social
||Power News Asia||

आजको समाचार

ज्याकलिनको गोप्य तस्बिर बाहिरियो

सामाजिक


काठमाण्डौ - बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् ।  ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन् । यसमा मिडियाका सबै साथीहरु पनि सामेल हुनुहुन्छ । म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु । मलाई आशा छ म छिट्टै यो तनावबाट मुक्त हुनेछु ।’

उनले मिडियालाई आफ्नो बाहिरिएको गोप्य तस्बिर भाइरल नबनाइदिन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘म मिडियालाई मेरो व्यक्तिगत कुरालाई ध्यान दिएर मेरो व्यक्तिगत तस्बिर भाइरल नबनाइदिन आग्रह गर्छु । तपाईंहरु आफ्नो प्रिय र नजिकको व्यक्तिसँग यस्तो व्यवहार गर्न सक्नुहुन्न ।’ ज्याकलिनको केही समयअगाडि मात्रै ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएको थियो । उनलाई ठगी गरेको आरोपमा सोधपुछ पनि भएको थियो । 

बारले एक घण्टा विरोध कार्यक्रम जारी राख्ने, काम नरोकिने

सामाजिक


काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि नेपाल बार एशोसिएसनले सुरु गरेको आन्दोलन दुई महिनाभन्दा बढी भएको छ । सर्वोच्च परिसरमा धर्ना दिँदै आएको बारले अहिले पनि हरेक दिन विहान ११ देखि १२ बजेसम्म धर्ना जारी राखेको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै बारले जबराको राजीनामा माग गर्दै आइरहेको छ ।

आन्दोलनकै क्रममा बारले मङ्सिर ६ गते प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस क्रममा सभामुख सापकोटाले बारको ध्यानाकर्षण पत्र बुझ्दै न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्ने सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।

साथै, सपकोटाले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिनुभएको थियो ।

‘हामीले उहाँहरुलाई भेटेर वास्तविकताबारे जानकारी गराएका थियौं । अब त्यो कुरा अगाडि बढाउने नबढाउने उहाँहरुको कुरा हो ।’ बारका महासचिव अधिवक्ता पौडेलले भन्नुभयो, ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कुरा गर्यो ।’ पौडेलले जारी आन्दोलनबाट प्रधानन्यायाधीश जबराको राजीनामा मात्र नमागेको जानकारी दिनुभयो ।

प्रधानन्यायाधीशको जबराको राजीनामा सँगसँगै न्यायालय सुधार सुझावसहितको प्रतिवेदन कार्यान्वयन र सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेशी तोक्नुपर्ने विषय पनि उठाएको उहाँले बताउनुभयो । यद्यपि, गोलाप्रथाबाट पेशी तोक्ने माग भने पूरा भइसकेको छ । ‘यसबाहेक अरु माग पूरा गर्न प्रधानन्यायाधीशज्यू बाधक हुनुभएको छ । यसका लागि उहाँको बहिर्गमन आवश्यक छ ।,’ पौडेलले भन्नुभयो, ‘उहाँ सँगसँगै बसेर काम गर्न सक्ने अवस्था छैन ।

साथै, उहाँले न्यायपरिषद्, न्याय सेवा आयोगलगायत अन्य क्षेत्रमा देखिएका विकृति, विसंगति र भ्रष्टाचार समाधान गर्दै कार्यान्वयन गर्न सक्ने अवस्था पनि देखिएन ।’ बारका महासचिव अधिवक्ता पौडेलले जबसम्म प्रधानन्यायाधीश जबराले राजीनामा दिनुहुन्न तबसम्म विरोध कार्यक्रम निरन्तर एक घण्टा जारी रहने बताउनुभयो । यस विरोध कार्यक्रमबाट नागरिकका कामहरुलाई नरोक्ने पनि उहाँले बताउनुभयाे ।

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’ जीपीए

सामाजिक


 काठमाडौं -  कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा  सात हजार ६३ जना  परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ ।

७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५५३ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ जीपीए ल्याएका छन् । तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ जीपीए ल्याएका छन् ।

कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ । बोर्डले एक जना परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ११ हजार ४९० जनाको परीक्षाफल स्थगित गरेको जनाएको छ । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जानकारी दिएको छ ।

आंशिकतर्फ ३१ हजार ५५ सहभागीमध्ये ८१.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २५ हजार २८८ जना उत्तीर्ण भएका छन् । त्यस्तैगरी ग्रेड वृद्धितर्फ ९१ ह्जार ९०० सहभागी मध्ये दुई हजार ८८२ परीक्षार्थीको परीक्षा स्थगित गरिएको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

