world
||Power News Asia||

आजको समाचार

ओहायोमा नेपाली कला–संस्कृतिको भव्य उत्सव : ग्लोबल डान्स स्टुडियो उद्घाटन

विश्व


ओहायो, अमेरिका - अमेरिकाको ओहायोस्थित फेयरफिल्डमा नेपाली कला, संस्कृति र नृत्यको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राख्दै एकै अवसरमा तीन महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन्। ग्लोबल डान्स स्टुडियोको भव्य उद्घाटन, बहुप्रतीक्षित म्युजिक भिडियो बाबा छोराको विशेष प्रिमियर तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ओहायो च्याप्टरको नयाँ कार्यसमिति गठनसँगै कार्यक्रम नेपाली कला–संस्कृतिको उत्सवका रूपमा सम्पन्न भएको हो।

नेपाली नृत्य, संगीत र संस्कृतिलाई अमेरिकामा हुर्कंदै गरेको नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित स्थापित ग्लोबल डान्स स्टुडियोको उद्घाटन विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थितिमा गरिएको थियो।

उपमेयरसहित विशिष्ट अतिथिबाट रिबन काटेर उद्घाटन

स्टुडियोको उद्घाटन फेयरफिल्ड सिटीकी उपमेयर डेबी पेनिङटन, विशेष अतिथि डिलाना डेभनपोर्ट तथा भुटानीज कम्युनिटी अफ सिन्सिनाटी (BCC) का अध्यक्ष पुष्प लुईटेलले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो। त्यसपछि स्टुडियोका संस्थापक, वरिष्ठ नृत्य निर्देशक तथा कलाकार रुपेश उप्रेतीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन समारोहलाई औपचारिकता दिनुभएको थियो।

कार्यक्रममा बोल्दै फेयरफिल्डकी उपमेयर डेबी पेनिङटनले नेपाली समुदायले स्थानीयस्तरमा कला र व्यवसायको विकासका लागि अघि सारेको पहलको प्रशंसा गर्दै ग्लोबल डान्स स्टुडियोलाई सफलताको शुभकामना दिनुभयो। उहाँले स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि सकारात्मक प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, विशेष अतिथि डा. भर्जिनिया स्कटले स्टुडियोका विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्य, अनुशासन र ऊर्जा प्रशंसा गर्दै नेपाली बालबालिकामा रहेको कला प्रतिभाको खुलेर प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा आयोजना हुने आफ्ना विभिन्न कार्यक्रमहरूमा समेत स्टुडियोका प्रतिभाशाली नृत्य कलाकारलाई सहभागी गराउने बताउनुभयो।

अमेरिकाका विभिन्न राज्यबाट कलाकर्मीको उल्लेख्य सहभागिता

ग्लोबल डान्स स्टुडियोको उद्घाटन समारोहमा अमेरिकाका विभिन्न राज्यबाट नेपाली कला, साहित्य, चलचित्र तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा मेरिल्याण्डबाट इनासका क्षेत्रीय संयोजक, इनास उत्तर अमेरिकाबाट राहुल केसी, वरिष्ठ चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने, इनास अमेरिकाका उपाध्यक्ष तथा केन्टकीका चलचित्र निर्देशक सुमन दाहाललगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो।

त्यसैगरी स्थानीय समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरू टीकाराम सुवेदी, राजन चौहान, डा. भोला शिवाकोटी, सुरज गुरुङ, हरि सुवेदी, सीता रेग्मी, अनिता श्रेष्ठ, विष्णु सापकोटा, विष्णु खरेल, प्रकाश मिश्रलगायत ३० भन्दा बढी अतिथिको उपस्थिति रहेको थियो।

विद्यार्थीको दमदार प्रस्तुति, ‘बाबा छोरा’को विशेष प्रिमियर

कार्यक्रमको मुख्य आकर्षणमध्ये ग्लोबल डान्स स्टुडियोका विद्यार्थीहरूले प्रस्तुत गरेको विविध सांस्कृतिक तथा नृत्य प्रस्तुति विशेष रह्यो। नेपाली मौलिकता, आधुनिक नृत्य र नयाँ पुस्ताको ऊर्जाले भरिएको प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकलाई मनोरञ्जनसँगै उत्साहित बनाएको थियो।

सोही अवसरमा रुपेश उप्रेती र आरभ उप्रेतीद्वारा अभिनित तथा निर्देशित बहुप्रतीक्षित म्युजिक भिडियो ‘बाबा छोरा’को आधिकारिक रिलिज तथा विशेष स्क्रिनिङसमेत गरिएको थियो।

पारिवारिक सम्बन्ध, पुस्तान्तरण र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको भिडियोको प्रस्तुति, मेकिङ तथा नृत्य संयोजनले उपस्थित दर्शकको ध्यान खिचेको थियो। भिडियो प्रदर्शनका क्रममा दर्शक तथा अतिथिहरूले उत्साहपूर्ण प्रतिक्रिया दिएका थिए।

रुपेश उप्रेतीको अध्यक्षतामा इनास ओहायोको नयाँ कार्यसमिति

यसै ऐतिहासिक अवसरमा राजु केसी र राहुल केसीको विशेष पहलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), ओहायो च्याप्टरको नयाँ कार्यसमितिसमेत सर्वसम्मत रूपमा गठन गरिएको छ।

