interview
||Power News Asia||

आजको समाचार

अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै मत परिक्षणबाट आफूलाई एनआरएनए भित्र स्थापित गर्न सफल भएको छु :गणेश केसी (एनआरएनए उपाध्यक्ष उम्मेदवार)

विचार / विमर्श


(नेपालबाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौं नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन बाध्य छन्। त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन्। जसको कारण विदेशको रोजगारीमा नेपाली युवाहरुले राम्रो काम पाउन सकेका छैनन्। अदक्षताको कारण विदेशमा धेरै कठिनाइ भोग्नुपर्ने बाध्यता रहेको छ। यो बाध्यताबाट मुक्त गर्ने र गराउने कार्यमा गैरआवासिय नेपाली संघमा लामो समयदेखि नेपाल र नेपालीको हक, हित र अधिकारको लडाई लड्दैआएका गणेश केसीले विदेशमा अदक्ष नेपाली होइन, दक्ष नेपाली भन्ने नारा नै वोकेर आसन्न गैरआवासिय नेपाली संघको निर्वाचनमा होम्मिएका छन्। एनआरएनको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन्। उनै गणेश केसीसंगको आसन्न गैरआवासीय नेपाली संघ को चुनावी एजेन्डाको विषयमा भएको संक्षिप्त कुराकानी)

तपाईको चुनावी एजेन्डा के छ ?

मेरो मुख्य चुनावी एजेन्डा नै अदक्ष नेपालीलाई दक्ष नेपाली बनाएर विदेशमा नेपालको शान र गौरव बढाउने हो । त्यसका लागि नेपालका सातै प्रदेशमा नेपालीहरुलाई दक्ष बनाउने गरि व्यवसायिक सीप तालिम केन्द्र स्थापना गर्नेछु। त्यसको अलावा रोजगारीको सिलसिलामा विदेश जाँदा अपनाउनुपर्ने सबै कार्य तथा प्रकृयाको निःशुल्क परामर्श दिने देखि देश विकासमा विदेशमा सिकेका र जानेका सिपलाई नेपालको विकासमा लगाउने मेरो प्रमुख योजना छ ।

विदेशमा रहेका नेपालीहरुको लागि के कस्तो योजना छ ?

विश्वभर छरिएर रहेका नेपालीहरुको दुःखसुखमा साथ दिने कार्य हिजोका दिनमा पनि गरेको थिए र आजको दिनमा पनि गर्दैछु, भोलिका दिनमा पनि गर्नेछु। विश्वभर छरिएर रहेका नेपालीहरुलाई कुनै कारणवाट कहीँकतै समस्या परेमा त्यसको समाधान गर्ने र गराउने मेरो अर्को प्रमुख प्रतिबद्धता पनि रहेको छ। विदेशमा कुनैपनि नेपालीलाई कुनैपनि प्रकारको समस्या नहोस् भनेर निरन्तर कार्यगर्दै जानेछु ।

तपाईलाई सटकटमा चिनाउनु पर्दा कसरी चिनाउनु हुन्छ ?

मैलै सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएको छु । सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजिक सेवामा लाग्दैआएको पनि छु। त्यसपछि, सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्ट्रेलियाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष २०१३–२०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद् ९आइसिसी सदस्य९ २०२१–२०२३एनआरएनए आईसीसीका उपमहासचिव हुदै हाल एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुखमा छु।

तपाईको थप परिचय ?

अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै मत परिक्षणबाट आफूलाई एनआरएनए भित्र स्थापित गर्न सफल भएको छु। मेरो कार्यकालमा महापुराणबाट संकलित एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै नेपाली समुदायको लागि ठूलो योगदान दिएको कुरा कसैबाट पनि छिपेको छैन् । त्यस्तै, सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडि बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न पनि सफलता प्राप्त गरेको छु। यसमा मलाई गौरव छ। सो क्रममा एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडि बढाउन मलाई आसिनिया क्षेत्रको संयोजकको जिम्मेवारी दिईएको थियो । एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी आएसँगै मैले अह्रोरात्र खटिदै भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल भए । त्यसैगरी मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल भए । एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र कोरोना महामारीमा मैले मातृभूमिमा सेवा गर्ने कार्य गरेको पनि कसैबाट छिपेको छैन्। कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा म कहिले पनि पछि हटिन।

विदेशमा विपतमा परेका नेपालीका लागि तपाईको कार्य योजना के कस्तो छ ?

विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु। त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक,रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरो छ।

अन्त्यमा के भन्नुहुन्छ ?

लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय संघको वर्तमान उप महासचिवको हैसियतले अष्ट्रेलियामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक समृद्धि लागि प्रयोग गर्दैआएको छु। मैले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पुर्‍याउने मेरो प्रमुख उद्देश्य हो ।

२५ हजारदेखि ३० हजारको हराहारीको जनशक्तिलाई टिकाई राख्न पनि सरकारको निति प्रष्ट हुनुपर्दछ: अभिनेता घिमिरे

विचार / विमर्श


काठमाण्डौ– नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका नायक हुन् पुष्ट बहादुर घिमिरे । घिमिरेले हालसम्म आधा दर्जन वढि सफल चलचित्रमा काम गरिसकेका छन् । नायक घिमिरे यतिबेला नयाँ निमार्णाधीन चलचित्रको गृह कार्यमा लागिपरेका छन् । अभिनेता घिमिरेले ‘लुट कम्पनी’, ‘सरकार’, ‘बुलेट’, ‘प्राणभन्दा प्यारो’ लगायतका चलचित्रमा काम गरिसकेका छन् भने निर्माणाधिन चलचित्र ‘श्रृंगार’ र ‘अशोका’मा उनको जोडदारको भूमिका रहेको छ । मृदुभाषी युनिटमा सहज उपस्थिति जनाउन सिपालु घिमिरे निर्माताहरुको पहिलो रोजाइको कलाकार हुन् । कथावस्तु चयन, अभिनयमा मौलिकपन दिने नायक पुष्ट बहादुर घिमिरेले गरेको कुराकानीमा आधारित अंशको प्रस्तुती :

हाल केमा ब्यस्त हुनुहुन्छ ?
केही समय चाडवाडका कारणले व्यस्त भईयो। दशैं लगतै निर्माण हुने भनिएको चलचित्रको स्क्रिप्ट अध्यायनमा पनि ब्यस्त छु ।

तपाईंको नयाँ चलचित्र प्रदर्शनमा आउने क्रममा छन् कि ?
अहिले तत्काल त्यस्तो केही छैन । विविध कारणले केही चलचित्र प्रदर्शनमा आउन सकिरहेको छैन । अब माहोल केही समान्य बन्दै आइरहेको छ । आशा गरौं चाडै नै प्रदर्शनमा आउने छ ।

तपाईले नेपाली चलचित्र क्षेत्रलाई कसरी हेरिरहनु भएको छ ?
नेपाली चलचित्रको कुरा गर्नुपर्दा कहिले केले कहिले केले प्रभाव पारि नै रहेको हुन्छ । पछिल्लो अवस्थाको कुरा गर्ने हो भने कोरोना भाइरसका कारणले नेपाली चलचित्र क्षेत्र थला परेको छ । महाभूकम्प पछि बिस्तारै बिउँतिन थालेको चलचित्र क्षेत्र कोभिडले थला पारिदियो । केही चलचित्र चल्न थालेका थिए । तर, पछिल्लो करिब दुई वर्षयता देशमा लागेको लकडाउन खुकुलो भएपनि त्यसको प्रभाव हटेको छैन । चलचित्र प्रदर्शनमा आएपनि हलमा दर्शक पुग्न सकिरहेका छैनन् । चलचित्र निर्माणमा प्रतिस्पर्धा थियो, अहिले त्यो बाताबरण छैन । बिस्तारै यसमा सुधार हुने आशामा छु ।


हल खुले पनि निर्माताले नयाँ सिनेमा दिएनन् भन्छन् नि ?
कुनै पनि व्यवसायमा फाइदा देख्दैन भने उसले आफ्नो सामान बजारमा पठाउँदैन । सरकारले हल सञ्चालनमा अनुमति दिएपनि हल सञ्चालकहरुको अवस्था भने सहज बन्न सकेको छैन । दर्शक हलसम्म पुग्न सकिरहेका छैनन् । दर्शक नभएपछि कसरी लगानी उठ्छ भन्ने चिन्ता लगानीकर्तालाई हुने नै भयो । यस्तो अवस्थामा पनि ‘डाँडा पारीको वरपिपल’ र अर्को एक चलचित्र प्रदर्शनमा आएकै हो । दर्शक हुनु वा नहुनु अलग कुरा हो । लामो समय हल बन्द हुँदा दर्शकहरुले पनि चलचित्रको विकल्पमा अरु कुनै मनोरञ्जनको उपाय अपनाए होलान् ।


कोरोनाका कारणले बेरोजगार बनेका कलाकर्मीहरुको अबको अवस्था कस्तो देख्नु हुन्छ ?
निषेधाज्ञा र चार्डपर्वका कारण चलचित्र निर्माणमा कमी देखिएको भएता पनि पुनः चलचित्रको छायांकन शुरु हुन थालेको छ । चलचित्रको निर्माणको क्रम पनि तिव्र रुपमा वढिरहेको छ, यो उत्साह जनक अवस्थापनि हो । एउटा चलचित्रमा कम्तिमा पनि ५० जनाले रोजगारी पाउँछन् । यो रोजगारी बचाउन पनि चलचित्र बन्नु पर्छ र सरकारले पनि यो कठिन अवस्थामा सहयोग गर्नुुपर्छ जस्तो लाग्छ मलाई । यस क्षेत्रमा प्रत्यक्ष प्रभावित २५ हजारदेखि ३० हजारको हराहारीको जनशक्तिलाई टिकाई राख्न पनि सरकारको निति प्रष्ट हुनुपर्दछ भने चलचित्र सम्वन्धि काम गर्ने संस्थाहरुको भूमिका पनि अहम् हुनुपर्छ । यसो भयो भने निराशा बनेका सिनेकर्मीको अनुहारमा फेरी आशाको किरण छाउनेमा विश्वास गर्न सकिनेछ ।

एउटा स्टारको लागि निर्माताले लगानी गरेकोे हुन्छ कलाकारको भूमिका चाहिँ के रहन्छ ?
कुनै पनि कलाकार, प्राविधिक वा निर्देशकको एकल प्रयासले चलचित्र सफल हुने होइन । चलचित्र सफल हुन कलाकार मात्रै नभएर निर्देशक देखी स्पट ब्वाई समेत सम्पूर्ण टिमको आ–आफ्नो जिम्मेवारी अनुसारको मिहेनत हुनु जरुरी हुन्छ । त्यसमा पनि टिम क्याप्टेन अर्थात् निर्देशक अलि बढी जिम्मेवार हुनुपर्छ । यदि मेरो निर्माताले मलाई दोहो¥याएर लगानी गर्दैन भने ममा ठूलो समस्या छ भन्ने बुझ्नुपर्छ । नेपाली सिनेमामा कर्पोरेट हाउसको लगानी छैन । दुःख गरेर कमाएको पैसा निर्देशकलाई वा स्टारको विश्वासमा लगानी गरेको हुन्छ । त्यसैले निर्मातालाई कसरी बचाउने पहिलो प्राथमिकता हो । चलचित्रले निर्मातालाई फाइदा गरेमात्र उसले बल्ल चलचित्र बनाउने जांगर देखाउँछ । त्यसैले हामी कलाकारले पनि विषयवस्तु अनुसारको भूमिकामा न्याय गर्न सक्नुपर्छ अनि मात्र चलचित्र सफल हुन्छ ।

तपाईको विचारमा राम्रो चलचित्र बनाउन के गर्नु पर्ला ?
चलचित्रलाई मनोरञ्जनको साधानको रुपमामात्र नलिएर समाजको ऐना पनि भनिन्छ । त्यसैले दर्शक रुचीको मनोरञ्जनसँगै सन्देश पनि दिँदै जानुपर्छ । प्रस्तुत गर्ने विविध पक्ष हुन्छ । यसका लागि सबैभन्दा पहिले आफैं क्लियर हुनुपर्छ । चलचित्र कसरी राम्रो बनाउनुपर्छ भनेर सम्पूर्ण टिमले जिम्मेवारी महसुस ग¥यो भने मात्र चलचित्र राम्रो बनाउन सकिन्छ र जन जीवनको मनछुने अथवा आम दर्शकहरुको मनमा वस्ने सिनेमा वनाउन सके पक्कै पनि सफल हुन्छ भन्ने विश्वास लिन सकिन्छ ।

