निर्मला जी नमस्कार ।
गैर आवासिय नेपाली संघ पोर्तुगलको महिला उपाध्यक्षमा उमेद्वारी दिएको कुरा ढिलागरी चाल पाएँ । तपाईका फेसबुक र निर्बाचनका प्रचार सामाग्री हेर्दा एकातिर हाँसो उठ्यो भने अर्कोतिर दुःख पनि लाग्यो । तपाइका हरेक प्रचार सामाग्रीमा स्वच्छ समाज निर्माण र समाजलाई जुटाउने भन्ने थियो । अरु पनि धेरै काम गर्छु भन्नुभएको रहेछ । हिजो नेपाली नारी समाज फुटाएर जाने तपाई नै होइन रु तर अहिले आएर समाज मिलाउने कुरा गर्दै आउनुभएको छ । भइरहेको संस्थालाई पद लोभका कारण फुटाएर अर्को संस्था खोल्नुभो, त्यसमा आफैं हालीमुहाली गर्नुभो । जुन कुरा समाजले प्रष्ट तरिकाले बुझेको छ । तपाईको मुल्यांकन गरेको छ ।
नारी समाजको दोश्रो अधिबेशन २०१९र२१ लाई अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर भब्य गरी मनाउने योजना हामी दिदी बहिनीबीच भएको थियो । भनेजस्तो पद नभएपछि बैठकदेखि अधिवेशन सबै बहिष्कार गरेको प्रमाण हामीसँग छ । त्यसको साक्षी समाज छ । हामीले स्वच्छ समाज निर्माणका लागि २०१४ जुन २३ मा संस्था गठन गरेका थियौं । तर तपाई अहिले ७ बर्षपछि बल्ल स्वच्छ समाज निर्माण गर्न भनेर एनआरएनमा जान लाग्नुभएको छ । तपाई आफैं मनन गर्नुस की नारी समाज फुटाएर आज तपाई पहिलाकै स्थितीमा आइपुग्नुभएको छ । त्यो नेपाली समाज बिग्रिएको तपाईहरु जस्ता दुई चार जना महिला र तपाईहरुलाई साथ दिने केही पुरुषहरु रहेका छन ।
बिभिन्न माध्यमबाट पोर्तुगल आयका दिदिबहिनिहरुको दुखसुख, अनुभव शेयर गरि बिदेशिभुमिको बसाइ सहज बनाउन महिलाहरुको सङगठनको आबश्यकता महशुस गरि संस्था जन्माइएको थियो । जहाँ तपाइले कसैको लहडका भरमा समाज फुटाउनुभयो । यो घटनालाई जति व्याख्या गरेपनि सकिदैन । तपाईले समाज त भाँड्नुभो आफु नजिककालाई पनि बोकेर महिला समाज गठन गर्नुभो । आफैं अध्यक्ष भएर काम गर्दा पक्कै पनि थाहा पाउनुभयो होला काम गर्दा कति असहज परिस्थितको सामना गर्नुप¥यो भनेर । तपाईकै कार्यकालमा पाँच जना पदाधिकारीले राजीनामा दिएर महिला समाज र तपाईको साथ छाडेको घटना पनि त ताजै छ । तपाईले मनपरी नगरेको भए उनिहरुको राजिनामा कसरी आउँथ्यो त ?
बिदेशि भुमिमा स्थापना गरिएको समाजलाइ निरन्तरता दिनु त कता हो कता आफ्नो पद र जिम्मेवारीको ख्याल नगरि गुट उपगुट बनाएर हिंडेको व्यक्तिले एनआरएनमा महिला उपाध्यक्षको काम कसरी गर्ला रु तपाईंका कृयाकलापले हामी दिदिबहिनिको आत्मसम्मानमा ठुलो चोट पुगेको छ । तपाइले दिनुभएको उम्मेदवारी र प्रतिबद्धता ले त्यो नमिठो समय को सम्झना गराइ दियो ।
अन्तमा खुला पत्रसँगै पोर्तुगलमा रहेका दिदी बहिनी दाजुभाइहरुलाई समाज फुटाउने मनशाय बोकेकाहरु सँग टाढैं बस्नु उचित हुन्छ भन्न चाहन्छु ।
खोक्रो चुनावी नाराले समाजको हित हुँदैन त्यसैले आफ्नो मतको अधिकारलाई सही ठाउँमा प्रयोग गर्न अनुरोध गर्दछु । जसले महिलाको हक अधिकारका साथै दुखसुखमा साथ दिएको छ उसलाई मात्रै मत हाल्न आग्रह गर्दछु ।
जय नारी !
बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो । नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताए । उनका अनुसार यो वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको छ ।
हाल बैंक तथा वित्तिय संस्थामा ४७ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ भने ४१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएको छ । यसमा बाणिज्य बैंकको हिस्सा बढी छ । बाणिज्य बैंकहरुको मात्रै ४१ ख्र्ब ८१ अर्ब रुपैयाँ निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै बाणिज्य बैंकहरुको मात्र ३७ खर्ब ५ अर्ब रहेको छ ।
बैंकहरुको नयाँ ब्याजदर
नबिल बैंक
नबिल बैंकले बचतमा न्यूनतम १.५१% देखि अधिकतम ३.५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५१% ब्याज दिने भनेको छ । ३ महिनाको मुद्दतीको ब्याजदर ५.०१% निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्म बेस रेट ५.७१% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचतको ब्याज ३.०१% तोकेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम ८% निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्मको बेस रेट ७.३८% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले साउन १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर हुनेछ । त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३% देखि ५% सम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५.५०% अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १% देखि ३% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर कर्जाको लागि ९% देखि ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज ३% र अधिकतम ५% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.३८% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११.४९% देखि १२.९९% ब्याज दर निर्धारण गरेको जनाएको छ ।
एनएमबि बैंक
एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ ।
एनआइसी एसिया बैंक
साउन १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २.५६% कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ७.५६% सम्म ब्याज पाइनेछ । बैंकको जेठ मसान्तसम्मको आधार दर ६.७४% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर ऋण दिने बैंकले जनाएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% र न्यूनतम ६% तोकेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ५.८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।
कुमारी बैंक
कुमारी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६% देखि ७.६५% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.४०% छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।
मेगा बैंक
मेगा बैंकले बचत खातामा न्यूनतम २.२५% देखि अधिकतम ३.५०% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.०१% छ ।
हिमालयन बैंक
हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ५% र अधिकतम ब्याजदर ७% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५०% देखि अधिकतम ५% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०% तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७.४८% छ । यसमा २% देखि ५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७.०५% निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९% छ । यसमा बैंकले ७% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ ।
सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २.५७% देखि अधिकतम ४% सम्म ब्याज दिने भएको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.५०% ब्याज निर्धारण गरेको छ । जेठ मसान्तसम्मको बैंकको आधार दर ६.७२% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०% देखि अधिकतम १३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बैंक
नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ५.९८% छ । यसमा १.५०% देखि ५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर ब्याजको न्यूनतम ब्याजदर ९.३५% देखि १३.९३% सम्म छ ।
प्रभु बैंक
प्रभु बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ६.५०% र अधिकतम ७% सम्म ब्याजदर दिन्छ । बैंकको जेठसम्मको आधार दर ७.०६% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९.९९% देखि अधिकतम ११.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २.५% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ । यता, यसको जेठ महिनामा आधार दर ६.६९% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९% देखि अधिकतम ११.४९% सम्म ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.७६% र न्यूनतम ७.५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४% रहेको छ । यसमा अधिकतम ६.९९% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% र न्यूनतम ७% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।
बैंक आफ काठमाण्डू
बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ६.५६% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाइ छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०% र न्यूनतम ७.२५% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १२.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.०१% ब्याज निर्धारण गरेको छ । यो ब्याज १ वर्षमाथिको मुद्दतीका लागि हो । बैंकको चैत मसान्तसम्मको आधार दर ६.४०% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि बैंकले ९.९९% देखि १०.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५% देखि अधिकतम ४.५% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ % देखि ६ महिनाभन्दा बढीको हकमा ७.५% ब्याज दिनेछ । बैंकको जेठसम्मको आधार दर ८.९% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले लोन दिन्छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३.१५% र अधिकतम ५.१५% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.६५% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.५१% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि १०.५०% देखि १३% ब्याज दर निर्धारण गरेको जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ ।
