचित वातावरणको अभावमा आफ्नो विचार र योजना कार्यन्वयन गर्न नपाउनुले नेपालको नेतृत्व उचित तरिकाबाट निर्देशित हुन नसकेको र उपयुक्त विकल्प पनि नेपालले पाउन नसकेको अवस्था छ ।
यही विषयहरूको अभाव पूर्ति गर्नको लागि सम्भावनायुक्त नेतृत्व, अल्पकालीन र दीर्घकालीन योजना र कार्यक्रम भएको नयाँ पुस्ता, स्पष्ट सोच र दृष्टिकोण सहित जनभावना र जनअपेक्षा बुझ्नसक्ने, भूगोल, इतिहास, कला, भाषा, समाज, संस्कृति र पहिचानलाई अगाडि बढाउने र राष्ट्रिय भावनाले अतप्रोत नेता चयन गर्ने यो एउटा प्रयास हो । यसै परिप्रेक्षमा नेतृत्वको डिजिटलाइजेसन, प्रोफाइलिङ, भिडियो डकुमेन्टरी निर्माण, सोच र सपनाको प्रस्तुति, नेतृत्वको पूर्ण डकुमेन्टसन गर्ने सोच अनुरूप मिडिया एकेडेमी नेपालले कार्य प्रारम्भ गरेको छ । सोच र योगदानको आधारमा विचार, दर्शन, सपना र सही मुल्य-मान्यता भएका नेता वास्तवमा हाम्रा सम्पत्ति हुन्, यसको उचित व्यवस्थापन गरी आम समर्थक, जनता र दर्शकमाझ प्रभाव पर्ने गरी प्रस्तुत गर्दा त्यसले ठूलो प्रभाव पार्दछ ।
हाम्रो यो प्रयासले मुलुकले असल नेतृत्व त पाउने छ नै सही विचार, सिद्धान्त, दृष्टिकोण बोकेका नेतालाई आम मानिसविच परिचित हुन र अगाडि बढ्न सहज हुनेछ । यसले सम्भावना बोकेका नेतालाई उसको विचार सिद्धान्तकै आधारमा पार्टी र देशको नेतृत्वमा पुग्न मद्दत समेत गर्नेछ ।
यस्ता महत्वपूर्ण परियोजनाको नेतृत्व हालसम्म कसैले पनि नलिनुले राजनीति र यसको क्षेत्र आम जनताको चासो र रुचिको बिषय बन्न्न नसकेको हो । जब राजनीतिमा सौन्दर्यात्मक पक्षको बाहुल्यता रहन्छ, तब यस क्षेत्रले आम जनताको मन र मस्तिस्कमा प्रभावकारी रुपले स्थान बनाउन सक्छ । जनताको मनमा सही र असल नेता स्थापित गराएर मुलुकको नेतृत्वमा पुर्याउने योजना सहित मिडिया एकेडेमीले यो अभियान शुरूवात गरेको हो ।
यी समग्र विषयवस्तुको अध्ययन पश्चात सही, सम्भावनायुक्त र भिजनरी सोच भएका नेतृत्वलाई समाजमा स्थापित गरी ती नेतृत्वद्धारा सुशासनको प्रत्याभूति गराउन र देशलाई विकास र समृद्धिको यात्रमा थप योगदान पुर्याउन यो मतदान सर्वेक्षण अभियानको शुरुआत गरिएको हो । यस अभियानले सबै विचार, सिद्धान्त, पार्टी, संगठन, नेतृत्व, युवा नेतृत्व, सम्भावना र सोच सहितको व्यक्तिहरूलाई मिडिया, दूरसञ्चार, नवप्रवर्तन प्रविधिको उच्चतम प्रयोगमार्फत लोकतान्त्रिक, न्यायोचित र वैज्ञानिक उपलब्धी प्राप्त गर्नेछ । यसले मत सर्वेक्षणको आधारमा कुन नेताको लोकप्रियता कति भन्ने जिज्ञासालाई सम्बोधन गर्नेछ र जनताको मत र विचारलाई प्रमाणीकरण गरी पार्टीभित्र तथा बाहिरको वस्तुस्थितिको जानकारी गराउँदै नेतृत्वलाई सही गन्तब्यसम्म पुराउने कार्य गर्न सघाउने छ ।
छनोट प्रक्रिया
लोकप्रिय नेतृत्वको छनोटका लागि सम्बन्धित व्यक्तिको पार्टी, राजनीतिक जीवन र सो पार्टीको केन्द्रीय समितिमा रहेको प्रामाणित तथ्यलाई प्रमुख आधार मानिएको छ । यसैगरी उहाँहरूको वेबसाइट, मोबाइल एप, डिजिटल सफ्टवेयर, विकिपिडिया, जीवनवृत्त, सोच भिडियो, सोच आलेख, परियोजना प्रोफाइल, योगदान प्रोफाइल लगायतका आधारमा व्यक्तिगत विवरण संकलन गरी आम जनसमुदाय समक्ष लोकप्रियता मापनका लागि प्रस्तुत गरिएको छ । नेता छनोट गर्दा राजनीतिमा लागेको अनुभवदेखि पढाइ, सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति, आचरण, आम मानिसविचको लोकप्रियता, सार्वजनिक व्यक्तित्वलगायत विषयलाई आधार बनाइने छ ।