नेपाल भन्दा बाहिर हाम्रा चलचित्र चलाउन सकिन्छ कि सकिन्न ?
जसरी हलिउड र बलिउडका चलचित्र हामी कहाँ अर्थात अन्य देशहरुमा सहज रुपमा प्रदर्शन हुन्छन् त्यसैगरी नेपाली चलचित्रको पनि देश बाहिर बजार खोज्नु पर्छ । हुनत यो विषयमा बेलाबखत आवाज नउठेको भने होइन तर कार्यन्वयन हुन सकिरहेको अवस्था छैन । संसारको धेरै देशमा नेपाली पुगेका छन् । नेपालीहरुको बाहुल्यता भएका ठाउँमामात्र नेपाली चलचित्र पु¥याउन सक्ने हो भने पनि आर्थिक रुपले ठुलो सहयोग पुग्ने देखिन्छ । अचम्मको कुरा त हामीले छिमेककोे बजारलाई समेत समेट्न सकेका छैनौं भने टाढाको के कुरा गर्नु । यहाँ सम्मकी हामी हाम्रै काँकडभिट्टा पारिको नेपालीभाषी सिक्किम, दार्जिलिङ, असामसम्म हामी पुग्न सकेका छैनौं ।यो नेपाली चलचित्र क्षेत्रको लागि यो दुःखको कुरा हो । विश्वभरी नेपाली भाषी भएता पनि एकाध चलचित्रकोे च्यारेटी गरेर यो क्षेत्रलाई मद्दत पुग्न भन्नेमा म व्यक्तिगत रुपमा सहमत छैन तथापी यो प्रयास गर्नु पनि आफैंमा सह््रानिय कार्य पनि हो तर प्रयाप्त भने होईन । त्यसैले यसमा ब्यक्तिको पहल भन्दा पनि राज्य स्तरबाट पनि सार्थक पहल हुनु जरुरी छ ।

तपाईले डिजिटल प्लेटफर्मबाट चलचित्र सार्वजनिक हुनुुलाई कसरी लिनुभएको छ ?
यो समयको माग हो किन भने संसारै डिजिटलमय बनिसकेको छ । डिजिटल बजारको संभावना विश्व बजारमा चलचित्रले पारेको प्रभावले निर्धारण गर्छ । हलिउड, बलिउड, टलिउडका चलचित्रको प्रभाव विश्वभर छ । त्यसैले ती चलचित्र जुनसुकै प्लेटफर्ममा राखे पनि विश्वभरबाट हेरिन्छ र व्यापार राम्रो हुन्छ । हामी कहाँ चलचित्रका दर्शक कम छन् । त्यसमा पनि केही चलेका ब्यानरको मात्रै हेर्छन । अर्को कुरा हाम्रा चलचित्रका दर्शक नेपालभित्रै छन् । त्यसैले डिजिटल प्लेटर्फममा ठूलो लगानी हुन सकेन । हाम्रा चलचित्र गुणस्तरीय भएर विश्व बजारमा पुग्न सकेको भए हाम्रो आफ्नै डिजिटल प्लेटफर्म चाहिँदैन थियो । विश्वका चलेका प्लेटफर्मले नै हाम्रा चलचित्र लिने थिए । यसतर्फ पनि सरोकारवाला जागरुक हुनुपर्ने बेला आइसकेको मैले महशुस गरेकोछु ।

सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ ः राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)

विचार / विमर्श


काठमाण्डौ– वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्रण गर्ने कार्यमा वातावरण मैत्री समाज निरन्तर लागि रहेकोछ साथमा समाजसेवाका अन्य विविध कुराहरुमा पनि वातावरण मैत्री समाज लागी परेको छ वि सं २०७५ सालमा स्थापना भएको यस संस्थाले स्थापना काल देखिनै वातावरण प्रदुषण तथा सरसफाइमा र समाजसेवाका अन्य विभिन्न विधामा आफुलाई अग्रपंक्तीमा प्रस्तुत गर्दै आईरहेको छ । यसै विषयमा आधारित रहेर वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रसंग पावर न्यूज मासिकको संवाददाता गीता सिंहसंग गरेको कुराकानी प्रस्तुत गरेका छौं ।

वातावरण मैत्री समाज भनेको के हो, यसको स्थपाना कहिले भएको हो र यसको उदेश्य के हो बताई दिनुस् न ?
- वातावरण मैत्री समाज भनेको एउटा त नामले नै धेरै कुराहरुको पुष्टि गरेको छ । वातावरणलाई मैत्रि कसरी राख्ने वातावरण मैत्री समाजको परिकल्पनालाई कसरी साकार गर्ने भन्ने उदेश्यले अगाडी बढेको यो संस्था भएको कारण नै यसको नाम वातावरण मैत्री समाज भएको हो । यसको स्थापना २०७५ सालमा भएको थियो र यसले वातावरणलाइ एक दम स्वचछ सफार हराभरा गर्ने र सामाजिक कार्यहरु समेत गर्ने उदेश्य लिएको छ ।

वातावरण संग सम्बन्धित मात्रै कार्य गर्छ की ? यो भन्दा बहिर पनि यसले काम गर्छ ?
- वातावरण मैत्री समाज यसको नाम भएता पनि यसको प्रमुख उदेश्य वातावरणसंग सम्बन्धित हुन्छ नै तर यसले आफ्नो अन्य कार्ययोजना अन्तर्गत विभिन्न किसमका सामाजिककार्यहरु समेत गर्दै आईरहेको छ ।

जस्तो वातावरण भन्नाले रुख विरुवा रोप्ने जोगाउने अर्थात वातावरणीय श्रोतहरु परिचालन गर्ने कार्य पर्दछन् हैन ?
- वातावरणको हिसावले हेर्दा हरेक शनिबार सरसफाई कार्यक्रमहरु संचालन गर्ने गर्दछौं र बृक्षारोपणको कार्य पनि हाम्रो प्रमुख उदेश्यमा पर्ने गर्दछ । बैज्ञानीक तवरले हेर्दा पनि जिवनमा एकजना व्यक्तिलाई पाँच ओटा रुखको आवश्यकता पर्दछ जिवन कालमा भन्छ र त्यसैले हामी विरुवा रोप्ने कार्यमा प्रमुख रुपमा ध्यान दिने गर्दछौं ।

हरेक मान्छेले म समाजसेवी हुँ भन्छ तपाईको विचारमा समाजसेवी बन्न अथवा समाजसेवा गर्न कत्तिको सहछ छ ?
- सबैभन्दा पहिला त कार्यमा हिड्नु नै गाह्रो र त्यस माथी झन सामाजिक कार्य त निकै कठीन कुराहो तर आफुलाई कार्य गर्न मै तल्लिन राख्यो भने विस्तारै समाज सेवामा आफुलाई ढाल्दै लग्यो भने सहज हुदै जान्छ अथवा भनौ बानी पर्दै जान्छ र समाज सेवा गर्न सजिलो हुन्छ र काम गर्ने वातावरण सहज बनाउदै जान्छ ।

यहाँलाई कस्तो भएको छ ?
-अहिलेको परिस्थीतमा मलाई केही सहजीकरण भईरहेको छ ।

हरेक मान्छे सन्तुष्ट नभएर त समाजसेवा गर्दैनन् होला  , तपाई समाजसेवामा लागेर कत्तिको सन्तुष्ट हुनुहन्छ ?
- यो सामाजिक कार्यमा सन्तुष्ट हुने भन्दा पनि मेरो अनुभवले भन्दा पनि पहिला हामीले सामाजिक वातावरण छ कि छैन अथवा म सामाजिक कार्य गर्न सक्छु की सक्दिन भन्ने कुराको वातावरणमा उसले सामाजिक कार्यहरु गर्न सक्दैन र उसले त्यो कार्यमा हिड्नु नै उसका लागि ठुलो कुरा हुने गर्दछ । यदि आफु भित्र पनि सामाजिक कार्य गर्ने वातावरण छ भने उसले सहज रुपमा काम गर्न सक्छ ।

तपाई व्यक्तिगत हिसावले भन्नु पर्दा सन्तुष्ट हुनुहन्छ ?
- व्यक्तिगत हिसावले भन्दा मेरो आचरण नै सामाजिक कार्य गर्ने रहेका कारण म पहिला देखिनै सन्तुष्ट नै छु ।

समाजसेवा गर्दा पारिवारिक सहयोग पनि चाहिन्छ, तपाईलाई कस्तो छ ?
- सामाजिक काम चै पहिले देखि गरिसकेको भएर अव भन्नु पर्दा अहिले त म सन्तुष्ट छु तर पहिले म सन्तुष्ट थिईन । अव पहिले सुरु सुरुमा कत्ति दिने र सहयोग गर्ने काम मा मात्रै हिंडिराख्छ भन्ने कुराहरु पनि आउने गर्दर्थे । यी विचारहरुले गर्दा सामाजिक वातावरणलाई समेत प्रभाव पार्ने रहेछ र यसले गर्दा केही असन्तुष्ट र दुःखहरु हुन्थे । पछि विस्तारै विस्तारै सबैले बुझदै गए यसको आचरण यस्तै हो बानी र व्यवहार यस्तै हो निरन्तर यसैमा लागिरहेको छ, अव यसलाई असहज भन्दापनि काम गर्ने वातावरण बनाई दिनु पर्छ भन्ने सोचेर केही सहज बनाई दिए पछि यसले सहज रुपमा काम गर्छ भनेर सहयोग गरिसके पछि वातावरण सहज हुदै जान्छ ।

समाजसेवामा लाग्नको लागि आर्थिक सहयोग त चाहिन्छ नै, कहाँबाट जुटाउनु हुन्छ अथवा भनौ न तपाईको आय श्रोतको पाटो के हो ?
- आयश्रोतको विषय सबै भन्दा गाह्रो विषय हो र सम्बन्धलाई कसरी सुधार्ने भन्ने कुरा पनि आर्थिकसंगै जोडिएको हुन्छ । आर्थिक पक्षलाई संगालेर राख्नु भनेको सबै भन्दा ठुलो जिम्मेवारी जस्तो हुंदोरहेछ । आर्थिकको लागि सामाजिक क्षेत्रमा हिड्न साह्रै गाह्रो हुँदो रहेछ । हामी सामाजिक क्षेत्रमा कामगर्ने मान्छे हरु कुनै न कुनै तरिकाहरु अपनाएका हुन्छौं यो काम यसरी गर्ने पर्छ र समाजलाई हामीले यो कुरा यसरी दिनु पर्छ भन्ने ठाने पछि हामी जम्मा भएर आफ्नो क्षमता अनुसार आफ्नै खल्तीबाट निकाल्ने गर्दछौं तर त्यत्तिले मात्रै संम्भव नभएमा हामी आफ्ना केही प्रस्तावहरुलाई लिएर वडा तथा नगरहरुमा जान्छौं र सहयोगका हातहरु फैलाउछौं । त्यहाँबाट भएको सहयोगलाई लिएर पनि हामी सामाजिक कार्यहरुलाई अगाडी बढाउछौं ।

त्यो त भयो समाज सेवाको पाटो यहाँको व्यक्तिगत आयश्रोतको पाटो के हो ?
- मेरो व्यक्तिगत आयश्रोतको पाटो भनेको मेरो आफ्नै व्यवसाय छ । सानो छ व्यवसाय, तर म समाज सेवाको लागि आफ्नो तर्फवाट आफुले सहयोग गर्नु परेको अवस्थामा परेको रकम सहयोग गर्न सक्ने हैसियत वनाएको छु । यसर्थ मेरो व्यवसायले मलाई समाजसेवा गर्नको लागी मद्धत पुर्याएकैछ ।

