sports
||Power News Asia||

आजको समाचार

इटालियन सिरि ए : उपाधि विजेता युभेन्टसको लज्जास्पद हार

खेलकुद


एजेन्सी–इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लिएरीसँग २–० गोल अन्तर्गतले पराजित भएको छ । 

बुधबार राति काग्लिएरीको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–० ले पराजित भएको हो । काग्लिएरीको जीतमा लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गरे ।

खेलको ८औं मिनेटमा लुका गाग्लिएनोको गोलबाट अग्रता बनाएको काग्लिएरीका लागि दोस्रो गोल पहिलो हाफको इन्ज्युरी समयमा जियोभानीले गरे ।

बढैयातालमा प्रदेशस्तरीय क्रिकेट मैदान बन्ने

खेलकुद


काठमाडौँ, २६ जेठ । बढैयाताल गाउँपालिका २ सीतापुरमा प्रदेशस्तरीय क्रिकेट मैदानको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र अमरज्योति माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी दुर्गादत्त शास्त्रीले आइतबार मैदान शिलान्यास गरेका छन् । बर्दिया जिल्ला क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको पहलमा बढैयाताल २ विद्यालयको खेल मैदानमा पहिलो चरणमा रु ४६ लाखमा प्रदेशस्तरीय क्रिकेट मैदान निर्माण हुन लागेको समाजसेवी शास्त्रीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले क्रिकेट खेलप्रति स्थानीय युवामा देखिएको रुचि र देशले अन्तरराष्ट्रय तहमा नेपाली क्रिकेट खेलले पाएको सफलतालाई ध्यानमा क्रिकेट मैदान निमार्ण गर्न लागिएको जानकारी दिएका छन् ।खेल मैदान निमार्णका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनानुसार रु १८ करोड आवश्यक पर्ने भए पनि क्रमागत रुपमा बजेटको व्यवस्था गर्दै निर्माणको काम अघि बढाइने जनाइएको छ । (रासस)

मेस्सी प्रशिक्षणको लागि नाउ क्याम्पमा

खेलकुद


स्पेन, २४ जेठ । स्पेनिश जायन्ट बार्सिलोनाका कप्तान लियोनल मेस्सी प्रशिक्षणको लागि क्लबको मैदान नाउ कम्याम्पमा देखिएका छन् । कोरोनाको कारण युरोपियन फुटबल प्रतियोगिताहरु अहिले स्थगित् भएका छन् । ला लिगा भने यही जुन ११ तारिखबाट सुरु हुँदैछ ।

यो सत्रमा मेसी र स्वारेजको सहकार्यमा सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि कूल ३८ गोल भएका छन् । बार्सिलोनाले रियल मेड्रिडलाई दुई अङ्कले नेतृत्व गर्दै तालिकामा अग्रता हाँसिल गरेको छ भने अझै ११ खेल हुन बाँकी छन् । एजेन्सी

रोबर्ट चम्किँदा फोर्चुनाको पोष्टमा बार्यनको गोल वर्षा

खेलकुद


एजेन्सी । बायर्न म्युनिखले फोर्चुना डुसेलडोर्फलाई हराएको छ । गएराती सम्पन्न खेलमा रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बायर्नले फोर्चुना डुसेलडोर्फलाई खाता नै खोल्न नदिई लगातार गोलवर्षा गरेको हो ।

माथियास जोर्गेन्सनको आत्मघाती गोलबाट अग्रता बनाएको बायर्नका लागि बेन्जामिन पाभार्ड र लेवान्डोस्कीले एक–एक गोल गरेको खेलमा बायर्न म्युनिख सुरुदेखि अन्तिम समयसम्म हावी भएको थियो ।

२९ खेलबाट बायर्नको ६७ अंक रहेको छ । एक खेल कम खेलेको बोरुसिया डर्टमण्डको ५७ अंक रहेको छ । गएरातीको जित सँगै बार्यन लगातार आठौँ उपाधि नजिक पुगेके छ ।