वरिष्ठ नृत्य निर्देशक तथा कलाकार रुपेश उप्रेतीको अध्यक्षतामा गठित नयाँ कार्यसमिति यसप्रकार रहेको छ–

  • अध्यक्ष: रुपेश उप्रेती
  • उपाध्यक्ष: केशव पौडेल
  • महासचिव: तुलराम अधिकारी
  • कोषाध्यक्ष: हेम फुयाल

कार्यकारी सदस्यहरू:
१. डेबिड ढकाल
२. प्रकाश घिमिरे
३. शारदा धिताल
४. दुर्गा बान्तवा राई
५. डिल्ली चम्लागाईं

सल्लाहकार: पुष्प लुईटेल

तीजको नृत्यदेखि युवाको ब्यान्डसम्म, सांगीतिक माहोलमा झुमे अतिथि

रुपेश उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नवनियुक्त महासचिव तुलराम अधिकारीले गर्नुभएको थियो। औपचारिक कार्यक्रमपछि प्रस्तुत गरिएको तीज विशेष नृत्यले वातावरणलाई थप सांगीतिक र उत्सवमय बनाएको थियो।

कार्यक्रममा सहभागी कलाकार, अतिथि तथा अभिभावकहरू तीजका गीतमा नाच्दै रमाएका थिए। त्यसैगरी स्थानीय युवा पुस्ताको ‘गैरआवासीय नेपाली युवाको ब्यान्ड’को सांगीतिक प्रस्तुतिले पनि कार्यक्रमको माहोललाई थप रोमाञ्चक बनाएको थियो।

कार्यक्रमको समापन गर्दै सभापति रुपेश उप्रेतीले उपस्थित अतिथि, अभिभावक, कलाकार, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले अमेरिकामा नेपाली पहिचान, कला, संस्कृति र मौलिकतालाई जीवन्त राख्दै नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्न ग्लोबल डान्स स्टुडियो निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ओहायोमा सम्पन्न यो कार्यक्रम एउटा डान्स स्टुडियोको उद्घाटनमा मात्र सीमित रहेन; यसले प्रवासमा नेपाली कला, संस्कृति र पुस्तान्तरणको साझा यात्रालाई एउटै मञ्चमा जोड्दै नयाँ अध्यायको सुरुवात गरेको सन्देश दिएको छ।

 

 

 

नवौँ संस्करणको लागी “निम अवार्ड –२०२६” को लागी आवेदन आव्हान

विश्व


काठमाडौं – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०२६’ को आवेदन आव्हान गरिएको छ ।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को यो नवौँ संस्करण हो । सभ्य, भव्य र सुसंस्कृत रूपमा आयोजना हुँदै आइरहेको निम अवार्डको समापन समारोह आगामी २०८३ साल वैशाखको तेस्रो साता काठमाडौंमा आयोजना गरिने कार्यक्रम संयोजक तथा पिम नेपालकी महासचिव कमला जोशीले जानकारी दिनुभएको छ ।

देशका विभिन्न भेगका कलाकारहरूको सहभागिता रहँदै आएको निम अवार्डमा नेपालमा बोलिने विविध भाषाभाषीका गीत–संगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिलेसम्मकै बृहत् संख्यामा विभिन्न भाषाका गीतहरूको उत्साहजनक सहभागिता भएकाले यसलाई नेपालकै पहिलो समावेशी अवार्डका रूपमा लिइन्छ ।

नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरूलाई कार्यक्रममा सहभागी गराउँदै आएको यस अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथिली, भोजपुरी, राई, लिम्बू, थारू (चौधरी), शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार लगायतका विभिन्न भाषाका गीत तथा भिडियोहरू सहभागी हुँदै आएका छन्। यस वर्ष पनि ती भाषा तथा भाकाका गीत–संगीतलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जनाएको छ ।

अंग्रेजी क्यालेन्डरअनुसार सन् २०२५ जनवरी १ देखि २०२५ डिसेम्बर ३० भित्र सार्वजनिक भएका (एक वर्षभित्रका) गीत तथा म्युजिक भिडियोहरू उक्त अवार्डमा सहभागी हुन योग्य हुनेछन् ।

ईरा प्रोडक्सन प्रा.लि.कोे व्यवस्थापनमा सम्पन्न हुने निम अवार्डका आवेदन फारामहरू आयोजक संस्थाको कार्यालयबाट उपलब्ध हुनेछन् । साथै एभेन्टोज डिजिटलको अनलाइन माध्यमबाट पनि फाराम भर्न सकिने व्यवस्था गरिएको छ ।

online form LINK: https://service.aventoz.com/formBooking/676ce00e2378d1735188494

गीत दर्ताका लागि आवेदनको अन्तिम मिति चैतको दोस्रो सातासम्म तोकिएको आयोजक समितिले जनाएको छ ।


 

महाशिवरात्रीको महत्व र विशेषता । 

विश्व


ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात्॥

काठमाण्डौ - महाशिवरात्रि हिन्दू धर्मको एक प्रमुख पर्व हो, जुन आरध्यदेव भगवान शिवको आराधनामा मनाइन्छ। यो पर्व विशेषगरी फाल्गुन कृष्ण चतुर्दशी (फागुन महिनाको कृष्ण पक्षको १४औँ दिन) मा मनाइन्छ। आउनुहोस् शिवरात्रिको बारेमा केही जानकारी लिऔं ।

