sports
||Power News Asia||

आजको समाचार

Adventure tourism and Quad bike in Nepal

खेलकुद


–Balram Maharjan

Kathmandu- COVID-19 related deaths worldwide approaching 1.87millions death by 2021 beginning. The effects on the worldwide economy have been badly affected. The consequences in low middle income economy such as Nepal where economy on a small number of services and industries are highly affected for the decade. Tourism is one of the Largest industries where the revenue in 2018 was 7.9% of the total GDP and provides more than 1.5million jobs with directly and 0.5 million indirectly. Nepal hosted 1.19 million foreign tourists in 2019 and the VISIT NEPAL2020 campaign expect to attract 2 million visitors and targeted of $2 billion and create thousands of new jobs. Similarly, many corporate houses invest in lodging industry where American brand like Marriott also been introduced and other many international chains are in the pipeline. The Entrepreneur and investors for Tourism industry are highly affected and waiting for normal world without COVID-19. However, it might take the end of 2021 or beginning of 2022. There is no hope for opening of international Tourism at least for 6 months. Despite of all these suffering, People began to adjust with the COVID-19. Domestic tourism has been slowly taking its new normal place. People are traveling and they need retreat after long time for home isolation and lockdown. With the departure of Dashain, slowly the internal tourism of Nepal is slow recovering been in a lime light. To recover the tourism in Nepal, – Government should immediate implement the two days’ holidays to promote domestic tourism. – Government also need to high priorities on domestic tourism destination by building fastest road access not only that but also black top it. – Financial institution should give subsidies in interest rate for tourism base business at least for 2.5% interest rate. – The concern department of Government facilitate for the common platform to unified the adventure – International Flights need to open with the heavy safety protocol. For the past few years, there are so many heart pumping adventure in Nepal. Paragliding, skydive in Pokhara, Rafting in Trisuli and Bhotekosi, recently launched Bungee in Kusma, Zipline in Khawa are popular adventure activities which makes you adrenaline rush. Among so many adventurous activities, Quad Bike has been the youngest adventure activity in Nepal which was launched in December 16, 2019 targeted for VISIT NEPAL 2020. Just few days ago, the company celebrated its first anniversary. The ride is operated in Chitlang in collaboration with Chitlang Resort. There’s a separate 6KM ride begin from the property of Chitlang resort with passing way to Swiss hills and end at the Forestry College. At the present, the company is operating 5 Quad bike which is mostly got busy during the weekends. The company plans to add 5 more Quad bike within six months. Furthermore, the team is also new destination for the quad bike route to expand its operation. All the stakeholder, who are working in the adventure sector should come under the one roof and collective work together to promote adventure tourism. Government should also need to play vital role to facilitate and network among the investor, entrepreneur and all the stakeholder who are working in the industry. Award ceremony, seminar and workshop could play vita role in order to network, promote adventure tourism and facilitate to come under the one roof.Segregate the award ceremony program Network

पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न

खेलकुद


काठमाडौँ — कार्तिक २५, २०७७। 

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको बार्षिक कार्यक्रम अनुसार ककनि अन्तराष्ट्रिय ट्रेनिङ सेण्टर, नुवाकोटमा २ दुई दिने “पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार–२०२०” सम्पन्न भएको छ।  

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरिएको कार्यक्रममा उहाँले मन्तव्यको क्रममा अहिले विश्वब्यापी रुपमा  फैलिरहेको कोभिड–१९ ले  समग्र खेलकुद क्षेत्रलाई नै प्रभावित गरिरहेको छ र पनि यो समय संग उच्च मनोबलका साथ लडने र सजगताका साथ दैनिक खेलकुद गतिविधिलाई संचालन गर्नुपर्नेमा जोड दिनुभयो । विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा संचालन गरिएको उक्त सेमिनारमा स्वागत मन्तब्य संघका महासचिव तथा प्रशिक्षक प्रविण बस्नेतले व्यक्त गर्नुभएको थियो भने सो सेमिनारमा नेपाल भरीको ३५ वटा डोजो प्रमुखहरुको सहभागिता जनाएका थिए । 

