भिक्षु डा. राजु लामा पी. कोंन्दन युनिपको अन्तर्राष्ट्रिय शैक्षिक निर्देशकमा नियुक्त

Devil Singh Rajput


|
|


काठमाडौं, जेठ २६ ।  युनाइटेड नेचर इन्टरनेशनल पिस (युनिप)ले भिक्षु डा. राजु लामा पी. कोंन्दनलाई अन्तर्राष्ट्रिय शैक्षिक निर्देशकको रूपमा नियुक्त गरेको छ। शिक्षामार्फत दिगो विकास लक्ष्य प्राप्ति साथै वैश्विक विकासमा योगदान पुगोस् भन्ने हेतुले युनिपका प्रेसिडेन्ट जेनरल र डाइरेक्टर जेनरलले डा. लामालाई उक्त पदमा  नियुक्ति गर्नुभएको संस्थाले जनाएको छ । उहाँको कार्यकाल  जुन २०२६ जुन ९ सम्मका लागि तोकिएको छ । सन् १९७३ सेप्टेम्बर १८ मा जन्मिनुभएका डा. लामाले शिक्षा, अन्तरधार्मिक संवाद र शान्ति निर्माणका क्षेत्रमा दशकौं लामो अनुभव सँगसँगै योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा युनिपले शैक्षिक पहुँच विस्तार र क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।



यसै क्रममा, बङ्गलादेशका राजु शाहलाई अन्तर्राष्ट्रिय समन्वयक नियुक्त गरिएको छ। उहाँको भूमिकाले युनिपका विभिन्न देशीय शाखाहरूबीच समन्वय सुदृढ गर्न तथा दक्षिण एसिया लगायत विश्वभर शान्ति प्रवर्द्धनका साझा पहलहरूलाई प्रवाह गर्न योगदान पुर्‍याउने विश्वास लिईएको छ ।



युनिप वैश्विक एकता, वातावरणीय समन्वय र मानवतावादी सहकार्य प्रवर्द्धनमा समर्पित संस्था हो ।“युनिटि अफ नेशन” भन्ने मार्गदर्शक दर्शन अन्तर्गत यसले प्रकृति संरक्षण, शिक्षा, शान्ति र मानवतावादी क्रियाकलापका क्षेत्रमा क्रियाशील समान सोच भएका संस्थाहरूसँग साझेदारी बलियो पार्दै विश्वव्यापी उपस्थिति थप विस्तार गर्दै लगेको छ।