social
||Power News Asia||

आजको समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानमा नारायण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

सामाजिक


काठमाण्डौ- राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। राजेन्द्र बजगाईको अध्यक्षता एवं विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने दीपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, सुजाता के.सी. उपाध्यक्षमा सहमतिमा चयन हुनु भएको छ भने सनम कठायत महासचिव पदमा निर्विरोध निर्वाचित हुनु भएको छ। रिता के.सी. सचिवमा सहमतिका आधारमा चयन हुनु भएको हो। बेनिश पौडेल महिला सचिव र प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अन्य निर्वाचित सदस्यहरूमा मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिम्सिना, प्रमोद डि.जी. र प्रज्वल राज भट्ट रहेका छन्। १७ सदस्यीय कार्यसमितिमा बाँकी रहेका २ सदस्य नयाँ कार्यसमितिबाट चयन गरिनेछ।

कार्यक्रम अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो, जसमा संस्थाका संस्थापक सल्लाहकार राजु सिंह, डा.टिका भण्डारी, चलचित्र निर्देशक माधव राज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा.ओमकृष्ण प्रसाईं, बी.बी. थापा, राजेन्द्र लुईटेल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण थापाले गीत–संगीतमा देखिएको विकृति र विसङ्गतिलाई नियन्त्रण गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, महासचिव सनम कठायतले पछिल्लो समय कलाकर्मीहरूमा देखिएको नैराश्यताको अन्त्य गर्न केही रचनात्मक कार्यक्रमहरूको थालनी गर्ने, श्रष्टाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखी सिङ्गो कलाकर्मी वर्गको हित हुने कार्यक्रमहरू सुरु गर्ने तथा स्वास्थ्य बीमा लगायतका सामाजिक कार्यहरूमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिष्ठानका संस्थापक तथा निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईले नवनिर्वाचित कार्यसमितिले प्रतिष्ठानको गौरव बढाउने विविध प्रभावकारी तथा रचनात्मक कार्यहरू गर्नेमा पूर्ण आशावादी रहेको बताउनुभयो। साथै, सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूले आ–आफ्नो तहबाट समर्पित भएर श्रष्टामुखी कार्यहरू गर्दै जाने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

शिव श्रेष्ठ फाउण्डेशनद्वारा विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सामाजिक


काठमाडौं - नेपालमा मात्र नभएर विदेशी भुमिमा समेत आफ्नो शान, मान र प्रतिष्ठाको उजागर गर्दे नेपाली चलचित्र तथा कलाकारिता क्षेत्रको बृहत्तर हितका लागी अनवरत रुपमा कार्यरत नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुवाट एक्सन किङ नायकको उपाधि पाएका एवम् पाकिस्तानका दर्शकहरुका प्रिय नायक शिवा अर्थात विशिष्ट कलाकार तथा अभिनेता शिव श्रेष्ठको अध्यक्षतामा “शिव श्रेष्ठ फाउण्डेशन” को आधिकारिक रुपमा स्थापना भएको छ । फाउण्डेशनको शुभारम्भसँगै आफ्नो पहिलो कार्यक्रम स्वरूप जेष्ट ३० गते शुक्रवार ललितपुरको सातदोवाटो स्थित महेन्द्र आदर्श विद्या आश्रममा “फ्री हेल्थ क्याम्प फर स्टुडेन्ट“ आयोजना गरेको छ ।

सिभिल सर्भिस हस्पिटल (सिभिल अस्पताल) को प्राविधिक सहकार्यमा सम्पन्न भएको स्वास्थ्य शिविरमा महेन्द्र आदर्श विद्या आश्रमका विद्यार्थीहरूका लागि नाक, कान, घाँटी, दाँत, स्त्रीरोग सेवा लगायत सम्पूर्ण जनरल हेल्थ एक्जामिनेशन सेवा निःशुल्क प्रदान गरिएको थियो । उक्त स्वास्थ्य शिविर बिहान १०ः३० बजेबाट सुरु भई दिउँसो ३ः०० बजेसम्म सञ्चालन भएको थियो ।
अध्यक्ष शिव श्रेष्ठले नेपाली कला, संस्कृति, चलचित्र, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यका साथ फाउण्डेशन स्थापना गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । 