काठमाडौं - गत मे महिनामा भारतका घाटहरुमा लाशहरु जलाएको तस्वीर भाइरल भएको थियो । उक्त तस्वीरले भारतमा कोरोनाले भयानक रुप लिएको स्पष्ट देखिन्थ्यो । तर, भारतले भोगेको उक्त अवस्था दक्षिणपूर्वी एसियामा सरेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोनाको दोस्रो लहर उच्च विन्दुको तुलनामा दक्षिणपूर्वी एसियामा कोरोनाको मृत्युदर धेरै भइसकेको छ ।दक्षिणपूर्वी एसियामा डेल्टा भेरियन्टको कारण निकै तीव्र गतिमा संक्रमण फैलिरहेको छ । यो क्षेत्रमा नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जसको कारण यी क्षेत्रका मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको छ । यो क्षेत्रका केही मुलुकले कोरोना नियन्त्रणको लागि तोकिएको मापदण्डहरु पनि पालना गराउन सकेका छैनन् ।दक्षिणपूर्वी एसियाको मुलुक इन्डोनेसियाले कोरोनाको संक्रमण बढेसँगै मुलुकमा उत्पादन हुने समग्र अक्सिजन मेडिकल प्रयोगको लागि खपत गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेसँगै अक्सिजनको माग पनि ह्वात्तै बढेको छ ।
त्यस्तै मलेसियाका अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि बिरामीलाई भुइँमा राखेर उपचार गराउनुपर्ने अवस्था आएको छ । म्यानमारको सबैभन्दा ठूलो सहरमा चिहानमा काम गर्ने कर्मचारी अहिले निकै व्यस्त देखिएका छन् भने चिहानमा चाप बढेसँगै दिनरात नभनी चिहान खन्नुपर्ने अवस्था आएको छ । भारतमा सातदिने औसत हेर्ने हो भने कोरोनाको मृत्युदर गत मे महिनामा सबैभन्दा उच्च विन्दुमा पुग्दा प्रति १० लाखमा ३.०४ को मृत्यु भएको थियो । अहिले यो दरमा निरन्तर कमी आइरहेको छ । तर, इन्डोनेसिया, म्यानमार र मलेसियामा भने जुनयता यो दर निरन्तर बढ्दो क्रममा छ ।
गत जुन १७ मा मलेसियाको सेलाङगोर राज्यका एरिक लाम कोरोनाबाट संक्रमित भए र अस्पतालमा भर्ना भए । उनी सरकारी अस्पतालमा पुग्दा वार्डमा कुनै बेड खाली थिएनन् । अस्पतालका प्यासेज बिरामीले भरिएका थिए । यद्यपि सेलाङगोरको अन्य अस्पतालसँग तुलना गर्ने हो भने उक्त अस्पतालको अवस्था राम्रो हो ।
मलेसियाको सबैभन्दा सम्पन्न र धेरै जनसंख्या रहेको यो राज्यका कुनै पनि अस्पतालमा बेड खाली थिएनन् र धेरै बिरामीको उपचार स्ट्रेचर वा भुइँमा नै राखेर गराउनुपरेको थियो । सरकारले कोरोना संक्रमण बढेपछि अस्पतालका बेडहरु थप्दै कोरोना संक्रमितको लागि थप वार्डहरु निर्माण गरेको छ ।
३८ वर्षीय लाम तीन साता अस्पतालमा बस्दा उनले आफ्नै आँखाअघि बिरामीहरुको मृत्यु भइरहेको देखे ।
पछिल्लो समय दक्षिणपूर्वी एसियामा कोरोना संक्रमण बढ्नुमा धेरै कारकले भूमिका खेलेका छन् । जसमा महामारी नियन्त्रणको लागि लगाइएको मापदण्डबाट मानिसहरु दिक्क हुनु, सावधानी नअपनाउनु, खोप अभियान निकै सुस्त चल्नु र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण देखिनुजस्ता कारक रहेको मलेसियास्थित रेडक्रस एसिया–प्यासिफिक इमर्जेन्सी हेल्थ कोर्डिनेटर अभिषेक रिमाल बताउँछन् ।
‘सरकारले तय गरेको हात धुने, मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र खोप लगाउनेजस्ता आधारभूत मापदण्ड पालना गर्ने हो भने अबको दुई साताभित्र हामीले कोरोना संक्रमणमा उल्लेख्य कमी आएको देख्न सक्छौं’, उनले भने ।
मलेसियाले कोरोना नियन्त्रणको लागि लकडाउन गरे पनि संक्रमणमा भने कमी देखिएको छैन । तीन करोड २० लाखभन्दा धेरै जनसंख्या रहेको यो मुलुकमा जुलाई १३ मा पहिलोपटक १० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए । त्यसयता दैनिक नयाँ संक्रमितको संख्या त्योभन्दा तल झरेको छैन ।
मलेसियामा कोरोना खोप लगाउनेको संख्या पनि निकै कम छ तर यो संख्या बढ्ने क्रम भने जारी छ । करिब १५ प्रतिशत जनसंख्याले कोरोनाको पूरा डोज खोप लगाइसकेका छन् । सरकारले यस वर्षको अन्तिमसम्ममा अधिकांश मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।
