सरोज थापा/काठमाडौं -नेकपा एमाले निकट युवाहरुको भातृ संगठन युवा संघ नेपाल क्षेत्र नं २ काठमाडौं शंखरापुरले बृहद मोटर साईकल र्याली तथा नगर कमिटि घोषणा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद मणीराम फुयाल, सरिता न्यौपाने, शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य बुद्धभक्त चित्रकार, नेकपा जिल्ला कमिटि काठमाडौंका सदस्यद्वय शोभा कार्की एवम् महेन्द्र लाल कायस्थ लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रम माझ शंखरापुर नगर कमिटि गठन गरिएको छ ।
उक्त कार्यक्रम माझ शंखरापुर नगरपालिकाका ९ का जनप्रतिनिधी भाईकाजी श्रेष्ठ प्रदिप कार्की, ज्ञानु श्रेष्ठ, सुल्तना परियार र नगरका युवा नेताहरु प्रल्हाद थापा, माधव श्रेष्ठ, यज्ञ बराल, सन्तोष कार्की, प्रकाश श्रेष्ठ, सागर थापा, मनोज थापा, दिपेश थापा, विजय केसी लगायतका कार्यकर्ताहरुले नेता कार्यकर्ताको भव्य स्वागत गरेका थिए । जसमा हजारौको सँख्यामा युवाहरु एककठ्ठा भई बाइक र्यालीमा सहभागीता जनाएका थिए । र्यालीका साथमा ठुलो सँख्यामा युवाहरुले ऐक्यबद्धता जनाएकाले पनि कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको अनुमान लगाउन सकिन्छ ।
लिस्वन -राम प्रसाद सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित भएका छन । उनलाई नेपाली कांग्रेस केन्द्रीय तरुण विभागले शाखा प्रमुखमा मनोनित गरेको हो ।
तनहुँ घर भई हाल पोर्चुगलमा बस्दै आएका सापकोटालाई प्रवासमा लोकतन्त्रमा आस्था राख्ने तरुणहरुसँग समन्वय गरी संगठन र पार्टीलाई थप बलियो बनाउन शाखा प्रमुखमा मनोनित गरेको हो । तरुण विभाग प्रमुख समेत रहेका पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले सापकोटालाई एक पत्र पठाउँदै पार्टी र संगठनलाई आफ्नो स्थानबाट सहयोग पु¥याउन आग्रह गरेका छन ।
सापकोटा नेपाली जनसम्पर्क समिति पोर्चुगलका कार्य समिति सदस्य समेत हुन । उनले बन्दिपुरमा रहँदा पार्टीको सचिब भएर काम समेत गरिसकेका छन ।
काठमाडौं - माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ ।
माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले दिएको दल त्यागको सूचना दिएपछि उनीहरुको सांसद पद गुमेको थियो । यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्री बनाएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि उनीहरुको मन्त्री पद पनि गुमेको थियो । निर्वाचन आयोगले गत असार २३ गते उपलब्ध गराएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको जिकीर गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्य पद खारेजको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ । विदेश जाने युवाहरुलाई सम्बन्धित देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिन टेकुमा युवाहरुको भीड लागेको हो । सयौँको संख्यामा मानिसहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिनुका साथै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ ।
देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आएका युवाहरु तीन दिन अघिदेखि लाइन बस्दा पनि प्रमाणपत्र लिने पालो नआएको गुनासो गर्छन् ।