१. के हो त शिवरात्री ?
शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्री हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्री भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जागरण सहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय विधान छ । भगवान् शिवको निर्गुण निराकारबाट सगुण साकार रुपमा दिव्य अवतरणको मंगलसूचक रातको नाम नै महाशिवरात्री हो । भगवती पार्वतीको जिज्ञासामा शिव भन्नुहुन्छ – फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रीका नामले प्रसिद्ध छ । यस दिन व्रतोपवास गर्ने साधकले मलाई प्रसन्न गर्दछ ।
फाल्गुने कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
तत्रोपवासं कुर्वाणः प्रसादयति मां ध्रुवम् ।। (शिवपुराण)

 २. शिवरात्री कहिले मनाउने वा मनाईन्छ त ?
महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । 

माघफाल्गुनयोर्मध्ये या च कृष्णा चतुर्दशी ।
तस्यां जागरणादु्रद्रः पूजितो भुक्तिमुक्तिदः ।। (गरुडपुराण– १२४ अध्याय)

यस रात्रिलाई अर्धरात्रिव्यापिनी चतुर्दशी (जुन दिन आधारातसम्म चतुर्दशी तिथि हुन्छ त्यो) तिथिमा गर्नुपर्ने कुरा ईशान संहितामा उल्लेख गरिएको छ– 

तत्कालव्यापिनी ग्राह्या शिवरात्रिव्रते तिथिः ।
अर्द्धरात्रादधश्चोर्द्ध्वं युक्ता यत्र चतुर्दशी ।।
व्याप्ता सा दृश्यते तस्यां तस्यां कुर्यात् व्रतं नरः ।
।

चाहे यो तिथि पूर्वा (त्रयोदशी तिथिले युक्त) होस्, चाहे परा (चतुर्दशीयुक्त) होस् । फागुन कृष्ण चतुर्दशी तिथि आधा रातसम्म भएको दिन शिवरात्री व्रत गर्ने साधकले अनन्त फल प्राप्त गर्दछ भनी नारदसंहितामा उल्लेख गरिएको छ । यस सम्बन्धमा तीन ओटा पक्षहरु छन्– 
१.चतुर्दशी तिथिलाई प्रदोषव्यापिनी (रातको सुरुवातमा मात्र भएको)
२.निशीथव्यापिनी (आधारातसम्म भएको) 
३. उभय (दुवै) व्यापिनी ।
व्रतराज, निर्णयसिन्धु र धर्मसिन्धु आदि ग्रन्थहरुका अनुसार निशीथव्यापिनी चतुर्दशी तिथिलाई नै लिनु पर्दछ । अतः आधारातसम्म भएको चतुर्दशी तिथि नै मुख्य हो, तर यसको अभावमा प्रदोषव्यापिनीलाई लिने भएकोले यसलाई गौण मानिन्छ । त्यसैले पूर्वा अथवा परा दुवै अवस्थामा जुन निशिथव्यापिनी चतुर्दशी तिथि छ, त्यसैमा व्रत गर्नुपर्दछ भन्ने शास्त्रीय नियम छ ।

 ३. शिवरात्री र शिवको महिमा र महत्व ।
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभीष्टतम पदार्थको प्राप्ति हुन्छ ।

भगवान् शंकरमा अनुपम सामञ्जस्य, अद्भुत समन्वय र उत्कृष्ट सद्भावको दर्शन हुन्छ । त्यसैले वहाँको सत्प्रेरणाद्वारा विश्व–कल्याणको महान् कार्यमा प्रवृत्त हुनु मानवमात्रको परम कर्तव्य हो । भगवान् शिव अर्धनारीश्वर भएर पनि कामविजेता हुनुहुन्छ । गृहस्थ भएर पनि परम विरक्त हुनुहुन्छ । विषपान गरेका कारण नीलकण्ठ भएर पनि विषबाट अलिप्त हुनुहुन्छ । ऋद्धि–सिद्धिहरुका मालिक भएर पनि तिनीहरुबाट अलग हुनुहुन्छ । उग्र भएर पनि सौम्य  र अकिंचन भैकन पनि सर्वेश्वर हुनुहुन्छ । निधारमा प्रलयकालको अग्नि र शिरमा परम शीतल गंगाजी वहाँको अनुपम शृंगारका रुपमा रहेका छन् । भगवान् शिवको सान्निध्यमा साँढे र सिंह त्यसैगरी मयूर र सर्पले एक–आपसमा रहेको वैरभावलाई सजिलै भुली एकसाथ क्रीडा गर्दछन् । यसले समस्त विरोधी भावहरुको विलक्षण समन्वयको शिक्षा दिने भएकाले विश्वलाई सह–अस्तित्व अपनाउनका लागि राम्रो मार्गनिर्देशन मिल्दछ ।

यसैगरी वहाँको श्रीविग्रहरूप शिवलिंग ब्रह्माण्ड र निराकार ब्रह्मको प्रतीक भएकोले सर्वपूज्य छ । निराकार ब्रह्मको कुनै रूप, रंग, आकार आदि नभए जस्तै शिवलिंगको पनि छैन । जसरी गणितमा शून्य केहि नभएर पनि सबथोक हुन्छ । जस्तै कुनै अंकको दाहिने भएर शून्यले त्यसको दशगुणा मूल्य गरिदिन्छ । त्यसैगरी शिवलिंगको पूजाबाट भगवान् शिव पनि दाहिने भएर मानवमात्रलाई अनन्त सुख–समृद्धि प्रदान गर्नुहुन्छ ।