अहिले व्यापक मात्रामा कोरोना संक्रमण बढेसँगै मलेसियाको अस्पतालका डाक्टर र नर्सले दिनरात नभनी काम गरिरहेका छन् । उनीहरुले आफ्नो तर्फबाट अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् । उक्त प्रयासको कारण मृत्युको मुखबाट फर्किएकामध्ये लाम पनि एक हुन् । उनको अवस्था बिग्रिएसँगै उनलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिएको थियो र बिस्तारै उनको अवस्थामा सुधार आयो । उनी दुई साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए ।
तर, लामले कोरोना संक्रमणको कारण आफ्ना बाबु र भिनाजुलाई भने गुमाउनुपर्यो । उनका एक भाइ अहिले पनि आईसीयू र भेन्टिलेटरमा छन् । ‘मलाई दोस्रो जन्म पाएको र बाँच्नका लागि दोस्रो मौका पाएको महसुस भइरहेको छ’, उनले भने । एक अर्ब ३० करोडभन्दा धेरै जनसंख्या रहेको भारतमा सातदिने औसत हेर्ने हो भने कोरोनाको मृत्युदर गत मे महिनामा सबैभन्दा उच्च विन्दुमा पुग्दा प्रति १० लाखमा ३.०४ को मृत्यु भएको थियो । अहिले यो दरमा निरन्तर कमी आइरहेको छ । तर, इन्डोनेसिया, म्यानमार र मलेसियामा भने जुनयता यो दर निरन्तर बढ्दो क्रममा छ । बुधबार यी तीन मुलुकमा प्रति १० लाखमा क्रमशः ४.३७, ४.२९ र ४.१४ जनाको मृत्यु भएको थियो । कम्बोडिया र थाइल्याण्डमा पनि कोरोनाका नयाँ संक्रमित र मृतकसंख्यामा उल्लेख्य वृद्धि भएको छ । यद्यपि यी दुई मुलुकमा भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको दर कम छ ।
भारतमा फैलिएको कोरोना संक्रमणबाट पाठ सिकेर अधिकांश मुलुकले तुलनात्मकरुपमा छिटै नै लकडाउन गरी कोरोना संक्रमणलाई तीव्र गतिमा फैलिन नदिने प्रयास गरिरहेको र कोरोना संक्रमणसँगै अस्पतालमा पनि बिरामीको आवश्यकताअनुसारको व्यवस्था गर्ने प्रयास गरिरहेको रिमाल बताउँछन् । ‘यो क्षेत्रका मानिसहरु निकै सचेत छन् किनकी उनीहरुको आँखा अगाडि नै भारतमा दैनिक चार लाख नयाँ संक्रमित फेला परेका थिए र उनीहरुले वास्तवमा नै त्यो अवस्था दोहोरियोस् भन्ने चाहँदैनन्’, रिमालले भने । तर, जनस्वास्थ्यको मापदण्ड लगाइएसँगै त्यसले काम गर्न भने केही समय लाग्छ । अहिले यो क्षेत्रका मुलुकहरु संक्रमण नियन्त्रणका लागि संघर्ष गरिरहेका छन् ।
विश्वको चौथो धेरै जनसंख्या भएको इन्डोनेसियामा बिहीबार एकैदिन १ हजार ४४९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । कोरोना महामारी सुरु भएसँगै इन्डोनेसियामा एकै दिन यो महामारीको कारण सबैभन्दा धेरैको मृत्यु भएको हो ।
गत जुनको मध्यमा करिब आठ हजारको हाराहारीमा रहेको दैनिक नयाँ संक्रमितको संख्या पनि गत साता ५० हजारभन्दा धेरै थियो । इन्डोनेसियाको परीक्षणको दर सीमित रहेकाले वास्तविक संक्रमितको संख्या धेरै हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।
कोरोना संक्रमण बढेसँगै सरकारले मुलुकमा उत्पादन हुने अधिकांश अक्सिजन मेडिकल प्रयोगको लागि पठाएको छ । यो संकट सुरु हुनुभन्दा पहिला मेडिकल प्रयोगको लागि दैनिक ४ सय टन अक्सिजन मेडिकल प्रयोगको लागि आवश्यक पथ्र्यो तर कोरोनाका संक्रमण उल्लेख्य संख्यामा बढेसँगै मेडिकल प्रयोगको लागि आवश्यक अक्सिजन पाँच गुणा बढेर दुई हजार टन पुगेको थियो ।
इन्डोनेसियामा अक्सिजन उत्पादनमा कुनै किसिमको समस्या नभए पनि आपूर्तिमा देखिएको समस्याको कारण अहिले पनि केही अस्पतालमा अक्सिजनको अभाव देखिइरहेको छ । इन्डोनेसियामा अहिलेसम्म करिब १४ पैतित मानिसले कम्तीमा एक डोज कोरोना खोप लिएका छन् ।