मिसः नेवा प्रजिता श्रेष्ठद्धारा उदघोषक गरिएको उक्त सेमिनारमा सहभागिहरुलाई स्वयं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवद्धारा “स्पोर्ट्स साईकोलोजी एण्ड लिडरशिप डेवलपमेन्ट " बिषयमा प्रस्तुतीकरण दिनुभएको थियो भने राष्ट्रिय खेलकुद परिषद्बाट उपलब्ध गराईएको प्रशिक्षकहरु डा.मनोज के.सी.द्धारा “खेल र व्यायाम" बिषयमा, प्रशिक्षक रिता प्रजापतिद्धारा “खेल व्यवस्थापन र पोषण" बिषयमा, प्रशिक्षक तथा संघका उपाध्यक्ष समाजसेवी हेमा मानन्धरद्धारा “आत्मविश्वास र मानवता" विषयमा अन्तर्राष्ट्रिय कराँते रेफ्री एवं प्रशिक्षक  सिहान अशोक कुमार श्रेष्ठद्धारा "कराँते टेक्निक एण्ड टेक्नोलोजी"  बिषयमा प्रस्तुति गर्नुभएको थियो । 

विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्धारा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाललाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने प्रमुख अतिथीद्धारा सेमिनारमा सहभागिहरु तथा सहयोगीहरुलाई प्रमाणपत्र तथा प्रशंसापत्र बितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा मिसःनेवा ११३९को बिजेता नितु डंगोलले बिशेष आतिथ्यता ग्रहण गर्नु भएको थियो भने अतिथीहरुमा संघका कानुनी सल्लाहकार तथा प्रशिक्षक ज्योति फुयाल तथा सल्लाहकार सोनी लामिछाने रहनुभएको थियो । 

उक्त सेमीनारको समापन समारोहमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालद्धारा सेमीनारमा सहभागी कोचहरुलाई अन्तरक्रिया गर्ने क्रममा कोचहरुद्धारा यस्तो सेमीनारहरुले खेलाडी तथा कोचहरुको मनोबल बढ्ने तथा फुलकन्ट्याक्ट कराँते जस्तो डरलाग्दो कराँतेको अभ्यास तथा प्रतियोगिताको क्रममा हुनसक्ने घाउ चोटपटक तथा घटनाहरुलाई कसरी तत्काल निराकरण गर्ने जस्ता विषयमा तालिम दिनुभएकोमा संघ तथा रा.खे.प.लाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

आईपीएल : हैदरावादले दिल्लीलाई १५ रनले हरायो

खेलकुद


काठमाडौं - सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।

राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २ विकेट लिए । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि २८ रन आवश्यक परेको थियो तर महत्वपूर्ण यो ओभरमा १२ रन मात्रै जोड्न सक्यो । दिल्लीको शुरुआत राम्रो थिएन । भुवनेश्वर कुमारले पहिलो ओभरमै ओपनर पृथ्वी शालाई आउट गरे । उनले केवल २ रन मात्र बनाउन सके ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान श्रेयस अय्यरले शिखर धवनका साथ दोस्रो विकेटका लागि ४० रन बटुले । रन बटुल्न संघर्ष गर्दागर्दै उनी आठौं ओभरमा आउट भए । उनलाई राशिद खानले पेभेलियनको बाटो देखाए । अय्यरले २१ बलमा दुई चौकाको मद्दतमा केबल १७ रन बनाए ।

१० ओभरमा दिल्लीले जम्मा ५४ रन बनाउन सकेको थियो । १२ औं ओभरमा राशिद खानले नै शिखर धवनलाई पनि पेभेलियन फर्काए । उनले ३१ बलमा चार चौकाको मद्दतमा ३४ रन बनाए । अप्ठ्यारोमा देखिएको दिल्लीको टिमलाई ऋषभ पन्तले सम्हाले । १३ औं ओभरमा उनले अभिषेक शर्माको बलमा दुई छक्का प्रहार गरे । शर्मालाई शिमरान हेटमायरले साथ दिएका थिए । उनले पनि १५ औं ओभरमा खलिल अहमदको बलमा लगातार दुई छक्का प्रहार गरे । यसका साथ दिल्लीले एक सय रन पूरा गर्यो ।

