काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नेपालको फुल कन्ट्याक्ट कराँतेलाई विधिसम्मत रूपमा मान्यता दिई गठन गरिएको तदर्थ समितिको सम्मानमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार त्रिपुरेश्वरस्थित रंगशालामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको सभापतित्व आयोजक तथा फुल कन्ट्याक्ट कराँतेका संस्थापक महागुरु सिहान जगत प्रसाद गौचनले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राखेपका सदस्य सचिव टंकलाल घिसिङको विशेष उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ र बोर्ड सदस्य जगत सिंह धामी, साथै अतिथिका रूपमा तदर्थ समिति संयोजक सुर्य बहादुर बुढाथोकी र प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा तदर्थ समितिका सदस्यहरू, फुल कन्ट्याक्ट कराँते संघहरूका ब्रान्च चिफ (नेपाल प्रमुख), पूर्व मुख्य प्रशिक्षक, प्रशिक्षक, खेलाडी, अभिभावक, शुभचिन्तक, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा खेलकुदप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा २१ सदस्यीय तदर्थ समितिलाई औपचारिक सम्मान गरिएको थियो। उपस्थित सहभागिहरूको उत्साह, ऐक्यबद्धता र प्रतिबद्धताले कार्यक्रमलाई विशेष, सफल र स्मरणीय बनाएको थियो। कार्यक्रमको प्रारम्भमा आयोजकको तर्फबाट स्वागत मन्तव्य प्रस्तुत गर्दै तदर्थ समिति गठनप्रति खुशी व्यक्त गरियो र सबै पाहुनाहरूलाई हार्दिक स्वागत तथा धन्यवाद दिइयो।
प्रमुख अतिथि टंकलाल घिसिङले नेपालमा फुल कन्ट्याक्ट कराँतेको विकास र अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न अबको यात्रालाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “संरचना बनेको छ, अब गुणस्तरीयता र प्रतिस्पर्धात्मकताको यात्रा सुरु हुन्छ। राखेप सधैं साथमा रहनेछ।” विशेष अतिथि जगत सिंह धामीले महासंघलाई जिम्मेवार, पारदर्शी र समर्पित बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “खेलकुद क्षेत्रमा संस्थागत संरचना बलियो हुनु नै विकासको आधार हो।” कार्यकारी सदस्य सुवर्ण श्रेष्ठले कराँतेमा एकता, अनुशासन र समर्पण आवश्यक भएको बताउँदै महासंघले सबैको विश्वास जित्ने गरी सञ्चालन हुनु पर्ने कुरामा जोड दिनुभयो। उहाँले भने, “फुल कन्ट्याक्ट कराँते समुदायको साझा भविष्य बनाउने अवसर हो यो।” तदर्थ समिति संयोजक सुर्य बहादुर बुढाथोकीले महासंघप्रति विश्वास र साथ जनाउने सबैप्रति आभार प्रकट गर्नुभयो। उहाँले महासंघको भविष्यप्रति सकारात्मक सोच, सहयोग र सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन मन्तव्य सभापति शिहान जगत प्रसाद गौचनले दिनुभयो। उहाँले कराँतेलाई अनुशासन, संस्कार र जीवनशैलीसँग जोड्दै भन्नुभयो, “महासंघको निर्माण मेरो सपना थियो, जुन आज साकार भएको छ। अब हामी सबैले एकताबद्ध भई फुल कन्ट्याक्ट कराँतेलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठित रूपमा स्थापित गर्न लागि पर्नु आवश्यक छ।” कार्यक्रम अन्त्यमा महासंघले अब छिट्टै संरचनात्मक तथा प्राविधिक कार्यहरू अघि बढाउने जानकारी दिएको थियो। महासंघले निकट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता विकासमा योगदान दिने अपेक्षा गरिएको छ।
काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको विधिसम्मत पुनः संरचना तथा नियमित निर्वाचन प्रक्रियालाई अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ। राखेपमा दर्ता रहेका २१ संघहरूमध्ये प्रत्येकबाट एक-एक प्रतिनिधि सहभागी गराई बनाइएको उक्त समितिको संयोजकमा फुल कन्ट्याक्ट कराँते क्षेत्रका अनुभवी, समन्वयशील र प्रभावशाली व्यक्तित्व सूर्य बहादुर बुढाथोकीलाई नियुक्त गरिएको छ।
राखेपका कार्यकारी सदस्य भान बहादुर चन्दको नेतृत्वमा गठित कार्यदलले विभिन्न चरणमा सामुहिक बैठक बसी पेश गरेको सिफारिसका आधारमा राखेपका सदस्य सचिव टंकलाल घिसिङमार्फत युवा तथा खेलकुद मन्त्री तथा राखेप अध्यक्ष माननीय तेजुलाल चौधरीले समितिको गठन गरेका हुन्।
नवगठित समितिको प्रमुख जिम्मेवारी महासंघको आन्तरिक संरचना व्यवस्थापन, प्राविधिक र संस्थागत सुदृढीकरण तथा तोकिएको समयसीमाभित्र नियमित निर्वाचन सम्पन्न गर्नु हो।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले संयोजक बुढाथोकीलाई बधाई दिँदै महासंघको भविष्य विधिसम्मत, पारदर्शी र उत्तरदायी बनोस् भन्ने शुभकामना व्यक्त गरे। “सक्षम नेतृत्वमा समितिले प्रभावकारी रूपमा कार्य सम्पादन गर्नेछ,” उहाँले भने।
यसैबीच, फुल कन्ट्याक्ट कराँतेका पूर्व प्रमुख प्रशिक्षक तथा अग्रज व्यक्तित्व सिहान प्रेम नाथ श्रेष्ठले तदर्थ समितिको स्वागत गर्दै संयोजकको छनोटप्रति खुशी व्यक्त गरे। “अनुशासित र व्यवहारिक नेतृत्वमा महासंघले नयाँ ऊर्जा पाउनेछ,” श्रेष्ठले प्रतिक्रिया दिए।
फुल कन्ट्याक्ट कराँतेका सक्रिय प्रशिक्षक सिहान प्रेम बहादुर तामाङले पनि समितिको गठन उचित समयमा भएको उल्लेख गर्दै सबै पक्षलाई समेट्ने नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे। “महासंघले निष्पक्ष र समावेशी बाटो रोज्दै अगाडि बढोस्, हाम्रो पूर्ण समर्थन रहनेछ,” उनले भने।
नेपालभरका प्रशिक्षक, खेलाडी, संघ-संस्था तथा कराँतेसम्बद्ध विज्ञहरूले संयोजक बुढाथोकीलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै समितिको कार्य निष्पक्ष, सहमतिमूलक र दीर्घकालीन प्रभाव पार्ने खालको होस् भन्ने अपेक्षा गरेका छन्।
ब्रेनल्यान्ड एकेडेमीले आयोजना गरेको बिएलए किण्डर मिनि ओलम्पियाड २०८१ गत शनिबार प्रहरी प्रशिक्षण एकेडेमी, महाराजगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली खेलकुद क्षेत्रका प्रतिष्ठित हस्ती, म्याराथन लेजेन्ड वैकुण्ठ मानन्धर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
उक्त प्लम्पिआडमा नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्स का मालिक स्वतन्त्रप्रकाश शाह र सम्राट बिक्रम शाहले पनि कार्यक्रममा विशेष उपस्थिति जनाउनुभएको थियो। प्रमुख अतिथि एवम बिशेष अतिथिहरुले यस्तो कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्दै भविष्यका खेलाडी उत्पादनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
ब्रेनल्यान्ड एकेडेमीका प्रिन्सिपल तथा एनपीएप्सनका केन्द्रीय महासचिव पारसमणि दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
बालबालिकाहरूले विभिन्न खेल प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
विद्यालयका भाइस प्रिन्सिपल प्रशान्त दाहालका अनुसार यो कार्यक्रम अत्यन्त उत्साहजनक र प्रभावकारी भएको छ। यसले बालबालिकाहरूलाई खेलकुदमा आकर्षित गर्न महत्वपूर्ण योगदान दिएको दाहालले बताउनुभयो।