म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएको विरोधमा भएको प्रदर्शनले मुलुकको स्वास्थ्य प्रणाली ध्वस्त बन्यो । पछिल्लो केही सातामा मात्र कोरोनाको परीक्षण तथा गणनाको कार्यले पुनः गति लिन थालेको छ । म्यानमारमा गत मेको मध्यदेखि कोरोनाको नयाँ लहर देखिएको छ । साथै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उल्लेख्यरुपमा वृद्धि भइरहेको छ ।
जुलाईको सुरुदेखि मृत्युदर निकै उच्च गतिमा बढेको छ । साथै म्यानमारको सेनाले कोरोनाका संक्रमित तथा मृतकको संख्या गम्भीररुपमा लुकाएको आशंका छ । यसअघि नै नाजुक बनेको स्वास्थ्य प्रणाली, निकै कम परीक्षण, अक्सिजन तथा अन्य मेडिकल सामग्रीको अभावलगायत कारण आगामी सातामा म्यानमारको अवस्था निकै खराब हुन सक्ने क्षेत्रीय मानवअधिकारवादी समूहले बताएको छ ।
त्यस्तै अधिकांश मानिसहरुमा सेनाको सरकारमाथिको विश्वास निकै कम हुनुले पनि समस्या बढाएको छ । बिहीबार म्यानमारको सरकारले ६७ सय नयाँ संक्रमित देखिएको र संक्रमणको कारण ३१९ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । खोप लगाएका मानिसको पनि यकिन तथ्यांक छैन । उपलब्ध खोपको आधारमा करिब ३ प्रतिशत मानिसले पूरा डोज कोरोना खोप लगाएको अनुमान गरिएको छ । सामाजिक सञ्जालमा मानिसहरुले पोस्ट गर्दै मुलुकको सबैभन्दा ठूलो सहर यान्गुनको चिहानले आएका शव धान्न नसक्ने अवस्था आएको बताएका छन् । अधिकारीहरुले भने सामाजिक सञ्जालको दाबी अस्वीकार गर्दै आएका छन् । यद्यपि उनीहरुले धेरै मानिसहरुको मृत्यु घरमा नै हुने गरेको स्वीकार गरेका थिए ।
म्यानमारको चिहानहरुको व्यवस्थापन हेर्ने विभागका प्रमुख चो टुङ औङले सेनाले चलाएको टेलिभिजनमा बोल्दै सोमबार यान्गुनका प्रमुख सात चिहानमा ३५० जना कर्मचारीहरुले जुलाई ८ देखि तीन सिफ्ट काम गरिरहेको बताएका थिए । उनका अनुसार आइतबार कर्मचारीहरुले १२ सयभन्दा धेरै शव व्यवस्थापन गरेका थिए । उनीहरुमध्ये १ हजार ६५ जनाको मृत्यु कोरोना संक्रमणको कारण उनीहरुको आफ्नै घरमा भएको थियो भने १६९ जनाको मृत्यु अस्पतालमा भएको थियो ।
गीता सिंह - व्यवसायी स्याम भट्टराइको सहयोगमा सुकुम्बासी बस्तीका दुई जना वालवालिकाहरुलाइृ वातावरण मैत्री समाजले विद्यालय भर्ना गरेको छ । अहिले लाई एक वर्ष सम्म भनेर त्रीपुरेश्वर स्थित विस्व विद्या निकेतनमा उनिहरुलाई भर्ना गरिएको र सहयोग जुट्दै गए आगामी दिनहरुमा पनि ति वालवालिकाहरुको शिक्षा दिक्षा निरन्तर राख्ने वातावरण मैत्री समाजका अध्यक्ष राधे श्याम मिश्रले बताए । मिश्र लगायत उनको संस्थाले काठमाण्डौ महानगरपालीका वडा नम्बर - ११ बन्सीघाट का रोयल श्रेष्ट र कौशल थापालाई क्रमशः एल केजी र नर्सरीमा भर्ना गरेका हुन् । वातावरण सरसफाई र जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको वातावरण मैत्री समाजले विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय भमिका खेल्दै आइृरहेको छ
काठमाण्डौ– वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्रण गर्ने कार्यमा वातावरण मैत्री समाज निरन्तर लागि रहेकोछ । वि सं २०७५ सालमा स्थापना भएको यस संस्थाले स्थापना काल देखिनै वातावरण प्रदुषण तथा सरसफाइमा जोड दिदै आइरहेको छ र ती चिजहरुलाई जोगाउन संस्थाले विभिन्न किसिमका कार्यक्रहरु पनि संचालन गर्दै आईरहेको छ ।
