शिवप्रसाद पौडेल (जापान) -गैरआवसीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र स्वघाेषित अध्यक्ष आरके शर्माकाे समूहले पचास लाखभन्दा बढी डाइस्पाेराका नेपालीहरुकाे विश्वासकाे केन्द्र एनआरएनएलाई तहसनहस बनाएर फुटकाे सङ्घारमा पुर्याएका छन्। एनआरएनए फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष डा. केसीज्यू र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठज्यूलाई जानेछ। तल उल्लेखित दुई आधारमा केही निष्कर्षसहितको विचारहरु प्रस्तुत गर्दछु :
१) मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निष्पक्ष चुनाव गराउन सफल भएको र उक्त चुनावको दौरानमा तत्कालीन अध्यक्ष बद्री केसीज्यू, तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठज्यू र भेरो भोटिङ कम्पनीका डाइरेक्टर मिचेल ग्रेगज्यूसँग पटक-पटक भएको सम्वादका आधारमा।
२) मैले नेपालस्थित २३-२५ को चुनावमा समेत प्रत्यक्ष उम्मेदवारी दिई चार जना उम्मेदवार साथीका बिचमा अत्यन्त झिनो मतले दोस्रो बरियतामा उप-विजेता भएको समेत भएको माथिका दुई अनुभवका आधारमा निम्नानुसार निचोड तथा निर्वाचित बद्री केसी समूह, पराजित महेश श्रेष्ठ समूह, निर्वाचन मण्डल र भेरो भाेटिङ सिस्टमका सम्भावना, जिम्मेबार तथा कमजोरीहरु निम्नानुसार केलाएको छु:
१) एनसीसीहरुमा सर्वाेत्कृष्ट सफल एनसीसी जापानको चुनावको सङ्घारमा तत्कालीन अध्यक्ष डा. केसी र उपाध्यक्ष महेश श्रेष्ठज्यूले कतिपय कुरामा प्रत्यक्ष तथा अप्रत्यक्ष दखल दिन खोजेको तर मसहितको निर्वाचन मण्डल निर्वाचन नियमाबलीमा अडिक रहेको।
२) एनसीसीहरुका निर्वाचन पश्चाच डा. केसी तथा महेश श्रेष्ठले आ-आफ्नो निर्वाचन प्रचारप्रसारको क्रममा एनसीसीहरुमा भएको निर्वाचनलाई आफूहरुले गर्दा भेरो भाेटिङ प्रणाली ल्याउन सफल भई निष्पक्ष निर्वाचन गराउन सफल भएको भनि निष्पक्ष निर्वाचन तथा भेरो भोटिङ प्रणालीको राम्रो जस सम्पूर्ण दुई जानाले मात्र लिएको, निष्पक्ष निर्वाचन गराउन सफल एनसीसीहरुलाई कुनै भूमिका तथा सरोकार नदिएको।
३) डा. केसी र महेशज्यूको प्रमुख मातहतमा बनाइएको आएसिसी निर्वाचन मण्डललाई दुवैले अत्यन्त विश्वास गरिएकाे तथा दुवैले कुनै अनुगमन नगरेकाे।
अध्यक्ष डा.केसी समूह तथा महेश श्रेष्ठ समूह र आरके शर्मा समूहका त्रिपक्षीय कमजोरीहरू:
१) निर्वाचन मण्डललाई पूर्ण विश्वास गर्नु
२) निर्वाचन भेरो भाेटिङ प्रणालीबाट प्राप्त नतिजाको कच्चा डाटालाई कुनै अनुगमन नगरी हतारमा बाहिर ल्याइनुमा प्रमुख कमजोरी अध्यक्ष डा.बद्री केसीलगायत निर्वाचन मण्डल तथा महेश श्रेष्ठ समूह र आरके समूहकाे पनि केही अपरिपक्कता र कमजोरी थियो।
३) देशबाहिर रहने सम्पूर्ण नेपालीहरुको आस्थाको केन्द्र बनाउन खोजेको एनआरएनएलाई निर्वाचन पूर्व नै भेरो भेराे भाेटिङमा नै भोटिङजस्तो नालाएकी सिस्टम राखी आ-आफूहरुले नालायकीपन देखाइ एनआरएनएलाई नै नो भाेट भन्न खोजिएको र भोटरहरुलाई भोट खेर फाल्न बाध्य बनाइएको।
४) दुई पक्षले निर्वाचन परिणामालाई अस्वीकार गर्दैगर्दा भेरो भाेटिङ प्रणालीको नियमअनुसार निर्वाचन मण्डलबाट २ जना, आइसिसीबाट २ जाना, स्वतन्त्र सिस्टम इन्जिनियर २ जाना र नेपाल सरकारको प्रतिनिधि १ जनाको टोली बनाई ७ जानाको छानबिन टोली बनाउन नसकेको।
५) भोट गरेको लग डेटा (log Dat), भेरो प्रणालीले दिएको नतिजा, निर्वाचन मण्डलले सार्वजनिक गरेको नतिजा, सार्वजनिक गरिएको तथा भेरो प्रणालीलाई पठाइएको ४६०० जानाको Databases विश्लेषण गर्न नसकेको। उक्त ७ जनाले ४६०० जानाको Data आर्डिट गरी आस्ट्रेलियास्थित भेरो कम्पनीको कार्यालयमा प्रत्यक्ष उपस्थिति जनाई log Data मगाउन नसकेको।
६) विशेषगरी असन्टुस्ट दुवै पक्षले अहिले परराष्ट्र मन्त्रालयलाई समेत अनुरोध गरी भेरो भाेटिङ कम्पनीसँग माथि उल्लेखित ४, ५ नम्बरअनुसार log Data मगाउनतिर नलागी ‘कामकुरा एकातिर, कुम्लो बोकी ठीमीतिर’जस्तो लज्जास्पद रूपमा स्वघोषित समूह बनाउनतिर लागि एनआरएनएलाई फुटको सङ्घारमा लग्न खोजेको र नवनिर्वाचित भनिएको समूहले समेत उप-विजेता भनिएको समूहका मुद्दाहरु सुनुवाइतिर नलागी अनावश्यक होहल्लातिर लागेको।
सम्भावना