कहिलेकाँही मान्छेलाई लाग्छ नी मैले यो काम बेकारमा गरेछु, तपाईलाई समाजसेवामा लागेर गल्ती गरेछु भन्ने लागेन ?
- सुरु सुरुमा सामाजिक कार्यमा गहिरिएर एकदम पर सम्मको लक्ष लिएर हिड्दा खेरी बाटोमा धेरै तनावहरु आउने रहे छन् त्यो बेला यत्ति सम्मकी बेकारमा मैले यो क्षेत्रमा हात हालेछु भन्ने पनि हुँदोरहेछ । तर अव विच बाटोमा पुगी सके पछि फर्कनु कसरी ? वा नफर्कनु यत्ति गाह्रो छ भन्ने विषयले साह्रै विचलीत भँईदो पनि रहेछ । अव त्यो विचबाटोमा उभिसके पछि कुन धार समात्ने भन्ने कुरा, फर्कने वा अगाडी बढ्ने भन्ने कुरालाई समयले निर्धारण गर्दोरहेछ । अर्को कुरा त्यो मजधारमा उभिएको बेला कसैले यदि मुस्कान दियो, धाप मारि दियो अथवा भनौ केही उत्प्रेरित गर्यो भने पनि अगाडी बढ्नको लागी सजीलो हँुदोरहेछ । मेरो कुरा गर्दा मेरोलागी पनि यहि कुरा भयो म यस क्षेत्रमा निरन्तर अगाडी बढीनै रहें , यसकै ज्वलन्त उदाहरण हो वातावरण मैत्री समाज । र म यसवाट अर्थात समाजसेवाको कार्यवाट सन्तुष्ट छु ।
अहिले बजारमा धेरै खेताला समाजसेवीहरु भएका छन् भन्ने हल्ला छ ? पैसा दिने एउटा पैसा, उठाउने एउटा र समाजसेवी बन्ने एउटा ! यस्तो किसिमले खेताला समाज सेवीको विगविगी बढ्यो भन्छ, के यसले गर्दा सांच्चिकै समाजसेवा गर्ने मान्छेहरु ओझेलमा परेका हुन त ?
- मैले पनि त्यस्तै सुनेको छु, अव जो एकदम गहिरिएर अथवा मिहेनतका साथ समाजसेवामा लागेको हुन्छ त्यसको प्रतिफल कहिले चाँडो आउँछ कहिले ढिलो आउँछ र यसको आश गर्नै मिल्दैन कुनै ठाउँमा चाँडो प्रतिफल आउँछ भने कुनै ठाउँमा ढिलो आउँछ । समाज सेवा भनेको एकदम विसुद्ध समाजिक कार्य हो यो आत्मसंग जोडिएको हुन्छ जो निरन्तर लागि रहन्छन् तिनीहरु निरन्तर चलिरहन्छन् र यसमा खेतालाको कुरै छैन । खेताला भनिएका समाजसेवी उनिहरु एक तरंगको रुपमा मात्रै हुन्छन् एकछिन आउँछन् र जान्छन् । तर निरन्तर लागिरहे व्यक्तिहरु सदावहार हुन । समाज सेवामा लागि रहेको व्यक्तिहरु हामीलाई पनि ध्यान दिन्छन् है भन्ने हिसावले काम गर्दै जान्छन्, निरन्तर काम गर्दै जानेहरुको लागी भने प्रतिफल केही ढिला आउला तर खहरे झै एकैचोटी हाईलाईटमा आउने खेताला समाजसेवीहरु चाँडै हराएर पनि जान्छन् । समाजसेवा सकभर त्यसरी नगरकै राम्रो ।

समाजसेवा के रहेछ ? समग्र जिन्दगी के रहेछ त?
- यो अत्यन्तै गहिरो प्रश्न हो । सम्पुर्ण जिवन के रहेछ भन्दा आफ्नो कथा भएको प्राणीले मलाई के लक्ष्य र उदेश्यले यो प्राण अथवा जिवन दिएको हो भन्ने विषयमा खोज गर्नु पर्दछ र यो खोजी सकेपछि मात्रै उसले आफ्नो उदेश्य पाउँछ त्यो उदेश्य जिवनको विषयमा पनि हुन सक्छ अथवा अन्य कुनै पनि विषयमा हुन सक्छ र यसै विषयमा समाजसेवालई जोड्दा समाजसेवा भनेको आत्मैबाट स्वेच्छाले सहयोग गर्ने चाहाना नै समाजसेवा हो अथवा भनौ आफुले देखेको चिजबस्तुलाई मन भित्रैबाट महसुस गर्छ र त्यस ठाउँ परिवेशमा अव एउटा व्यक्तिले स्वयम् आफै उभिएको देख्छ अथवा देख्न खोज्छ भने उसले त्यसै प्रति काम गर्ने सकारात्मक सोचले समाजसेवा तर्फ उत्प्रेरित गर्ने गर्दछ र त्यो उत्प्रेरित गर्ने भावलाइ नै समाजसेवा भनिन्छ जस्तो लाग्छ । जता भए पनि जसरी भए पनि जे भए पनि हामी सबैले एक शुन्दर जिवन पाएका छौं र हामीलाई दिएको जिवनले हाम्रो समाजलाइ सहि दिशातर्फ लैजान सक्यौ भने मात्रै हाम्रो जीवनको सार्थकता भेटिन्छ र सुन्दर समाजको निर्माण गर्नसक्छौं ।

 

गतिशिल महासंघका लागि सबल नेतृत्व : सुबोधकुमार गुप्ता

विचार / विमर्श


 नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ हो भनेर सायदै भनि रहनु नपर्ला । किनकी, महासंघको संजाल राष्ट्रव्यापी रुपमा फैलिएको छ । र त्यो भन्दा पनि ठुलो कुरा हाम्रो अर्थात महासंघको संजाल नेपाल सरकार पछि सबै भन्दा ठुलो छ ।अर्थात भनौ संजालका हिसाबले, सदस्य संख्या भनौ वा मानव आवद्धताका हिसाबले हाम्रो संगठन दोस्रो स्थानमा छ । त्यसैले हाम्रो संगठन उपस्थितीगत र पहिचानको हिसाबले निकै अगाडी छ । महासंघ साना, मझौला र ठुला व्यवसायी एवम् उद्योगपतिहरु अर्थात निजी लगानीमा व्यापार व्यवसाय गर्ने वा कलकारखाना चलाउनेहरु सबैको साझा संगठन हो । हामी ग्रामीण दुरदराज देखी शहरोन्मुख नगर क्षेत्र र ठुला शहरसम्म फैलिएर रहेका छौ । सामान्य व्यापार गर्ने देखी दैनिक करोडौमा कारोबार गर्ने कारोबारीहरुलाई महासंघले छहारी दिईरहेको छ । निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ, बोल्नु पर्छ । राज्यले निजी क्षेत्रको धारणा बुझ्नुपर्‍यो भने पहिलो गुहार लगाउनु पर्ने भनेकै महासंघलाई नै हो, कुटनितिक नियोग देखी लिएर नियोगहरु, स्वदेशी एवम् विदेशी संघ संस्था वा व्यक्तीले निजी क्षेत्रको अवस्था बुझ्नु पर्दा र हातेमालो गर्नु पर्दा यही महासंघमा ठोक्किनु पर्छ । अर्थात महासंघ सर्वव्यापी पनि छ भन्ने हो । छ पनि त्यस्तै हामी सरकारमा हुन्छौ, सडकमा हुन्छौ, सदनमा हुन्छौ, घर, चौतारा, पाटीपौवा, चिया पसल, फ्याक्ट्री, पसल जताततै हुन्छौ । गास, बास अनि कपास सर्वत्र हामी छौ ।

यस मानेमा निजी क्षेत्र देशको महत्वपूर्ण हिस्सा हो । देशको व्यवस्था र राज्य भित्र लागु हुने निती नियम कानुन आदीको अधिनमा रहने हुँदा सिमितता र असिमितताको दायरामा तल माथि हुन सक्ला तर हामी फेरि पनि कही न कही अवश्य हुन्छौ । दायित्व पनिसँगै जोडिन्छ तर अधिकार पनि छ हाम्रो । तर हामीले हाम्रो दायित्वलाई पुरा गर्दै गर्दा के हामीले हाम्रो अधिकारलाई निर्वाध रुपमा उपयोग गर्न पाएका छौ त ? कदापी छैन । हामी लगाम लगाएको घोडा झै नियमको परिधीमा बसेर आफ्नो पेशा गर्छौ, रात विहान नभनी कुदछौ, कर तिर्छौ, रोजगारी सिर्जना, अर्थतन्त्र चलायमान गराउछौ । अझ ठुलो कुरा आफ्नो भविस्य दाउमा लगाएर ठुलो जोखिम उठाउछौ । हामीले पनि पाक्दै गरेको खाना छाडेर, मध्यरातमा पनि सुतिरहेको बिस्तारा छाडेर, घर परिवारलाई दिनुपर्ने समय काटेर काममा नै तल्लिन हुन्छौ । आखिर त्यो हामीले के का लागि र किन गरिरहेका छौ ? किन गर्दै आएका छौ ? हामीले आँफै स्वयम् पनि बुझ्नु पर्छ र अरु सबैलाई बुझाउन सक्नुपर्छ । हामीले गर्दै आएको पेशाले हामी मात्रै होईन सिंगो मुलुकको विकासमा योगदान पुगेको छ ।

तर पनि हामी किन राज्यबाट उपेक्षामा छौ, यसको समिक्षा गर्न आवश्यक छ । हामीसँग अपवाद वाहेक सबै चिज छ- बल, बुद्धी, विवेक, स्रोत छ, साधन छ हर चिज छ तर पनि हामी कुईराको काग झै बन्नु परेको छ । हामी बादल भित्रै हराई रहेका छौ । हामीले यसो भनि रहँदा हामी कहाँ नेर चुकिरहेका छौ त, हामीले त्यो बुझ्न, पहिचान गर्न जरुरी छ । मेरो ब्रम्ह, विचारले हामीले सत्ता र सदनमा जानेहरुलाई निजी क्षेत्रको महत्व नै बुझाउन सकेनौ, हामीले उनीहरुसँग हाक्काहाक्की कुरा राख्नै सकेनौ, निजी क्षेत्रको महत्वबोध गराउनमा चुकिरहयौ । हो कुरा त पुर्यायौ होला तर पनि हाम्रो कुरालाई जायज मान्न सक्ने वातावरण तयार पार्नै सकेनौ ।यसो हुनुको पछाडी पक्कै पनि हाम्रा कमी कमजोरीहरु छन् । यस मानेमा विगतलाई केलाउदै समिक्षा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।र निजी क्षेत्रलाई सहि गति दिन सक्ने करिज्मा बोकेको लिडर छनौट गर्न तर्फ हामी केन्द्रित हुनु पर्छ भन्ने मान्यता मेरो छ । म मेरा अग्रजलाई सम्मान गर्छु, उहाँहरु अनुभवका खानि हुनुहुन्छ, यद्यपी विगतका कमी कमजोरीको समिक्षाले महासंघलाई अघि बढन ठुलो मद्धत मिल्ने मेरो विश्वास छ ।

मैले देख्दा मुल नेतृत्वमा बस्नेहरुमा लिडरशिपको अभाव देखिनु हुँदैन । नेपालको निजी क्षेत्रका मुद्धाको सुनुवाइ हुने वातावरण तयार पार्ने दायित्व पनि हाम्रै हो । साना तिना एजेण्डामा रुमल्लिने र आफ्ना व्यक्तिगत स्वार्थका लागि महासंघलाई भर्याङ बनाउने प्रब्रित्तीबाट हामीहरु टाढै बस्नुपर्छ । विगतमा जे भए भए, अब भने हामीले महासंघलाई नयाँ शिराबाट अगाडी बढाउनै पर्छ । दुरगामी सोच बोकेर सार्थक पाईला चाल्न अब कम्मर कसेर लाग्नु पर्छ । कोभिडबाट सिर्जित बिषमता माझ धेरै साथीहरु आहतमा हुनुहुन्छ । उहाँहरुको पिडा, रोदन आदीलाई राज्य स्तरबाट सम्बोधन गर्नलाई महासंघले नेतृत्व लिनुपर्छ । यो दायित्वबाट महासंघ विमुख हुनु हुँदैन । हामीले निजी क्षेत्रका तमाम समस्याहरुलाई हल गर्ने गरि आफु सक्य प्रयास जारी राख्नु पर्छ । यसका लागि आफ्नो व्यवसायलाई भन्दा पनि महासंघलाई माया गर्ने, संगठन भित्र लोकप्रिय र राज्यस्तरमा नीति निर्माताहरुसँग सहजै पहुँच राख्न सक्ने नेतृत्व हामीलाई चाहिन्छ । हाम्रा साझा मुद्धालाई बोकेर हिडने र अहोरात्र खटिने निर्भिक नेतृत्व नै हाम्रो आजको आवश्यकता हो । भोलीको लागि पनि हामीले सोच्नुपर्छ ।