कोरोना महामारिमा विभिन्न क्षेत्रहरुमा खाद्यान्न तथा अत्यवश्यक सेवाहरु उपलब्ध गराएर समाज सेवामा पनि आफ्नो दरिलो उपस्थिती जनाउदै आएको यस संस्थाले २०७८ असार २६ गते शनिबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित रातमाटेमा झण्डै ५ सय भन्दा बढी विरुवाहरु रोपेको छ ।
“वातावरण जोगाउन सक्यौं भने यसले सफा स्वच्छ हावा मात्रै नभई वाढी पहिरो तथा भुक्षय जस्ता प्राकृतिक प्रकोपहरु नियन्त्रणमा ठुलो सहयोग पुग्ने अपेक्षाको लिईएको वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले बताउनु भयो ।” बृक्षारोपण कार्यक्रममा संस्थाका पदाधिकारीहरु, समाजसेवी, पत्रकार लगायत विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो । यस संस्थाले विगत देखिने प्रत्येक शनिबार सरसफाईको कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेको छ ।
काठमाडौं-ईश्वरलाल प्रतिष्ठानले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् । प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ । ईश्वरलाल प्रतिष्ठान नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष एवम् प्रतिष्ठित उद्योगपति स्वर्गिय इश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापित सामाजिक संस्था इश्वरलाल प्रतिष्ठान हो ।
मोरङ, २८ जेष्ठ-भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले शुक्रबार जिल्ला स्थित स्थित ४ पालिका र एक स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीहरु तथा संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु उपलब्ध गराएको छ । फाउण्डेशनले उर्लावारी नगरपालिका ,बेलवारी नगरपालिका ,शनिश्चरे नगरपालिका, लेटाङ्ग नगरपालिका, अमरदह कोभिड अस्पताल लगाएतका ठाँउहरुमा कोभिड १९ बाट संक्रमितहरुको स्वास्थ्य उपचारको लागि अतिअवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु उपलब्ध गराएको हो । फाउण्डेसनकी संस्थापक सदस्य लिमा अधिकारी एवम् अध्यक्ष सविता अधिकारीको संयोजनकारी नेतृत्वमा राष्ट्रव्यापी सहयोग कार्यक्रम संचालन गर्दै आएको फाउण्डेसनले स्वर्गिय भरतमोहन अधिकारीको गृह जिल्ला मानिने मोरङलाई प्राथमिकतामा राख्दै पुन: स्वास्थ्य सामाग्री वितरण गरेको छ । यसै माझ शुक्रबार फाउण्डेसनका तर्फबाट सचिव महेश आचार्य, सदस्य मानबहादुर श्रेष्ठ ,शुभाष आचार्य्, फाउण्डेसनका शुभचिन्तकहरु कृष्ण निरौला, महेन्द्र आचार्य, सुन्दर हरैचा बाणिज्य संघ सदस्य सहितको टोलीले राहत सामाग्री वितरण गरेको छ । पालिकाको कोभिड संक्रमणको अवस्था हेरि फाउण्डेसनले विभिन्न पालिकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो । जस अन्तर्गत ८० थान पिपिई, ५० गोटा अक्सिमिटर, २ हजार गोटा मास्क, २ सय गोटा एन ९५ माक्स, २० जोडा बुट, ४० लिटर स्यानिटाईजर र ४० लिटर हाइपोक्लोराईड रहेका छन् ।
उक्त समाग्रीहरु बेलवारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, लेटाङ्ग नगरपालिकाका नगर प्रमुख शंकर राइ र उपमेयर भण्डारी, उर्लावारी नगरपालिका लगाएत नगर पालिकाका प्रतिनिधीलाई फाउण्डेसनको तर्फबाट सचिव महेश आचार्य सदस्य शुभाष आचार्य र मान बहादुर श्रेष्ठले संम्युक्त रुपमा हस्तान्तरण गरेका थिए । त्यसक्रममा स्व. जनप्रेमी नेता अधिकारीको संझनामा राजनीति पृष्ठभूमि भएको जिल्ला मोरङका विभिन्न ठाँउहरुमा सहयोगलाई निरन्तरता दिइएको जानकारी संस्थाका सचिव महेश आचार्यले दिएका थिए । उक्त सहयोग हस्ताण्तरण कार्यक्रम माझ कोभिडसँग लड्ने स्वास्थ्यकर्मी,कर्मचारीहरु तथा जनप्रतिनिधिहरु प्रति उच्च आदरभाव दर्शाउदै फाउण्डेसनका तर्फबाट सम्मानपत्र समेत समर्पण गरिएको थियो ।