नतिजा टेलिकमको वेवसाइटबाट हेर्न सकिनेछ ।

Distinguished personalities from different countries including Nepal honored with UNPKFC Humanitarian Award

सामाजिक


Kathmandu: United Nations Peace Keeper Federal Council (UNPKFC) has honored distinguished personalities from different countries including Nepal with International Award. They were awarded the UNPKFC Humanitarian Leadership Award. The award ceremony Was held at Hotel Marriott in Kathmandu on Sunday.

 

UNPKFC’s International President H.E. Datuk Dr. Apinita Chechen awarded them with a certificate and a medal. Religious leaders, officials of diplomatic missions, human rights activists, and media persons from Nepal, Thailand, Myanmar, Korea, Russia, India, and other countries, were honored on the occasion. They have been honored for their professional contribution to various programs and activities of UNPKFC.

 

Tejendra Sharma Poudel, senior tourism entrepreneur / social worker, advisor of UNPKFC and Saroj Ojha, media person, and other prominent personalities were honored from Nepal.

 

UNPKFC is an international humanitarian organization working in the field of peace and human rights. Its headquarters is in Thailand.

 

कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कारबाट गायिका शाह पुरस्कृत

सामाजिक


काठमाडौं– लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका, गीतकार तथा संगीतकार चन्द्रकला शाहलाई मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ । संगीतकर्मी शाहलाई कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको हो ।गायिकाको रुपमा स्थापित शाहलाई नगद ५१ हजार रुपैयाँ राशि तथा सम्मान पत्रसहित सम्मानित गरिएको हो ।

२००६ सालमा दाङमा जन्मिनु भएकी गायिका शाहले लोक गीत–संगीतको क्षेत्रमा लामो समय बिताउनु भएको छ । समारोहमा सांगीतिक क्षेत्रमा साढे दुई दशकभन्दा लामो समयदेखि सक्रिय गायक कन्हैया सिंह परियारले केही अघि अमेरिकामा आफ्नो ५० औं जन्मदिन मनाउने क्रममा उपहारको रुपमा प्राप्त गरेको रकम गायिका शाहलाई पुरस्कारको रुपमा अर्पण गरेका बताए ।

गायन र संगीतको माध्यमबाट आफ्नो सांगीतिक जीवनको रजत वर्ष पुरा गर्दै आजसम्मको अविरल यात्रामा अघि बढिरहेका गायक तथा संगीतकार कन्हैया सिंहले आफ्नो श्रद्धेय बुवा–आमाकाको स्मृति एवं सम्मानमा स्थापित टिकागोपाल डिजिटल एम।क्रिएसन म्युजिक कम्पनि मार्फत गायिका शाहलाई पुरस्कृत गरेका हुन् ।

गायिका शाहलाई पुरस्कारसंगै अर्पण गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ । नेपाली संगीतको क्षेत्रमा संस्थागत रुपमा अगाडि बढ्ने उदेशय अनुरुप विभिन्न कार्य आएको तथा हाल अग्रज नेपाली संगीतकर्मीहरुलाई पुरस्कृत गर्ने सोच अनुसार गायक तथा संगीतकार कन्हैया सिंह परियारको नाममा सथपति पुरस्कार यो वर्ष नेपाली गीत–संगीतको क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा क्रियाशिल विशिष्ट गायिका चन्द्रकला शाहलाई अर्पण गरिएको छ ।’

बरिष्ठ संगीतकार शम्भूजीत बासकोटाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा पुरस्कृत गायिका शाहले रेडियो नेपालमा झण्डै तीन दशक सेवा गरे पनि अन्त्यमा खालि हात फर्किनु परेको दुखेसो व्यक्त गर्दै पुरस्कारका लागि सम्झना गरेकोमा आयोजकलाई धन्यवाद अर्पण गरिन् ।

समारोहमा संगीतकार शम्भूजीत बासकोटाले रेडियो नेपालका जीवन अर्पण गर्ने संगीतकर्मीलाई त्यही रेडियोमात्र होइन राज्यले समेत नहेरेकोमा दुःख व्यक्त गरे ।