कार्यक्रममा महेन्द्र आदर्श विद्या आश्रमका सञ्चालक समितिका तथा व्यवस्थापन समितिका पम्फा भुसाल विशेष अतिथि रूपमा सहभागी हुन भएको थियो । साथै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवालसहित नेपाली फिल्म क्षेत्रका अन्य कलाकारहरूको समेत उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो ।

फाउण्डेशनद्धारा आयोजित उक्त स्वास्थ्य शिविरबाट सयौं विद्यार्थीहरु लाभान्वित भएका छन् । स्वास्थ्य शिविरमा सहभागीहरूले यस्तो सामाजिक कार्यले नेपाली कलाकारहरूको सामाजिक उत्तरदायित्वप्रति सचेतता झल्काएको प्रतिक्रिया दिएका छन् । 
 

लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन 

सामाजिक


काठमाण्डौ - “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र देश बिकासको लागि सडक यातायात“भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । संघको दोश्रो महाअधिवेशनबाट पुनः संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको अध्यक्षतामा सर्वसम्मत ६१ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । मिति २०८२ साल बैशाख १० र ११ गते काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको उक्त राष्ट्रिय महाधिवेशनको नेपाली काँग्रेसका कार्यबाहक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि पूर्ण बहादुर खड्काले एक समारोहका विच उद्घाटन गर्नुभएको हो । संघका संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघले यातायात व्यवसायीहरुलाई संगठित गरी सार्वजनिक यातायात सेवालाई व्यवस्थित, मर्यादित, समयानुकूल यातायात सेवा संचालन, लगानीकर्ताको लगानी सुरक्षित, श्रमिकहरुको रोजीरोटीको संरक्षण गर्ने गराउने र सुरक्षित यात्रा सेवा पुर्याउने आदि कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । 
कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि खड्काले सार्वजनिक यातायात सेवाले आम नागरिकले पाउने सेवामा ठूलो योगदान रहेको बताउनुभयो । 
उक्त उद्घाटन कार्यक्रममा विशेष अतिथी नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ, त्यसै गरी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थ मन्त्री डाः प्रकाश शरण महत, केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अर्जुन नर्सिङ के।सी , नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, केन्द्रिय सदस्य तथा नेपाली काँग्रेस अन्तर्गत यातायात बिभाग प्रमुख शिब प्रशाद हुमागाई , केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभापति तथा पुर्व गृहराज्य मन्त्री इन्द्र बानियाँ ,केन्द्रिय सदस्य तथा पुर्व मन्त्री सुदुरपस्चिम सभापति वीर बहादुर बलायर ,केन्द्रिय सदस्य तथा पुर्व मन्त्री सीता गुरुङ लगायतका विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा नेपाल सरकारले आफ्नो कमी कमजोरी सच्याएर जानुपर्ने बताउँदै वर्तमान सरकारसँग मिलेर संविधान शंशोधन छिटो अघि बढाउने पहल भइरहेको र संविधानमा भएका सुविधालाई घटाउने होइन बढाउने र अझ प्रभावकारी संविधान ल्याउने विशेष अतिथि धनराज गुरूङल बताउनुभयो ।
गुणस्तरीय बाटोको निर्माण सरकारले गर्नुपर्छ भने गुणस्तरीय यातायात संचालनको जिम्मा यातायात व्यवसायीले लिनुपर्ने विशेष अतिथि प्रकाश शरण महतले जिकिर गर्नुभयो । विशेष अतिथि अर्जुन नरसिंह के।सीले अहिले देश हड्तालको देश भएको भन्दै सरकार गम्भीर हुनपर्ने बताउनुभयो । शुभकामना व्यक्त गर्दै अतिथि अजय कुमार राईले यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान र तथ्याङ्कमा कमजोर भएकोले यस विषयमा पनि काम गर्नुपर्ने बताउनुभयो । विशेष अतिथि मन्त्री रामनाथ अधिकारी, सीता गुरुङ्गले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
नेपाली काँग्रेसका यातायात विभागका प्रमुख शिव हुमागाई शुभकामना व्यक्त गर्दै सार्वजनिक यातायातलाई व्यवस्थित, मर्यादित, संरक्षण र सम्वद्र्धन कसरी गर्ने भन्ने नै संघको उद्देश्य र लक्ष्य हुनुपर्ने बताउनुभयो । 
त्यस्तै नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिब डेगनाथ गौतम , नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ , अन्तरास्ट्रिय ट्रेड युनियन महासंघमा नेपालको तर्फबाट प्रतिनिधित्व सदस्य अजय कुमार राई, नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारी लगायतले पनि यातायात क्षेत्रमा ल्याउनुपर्ने सुधारका बारेमा बोल्दै महाअधिवेसनको सफलताको शुभकामना दिनुभएको थियो । 
महाअधिवेशनको दोश्रो दिन बन्द सत्रले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसँगै वरिष्ठ उपाध्यक्षमा अर्जुन रानाभाट दोहोरिनु भएको छ भने र विजय बहादुर स्वाँर थप भएको छ । त्यस्तै महासचिवमा केदारनाथ पौडेल, कोषाध्यक्षमा राजेन्द्र विक्रम बाँनियाँ दोहोरिनु भएको छ । ६१ सदस्यीय अर्थात् सामान्य अवस्थामा भन्दा संख्याका रुपमा ठूलो कार्यसमिति बनेको छ । यस कार्यसमिलिे यातायात व्यवसायीको हकहित र यस क्षेत्रमा सुधारोन्मुख र स्तरीय कार्य गर्ने चुनौती भने बढेको छ ।

