समाचार

आर्थिक

सन्तोष मोक्तानले पाए कान्तिपुर मल उपहार योजनामा यामाहाको मोटरसाइकल


काठमाडौँ, ११ मंसीर । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबु नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले मोटरसाइकल जितेका छन् । 

होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा विगत १८ वर्षदेखि गोँगबुस्थित नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष सञ्चालन गरेको उपहार योजनामा सन्तोषले मोटरसाइकल उपहार जितेका हुन् । 

उक्त मलले सोमबार उपहारको नतिजा प्रकाशन गरेको हो । उपहार प्रकाशन गर्दा १९७६३ नम्बर कुपन भएका सन्तोषले प्रथम पुरस्कार हात पारेका हुन् । उक्त मोटरसाइकलको मूल्य तीन लाख ४० हजार रहेको छ । 

यस्तै, ०४१९६ कुपन भएकी समिक्षा गौतम द्धितीय, ००७७२ कुपन नम्बर भएका उजल राई तृतीय, १७८१२ कुपन नम्बर भएका भुमेश्वरा विक चौँथो, ०३४३४ कुपन नम्बर भएका महेन्द्रप्रसाद जैशी पाँचौ र ०४५८२ कुपन नम्बर भएका नविन पौडेलले सान्तना पुरस्कार प्राप्त गर्नुभएको छ । 

मलले द्धितीय पुरस्कार ११३ सीसीको यामाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको एइडी टिभी, चौँथो पुरस्कार १८५ लीटरको फ्रिज र पाँचौँ तथा सान्वना पुरस्कार डिसहोम फाइवर नेट प्रदान गर्ने भएको छ । मलका महाप्रबन्धक अमर निरौलाले उपहार विजेतालाई एक हप्ताभित्र कान्तिपुर मलको केन्द्रीय कार्यालय नयाँबसपार्कमा दावी गरिसक्न आग्रह गर्नुभयो । 

मलले विगत १७ वर्षदेखि निरन्तर उपहार योजना सञ्चालन गरिरहेको बताउँदै महाप्रबन्धक निरौलाले आगामी वर्षपनि सबैको साथ र सहयोगमा उपहार योजनालाई निरन्तरता दिने उल्लेख गर्नुभयो । उहाँले कान्तिपुर मलमा आएर सस्तो, सुलभ मूल्यमा गुणस्तरीय सामान खरीद गर्नसमेत ग्राहकलाई आग्रह गर्नुभएको छ ।

मनोरञ्जन

संचारकर्मि पराजुलीको अभिनयमा गायक बस्नेतको नयाँ दशैं गीत (भिडियो सहित )


काठमाडौ । दशैं तथा तिहार नजिकिए सँगै नेपाली गीत संगीतको बजारमा एक पछि अर्को दशैं तिहार गीत बजारमा आउने क्रम बढेको छ । यसै क्रममा गायक तिलक बस्नेतको नयाँ दशैं गीत बडा दशैंको शुभकामना सार्वजनिक भएको छ ।

बस्नेतको आफ्नै निर्देशन, शब्द, लय तथा स्वरमा रहेको बडा दशैंको शुभकामना बोलको गीत बजारमा ल्याएका हुन् । तिलक बस्नेत युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा गायिका उषा गजुरेलको स्वर रहेको छ । म्युजिक भिडियोको सिनेम्याटो ग्राफर अजय रेग्मी सम्पादन अमृत ​​चापागाईको रहेको छ

गीतमा सरु बिष्ट,तिलक बस्नेत,डीबी पराजुली,जीवन कुँवर,डम्बर प्रसाद दुलालको अभिनय रहेको छ ।

हेर्नुस् भिडियो :

 

 

विश्व

Embassy of Pakistan organized a talk programme on “Kashmirs’ Youm-e-Istehsal”,


Kathmandu -Today, the Embassy of Pakistan organized a talk programme on “Kashmirs’ Youm-e-Istehsal”, about India’s illegal and unilateral actions of 5 August 2019 and to express Pakistan’s support for the just struggle of the Kashmiri people. The programme was attended by politicians, journalists, writers and analysts, as well as representatives of human rights organizations.
Messages of the President and Prime Minister of Pakistan, condemning India’s unilateral action to abrogate the Article 370 & 35 (A) against the UN Security Council (UNSC) resolutions and conveying unwavering support to Kashmiri people, were read out on the occasion. A special documentary featuring the history and significance of the Jammu and Kashmir dispute and depicting the plight of Kashmiris in Illegally Occupied Jammu and Kashmir (IIOJK) post Article 370 & 35 (A) at the hands of Indian occupation forces was also screened.