४. शिवरात्री चतुर्दशीमा नै किन मनाईन्छ त ?
ज्योतिषशास्त्रका अनुसार प्रतिपदा आदि १६ ओटा तिथिहरुको अग्नि आदि गरिएका देवताहरु स्वामी हुन्छन् । अतः जुन तिथिको जुन देवता स्वामी हुन्छन्, ती देवताको त्यसै तिथिमा व्रत, पूजा आदि गर्नाले उनको विशेष कृपा उपासकलाई प्राप्त हुन्छ । चतुर्दशी तिथिका स्वामी शिव हुन् अर्थात् भगवान् शिवको तिथि भनेको चतुर्दशी हो । त्यसैले यस तिथिको रातिमा व्रत गरिने भएकोले यस व्रतको नाम शिवरात्रि रहन गयो । यसैगरी प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा पनि शिवरात्री व्रत हुन्छ, जसलाई महाशिवरात्री व्रत भनिन्छ । 

शिवभक्तहरु प्रत्येक कृष्णचतुर्दशीमा व्रत गर्ने गर्दछन् तर फागुन कृष्ण चतुर्दशी तिथिको आधारातमा आदिदेव भगवान् शिव करोडौँ सूर्यको समान तेज सहित लिंग रुपमा प्रकट हुनु भएकोले यो पर्व महाशिवरात्रीका नामले प्रसिद्ध भएको कुरा ईशानसंहितामा उल्लेख गरिएको छ– 

फाल्गुनकृष्णचतुर्दश्यामादिदेवो महानिशि ।
शिवलिङ्गतयोद्भूतः कोटिसूर्यसमप्रभः ।।

यो व्रत ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री–पुरुष र बालक–युवा–वृद्ध आदि सबैले गर्न सक्दछन् । प्रत्येक एकादशी व्रत लगायत अन्य व्रतहरु जस्तै महाशिवरात्रि व्रत पनि सबैले गर्नुपर्दछ । नगरिएको खण्डमा दोष लाग्दछ ।

 ५. महाशिवरात्रिमा बसिने व्रतको महत्त्व के छ त ?
महाशिवरात्रीको दिन भगवान् शिवको उपासना गर्नाले उपासकलाई भोग एवं मोक्ष दुवैको प्राप्ति हुने कुरा शिवपुराणको कोटिरुद्रसंहितामा उल्लेख गरिएको छ । ब्रह्मा, विष्णु र पर्वतीले सोधेपछि भगवान् शिवले भन्नुभयो– शिवरात्रि व्रत गर्नाले महान् पुण्यको प्राप्ति हुन्छ । मोक्षार्थीलाई मोक्षको प्राप्ति गराउने भएकाले चार व्रतहरुको नियमपूर्वक पालना गर्नुपर्दछ । 

ती चार व्रत यस प्रकार छन्– १. भगवान् शिवको पूजा, २. रुद्रमन्त्रको जप, ३. शिवमन्दिरमा उपवास र ४. काशीमा देहत्याग । शिवपुराणमा मोक्षमार्गका नामले प्रसिद्ध यी चार मार्गहरु मध्ये पनि शिवरात्रीव्रतको विशेष महत्त्व भएकोले यसलाई अवश्य गर्नुपर्दछ । किनकि वहाँले हामीलाई काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यादि विकारहरुबाट मुक्त गरी परम सुख, शान्ति, ऐश्वर्यादि प्रदान गर्नुहुन्छ ।

शिवपुराणका अनुसार प्रत्येक महिनाको शिवरात्रिव्रत भन्दा फागुन कृष्ण चतुर्दशीको दिन मनाइने महाशिवरात्री व्रतको विशेष महिमा भएको कुरा प्रष्ट हुन्छ । यो सबैका लागि धर्मप्राप्तिको उत्तम साधन हो । निष्काम अथवा सकाम भावले सबै मानिस, वर्ण, आश्रम, स्त्री, बालक र देवताहरुका लागि समेत यो महाव्रत परम हितकारक मानिएको छ । भगवान् शिव अभिषेक, वस्त्र, धूप, अर्चन तथा पुष्पादिसमर्पणबाट भन्दा व्रत–उपवासबाट धेरै खुसी हुने कुरा यस कथनबाट प्रष्ट हुन्छ– 

न स्नानेन न वस्त्रेण न धूपेन न चार्चया ।
तुष्यामि न तथा पुष्पैर्यथा तत्रोपवासतः ।। (शिवपुराण)