प्ओलम्पियाड जस्ता कार्यक्रमहरूले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा सहयोग पुर्याउने विश्वासका साथ, ब्रेनल्यान्ड एकेडेमीले आगामी दिनमा यस्ता थप कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ।
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पिक प्वाईन्ट एल्मुनाईको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा दोस्रो खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । मङ्सिर २९ र ३० गते दुई दिन हुने फुटसल प्रतियोगितामा काठमाडौँ उपत्यका सहित अन्य जिल्लाका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरू सहभागी हुन पाउने छन् ।
प्रतियोगिताको लागि सहभागी हुन कात्तिक २५ गते देखि दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ । प्रतियोगिताका लागि टिम दर्ता गर्ने अन्तिम समय मङ्सिर २५ गतेसम्मलाई तय गरिएको छ । एउटा टिम दर्ताका लागि तीन हजार पाँच सय शुल्क लाग्ने प्रतियोगिताका संयोजक राजेश श्रेष्ठले बताउनुभएको छ ।
विजेता टिमलाई ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताएका छन् । त्यस्तै, रनरअप टिमले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था हुने आयोजकले जानकारी दिएको छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली फुटसल एण्ड रि–क्रियशन सेन्टर गाम्चामा हुने प्रतियोगिता पिक प्वाईन्ट एल्मुनाइद्वारा आयोजना गरिने फुटसलको दोस्रो संस्करण हो ।
काठमाडौं ।कर्णाली प्रदेश रग्बि संघको आयोजना, कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग तथा गोर्खालि रग्बि क्लबको प्राबिधिक सहयोगमा कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्स प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोछ ।
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत कालिन्चोक स्थित रग्बी मैदानमा आज मिति २०८० मंसिर २३ गते कर्णाली मै पहिलो पटक शनिवार संचालन भएको प्रतियोगितामा सल्यान जिल्लाले उपाधि जित्यो भने, दोस्रो सुर्खेत भयो भने तेस्रो रुकुम पश्चिम भएको छ ।
कर्णाली प्रदेशमा पहिलो पटक आयोजना भएको प्रदेश स्तरीय रग्बी सेभेन्स पुरुष प्रतियोगितामा कर्णाली प्रदेशका हुम्ला, डोल्पा, जाजरकोट बाहेक अन्य सात जिल्लाको उत्साहा जनक सहभागिता रहेको थियो ।
कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय रग्बी सेभेन्स पुरुष प्रतियोगितामा उल्लेखनिय दर्शकको उस्थितिले कर्णालीमा रग्बी खेल प्रतिको आक्रषण निकै बढ्ने सम्भावना छ ।
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्ग बहादुर पोखरेलज्यूले गर्नु भएको थियो भने उक्त उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री टंकलाल घिसिङज्यूको समेत विशेष उपस्थिति रहेको थियो ।
काठमाण्डौ । चीनको हाङ्झाओमा सम्पन्न चौथो प्याराएसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धनलाई कमलादीस्थित युनिग्लोब माविले सम्मान गरेको छ । ऐतिहासिक उपलब्धीसहित नेपाललाई प्याराएसियाली खेलकुदमा पहिलो पटक पदक दिलाउन सफल रहेकी पलेशालाई विद्यालयले २५ हजार नगदसहित सम्मान गरेको हो । पेलेशा युनिग्लोब माध्यमिक विद्यालयकी पूर्व छात्रा हुन् । उनले युनिग्लोबबाट कक्षा १२ उत्तीर्ण गरेकी थिईन् ।