१) जापानस्थित निर्वाचनको सिलसिलामा जापानको निर्वाचन मण्डलमा म आफूले पनि भेरो भाेटिङका बारेमा बुझेको बुझाइ, उक्त कम्पनीका मालिक ग्रेग मिचेलज्यूसँग पटक-पटक गरेको सम्वाद र स्वयम् डा. केसी र महेश श्रेष्ठज्यूले उक्त कम्पनीको बारेमा दिएको जानकारी र उहाँहरुले लिन खोजेको जसको आधारमा पनि भेरो भाेटिङले आफूले प्राप्त डाटा (तथ्यांक)लाई दुरुपयोग गरी सिस्टम मेनुपुलेट गर्न सक्दैन। किनकि उक्त कम्पनी अस्ट्रेलियन सरकारसँग मान्यता प्राप्त बहुराष्ट्रिय कम्पनी हो र ४६०० जनाको सस्तो निर्वाचनको लागि आफ्नो छबी नबिगार्ने सम्भावना हुन्छ। किनकि, भविष्यका ठुला-ठुला अन्य देशहरुका चुनाव गराउनबाट बञ्चित हुन चाहन्न तर भेरो भाेटिङसँग अनिवार्य log data मगाउन सक्नुपर्छ।
२) निर्वाचन मण्डलको अपरिपक्वता र नेपालको निर्वाचन मण्डल र आइटी टिमले भेरो भाेटिङलाई पठाएको डाटा र सार्वजनिक गरेको डाटा फरक पनि हुन सक्छ। यसको लागि माथि उल्लेखित सात जनाको छानबिन कमिटीले भेरोको कम्पनीमा गई log data मगाउन सकिएमा दूधको दूध पानीको पानी छुट्ट्याउन सकिनेछ।
जापानस्थित विशेषगरी अध्यक्षका उम्मेदवार महेश श्रेष्ठज्यू र मेरो आफ्नो कमजाेरी :
१) जापानबाट विभिन्न पदमा छरपस्ट उठेका उम्मेदवारहरुलाई अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठज्यूको संयोजकत्वमा सकेसम्म थोरै उम्मेदवार उठाउन र एक पदमा एक उम्मेदवारमात्र उठाउन केही पहल नगरिनु।
मैले पनि कोसिस गरेता पनि निष्कर्षमा पुर्याउन नसक्नु।
२) जापानबाट छरपस्ट उठेका उम्मेदवारहरुले जापानको प्रतिष्ठा जोगाउन र जापानबाट एकजुट हुनुभन्दा पनि आ-आफू जस्तोसुकै हर्कत गर्न पछि नपर्नु।
३) महेश श्रेष्ठज्यूलाई लिडर मानेर मलगायत एनसिसी जापानले विभिन्न पहल गर्न खोज्दा पनि महेश श्रेष्ठज्यूलगायत उहाँको समूह जापानका मतदातालाई समेत कुनै सरोकार नराखी अमुक पार्टीमात्रको बहकाउमा लाग्नु गल्ती थियो।
(लेखक पाैडेल एनआरएन जापानका निवर्तमान अध्यक्ष हुन्। माथी उल्लेखित भनाई लेखकका आफ्ना निजि भनाईहरु हुन् र यस लेखको पुर्ण जिम्मेवारी लेखकमा नै रहेको छ ।
काठमाडौं - नेपाली साङ्गीतिक क्षेत्रका गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ यस वर्ष वरिष्ठ गायक एवम् वाद्यवादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई नगद ५१ हजार राशीको उक्त पुरस्कार अर्पण गरिएको हो ।
वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ गीतकार विश्व बल्लभ, गायक कन्हैया सिंह परियार, कार्यक्रम संयोजक कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधवराज खरेल र टीका गोपाल डिजिटल एम क्रियसन प्रालिका अध्यक्ष गीता सिंहले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाली लोकगीत तथा सुगम सङ्गीतमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएका सङ्गीतकर्मी एवम् अग्रज तथा वरिष्ठ सारङ्गी बाद्यबाधक कृष्णबहादुर गन्धर्व नेपाली लोकगीत सङ्गीत एवम् सुगम सङ्गीतको विकासमा अनवरत रूपमा योगदान दिँदै आएका प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ । कार्यक्रममा सम्मानित स्रष्टा गन्धर्वले सारङ्गीमा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो ।
यो पुरस्कार स्थापनापछि पहिलो पटक पुरस्कृत हुनुभएकी गायिका चन्द्रकला शाहले उक्त पुरस्कारबाट पाएको पैसाले आफ्नो पहिलो किताब प्रकाशन गर्नुभएको छ । गायिका शाहको उक्त गीत र गजलसङ्ग्रह उक्त कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
कन्हैया सिंह परियार नेपाली गीतसङ्गीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशील गायक एवम् सङ्गीतकारका रूपमा परिचित हुनुहुन्छ भने अञ्जना गुरुङ नेपाली सुगम सङ्गीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरका रूपमा रहनुभएकी गायिका हुनुहुन्छ । नेपाली साङ्गीतिक क्षेत्रमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षदेखि निरन्तररूपमा नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एकजना सङ्गीतकर्मीलाई नगद राशिसहित सम्मान गर्दै आएको छ । यसअघि वरिष्ठ लोकगायिका चन्द्रकला शाह र वरिष्ठ गीतकार विश्वबल्लभ नेपाली यो पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ ।