प्रिमियर लिग जुन तेस्रो सातादेखि, पहिलो दिन म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा

खेलकुद


इंग्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुचारू हुने भएको छ।

कोरोना भाइरसपछि फर्कन लागेको लिगको पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ। 

यद्यपी यो निर्णय ब्रिटेन सरकारले अनुमोदन गर्न बाँकी छ। पूरा राउन्डको खेलहरु १९ देखि २१ जुन विकेन्डमा हुनेछ। 

लिगमा अझै ९२ खेल खेल्न बाँकी छ। लिगका खेलहरु खाली रंगशालामा हुनेछन्। खेलहरू स्काइ स्पोर्ट्स, बिटी स्पोर्ट्स, बिबिसी स्पोर्ट्स र अमाजन प्राइमबाट लाइभ हुनेछन्। 

लिगका लागि सुरक्षा निर्देशिका जारी गर्न बाँकी छ। कोरोना भाइरसबाट जोगिनका लागि खेलहरु विभिन्न सुरक्षाका उपायहरु अपनाइनेछ।

ईपीएल पूरा गर्ने प्रतिबद्धता

खेलकुद


लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) का सबै क्लबले सन् २०१९/२०२० को सिजन पूरा गर्ने प्रतिबद्धता पोखेका छन् । कोरोना भाइरस संक्रमणकाे महामारीका कारण प्रतिकूल स्थितिमा पनि यो प्रतिबद्धता अगाडि आएको हो । 

लिग पूरा हुन नसकेपछि इंग्ल्यान्डको माथिल्लो डिभिजनका क्लबले कम्तीमा एक अर्ब २५ करोड डलर गुमाउने छन् । लिगमा बाँकी ९२ खेल बन्द रंगशालामा खेलाउने हो भने क्लबले त्यति ठूलो घाटा बेहोर्नु पर्ने छैन् ।

खेलको टेलिभिजनको प्रतक्ष्य प्रसारण टेलिजिभन नभएमा क्लबले यो समस्या हुने हो । लिगले भनेको छ, ‘सरकारी निर्देशन अनुसार पहिलो चरणमा खेलाडी अभ्यासमा फर्कने छन् ।’

'खेलाडीहरू मैदान फर्कन डराइरहेका छन्'

खेलकुद


कोरोनाभाइरसको कारण धेरै खेलाडी मैदान फर्कन डराइरहेको इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले बताएका छन्।अर्जेन्टाइन स्ट्राइकर अग्युरोले इंग्लिस प्रिमियर लिगका टिमले प्रशिक्षण सुचारु गर्ने तयारी गरेको अवस्थामा खेलाडीहरू मैदान फर्कन डराइरहेको बताएका हुन्।कोरोनाका कारण स्थगित प्रिमियर लिग जुन ८ बाट सुचारू गर्ने तयारी गरिएको छ। त्यसअघि मे १८ देखि अभ्यास गर्न सुरु गरिनेछ। त्यसका लागि इंग्लिस प्रिमियर लिगका क्लबहरुबीच शुक्रबार छलफल हुँदैछ। 'अधिकांस खेलाडीहरु डराइरहेका छन्। किनभने उनीहरुका सन्तान र परिवार पनि सँगै छन्,' ३१ वर्षीय अग्युरोले एकअर्जेन्टाइन एक टेलिभिजनसँग कुरा गर्दै भने। 'कसैलाई कोरोनाको लक्षण देखिदैन। तर पनि उनीहरुलाई संक्रमण भइरहेको हुन्छ। त्यसैले परिवारलाई सर्छ कि भन्ने डरका कारण डराउनु अवस्था छ।' प्रिमियर लिग गत १३ मार्चदेखि स्थगित भएको अवस्था छ। लिगमा अझै ९२ खेल खेल्न बाँकी छ।