विदेश जानका लागि खोपको आवश्यकता पर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उनीहरुको भनाई छ । खोपको लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टीनमा बस्नु नपर्ने जनाइएको छ । तीन दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनुपर्ने सेवाग्राहीको भनाइ छ ।
कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरै दिन देखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भईसकेको युवाहरुले बताएका छन् ।
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए । त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’
नेता नेपालले अघि भने, ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’गलत कुरालाई स्वीकार गरेर शिर निहुर्याएर बस्नु दास हुनु भएको उनले बताए । सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भने, ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’
काठमाडौँ – संचारकर्मी सुर्य चन्द नेपाली कांग्रेस तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा मनोनयन भएका छन्। नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्रि एबम तरुण बिभाग प्रमुख शंकर भण्डारीले संचारकर्मी चन्दलाइ एक कार्यक्रम बीच तरुण बिभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गरेका थिए।
संचारकर्मी सुर्य चन्द बिगत २ दशक भन्दा बेसी समय देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा योगदान गर्दै आएका युवा नेता हुन्। संचार क्षेत्रलाइ राम्रो संग बुझेका सुर्य चन्दले सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका छन्। विभिन्न संघ संस्थामा समेत आबद्ध रहेर काम गर्दै आएका उनि नेपाली सिने उधोगका लोकप्रिय कलाकार तथा म्युजिक भिडियो निर्देशक हुन्। युवा नेता सुर्य चन्दले विभिन्न अवार्ड, इभेन्ट, मेला महोत्सबको आयोजना गर्दै युवा वर्गलाइ स्वरोजगार बनाउने देखि देशको आर्थिक बिकाशमा समेत योगदान पुर्याउदै आएका छन्।
तरुण नेता सुर्य चन्दलाइ नेपाली कांग्रेस केन्द्रीय तरुण बिभागको निर्णय अनुसार “प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजक”मा मनोनित गरिएको नेपाली कांग्रेस तरुण बिभाग प्रमुख एवम पुर्व मन्त्रि शंकर भण्डारीले बताएका छन् ।
आफुले पाएको जिम्मेवारी प्रति निष्ठावान ढंगले कार्यसम्पादन गरी पार्टी, संगठन तथा बिभाग प्रति पूर्ण बफादार रही तरुणहरुलाई गतिशिल बनाउन लागि पर्ने कुरा युवा नेता सुर्य चन्दले जानकारी गराएका छन् ।
काठमाडौँ – इस्लाम धर्मावलम्बीहरुको पर्व इद-उल-अजहा (बकरइद)को अवसरमा नेपाली काङ्ग्रेस तरुण बिभागले शुभकामना बिज्ञप्ति निकालेको छ। उक्त बिज्ञप्तिमा नेपालमा बसोबास गर्ने इस्लाम समुदायको बृहत नेपालको एकीकरणमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरिएको छ।
यस्तो छ शुभकामना बिज्ञप्तिको पुर्णपाठ
हार्दिक शुभकामना !
बृहत नेपालको एकीकरणमा महत्वपूर्ण योगदान रहेको सम्पुर्ण ईस्लाम धर्मावलम्बीहरुको महान चाड इद–ऊल–अजहा (बकरइद)को सु–अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना (ईद–मुबारक) ब्यक्त गर्दछु । यस महान पर्वले मुलुकमा धार्मिक सहिष्णुता, सुख–शान्ति, भाईचारा र राष्ट्र प्रेमको अभिबृद्धि होस भन्ने कामना गर्दछु ।
विश्वव्यापी महामारीको यस कठिन परिस्थितिमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्व मनाउन सम्पूर्ण ईस्लाम धर्मावलम्वीहरुमा आग्रह समेत गर्दछुु ।
जय नेपाल !
