sports
||Power News Asia||

आजको समाचार

पीएसजी च्याम्पियन घोषित

खेलकुद


पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई बिहीबार फ्रान्सेली लिग वानको विजेता घोषणा गरिएको छ । यसअघि फ्रान्सेली लिगको माथिल्लो दुई डिभिजन लिग वान र लिग टु पूरा नहुने घोषणा गरिएको थियो । 

डेली मेलले फ्रान्सेली मिडियालाई उदृत गर्दै पीएसजीलाई सन् २०१९–२०२० को लिग च्याम्पियन भएको घोषणा गरिएको जनाएको छ । लिग वानबाट कुन-कुन टिम रेलिगेसनमा पर्ने हो, त्यसबारे भने निर्णय भएको छैन ।

लिग वानको अन्तिम तीन स्थानमा नेमिस, आमिनेस र टुलुज छन् । युरोपेली फुटबल महासंघ (यूएईएफए) सँग थप छलफल पनि यसबारे निर्णय हुनेछ । पीएसजी भने २७ खेलबाट ६८ अंकसहित शीर्ष स्थानमा छ । मार्से ५६ अंकमा दोस्रो स्थानमा छ । 

फेरि सारिए ओलम्पिक नहुने

खेलकुद


टोकियो — अर्को वर्षसम्म कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी नियन्त्रणमा नआए टोकियो ओलम्पिक २०२० स्थगित हुने आयोजक कमिटीका प्रमुखले बुधबार बताएका छन् । उनले प्रतियोगिताको मिति फेरि नसारिने पनि जनाएका छन् । चिकित्सकीय विशेषज्ञहरूले संक्रमणमाथि नियन्त्रणका लागि अझै समय लाग्ने हुनाले नयाँ घोषित मितिमा प्रतियोगिता हुनेमा शंका व्यक्त गरेपछि जापानी मिडियामा दिएको अन्तर्वार्तामा ती प्रमुखले यस्तो चेतावनी दिएका हुन् । कोरोनाकै कारण टोकियो ओलम्पिक एक वर्ष पछाडि सरेर सन् २०२१ को जुलाई २३ बाट सुरु हुने मिति तय गरिएको छ । तर प्रतियोगिता आयोजक कमिटीका प्रमुख योसिरो मोरीले सन् २०२२ मा यसको आयोजनाको कुनै सम्भावना नरहेको र त्यस्तो स्थितिमा पूरा प्रतियोगिता नै स्थगित हुने बताए । उनले भनेका छन्, ‘टोकियो ओलम्पिक नयाँ मितिमा पनि हुन सकेन भने स्थगित नै हुनेछ । फेरि एक वर्ष पछाडि सार्ने कुनै योजना छैन ।’ मोरीले ओलम्पिक इतिहासमा यो प्रतियोगिता विश्वयुद्धका बेला मात्र स्थगित भएको स्मरण गर्दै अहिले पूरा विश्व अदृश्य शत्रुसँग युद्ध गरिरहेको पनि बताए । संक्रमण रोक्न सके जापानले अर्को वर्ष सफलतापूर्वक ओलम्पिकको आयोजना गर्ने पनि दाबी गरे । उनको भनाइ थियो, सबै अहिले यो संक्रमण रोक्न लागिपरेका छन् । मोरीको यो भनाइ आएपछि टोकियो ओलम्पिक अर्को वर्ष हुनेमा पनि शंका उत्पन्न भएको छ ।

इटालियन सिरि ए'का टिमले मे तेस्रो सातादेखि प्रशिक्षण गर्न पाउने

खेलकुद


'इटालियन सिरि ए'का खेलाडीले व्यक्तिगत रुपमा मे ४ देखि तथा टिमले मे १८ देखि प्रशिक्षण गर्न पाउने भएका छन्।

इटालियन प्रधानमन्त्रीले कोरोनाभाइरसका कारण लगाइएको लकडाउन पहिलो चरणमा खुकुलो पार्ने घोषणा गरेसँगै फुटबल क्लबहरूले प्रशिक्षण गर्न पाउने भएका हुन्।