शक्ति न्यायालय र नेपाल सरकारको दुरुपयोग: एनआरएनए भित्रको घिनलाग्दो व्यापार

सामाजिक


काठमाण्डौ  - एनआरएनएको नेतृत्व पद व्यापारीकरण हुँदै गएका गम्भीर आरोपहरू बाहिर आएका छन्। नेतृत्वको आकांक्षामा रहेका केही व्यक्तिहरूले चुनाव जित्न राजनीतिक स्वार्थअनुसार समूह निर्माण गरेर करोडौँ रुपैयाँ असुली गरेको आरोप छ। २०२१-२३ कार्यकालका केही नेतृत्वलाई २०२३-२५ का उम्मेदवारहरूले सर्तसहित समर्थन गराएबापत आर्थिक लेनदेन गरिएको तथ्य बाहिर आइरहेको छ। अझ, प्रतिस्पर्धी समूहबाट बढी रकम लिएर अर्को पक्षलाई हराउने प्रयास समेत भइरहेको गम्भीर आरोपहरू लागेका छन्।

एनआरएनएको उद्देश्य भनेकै प्रवासी नेपालीहरूलाई एकजुट गरी उनीहरूको श्रम, सीप, पुँजी र ज्ञानलाई नेपालमा परिचालन गर्ने हो। तर, हाल संस्थाको नेतृत्व स्वार्थ, शक्ति, र आर्थिक फाइदामा मात्र केन्द्रित भएकाले एनआरएनए संकटमा पर्दै गएको छ। संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सही मार्गमा ल्याउने जिम्मेवारी अब सम्पूर्ण प्रवासी नेपाली समुदायको भएको छ।

  विश्लेषक : शिव प्रसाद पौडेल निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक, एनआरएनए जापान

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको उद्घाटनको दिन निशुल्क सेवा

सामाजिक


काठमाडौँ – विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले आज उद्घाटन गरेका छन् । बिहीबार बिहान बनस्थली स्थित चमती चोकमा रहेको बि स्टारमा रिबन काटेर यि दुई कलाकारले सलुन उद्घाटन गरेका हुन् ।