समारोहमा संविधानविद् तथा संगीतकर्मी भिमार्जुन आचार्य, संगीतकार सन्तोष श्रेष्ठ, गायक कन्हैया सिंह परियार, चलचित्र निर्देशक माधव राज खरेल सहितका वक्ताले पुरस्कृत गायिका शाहको योगदानको चर्चा गरेका थिए । कार्यक्रम पिम नेपालको ब्यवस्थापनमा टिकागोपाल डिजिटल एम। क्रिएशन म्युजिक कम्पनिका निर्देशक गीता सिंहको सभापतित्वमा सम्पन्न भएको हो ।

चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै ... सार्वजानिक

सामाजिक


काठमाण्डौ– कमला जोशीको प्रस्तुती रहेको चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै छ यो मन बोलको गीत सार्वजानिक सार्वजानिक भएको छ । शुभदिपावलीको अवसर पारेर उक्त गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका उक्त गीतलाई अनिल विरहिको संगीत गरेका हुन भने गीतमा राज सागरको स्वर रहेको छ ।

सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् ।हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ ।

माधव राज खरेल निर्देशित उक्त चलचित्रलाई छिट्टै सार्वजनिक प्रर्दशनीमा ल्याउने निर्माण कम्पनीले वताएको छ । निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा किरण दाहालको द्धन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन हरेको छ भने चलचित्रमा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी, पुरुषोत्तम लोहनी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर, शव्द र संगीत रहेको छ ।

आडम्बरी पुरूषविरुद्धको शसक्त आवाज "निलो आकाश"

सामाजिक


काठमाडौँ - नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायक विरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् ।

चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत प्रस्तुत गरिने परम्परालाई तोड्दै गत साता चलचित्र बिकास बोर्डको हलमा देखाइएको नेपाली वृत्तचित्र फिल्म ‘निलो आकाश’ले नयाँपन प्रस्तुत गरेको छ । लव प्याकुरेलको सम्पादन र निर्देशनमा पाँच वर्षअघि निर्माण गरिएको उक्त वृत्तचित्रमा केही विषय र पात्रलाई परिमार्जनसहित प्रस्तुत गरिएको छ । नेपाली चलचित्रमा परम्परागत शैलीभन्दा भिन्न सिर्जनशील दृष्टिकोणयुक्त सो वृत्तचित्रले आमकथालाई आफ्नो कथावाचन शैली र प्रस्तुतीकरण गरेको छ ।

निर्देशक प्याकुरेलले निर्माण गरेका वृत्तचित्र प्रायः सामाजिक र यथार्थपरक हुन्छन् । प्याकुरेलको हालसम्म ‘पञ्चायतको घाऊ’, ‘उधिनिएको प्रथा’, ‘ओडारका मान्छेहरू’, ‘बिर्सिइएका महिलाहरू’, ‘धुलोको मूल्य’, ‘शेर्पा -सगरमाथाका वास्तविक नायकहरू’, ‘वर्गसत्ता’, ‘सगरमाथाको प्रतिबिम्ब’ लगायतका वृत्तचित्र छन् । ती वृत्तचित्र सामाजिक विभेद, असमानता र उत्पीडनविरूद्ध निर्भिकतापूर्वक उभिएका पाइन्छन् । वर्ण व्यवस्था, जातिवाद, हिन्दूकेन्द्रित धार्मिक राजनीति, संस्कार/संस्कृति, नश्लवाद एवं कट्टरपन्थी शासकीय विचार र शैलीविरूद्ध सम्पादक एवं निर्देशक प्याकुरेलले उत्कृष्ट सन्देश प्रवाह गरेका छन् ।

कूल ४५ मिनेटको वृत्तचित्र ‘निलो आकाश’ मा समावेश गरिएका अधिकांश पात्र महिला छन्, जो कुनै न कुनै समय यौन पेशामा संलग्न थिए । वृत्तचित्रका एक पात्र (महिला)को कथन छ, “मलाई पहिलो लोग्नेले यौनइच्छा पुरा नभएको भन्दै छाडिदिए, दोस्रोसँग आएपछि झनै झमेलामा छु । यिनले त झन धेरैको यौन प्यास मेटाउने साधन पो बनाए ।” दोस्रो विवाह गरेकी ती महिलाले भनिन्, “अब के गरौँ ? कति जनासँग विवाह गर्दै हिँडौँ ? के म यौनदासी नै हुँ त ?”