यसअघि पुरस्कृत हुने व्यक्तित्व स्वतः ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिको सल्लाहकारसमेत रहने प्रावधान रहेको समितिका सदस्य - सचिव चलचित्र निर्देशक माधवराज खरेलले जानकारी गराउनुभयो । ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिमा वरिष्ठ सल्लाहकारका रूपमा विशिष्ट सङ्गीतकार, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा परिषद्का पूर्वउपकुलपति शम्भुजित बाँस्कोटा, सल्लाहकारमा विशिष्ट लोकगायिका चन्द्रकला शाह, विशिष्ट गीतकार विश्वबल्लभ रहनुभएको छ । अफिसियल उद्घोषकमा रेडियोकर्मी हेम सुवेदी एवम् समाचार संयोजकमा सञ्चारकर्मी कृष्ण भट्टराई हुनुहुन्छ ।
त्यसैगरी ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’को आयोजक समितिमा अध्यक्षमा गीता सिंह, कार्यक्रमका संयोजकमा सङ्गीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधवराज खरेल र सदस्यहरूमा मोडल अपेक्षा सिंह, अनुप सिंह बागदास, निर्देशक हेम प्रभाष, सञ्चारकर्मी कमला जोशी, सिर्जना श्रेष्ठ एवम् अनुगीत सिंह बागदासलगायत रहनुभएको छ ।
काठमाडौं - गीतकार/साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिको आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीले कृतिको समीक्षा गर्नुभएको हो ।
प्रा.दाहालले रुसी कवि पुस्किनको कविताका पंक्तिको चर्चा गर्दै अनुसँग यी पंक्ति मिल्ने सुनाउनुभयो । उहाँले साहित्यकार, कलाकार, सम्पदाककर्मी, भाषासेवी, लेखक र संस्कृतिकर्मीलाई राष्ट्रका गहना भनेर सम्बोधन गर्ने प्रचलन रहेको भन्दै आफू यो भनाइमा सहमत नभएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कलाकार, साहित्यकार, लेखक, भाषासेवी, सम्पदाकर्मी, संस्कृतिकर्मी सबै नै राष्ट्रका स्पन्दन हुन् । राष्ट्रलाई बचाउने प्राण हुन् । राष्ट्रका धड्कन हुन्,’ उहाँले भन्नुभयो, ‘गहना, आभूषण भनेर मन लागे लगाउने, नलागे फुकालेर राख्ने वस्तु जस्तो यी ‘स्पन्दन’ होइनन् । मेरो आग्रह छ लेखक, साहित्यकार, कलाकार, भाषासेवी, सम्पदाकर्मी, संस्कृतिकर्मीलाई आभूषण नभनौं यी स्पन्दन हुन् धुकधुकी हुन् ।’
प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले कृतिमा रहेका कविताको चर्चा गर्दै अनुका कविताको तारिफ गर्नुभएको थियो । उहाँले अनुको स्वास्थ्यलाभको कामना गर्दै आत्म विश्वास सबैभन्दा ठूलो ओखती रहेको अनुभव सुनाउनुभयो । आफ्नो स्वास्थ्यको अनुभव सुनाउँदै उहाँले पछिल्ला खोज अनुसन्धानले जटिल रोगहरू पनि निको हुँदै गएको बताउनुभयो । कतिपय आफ्ना कुरालाई नबुझेर विरोध गर्नका लागि मात्रै चर्चामा ल्याउने गरेको उहाँको भनाइ थियो । फरक प्रसंगमा उहाँले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिनुभएको थियो । अध्यक्ष ओलीले सो कुरा सही ठहरिए एक हजार थपेर दिने चुनौती दिनुभएको हो । ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुहोस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।’ आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको ओलीको भनाइ थियो ।
प्रकाशकका तर्फबाट अनु शाहका श्रीमान् सूर्य चन्दले स्तन क्यान्सरबाट पीडित रहनुभएकी आफ्नी श्रीमतीलाई थाहै नदिइकन यो पुस्तक तयार पारेको बताउनुभयो । उहाँले अनुलाई सप्राइज दिनका लागि पुस्तक तयार गरेको भए पनि पछि जानकारी गराएको सुनाउनुभयो । क्यान्सरसँग लडनका लागि अनुलाई यो पुस्तकले थप हौसला मिलेको उहाँको भनाइ थियो ।
मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष एवं वरिष्ठ अभिनेता कृष्ण मल्लले अनु एक कुशल कलाकार पनि भएको सुनाउँदै उहाँको कविता कृृतिको चर्चा गर्नुभएको थियो । कृतिकार अनु शाहले कृतिमा रहेका कविताका केही पंक्ति वाचन गर्दै सबैको साथ सहयोगका लागि धन्यवाद दिनुभएको थियो । उहाँले सबैले समयमै आफ्नो स्वास्थ्यको जाँच गर्नुपर्ने सुझाब दिनुभएको थियो ।
कार्यक्रममा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले श्रीमान् सूर्य चन्द र अनु शाहको जोडिको प्रशंसा गर्दै सूर्यले अनुकरणीय कार्य गरेको बताउनुभयो । सो अवसरमा मिलापको कभरमा आउने व्यक्तित्वलाई कभर सम्मान पनि अर्पण गरिएको थियो । पूर्वप्रधानमन्त्री ओली, साहित्यकार वसन्त श्रेष्ठ, अनु शाह र सङ्गीतकार दीपक शर्मालाई कभर सम्मान प्रदान गरिएको थियो ।