Speaking at the Talk Programme, Ambassador Syed Haider Shah highlighted that the IIOJK is an internationally recognized dispute, which still needs to be resolved in accordance with relevant UNSC resolutions. He further emphasized that India’s illegal and unilateral actions of 5th August 2019 were in violation of its international obligations, commitments to the United Nations and bilateral agreements and understandings between the two countries.He underlined that the will of the Kashmiri people could not be broken by state terrorism and grave and persistent violation of their human rights. The use of indiscriminate force by Indian occupation forces could not crush the struggle for the right to self-determination by Kashmiri men, women and children. The situation in IIOJK posed a serious threat to regional peace and security which called for urgent action by the international community, particularly the U.N. to urge India to end its human rights violations in IIOJK and rescind illegal and unilateral actions taken on August 5, 2019.

The participants, in the Question-Answer session that followed, stressed the urgency of resolving the decades-old dispute in accordance with the wishes of the people of Jammu Kashmir and UNSC resolutions.

Popular Posts

अर्धमृत शरीर माथि...

समाचार, मनोरञ्जन


अर्धमृत शरीर माथि
मसानघाटमा लगिसकेको लासलाई
झारफूक के के गर्दै फेरि जिवित बनाउन खोज्नेहरु
याद राख तिम्रा ती हरेक खाले दिवा सपनाहरु
मसानघाटको लास सँगै जलेर राख हुनेछन् ।

आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको लागि
निमुखा दाजुभाई तथा दिदीबहिनीहरुको
आलो रगतलाई कौडीको भाउमा,
सडकमा रगत बगाइदिन उद्दत हे कलियुगे महिसासुरहर
तिम्रा सपनाहरु चैत मासको डढेलोमा जलेको खरघारी जस्तै
तिम्रै आँखा अगाडी डढेर खाग बन्नेछन् ।

वेलैमा तिम्रो चेत खुलेन भने यस्तो दिन आउन सक्छ
जहाँ तिम्रा कपोलकल्पित कामना संगसंगै
तिमीहरु पनि जलेर भष्म हुनेछौ ।।

बचाउ बचाउ भनेर चिच्याइरहेको 
तिम्रो अर्धमृत शरीर माथि पानी होइन
डिजेल र पेट्रोलको धाराहरु खनिन सक्छ ।


त्यसैले तिमीहरुको चेत वेलैमा खुलेको राम्रो 
नत्र तिमीले टेकेका हरेक जमीन
स्वत माइन बनेर पड्कने छन्  ।

अनि भुस्याहा कुकुरहरुले तिम्रा उछिट्टीएका मांसपिण्ड माथि
बर्षौ देखिको भोक खुशी हुँदै मेटाउनेछन् ।।

– रमेश कुँवर

इ–प्लानेटले यही मंसिर १२ गते मंगलवार अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’आयोजना गर्दै

समाचार


काठमाडौं– दुई दशकदेखि नेपाली विद्यार्थीहरुको परामर्शसहितका सेवामा सक्रिय एजुकेशन प्लानेट प्रा.लि. (इ–प्लानेट) ले यही मंसिर १२ गते मंगलवार अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम बागबजार, काठमाडौंस्थित इ–प्लानेटको मुख्य कार्यालय भवनमा आयोजना गरिनेछ । मंसिर १२ गते मंगलवार बिहान १० बजदेखि अपह्रान्ह ४ बजेसम्म ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’ कार्यक्रम सञ्चालन हुनेछ ।

उक्त कार्यक्रममा अस्ट्रेलियाका सर्वश्रेष्ठमा गनिने मध्येका Macquarie University, La Trobe University, University of Newcastle, University of Tasmania, Australian Catholic University, UTS College, ICHM तथा ATMC ले सहभागिता जनाउने छन् ।

यी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसंगको प्रत्यक्ष भेटघाट तथा कुराकानीले विद्यार्थीहरुलाई आफूले पढ्ने विषय, उपलब्ध छात्रवृत्ति तथा भविष्यका अवसरहरुका बारेमा स्पष्ट ज्ञान हुने विश्वास आयोजक इ–प्लानेटको रहेको छ ।

यसका साथै कार्यक्रममा सहभागिले आईइएलटिएसरपिटिआई कक्षामा ५० प्रतिशत छुट तथा एक हजार रुपैयाँ बराबरको गोल्डेन कुपन पाउन सक्ने सुविधा उपलब्ध गराएको छ ।