प्रशिक्षणपछि मे २७ वा २ जुनबाट रोकिएको फुटबल लिग सुचारु गर्ने तयारी गरिएको छ। लिग अगस्टको अन्त्यमा गर्ने गरी खेलहरू संचालन हुनेछ।

यद्यपी सिरि सुरु गर्ने र दर्शकविना गर्ने विषयमा औपचारिक निर्णय गरिएको छैन।

इटालीमा आइतबार २६० जनाको कोरोनाभाइरसका कारण मृत्य भएको छ। मार्च १४ पछि इटालिमा सबैभन्दा कम मानिसको ज्यान गएको हो।

सिरि एका खेलहरु गत मार्च ९ देखि रोकिएका थिए। लिगमा अझै १२ राउन्डका खेल बाँकी छ।

शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसँग १ अंकको अग्रता लिएको अवस्थामा लिग स्थगित भएको थियो।

फुटबलमा पाँच खेलाडी सब्स्टिच्युट गर्ने नियम प्रस्ताव

खेलकुद


फिफाले पाँच जना खेलाडी सब्स्टिच्युट (प्रतिस्थापन) गर्ने नियम राख्न प्रस्ताव गरेको छ।

कोरोनाभाइरसका कारण संसारभर फुटबल लिग स्थगित भएको अवस्थामा सिजनका बाँकी खेल छोटो अवधिमा सक्नका लागि एक खेलमा पाँच खेलाडी सब्स्टिच्युट गर्न सकिने नियम ल्याउन लागिएको हो। अहिले खेलमा चार जना मात्र खेलाडी सब्स्टिच्युट गर्न पाइन्छ।

यद्यपी यो नियम अस्थायी हुनेछ। फिफाका प्रवक्ताले २०२१ को सिजनको अन्त्यसम्मका लागि यो निमय आयोजकहरूले प्रयोग गर्न सक्ने बताए।

छोटो अवधिमा खेलहरु आयोजना हुँदा खेलाडीको घाइते हुन सक्ने भएकाले पाँच जना सब्स्टिच्युटको प्रावधान राख्न लागिएको हो। यो निमयले खेलाडीको सुरक्षा हुने फिफाको दाबी छ।

यो प्रस्तावलाई अब फिफाको नियम बनाउने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएन बोर्डले अनुमोदन गर्नु पर्नेछ।

नाङ्गो खुट्टा र सस्तो जुत्तामा एडिडास लेखेर दौडने युवती, कम्पनीले बनाउँछ आज उनकै नामको जुत्ता

खेलकुद


भारतीय धाविका हिमा दासले आइतबार नयाँ खुलासा गरेकी छिन् कि करियरको सुरुवाती समय उनी साधारण जुत्तामा आफ्नो हातले एडिडास लेखेर लगाउने गर्थिंन् ।

तर अहिले कम्पनी आफैंले उनको आवश्यकता अनुसार जुत्ता तायर गर्छ, जहाँ उनको नाम लेखिएको हुन्छ । 

हिमाले क्रिकेटर सुरेश रैनासँग इन्स्टाग्राममा लाइभ च्याट गर्दै यस्तो बताइन् । उनका अनुसार सुरुमा उनी नाङ्गै खुट्टा दौडन्थिन् । जब पहिलो पटक नेशनल्समा भाग लिदैं थिइन्, तब पिताले उनका लागि साधारण स्पाइक्सवाला जुत्ता किनिदिए । 

यी जुत्तामा उनी आफैले हातले एडिडास लेखेकी थिइन् । ‘तपाईंलाई कहिल्यै थाहा हुँदैन कि भविष्यमा भाग्य कस्तो हुन्छ, आज यही ब्रान्डले मेरो नामको जुत्ता बनाउँछ,’ उनले भनिन् । 

हिमाले फिनल्यान्डमा २०१८ मा भएको यु–२० वल्र्ड च्याम्पियनसिपमा ४ सय मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनी यस प्रतिस्पर्धामा स्वर्ण जित्ने पहिलो भारतीय हुन् ।