फुटबल लामो समय प्रभावित हुन सक्ने

खेलकुद


नियोन — कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डर दुईदेखि तीन वर्ष प्रभावित हुन सक्ने युरोपेली फुटबल महासंघ (यूईएफए) का सदस्य लार्स क्रिस्टर ओल्सनले बताएका छन् ।

युरोपिन लिगका पनि अध्यक्ष रहेका उनले कोरोना महामारीको हिसाबकिताब आउन बाँकी रहेकाले २०२२ मा हुने भनिएको कतार विश्वकपसहित प्रतियोगिता ‘पर्ख र हेर’ को स्थितिमा रहेको जनाए ।

यूईएफएले च्याम्पियन्स लिग र युरोपा लिग अगस्टसम्म सम्पन्न भइसक्ने आशा लिएको छ । यो सम्भव छ कि छैन भनेर यूईएफएले मे अन्त्यमा निर्णय लिनेछ । युरो २०२० को छनोट चरण र नेसन्स लिगका खेल यसअघि नै अर्को वर्षलाई सारिएको छ । ओल्सनले आफूले नयाँ सिजन सुरु हुनुअगाडि वर्तमान सिजनको खाका हेर्न चाहेको जनाए ।

‘अहिलेको स्थितिमा अन्तर्राष्ट्रिय फुटबल सम्भवतः दुई-तीन वर्ष अझै प्रभावित हुन सक्छ ।’ यसअघि उनले बीबीसी रेडियोमा घरेलु लिगमा कोरोना महामारी र सम्बन्धित सरकारको निर्णयका कारण फरक स्थितिको सामना गर्नुपरेकाले निर्णय आउन समय लागिरहेको जनाएका थिए । 

फ्रान्सको शीर्ष दुई डिभिजन लिग वान र लिग टू यस सिजनमा नहुने भइसकेको छ । फ्रान्स सरकारले सेप्टेम्बरसम्म कुनै खेल गतिविधि गर्न नपाउने बताएपछि लिग वान र टू को सिजन समाप्त गर्नुपरेको थियो ।

सरकारको निर्णयअनुसार दर्शकबिना पनि खेल आयोजना गर्न नपाउने नियम थियो । डच लिगको शीर्ष डिभिजन पनि यसअघि नै कुनै च्याम्पियन तथा कुनै बढुवा र घटुवा लिग नराखी स्थगित भइसकेको छ ।

पेरिस सेन्ट जर्मेन र अयाक्सजस्ता क्लबले महिनौं खेल्न नपाउँदा यसले कस्तो असर पार्छ र युईएफएले यसमा कसरी सन्तोषजनक निर्णय गर्न सक्छ भन्नेमा उनले भने, ‘अहिले यो भन्न निकै गाह्रो छ । तर यो असाधारण स्थिति हो, यसमा हामी सचेत छौं । त्यसमा कुनै ठोस समाधन पनि छैन ।’

फ्रान्सको शीर्ष दुई डिभिजन लिग वान र लिग टू यस सिजनमा नहुने भइसकेको छ । फ्रान्स सरकारले सेप्टेम्बरसम्म कुनै खेल गतिविधि गर्न नपाउने बताएपछि लिग वान र टू को सिजन समाप्त गर्नुपरेको थियो ।

सरकारको निर्णयअनुसार दर्शकबिना पनि खेल आयोजना गर्न नपाउने नियम थियो । डच लिगको शीर्ष डिभिजन पनि यसअघि नै कुनै च्याम्पियन तथा कुनै बढुवा र घटुवा लिग नराखी स्थगित भइसकेको छ ।