महासंघलाई दिशाबोध गर्न सक्ने करिज्मा बोकेका व्यक्ति बिशेषलाई पहिचान गरि स्व विवेकले अमुल्य मत जायर गर्ने अवसरबाट हामी चुक्नु हुँदैन । यो हाम्रो साझा धारणा बन्नुपर्छ भन्ने मेरो भनाई छ । आसन्न निर्वाचन र नेतृत्व चयन हाल नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा छ । यही बेला हो सहि व्यक्तीहरु चुन्ने । त्यसैले हामीले सोच विचार गरेर नेता छनौट गर्नुपर्छ । निर्वाचनका लागि हाल दुई समुहरु सतहमा छन् । दुवै समुहका उम्मेदवार प्रति मेरो सम्मान छ । सबै जना सक्षम हुनुहुन्छ । निजी क्षेत्रलाई बुझेको हुनुहुन्छ । तर पनि सरसर्ती हेर्दा निजी क्षेत्रका समस्यालाई समाधान गर्दै अघि बढन सक्ने ल्याकत चन्द्र ढकालमा छ भन्ने मेरो मान्यता छ । उहाँले सानो व्यवसाय देखी शुरु गरेर ठुलो व्यवसाय खडा गर्न जुन सफलता हासिल गर्नु भयो त्यो उदाहरणिय र प्रेरणादायी छ । उहाँको बानी व्यवहार उस्तै शालिन र भद्र छ । उहाँलाई उद्योगी व्यापारी सबैले मन पराउँछन् । जनस्तरमा पनि राम्रो छवी छ । सरकारसम्म सहज पहुँच राख्न सक्ने व्यक्तित्व पनि छ । अनुभव छ, भिजन पनि राम्रो छ । राम्रा एजेण्डा अघि सार्दै आउनु भएको छ ।

अरु धेरै गुण उहाँमा छ । लाग्छ पक्कै उहाँले महासंघलाई गति दिनुहुनेछ । यता उपाध्यक्ष तर्फका उम्मेदवारहरु उस्तै उम्दा हुनुहुन्छ । उमेशलाल श्रेष्ठ, गुणनिधी तिवारी र रामचन्द्र साँघाईमा वेजोडको इच्छा शक्ती र संगठन भित्र टिम स्प्रिटमा काम गर्न सक्ने खुवी म देख्छु । मैले वस्तुगत तर्फबाट उम्मेदवारी दिएकाले उमेशलाल श्रेष्ठको बारेमा केही उल्लेख गर्न मनाशिव हुने ठानेको छु । पहिलो कुरा त उहाँको पहुँच निकै माथिसम्म छ । महासंघमा उहाँ जादा उहाँको राजनितिक पहुँचले विगतमा पनि काम गरेको अनुभव हामीसँग छ । बग्रेल्ती घटना छन् त्यस्ता । उल्लेख गरेर साध्य छैन । चाहे स्वदेशी डेरी उद्यो गलाई संरक्षण गर्ने कार्य होस् वा निर्यातका सवाल वा गएको मौद्रिक नितीमा निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्न लगाउने कुरा उहाँको साथ महासंघले सधैं पाउदै आएको छ । उहाँ निर्भिक, स्वतन्त्र, अटल र हक्की स्वभावका हुनुहुन्छ । कसै प्रति आग्रह पुर्वाग्रह नगर्ने उहाँको बानी छ । शायद राजनितीमा त्यही भएर पनि नजानु भएको होला । महान नेता स्व. पुष्पलाल एवम् अग्रज नेतृ स्व. सहाना प्रधानका सुपुत्र भएता पनि उहाँमा कत्ति घमण्ड छैन ।

कुर्सी मोह छैन । उहाँले आफ्नै बलबुताले कम्पनी खडा गरि सानो उद्योगलाई ठुलो बनाउन मै मेहनत गर्नुभयो ।उहाँ भावी अध्यक्ष बन्ने हैसियत र क्षमता राख्नु हुन्छ । अन्य धेरै गुण उहाँमा छ । उहाँ महासंघको तागत हो । त्यसैले उहाँ निर्वाचित हुनुपर्छ भन्ने मान्यता शायद हामी धेरैमा छ । अर्को तर्फ यस समुह समावेशी किसिमको छ । क्षेत्र, जाती, व्यवसायको प्रकृती आदी हिसाबले राम्रो कम्बिनेशन छ । उम्मेदवारहरु अनुभवी हुनुहुन्छ । म जस्ता हामी केही नयाँ अनुहारमा महासंघलाई सहि दिशा दिने प्रबल सोच छ । जोस छ, जाँगर छ । मलाई लाग्छ हामी समुहगत रुपमा निपूर्ण छौ । अनि महासंघ हाँक्न उस्तै सक्षम छौ ।तसर्थ हाम्रो समुहको विकल्प छैन झै लाग्छ । साथीहरुले पक्कै पनि उचित मुल्यांकन गर्दै अमुल्य मत दिएर नेतृत्व चयन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । (लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।)

छोटो समयमा फेशन कोरियोग्राफीमा नाम कमाउन सफल : “कोरियोग्राफर के.डि भट्टराई”

विचार / विमर्श


काठमाडौ । मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् , “कोरियोग्राफर के.डि भट्टराई” ।
सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि इण्डियाको मुम्बईमा रहेको “ड्रिम्स इन्स्च्युट अफ फ्लिमबाट फिल्म्स एण्ड जर्नालिज्ममा” ब्याचलर समेत गर्दै आइरहेका के.डि भट्टराई छोटो समयमानै फेशन कोरियोग्राफीमा नाम कमाउन सफल भएका छन् ।
दुई दर्जन भन्दा बेसी “राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिता तथा फेशन शो” हरुमा आफ्नो कुशल कोरियोग्राफी गरेर आफुलाई अब्बल बनाउन सफल मोडल तथा कोरियोग्राफर हुन के.डि भट्टराई ।

अहिले लकडाउनमा उनी के गर्दै छन् ?
लकडाउनले मोडलिङ क्षेत्रमा के कस्ता असर परिरहेको छ?

के.डि भट्टराईसँग  भयको कुराकानी ।

“कोरियोग्राफर के.डि भट्टराई”
१. के गर्दै हुनुन्छ ? यो लकडाउनको समयमा ?
– लकडाउनको नियमको पालना गरिरहेको छु । घरमै बसेर आगामी दिनमा के कस्ता इभेन्टहरु गर्ने भन्ने बिषयमा केही अध्यन गर्दै छु । आफुलाई स्वस्थ र फिट राख्ने कोशिश गर्दै छु ।

२. लकडाउनले मोडलिङ क्षेत्रमा के कस्ता असर परिरहेको छ?
– असर त अहिले सबै क्षेत्रमा परिरहेको छ । मोडिलिङमा पनि तेहि नै हो । इभेन्टहरु गर्न झन भिड्भाडकै आवश्यकता हुन्छ। कुनै पनि हाम्रो काम अन्लाईन मार्फत हुँदैन। तेसैले गाह्रो भएको हो।

३. धेरैले अहिले अनलाईनबाट एभेन्ट गरिरहेको पनि पाइन्छ नि ?
– म यहि भन्छु, कि ! यति बेला अनलल सहि सदुपयोग गरौं ? सामाजिक सन्जालमा आफ्नो इभेन्ट्को बरेमा जानकारी दिन सकिन्छ। एभेन्ट्को प्रचार गर्ने यो सहि समय हो । तर,एभेन्ट नै अन्लाइनबाट गर्दा न ट्यालेन्टको कदर हुन्छ ? न केही। इभेन्ट नै गर्ने भए फोटो कन्टेस्ट, भिडियो कन्टेस्ट , ट्यालेन्ट हन्ट , टिकटक कन्टेस्ट जस्ता केही गर्न सकिन्छ ।
४. लकडाउन पछि तपाईंको बेस्तता के मा रहन्छ ?
– लकडाउन खुल्ना साथ नै हामिहरु एभेन्ट हरु गर्न सक्दैनौ । मोडिलिङमा रुचि रहने १०,११,१२ का सबै बिद्यार्थीहरुको परिक्षाको टुंगो लाग्न जरुरी छ । त्यो पछि पनि कोरोनाको कारण सामाजिक दुरि अप्नाउन जरुरी छ । तेसैले, म भिड्भाड नहुने अनि समाजिक दुरि अपनाउन सक्किने खालका केही एभेन्ट गर्ने सोचमा छु।
५.येदि अहिले लकडाउन नभयेको अनि सबै कुरा सामान्य भएको भए तपाईको बेस्तता के मा रहन्थ्यो ?
-येदि सबै सामान्य भएको भए अहिले एस.ई.ई.को इभेन्ट अनि ११-१२ का लागि हुने केही एभेन्ट हरुको तयारीमा थिए । नेस्ट सुपर टप्स मोडलको ४औं सन्स्करण र एस.ई.ई को केही इभेन्ट को तयारी चल्दै थियो !!
समय र जानकारीको लागि धन्यवाद ।
प्रधानमन्त्री ओलीबारे नेकपाले गर्ने निर्णय

विचार / विमर्श


प्रधानमन्त्री केपी ओलीको भविष्यबारे शुक्रबारको मेरो लेख विक्रम सुब्बाको कविताको पंक्ति र केही प्रश्नमा टुंगिएको थियो। आजको लेख सुब्बाका तिनै पंक्तिबाट सुरू गर्छु, ताकि सिलसिला नटुटोस्।

आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छपहाडै पहाडको घुइँचो घारीमा सबैभन्दा माथि उछिट्टिएर फक्रेको हिमालको थुँगा उदांगै देखिन्छ जहाँबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ!

एउटा कविले सगरमाथालाई वा एउटा बादशाहलाई सजिलै तिमी नांगै छौ भन्न सक्छ। तर, पार्टी नेता र कार्यकर्ताको भीडमा आफूलाई एक्लो सगरमाथा ठान्ने केपी ओलीलाई नेकपा नेताहरूले अब के भन्ने छन्?

तपाईं सही सलामत हुनुहुन्छ, केही गल्ती भा'छैन भन्ने छन्। वा, तपाईं त नांगै हुनुभयो, छिटो छोप्नुहोस् भन्ने छन्। वा, यति नांगिएपछि तपाईं सत्तामा बसिराख्न लायक हुनुहुन्न, छोड्नुस् भन्ने छन्?

अब केपी ओलीको होइन, नेकपाको निर्णयमा उनको भविष्य निर्भर गर्ने छ।

नेकपाले के निर्णय गर्ने छ त?