यस्तै कृतिको भूमिका लेखन, सम्पादन तथा प्रकाशनमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई ‘अनुराधा फिल्मस् इन्टरनेशनल विशेष व्यक्तित्व सम्मान’बाट विभूषित गरिएको थियो । यो सम्मानबाट वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, प्रकाश सायमी, अनेसास बोष्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त, वरिष्ठ गीतकार अमर वान्तु, चलचित्र निर्देशक माधब राज खरेल, नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डा. डिबी राणपाल , सम्पादक रमेश दाहाल, पत्रकार गीतकार गीता अधिकारीलाई सम्मान गरिएको थियो ।
यस्तै, शेखर खनाल, सुमन वैरागी, व्यवसायीरसमाजसेवी प्रकाश श्रेष्ठ, रश्मिला श्रेष्ठ, राजेश विशुराल, दुर्गा विशुराल, नरेश पाण्डे, निकिता पाण्डे, गायक समाजसेवी लक्षमणश्री, ट्याटु आर्टिस सुमिना श्रेष्ठ, युवा पर्यटन व्यवसायी बालकृष्ण खड्का, व्यवसायी रेशमबहादुर थापा, सौन्दर्यकर्मी रेणु रानामगर, रचना शाक्य, देवी महर्जन, फेशन डिजाइनर काजल शर्मा, कीर्तिमानी सगरमाथा आरोही पुरुषोत्तम नेपाली, भिडियो निर्देशक प्रहिृल कार्की र मानवअधिकारकर्मी राजु बञ्जाडेलाई सम्मानित गरिएको थियो ।
सञ्चारकर्मी सरोज कोइरालाले सहजीकरण गर्नुभएको कार्यक्रममा पूर्वसांसद एवं गायिका कोमल वली, शान्ता चौधरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्य पत्रकार संघ अध्यक्ष राधेश्याम लेकाली, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, वरिष्ठ अभिनेत्री सर्मिला मल्ल, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, विशिष्ट कलाकार लय संग्रौला, पशुपति क्षेत्र विकास कोषका निर्देशक डा।घनश्याम खतिवडा, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका निर्वतमान अध्यक्ष रविन्द्र खडका, नायक विक्रान्त बस्नेत, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायिका देवीका बन्दना, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, संगीतकर्मी संघका अध्यक्ष मिलन मोक्तान, गीतकार संघका पूर्वउपाध्यक्ष भरत बमजन, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, गीतकार निर्देशक गणेश सुवेदीलगायत विभिन्न संघसंस्थाका विशिष्ठ व्यक्ति र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाण्डौ - अभिषेक चुडालले चौथो मिस्टर इन्टरनेशनल नेपाल २०२३ अन्तराष्ट्रिय अवार्ड चुमेका छन्। चुडालले फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्रि क्लबमा सम्पन्न पुरुषहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर इन्टरनेसनल २०२३ मा मिष्टर कन्जिनियालिटीको अवार्ड चुमेका हुन्। ‘अन्तराष्ट्रिय मञ्चमा पुगेर नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच काठमाडौंबाट फिलिपिन्सतर्फ लाग्दा नै थियो। टफ कम्पिटिशनमा मिष्टर कन्जिनियालिटी अवार्ड जित्न सफल भएँ’ अभिषेक भन्छन्।
हिमालय एयरलाइन्समा क्याबिन क्रु रहेका अभिषेक यसअघि मिष्टर नेपाल २०२२ मा फस्ट रनर्सअप भएका थिए। अभिषेकलाई मिष्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिईंईले सम्पूर्ण तयारी सहित मिष्टर इन्टरनेसनल २०२३ मा नेपालका तर्फबाट सहभागिता गराएको थियो। मिष्टर इन्टरनेसनल २०२३ मा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि चुमेका थिए। मिस्टर इन्टरनेसनल २०२३ मा विभिन्न ३५ देशका पुरुषले स्पर्धा गरेका थिए। प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गरेका थिए। काठमाडौंको मूलपानीका २५ वर्षीय चुडालले ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट मिस्टर इन्टरनेसनल नेपाल २०२३ छनोट भई सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन्।
ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराए। अनुपका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रवीणराज जोशी र सुजन जंगमले गरेका थिए भने लोकेसन नेपालका गौतम धिमालले फोटो सुट गरेका थिए।
काठमाडौं- संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सामाजिक जागरूकता र शान्ति विश्वविद्यालयले कलाकार तथा लोक सॉस्कृतिक अभियान्ता आरसी कोइराला (रामचन्द्र) लाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरेको छ ।
कोइरालाले अन्तर्राष्ट्रिय संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय संस्कृति विज्ञको रुपमा उनलाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरिएको सो विश्वविद्यालयले जनाएको छ।