यसपछि जर्मनीमा जुत्ता बनाउने एडिडास कम्पनीले उनलाई आफ्नो ब्रान्ड एम्बेसडर बनायो । कम्पनीले उनको आवश्यकताको हिसाबमा जुत्ता बनायो, जहाँ एकतर्फ उनको नाम र अर्कोतर्फ ‘इतिहास रच्नुस्’ लेखिएको छ । 

कस्ता थिए मुरली, तथ्यांक बोल्छ

खेलकुद


 

कोलम्बो — ब्याटिङ महारथी सचिन तेन्दुलकरले एकपल्ट खुबै भनेका थिए, ‘कसैले तिमीतर्फ ढुंगा प्रहार गर्छ भने त्यसको उत्तर उत्कृष्ट प्रदर्शनबाट गर ।’ यो भनाइ सबैभन्दा बढी कसैमा ठ्याक्कै मिल्छ भने त्यो श्रीलंकाली स्पिनर मुथैया मुरलीधरनमा मिल्छ, यी खेलाडीको जीवनमा मिल्छ । आधुनिक क्रिकेटमा उनी जतिको सुक्ष्म निगरानीमा कमै रहे । खासमा उनको बलिङ शैलीमै विवाद थियो । सबै मुरलीको त्यस शैलीबारे आ–आफ्नो फरक धारणा पोख्थे ।

त्यसैले त उनी लगातार विवादमा पनि परे । यी अफ स्पिनरको बलिङ शैलीबारे धेरै प्रश्न उठेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले धेरै परीक्षणसमेत गर्नुपरेको थियो । युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा भएको परीक्षणमा उनी सर्टलेस भएर गुज्रिनुपरेको थियो । यसक्रममा उनका हातमा सेन्सर थिए, चारैतर्फ क्यामरा पनि । बायोमेकानिलक विशेषज्ञले मुरलीको शारीरिक स्थितिबारे गहन परीक्षण गरेको अवसर थियो, त्यो ।

मुरली आफैं भने आफ्नो खेलजीवन जोगाउन संघर्षरत थिए । एक अर्को अवसरमा उनले टीभी क्यामेराअगाडि बलिङ गर्नुपरेको थियो । उनको हातमा स्टिलको पाता थियो र उनी सिद्ध गर्न चाहन्थे । उनको बलिङ हात जति कोणले बाँगिएको थियो, त्यो प्राकृतिक थियो । उनले जानाजान गरेका थिएनन् । अहिले आएर उनी कस्ता बलर थिए भने खोजीनीति गर्नु छ भने उनको खेल तथ्यांकले नै बोल्छ । यो नै पर्याप्त छ, साँच्चै मुरली कस्ता थिए भनेर ।

उनले टेस्ट क्रिकेटमा कीर्तिमान ८ सय विकेट लिए अनि एकदिवसीय क्रिकेटमा ५ सय ३४ । विश्व क्रिकेटमा यो कोसेढुंगा प्रदर्शनको रूपमा छ । दुवै फरक ढाँचाको क्रिकेटमा यतिको प्रदर्शन गर्नुले उनले कति मिहिनेत गरेका थिए भनेर प्रस्ट हुन्छ । यो वास्तवमै यस्ता प्रदर्शन हो, जसलाई टेस्ट क्रिकेटमा डन ब्रेडम्यानको ९९.९४ रनको औसतसँग तुलना गर्न मिल्छ । अझ भनौं, दुवै उस्तै समान खालका उपलब्धिका प्रदर्शन हुन् ।