नेपालमा देह व्यापारमाथि चर्को बहस भइरहेको छ । मानव बेचबिखनविरूद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले राम्रै आर्थिक सहयोग गरेका छन् र विभिन्न अभियान सञ्चालन भइरहेका छन् । नारीमाथि भइरहेको चर्को शोषणका साथसाथै मानव बेचबिखनविरूद्ध प्रयोग भएको धनराशिको दुरूपयोगबारे पनि यसले गहन खुलासा गरेको छ ।

“ती आडम्बरी पुरूष सत्ता जसले नारीलाई देहव्यापारको माध्यम बनाएका छन्, सामाजिक अन्तर्विरोधको घोर दुरूपयोगद्वारा आर्थिक लाभ लिन लालायित पुरूषको स्खलित पक्षमाथि मैले वृत्तचित्रमा चर्चा गरेको छु । यो वृत्तचित्रलाई बादी महिलामा समर्पित गरेको छु ।” वृत्तचित्रबारे निर्देशक प्याकुरेल भन्नुहुन्छ, “जसले महिला वा श्रीमती तथा छोरी, बुहारीलाई यौनदासीको रूपमा उपभोग गर्दैछन् । ती मानिस या त पित्तृसत्ताको उपज हुन् या विकार मानसिकताका शिकार भएका छन् । जसले गर्दा सामाजिक मनोभाव र पितृसत्ताको जञ्जिरलाई तोड्न नसक्दा दिनानुदिन दुरूस्साहन बढिरहेको छ । यसको तथ्य र तथ्याङ्क वृत्तचित्रमा देखाइएको छ ।”

वृत्तचित्रले एकातिर विषयवस्तुको वास्तविकतालाई सरल र स्पष्टरूपमा पस्किएको छ भने अर्कातिर प्रयोगात्मक र साङ्केतिक बिम्बहरूबाट कथालाई भनिदिएको छ । एक अर्धकदको पुरूष एक महिलाको कोखबाट जन्म भएको दृश्यलाई नाटकीय स्वरूपबाट अर्थपूर्णरूपमा प्रस्तुत गर्नसक्नु निर्देशकको कला मान्नुपर्छ । उक्त चलचित्रमा तीन प्रकारले पात्रको स्थिति प्रष्ट्याएको छ । पूर्ण स्याडो, अर्ध स्याडो र उज्यालो परिवेश आधारित दृश्य छायाङ्कन गरिएकाले व्यक्ति पहिचानको स्वतन्त्रताको कदर भएको छ । वृत्तचित्रमा धेरै स्थानमा बिम्ब र सङ्केतको प्रयोग भएको छ र यसलाई अत्यन्त उत्तम तरिकाबाट देखाइएको छ । नारी देह व्यापारका लागि तयार हुने पुरूष वा पतिको अनियन्त्रित स्थितिमाथि दर्शाइएको दृश्यभाव असाधारण छ ।

 

बाल मन्दिर र बाल गृहलाई खाद्यन्न लगायत स्टेशनरी सामाग्री सहयोग : समाजसेवी हेमा मानन्धर

सामाजिक


हिजो शुक्रवार दोलखामा एक कार्यक्रमको आयोजना गरि पूर्व संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख अतिथ्यमा दोलखा जिल्ला अन्तर्गत भीमेश्वर नगरपालिका भित्र रहेका बाल मन्दिर र बाल गृहलाई खाद्यन्न लगायत स्टेशनरी सामाग्री सहयोग हस्तान्तरण गर्नु भएको छ । नेप्लिज फेशन होमको बिशेष पहलमा मिस नेवाः , समाजसेवी अनु उर्मिला शेरचन, रोटरी क्लव अफ बालाजु र नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको सहयोगमा उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो । 

दोलखा बालमन्दिर र गौरीशंकर बालगृह माटि दोलखामा आश्रित बालबालिकालाई समाजसेवी हेमा मानन्धरको बिशेष पहलमा २५ बोरा चामल, १० वटा टेबल, ४० थान चकटी , पुस्तक, स्टेशनरी सामान, खेलकुद सामाग्री , पोर्टेबल लाईब्रेरी, १००० थान मास्क लगायत खाजा तथा खाद्यान्न पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गुरुङको हातबाट बितरण गरिएको थियो ।