पेरिस सेन्ट जर्मेन र अयाक्सजस्ता क्लबले महिनौं खेल्न नपाउँदा यसले कस्तो असर पार्छ र युईएफएले यसमा कसरी सन्तोषजनक निर्णय गर्न सक्छ भन्नेमा उनले भने, ‘अहिले यो भन्न निकै गाह्रो छ । तर यो असाधारण स्थिति हो, यसमा हामी सचेत छौं । त्यसमा कुनै ठोस समाधन पनि छैन ।’विश्वकपमा आउन दुई वर्ष बाँकी नरहेकाले यो पनि प्रभावित हुनसक्छ भन्नेमा ओल्सनले भने, ‘भाइरस अझ गम्भीर भएर विकसित भएमा अन्तर्राष्ट्रिय फुटबलमा यसले निश्चित रूपमा समस्या थप्नेछ । केही प्रतियोगिता एक वर्षबाट अर्को वर्षलाई सरेको छ । त्यसै पनि युरोपेली लिगको मध्यसिजनमा कतार विश्वकप हुन गइरहेको छ । घरेलु लिगमा पनि खेलिरहेको समयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नुपर्ने हुन्छ । यसले कतिको असर पर्छ त्यो पनि पर्ख र हेरकै स्थितिमा छ ।’

पीएसजी बन्यो फ्रेन्च लिग वान च्याम्पियन

खेलकुद


काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण स्थगित रहेको फ्रेन्च लिग वानको यस सिजन बाँकी खेल नहुने भएपछि शीर्ष स्थानको पिएसजीलाई च्याम्पियन घोषणा गरिएको हो । केही दिनअघि फ्रान्स सरकारले लिग वान यस सिजन गर्न नसकिने जनाएको थियो । मार्च १३ मा लिग स्थगित हुनुअघि पिएसजी दोस्रो स्थानको मार्सेलाई १२ अंकले पछि पार्दै शीर्ष स्थानमा थियो ।लिग वानबाट अन्तिम दुईमा रहेका अमिन्स र टुलुज लिग टु मा घटुवा भएको छ ।यस्तै लिग टु मा शीर्ष स्थानमा रहेको लोरिएन्स च्याम्पियन बनेको छ । लोरिएन्टसंगै लेन्स लिग टु बाट लिग वानमा बढुवा भएका छन् ।फ्रेन्च लिग (एलएफपीका) चिफ एक्जुकेटिभ डिडियर क्विलोटले यस बारेमा केही अपिल हुनसक्ने तर निर्णय ठीक भएको बताएका छन् । अर्को सिजन युरोपियन लिगमा खेल्ने टिमको बारेमा भने निर्णय भएको छैन ।

वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न मन्त्रालयको निर्देशन

खेलकुद


टौँडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयलाई कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । सामाजिक विकास मन्त्रालयले आज प्रदेशका सबै स्थानीय तह र विद्यालयहरूको नाममा सूचना जारी गर्दै रोकिएको नतिजा तत्काल प्रकाशन गर्न निर्देशन दिएको हो ।

नतिजा प्रकाशनपछि बन्दाबन्दीको समयमा सामाजिक दूरी कायम गरी भर्नाको व्यवस्था गर्न पनि भनिएको छ । नतिजा प्रकाशनपश्चात् उपयुक्त वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्थाका लागि स्थानीय तहसँग समन्वय गर्न पनि विद्यालयलाई आग्रह गरिएको छ । नतिजा प्रकाशनपश्चात् विद्यालयले विद्यार्थीलाई पनि यथासम्भव पाठ्यपुस्तक वितरण गर्न र उपलब्ध गराउन मन्त्रालयले सहयोग गर्ने उल्लेख गरिएको छ ।

बन्दाबन्दीको समयमा विद्यार्थीलाई सूचना प्रविधिका माध्यमबाट घरमै पढ्ने व्यवस्था मिलाउन पनि सूचनामा भनिएको छ । प्रदेश सरकारले वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न भने पनि कतिपय विद्यालयमा वार्षिक परीक्षा पूरा हुन सकेको छैन । यस्तो अवस्थामा यसअघि प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षाका आधारमा विद्यार्थीको मूल्याङ्कन गरी नतिजा प्रकाशन गर्न सकिने सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका शिक्षा महाशाखाका प्रमुख दीपेन्द्र सुवेदीले जानकारी दिएका छन् ।