लामो समय देखि टेलिफिल्म, म्युजिक भिडियो तथा फिल्ममा मेकअप आर्टिष्टको रुपमा काम गर्दै आइरहेका मेकअप आर्टिष्ट विक्रम गौतमले यस अघि कपनमा बि स्टार सलुनको सुरुवात गरेका थिए । बनस्थलीमा सुरु गरिएको दोस्रो ब्रान्चमा उद्घाटनको दिन निशुल्क कपाल काट्ने व्यवस्था गरिएको थियो । उद्घाटनलाई सम्बोधन गर्दै कलाकार बलेले बेला बखत कपाल दारी मिलाउन आफू कपनमा रहेको बि स्टारमा जाने गरेको बताए ।

उता पुरुषोत्तम आचार्यले युवा व्यवसायी विक्रमले सलुन खोलेर आफ्नै भाई बुहारीलाई रोजगारी सिर्जना गरेको भन्दै शुभकामना व्यक्त गरे । विक्रम गौतमले ‘सक्किगोनी’ सिरियल तथा आगामी फागुन १४ गते रिलिज हुने चलचित्र ‘लाज शरणम्’ मा मेकअप आर्टिष्टको रुपमा काम गरेका छन् ।

चलचित्र पत्रकार संघको पाँचौँ पूर्ण बैठक चितवनमा सम्पन्न

सामाजिक


काठमाडौँ – चलचित्र पत्रकार संघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ । सङ्घको चितवनमा सम्पन्न पाँचौँ पूर्ण बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित १३ बुँदे घोषणापत्र जारी गरेको हो ।

शुक्रबार सुरु भएको बैठक घोषणापत्र जारी गर्दै आइतबार सकिएको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए । बैठकमा संघका पूर्वअध्यक्ष विदुर गिरी, शान्तिप्रिय, सल्लाकार डब्बु क्षत्री, अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेर गिरीलगायत देशभरका शाखाहरूका अध्यक्ष लगायत प्रतिनिधिको सहभागिता थियो । बैठकले महत्त्वपूर्ण विषयहरू माथि छलफल गर्दै निर्णय पनि गरेको छ । संघले हरेक वर्ष जेठ ७ गते स्थापना दिवस तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ ।

सो अवसरमा संघले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ । सो सम्मान र पुरस्कारका लागि संघले पाँचौँ पूर्ण बैठकबाट कोष खडा गर्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले सङ्घको दोस्रो राष्ट्रिय भेला आउँदो चैतमा गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग अन्तरक्रिया गरिएको थियो । मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरूको सम्बन्ध विषयक अन्तरक्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफू ६ महिनाभित्र बोर्डमा रहेर केही न केही देखाउने गरी काम गरिरहेको बताए ।

१३ बुँदे घोषणापत्र के छ ?

१. चलचित्र पत्रकारहरूको हक र अधिकारको संरक्षणका लागि सङ्घ गोलबद्ध भएर अघि बढ्ने निर्णय गरियो । यसले पत्रकारहरूको व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्नेछ । साथै चलचित्र पत्रकारका लागि कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमहरूको व्यवस्थापनका लागि  सहकार्य, सहयोग र आयोजना गर्न सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।

२. चलचित्र पत्रकारिता पेसामा जिम्मेवारिता र प्रोत्साहन बढाउन, चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कोषको स्थापना गरिएको छ । साथै सङ्घको कोषको सहयोगार्थ च्यारिटी कार्यक्रमहरूको आयोजना गर्ने र कोषमा सहयोग गर्न सबै पक्षसँग सङ्घ अपिल गर्दछ ।

३. विधागत पत्रकारितामा विभिन्न समस्या, चुनौती र सम्भावना उत्तिकै रूपमा देखिएको छ । पछिल्लो समय चलचित्र पत्रकारितामा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै मर्यादित र जिम्मेवार रूपमा व्यावसायिक पत्रकारिता गर्न यो बैठक सम्पूर्ण चलचित्र पत्रकारहरूमा अनुरोध गर्दछ ।

४. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाई कार्यान्वयन गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।

५.अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो बैठक माग गर्दछ । साथै चलचित्र पत्रकारिता मात्रै गर्ने स्वरोजगार मूलक मिडियाहरूलाई चलचित्र विकास बोर्डले समन्वय र सहकार्य गरी संरक्षण गर्न यो बैठक चलचित्र विकास बोर्डसँग माग गर्दछ ।