इ–प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानेले यही मंगलवार हुने मेगा इन्फर्मेसन डे आयोजना गर्न पाउँदा खुशी व्यक्ति गर्दै एजुकेशन प्लानेटले विद्यार्थीहरुलाई परामर्श सेवामात्र नभई सहभागि हुने इच्छुक विद्यार्थीहरुलाई आइईएलटिएस तथा पिटिई कक्षाहरुमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने कुरामा पनि जोड दिन्छन् ।

लामिछानेले अस्ट्रेलियामा अध्ययन गर्ने अथवा आफ्नो अस्ट्रेलिया अध्ययनको सपना साकार बनाउने प्रकयामा रहेका सबै उत्साहित विद्यार्थीहरुलाई इन्फर्मेसन डेमा हार्दिक स्वागत गरेका छन् ।

हामीले सबैका लागि ठूलो अवसर प्रस्तुत गर्दै यो मेगा इन्फर्मेशन डेमा ख्यातिप्राप्त संस्थाहरुलाई एउटै थलोमा उपस्थित गराउन पाउँदा गौरवान्वित महसुस गरिरहेका छौं, लामिछाने भन्छन्– ‘हामी सबै विद्यार्थी तथा अभिभावकहरुलाई मंसिर १२ गते मंगलवार ई–प्लानेटको बागबजारस्थित प्रधान कार्यालयमा स्वागत गर्न तयार छौं । यो अवसर नगुमाउनु होस्, सबैलाई भेट्नु होस् ।’

ई–प्लानेटका कार्यकारी अध्यक्ष लामिछानेले मंगलवार आयोजना हुने इन्फर्मेशन डेमा सहभागिता जनाएर आफ्नो अस्ट्रेलियाली अध्ययन लक्ष्यहरु अगाडि बढाउने यो असाधारण अवसरहरुको फाइदा लिन आग्रह गरेका छन् । लामिछानेका अनुसार यो कार्यक्रममा सहभागिता जनाएर विद्यार्थीले छात्रवृत्ति तथा परीक्षाहरुमा छूट त प्राप्त गर्ने छन् नै, यसका साथै प्रतिष्ठित अस्ट्रेलियाली यूनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुसंगको संवाद अमूल्य सावित हुन सक्नेछ ।

‘अस्ट्रेलियाबाट आउने विशेषज्ञहरुले उताका विश्वविद्यालयको जीवन, पाठ्यक्रमका सिमाहरु तथा स्नातक उत्तिर्ण गरिसकेपछि करियरका सम्भावनाहरुका बारेमा समेत जानकारीहरु उपलब्ध गराउने छन्, लामिछाने भन्छन्– ‘उनीहरुको मार्गदर्शनले नेपाली विद्यार्थीको चासो तथा महत्वकांक्षासंग साक्षात्कार गराउने छ ।’ अस्ट्रेलियाका विश्वविद्यालयहरुले अत्याधिुनिक अनुसन्धान तथा नवीन शिक्षण विधिहरका लागि प्रतिष्ठित विश्वव्यापी प्रतिष्ठा कायम राहेका छन् । अस्ट्रेलियामा प्रदान गरिने शिक्षाले नेपाली विद्यार्थीलाई बहुसांस्कृतिक तथा सृजनात्मकता मनाउने जीवन्त संस्कृतिमा डुबाएर विद्यार्थीलाई माग अनूकुलका सीपहरु प्रदान गर्ने लामिछानेको बुझाइ छ ।

लामिछाने भन्छन्– ‘त्यसैले अस्ट्रेलियामा आफूले अध्ययन गर्ने कोर्षको बारेमा स्पष्ट जानकारी प्राप्त गर्न, आवेदन प्रकृया बुझन तथा विदेश यात्राको तयारी गर्न ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’ उपयुक्त थलो हुनेछ । यसबाट प्रत्येक विद्यार्थीले लाभ लिन सक्नु हुनेछ । इन्फरमेशन डेमा सहभागिता जनाएर तपाईंले आफ्ना दीर्घकालिन लक्ष्यहरुसंग मेल खानेगरी अस्टेलियाली शिक्षामा लगानी गर्ने बारे उचित निर्णय लिन सक्नु हुनेछ भन्ने कुरामा हामी ढुक्क छौं ।’