१५ औं ओभरमा दिल्लीको स्कोर ३ विकेटको क्षतिमा १०४ रन थियो । अन्तिम ५ ओभरमा जितकालागि ५९ रन आवश्यक थियो । १६ औं ओभरको पहिलो बलमा हेटमायरलाई भुवनेश्वर कुमारले आउट गरे । हेटमायरले १२ बलमा २१ रन जोडे ।

हेटमायर आउट भएपछि क्रिजमा आएका मार्कस स्टोइनिसले चौकाको साथमा रनको खाता खोले । १७ औं ओभरमा राशिद खानले ऋषभ पन्तलाई आउट गरे । पन्तले २७ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३२ रन बटुले । राशिद खानले यस ओभरमा केबल ५ रन बनाए । अब दिल्लीलाई अन्तिम तीन ओभरमा ४४ रन आवश्यक थियो । १८ औं ओभरमा बलर टी नटराजन थिए । ओभरको पहिलो पाँच बलमा केबल सात रन खर्चिएका नटराजनले अन्तिम बलमा स्टोइनिसलाई आउट गरे । स्टोइनिसले केबल ११ रन बनाउन सके ।

अन्तिम दुई ओभरमा दिल्लीलाई अब ३७ रन आवश्यक थियो तर नौ रन मात्र बटुल्न सक्यो । अब अन्तिम ओभरमा जितका लागि २८ रन आवश्यक पर्यो । खलिल अहमदले तेस्रो बलमा अक्षर पटेललाई आउट गरिदिए । पटेलले केबल ५ रन बनाउन सके । दिल्लीले यस ओभरमा केबल १२ रन थप्यो र स्कोर १४७ रनसम्म मात्र पुग्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा १६२ रनको योगफल तयार पारेको थियो । हैदरावादका कप्तान डेभिड वार्नर र जोनी बेयरस्टोले सुरुमा सम्हालिएर खेले । पहिलो पाँच ओभरमा केबल २४ रन बन्यो । बेयरस्टोले अमित मिश्राको बलमा छक्का प्रहार गरे । छैटौं ओभरमा एनरिज नोर्जेको बलमा एक छक्का र एक चौका प्रहार गरेर वार्नरले रन बटुल्ने संकेत गरे । यस ओभरमा हैदरावादको स्कोर ५० रन नाघ्यो ।

नवौं ओभरमा वार्नरले एक छक्का प्रहार गरे । तर यसै ओभरको तेस्रो बलमा वार्नर आउट भए । आउट हुनुअघि उनले ३३ बलमा ४५ रन जोडेका थिए । अमित मिश्राले फेरि मनिष पाण्डेलाई कागिसो रबाडाबाट क्याचआउट गराए । पाण्डेले ३ रन मात्र बनाउन सके । चौथो नम्बरमा ब्याटिङमा आएका विलियम्सनले १६ औं ओभरमा नोर्जेको बलमा लगातार दुई चौका प्रहार गरे । १७ औं ओभरमा उनले मार्कस स्टोइनिसको बलमा पनि लगातार दुई चौका हाने ।

१८ औं ओभरको पहिलो बलमा बेयरस्टोले दुई रन बटुलेर आफ्नो अर्धशतक पूरा गरे । पाँचौं बलमा भने रबाडाले उनलाई पेभेलियनको बाटो देखाइदिए । ४८ बल सामना गरेका बेयरस्टोले दुई चौका र एक छक्काको मद्दतमा ५३ रन बनाए । केन विलियम्सनले २० औं ओभरमा ४१ रन बनाएर रबाडाको शिकार बने । २६ बलमा उनले पाँच चौका हाने । अब्दुल समद ७ बलमा १२ रन बनाएर नटआउट रहे । दिल्लीका सबैभन्दा कम रन दिने बलर रबाडा रहे । उनले चार ओभरमा केबल २१ रन खर्चिएर दुई विकेट पनि लिए । अमित मिश्राले पनि चार ओभरमा ३५ रन खर्चिएर दुई विकेट लिए ।

म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भालाई कोरोना

खेलकुद


काठमाडौँ — भाद्र १६, २०७७। 

म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ला लिगा क्लब रियल सोसिडाडले सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको छ ।