नुवाकोट जिल्लाको हर्कपुर (हाल बिदुर नगरपालिका वडा नम्बर १३) मा बुबा रत्न प्रसाद कोइराला तथा माता सावित्री कोइरालाको कोखबाट जन्मेका कोइराला विगत तीन दशकदेखि अनवरतरुपमा नेपाली कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनमा उल्लेखनीय कार्य गर्दै विश्वभर नेपाली संस्कृतिमार्फत नेपालाई परिचित गराउँदै आएका छन् ।
उनी एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष समेत हुन् । उनको नेतृत्व तथा एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपालमा हरेक वर्ष एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना हुँदै आएको छ ।
काठमाडौ- एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी मनोनयन दर्ता गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन । कोभिड -19 को बेला जापानमा रहेका थुप्रै नेपालीहरुलाइ खोप ब्यवस्थापन देखि नेपाल आउन सहज बाताबरण समेत मिलाइ सबैको नजरमा पर्न सफल भएका कारण आफुले जित्नेमा बिश्वस्त रहेको पौडेलले जानकारी दिएका छन।
प्रतिबद्धता पत्र:
१- वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने।
२) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने ।
३) विदेशमा जाने श्रमिकलाई सक्षम र सबल तथा दक्ष बनाउनको लागि गन्तव्य मूलुक जानु अघि सम्बन्धित कार्यको सिपयुक्त बनाउन एनआरएनएमार्फत निःशुल्क सिप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्ने व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्ने ।
४) श्रम स्विकृति लिन विद्यमान झण्झटिलो प्रक्रियाको समाधानका लागि सरोकारवाला निकायसंग आवश्यक छलफल गरि समाधानको लागि विकल्पसहित सहजिकरन गर्ने।
५) सामाजिक सुरक्षा कोषबाट पाईने सम्पूर्ण सुविधाको बारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीसंगको समन्वयमा कार्यक्रम गर्ने ।
६) गैर आवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरता र बविदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरुबाट मताधिकारको सुरक्षा सुनिश्चीत गर्न पहल गर्ने।
७)एसिया प्यासेफिक क्षेत्रको लागि छुट्टै बैन्किङ कारोबार गर्नका लागि एकाउण्ट संचालनमा ल्याइ सो मार्फत राहत कोषको स्थापनाको लागि पहल गर्ने।
८) वैधानिक रूपमा रेमीट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सृजना गर्न पहल गर्ने ।
९) एनआरएनले गर्ने राष्ट्रिय खेलकूदको लागि बिदेसबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बीमा र अन्य सहुलियतका लागि खेलकूद प्रतिस्थान मार्फत छुट्टै कोष बनाऊन एनआरएन केन्द्रसंग पहल गर्ने। १०) पीएनओ परिचय पत्रको लागि सरकार संग पहल गर्ने । - समीर लामा
काठमाण्डौ- एनआरएनए एउटा विसुद्ध सामाजिक परोपकारी संस्था हो । यसका उद्देश्यहरु प्रष्ट छन् । बिचमा केही आफ्ना उद्देश्य र पद्धति कार्यन्वयनका सन्दर्भमा डगमग गरेको जस्तो भएतापनि सधै त्यस्तो हुँदैन । त्यसैले, आउनुस् हातेमालो गरौं । एकले अर्कालाई सहयोग गरौं । मानवताको धर्म निभाऔं । भन्ने सन्देस प्रबाह गरेका शेरचन यस पटकको एनआरएनए चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
जापानमा रहेर नेपाली समुदायका बिच एक सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवि बनाउन सफल रोबिन शेरचनलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै, विश्वभरका एनआरएनएका बिच उनि निकै चर्चामा आइरहेका छन् । हुन त पछिल्लो समय नेपालको राजधानी काठमाण्डौं एनआरएनएमय बनेको छ । आज असोज ३० देखि कार्तिक ३ गतेसम्म अर्थात अक्टोबर १७ देखि २० तारिखसम्म ११औं महाधिवेशन हुने भएकाले विश्वभरका एनआरएनएहरु काठमाडौंमा उत्रिएका छन्।उक्त महाधिवेशन अन्तर्गत कार्तिक २ गते अर्थात सेप्टेम्बर १९ तारिख बिहीवारका दिन नयाँ कार्यकाल(२०२३–२५) का लागि निर्वाचन पनि हुदैछ । सो निर्वाचनमा भाग लिदै लामो समयदेखि जापानमा बस्दै आइरहेका रोबिन शेरचनले पनि उपाध्यक्ष पद (खुला तर्फ ६ जना चुनिने) मा उमेदवारी दिएरका छन् ।
मुस्ताङमा जन्मिएका रोविनको बाल्यकाल पोखरामै वितेको थियो । पोखराको गण्डकी बोर्डिङ स्कुलमा माध्यामिक तहको शिक्षा पुरा गरेपछि उनि उच्च शिक्षा हासिल गर्नका लागी काठमाडौं आए । शंकरदेव क्याम्पसवाट स्नातक गरेपछि परिवार र आफन्तको सल्लाहमा रोविन ३५ बर्ष अघि जापान गएका थिए ।