Event Details
Date: November 28, 2023
Time: 10:00 AM – 4:00 PM
Venue: E-Planet Headoffice, Bagbazzar, Kathmandu (near KMC College)
Contact: 01-5339656/57
Email: [email protected]
Web: www.eplanet.edu.np
Registration Link: [https://bit.ly/3ql0p6A]
गीतकार श्रेष्ठका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण, ‘ए मेरो मनको राजा’ को प्रीमियर

समाचार, मनोरञ्जन


काठमाडौं– करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ ।

यसपटक केही महिनाका लागि स्वदेश आएको मौका पारेर साहित्यकार श्रेष्ठद्वारा केही ऐतिहासिक कार्यहरु भएको छ  । समाजसेवीको रुपमा समेत सक्रिय रहँदै आएकी गीतकार श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपीमा नेपालको ऐतिहासिक साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्व बल्लभ, साहित्यकार तथा पत्रकार बिमल भौकाजी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा लगायतका व्यक्तित्वले गीतकार श्रेष्ठका हस्तलिपीमा रहेका गीतहरु समावेश ‘शारदा’ मासिक लोकार्पण गरियो ।

‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंकलाई सरला श्रेष्ठका गीतहरुको विशेषांकको रुपमा प्रकाशित गरिएको हो । कात्तिक ‌महिनाको ‘शारदा’ पत्रिकाको को वर्ष १०, अंक ७, पूर्णांक ११५ मा सरला श्रेष्ठका ५६ वटा गीतहरु गीतकारको हस्तलिपीमा प्रकाशित भएका छन् ।

‘समारोहमा ‘शारदा’ मासिक पत्रिकाका प्रधान सम्पादक विमल भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपीमा कुनै पनि पत्रिकामा विशेषांक प्रकाशन गरेको यो पहिलो पटक भएको बताए ।

समारोहलाई सम्बोधन गर्दै गीतकार सरला श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपीमा एकल गीति विशेषांक प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको धारणा व्यक्त गरिन् ।

समारोहमा ‘शारदा’ मासिकमा प्रकाशित आफ्ना केही विशेष गीतहरु वाचन गर्दै गीतकार श्रेष्ठले विदेशमा रहँदा सधैं देशलाई शिरमा राखेर हिँडिरहेको बताइन् । गीतकार श्रेष्ठले आफ्नो शरीरमात्र विदेशमा रहेको, तर मन र मुटुसधैं स्वदेशमै रहेको बताइन् ।

समारोहमा ‘शारदा’ मासिक पत्रिमामा प्रकाशित एउटा यूगल गीत ‘ए मेरो मनको राजा’ को म्युजिक भिडियो समेत प्रीमियर गरिएको छ । गायक प्रमोद खरेल तथा गायिका अञ्जु पन्तको यूगल स्वरको यो गीतलाई कीर्ति न्यौपानेले संगीतबद्ध गरेका छन् । यो गीतको म्युजिक भिडियोको निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन् । कुलेखानी क्षेत्रका रमणीय लोकेशनमा छायांकन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ ।

यो गीतको संगीत संयोजक पुरुषोत्तम सुवेदी हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ, मिक्सिङ तथा माष्टरिङ किशोर थापाले गरेका छन् । यो गीत ए वन म्यूजिसिएन स्टुडियोमा रेकर्ड गरिएको हो ।

मासिक पत्रिकाको लोकार्पण तथा म्युजिक भिडियोका प्रीमियर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले गीत रचना गर्नु आफैंमा जटिल कार्य भएको बताउँदै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गरे ।  श्रेष्ठले गीत सार्वजनिक भएकोमा शुभकामना दिँदै आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए ।

शारदा मासिक पत्रिकाका सम्पादक बिमल भौकाजीले श्रेष्ठका गीतहरुको समिक्षा गर्दै हरेक गीतको पछाडि एउटा कथा व्यक्त गर्न सक्नु गीतकारको शब्दमाथिको विजय भएको बताए । नेपालमा महिला गीतकारहरुको संख्या कम भएको बताउँदै भौकाजीले विदेशमा बसेर नेपाली गीत–संगीतमा निरन्तरता दिन सक्नु गीतकारश्रेष्ठको ठूलो खुबी भएको स्पष्ट पारे ।

गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले गीत–संगीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । उनले भने– ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमीहरु संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं ।’

समारोहमा गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, रोयल्टी संकलन समाजका महासचिव बि पाण्डे,  म्युजिक भिडियो निर्देशक कृष्णदेव रुपाखेती, कवि विश्व वल्लभसहितका वक्ताले गीतकार श्रेष्ठका गीतहरुको प्रशंसा गर्दै सफलताको शुभकामना दिए ।