कोरोना देखिएपछि सिल्भा सेल्फ आईसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ ।

स्पेनिस मिडफिल्डर सिल्भाले दुई साताअघि सोसिडाडसँग २ वर्षको सम्झौता गरेका थिए ।

३४ वर्षीय सिल्भा सिटीमा १० वर्ष बिताएर स्पेन फर्किएका हुन् । सिल्भा सन् २०१० मा भ्यालेन्सियाबाट सिटी गएका थिए ।

उनले सिटीबाट ४ सय ३६ खेल खेल्दै १४ उपाधि जितेका थिए । उनले प्रिमियर लिगमा ३ सय ९ खेल खेल्दै ६० गोल गरेका थिए ।

र, सिटीलाई सन् २०१३, १८, १८ र १९ मा प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सिल्भाले दुई एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड जितेका थिए । सिल्भा स्पेनले सन् २०१० मा विश्वकप जित्दा टोलीका सदस्य थिए ।

उनले स्पेनबाट युरो २००८ र २०१२ को उपाधि समेत जितेका छन् ।

(एजेन्सी)

यूएस ओपन : जोकोभिच सजिलै दोस्रो चरणमा

खेलकुद


न्युयोर्क — भाद्र १६, २०७७। 

विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले मंगलबार सजिलै यूएस ओपनको दोस्रो चरणको यात्रा तय गरेका छन् । कीर्तिमानी १८ औं ग्रान्ड स्लाम उपाधिको खोजीमा रहेका जोकोभिचले पहिलो चरणमा डामिर जुमहुरलाई सजिलै ६–१, ६–४ र ६–१ ले हराए ।

प्रमुख प्रतिद्वन्द्वीहरु राफेल नाडाल र रोजर फेडेररको अनुपस्थितिमा जोकोभिच उपाधिको बलियो प्रत्याशी रहेका छन् । जितपछि प्रतिक्रिया दिँदै जोकोभिचले भने, ‘स्कोरले जेजस्तो बताए पनि आजको खेल सजिलो रहेन् ।’ फाइनलसम्मको यात्रामा उनलाई बलियो चुनौती पेस गर्ने सक्ने एलेक्जान्डर जेभरेभ र स्टेफानोस सिटसिपास पनि पहिलो चरणमा विजयी रहे ।

प्रतियोगिताको पहिलो दिन महिलातर्फ पूर्व नम्बर १ खेलाडी क्यारोलाइन प्लिस्कोभा विजयी रहिन् । उनले एनहेलिना कलिनिनालाई ६–४ र ६–० ले हराइन् । कोरोना भाइरस संक्रमको महामारीबीच सुरु भएको यूएस ओपन यो खेलको पहिलो ठूलो प्रतियोगिता हो ।

(एजेन्सी/कान्तिपुर दैनिक)

पाकिस्तानविरुद्ध दोस्रो ट्वान्टी-२० मा इंग्ल्यान्डको रोमाञ्‍चक जित

खेलकुद


म्यानचेस्टर — भाद्र १५, २०७७ । 

इंग्ल्यान्डले विशाल लक्ष्य सफलतापूर्वक पछयाउँदै पाकिस्तानमाथि दोस्रो ट्वान्टी-२० मा ५ विकेटको रोमाञ्चक जित निकालेको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

त्यसमा मोहम्मद हाफेजले ३६ बलमा ६९ रन बनाए । जवाफमा इंग्ल्यान्डले १९.१ ओभर मात्र उपयोग गर्दै ५ विकेटमा १ सय ९९ रन बनाएको थियो ।

कप्तान इयोन मोर्गनले ३३ बलमा ६६ रन बनाए भने डाविन मलान ३६ बलमा ५४ रन बनाएर नटआउट रहे ।

रैना फर्किए, चेन्नई संकटमा

खेलकुद


दुबई — भाद्र १४, २०७७।

चेन्नई सुपर किंग्सका सुरेश रैनाले ‘व्यक्तिगत कारण’ देखाई यस सिजनको इन्डियन प्रिमियर लिग खेल्न नसक्ने भएका छन् । यसको घोषणा शनिबार भएको हो । उनी यूएईबाट भारत फर्किइसकेका छन् ।