शंकर भण्डारी
केन्द्रीय सदस्य, पूर्वमन्त्री
एवम् तरुण विभाग प्रमुख
नेपाली कांग्रेस
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । मंगलबार बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ । माधव नेपालसँग भएको भेटमा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
काठमाडौँ -नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तरुण बिभाग प्रमुख शंकर भण्डारीले एक प्रेश बिज्ञप्ति निकाल्दै कोभिड-१९ को विषम परिस्थितिमा मजदुर, बिद्यार्थी र शिक्षकहरुलाई प्राथमिकताको साथ खोप दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
हेर्नुहोस प्रेश बिज्ञप्ति: लामो अन्योल र अस्थिरता पार गर्दै मुलुकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार पाएको छ । आम नागरिकले जस्तै म पनि यो सरकारले पूर्ण इमान्दारिताका साथ नागरिकको पीरमर्का बुझेर काम गरोस् भन्ने चाहन्छु । विषम परिस्थितिमा गठन भएको यो सरकारलाई असफल हुने कुनै सुविधा उपलब्ध छैन । जुनसुकै मूल्य चुकाएर पनि देश र जनताको यावत समस्या सम्बोधनमा खट्नु यो सरकारको प्रमुख दायित्व हो । विगतको सरकारले महामारीले थलिएका नागरिकको स्वास्थ्य समस्या सम्बोधन गर्न र जनजीविका असहज भएका नागरिकलाई सहयोग गर्नका लागि खर्च गर्नुपर्ने समय सबै राजनीतिक दाउपेच र भ्रष्टाचारमा निर्लिप्त रहँदा नागरिकमा अत्यन्त निराशा उत्पन्न भएको छ । विद्यमान स्वास्थ्य समस्या, महामारीका कारण ठप्प भएको आर्थिक क्रियाकलाप र सामाजिक समस्याको मिहिन समीक्षा गरी त्यसको समाधानमा सरकार लाग्नु अत्यावश्यक छ ।
महामारीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय यथेष्ठ मात्रामा खोप प्राप्त गर्नु नै प्रमुख प्राथमिकता हो । केही नागरिकले खोप पाएका छन् तर अधिकांश यो सुविधाबाट बञ्चित भएको अवस्था छ । खोपमा पनि अनियमितता भएको र खोप पाउनु पर्ने वर्ग तथा समुदायको खोपमा पहुँच नपुगेको भन्ने आम गुनासो छ । टाठाबाठा र पहँुचवालाहरुले नियम मिचेर खोप लिएका समाचार निरन्तर सार्वजनिक हुदै आएका छन् । खोप सबैले पाउनु पर्दछ त्यसमा कुनै द्धिविधा छैन तर यसको प्राथमिकता भने निर्धारण गरी त्यसमा कडाई गरिनु आवश्यक छ । दैनिक काम नगरी खान नपुग्ने श्रमिक÷मजदुरहरु वा सर्वसाधारण नागरिकहरुलाई आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन र आपुर्तिमा योगदान गर्ने वर्गलाई खोपमा उच्च प्राथमिकता दिनुपर्नेमा त्यसतर्फ ध्यान पुगेको छैन । विद्यार्थी र शिक्षकहरु जसको काँधमा मुलुकको भविष्य र आशा अडिएको छ, उनीहरुलाई खोप दिने कार्यमा पनि अलमल देखिन्छ ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले उच्च प्राथमिकताका साथ श्रमिक तथा मजदुरलाई खोप उपलब्ध गराउनु पर्दछ । साथै विद्यार्थी र शिक्षकलाई पनि प्राथमिकताका साथ खोप प्रदान गरी पठन पाठन नियमित गर्नु अति आवश्यक छ । यो सरकारले खोप अनुदानको रुपमा मात्र लिने होइन आवश्यक परेमा आफैले खर्च गरेर पनि यथासक्य छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनु पर्दछ । नागरिकको जीवन रक्षा सरकारको प्रथम दायित्व हो भन्ने तथ्यलाई यो सरकारले आत्मसात गर्नेछ भन्नेमा म विश्वस्त छु । विशेष गरी श्रमिक÷मजदुर, विद्यार्थी र शिक्षकलाई उच्च प्राथमिकताका साथ खोप उपलब्ध गराउन म सरकारसँग आग्रह गर्दछु ।
जय नेपाल !
शंकर भण्डारी
केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख
नेपाली कांग्रेस
भक्तपुर-समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो ।
प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रीमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटिको संयोजकत्वमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
समाजवादी ट्रेडयुनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहालसहित अन्य पदधिकारीहरूको उपस्थिति स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
सो अवसरमा श्रमिकहरूको पनि हक र हित र श्रमिकको निमित सदैव खटेर डटेर सेवा गरिरहने अध्यक्ष गोलेले बताउनुभयो ।उहाँले देशैभरिका श्रमिकहरूको निमित राम्रो भूमिका खेल्नेका लागि वर्तमान सरकारले समन्वय गर्न उहाँले आग्रह गर्नुभयो । देशैभरिका लाखौ श्रमिकहरूको आवाजलाई वेवस्ता गरिए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।