हाल जापानमा शेरचन रेष्टुरेन्ट, होटल, कलेज, विध्यालय, सीप तालिम कक्षा, हाईड्रोपावर, रेमिट्यान्सलगायतका विविध व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष जोडिएको बताउँछन् । उनको ३५ वर्षको प्रवास बसोबाससलाई फर्के हेर्दा सामान्य युवा विदेशमा जाँदा पाउने सबै किसिमका दुःख सुख पार गरेर आफू जस्तै पाँचसय बढी नेपाली परिवारसंग प्रत्यक्ष जोडिएको पनि छन् उनि रोजगारको प्रवद्र्धन मार्फत । उनि आफ्नो व्यवसायसंगै आपत विपतमा परेका नेपालीहरुलाई सहयोग गर्न पनि अग्रसर हुने गर्दछन् ।
शेरचन नेपाली कला संस्कृतिलाई औधि मन पराउनेहरुमा पर्दछन् । विशेषतः नेपालको कला संस्कृति जगेर्ना गर्ने खालका कार्यक्रमहरुलाई उनले यथासक्य सहयोग पनि पुरÞ्याउँदै आएका छन् । शेरचन परदेशमा बसेका धेरै नेपालीहरु जोडिएको संस्था एनआरएनएसंग जोडिएका छन । उनि अहिले आईसीसी सदस्य पनि छन् निश्वार्थ समाजसेवा, परोपकारी साथै नेपालको विकास र समृद्धिका लागि उनिल व्यापक रुपमा काम समेत गरि रहेका छन् भने आफुले सके सम्म अझै काम गर्ने बताउँछन् ।
शेरचनका अनुसार “नयाँ नयाँ परदेशमा आएकाहरुले विभिन्न किसिमका कठिनाइहरु सामना गर्नुपर्ने हुन्छ । भाषा, काम, परिवेश, जीवनशैली सबै नयाँ हुन्छ। अप्ठ्यारोमा परेकाहरुलाई थोरै भएपनि सहयोग गर्दा उनिहरूलाई ठूलो राहत पुग्छ। नेपाली भएर हेर्दा दान गर्ने दिने अनि अर्कोलाई परेको बेलामा सक्दो सहयोग गर्ने हाम्रो संस्कार हो । यो ३ दशकको अवधिमा आफूले केही रूपमा स्थापित हुने कोसिस गरेका र आफु संगै आफ्नो व्यवसायमा जोडिएका नेपालीहरु र तिनका परिवारलाई परेको बेला धेरै सहयोग गर्दै आएका छन् । उनि भन्छन् “पहिलेबाट अहिलेसम्म पनि साना ठूला हरेकको समस्यालाई प्रत्यक्ष ढंगले हातेमालो गर्दै आएको छु । सामाजिक काममा एक पटक दुइ पटक भन्ने हुदैन । परेको बेला सदैव सहयोग गर्ने नै छु ।”
शेरचनका अनुसार “कम्पनी, व्यवसायको संचालन र परोपकारी कार्य बिच एक किसिमको घनिष्ठ सम्बन्ध हुन्छ । एकले अर्कोलाई सहयोग पुर्याउन सकेमा ठूलो धर्म हुन्छ भन्ने उनि ठान्दछन् । नेपाली भएका नाताले नेपालीले कहीपनि दुःख पायो भने मैले तपाईले सहयोग गर्नुपर्छ भन्ने भावना उनि पाईने उनका निकट रहेर काम गर्नेहरु बताउँदछन् ।”
लामो समयदेखि समुदायमा मेरो भूमिका फरक र आवश्यक संझिएर त म कहा आउनुहुन्छ । दिन सकेको मैले दिएको छु । यसले मलाई एककिसिमको आत्मसन्तुष्टि मिल्छ । तसर्थ, मैले सहयोग गर्दा दिल खोलेर निस्वार्थ सहयोग गरेको छु । अहिलेसम्म बाहिर हल्लाखल्ला नगरि चुपचाप निस्वार्थ सेवा र काम मात्र गरेको हुँ । मनबाटै चाहने हो भने असम्भव केही छैन । व्यवसाय पनि समाजसेवा पनि संगै गर्न सकिने तर्क शेरचनको रहको छ ।
विशेषत पछिल्लो समय एनआरएनएमा कुर्सीका लागि लडाइ हुन्छ, काम भन्दा कुरा बढि हुन्छ आरोपलाइ रोविनले फरक किसिमले प्रष्टाउने कोशिस गरेका थिए । उनि भन्छन् “नेपाल आमाका सन्तान थरिथरिका भने जस्तै संस्थाको विधान, पद्दति र प्रणालीलाई आफू अनुकुल व्याख्या गर्दा बाहिरबाट हेर्नेले लडाइ झगडा भएको देखिन्छ । तर, विधान, संरचनाले बहुपद अनि प्रजातान्त्रीक प्रणाली अवलम्बन गरेकाले विश्वभरिका अभियान्ताहरुका बिच प्रतिस्पर्धा भएको हो । नेतृत्वका लागि तँछाडमछाड गरे पनि काम गर्नेबेलामा नीति तथा कार्यतालिका अनुरूप ठोस कार्ययोजना बनाएर काम नभएकाले अलिक व्यवस्थिति नभएको भान त पक्कै पनि हामी सबैलाई भएकै हो । तर, जव सम्म कुरा बढी र काम कमको विषयमा चर्चा हुने गरेको छ यस भने म आफै चाही काम मात्र गर्ने र कुरा नगर्नेमा पर्छु । कतिपय साथीहरूले नगरेको काम पनि मैले गरेको र म मात्र जान्ने हुँ भन्न खोजेको जस्तो बुझिन्छ । यस्ता गलत परिपाटी भएका व्यक्तिका कारण संस्था पनि बदनाम छ । तर, अब गलत काम गर्न नदिन हामी आउदै छौं । यदि हामीले संस्थाकोे बागडोर सम्हाल्ने अवसर आएमा पक्कै पनि अवका दिनहरुमा यस्ता नचाहिने कुराहरू अथवा नकरात्मक कुराहरु कमै सुन्न पाउनुहुनेछ हामी तपाईहरुलाई काम मार्फत सकारात्मक सन्देस प्रवाह गर्ने प्रयासमा रहने छौं ।”