६. शिवपूजा रातिमा नै किन  गरिन्छ त ?
अन्य देवताहरुको पूजा एवं व्रतादि कार्य प्राय दिनमा नै हुन्छन् भने भगवान् शिवलाई रात्रि नै किन प्रिय भयो ?  र त्यो पनि फागुन कृष्ण चतुर्दशी तिथि नै किन ? भन्ने जिज्ञासाको समाधानका सन्दर्भमा विद्वान्हरुको कथन छ– भगवान् शंकर संहारशक्ति र तमोगुणका अधिष्ठाता हुनुहुन्छ । त्यसैले तमोमयी (तमोगुणले युक्त) रात्रिसँग वहाँको स्नेह हुनु स्वाभाविक नै हो । रात्रि संहारकालको प्रतिनिधि हो । त्यसको आगमनसँगै सर्वप्रथम प्रकाशको संहार हुन्छ । त्यसैगरी समस्त जीवको दैनिक कर्मचेष्टाहरु पनि समाप्त हुन्छन् र अन्त्यमा निद्राद्वारा चेतनाको पनि नाश भई सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर खस्दछ । अतः प्राकृतिक दृष्टिले भगवान् शिवलाई रात्रि प्रिय भएको कुरा सहजै प्रष्ट हुन्छ । स्कन्दपुराणका अनुसार रातको चारै प्रहरहरुमा शिवको पञ्चामृत स्नान सहित विशेष प्रकारले पूजा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

ततो रात्रौ प्रकर्तव्यं शिवप्रीणनतत्परः ।
प्रहरे प्रहरे स्नानं पूजाञ्चैव विशेषतः ।।

त्यसैले भगवान् शिवको आराधना शिवरात्रिको दिनमा मात्र नभई अन्य समयमा समेत प्रदोष (रात्रिको प्रारम्भ) मा नै गर्नु उपयुक्त मानिन्छ ।

 ७. कृष्णपक्षमा नै गर्नुको रहस्य के हो त ?
महाशिवरात्री कृष्णपक्षमा नै हुनुमा पनि ठूलो रहस्य लुकेको छ । शुक्लपक्षमा चन्द्रमा पूर्ण (सबल अर्थात् सम्पूर्ण कलाले युक्त) हुन्छ भने कृणपक्षमा क्षीण हुन्छ । चन्द्रमाको कलाको वृद्धिसँगै संसारका सबै रसवान् पदार्थमा वृद्धि र क्षयसँगै तिनीहरुमा ह्रास आउनु स्वाभाविक एवं प्रत्यक्ष छ । चन्द्रमा क्रमशः घट्दै औंशीको दिन पूरै क्षीण हुन्छ । त्यसको प्रभाव अण्ड–पिण्डवाद अनुसार मनका अधिष्ठाता भूमण्डलका समस्त प्राणीहरुमा पनि पर्दछ र उन्मना (उत्कण्ठित चित्त भएका) जीवहरुको अन्तःकरणमा तामसी शक्तिहरु प्रबुद्ध भई अनेक प्रकारका नैतिक एवं सामाजिक अपराधका कारण बन्दछन् । आध्यात्मिक भाषामा यिनै शक्तिहरुको अर्को नाम भूत–प्रेत आदि हुन्छ । 

शिवलाई यिनीहरुको नियामक मानिन्छ । जगदात्मा सूर्यको स्थितिले गर्दा दिनमा आत्मतत्व जागरुक हुने भएकाले यी तामसी शक्तिहरुले आफ्नो विशेष प्रभाव देखाउन सक्दैनन् । तर चन्द्रमा विहीन अन्धकारमय रात्रिको आगमनसँगै ती तत्त्वहरुले आफ्नो प्रभाव देखाउन थाल्दछन् । अतः जसरी पानी आउनु पूर्व पुल बनाइन्छ । त्यसैगरी यो चन्द्रक्षय (औंसी) तिथि आउनु भन्दा सद्यः पूर्व (अघिल्लो दिन) नै ती सम्पूर्ण तामसी वृत्तिहरुको एकमात्र अधिष्ठाता भगवान् आशुतोषको आराधना गर्ने विधान शास्त्रकारहरुले गर्नुभएको छ । विशेष गरी कृष्णचतुर्दशीकै रात्रिमा शिवको आराधना गर्नुको मुख्य रहस्य यही हो ।

 ८. फागुनमा नै गर्नुको कारण के हो त ?
प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशीलाई शिवरात्री मानिएकोले ती दिनहरुमा पञ्चांगमा समेत यही नाम लेखिन्छ । तर फागुन महिनाको शिवरात्रीलाई भने महाशिवरात्री भनिन्छ । जसरी औंसी तिथिको नकारात्मक प्रभावबाट बच्नका लागि त्यसको ठीक एक दिन अगाडि चतुर्दशीको दिन यो उपासना गरिन्छ, त्यसैगरी क्षय ९समाप्त० हुँदै गरेको वर्षको अन्तिम महिना चैतको ठीक एक महिना अगाडि फागुनमा नै यो पर्व मनाउने विधान शास्त्रहरुमा पाइन्छ । जुन कुरा सबै प्रकारबाट युक्तिसंगत छ । त्यसैगरी रुद्रहरु एकादश संख्यात्मक ११० भएकाले पनि यो पर्व ११ औँ महिना अर्थात फागुनमा सम्पन्न हुनुले पनि फागुनमा गर्नुको रहस्यलाई प्रकाशित गर्दछ ।

 ९. उपवास र रातिमा जागा बस्नुको रहस्य के हो त ?
हाम्रा पूर्वज ऋषि–महर्षिहरुले सम्पूर्ण आध्यात्मिक अनुष्ठानहरुमा उपवासलाई महत्त्वपूर्ण मानेका छन् । 

विषया विनिवर्तन्ते निराहारस्य देहिनः । (गीता– २।५९) 