कार्यक्रममा पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गुरुङ, दोलखा जिल्ला समन्वयन समितिका सभापति डबल पाण्डे, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, मेलुङ गाँउपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ , गौरीशंकर गाँउपालिका अध्यक्ष सुयम बहादुर खड्का , दोलखा जनजाति महासंघका अध्यक्ष जंग गुरुङ , नापि प्रमुख अशोक कुमार श्रेष्ठ, समाजसेवी अनु उर्मिला शेरचन, मिस नेवाःकृषा महर्जन, उप–बिजेता प्रिया तण्डुकार, पूर्व मिस नेवाः नितु डंगोल, तथा किड क्विन अपेक्षा शेरचनका साथै बालबालिका र अभिभावकहरुको सहभागिता रहेको थियो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रमको संचालन राजन बस्नेतले गरेका थिए । भने बालमन्दिर दोलखाका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

रुद्र शेखर शर्मा : संगीतमार्फत समाजसेवामा समर्पित कलाकार

सामाजिक


काठमाण्डौ– मर्मस्पर्षि गीत “देव दुत हौ तिमि” ले  बिषेश गरेर नेपाली सांगितीक बजारमा तरंग ल्याएको छ ।  कोरोनाको महामारिमा मान्छे मान्छेको छेउमा नपरि रहेको बेला स्वास्थ्यकर्मीहरुको हौसला अझै बुलंद गर्नको लागि गायक रुद्र शेखर शर्माले आफ्नो गायन मात्रै है गायन मार्फत समाज सेवामा समर्पित भएको पाएका छौं । नेपाली संगीत उद्योगमा गायक रुद्र शेखर शर्मा (RUDY) एक प्रख्यात नाम हो । आफ्नो सुमधुर आवाज र मार्मिक अभिव्यक्तिका कारण उनले स्रोता तथा दर्शकहरूको मन जित्न सफल भएका छन् । यसै मध्येको  एक उत्कृष्ट शिर्जना तथा ज्वलन्त उदाहरण हो “देव दुत हौ तिमी“, जसले न केवल नेपाली संगीत क्षेत्र तर विदेशी मञ्चहरूमा पनि तरंग ल्याएको छ । उनको गीतले समाजको सेवामा समर्पित  स्वास्थ्यकर्मीहरुको लागी एउटा हौसला प्रदान गरेको छ ।

“देव दुत हौ तिमी“ गीत कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीहरूको योगदानलाई सम्मान गर्न लेखिएको हो । यसले डाक्ट, नर्स, र अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरूको समर्पणलाई शब्द, संगीत र आवाजको माध्यमबाट श्रद्धा प्रकट गरेकोछ । गीतका शब्दहरू भुमिका उपाध्यायद्वारा लेखिएका छन्, जसले स्वास्थ्यकर्मीहरूको मेहनतलाई कवितात्मक रूपमा उजागर गरेका छन् । नारायण सुवेदी ‘आभाश’को संगीतले यसलाई आत्मीय र प्रेरणादायी बनाएको छ भने गायक रुद्र शेखर शर्माको स्वरले गीतमा जीवन थपेको छ । यो गीतले नेपाली समाजमा मात्र होइन, विश्वभरका नेपाली समुदायमा पनि एकता र सहानुभूतिको भावना फैलाएको छ । गीतले स्वास्थ्यकर्मीहरूको समर्पण र बलिदानको महत्व उजागर गर्दै समाजप्रतिको गायकको जिम्मेवारीलाई पुष्टि गर्दछ ।

गायक रुद्र शेखर शर्मा नेपाली संगीत क्षेत्रका शीर्ष गायकहरूमध्ये पर्छन् । उनको स्वरमा गहिरो भावना, मिठास र शक्ति छ, जसले कुनै पनि गीतलाई अमर बनाउँछ । “देव दुत हौ तिमी“ गीतमा शर्माको आवाजले शब्दहरूको गहिराइलाई प्रस्ट रूपमा व्यक्त गरेको छ । विशेष गरी, “देव दुत हौ तिमी इश्वर सरी छौ तिमी ” जस्ता पंक्तिहरूमा उनको स्वरले स्रोतालाई भावुक बनाउँछ । साथै लाखौं ले  ज्यान गुमाई रहेको बेला हजारौंको विछोड भईरहेको बेला पनि तिमी आफ्नो परिवारलाई छोडी आफैलाई विर्सि सेवामा समर्पित भईरहेको कुरालाई सुमधुर आवाज मार्फत निक्कै मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । उनका गीतहरूमा उनले केवल गायन मात्र गर्दैनन्, तर गीतका प्रत्येक शब्दलाई जीवन्तता दिएका छन् । शर्माको यही विशेषता नै उनलाई नेपाली संगीतको एक अद्वितीय प्रतिभाको रूपमा उभ्याएको छ ।