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने कुरा करिब सुनिश्चित जस्तै छ । तर ओलीपछि एमालेको नेता को भन्ने कौतुहलता र प्रश्नहरू व्यापक रहेका छन् । हामी यो अभियानअन्तर्गत ओलीपछिका एमालेका १० लोकप्रिय नेताको खोजी गर्नेछौँ । आम नागरिकको मत र धारणमा त्यस्ता नेताको सूची तयार हुनेछ । एमालेका ६ लाख बढी कार्यकर्ताबाट चुनिएका करिब २ हजार प्रतिनिधिले चुन्ने एमालेको नेतृत्वप्रति हाम्रो कुनै सापेक्ष वा निरपेक्ष दृष्टिकोण नरहने जानकारी गराउन चाहन्छौँ ।
पहिलो चरणमा नेकपा एमालेको केन्द्रीय नेतृत्व (१० औँ राष्ट्रिय महाधिवेशन आयोजक समिति) सदस्यहरूमध्ये कुन नेताको लोकप्रियता कति छ भनी पत्ता लगाउन आम जनसमुदायमा सार्वजनिक भोटिङका लागि आह्वान गरिने छ र एक सय जना नेता छानिने छन् । दोस्रो चरणमा एक सयमध्येबाट उत्कृष्ट ५०, तेस्रो चरणमा ५० मध्येबाट उत्कृष्ट २५, चौथो चरण वा अन्तिम चरणमा २५ मध्येबाट उत्कृष्ट १० नेता छनोट हुनेछन् । भोटिङ संसारभरबाट गर्न सकिन्छ । मोबाइल एसएमएस र अनलाइन (फेसबुक, ट्विटर, वेबसाइट) संस्करण गरी दुई प्रक्रियाबाट भोट गर्न सकिनेछ । भोटिङको अङ्क विभाजन मोबाइल एसएमएस ५० प्रतिशत र अनलाइन (फेसबुक, ट्विटर, वेबसाइट) संस्करण ५० प्रतिशतमा गणना गरिनेछ । यी दुई माध्यमबाट प्राप्त मत सर्वेक्षणको कूल अंकको मतभारका आधारमा लोकप्रियता मापन हुनेछ र प्रत्येक चरणको सार्वजनिकीकरण सोही रातको १० बजे गरिनेछ ।
यो विधि विकसित राष्ट्रहरूमा विगतदेखि नै अभ्यासमा छन् । निष्पक्ष, तटस्थ र पारदर्शी प्रकृयाबाट लोकप्रिय नेता छनोट हुँदा जनताप्रति उनीहरूको जवाफदेहिता र उत्तरदायित्व बहनमा थप बृद्धि हुने र यसले भविष्यमा नेतृत्व विकासमा समेत मद्दत पुग्नेछ । यो प्रकृयाले नेपाल जस्तो संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था अंगिकार गरेको मुलुकका लागि थप महत्वपूर्ण हुनेछ । हरेक पार्टीको नीति र नेतृत्वले देशका हरेक क्षेत्र प्रभावित हुने अवस्था बन्छ भने ती सबै क्षेत्रका नागरिकको दृष्टिकोण राजनीतिक दलका नेताप्रति कस्तो छ भन्ने मापन पनि गरिनुपर्छ । त्यसैका निम्ति यो हाम्रो पहलकदमी हो । अन्त्यमा हामीले यसबाट प्राप्त निष्कर्ष सम्बन्धित पार्टीको नेतृत्वलाई हस्तान्तरण गर्नेछौँ ।
सरोज थापा/काठमाडौं -नेकपा एमाले निकट युवाहरुको भातृ संगठन युवा संघ नेपाल क्षेत्र नं २ काठमाडौं शंखरापुरले बृहद मोटर साईकल र्याली तथा नगर कमिटि घोषणा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद मणीराम फुयाल, सरिता न्यौपाने, शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य बुद्धभक्त चित्रकार, नेकपा जिल्ला कमिटि काठमाडौंका सदस्यद्वय शोभा कार्की एवम् महेन्द्र लाल कायस्थ लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रम माझ शंखरापुर नगर कमिटि गठन गरिएको छ ।