गीताको यस भनाई अनुसार उपवासलाई विषय निवृत्तिको अचूक साधन मानिएको छ । अतः आध्यात्मिक साधनाका लागि उपवास बस्नु अत्यावश्यक हुन्छ । उपवासका साथै रात्रिजागरणको पनि उत्तिकै महत्त्व छ । गीतामा भनिएको पनि छ – 

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी । (२।६९)

अर्थात् उपवास आदिद्वारा इन्द्रियहरु र मनलाई नियन्त्रण गर्ने संयमी व्यक्ति नै रातमा जागा बसी आफ्नो लक्ष्यप्राप्तिमा अग्रसर हुन सक्दछ । त्यसैले भगवान् शिवको उपासनाका लागि उपवास र रात्रि(जागरणको ठूलो महिमा छ । रात नै प्यारो लाग्ने भगवान् शिवप्राप्तिको समय रात्रि भन्दा बाहेक अरु कुन हुन सक्दछ रु अतः यी कारणहरुले गर्दा यस महान् पर्वमा शिवभक्तहरु उपवासका साथै रातिमा जागा बसी विधिपूर्वक शिवपूजा गर्ने गर्दछन् ।

(नोटः यो लेखलाई विभिन्न श्रोतहरुवाट आम पाठकहरुको जानकारीको लागी तैयार गरिएको हो । -Publisher/ Editor)

रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि

विश्व


काठमाण्डौ– राजधानीमा शनिवार राती सम्पन्न विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् ।

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा चमक दमकका साथ भव्य रुपमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमूख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनु हुन्छ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन्। केडी फोटोग्राफी मस्ट फोटोजेनिक उपउपाधि विजेतासमेत बनेकी उनले शिर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वल्र्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि प्राप्त गर्ने भएकी छन् ।

प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेशनल भइन्। उनले सेन्ट्रल फेशन स्कुल फेशन आइकनको उपउपाधिलाई पनि आफ्नो बनाइन् । त्यसै गरी दिपिका तामाङ एमएस नेपाल इन्टरनेशनलको उपाधि विजेता भइन् । मिसेस नेपाल वल्र्डमै विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युवर्स च्वाईस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्सअपका साथमा क्युट केयर वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअपका साथमा सावित्री कञ्जनजंगा वेष्ट डान्सरको विजेता भए । उनीहरुले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

मिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।

सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झण्डै साँढे ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पु¥याए वापत मानार्थ मिसेस नेपाल वल्र्ड २०२५ बाट सम्मानित गरियो । सम्मानअघि अभिनेत्री चन्दलाई समर्पण गर्दै मोडलद्धय एसराज गराच र ऋचा थापाले कोरस कलाकारका साथमा उनका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
विभिन्न मनोरञ्जक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको प्रतियोगितामा विभिन्न शिर्षकमा उपाधि पनि प्रदान गरिएको छ । कार्यक्रममा नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस उपाधि अरुणा लामाले प्राप्त गरिन् । त्यसै गरी मेहता कस्मेटिक्स हेल्दी स्किन तारा खनाल, मिशेलिन बेस्ट र्याम्प वाक सुम्निमा खापुङ, एआरएस डेन्टल बेस्ट स्माइल बिनिता अधिकारी, रिलायबल डायग्नोस्टिक ल्याबरोटोरी मस्ट डिसिप्लेन्ड विष्णु भण्डारी, क्याभिन्स मस्ट फ्रेन्डली कुसुम खड्का, भीनी मस्ट ट्यालेन्टेड कञ्चन झा, फ्लाइटेक इन्टरनेशनल मिसेस इको फ्रेन्डली कल्पना बिष्ट र मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन उप उपाधि शुभाना रोक्कालाई प्रदान गरिएको छ।

त्यसै गरी अयुथ वेदा बेस्ट पर्सनालिटी इमायुं राई, स्वास्थ्य श्री बेस्ट फिजिक सुमिना महर्जन, राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चल व्युटी गंगा लामिछाने र रिबन इन्टरटेनमेन्ट मेनेजमेन्ट च्वाइस उपउपाधि सजनी जोशीले प्राप्त गरिन्।

प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता, रंगकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वल्र्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा। कर्ट निर्णायक रहेका थिए।

सेसेमी लिम्बुले सञ्चालन गरेको प्रतियोगितामा कोरियोग्राफी अश्विनीकान्त झा र डान्स कोरियोग्राफी सन्दीप भुजेलले गरेका थिए भने प्रतियोगिताको समयोजन सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गरेका थिए।

तस्वीर : बद्री थापा

दुई दिने आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न

विश्व


काठमाडौं– पाँचौं संस्करणको ‘आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’ काठमाडौंमा प्रारम्भ भएको छ । सिटी सेन्टर कमलपोखरीमा मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेशनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रवन्ध निर्देशक फुपु तेञ्जिङ शेर्पा, सल्लाहकार तथा व्यवसायी उज्ज्वलजङ्ग शाह, फोटोग्राफर शिवलाल श्रेष्ठसहितका व्यक्तित्वले उक्त एक्स्पोको रिबन काटेर भव्य शुभारम्भ गरिएको छ ।

दुई दिने प्रतिस्पर्धात्मक एक्स्पोको आयोजक तथा आईआईएफटीका प्रवन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनमा अध्ययन गरेका इन्टेरियर डिजाइनका विद्यार्थीहरूले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्त्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको हो।