नेकपा अहिले एउटा भयंकर दुर्घटनापछिको परिवारजस्तै भएको छ। के गर्ने, कसो गर्ने? हस्याङफस्याङ जारी छ।

एउटा कुरा भने फरक छ— दुर्घटनापछिको स्थिति कसरी सम्हाल्ने भन्नेमा परिवारको प्राय: स्वार्थ एउटै हुन्छ। नेकपामा भने स्वार्थहरू विभाजित छन्।

नेकपामा तत्कालको विषय स्थायी समिति बैठक हो। स्थायी समितिका २० सदस्यले बैठक माग गर्दै अध्यक्षलाई लिखित पत्र बुझाएका छन्। पार्टी सचिवालयका बहुसंख्यक सदस्य पनि बैठक चाँडै बोलाउनुपर्ने पक्षमा छन्।

पार्टी अध्यक्ष ओलीले भने बैठक टारिरहेका छन्। उनले शुक्रबार र शनिबार पनि नेताहरूसँको भेटमा अध्यादेश खारेज भइसकेको अवस्थामा स्थायी समिति बैठक आवश्यक नरहेको तर्क गरेका छन्। बाहिर रहेका सदस्यलाई 'लकडाउन' को समय काठमाडौं आउन गाह्रो हुने पनि उनको जिकिर छ।

वास्तवमा प्रधानमन्त्री ओली बैठक डाक्नुअघि स्थायी समितिले केसम्म निर्णय गर्न सक्छ भन्ने जान्न चाहन्छन्। त्यसको निर्क्योल नहुञ्जेल स्थायी समिति टार्ने उनको योजना छ। बाहिर स्थायी समिति बैठक चाँडो बोलाउन माग गरे पनि पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहले पनि आज वा भरे नै बैठक बसाउन चाहेको छैन। किनभने, प्रधानमन्त्री ओलीबारे के निर्णय गर्ने, कुन हदसम्म जाने भन्नेमा प्रचण्ड-नेपाल समूहबीच एकमत बनिसकेको छैन।

अहिलेको अवस्थालाई पहिले प्रधानमन्त्रीको कोणबाट हेरौं।

बिहीबार साँझ वामदेव गौतमको भैंसेपाटी निवासमा नेकपा सचिवालयका छ जना सदस्यबीच राति अबेरसम्म बैठक चल्यो। उक्त बैठक सकिएपछि राति ११ बजे प्रधानमन्त्री ओलीले नै वामदेव गौतमलाई फोन गरेर सोधे, 'तपाईंहरूको बैठकको निष्कर्ष के हो?'

गौतमले भने, 'बैठकको निष्कर्ष तपाईंलाई सुनाउने जिम्मा हामीले कमरेड प्रचण्डलाई दिएका छौं। उहाँ तपाईंलाई भेट्न भोलि बालुवाटार आउनु हुनेछ।'

प्रधानमन्त्री ओलीले गौतमलाई अबेर राति फोन गरेर सोध्नुको कारण छ। साँझ बैठक सुरू हुनुअघि पनि उनी र गौतमबीच कुरा भएको थियो।

गौतमले त्यो बेला प्रधानमन्त्रीलाई तुरुन्त स्थायी समिति बोलाउन सुझाएका थिए। ओलीले नबोलाए प्रचण्डले बोलाउने र त्यसले प्रधानमन्त्री हटाउने स्थिति आउने कुरा गौतमले जानकारी गराएका थिए।

शुक्रबार प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेट भयो। प्रचण्डले फेरि पनि चाँडो स्थायी समिति बोलाउन माग गरे। प्रधानमन्त्रीले कतिपय सदस्य काठमाडौंबाहिर रहेको भन्दै टारे।

प्रधानमन्त्री ओलीलाई प्रचण्ड-नेपाल समूहले के निर्णय गर्छ, कसरी अघि बढ्ने तय गर्छ भन्ने पर्खाइ छ। तर, उनी त्यो मात्र पर्खेर बसेका छैनन्। उनले माधव नेपालसँग संवादको 'च्यानल' खोलेका छन्। अझ भनौं, संवादलाई तीव्रता दिएका छन्।

ओलीका विश्वासपात्र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अहिले राजधानी आएका छन्। उनले नेता नेपालसँग शुक्रबार साँझ दुई घन्टाभन्दा बढी कुरा गरे। नेपाल र पोखरेलको घर कोटेश्वरमा पाँच मिनेट पैदलदुरीमा छ।

शनिबार बिहान फेरि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेपाललाई भेट्न कोटेश्वर गए। शनिबार दिउँसो प्रधानमन्त्री ओलीले आफैं नेपालसँग बालुवाटारमा दुई घन्टा कुरा गरे।

नेपालसँग मिलेर अघि बढ्न संवादको च्यानल खोलेको यो पहिलोपटक होइन। सभामुखको निर्वाचन, अमेरिकी एमसिसी परियोजनाको संसदबाट अनुमोदन र वामदेवलाई राष्ट्रियसभामा लैजानेबारे पार्टीभित्र अल्पमतमा परेदेखि नै ओलीले नेपालसँग संवाद जारी राखेका छन्। जनताको बहुदलीय जनवाद र लोकतन्त्रको रक्षाका लागि सँगै मिलेर जान उनी र उनीनिकटले नेपालसँग अनुरोध गरेका छन्।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु अघिल्लो दिन पनि ओलीले नेता नेपाललाई बालुवाटार बोलाएर कुरा गरेका थिए।

ईश्वर पोखरेल र सुवास नेम्वाङलाई सँगै राखेर उनले नेपाललाई सोधे, 'सँगै मिलेर जान तपाईंलाई मैले के गर्नुपर्यो?'

नेपालले त्यो बेला केही जवाफ फर्काएनन्।

नेपाल के चाहन्छन् भन्ने ओलीलाई त्यतिखेर थाहा नभएको थिएन। ओली र नेपालनिकट नेताहरू दुई नेतालाई मिलाउन निरन्तर छलफलमा थिए। नेपालले उनीहरूमार्फत् प्रस्ट सन्देश पठाएका थिए, 'तपाईं प्रधानमन्त्री मात्र बस्नुहोस्। मलाई पार्टी अध्यक्ष छोड्नुस्। प्रचण्ड दोस्रो अध्यक्ष छँदैछन्। तपाईं सरकारमा बाँकी अवधि रहने कुराको ग्यारेन्टी म गर्छु। मिलेर पार्टी र सरकार चलाऔं।'

जवाफमा अर्को चुनाव र महाधिवेशन नहुञ्जेल आफू नै प्रधानमन्त्री र पार्टी अध्यक्ष कायम रहने, अर्को महाधिवेशनमा नेपाललाई सघाउने सन्देश प्रधानमन्त्रीले पठाए।

त्यसपछि 'अब उधारो आश्वासनले नचल्ने' भन्दै माधव नेपाल पछि हटे।

पछिल्ला दुई दिनमा शंकर र ईश्वर पोखरेलमार्फत् ओलीले नेपालकहाँ के सन्देश पठाए, थाहा छैन। आफूलाई अध्यक्ष बनाउनुपर्ने नेपालको माग ओलीले अहिल्यै माने भने पनि नेपाल-ओलीबीच सुलह हुन्छ वा हुन्न यकिन छैन। पछिल्लो तीन दिनमा राजनीति आनका तान फरक परेको छ। फेरि अहिले माधव नेपाल एक्लै त्यो निर्णय गर्न सक्ने ठाउँमा कति छन्?

अध्यादेश प्रकरणभन्दा केही समयअघि एक साँझ खुमलटारमा प्रचण्ड, नेपाल, गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच छलफल चलेको थियो। श्रेष्ठले प्रश्न गरे, 'माधव कमरेडलाई अध्यक्ष बनाउन प्रधानमन्त्री तयार भए भने के गर्ने?'

वामदेव र झलनाथले तुरुन्तै भने, 'अध्यक्ष बन्ने।'

प्रचण्डले केही बेर सोचेर भने, 'त्यस्तो होला? ओलीले त्यसो गर्लान् र?'

आजको स्थितिमा प्रचण्डको कोणबाट एकछिन सोचौं।

एकछिनका लागि ओलीले राजीखुसी नेपाललाई अध्यक्ष छाडे रे। त्यसले त प्रचण्डलाई झनै सशंकित बनाउने भयो— प्रधानमन्त्री ओली नै छन्। उनले भोलिका दिनमा नेपालसँगको सम्बन्ध झनै कसिलो बनाउने प्रयत्न गर्न सक्छन्। आउने महाधिवेशनमा पनि ओली र नेपाल मिलेर जाने सम्भावना बढ्छ। त्यसैले, प्रचण्ड नेपालले अध्यक्ष पदमा सम्झौता गरून् भन्ने चाहन्नन्। प्रचण्डनिकट सबैको मत ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने नै छ।

अब माधव नेपालको कोणबाट हेरौं।

अहिले निर्णय गर्ने ठाउँमा नेपाल छन्। त्यसैले, सबभन्दा दबाबमा पनि उनी नै छन्। उनको दुबिधाका दुई पाटा छन्।

पहिलो, अहिले पनि ओलीलाई प्रधानमन्त्री कायम राख्यो भने उनले आफ्नो तागत झनै बढाउनेछन्। पछि आफूलाई नै अप्ठ्यारोमा पार्न सक्छन्। त्यसले प्रचण्डसँग पनि आफ्नो दुरी बढाउनेछ। कालान्तरमा गएर ओली र प्रचण्ड नै मिल्ने अवस्था आयो भने आफू एक्लो पर्ने खतरा बढ्छ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा उनले कालान्तरमा पार्टी फुटाउँछन् कि भन्ने चिन्ता पनि उनलाई उत्तिकै छ। ओलीले वामदेव गौतमलाई भनेझैं उनलाई हटाउन खोजे 'म सामना गर्छु' भन्दै अघि बढे भने त्यसले पार्टीभित्र गहिरो मुठभेडको अवस्था ल्याउन सक्छ। ओली समूह एकातिर र प्रचण्ड-नेपाल अर्कातिर उभिने अवस्था आयो भने त्यो प्रधानमन्त्री हटाउने कुरामा मात्र सीमित हुने छैन।

अहिले ओलीनजिकका चार जना नेता मुख्यमन्त्री छन्— प्रदेश एकका शेरधन राई, बागमतीका डोरमणि पौडेल, गण्डकीका पृथ्वीसुब्बा गुरुङ र पाँचका शंकर पोखरेल। उनीहरू ओली पक्षमा खुलमखुल्ला उभिए भने वा नेपाल पक्षका मुख्यमन्त्रीका आकांक्षी नेताहरूले दबाब दिए भने उनीहरूलाई हटाउने अवस्था आउँछ। कर्णाली र सुदूरपश्चिममा भने पूर्वमाओवादी नेताहरू मुख्यमन्त्री छन्।

त्यसपछि राष्ट्रपतिको विषय पनि उठ्नेछ। शितल निवासमा बसेर राष्ट्रपतिले ओलीको पक्षपोषण गरेको र पार्टीभित्रको शक्तिसंघर्षमा प्रधानमन्त्री ओलीलाई साथ दिएको आरोप छ। अहिले ओलीविरूद्ध उभिएका झलनाथ खनाल राष्ट्रपतिका आकांक्षी छन्। वामदेवको व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ।

यो अवस्थामा पुग्नुअघि नै ओलीले बरू आफूलाई प्रधानमन्त्री पद छाडिदिए त्यसपछि मुख्यमन्त्री र राष्ट्रपति चलाउन पर्दैन थियो भन्ने पनि नेपालको अपेक्षा देखिन्छ। त्यसले ओलीलाई अहिले प्रधानमन्त्रीमा कुनै हालतमा जारी राख्नु हुन्न भन्ने प्रचण्ड पक्षको माग पनि पूरा हुन्थ्यो। नेपाललाई सजिलो हुन्थ्यो।

राजनीति मलमलको ओछ्यान हुन्थ्यो भने नेकपा अहिलेको अवस्थामै आइपुग्दैन थियो। ओलीले स्वैच्छिक रूपमा प्रधानमन्त्री छाड्ने कमै सम्भावना रहेकोमा नेपाल नजिकका नेताहरू एकमत छन्।

प्रत्येक राजनीतिकर्मीले आफूलाई नै केन्द्रमा राखेर निर्णय गर्छन्। नेपालले अन्तत: एउटा अप्ठ्यारो छनौट गर्नुपर्ने अवस्था आइपर्नेछ — प्रचण्डलाई लिएर अघि बढ्दा कालान्तरमा आफू नेकपा नेताका रूपमा स्थापित हुन्छु वा ओलीलाई सँगै लिएर जाँदा?

निकासको एउटा बाटो यस्तो हुनसक्ने नेकपाका एक जना नेताले सुझाए— अहिले नेपालले सरकारको नेतृत्व गर्ने, महाधिवेशन र संसदको चुनावपछि नेपालले पार्टी र प्रचण्डले संसदीय दल वा सरकारको नेतृत्व गर्ने गरी दीर्घकालीन सम्झौता गर्ने!