उक्त कार्यक्रम माझ शंखरापुर नगरपालिकाका ९ का जनप्रतिनिधी भाईकाजी श्रेष्ठ प्रदिप कार्की, ज्ञानु श्रेष्ठ, सुल्तना परियार र नगरका युवा नेताहरु प्रल्हाद थापा, माधव श्रेष्ठ, यज्ञ बराल, सन्तोष कार्की, प्रकाश श्रेष्ठ, सागर थापा, मनोज थापा, दिपेश थापा, विजय केसी लगायतका कार्यकर्ताहरुले नेता कार्यकर्ताको भव्य स्वागत गरेका थिए । जसमा हजारौको सँख्यामा युवाहरु एककठ्ठा भई बाइक र्यालीमा सहभागीता जनाएका थिए । र्यालीका साथमा ठुलो सँख्यामा युवाहरुले ऐक्यबद्धता जनाएकाले पनि कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको अनुमान लगाउन सकिन्छ ।








लिस्वन -राम प्रसाद सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित भएका छन । उनलाई नेपाली कांग्रेस केन्द्रीय तरुण विभागले शाखा प्रमुखमा मनोनित गरेको हो ।
तनहुँ घर भई हाल पोर्चुगलमा बस्दै आएका सापकोटालाई प्रवासमा लोकतन्त्रमा आस्था राख्ने तरुणहरुसँग समन्वय गरी संगठन र पार्टीलाई थप बलियो बनाउन शाखा प्रमुखमा मनोनित गरेको हो । तरुण विभाग प्रमुख समेत रहेका पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले सापकोटालाई एक पत्र पठाउँदै पार्टी र संगठनलाई आफ्नो स्थानबाट सहयोग पु¥याउन आग्रह गरेका छन ।
सापकोटा नेपाली जनसम्पर्क समिति पोर्चुगलका कार्य समिति सदस्य समेत हुन । उनले बन्दिपुरमा रहँदा पार्टीको सचिब भएर काम समेत गरिसकेका छन ।
काठमाडौं - माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ ।
माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले दिएको दल त्यागको सूचना दिएपछि उनीहरुको सांसद पद गुमेको थियो । यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्री बनाएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि उनीहरुको मन्त्री पद पनि गुमेको थियो । निर्वाचन आयोगले गत असार २३ गते उपलब्ध गराएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको जिकीर गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्य पद खारेजको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ । विदेश जाने युवाहरुलाई सम्बन्धित देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिन टेकुमा युवाहरुको भीड लागेको हो । सयौँको संख्यामा मानिसहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिनुका साथै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ ।
देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आएका युवाहरु तीन दिन अघिदेखि लाइन बस्दा पनि प्रमाणपत्र लिने पालो नआएको गुनासो गर्छन् ।
विदेश जानका लागि खोपको आवश्यकता पर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उनीहरुको भनाई छ । खोपको लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टीनमा बस्नु नपर्ने जनाइएको छ । तीन दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनुपर्ने सेवाग्राहीको भनाइ छ ।
कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरै दिन देखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भईसकेको युवाहरुले बताएका छन् ।
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए । त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’
नेता नेपालले अघि भने, ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’गलत कुरालाई स्वीकार गरेर शिर निहुर्याएर बस्नु दास हुनु भएको उनले बताए । सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भने, ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’