६. स्वायत्त चलचित्र उद्योग र नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि २०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित चलचित्र ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुने गरी तत्काल ल्याउन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ ।

७. सिनेमा पर्यटन प्रवर्धनको मुख्य आधार हो । यसर्थ नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू तय गर्न यो बैठक सबै तहका सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

८. नेपाली कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरूमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन, प्रवर्धन तथा प्रचार प्रसार गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।

९. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।

१०.चलचित्र पत्रकार सङ्घ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन सञ्चार मन्त्रालयसहित केन्द्रीय, प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।

११.नेपाली चलचित्रको समस्याको रूपमा रहेको रियल टाइम बक्स अफिसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न यो बैठक माग गर्दछ । साथै बक्स अफिस रिपोर्टलाई सूचनाको हक अनुसार सार्वजनिक गर्न पनि अनुरोध गर्दछ ।

१२. चितवनको विभिन्न पर्यटकीय क्षेत्र सुन्दर नगरीहरूको प्रवर्द्धनका लागि नेपाली सिनेमा मार्फत प्रस्तुत गर्न तिनै तहका सरकारले सिनेमा पर्यटनका कार्यक्रमहरूलाई अगाडि सार्न यो बैठक माग गर्दछ। साथै सिनेमा पर्यटनको प्रवर्द्धनका लागि स्थानीय सरकारहरूलाई नेपाली चलचित्रको छायाङ्कनका लागि सहुलियत प्रदान गर्न यो बैठक माग गर्दछ ।

१३. सङ्घको पाँचौँ पूर्ण बैठक तथा शाखा अध्यक्षहरूको भेला सम्पन्न गर्न सहयोग र संयोजन गर्नु हुने चलचित्र पत्रकार सङ्घ नेपाल चितवन शाखा लगायत सम्पूर्ण सङ्घ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

संस्थापक तथा समाजसेवी सुवेदीको जन्मदिनको अबसरमा सिजल एण्ड सिष्टर फाउण्डेसनद्धारा एचआइभी पिडित बालबालिकालाई सहयोग

सामाजिक


काठमाडौं-सिजल एन्ड सिस्टर एलएलसी अमेरिकाका संस्थापक तथा समाजसेवी पेन्सल भेनिया निवासी मेघ सुवेदीको जन्मदिनको अबसरपारी संस्थाको नेपालमा रहेको सिजल एण्ड सिष्टर फाउण्डेसनका अध्यक्ष संचित भण्डारीको संयोजकत्वमा सफलता एचआइभी शिक्षासदन कीर्तिपुरका बालबालिकालाई सहयोग गरिएको छ ।

यस भन्दा अघिका दिनहरूमा पनि थुप्रै असाहय आश्रम तथा बिपदका बेला सहयोग गर्दै आएको र जाजरकोटमा भुकम्प पिडितहरूलाइ ५० लाख भन्दा बढिको राहत सहयोग गरेको थियो । साथै जुनसुकै अबस्थामा पनि फाउन्डेसन सहयोगका लागि तत्पर अघि बढी रहने फाउन्डेसन नेपालका अध्यक्ष सन्जित भण्डारीले जानकारी दिनुभयो ।

निर्देशक, कार्यक्रम आयोजक तथा समाजसेवी समीर लामाले संचालन गरेको कार्यक्रममा चलचित्र निर्देशक मदन घिमिरे, संगीतकार राजेन्द्र बजगाईं, सञ्चारकर्मी तथा समाजसेवी राज लुर्इटेल, निर्देशक जीवन शाही, सञ्चारकर्मी तथा गीतकार गीता अधिकारी, फाउन्डेसनका कार्यक्रम सम्योजक राजन भन्डारी, फाउन्डेसनकै सचिव तथा कोषाध्यक्ष डिल्लीराम सिग्देल, सदस्य संगीता खड्का, फोटोग्राफर, निर्देशक तथा सञ्चारकर्मी कुबेर तामाङ, छिटो पोष्टका स्वस्तिका पन्थी, दिपेश गुरुङ र चुरो खबरका सम्पादक तथा गायक प्रमोद डिजिको उपस्थिती थियो।