रोविन शेरचन पक्कै पनि आसातित ब्यक्ति हुन् । अनुभवले निखारिएका, ब्यबसायिक क्षमता भएका । स्पष्ट वक्ताको रुपमा एआएनहरु विच चिनिएका शेरचनले विश्वभरिबाट आफुलाई उपाध्यक्ष पदमा जिताउन एक किसिमको अभियान नै साथीहरूले चलाउनु भएको सुनाउँछन् । उनि भन्छन् “स्वतस्फूर्त यसरी भइरहेको सहयोगप्रति आभारी छु ।” अहिलेसम्म आफुलार्ई ६०% भन्दा बढी निवर्तमान कमिटि र वर्तमान एनसीसी कमिटिबाट सकारात्मक सन्देश प्राप्त भएको शेरचन बताउँछन् । प्रतिस्पर्धामा केही नयाँ अनुहार तथा पुराना टिमका साथीहरूले समेत आकाँक्षा देखाउनु भएकाले, प्रतिस्पर्धा रोचक हुने देख्छ, मेरो चुनाव जित्ने आधारहरूमा मेरो काम मात्र हो । कुरा कम, काम बढी गर्ने भएकाले नै मैले निरन्तरको सम्मान र यो अभियानमा जोडिएको छु । यस कारणले नै मेरो जीत सुनिश्चित छ । म जित्नेमा ढुक्क छु ।
एनआरएनएको पद्धतिलाई सुदृढ बनाउने, रुपान्तरण गर्ने , बौद्धिक, सीपयुक्त जनशक्ति, दोस्रो पुस्तालाई एनआरएनएको घेरा भित्र ल्याउने, रेमिट्यान्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगानीको वातावरण बनाउने लगायत यसका थुप्रै साझा मुद्दाहरु रहेका छन् त्यसलाई निराकरण पनि सुझवुझ युक्त नेतृत्वको आवश्यकता एनआरएनएमा देखिएको छ । शेरचन जस्ता अनुभवी नेतृत्वले मौका पाए भने पक्कै पनि संस्थागत सुधारहरु गरि सवै गैर आवसिय नेपालीहरुले गर्व गर्न लाएको साझा संस्था बनाउने कोशिस गर्ने थिए भन्ने विश्वास गर्न सकिन्छ ।
काठमाडौं - जापानबाट एनआरएनए आईसीसीको उपाध्यक्ष जिम्मेवारी सम्हालिरहेका रोबिन्द्रप्रसाद श्रेष्ठ गोविन्द फेरि पनि आगामी कार्यकालमा आफु बिजयी हुनेमा ढुक्क देखिन्छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एक दर्जन देशको भ्रमण पुरा गर्दै ११ वटा एजेण्डामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रमका साथ उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठ बताउँछन् ।
नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने बताउँदै श्रेष्ठले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले आगामी कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रेष्ठ तीन दशकदेखि जापानलाई कर्मथलो बनाएर व्यवसाय सहित २०० जना बढ़ीलाई प्रत्यक्ष रोजगार दिएका छान । गोबिन्द सामाजिक सेवा सहित एनआरएनए अभियानमा एक दशकदेखि सक्रिय रुपमा आवद्ध रहँदै आएका छन् । एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक सहित संयोजक र आइसीसी उपाध्यक्षको जिम्मेवारी सफलतापूवर्क निभाएका श्रेष्ठ आफुले आजसम्म निभाएको भूमिका र कामको मुल्यांकन गर्दै विश्वभरबाट एनआरएनए डेलिगेट्सहरुको साथ र समर्थन पाएको बताउँछन् ।
आर्थिक पारदर्शिता सहित एनआरएनए मार्फत सामाजिक सेवाको लागि आफुले मन, बचन र कर्मले इमान्दिारिता पूर्वक काम गर्ने श्रेष्ठले व्यक्त गरे । प्रवासी श्रमिकहरूका पक्षमा काम गर्दै विश्वभर रहेका नेपालीले एनआरएनए मेरो हो भन्ने भावना जगाउनेगरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए ११ औं महाधिवेशन मार्फत २०२३–२०२५ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका एक दर्जन बढि उम्मेदवारमा सबैभन्दा बढि चर्चामा रहेका गोबिन्द आरके शर्मा टीमबाट उपाध्यक्षको पदको लागी चुनावी मैदानमा छन ।
-समीर लामा
समिर लामा/ काठमाण्डौ - गैर आवसिय नेपाली संघको युवा संयोजक पदको उम्मेदवार सुपेन्द्र घिसिङले आफू एन आर एनएको चुनावमा विजयी भए पछि चुनावमा गरेका प्रतिवद्दताहरु कार्यन्वयन गर्न सक्रिय भएर लाग्ने बताएका छन् ।
आगामि अक्टोबर १७ देखी २० तारिख सम्म काठमाण्डौको सोल्टि होटेलमा सम्पन्न हुन गईरहेको महाधिवेशनमा आफुले युवा संयोजक पदमा उम्मेदवारी दिएको जानकारी दिदै उनले जितेकै दिन देखी आफ्ना प्रतिवद्दताहरु पुरा गर्न लाग्ने बताएका छन् । अहिले पनि चुनावी माहोल हेर्दा लगभग सबैको साथ र सहयोग पाउनेमा उनि बिस्वस्थ रहेका छन् ।
विश्वभरी रहेका गैर आवासिय नेपालीहरुले सिकेको ज्ञान र आर्जन गरेको पुँजिलाई नेपालमा सहि ठाउँमा प्रयोग गर्दै युवाहरुलाई स्वरोजगार बनाउनु नै आफ्नो प्रमुख प्रतिवद्दता रहेको बताए ।
साथै सामुहिक लगानीको व्यवस्था र युवाहरुको सहभागीता बढाउने, खेलकुदको विकासका लागि स्पोर्टस एकेडेमिको व्यवस्था गर्ने, विद्यार्थीहरुलाई सहि मार्गनिर्देशन गर्न बृहत अभिमुखीकरण कार्यक्रम तय गर्ने, विदेशमा रहेका लाखौं युवा श्रमिकलाई एनआर एनएमा आवद्ध गराई सुरक्षित बैदेशीक रोजगारको पहल गर्ने, दोश्रो पुस्तालाई एनआरएनमा आकर्षण गर्ने मनोरञ्जन, खेलकुद लगायत अन्य प्रतियोगिताहरु गर्ने, सक्षम, सवल र साझा एनआरएनए बनाउने लगायत प्रतिवद्दताहरु सहितको घोषणा पत्र प्रस्तुत गर्दै विश्वभरि रहेका सम्पुर्ण अभियान्ताहरुलाई आफ्नो मत दिई विजयी गराउन समेत अपिल गरेका छन् ।