अक्टुबर २२ देखि २८ सम्म आयोजना भएको प्याराएसियाली खेलकुदअन्तर्गत के–४४ विधाको ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै तेक्वोन्दोमा पलेशाले क्वार्टरफाइनलमा चीनकी लिटिङ याङलाई १४–१ ले पराजित गरेकी थिइन् । यससँगै पलेशा प्याराएसियाली खेलकुदमा पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बन्न सफल भईन् । पलेशाको यस ऐतिहासिक जितको अवसरमा युनिग्लोब सेकेन्डरी स्कुलका प्रिन्सिपल डा गणेश रेग्मीले उनको उल्लेखनीय उपलब्धिका लागि बधाई दिएका छन् । पलेशालाई विद्यालयले सम्मान गर्दै गर्दा उनका बुवा र आमा समेतसँगै थिए । विद्यालयले छोरीको सफलताको कदर गरेकोमा उनका बुवा प्रदिप गोवद्र्धनले खुसी व्यक्त गरे ।
त्यसो त, सन् २०१७ मा लन्डनमा भएको विश्व प्यारातेक्वोन्दो च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय करिअर सुरु गरेकी पलेशाले २०१८ मा भियतनाममा सम्पन्न चौथो एसियाली प्यारा तेक्वोन्दो च्याम्पियनसिपमा नेपालका लागि कास्य पदक दिलाएकी थिइन् । सन् २०२१ मा बहराइनमा सम्पन्न एसियाली युथ प्यारा गेम्समा उनले ऐतिहासिक स्वर्ण पदक पनि जितेकी थिईन् ।
पलेशा हाल चीनको सांघाईस्थित टोङ्जी विश्वविद्यालयअन्तर्गतको कलेज अफ आर्किटेक्चरमा अध्ययनरत छिन् ।
काठमाडौँ —माघ ३, २०७९।
भारतको कलकत्तामा अल ईण्डिया क्योकुशिन काई कराँते संघको आयोजनामा मिति २०७९ साल पुष ३० र माघ १ गते देखि दुई दिनसम्म सन्चालित “एसियन फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०७९” मा नेपाल क्योकुशिन–सेईसिन काईकान करा“ते संघको तर्फबाट सहभागि भई ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक हात पारेको छ ।
विश्व क्योकुशिन काई कराते महासंघका उपाध्यक्ष तथा नेपालका प्रमुख शिहान अशोक कुमार श्रेष्ठले नेतृत्वमा नेपालबाट सहभागि गरेको उक्त प्रतियोगितामा नेपालकी ओलिभिया पुनले महिला १० वर्ष उमेर समूहमा, सरोज थापाले पुरुष १० उमेर समूहमा र १२ वर्ष उमेर समुहमा रोहन लामाले स्वर्ण पदक हात पारेको छ । त्यसैगरी १७ वर्ष उमेर समूहका सुस्मा बल, १४ वर्ष उमेर समूहमा प्रज्जवल पाण्डे, १५ वर्ष उमेर समुहमा जिवन बि.क., १० वर्ष उमेर समुहका निशान्त श्रेष्ठले रजत हासिल गरेका छन भने १२ वर्ष उमेर समूहका आरति श्रेष्ठ, २० वर्ष उमेर समुहका सल्मा लकन्रि, ८ वर्ष उमेर समुहका अमन यादव, १४ वर्ष उमेर समुहको अनु तामाङ्ग, १४वर्ष उमेर समुहका पौल तामाङ्ग, १४ वर्ष उमेर समुहका श्रृष्टि तामाङ्गले रजत पदक हातपार्न सफल भएका छन ।
दुई दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश लगायतका खेलाडीहरु गरी जम्मा ३७५ जना खेलाडीहरुले सहभागिता जनाएको थियो भने सो कार्यक्रममा नेपालको तर्फबाट टिम मेनेजरमा जितेन्द्र श्रेष्ठ, जुरीमा प्रविण बस्नेत, मुख्य रेफ्रिमा हेराकाजि देशार, रेफ्रिहरु सन्तोष कुमार गुप्ता, विशाल बल, टिम कोचमा राजेश महतो तथा कोचहरुमा पुस्कल थापा तथा राजकुमार बल रहेका थिए ।
काठमाण्डौ - फिफा वल्र्डकपको गीत पहिलो पटक नेपालबाट पनि सार्वजानिक भएको छ । चर्चित गायक पूर्ण राईको स्वरमा तयार भएको गीतले खेलकुद, पर्यटन, जलवायु परिवर्तन र विश्वशान्तीको बिषयलाई बोकेको छ । यस्को एतिहासिक पक्ष भनेको यो सगरमाथा चुचुरोमा सार्वजानिक भएको हो र यो गीतको सम्पूर्ण भिडियो नै सगरमाथा चुचुरोमा पहिलो पटक सुटिङ समेत सम्पन्न भएको हो ।