उक्त कार्यक्रममा सफलता एचआइभी शिक्षासदनकी प्राध्यापक र शिक्षकलाई राहत हस्तातन्तरण गरिएको थियो । साथै कार्यक्रममा केक काटेर रमाइलो पनि गरिएको थियो । सो अवसरमा सदनकी बालिकाले गाएको गीत सुनेर संगीतकार राजेन्द्र बजगाईंले गीत रेकर्ड गरिदिने प्रतिबद्धता पनि जनाउनुभएको थियो ।

पार्टीभित्रको हुने फरक मतले नै लोकतन्त्र बलियो बनाउँछः कांग्रेस नेता महर

सामाजिक


इलाम – लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियो हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत समेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने “अहिले बहुमतको सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ । तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेका कारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस ,५ वर्षे कार्यकाल समेत सत्ता संचालन गर्न सकेनन ।यसर्थ लोकान्त्रिक पद्दति बलियो बनाउ दलहरु भित्रको बहु बिचारको सम्मान आवश्यक छ ।”

लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान संसोधनको बहस पनि चलिरहेको छ। बहुमतको सरकार निर्माण गर्न गाह्रो भयो। सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन र जनता निराश भए। यो बहस चलिरहेको बेला कारबाहीको डण्डा बर्साउनु र फरक मतलाई पार्टीबाट बाहिर्याउने कदमले संबिधान संशोधनले स्थीर सरकार बनाउने कुराको औचित्य पुष्टिगर्न गाह्रो हुन्छ नेता महरले बताए ।

सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले तर्फ संकेत गर्दै सम्बोधनको क्रमममा ेता महरले भने “संविधान संशोधन गरेर निर्वाचन प्रणालीबाट स्थायी सरकार बनाउने बाटो तय गर्ने भनिरहेका छौं। तर, दलहरूभित्र फरक आवाजलाई डण्डा बजाउँदा विद्रोह हुन्छ। विद्रोह हुँदा सरकार ढलेर अस्थिरता निम्तिएका थुप्रै उदारण छन ” उनले भने, । मातृकाप्रसाद कोइरालादेखि अहिलेसम्मका अपवाद बाहेक सबै सरकार दलभित्रका विद्रोह, समस्या र असन्तुष्टिले ढलेका छन्। पार्टीभित्रको फरक मतलाई सम्मान गर्न सके मात्र प्रजातन्त्र बलियो हुन्छ। पार्टीभित्रका फरक मत नसहने सरकारले जनताका असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न पनि उठ्न सक्छ ” उनले भने।

पार्टीभित्रको आजको फरक र अल्पमत पनि कुनै दिन बहुमतको अवस्थामा पुग्न सक्ने कयौं उदाहरलाई भुल्न नहुने महरको सुझाव छ। हिजो कांग्रेसभित्र नै एउटा पक्षलाई बाहिर्‍याउने प्रयास भएको थियो। फरक मतलाई सम्मान गर्न नसक्दा पार्टी फुटको अवस्थामा पुग्यो। पुनः पार्टी एकिकरणपछि त्यही व्यक्ति पार्टीको मूलधार बन्न सफल हुनुभयो। त्यसैले लोकतन्त्रमा पार्टीभित्र कसैको आवाजलाई पनि दबाउनु नहुने नेता महरको सुझाव छ ।

माओवादीभित्र पनि फरक मतलाई सम्मान दिन नसक्दा पटक–पटक पार्टी फुटेको उदाहरण दिँदै उनले नेपालका कम्युनिष्टहरूले आफ्नो उक्त व्यवहारलाई सुधार्न आवश्यक रहेको औंल्याएका छन्। कांग्रेसमा फरक मतलाई थोरै स्थान दिइने भए पनि फरक मत राख्ने नेतालाई मूलधारबाट बाहिर्‍याउने प्रयास हुने गरेको र त्यसलाई कांग्रेसले पनि सुधार्नुपर्ने महरको भनाइ छ।