शारदा मासिक तथा ए मेरो मनको राजा गीतको म्युजिक भिडियोका लोकार्पण समारोह गीतकार संघ नेपालको आयोजना तथा एसएस क्रिएसनको व्यवस्थापनमा सम्पन्न भएको हो ।

‘शारदा’ मासिक पत्रिकाका बारेमा

‘शारदा’ आधिकारिक रूपले नेपाली वाङ्मयको जेठो पत्रिका हो । सुब्बा ऋद्धिबहादुर मल्लले १९९१ सालमा यसको प्रथम प्रकाशन गरेका थिए । यसको दर्जा नम्बर ००१ हो । जबकि गोरखापत्र १९५८ देखि प्रकाशित भए पनि आधिकारिक रूपले यसको दर्ता ‘शारदा’ पछि मात्रै भयो । बालकृष्ण सम, देवकोटा, सिद्धिचरणलगायत बीपी, रिमाल, मल्ल दाजुभाइको साहित्यिक यात्रा ‘शारदा’ बाटै शुरू भएको हो । राणाकालीन अन्धकारको साम्राज्य भनिएको त्यो समयमा पनि शारदा एक्लैले नेपाली साहित्यको उत्थान खातिर काम गरेको त्यो इतिहास गर्वयोग्य छ ।

२०२० सालसम्म १८३ अंक छापिएपछि शारदाको यात्रामा बिराम लाग्यो । ४३ वर्षपश्चात् २०६३ मा पुनःस्थापित गरेर प्रकाशन थालियो । बीचमा केही समय अनियमित भए पनि ०७१ सालदेखि ०८० सालको कात्तिकसम्म एक अंक पनि नबिराई ११५ वटा अंक प्रकाशित भइसकेको छ । साहित्यिक विधाका कविता, कथा, गीत, गजल, मुक्तक, नियात्रालगायत अनुवादका विशेषाङ्कहरू समेत प्रकाशित गरिरहेको शारदाका सम्पादक तथा प्रकाशक कवि विमल भौकाजी हुन् ।

सन्तोष मोक्तानले पाए कान्तिपुर मल उपहार योजनामा यामाहाको मोटरसाइकल

आर्थिक


काठमाडौँ, ११ मंसीर । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबु नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले मोटरसाइकल जितेका छन् । 

होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा विगत १८ वर्षदेखि गोँगबुस्थित नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष सञ्चालन गरेको उपहार योजनामा सन्तोषले मोटरसाइकल उपहार जितेका हुन् । 

उक्त मलले सोमबार उपहारको नतिजा प्रकाशन गरेको हो । उपहार प्रकाशन गर्दा १९७६३ नम्बर कुपन भएका सन्तोषले प्रथम पुरस्कार हात पारेका हुन् । उक्त मोटरसाइकलको मूल्य तीन लाख ४० हजार रहेको छ । 

यस्तै, ०४१९६ कुपन भएकी समिक्षा गौतम द्धितीय, ००७७२ कुपन नम्बर भएका उजल राई तृतीय, १७८१२ कुपन नम्बर भएका भुमेश्वरा विक चौँथो, ०३४३४ कुपन नम्बर भएका महेन्द्रप्रसाद जैशी पाँचौ र ०४५८२ कुपन नम्बर भएका नविन पौडेलले सान्तना पुरस्कार प्राप्त गर्नुभएको छ । 

मलले द्धितीय पुरस्कार ११३ सीसीको यामाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको एइडी टिभी, चौँथो पुरस्कार १८५ लीटरको फ्रिज र पाँचौँ तथा सान्वना पुरस्कार डिसहोम फाइवर नेट प्रदान गर्ने भएको छ । मलका महाप्रबन्धक अमर निरौलाले उपहार विजेतालाई एक हप्ताभित्र कान्तिपुर मलको केन्द्रीय कार्यालय नयाँबसपार्कमा दावी गरिसक्न आग्रह गर्नुभयो । 

मलले विगत १७ वर्षदेखि निरन्तर उपहार योजना सञ्चालन गरिरहेको बताउँदै महाप्रबन्धक निरौलाले आगामी वर्षपनि सबैको साथ र सहयोगमा उपहार योजनालाई निरन्तरता दिने उल्लेख गर्नुभयो । उहाँले कान्तिपुर मलमा आएर सस्तो, सुलभ मूल्यमा गुणस्तरीय सामान खरीद गर्नसमेत ग्राहकलाई आग्रह गर्नुभएको छ ।