नेपाल के गर्ने भन्ने निर्णयमा अझै पुगेका छैनन्। उनी आफू नजिकका स्थायी समिति सदस्यहरूसँग परामर्शमा छन्। आज र भोलिको परामर्शपछि उनी निर्णयमा पुग्न सक्छन्। उनीसामु ओलीप्रति नरमदेखि निर्मम हुनेसम्मका चार विकल्प छन्।

पहिलो, स्थायी समिति बैठकमा ओलीलाई आत्मालोचना गराउने, पार्टीमा सुलह गरेर अघि बढ्ने।

दोस्रो, आफूले अध्यादेश प्रकरणअघि नै माग राखेको पार्टी अध्यक्ष पद लिएर ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने।

तेस्रो, ओलीसँगको सहमतिमा प्रधानमन्त्री बन्ने, त्यसपछि मुख्यमन्त्री वा राष्ट्रपतिमा कुनै परिवर्तन नगर्ने।

चौथो, प्रचण्डसँगको साझेदारी दीर्घकालका लागि अघि बढाउने। प्रधानमन्त्री, मुख्यमन्त्री, राष्ट्रपति सबै परिवर्तन गर्ने र ओलीलाई पार्टीभित्र प्रतिपक्षमा सीमित गर्ने। वा, उनले भोलि छुट्टै पार्टी खोले भने त्यसको पनि सामना गर्ने।

नेकपा जुन नाजुक मोडमा आइपुगेको छ, त्यसमा निर्णय गर्ने बोझ माधव नेपालको काँधमा छ। उनले जे निर्णय गर्छन्, त्यसले धेरै हदसम्म ओली र नेकपाको भविष्य तय गर्नेछ।

यस्तो हुनुपर्छ लकडाउनको मोडालिटी

विचार / विमर्श


नेपालमा वुहानबाट आएका एक व्यक्तिमा पहिलो पटक २३ जनवरीमा कोरोनाको संक्रमण भेटिएको थियो। यसको झन्डै दुई महिना पछि, यसको संक्रमण रोक्न देशलाई लकडाउन गरियो।

लकडाउनको एक महिनाभित्र ५२ जनामा संक्रमण भेटिएको छ भने १६ जना सन्चो भएर घर फर्किसकेका छन्। हामी भाग्यमानी सम्झनु पर्छ, हालसम्म संक्रमित भेटिएकाहरु कसैको मृत्यु भएको छैन र ३६ जना जो उपचारको क्रममा छन्, उनीहरु पनि त्यस्तो सिकिस्त देखिएका छैनन्।

मुख्यतयः विश्वमा दुई प्रकारको विधि कोरोनाको संक्रमण रोक्न अपनाएको देखिएको छ। पहिलो हो- चिनियाँ मोडल। चीन सरकारले अबलम्बन गरेको संक्रमण रोक्ने उपायलाई विश्वका धेरै देशहरुले अपनाएका छन् र नेपालले पनि चाइनिज मोडेललाई अपनाएको छ।

जुन चीन सरकारले महामारीको रुपमा अगाडि बढेको संक्रमण रोक्न पूर्णरुपमा लकडाउन गरेको थियो। नेपालले पनि हालसम्म त्यही मोडालिटी अपनाएको छ र हामी अहिले ३५ औं दिनमा छौँ।

अर्को मोडल हो- ताइवान, हङकङ र दक्षिण कोरियाहरुले अपनाएको मोडालिटी। यी देशहरुले अन्तर्राष्ट्रिय उडानलाई पूर्ण निषेध गरेका छन् तर देशलाई सुरक्षित रुपमा आंशिक खुला गर्ने नीति अपनाएका छन्। अहिले विश्वले प्रसंशा गरेको मोडालिटी भने ताइवान, हङकङ र दक्षिण कोरियाले अपनाएको मोडालिटी देखिएको छ।

नेपालले अब दुवै मोडालिटीलाई मिसाएर पूर्ण-निषेध र खुला क्षेत्रगरी देश र नागरिकलाई विस्तारै समान्य दैनिकीमा अगाडि बढाउनु उपयोगी हुनेछ।

नेपाल जस्तो गरिब र आर्थिक निरर्भरतामा चलिरहेको देशले यस प्रकारको पूर्णलकडाउनलाई धान्न सक्ने देखिदैन। अब अर्को १/२ महिना पूर्ण-लकडाउन हुने हो भने देश आर्थिक रुपमा टाटपल्टन सक्ने, बेरोजगारी अत्यधिक हुने, झन्डै ५० प्रतिशत साना-ठूला उद्योग, व्यवसायहरु पूर्णत बन्द हुने अवस्था नआउला भन्न सकिदैन।

जवकी अर्को १/२ महिनामा लकडाउन खोल्न सकिने पनि कुनै ग्यारेन्टी छैन। यस अवस्थामा कोरोनाबाट बच्नु सँगै हामी आर्थिक मन्दीबाट पनि जोगिनु जरुरी देखिन्छ। हामीले यसमा ध्यान दिन सकेनौं भने रोगबाट जिते पनि भोकसँग अर्को लडाई लड्नु पर्ने हुनसक्छ। रोग र भोक दुवैबाट बच्न अबको हाम्रो लकडाउनको मोडालिटी यस्तो हुन सक्छ।

१. कम्तिमा अर्को ६ महिनाका लागि पूर्ण-प्रतिबन्धित क्षेत्रहरु:

सिमाना र अन्तर्राष्ट्रिय हवाई सेवाहरु:

तल्कालको लागि सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाहरु बन्द हुनु जरुरी छ। भारतमा संक्रमणको लेभल नघटेको अवस्थामा सरकारले पूर्णरुपमा भारतिय सिमानाहरु पनि बन्द गर्नु पर्दछ भने तेश्रो विश्वलाई समेत रोक्न अन्तर्राष्ट्रिय हवाई सेवाहरु समेत पूर्णरुपमा बन्द हुनु जरुरी छ।

तर हामीले मुख्यतयः कच्चा पदार्थहरु जो विभिन्न उद्योग संचालनको लागि आवश्यक छ, पूर्णरुपमा आयात गर्न र नेपालबाट निर्यात हुने कुनै वस्तुहरु छन् भने खुल्ला गरी सुरक्षित निर्यातको लागि ती देशहरुसँग वार्ता गर्न सरकारले कुटनैतिक पहल तुरुन्तै गर्न जरुरी छ। देश र यहाँको नागरिकले यस प्रकारको लकडाउनमा महंगी धान्न सक्ने अवस्था छैन।

यस बेरोजगारीको समयमा नागरिकलाई मंहगीबाट राहत दिनु सरकारको दायित्व हो भने नेपालका औषधि लगायत उद्योगहरु कच्चा पदार्थको अभावबाट जोगाउनु पनि राज्यको दायित्व हो। देशमा उत्पादित समानहरुको निर्यातको उचित व्यवस्थापन गर्न ढिलो नै भए जस्तो लाग्छ। नत्र हाम्रो व्यपार घाटा डरलाग्दो हुनेछ भने स्वदेशी उद्योगहरु पनि डुब्नेछ।

यससँगै हामीले तेश्रो देश र भारतबाट नेपाल आउन चाहाने नेपालीहरुको पनि नेपाल प्रवेशको लागि आवश्यक व्यवस्था गर्नु पर्ने देखिन्छ। उनीहरुलाई नेपालले अभिभावकत्व दिन चुक्नु हुँदैन्। यसको लागि उनीहरुलाई १४ दिनको क्वारेन्टाईनमा राखी उनीहरुबाट आउने जोखिम कम गर्न सकिन्छ।

२. अर्को एकदेखि बढीमा दुई महिना पूर्ण-प्रतिबन्धित गर्नु पर्ने क्षेत्रहरु:

नेपाल सरकारले तुरुन्तै नेपाललाई तीन क्षेत्रमा विभाजन गरी अति जोखिम क्षेत्र, जोखिमयुक्त क्षेत्र  र निम्न जोखिम भएको क्षेत्रको रुपमा ती क्षेत्रहरुको जोखिमको आधारमा लकडाउनको व्यवस्थापन गर्ने।

अति जोखीम युक्त क्षेत्रः

उदयपुरजस्तो सबभन्दा बढी संक्रमित रहेका क्षेत्रहरुलाई अर्को एकदेखि बढीमा दुई महिना पूर्ण-लकडाउन गर्ने।

बढी भीड हुने क्षेत्रहरु :

नेपाल भर संचालित बढी भीड हुने अथवा १० जनाभन्दा बढी मानिसहरु भेला हुने क्षेत्रहरु सिनेमा हल, स्कुल, कलेज, ठूला डिपार्टमेन्ट स्टोर, सपिङ सेन्टरहरु, सार्वजनिक सबारी साधनहरु, अन्तरदेशीय हवाई उडानहरु, होटल तथा रिसोर्टहरु, ठूला रेष्टुरेन्टहरु, स्पा तथा पर्लर, विभिन्न उद्योगहरुलाई अति जोखिम क्षेत्रको रुपमा कम्तिमा अर्को एक महिना नेपाल अधिराज्यभरी बन्द राख्ने।

तर अत्यवश्यक समानहरु विक्री गर्ने र काम गर्ने क्षेत्रहरु जस्तो खाध्यान्न, औषधी, तरकारीहरुलाई आंशिक रुपमा खोल्ने र सकेसम्म यी क्षेत्रहरुलाई पनि अनलाइन र फोनबाट संचालन गर्ने गरी उनीहरुलाई प्रोत्साहन गर्न सके राम्रो हुनेछ। यस प्रकारको व्यवसाय संचालनको लागी सरकारले पूर्णरुपमा मापदण्ड बनाउने र स्थानीय निकायको स्वीकृतिमा सुरक्षाको मापदण्ड पूरा गरेको अवस्थामा खोल्न अनुमती दिने।

३. अर्को एक हप्ता लकडाउनमै राख्ने क्षेत्रहरु:

जोखिमयुक्त क्षेत्र:

पहिला संक्रमण भेटिएको र हाल सबै संक्रमितहरु निको भइसकोको र हाल कुनै पनि नयाँ संक्रमण नभेटिएको क्षेत्रलाई जोखिमयुक्त क्षेत्रको रुपमा आउँदो एक हप्ताको लागि लकडाउन जारी गर्ने। यी क्षेत्रमा पनि अति आवश्यक वस्तुहरुको व्यवसायलाई पूर्णसुरक्षित मापदण्ड पूरा गर्ने गरी खुला गर्ने।

४. यही आउँदो हप्ता नै खुला गर्न सक्ने क्षेत्रहरु:

कम जोखिम क्षेत्र:

हालसम्म कुनै पनि संक्रमण नभेटिएको क्षेत्रहरुलाई आउँदो वैशाख १५ गतेबाट अंशिक खुल्ला गर्ने। यस क्षेत्रमा माथि राखिएको बढी भीड हुने क्षेत्र बाहेक अन्य सबै क्षेत्रहरुलाई खुल्ला गर्ने।

यसका लागि आवश्यक मापदण्ड तुरुन्तै जारी गर्ने र मापदण्डले तोकेको सुरक्षा व्यवस्था पूरा गर्ने बाँकी सबै व्यसायहरुलाई खुला गरी विस्तारै नागरिकहरुलाई पुरानो समान्य दैनिकीमा फर्काउन कोशिस गर्ने। यसमा बाहिर निस्कने व्यक्तिहरुले अपनाउनु पर्ने मापदण्ड र व्यवसायीहरुले पालन गर्नु पर्ने मापदण्ड बनाएर यसको पूर्ण-निरीक्षण गरी समान्य दैनिकीको सुरुआत गर्नु पर्ने हुन्छ।

अन्तमा, यस प्रकारको विभाजित लकडाउन गर्दा एक क्षेत्रबाट अर्को क्षेत्रको प्रवेश भने पूर्ण रुपमा रोक्नु जरुरी हुनेछ। एक क्षेत्रबाट अर्को क्षेत्रमा हुने व्यापार तथा ढुवानी गर्दा पनि पूर्णरुपमा सुरक्षित मापदण्ड बनाई गर्नुपर्छ र कृषि उत्पादनलाई निशेध नगरी कृषकहरुबाट उत्पादित वस्तुहरुलाई सरकारले एक क्षेत्रबाट अर्को क्षेत्रमा लैजान आवश्यक व्यवस्था हुनु जरुरी छ।

हामीले कुनै पनि हालतमा आर्थिक क्षेत्रहरुलाई मध्यनजर राखेर योजनाहरु बनाउनु जरुरी छ। नत्र रोगपछिको भोकलाई अर्को महामारीको रुपमा बहन गर्नु पर्ने देखिन्छ।