“२०४६ सालपछि प्रायः सबै दलहरु भित्र फरक मत राखेका नेतालाई पार्टीको मूलधारमा आउने बाटो छेक्ने काम भएका कयौं उदाहरण छन। लोकतान्त्रिक पद्धति र लोकतन्त्रका लागि चुनौति हो” उनले भने। राजनीतिक दलले आफ्नो पार्टी ,नेता र कार्यकर्ताको बानी र ब्यबहारमा शंशोधन नरिकनै हामीले भनिरहेको संविधान संशोधनको मर्मलाई यस्तो व्यवहारले सम्बोधन गर्न नसक्ने उनको टिप्पणी छ।

संविधान संशोधनको समयमा पार्टीभित्र दसौं धारणा आउन सक्ने र बहुमत, अल्पमतले निर्णय गर्नुपर्ने अवस्था आएमा फरक मत राख्नेहरूलाई पार्टीबाट बहिस्कृत गराउने हिजो कंग्रेस,एमाले,नेकपा ,माओवादी ,मधेषकेन्द्रीतलगायतका दलहरुमा बिगतमा देखिएको टुटफुटको जस्तै अवस्था सिर्जना भएमा संविधान संधोधनमै धक्का पुग्ने महरको चिन्ता छ। उनले यस्तो अवस्थामा संविधान र लोकतन्त्र दुवै कमजोर हुने बताएका छन्। त्यसैले पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन फरक मतको सम्मान हुनुपर्ने र त्यसले समग्र लोकतान्त्रिक प्रणालीमा टेवा पुर्‍याउने उनको धारणा छ।

नेपाली कांग्रेस इलामको १०० दिने अभियान अन्तर्गत माङसेबुङ गाउँपालिकाको पालिका स्तरीय कार्यक्रम सम्पन्न भएको छ ।

सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग

सामाजिक


काठमाडौं- बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग गरेको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । फाउण्डेशनले बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै शनिबार प्रत्येक परिवारलाई एक-एकवटा ब्ल्यांकेट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेको थियो ।

सिजल एण्ड सिस्टरका सल्लाहकार तथा पत्रकार राजेन्द्र लुइँटेल, गीतकार तथा पत्रकार गीता अधिकारी, गायक तथा संगीतकार पुष्कर सुनार, गायिका तथा नायिका सारिका घिमिरे, चलचित्र नायक तथा मोडेल श्रीदेव भट्टराई, विश्व भारततोलन विजेता जीवन गिरी, निर्देशक फोटोग्राफर कुबेर तमाङ, क्यामेराम्यान नवीन सुनुवार तथा सिजल एण्ड सिस्टर संस्थाका सचिव डिल्लीराम सिग्देल, स्थानीय सहजकर्ता तथा समाजसेवी थुप्पेन घ्याल्बो लामालगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।

यसैदिन सिजल एण्ड सिस्टर फाउण्डेशनले समाजसेवी तथा संस्थाका संयोजक राजन भण्डारीको संयोजकत्वमा पनौती-१२ का अति विपन्न तथा बाढी पीडित परिवारलाई सिजल एन्ड सिस्टर फाउण्डेशन अंकित ३०० भन्दा बढी परिवारलाई बाल्टिन, पानीका फिल्टर तथा अन्य सामग्री कम्युनिटी इनोभेसन अर्गनाइजेसन तथा अन्य संस्थासँग सहकार्यगरी वितरण गरिएको थियो । सिजन एण्ड सिस्टर जस्तो गैरनाफामूलक संस्थासँग मिलेर काम गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको इनोभेसन संस्थाका अध्यक्ष नवराज खनालले बताउनुभयो ।

यसै कार्यक्रम कार्यक्रमको संयोजक सदिक्षा सुवेदीले कार्यक्रमको बृहत र टार्गेटमूलक भएको बताउनुभयो । कार्यक्रममा स्थानीय प्रतिनिधि बिमल खत्री लगायतको उपस्थिति थियो । हाम्रो सबै संस्थाको उद्देश्य एउटै भएकोले यसरी एकअर्कामा सहकार्य गरेर समाजसेवा गर्न पाउँदा आनन्द लागेको सेजल एण्ड सिस्टर फाउण्डेशनका अध्यक्ष सञ्जित भण्डारीले बताउनुभयो ।