एक्स्पोमा इन्टेरियर डिजाइन अध्ययन गर्ने विद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरू राखिएको छ । एक्स्पोमा क्याफे, कार शोरूम, बैंक डिजाइन, नेवारी क्याफे, रेष्टुराँ, प्रि–स्कुल, स्पासहित विभिन्न प्रोजेक्टहरू समावेश छन् । एक्स्पोमा विद्यार्थीहरूले क्याफे तथा रेष्टुराँको थिममा प्रोजेक्ट बनाएका छन् भने ग्राजुएट हुन लागेका विद्यार्थीहरूले थेसिस प्रस्तुति स्वोरुप बिबिध बिषयमा डिजाइनहरुको मकप एक्स्पोमा राखेका थिए। एक्स्पोलाई थेसिस १७ जना विद्यार्थी र क्याफे
तर्फ़ ३९ जना विद्यार्थी सहभागी भएका थिए ।

एक्स्पोमा सहभागिता जनाएका विद्यार्थीहरुले स्वदेश अथवा विदेश, जहाँ भए पनि इन्टेरियर डिजाइनको भविष्य राम्रो भएकाले यो विषय अध्ययन गरेको धारणा व्यक्त गरेका छन् । दोस्रो दिन सम्पन्न ग्राजुएशन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँ महानगरपालिकाकी उप–मेयर श्री सुनिता डंगोल ज्यु उपस्थित हुनुहुँदै, उहाँले ग्राजुएट विद्यार्थीहरूलाई Certificate of Accomplishment प्रदान गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथिहरूको सहभागितासहित क्याफे डिजाइन तर्फ़ उज्ज्वल शाही , सगुन पौडेल , दिपेश माली र अर्जुन तामांग क्रमस प्रथम दितिय, तृतीय र पब्लिक चोइस अवार्ड विधामा र थेसिस डिजाइन तर्फ़ उज्ज्वल शाही , प्राची ठाकुर , बालकृष्ण बस्याल मोहनी महर्जन क्रमस प्रथम दितिय, तृतीय र पब्लिक चोइस अवार्ड विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथिद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

विशेष अतिथिहरूमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक श्री अशुतोष खेतान, व्यवसायी श्री अनिल थामन, श्री उज्ज्वल कृष्ण श्रेष्ठ, तथा बरिष्ठ गायक श्री लाक्पा शेर्पाज्युहरू हुनुहुन्थ्यो। यस अवसरमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक श्री अशुतोष खेतानज्युले आफ्नो कम्पनीको तर्फबाट विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रम शेर्पा ग्रुपको मुख्य प्रयोजनमा तथा बर्जर पेन्ट्स र लामिनार टाइल्सद्वारा सह–प्रायोजक रूपमा सहभागिता जनाइएको थियो।

चलचित्र ‘चिट्ठी’को पोस्टर सार्वजनिक

विश्व


काठमाडौँ — भदौ २० गते अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको माधब राज खरेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोटरको साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक गरेको छ ।
चलचित्र ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा चित्रण गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरूलाई रोचक तरिकाले उठान गरेको छ ।
“हामीले दर्शकलाई हसाउँदै सोच्न बाध्य पार्ने कथा ल्याएका छौं,” खरेल भन्छन् ।

सार्वजनिक मोसन पोस्टरमा चलचित्रको रहस्य, डर र हाँस्यको फ्युजन स्पष्ट झल्किन्छ । डार्करंग संयोजन, रहस्यमयी अभिव्यक्ति र पात्रहरूको सशक्त उपस्थिति देखिएको पोस्टरले दर्शकमाझ उत्सुकता थप बढाउने निश्चय छ ।

 

चलचित्रमा अर्गानिक कमेडियन खड्ग बहादुर पुन मगर खबपु, संजीत भण्डारी, गोपाल ढकाल छन्दे, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन तथा समिर मिँयाको भिएफ्एक्स रहेको छ । चलचित्रमा डा. कृष्णहरि बराल र कमला जोशीको गीत रहेको छ भने शिव परियार, बनिषा पौडेल र बसन्त अर्यालको स्वर रहेको उक्त चलचित्रमा सरोज कोईरालाको संगीत रहेको छ साथमा चलचित्रमा रहेको शिवताण्डव गीतको संयोजन भने राजेन्द्र बजगाईले गरेका छन् । त्यसै गरी किरण दाहालको दन्द्ध निर्देशन रहेको उक्त चलचित्रको ब्याकराउण्ड म्यूजिक पुस्कर खत्रीको रहेको छ भने ध्वनी सम्पादन र मिश्रण क्रमशः मनोज परियार र अमित श्रेष्ठले गरेका हुन् ।

प्रचारप्रसारमा विशेष सक्रियता देखाउँदै निर्माण पक्षले ‘चिट्ठी’ लाई दर्शकमाझ फरक स्वादको चलचित्रको रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

भिक्षु डा. राजु लामा पी. कोंन्दन युनिपको अन्तर्राष्ट्रिय शैक्षिक निर्देशकमा नियुक्त