सम्भवत: दुवैको बराबरीमा कोही आउने छैनन् । एउटा बलरका रूपमा क्यान्डीबाट विश्व क्रिकेटमा उनको उदय अनौठो छ भन्दा हुन्छ । क्रिकेटमा पारम्परिक रूपमा तीव्र गतिका बलर त्यस्ता अस्त्र हुने गर्छन्, जसले विपक्षी टिममा डर उत्पन्न गराउने गर्छ । तर मुरली नै यस्ता बलर हुन्, जसले स्पिनरका रूपमा विपक्षी टिमका खेलाडीको सातो लिए । बलिङ गर्दा उनका आँखा खुबै चम्कने गर्छ । त्यसले खाउँला जस्तै गर्छ, उनको धारिलो बलिङ जत्तिकै । एकपल्ट श्रीलंकाका पूर्व कप्तान दिलीप मेन्डिस भन्थे, ‘मुरली कंक्रिटमा पनि बललाई घुमाउन सक्छन् ।’ यो वास्तवमै बढी बोलिएको पनि होइन । खासमा यो जादु हो, उनको रबर जस्तै तन्कन सक्ने नाडी अनि उत्तिकै बलियो काँधको । उनले बलिङ गर्दा खासमै पिच कस्तो थियो, त्यसको अर्थ हुने गर्दैन । ब्याट्सम्यानका लागि त उनको सामना गर्नु असम्भवजस्तै हुने गर्छ । यसैबीच पनि उनको बलिङ शैली भने कहिल्यै पनि विवादबाट टाढा रहेन ।

अस्ट्रेलियाली अम्पायर डारेल हेयरले सन् १९९५ मा उनलाई सातपल्ट नो–बल दिए । अवसर थियो मेलबर्नको टेस्ट । त्यसको १० दिनपछि रस एमरसनले पनि एकदिवसीय खेलमा मुरलीलाई नो–बल दिए । सन् १९९९ को जनवरीमा पनि यिनै एमरसनले एडिलेडमा फेरि एकपल्ट मुरलीलाई नो–बलको निर्णय सुनाए । जति–जति बेला मुरली बलिङका लागि तयार हुन्थे, अस्ट्ेरलियाली दर्शकदीर्घाबाट चर्को आवाज सुनिन्थ्यो– नो–बल, नो–बल र नो–बल ।

हाम्रा मुरली

 

सन् १९९५ के यो नो–बलको घटना एक अर्थमा श्रीलंकाली क्रिकेटका लागि सञ्जीवनी साबित भयो किनभने ईखले खेलेको श्रीलंकाले त्यसको एक वर्षपछि एकदिवसीय विश्वकप जितेको थियो। उनका साथी कुमार सांगकाराले विज्डन पत्रिकाका लागि लेखेका छन्, ‘मुरलीविरुद्ध दिइएको नो–बलकै कारण हामीलाई त्यस विश्वकपमा राम्रो प्रदर्शन गर्न प्रेरितगरको थियो। अझ भनौं उक्साएको थियो। यसले हामीलाईबलियो टिम बन्न मद्दत गरको थियो।’ त्यो नो–बलको घटनापछि श्रीलंकाली टिममा हाम्रो टिम भन्ने भावना विकास भएको थियो अनि सबै भन्थे, हाम्रा मुरली। श्रीलंकाली टिममा जुनसुकै बलियो विपक्षीलाई पनि हराउन सक्ने आत्मविश्वास यसले दिएको थियो।

भनिरहनुपर्दैन, यसको कारण पनि त तिनै मुरली र उनको खेल थियो। सन् २००२ मा पनि विज्डनले मान्यो, मुरली विश्व क्रिकेट इतिहासकै अग्रज बलर हुन्, अस्ट्रेलियाका लेग स्पिनर शेन वार्नभन्दा पनि अगाडि। अहिले पनि श्रीलंकाली क्रिकेट भनेपछि मुरलीको नाम अगाडि आइहाल्छ। यसको कारण पनि धेरै छन्। जतिबेला र जुनसुकै परिस्थितिमा पनि मुस्कुराइरहेकोदेखिने मुरलीले श्रीलंका टिममा तमिल जनता र क्षेत्रको प्रतिनिधित्व गरिरहेका थिए। त्यसै कारण पनि श्रीलंकाली टिमका लागि मुरली एकताको प्रतीक पनि थिए। श्रीलंकाली टिमले गाह्रो समयको सामना गर्दा मुरली वास्तवमै टिमलाई जोड्ने सेतु थिए।