काठमाण्डौ-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्ष पदमा राहुल केसी निर्वाचित भएका छन् । सेप्टेम्बर २४ का दिन आइतबार भएको राष्ट्रिय अधिवेसनमा राहुल केसी अध्यक्ष लगायत वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार सहित १३ जनाको समितिको घोषणा गरिएको छ । इनास अमेरिकाका २०२१ – २०२३ का राष्ट्रिय महासचिव रहेका राहुल केसी २०२३-२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार ,द्वय रिता श्रेष्ठ तथा अंकुश नेपाल उपाध्यक्षमा ,प्रकाश नेपाल महासचिव ,दिनेश कार्की कोषाध्यक्ष तथा सह( कोषाध्यक्षमा मनिष शर्मा निर्वाचित भएका छन् । यसै गरि कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपाल चन्द्र लामिछाने ,अनिल तिमिल्सिना ,अरुण कार्की ,गोपाल अधिकारी ,अमित लामा तथा बिश्व पौडेल समिति सदस्यमा निर्वाचित भएका छन् ।
यसी गरि विभिन्न राज्य समितिमा निर्वाचित भएका पदाधिकारीहरु समेतको सपथ ग्रहण गराईएको थियो । यसै गरि डा श्याम कार्की तथा मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्याललाई ईनास अमेरिकाको सल्लाहकारमा मनोनित गरिएको छ । त्यस्तै २०२३-२०२५ को लागि केन्टकी राज्य समितिमा गोपाल नेपाल फिस्टे अध्यक्ष ,मेरिल्याण्डको अध्यक्षमा पदमा लक्ष्मण पौडल ,भर्जिनियाको अध्यक्ष पदमा अर्जुन घिमिरे निर्वाचित भएका छन् । इनास अमेरिकाले प्रेम राजा महत,अनु वन्त ,सुवोध विलास पन्थ ,कन्हैया सिंह तथा सृजन ताम्राकारलाई संरक्षकमा मनोनित गरेको छ ।
कार्यक्रम दिउसो २ बजे देखि सुरु भएको उक्त कार्यक्रममा दुवै राष्ट्रको राष्ट्रगान बजाईएको थियो । प्रमुख अतिथि तथा इनास बिश्व९ग्लोबल०कि उपाध्यक्ष सबु गदाल कार्कीतथा मेरिल्याण्डका नेपाली मूलका बिधान सभा सदस्य डा ह्यारी भण्डारीले पानसमा बत्ति बालि राष्ट्रिय अधिवेसन सुरु गरेका थिए । इनासका क्षेत्रीय संयोजक आनन्दु लामाले इनास बारेमा बोलेका थिए भने मेरिल्याण्ड राज्यका इनास अध्यक्ष सृजन ताम्रकारले सबै मिलेर काम गर्नु पर्ने कुरामा जोड दिए। अधिवॆशनमा गायिका प्रविशा अधिकारी,रजतपट अङ्कल प्रकाश सुबेदी, गायक तुलसी पराजुली तथा नायक रमेश उप्रेतीलाई बिशेष सम्मान गरिएको थियो । कन्हैया सिंह परियारले २०२१-२०२३ को समितिलाई बिघटन गर्दै आफ्नो कार्यकालमा इनास बिश्व (ग्लोबल)लाई नृत्य प्रतियोगितामा आर्थिक सहयोग गरेको चर्चा गरेका थिए । त्यस्तै इनास अमेरिका पूर्व पदाधिकारी कृष्ण श्रेष्ठले अमेरिकामा स्थापनाको कुरा जोडेका थिए । त्यसै बीच माधवी भण्डारीको सांगीतिक प्रस्तुति रहेको थियो ।
इनास बिश्व(ग्लोबल) कि उपाध्यक्ष सबु गदाल कार्कीले सबैलाई सपथ ग्रहण गराएकी थिइन् । मेरिल्याण्डका सभासद डा ह्यारी भण्डारीले आफू सांसद भएकोले मेरिल्याण्ड राज्यमा नेपाली समुदायको लागि दशैँमा बिदा दिलाउन सकेकोमा गर्व गर्दै थुप्रै कुराहरु राज्यबाट लिन सकिने बताए । रजतपट अङ्कल प्रकाश सुबेदीले सम्मानित भएकोमा हर्षित भएको भन्दै नयाँ समितिलाई बधाई तथा शुभकामना दिए । उनले अमेरिकामा आफूलाई अमेरिकामा नभई नेपालमै भएको जस्तो लागेको बताए । त्यसै गरि शुभकामना दिनेहरुमा स्थानीय छाता संगठन बानाका अध्यक्ष सुबोध पन्थ ,एनआरएनए मेरिल्याण्डका अध्यक्ष कूल गुरुङ ,मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्यालले शुभकामना सहित आफ्ना मन्तब्य राखेका थिए ।
प्रमुख अतिथि तथा इनास बिश्व(ग्लोबल)कि उपाध्यक्ष सबु गदाल कार्कीले छोटकरीमा इनासको परिचय दिएकी थिइन् । उनले मन्तब्य राख्दै कला र साहित्यलाई बिस्व भर कसरी बिस्तार गर्ने भन्ने कुरामा आफ्नो ध्येय रहेको बताइन । इनासमा अनुशासनमा रहनु पर्ने कुरामा जोड दिदै अनुसासन बाहिर गए हामीले नजिकबाट हेर्ने समेत जनाइन । इनासको सपना भनेको नेपालमा एउटा आफ्नै घर बनाउने इच्छा रहेको बताइन । औपचारिक कार्यक्रम सुरु अगाडी लक्ष्मण पौडेल लगायत सांगीतिक टोलीले बाध्य वादन प्रस्तुति गरेका थिए भने महासचिव राहुल केसीले कार्यक्रम संचालन गरेका थिए । अन्तमा नाचगान सहितको रमाइलो तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । गायिका प्रविशा अधिकारी तथा गायक तुलसी पराजुलीले केही हरफ आफ्ना चचित गीत बिना संगीत प्रस्तुत गरेका थिए ।