मेघ सुवेदीले स्थापना गरेको यस संस्थाले यसअघि पनि रोसी गाउँपालिकाका वडा ९, १० र ११ वडाका बाढीपीडितलाई २५० भन्दा बढी बलांकेट मृतक परिवारलाई १० हजारका दरले तथा सम्पूर्ण घर क्षति भएको परिवारलाई जनही पचास हजारका दरले प्रदान गरिएको थियो । गीतकार कार्यक्रम प्रस्तोता तथा संयोजक समिर लामाको समयोजकत्वमा वितरण गरिएको थियो । यस राहत कार्यक्रममा १५० भन्दा बढी परिवारलाई वितरण गरियो बताइएको छ ।

‘हरेक दुःखी पीडितको घाउमा मलमपट्टी लगाउने उद्देश्यनुसार हामीले विभिन्न चरणमा राहतको कार्यक्रम गरिरहेका छौं भने समाज कल्याणको थप अनुमति पश्चात् अन्य विभिन्न ठूला-ठूला रात कार्यक्रम गरिने योजना छ,’ संस्थाका नेपाल अध्यक्ष सन्जित भण्डारीले बताउनुभयो । यसअघि पनि नेपालका विभिन्न जिल्लाका विपन्न स्कुलमा स्कुल सामग्री तथा पोशाक वितरण मेलम्ची बाढीपीडितलाई तत्काल राहतका कार्यक्रम, रोहनिया शरणार्थीलाई खाद्यान्न सहयोग, जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग, पर्सा जिल्लाका गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग, काठमाडौंका विपन्न अनार्थ आश्रमलाई सहयोग, मोरङ, झापा तथा नवलपुर जिल्लाका सरकारी विद्यालयलाई स्कुल पोशाक वितरण तथा झापा र मोरङका भुटानी शिविरमा विभिन्न उल्लेखनीय काम गर्दै आएको छ ।

यस संस्था अमेरिकामा मेघ सुवेदीका अलवा पञ्चम तामाङ, योगेश नेपाल, रविन विष्ट, सुकवीर तमाङ, तिलमान मगर, सोनु तामाङ, अर्जुन विष्टलगायतले यस संस्थाको नेतृत्व गर्नुभएको छ ।

फेसन डिजाइनर रञ्जिताको सामाजिक सेवामा पनि उत्तिकै सक्रियता

सामाजिक


काठमाडौं – फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा राख्दै अघि बढिरहेको नाम हो रञ्जिता गुरुङ । चितवनकी रञ्जिता यतिबेला ललितपुरमा रहेर आफ्ना क्रियशन पस्किरहनुभएको छ । फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसनमार्फत् उहाँले सामाजिक कार्य पनि गर्दै आउनुभएको छ ।

विगत ६ वर्षदेखि निरन्तर फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आउनुभएकी उहाँ आकर्षक फेसन डिजाइन सिकेर अघि बढेको बताउनुहुन्छ । जुनसुकै क्षेत्रमा आफू सेल्फ डिपेन्ड भएको राम्रो बताउनुहुने उहाँ घुमघाम र चलचित्र हेर्न मन पराउने बताउनुहुन्छ । ‘फेसन भनेको आफूलाई अरूभन्दा राम्रो र फरक देखाउने तरिका हो ।

मानिसहरूको फेसनले उनीहरूको व्यक्तित्व झल्काउँछ, आफूलाई कस्तो सुहाउँछ, कसरी राम्रो लुक्स आउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उहाँ भन्नुहुन्छ । देश विदेशमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएकी उहाँ पछिल्लो समयमा आममानिसमा फेसन र सौन्दर्यचेत बढ्दै गएको बताउनुहुन्छ । रञ्जिताका कार्यले तारिफ बटुलिरहँदा उहाँलाई विभिन्न मान(सम्मानहरू पनि प्राप्त भएका छन् ।