‘सुरेश रैना व्यक्तिगत कारण भारत फर्किएका छन् र उनले बाँकी रहेको आईपीएल खेल्ने छैनन् । यस घडीमा चेन्नई सुपर किंग्स सुरेश र उसको परिवारलाई सहयोग गर्न आह्वान गर्दछ,’ प्रमुख कार्यकारी काशी विश्वनाथनले सुपर किंग्सको ट्विटर ह्यान्डलमा भनेका छन् ।

रैना भारत फर्किनु चेन्नईका लागि अर्को दुर्भाग्य निम्तिसकेको थियो । शुक्रबार मात्र चेन्नईका १० सदस्यमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । क्रिकइन्फोका अनुसार त्यसमा एक भारतीय खेलाडी थिए । संक्रमणमा टोलीका सपोर्ट स्टाफ सदस्य र नेट बलरको संख्या बढी छ । अब चेन्नईको प्रशिक्षण दुबईमा सेप्टेम्बर १ मा सुरु हुनेछ ।

निर्धारित तालिकाअनुसार चेन्नईको प्रशिक्षण शुक्रबार सुरु हुँदै थियो । भारतमा कोरोनाको महामारी नरोकिएपछि आईपीएल क्रिकेटलाई यूएईमा खेलाउने निर्णय गरिएको थियो । सेप्टेम्बर १९ देखि सुरु हुने आईपीएलको नयाँ सिजनको खेलतालिका अझै प्रकाशित भएको छैन ।

रैना आईपीएलको सफल ब्याट्सम्यान हुन् । उनले चेन्नईबाट सबै संस्करण खेलेका छन् । २००८ यता खेलेको सबै आईपीएलमा गरी रैनाले १ सय ६५ खेल खेलेका छन् । सन् २०१८ मा किंग्स इलेभेन पन्जाबसँगको एक खेलमात्र गुमाएका छन् । त्यसअघि उनले लगातार १ सय ५८ लगातार आईपीएल खेल खेलेका थिए । उनी आईपीएलमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ५ हजार ३ सय ६८ रन बनाएका छन् र उनीभन्दा अगाडि सर्वाधिक रन बनाउनेमा विराट कोहलीको ५ हजार ४ सय १२ रनमात्र छ । उनले २०१६ र २०१७ मा गुजरात लायन्सबाट खेलेका थिए, जतिखेर चेन्नईलाई २०१३ मा स्पट फिक्सिङका कारण दुई वर्ष खेल्न प्रतिबन्ध लगाइएको थियो । रैनाले यसै महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले संन्यास लिएलगत्तै रैनाले आफ्नो निर्णय पनि सुनाएका थिए ।

शनिबार पुनः चेन्नईका एक खेलाडीमाथि कोरोना संक्रमण पुष्टि भएको छ । ती संक्रमण खेलाडीको पहिचान खुलाइएको छैन, तर उनले भारतबाट अझै नखेलिसकेको जनाइएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अगस्ट २० देखि २८ सम्म यूएईमा सबै सहभागी हुने गरी १ हजार ९ सय ८८ जनाको आरटी–पीसीआर गरेको जनाएको छ । त्यसमा १३ जनालाई सक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ खेलाडी रहेको जनाइएको छ ।

संक्रमित नजिक रहेका सबैलाई आइसोलेसनमा राखिएको र उनीहरूलाई आईपीएलको स्वास्थ्य टोलीले निगरानी गरिरहेको बीसीसीआईले जनाएको छ । विज्ञप्तिमा ती १३ जना कुन टिमसँग सम्बन्धित छ भनेर खुलाइएको छैन । तर तिनी सबै सुपर किंग्ससँग आबद्ध भएको जनाइएको छ । त्यसमध्ये एक संक्रमित वरिष्ठ फ्रेन्चाइज अधिकारीकी पत्नी रहेको जनाइएको छ । आईपीएल नियमअनुसार जसलाई कोरोना संक्रमण पुष्टि भएको छ उनीहरूले कम्तीमा दुई साता क्वारेन्टाइनमा बस्नुपर्नेछ । टिमका अन्य सदस्यसँग जोडिनुअघि थप दुई परीक्षण गर्नुपर्नेछ । यूएईमा भएको परीक्षणपछि चेन्नईको १० सदस्यीय टोलीमा कोरोना संक्रमण देखिएको हो । कोभिड–१९ को प्रोटोकलअनुसार यूएईमा तीन पटक परीक्षण अनिवार्य छ ।