विश्व


काठमाडौं, जेठ २६ ।  युनाइटेड नेचर इन्टरनेशनल पिस (युनिप)ले भिक्षु डा. राजु लामा पी. कोंन्दनलाई अन्तर्राष्ट्रिय शैक्षिक निर्देशकको रूपमा नियुक्त गरेको छ। शिक्षामार्फत दिगो विकास लक्ष्य प्राप्ति साथै वैश्विक विकासमा योगदान पुगोस् भन्ने हेतुले युनिपका प्रेसिडेन्ट जेनरल र डाइरेक्टर जेनरलले डा. लामालाई उक्त पदमा  नियुक्ति गर्नुभएको संस्थाले जनाएको छ । उहाँको कार्यकाल  जुन २०२६ जुन ९ सम्मका लागि तोकिएको छ । सन् १९७३ सेप्टेम्बर १८ मा जन्मिनुभएका डा. लामाले शिक्षा, अन्तरधार्मिक संवाद र शान्ति निर्माणका क्षेत्रमा दशकौं लामो अनुभव सँगसँगै योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा युनिपले शैक्षिक पहुँच विस्तार र क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।



यसै क्रममा, बङ्गलादेशका राजु शाहलाई अन्तर्राष्ट्रिय समन्वयक नियुक्त गरिएको छ। उहाँको भूमिकाले युनिपका विभिन्न देशीय शाखाहरूबीच समन्वय सुदृढ गर्न तथा दक्षिण एसिया लगायत विश्वभर शान्ति प्रवर्द्धनका साझा पहलहरूलाई प्रवाह गर्न योगदान पुर्‍याउने विश्वास लिईएको छ ।



युनिप वैश्विक एकता, वातावरणीय समन्वय र मानवतावादी सहकार्य प्रवर्द्धनमा समर्पित संस्था हो ।“युनिटि अफ नेशन” भन्ने मार्गदर्शक दर्शन अन्तर्गत यसले प्रकृति संरक्षण, शिक्षा, शान्ति र मानवतावादी क्रियाकलापका क्षेत्रमा क्रियाशील समान सोच भएका संस्थाहरूसँग साझेदारी बलियो पार्दै विश्वव्यापी उपस्थिति थप विस्तार गर्दै लगेको छ। 

अमेरिकामा आगलागी : मृत्यु हुनेको संख्या १६ पुग्यो, १३५ अर्ब डलर क्षति

विश्व


क्लालिफोर्निया- अमेरिकाको क्यालिफोर्निया राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ । हावाको गति बढेसँगै आगलागी झनै बढेको छ । हाल त्यहाँ ८० किलोमिटररघण्टाको गतिमा हावा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने बताइएको छ । अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्नि नियन्त्रकहरू आइपुगेका छन्।

आगलागीको संकटका बिच क्यालिफोर्नियाको सान्ता मोनिका सहरमा लुटपाटको घटना भएको छ, त्यसपछि प्रशासनले कर्फ्यु घोषणा गरेको छ । यस मामिलामा २० जनालाई पक्राउ गरिएको छ। यटर्सका अनुसार लस एन्जलिसमा आगलागीका कारण हालसम्म १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ । त्यहाँ आगो केही हदसम्म नियन्त्रणमा आएको छ ।

सुमन दाहालको निर्देशनमा अस्ति भन्दा हिजो ...सार्वजनिक 

विश्व


काठमाडौं – नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा नयाँ गीत अस्ति भन्दा हिजो ... को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।  

किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ । गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा  यो गीत केन्द्रित रहेको छ । किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए । 

यो गीतको भिडियोमा बाल कलाकार सम्राटको एकल अभिनय रहेको छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् । उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै अभिनय यात्रा सुरु गरेका हुन् । उनले राष्ट्रिय भावको भिडियोमा पहिलो पटक अभिनय गरेका थिए । त्यसपछि सम्राटले निरन्तर मोडलिङ गर्दै आएका छन् । 

बिगत ८ वर्षदेखि अमेरिकामा रहँदै आएका निर्देशक सुमन दाहालले म्युजिक भिडियो तथा लघु चलचित्र निर्देशनलाई पनि निरन्तता दिँदै आएका छन् । यो गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको सुमनले जनाए । भिडियोलाई दर्शकले मन पराएको उनले बताए ।

University of Wolverhampton Visit in Nepal

विश्व


Kathmandu-  The most awaited event of the town is now live for all aspiring UK students. On the heels of last year’s tremendous success of its famed “On-the-spot-events” the University of Wolverhampton is back again with its trend setting 5 day long events in the Valley. The University is all geared up and excited to meet hundreds of students which include offer holders, enrolled students and aspiring applicants for the upcoming September 2024 intake.

For the first time, the students will share the table not only with the University representatives but also its honoured faculty from Science, Engineering, Business and other popular departments. It’s a rare opportunity for students to directly interact with their chosen faculty and find out all they want to know about scholarships, internships programs, placements and a lot more.

Star attraction of the event is the honored presence of the Vice Chancellor of the University. Professor Ebrahim Adia, the VC, has a national and international profile and brings to the role a wealth of experience, serving as Chair and member of a number of high-profile boards. He is a vivid advocate of teaching excellence and he is devoted to provide best infrastructure to the students. He has added into this, that there are hundreds of Nepalese students joining the University annually and they all are happy here. The University provides extra financial supports to the students if they need it.

The Director of Global opportunities, Ms Sergine Monple added that Nepalese students are really hard working and excellent on their commitment to the studies. They are really passionate about learning and exchange of cultural ideas. Overall, the University in its true sense make it a University of opportunity.