गायक रुद्र शेखर शर्माले आफ्ना सिर्जनाहरूमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । कोरोना महामारी जस्तो कठिन परिस्थितिमा उनले “देव दुत हौ तिमी“ जस्तो गीत ल्याएर समाजमा सेवा गर्नेहरूको महत्व उजागर गरे । यो केवल एउटा गीत मात्र होइन; यो एउटा प्रेरणा हो, जसले मानिसहरूलाई स्वास्थ्यकर्मीहरूको सम्मान गर्न र उनीहरूको योगदानलाई कदर  गर्न सिकाउएको छ । रुद्र शेखर शर्माको योगदानले नेपाली संगीत उद्योगमा गुणात्मक परिवर्तन ल्याएको छ । उनले नयाँ पुस्तालाई संगीतमा नवीनता र गहिराइ ल्याउन प्रेरित गरेका छन् । उनको स्वर, प्रस्तुति, र समाजप्रतिको जिम्मेवारीले उनलाई एउटा कलाकार मात्र होइन, नेपाली समाजका लागि उदाहरणीय व्यक्तित्व बनाएको छ ।

“देव दुत हौ तिमी“ गीतको म्यूजिक भिडियो पनि उत्तिकै प्रभावकारी छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोले गीतको भावना दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ । विक्रान्त श्रेष्ठको क्यामेरा र रूपेश खड्काको सम्पादनले भिडियोलाई अझै जीवन्त बनाएको छ । फणिन्द्र राईको संगीत संयोजन, सुमन खड्काको मिक्सिङ र मास्टरिङले गीतलाई प्राविधिक रूपमा उत्कृष्ट बनाएको छ ।

“देव दुत हौ तिमी“ जस्तो गीतले गायक रुद्र शेखर शर्मालाई अझ उच्च स्थानमा पुर्याएको छ । नेपाली संगीत उद्योगमा उनले पुर्याएको योगदान केवल गायनसम्म सीमित छैन । समाजप्रतिको जिम्मेवारी, भावना र कलाको उत्कृष्टता उनले आफ्नो हरेक सिर्जनामा प्रस्तुत गरेका छन् । गायक रुद्र शेखर शर्माको यो प्रयास नेपाली संगीत उद्योगमा एउटा प्रेरणादायी उदाहरण बनेको छ, जसले संगीतलाई केवल मनोरञ्जनको साधनमात्र नभई समाजको परिवर्तनकारी उपकरणका रूपमा पनि स्थापित गरेको छ ।

 

बालबालिकाहरूमा मानसिक असर परेको भन्दै पब्जी बन्द गर्नुपर्ने माग

सामाजिक


सुनसरी - सुनसरीका सरोकारवालाहरूले पब्जी खेल र टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएका छन् ।  अपन स्वर्ग नेपाल कला सांस्कृतिक केन्द्रिय कार्यालय सुनसरी इनरुवाले बालबालिकाहरूमा असर परेको भन्दै पब्जी र टिकटक बन्द गर्नुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबारलाई ज्ञापन पत्र पठाएको संस्कृतिका अध्यक्ष झोटन मेहताले जानकारी दिनुभयो ।

ज्ञापन पत्रमा भनिएको छ, सामाजिक सञ्जालमा देखिएका एप्स पब्जी, टिकटकले  बालबालिकाहरूको मनोविज्ञान समस्या र मानसिक रोग तथा विभिन्न समस्याको रुपमा देखिएकाले त्यसमा नियन्त्रण गर्न आवश्यक छ । यो दिन प्रतिदिन नकारात्मक प्रभाव पार्ने काम गरेकोले उक्त नकारात्मक एप्सहरु बन्द गर्नुपर्ने  माग अघि सारेको छ । अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रिय अध्यक्ष झोटन मेहता,  सचिव प्रकाश अनुराग स्थानीय नेता एस.एन. मेहता, जगदिश मेहता, लक्ष्मी मेहता सहितको उपस्थितिमा ज्ञापन पत्र बुझाएको र सकलै प्रधानमन्त्री कार्यालय पठाएको प्रजिअ ढकालले बताउनुभयो । अनलाइन खेलहरू बन्द नगरे अभिभावक न्याय खोज्दै अदालतका ढोकामा पुग्ने दिन आउन सक्ने मेहताको चेतावनी रहेको छ ।