यूएईमा पुगेपछि एयरपोर्टमा पहिलो परीक्षण, त्यसपछि ६ दिने आइसोलेसनको पहिलो, तेस्रो र छैटौं दिन परीक्षण गर्नुपर्ने प्रावधान छ । यी सबै परीक्षण पार गरेपछि मात्र प्रशिक्षण सुरु गर्न पाइन्छ । यो नतिजाले आईपीएललाई सचेत गराएको छ । विगतको परम्पराअनुसार साबिक उपविजेता चेन्नईले च्याम्पियन मुम्बई इन्डियन्ससँग पहिलो खेलमा प्रतिस्पर्धा गर्नु पर्नेछ । चेन्नईमा ६ दिने कन्डिसनिङ क्याम्पपछि सुपर किंग्सको भारतीय प्रतिनिधिसम्मिलित टोली अगस्ट २१ मा यूएई पुगेको थियो । यो समूहमा कप्तान महेन्द्रसिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, दीपक चहार, पीयूष चावलालगायत वरिष्ठ खेलाडी थिए ।

(कान्तिपुर दैनिक)

आर्सनलले टाइब्रेकरमा जित्यो कम्युनिटी सिल्ड

खेलकुद


लन्डन — भाद्र १४, २०७७। 

एफएकप विजेता आर्सनलले शनिबार लिभरपुललाई टाइब्रेकरमा ५–४ ले हराएर कम्युनिटी सिल्ड जितेको छ । आर्सनल कप्तान पिएरे एमरिक अबामेयाङले पेनाल्टीमा निर्णायक गोल गरे ।

लिभरपुलका तर्फबाट रियान ब्रेवास्टर गोल गर्न चुके । आर्सनलका तर्फबाट रेस नेल्सन, एन्सली मेटल्यान्ड, सेडरिक सोरेस र डेविड लुइजले पनि पेनाल्टीमा गोल गरे । यस्तै लिभरपलका लागि मोहम्मद सलाह, फाबिनो, ताकुमी मिनामिनो र कर्टिस जोन्सले गोल गरे ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेको थियो । आर्सनलले अबामेयाङको गोलले अग्रता लिएको थियो । उनले १२ औं मिनेटमा गरेको गोल उत्कृष्ट रह्यो ।

लिभरपुलका लागि जापानी खेलाडी मिनामिनोले ७३ औं मिनेटमा बराबरी गोल गरे । यो लिरभपुलका लागि उनको पहिलो गोल हो । सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेर उनले गोल गरेका हुन् ।

कम्युनिटी सिल्ड प्रिमियर लिग च्याम्पियन र एफएकप विजेताबीच हुने गर्छ् । यो खेलसँगै परम्परागत रूपमा इंग्लिस फुटबलको नयाँ सिजन सुरु हुन्छ ।

(कान्तिपुर दैनिक)

आईपीएलको टुंगो छैन

खेलकुद


नयाँदिल्ली — भाद्र १२, २०७७। 

इन्डियन प्रिमियर लिग २०२० सुरु हुन तीन सातामात्र बाँकी छँदा प्रतियोगिताको खेल तालिका अहिलेसम्म जारी भएको छैन । प्रतियोगिता यूएईमा हुँदै छ ।

यूएईमा कोभिड–१९ का कारण लगाइएको भ्रमण प्रतिबन्धको कार्यविधिका लागि कारण प्रतियोगिताका ६० खेलको तालिका जारी हुन नसकेको बताइएको छ ।

प्रतियोगितामा सहभागी हुने फ्रेन्चाइज टिमलाई अगस्ट २० भित्र खेल तालिका प्रदान गरिने भनिएको थियो । यूएईमा पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्या बढेको छ । यसले गर्दा यूएई प्रवेश गर्नेलाई कडाइ गरिएको छ । यसै कारण विदेशी खेलाडीलाई अबुधाबी जान अझ बढी समय लाग्ने भएको छ ।