गायक पूर्ण राईका अनुसार, सेभेन समिटका लिडर नर्बिन मगरको टोलिले फिफा वर्ल्डकप टाईटल गीत, ट्रफी (रेप्लिका) र फिफा सम्बद्ध २११ राष्ट्रहरुको झण्डा पहिलो पटक सगरमाथा चुचुरोमा सर्वजानिक गर्दै भिडियो निर्माण गरेका हुन । यो अभियान सातै महादेशको अग्लो हिमालमा टोली पुगेर सम्बन्धित सामाग्रीहरु सार्वजानिक गर्दै अन्तत फिफालाई नै संग्राहलयमा सुरक्षित राख्नका लागि नेपालको तर्फबाट हस्तान्तरण गर्ने योजना रहेको बताए । नेपाल पर्यटन बोर्ड, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल मगर संघ लगायतको सहयोगमा यो अभियान अघि बढेको टोलिका लिडर नर्बिन मगरले बताएका छन । खेलकुद, पर्यटन, जलवायु परिवर्तन र विश्वशान्तिका लागि सँग–सँगै नारा बोकेको यो अभियानले समग्रमा स्वास्थ्य र सुरक्षित पृथ्वीका लागि यो अभियानको महत्व रहेको छ ।
नेपाल पर्यटकिय हव हो, तर हाम्रो हिमाल संम्रक्षणका लागि विश्वले सुन्ने गरी सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट गीत मार्फत सबैलाई जगाउन र सचेत गराउने उद्धेश्यले यो गीत निर्माण गर्ने र गाउने योजना बनाएको पनि गायक पूर्ण राईले बताएका छन । बिगत समयमा पनि प्रकृति, राष्ट्रियता, पर्यटन र विश्वशान्ति सम्बन्धी धेरै गीत निर्माण समेत गरिसकेका राईले मे २९, २०२२ मा जलवायु परिवर्तन सम्बन्धी सगरमाथा बेसक्याम्प ५३६४ मिटरमा अन्तरराष्ट्रिय बैज्ञानिक गोष्ठी समेत सम्पन्न गरिसकेका छन । त्यसैको अर्को महत्वपूर्ण साझा कार्यक्रमको रुपमा यो अभियान सफलताका लागि अग्रेजी भर्सनमा गीत गाएर पहिलो फिफा वर्ल्डकप नेपाली गीतको ईतिहास निर्माण गर्ने काम सम्पन्न भईसकेको छ भने भिडियो पनि युट्युब मार्फत सार्वजानिक भईसकेको जानकारी दिएका छन ।
काठमाण्डौ– गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा चलचित्र निर्देशक माधव राज खरेललाई मनोनयन गरिएको छ । एक विज्ञप्ति जारी गर्दै यस अघिका दुई केन्द्रिय सदस्य सरोज लामिछाने र बुजुली बहादुर तामाङले राजिनामा दिए पछि तत्काल संघले निर्देशक खरेल र करण कार्कीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको जानकारी दिएको छ ।
लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय खरेल यस अघि गोरर्खा पोलबे्रकर्स क्लवमा समेत आवद्ध रहेका थिए पछि क्लबले राष्ट्रिय खेलकुद परिषद्वाट संघको मान्यता पाएपछि गोरखा पोलब्रेकर्स संघ नेपालको रुपमा चर्चामा हरेको छ, हालै खरेल र कार्कीलाई संघको विशेष बैठकले केन्द्रिय सदस्यमा मनोनयन गरेको अध्यक्ष उद्धव नारायण श्रेष्ठले जानकारी दिएका छन् ।
हालै मनोनय गरिएका खरेल र कार्कीले पक्कै पनि संघको हितमा काम गर्ने र यसलाई अझै अन्तराष्ट्रिय स्तरमा लैजानेमा संघ विश्वस्त रहेको समेत बताएको छ ।
काठमाण्डौ – चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध गरिएको छ।साथै ट्याटु भएका खेलाडीलाई हटाउन निर्देशन दिएको छ। चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडी राख्न कडा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। चिनियाँ संस्कृतिमा ट्याटुलाई राम्रो मानिन्न । तर पछिल्ला दिनहरूमा ट्याटु लोकप्रिय हुन थालेको छ।