अर्को महत्वपुर्ण कुरा- यस प्रकारको लकडाउन मोडालिटीलाई प्रत्येक हप्ता देखिने र भेटिने संक्रमणको आधारमा पुर्नविचार गर्ने र यसबीच सबै क्षेत्रहरु जो खुल्ला हुन चाहेको छ, उनीहरुलाई राज्यले मुख्यतयः सेनिटाईजेशनको लागि आवश्यक औषधी तथा अन्य आवश्यक सुरक्षा समाग्रीहरुको सरल र सहज तरिकाबाट उपलब्ध गराउनु अत्यावश्यक छ।

यसरी आंशिक रुपमा खुला गरिएको क्षेत्रहरुलाई सुरक्षित राख्न ताइवान, हङकङ र दक्षिण कोरीयाहरुले अपनाएको विधि हरेक क्षेत्र तथा ठाउँमा प्रवेश गर्दा सेनिटाइज गर्ने र मास्क र पन्जालाई अनिवार्य गर्नु पर्छ।

(लेखक अधिवक्त्ता तथा बाल अधिकारकर्मी हुन्।)

पार्टी एकताबारे राजकिशोर यादव : म जुन कुरा भन्थेँ, त्यो कुरामा अझै अडिग छु

विचार / विमर्श


वैशाख १० गते दिउँसोसम्म तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण हुने कुनै चर्चा थिएन । नेताहरुको बीचमा एकीकरणको छलफल ठप्प थियो । लकडाउनअघिसम्म राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले थोरै भए पनि पहल गरिरहेका थिए, तर कुरा अगाडि बढिरहेको थिएन । तर जब वैशाख १० गते काँग्रेस पार्टीले बोलाएको बैठक सकियो अनि एकाएक समाजवादी पार्टी र राजपा नेपालका नेताहरुले एकीकरण गर्ने मुड बनाएर छलफलकै लागि राजपा नेपालका वरिष्ठ नेतृ निर्जला राउतको घरमा पुगे । ६ बजेदेखि बसेको बैठक राति ११ः३० बजे दुई पार्टीबीच एकीकरण हुने सैद्धान्तिक सहमतिपछि मात्र टुङ्गियो । तर त्यो बैठकमा राजपा नेपाल अध्यक्षमण्डलका दुईजना सदस्य राजकिशोर यादव र अनिलकुमार झा उपस्थित थिएनन् । उनीहरु पहिलादेखि एकीकरणप्रति फरकमत राख्दै आएका थिए । उनीहरु बैठकमा उपस्थित नहुँदा विभिन्न आशंकाहरु उब्जियो । प्रस्तुत छ, यही आशंकाको निवारण तथा पार्टी एकीकरण लगायत विषयमा राजपा नेपालका अध्यक्षमण्डलका एकजना सदस्य राजकिशोर यादवसँग  गरेको कुराकानीः

समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणका लागि भएको छलफलमा तपाईको उपस्थिति देखिएन नि, किन ?

–अहिले विश्वमै कोराना भाइरसको महामारीको कारण बिपत्तिको स्थिति छ । मानव सभ्यता नै खतरामा परेको छ । नेपाल सरकारले कोरोना भाइरसको रोकथामका लागि लकडाउनको निर्णय गरेको छ । सबै राजनीतिक दलले त्यसको समर्थन गरेको छ । महामारीबाट बच्ने एकमात्र उपाय लकडाउन भएको हुनाले सबैले यसको पालना गर्नुपर्ने आवश्यकता छ । त्यसैले जुन दिनदेखि लकडाउन घोषणा भयो, त्यो दिनदेखि आफ्नो कम्पाउण्डभन्दा बाहिर म निस्केको छैन ।

यो समयलाई मैले स्वअध्ययन, चिन्तन, आत्मसमीक्षा, ध्यानमा उपयोग गरेँ । यो कोरोनाले आफैलाई पनि समस्या पार्छ र आफ्नो कारणले अरुलाई पनि समस्या पार्छ । त्यसैले सामाजिक सुरक्षा तथा रक्षाका लागि भए पनि म एक महिनादेखि घरबाट निस्केको छैन । त्यही कारणले एकीकरणको लागि भएको बैठकमा म भौतिक रुपमा उपस्थित हुन सकिनँ ।

त्यसो भए राजपा नेपाल र समाजवादी पार्टीका केही नेताहरुले लकडाउन सम्बन्धमा जारी सरकारको निर्देशनलाई उल्लंघन गर्नुभएको हो त ?

–यसले सरकारको निर्देशन उल्लंघन गर्नुभन्दा पनि यो सबैको दायित्वभित्र पर्ने कुरा हो । यो कुनै दल विशेषले हड्ताल गरेको होइन, सरकारले कफ्र्यु लगाएकोजस्तो पनि होइन । यतिबेला सबै नागरिक जिम्मेवार हुनुपर्छ । विश्वमा मै हुँ भन्ने शक्तिहरुको पनि अहिले अवस्था खराब छ । उनीहरु पनि आफूलाई यो बिपत्तिबाट जोगाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

नेपाल पनि यस्तै अवस्थामा जानुपर्छ जस्तो लाग्छ । यद्यपि एउटा घटनाले एकीकरणको अवस्थामा पु¥याएको बैठकमा म जान सकिनँ, केही साथीहरु जानुभयो । मैले यसलाई अन्यथा रुपमा लिएको छैन । अरुले पनि यसलाई अन्यथा बुझ्नुपर्ने कुनै कारण छैन ।

बैठकमा तपाईंको भौतिक उपस्थिति भएन, ठिकै छ । तर यो एकीकरणलाई तपाईंले कुन रुपमा लिनु भएको छ ?

–यो एकीकरणको कुरा एक वर्ष अगाडिदेखि नै उठिरहेको थियो । लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माण गर्ने कुराकानी भइरहेको थियो । सानो सानो शक्ति मिलेर नै राजपा नेपाल बनेको थियो । त्यही बेलादेखि अरु पार्टीलाई पनि मिलाउने योजनामा हामी थियौँ । त्यही सन्दर्भमा समाजवादी पार्टीसँग कुराकानी भइरहेको थियो । छलफलकै क्रममा थियौँ तर यो बीचमा एउटा परिस्थिति निर्माण भयो र एकीकरणका लागि सैद्धान्तिक सहमति भयो । यो एकीकरण विगतमा भएको छलफलकै निरन्तरतास्वरुप भएको भनि बुझ्नुपर्छ ।

यसअघि तपाईले राजपा नेपाललाई व्यवस्थित र बलियो नबनाईकन समाजवादी पार्टीसँग एकीकरण गर्नुहुँदैन भन्नुहुन्थ्यो, राजपा नेपालको पहिला महाधिवेशन हुनुपर्छ अनिमात्र एकीकरण जानुपर्छ भन्नुहुन्थ्यो तर अहिले अचानक एकीकरणको घोषणा भयो, जहाँ तपाईंको उपस्थिति थिएन । यो एकीकरणमा तपाईंको विमति छ कि समर्थन छ ?

–म जुन कुरा पहिले भन्थेँ, त्यो कुरामा अहिले पनि अडिग छु । कुनै पनि शक्ति निर्माण गर्दा पहिला आफू शक्तिशाली हुनुपर्छ । वैकल्पिक शक्ति निर्माण गर्नु एउटा कठिन प्रक्रिया हो । यसलाई टेकेर नै केही गर्नुपर्छ । यो कसैको लहैलहैमा, उत्तेजनामा या जोशमा आएर गर्ने चिज होइन । यसमा धेरै कुरा मिलाउनुपर्ने हुन्छ । राष्ट्रिय अन्तराष्ट्रिय स्थिति, समाजको मनोविज्ञान, समाजको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने हो । भोलिको दिनमा राम्रो रिजल्ट ल्याइयोस् भनेर मैलै सैद्धान्तिक रुपमा, वैचारिक रुपमा यो कुरा उठान गरेकै हो । अहिले पनि म त्यसलाई त्यही रुपमा हेर्छु । तथापि परस्थितिले विषयवस्तुलाई अगाडि बढाएको छ । एउटा परस्थितिले पार्टी एकीकरण भयो, त्यसपछि पनि त्यसलाई सफल बनाउनका लागि धेरै काम गर्नुपर्ने छ । जसरी परस्थितिले नेतृत्वलाई जवर्जस्त रुपमा धक्का दियो । त्यही अवस्थामा अगाडि बढ्नुपर्छ । त्यसमा कुनै असन्तुष्टि देखाउनुपर्ने कुनै कारण छैन ।

यत्रो दिनदेखि प्रयास गर्दा गर्दै पनि एकीकरण हुन सकेको थिएन, के यस्तो आपत आइलाग्यो जसले यो लकडाउनका अवस्थामा पनि रातारात एकीकरणको घोषणा गर्नुप-यो ?

–मैले अघि पनि भनेको थिएँ कि म एक महिनादेखिको लकडाउनमा घरमै थिएँ । एकप्रकारले राजनीतिक गतिविधिहरु पनि ठप्प नै राखेको थिएँ । म सम्पर्कमा पनि थिइनँ । जीवन, जगतलाई बुझ्न चिन्तन मननमा थिएँ । म खासै कसैको सम्पर्कमा थिइनँ । त्यो बैठकमा रहनुभएका साथीहरुले के के कुरा गर्नुभयो, किन यो परस्थिति निर्माण भयो, त्यो कुरा पनि मैले बुझ्न पाएको छैन । त्यो कुरा बाहिर पनि आएको छैन ।

त्यसदिन आज (१० गते) बैठक बस्नुपर्छ भनि फोन गरेर संयोजक (शरतसिंह भण्डारी) ले भन्नुभएको थियो । त्यो दिन बिहान काँग्रेसको पनि बैठक छ, त्यो पनि खबर थियो तर मैले उहाँलाई ‘लकडाउनमा म बाहिर निस्केको छैन । प्राविधिक रुपमा अहिले ड्राइभर पनि छैन । र, जाने मन पनि छैन, तपाईंहरु गर्नुस्, केही भयो भने फोनमा कुरा गर्नुहोला, मेरो सहमति रहन्छ’ भनेको थिएँ । तै पनि उहाँले आउनुस् कि आउनुस् भन्नुभएको थियो । मैले काँग्रेसको बैठकमा जानका लागि असमर्थता जाहेर गरेको थिएँ । काँग्रेसको बैठकबाट निस्केपछि उहाँले पुनः मलाई फोन गरेर समाजवादी पार्टीसँग ६ बजे बैठक छ भन्नुभयो । तर मलाई लाग्यो कि अहिलेको विकसित घटनाक्रमको बारेमा बैठक होला र मैले त्यही रुपमा त्यसलाई बुझेको थिएँ । ‘तपाईंहरु बैठक गर्नुस्, केही कुराकानी भयो भने फोन संवाद गरौँला’ भनेको थिएँ । तर अचानक खबर आयो कि दुई पार्टीबीच एकीकरण नै भयो ।

त्यहाँ के के भयो, कसरी भयो, त्यो कुरा मलाई थाहा भएन । त्यहाँ उपस्थित नेताहरुलाई नै थाहा होला । म अहिले पनि राजनीतिक कुरा गर्ने पक्षमा थिइनँ । म आफ्नो ध्यानलाई अहिले कतै डाइभर्ट गर्ने पक्षमा थिइनँ । यो राजनीति गर्ने बेला होइन तर नेपालमा कस्तो छ भने, अवस्था जस्तोसुकै होस्, नेताहरुलाई राजनीति गर्नैपर्ने जस्तो छ । नानीदेखि लागेको बानी अझै सुधार भएको छैन । अहिले कोरोनाको विरुद्धमा एकजुट भएर लड्नुपर्ने बेलामा राजनीतिक गतिविधिले जुन तीब्रता लिएको छ, त्यो दुःखद् पक्ष हो । अमेरिकामा राष्ट्रपति चुनाव सर्ने अवस्था सिर्जना भएको छ । भारतमा पनि त्यस्तै अवस्था छ । विश्वमा नै अहिले कोरोनाबाट कसरी बच्ने भनेर सारा शक्ति त्यसैमा लगाएको छ तर नेपालमा अहिले पनि दलगत राजनीति, गुटगत राजनीतिभन्दा माथि उठ्न सकेको छैन ।

यो एकीकरणले नेपालको राजनीतिमा कस्तो प्रभाव पार्छ ?