प्रतियोगिता आयोजकले यूएईका सरकारी अधिकारीहरूसँग नयाँ घटनाक्रमबारे छलफल पनि गरिरहेका छन् । असहज स्थिति हटाउन यूएईको क्रिकेट बोर्डले पहल गरिररहेको भनिएको छ । यसअघि तय कार्यक्रमअनुसार यसपल्टको प्रतियोगिताका खेल अबुधाबीसँगै दुबई र शारजहाँमा हुनेछन् ।

(कान्तिपुर दैनिक)
 

कोउटिन्हो भित्रिँदै, स्वारेज बाहिरिँदै

खेलकुद


ठूलो महत्वाकांक्षा बोकेर लिभरपुलका दुई खेलाडी बार्सिलोना गएका थिए, लुइस स्वारेज र फिलिप कोउटिन्हो ।स्वारेजले बार्सिलोनामा राम्रै समय बिताए तर कोउटिन्होको भाग्यमा यस्तो लेखिएको थिएन । तर बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिग जितेयता धेरैथोक फेरिएको छ । त्यो पनि नाटकीय ढंगले ।

बार्सिलोना — भाद्र ११, २०७७।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान आएयता धेरै परिवर्तन हुने छाँटकाँट छ । एकपछि अर्को नाटकीय घटना पनि भइरहेका छन् । यसैक्रममा फिलिप कोउटिन्हो फेरि क्याटलन क्लबमा फर्कने सम्भावना बढेको छ ।

कोम्यानको योजनामा कोउटिन्हो पनि छन् । उनले खुलेर नै भनिसकेका छन्, उनका लागि यी ब्राजिली खेलाडी महत्त्वपूर्ण छन् । अझ भनौं, अर्को सिजनका लागि योजना बनाउन व्यस्त रहेका डच प्रशिक्षकले कोरेको ‘रोडम्याप’ मा कोउटिन्होको नाम पनि छ ।

अहिले कोउटिन्हो बिदा मनाउने क्रममा ब्राजिल पुगिसकेका छन् । तर प्रशिक्षक कोम्यानले आफूमा चासो देखाएपछि उनी बिदा छोट्याएर भए पनि बार्सिलोना फर्कने क्रममा छन् । कोउटिन्हाले हालै सकिएको सिजन पनि बार्यन म्युनिकमा बिताए । बार्सिलोनाले ऋणमा उनलाई बायर्न पठाएको थियो । तर उनी बायर्नका लागि यसपल्ट युरोपेली च्याम्पियन्स लिग जितेका छन् । त्यसमाथि बायर्नले बार्सिलोनालाई हराउँदा कोउटिन्होले आफ्नै माउ क्लबविरुद्ध दुई गोल गरेका थिए ।

अहिलेसम्म कोउटिन्होको भविष्य के हुने हो ठ्याक्कै भन्न सकिने स्थितिको छैन । केही इंग्लिस प्रिमियर लिग क्लबले पनि उनमा रूचि देखाएका छन्, विशेषगरी आर्सनलले ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पनि प्रस्ट गरिरहेका छन्, कोम्यानले चाहन्छन् भने कोउटिन्होलाई राख्ने हो, नत्र बेच्ने हो । तर बार्सिलोनामा बलियो सूत्र रहेको स्पेनी मिडियालाई मान्ने हो भने कोम्यानले कोउटिन्होसँग फोनमा लामै कुरा गरिसकेका छन् ।

ती मिडियाका अनुसार कोम्यानले सुरुमा च्याम्पियन्स लिग जितका लागि कोउटिन्होलाई बधाई दिए, पछि आफ्नो योजना सुनाए । भनिन्छ, कोम्यान कोउटिन्होको खेलका प्रशंसक हुन् । प्रिमियर लिगमा साउथह्याम्पटन र एभरटनको जिम्मेवारीमा छँदा कोम्यानले कोउटिन्होको खेल नजिकबाट हेर्ने अवसर पाएका थिए । त्यतिबेला कोउटिन्हो गज्जब लयमा थिए र उनी लिभरपुलको रणनीतिका मुख्य खेलाडी थिए । उनकै वरिपरि लिभरपुलको खेल हुन्थ्यो ।

कोम्यानले ‘एट्याकिङ मिडफिल्ड’ को रूपमा देखा पर्ने कोउटिन्होलाई आफ्नो योजनाबारे विस्तारमा बताएका छन् । त्यसअनुसार अर्को सिजन खेल्ने बार्सिलोना टिम बेग्लै हुनेछ, एक प्रकारले भन्दा लगभग नयाँ नै । अझ कोम्यानले उनलाई लोभ पनि देखाएका छन्, अर्को सिजन पनि कोउटिन्होले च्याम्पियन्स लिग जित्न सक्नेछ, तर फरक क्लबका लागि । त्यसो भनेको बार्सिलोनाका लागि । कोउटिन्हो आफैं पनि बार्सिलोना फर्केर फेरि एकपल्ट आफूलाई प्रमाणित गर्न चाहन्छन् ।

उनी पहिलो प्रयासमा सफल भने रहेका थिएनन् । दोस्रो मौका पाएमा उनी आफूले सक्दो खेल्न चाहन्छन् । बार्सिलोनाका लागि यस सिजन खेलका अधिकांश प्रमुख खेलाडी अब टिममा नहुने हुँदा पनि कोउटिन्होले टिममा महत्त्वपूर्ण स्थान पाउन सक्छ । बार्सिलोना र कोम्यानमाथि पनि चर्को दबाब छ, अर्को सिजन राम्रो खेल्ने र उपाधि जित्ने । त्यसैले पनि क्याम्प नोउका खेल पदाधिकारीहरू ठूलो परिवर्तन गर्ने क्रममा छन् । यसै कारण कोउटिन्होका दिन फर्कन सक्छ ।

यिनै सबै योजनाअनुसार कोउटिन्होको ठीक उल्टो परिवर्तित स्थितिमा हुने निश्चित देखिएका छन्, उरुग्वेली खेलाडी लुइस स्वारेज । बायर्नको हातबाट बेहोरेको हारको सबैभन्दा महँगो मूल्य चुकाउनुपर्नेमा पर्न सक्छन् उनी । कोम्यानले भनिसकेका छन्, आफ्नो योजनामा स्वारेज भने छैनन् । त्यसैले ३३ वर्षीय फरवार्डले अन्यत्र उपाय लगाए हुन्छ । सन् २०१९–२० को सिजनमा उनले बार्सिलोनाका लागि ३६ खेल खेले र २१ गोल गरे । एक प्रकारले औसत रह्यो उनका लागि यो वर्ष ।

बार्सिलोना र स्वारेजबीचको अनुबन्ध अझै एक वर्ष बाँकी छ । कोम्यान उनीसँगको अनुबन्ध तोड्ने मनसायमा छन् । तिनै स्पेनी मिडियाका अनुसार कोम्यानले स्वारेजसँग पनि फोनमा कुरा गरिसकेका छन् । तर यो खाली एक मिनेटको मात्र रह्यो । यही छोटो कुराकानीमा त हो, कोम्यानले स्वारेजलाई आफ्नो अबको टिममा नपरेको जानकारी दिएको । जम्माजम्मी केही सेकेन्डको कुरामा बार्सिलोनामा आफ्नो खेलजीवन सकिन लागेको स्वारेज आक्रोशित छन् ।

उनी चाहन्छन्, क्लब अध्यक्ष नै अगाडि आएर उनीसँग कुरा गरोस् । अब त उनी लियोनल मेसीको समर्थनमा पनि उत्रिएका छन् र भनिरहेका छन्, मेसीलाई क्लबमा कायम राख्न बार्सिलोनाले जे जस्तो सकिन्छ, त्यो गर्नुपर्छ । फेरि यो भनेको उनकै स्थिति राम्रो हुने हो । जेहोस्, नयाँ परिस्थितिमा स्वारेजले आफूलाई सहज पाइरहेका छैनन् र बार्सिलोनाले अनुबन्ध तोडेमा त्यसको कानुनी उपचार के हुनसक्छ भनेर उनले आफ्नो वकिललाई बुझ्न लगाइसकेका छन् ।

(एजेन्सी/कान्तिपुर दैनिक)