–यो निकै गम्भीर र भविष्य लक्षित प्रश्न हो । यसमा अझै वृहत छलफलको आवश्यकता छ । छलफलबाट निष्कर्षमा पुगेपछि मात्र यी प्रश्नको जवाफ दिन सकिन्छ । जहाँसम्म मैले कल्पना गरेको राजनीतिक शक्तिको कुरो छ, त्यो ढंगले निर्माण गर्न सकियो भने नेपालको राजनीतिक कोर्समा एउटा ऐतिहासिक जिम्मेवारी पुरा गर्न सक्छ । त्यसका लागि सामूहिक चिन्तन, सामूहिक कार्य, सामूहिक शक्तिले मात्र सम्भव छ ।

तपाईंले अहिलेका समकालीन नेताहरुसँग काम गरिसक्नु भएको छ, ११÷१२ वर्षको अनुभव छ तपाईंसँग । जुन नेचरको राजनीतिक दल र त्यसका नेताहरु हुनुहुन्छ, तपाईंलाई के लाग्छ, तपाईंले भनेकोजस्तो सामूहिक रुपमा अगाडि बढ्छ त ?

–यसमा समयले धेरै कुरा निर्धारण गर्छ । मैले विगत र आजको समयलाई नियाल्दा के बुझेको छु भने नेतृत्वपंक्तिमा परस्थितिले गर्दा एक प्रकारको बुझाई भएको छ र यो परस्थिति निर्माण भएर यो कार्य अगाडि बढेको छ । काम गर्दा केही तलमाथि भइरहन्छ तर एउटा बृहत सोचका लागि यस्ता साना मसिना कुरामा अल्झिनु हुँदैनजस्तो लाग्छ । पार्टीका नेतृत्व तहका नेताहरुले पनि सोच साँघुरो बनाउनु हुँदैन, वृहत सोचका साथ अगाडि बढ्नुपर्छ । सबैको भावना र विचारलाई कदर गर्दै अगाडि बढ्नुपर्छ अनिमात्र मिसनमा सफल हुन्छ ।

मधेशवादी दल फुटाउनैका लागि यो अध्यादेश ल्याएको हुँ, मधेशवादी दलहरुले मलाई मधेशमा निषेध गरेकै कारणले यस्तो गरेको हुँ भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको सञ्चारमाध्यममार्फत बाहिर आएको छ, के साँच्चै प्रधानमन्त्री ओलीले भनेका कुरा सही हो ?

–म एकप्रकारले अध्यात्ममा विश्वास गर्ने मान्छे हुँ । एक त अध्यादेशको औचित्य भएन भने भनि फिर्ता भयो । यसमा धेरै गन्थन गर्ने आवश्यकता भएन । मिडियामा आएको कुरा कति सत्य हो÷होइन भन्ने कुरालाई कसरी मापन गर्ने थाहा छैन । तर जसरी, जुन अवस्थामा अध्यादेश ल्याइयो, त्यो ठिक भएन । अहिले त सरकारको पुरै ध्यान कोरोना भाइरसबाट जनतालाई कसरी मुक्ति दिलाउन सकिन्छ, त्यसमा जानुपर्ने हो । तर दुर्भाग्य, राजनीतिभन्दा हामी माथि उठ्न सकेनौँ । अब हामी पुनः त्यही नर्मल अवस्थामा पुग्छौँ भनि कसैले सोचिरहेको छ भने गलत हो । अब परस्थिति धेरै बदलिसकेको छ । कोरोनाबाट मुक्त भए पनि विश्व परिवेश, भौगोलिक राजनीति र सम्बन्ध यस्तै रहने छैन । आउने दिनलाई कसरी सामना गर्ने हो, त्यसका लागि तयार हुनुपर्ने हो । त्यसका बारेमा चर्चा गर्नुपर्ने हो, त्यसको बारेमा अध्ययन गर्नुपर्ने हो । यो कोरोना भाइरसले हाम्रो आर्थिक र सामाजिक जीवन प्रकृयालाई प्रभाव पार्छ । त्यसलै अहिले नेपाल सरकारले सोच्नुपर्ने के हो भने हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड भनेको विदेशबाट आउने रेमिटेन्स हो । यो कोरोनाले गर्दा बाहिरी मुलुकले नेपाली श्रमिकहरुलाई पहिलाको जस्तै लग्ने छैन । ती युवा अर्थात् श्रमिकलाई देशमै कसरी रोजगार दिन सकिन्छ, त्यो कुरामा ख्याल गर्नुपर्छ । हामी हरेक कुरामा परनिर्भर भएको अवस्थामा अब कसरी आत्मनिर्भर हुने कुरामा ध्यान दिनुपर्ने अवस्था आएको छ ।

‘एक दुई जनाले नमान्दैमा बैठक रोकिदैन’

विचार / विमर्श


काठमाडौं । अध्यादेश प्रकरणपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेसँगै नेताहरुको कोठे बैठक र दौडधुप जारी छ । आइतबार दिनभरजसो बालुवाटार, खुमलटार र कोटेश्वरमा शीर्ष नेता निकटहरुका बैठकहरु भयो । अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहका फरक–फरक बैठक बस्यो भने एकपक्षले अर्को पक्षलाई मनाउने प्रयासहरु भए । खासगरी पार्टी बैठक बोलाउने या नबोलाउने भन्नेमा मतभेद आएपछि नेकपाभित्र शक्ति सन्तुलनको तीव्र अभ्यास सुरु भएको हो । अध्यादेश खारेज भइसकेपछि पार्टी बैठक आवश्यक नभएको ठान्ने केपी ओली समुह र अध्यादेश कुन नियतले ल्याइयो र किन फिर्ता गरियो भनेर जावफ खोज्नेहरुबीच अन्तरद्वन्द्व चर्किएको छ ।

अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहका नेताहरु स्थायी समिति बैठकमार्फत् आफ्ना गुनासा राख्न चाहन्छन् । त्यसका लागि प्रचण्ड र माधव नेपाललाई बैठक डाक्न दबाब दिइरहेका छन् । शनिबार शीर्ष नेतासँगको छलफलमा आइतबारसम्म सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्ने बताएका अध्यक्ष केपी ओलीले सोमबार बिहानसम्म पनि सचिवालय बोलाउन सहमत भएका छैनन् ।

सोमबार साँझसम्म पनि बैठकको टुङ्गो नलागे ओलीविरुद्ध फरक ढंगले अघि बढ्ने दाहाल र नेपालसमुहको तयारी छ । स्थायी समितिको बैठक माग गर्ने २० जना मध्येका एक नेता युवराज ज्ञवालीलाई नेकपाको आन्तरिक विवाद कहाँ पुग्यो भनेर रातोपाटीले सोधेको छ । प्रस्तुत छ नेता ज्ञवालीसँगको संक्षिप्त टेलिफोन वार्ता :

विगत केही दिनदेखि नेकपामा गुटगत भेला धेरै हुन थाल्यो, कारण के हो ?

पार्टी र सरकारबीच समन्वय नै भएन । यो रोक्नुपर्नेछ । यसका लागि पहिला सचिवालय बैठक बस्नुपर्‍यो । त्यसपछि स्थायी कमिटिको माग गरेका छौ । हामीले भन्नुपर्ने कुरा धेरै छन् । हामी हाम्रा कुरा ति बैठकमा सशक्त उठाउछौ । स्थायी कमिटि डाक भनेर माधव नेपाल र प्रचण्डलाई भनेका हौँ । उहाँहरु त्यसैको तयारी लाग्नुभएको छ । स्थायी कमिटी बैठक बस्यो भने हामी हाम्रा धेरै कुरा राख्छौँ ।

धेरै भन्नुछ भन्नुभयो । के–के भन्नुछ एक, दुई तीन गरेर भन्नु त ?

भन्नलाई त बैठक बस्नुपर्‍यो नि । बैठकबाहिर भन्ने होइन । बाहिर भनेर समस्या हल हुदैन । हल गर्ने ठाउ भनेको पार्टी कमिटि हो । त्यसैले पार्टी कमिटिको बैठक राख्नुपर्‍यो ।

बैठक राख्ने अझै संकेत देखिएको छैन ? अध्यक्षले बैठक नै राख्नुभएन भने के गर्नुहुन्छ ?

हैन, हैन, अनिवार्य बस्नुपर्छ । एक दुई जनाले मानेन भन्दैमा बैठक रोकिदैन ।

नेकपामा सरकार केपी ओलीले चलाउने, पार्टी प्रचण्डले चलाउने भनेर कार्यविभाजन भएको हो । अध्यक्ष प्रचण्डले बैठक बोलाए हुदैन ?

त्यही त हो हामीले भनेको । उहाँहरुले सल्लाह गरेर निर्णय गर्नुपर्‍यो । सचिवालयमा बस्नुभएको छ । एउटा बैठक पनि डाक्नसक्नुहुन्न भने के हुन्छ ?

तर, तपाईंहरु त प्रधानमन्त्री पनि फेर्ने, मुख्यमन्त्री पनि फेर्ने हिसावले अघि बढ्दै हुनुहुन्छ भन्ने छ नि के त्यसै गर्न लाग्नुभएको हो ?

होइन, यो कुरामा कुनै सत्यता छैन । यसबारेमा हाम्रो कुनै छलफल नै भएको छैन ।

गर्न खोजेको के हो त त्यसो भए ?

हामीले गर्न खोजेको भनेको पार्टीलाई संस्थागत रुपले चलाउनुपर्‍यो । सरकारलाई पार्टीले चलाउनुपर्‍यो भनेको हो । संस्थागत निर्णय हुनुपर्‍यो । त्यसैले बैठकको माग गरेको हो । स्थायी कमिटी बैठकको माग त्यसै गरेको होइन । त्यसले निर्णय गर्छ । बैठक बसेर भाषण गर्न मात्र बैठकको माग गरेका होइनौँ । त्यसले निर्णय गर्छ ।

के गर्छ निर्णय ?

छलफल गरेपछि थाहा हुन्छ । छलफल नै नगर्ने, बैठक नै नराख्ने अनि भाषण गरेर मात्र त निर्णय हुदैन । हामीले पनि अन्तरवार्ता दिएर समस्या हल हुनेवाला छैन ।

यसअगाडि बसेको स्थायी समिति र केन्द्रीय समितिले गरेका निर्णयहरु नै कार्यान्वयन नभएको अवस्थामा फेरि बैठक बसेर अरु निर्णय गर्नुको कति अर्थ रहन्छ ?

हो । त्यो पनि समिक्षा गर्नुपर्ने भएकाले बैठक मागेका हौँ । केन्द्रीय कमिटीको बैठक बसेर त्यत्रो निर्णय गरेको छ । त्यसको उहाँहरुले जवाफ दिनुपर्छ । जवाफ दिनुभएन भने त्यसको समाधान केहो खोज्नुपर्छ । नयाँ समाधान खोज्नुपर्छ । या त उहाँहरुले गर्नसक्नुपर्‍यो या त छोड्नुपर्‍यो । यस्ता धेरै कुरा भन्नुपर्नेछन् । बाहिर कति भन्नु कति बोल्नु ? त्यसकारण हामी अब बोल्दैनौ ।

अब कति समय पर्खनुहुन्छ त बैठकका लागि ?

हेर्दै जाउ । हामीले भन्ने कुरा नेतृत्वलाई भनेका छौँ । बैठक बस्दै बसेन भने विधानमा व्यवस्था भएअनुसार अघि बढ्ने कुरा छँदैछ । त्यसपछि अगाडि जाने स्टेप वाई स्टेपका प्रक्रिया छन् ।

पार्टीबाटै सरकारलाई नै घेराबन्दी भयो । काम गर्ने वातावरण नै भएन भन्ने गुनासो छ । के तपाईंहरुले सरकारलाई घेराबन्दी गरेको हो ?

घेराबन्दी, अप्ठेरो केही गरेको छैन । आफै नचाहिने–नचाहिने काम गर्ने, अध्यादेश ल्याउने के गर्ने त्यसपछि हामीलाई दोष दिने ?

आज कुन चरणको छलफल गर्दै हुनुहुन्छ ?

आज हाम्रो छैन । आज सचिवालयमा केही छलफल होला ।