सो अवसरमा स्वास्थ्य सामाग्री ग्रहण गर्ने क्रममा अधिकांश जन प्रतिनिधीहरुले भरतमोहन अधिकारी जनप्रेमी राजनेता हुनुका साथै कुशल सामाजिक अभियान्ता रहेको स्मरण गर्दै स्वर्गिय अधिकारीले गाउँघर र ग्रामीण जनता प्रति दर्शाएको माया उनले अर्थमन्त्रीको हैसियतले प्रस्तुत गरेका कार्यक्रमहरुबाटै प्रष्ट हुने दाबी पेश गरेका थिए ।
पालिका जनप्रतिनिधिहरुले अत्यावश्यक स्वास्थ्य सामाग्री किन्न पनि हाल उच्च मुल्य भुक्तान गर्नु परेको दुखेसो पोख्दै राहत स्वरुप फाउण्डेसनबाट यी समाग्रीहरु प्राप्त भएकामा जोखिममाझ जिउन वाध्य भैरहेका बेला अप्ठ्यारो परिस्थितीबाट पार पाउन धेरै हद सघाउ पुग्ने विचार व्यक्त गरे । उनीहरुले यी सामाग्रीहरुको सहि सदुपयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
स्रोतसाधनले भ्याएसम्म फाउण्डेसनले स्वास्थ्यकर्मी, नागरिक, जनप्रतिनिनिधि लगायतको जीवन रक्षाका लागि संस्थाले सक्दो प्रयास गर्ने फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले जानकारी दिइन ।
भरतमोहन अधिकारी स्मृति फाउन्डेसन पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित सामाजिक संस्था हो । फाउण्डेसनले जेष्ठ नागरिक लगायतका सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आईरहेको छ । फाउण्डेशनले दुई साता अघि मात्रै जिल्ला स्थित ७ पालिका र स्वास्थ्य संस्थालाई सामाग्री वितरण गरेको थियो ।
काठमाण्डौ – सामाजिक सचेतनाको बुलन्द आवाज बोकेको सन्देशमुलक गीत ”बोल देउता बोल” सार्वजनिक भएको छ । प्राज्ञ ज्योती प्रकाशको स्वर तथा संगीत रहेको उक्त गीतलाई चन्द्र भट्टचनले लेखेका हुन् ।
समाजमा उतल्लो र उपल्लो समुदाय वा जात भनेर गरिने विभेद विरुद्ध आवाज बुलंद गरिएको गीतमा विषेशत एउटा मुर्तिकारले बनाएको मुर्ति मन्दिरमा स्थापना गरे पछि स्वयं मुर्तिकारलेनै त्यसलाई छुन वा पुजा गर्न नपाएपछिको पिडालाई सम्बोधन गरिएको छ ।
सामाजिक विकृति विरुद्ध आवाज उठान गर्ने उक्त गीतलाई बरिष्ठ संचारकर्मी एवं गीतकार शान्तिप्रियले निर्देशन गरेका छन् भने भिडियोमा चलचित्र निर्देशक माधव राज खरेलको अभिनय देख्न सकिन्छ । हुन त यस अधि खरेलले थुप्रै चलचित्रहरुमा फरक फरक भुमिकामा आफ्नो अभिनय क्षमता देखाई सकेका छन् । भिडियोमा खरेलका अलावा चर्चित गीतकार लोकराज अधिकारी, गीतकार एवं संचारकर्मी सुमन बैरागी, संचारकर्मी राजन थापालाई पनि देख्न सकिन्छ ।
गोविन्द अन्जानको छायांकन रहेको उक्त गीतलाई विकास धमलाले सम्पादन गरेका हुन् । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको रेर्डिङ स्टुडियो सुर संगीत रहेको छ । सामाजिक सचेतनाको लागी तैयार पारिएको गीत र भिडियोलाई दर्शक स्रोताहरुले मन पराउनेमा आफुहरु आशावादी रहेको यसका निर्देशक शान्तिप्रिय र संगीतकार एवं गायक ज्योती प्रकाशले बताएका छन् । भिडियोलाई ज्योती प्रकाश अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
काठमाण्डौ -सर्व प्रथम सबैमा २०७८ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।यो बर्ष हजुरहरुको लागि उपलब्धि मुलक,सुखी र कर्मशिल होस् । पशुपतिनाथले हामी सबैको रक्षा एवं कल्याण गरून् ।
२०७८ सालको कुरा गर्दा यो सालको सम्वत्सार नाम राक्षस हो।यो बर्षको राजा मंगल ग्रह हो भने मन्त्री पनि यो बर्ष मंगल ग्रह नै हो । मंगल् ग्रहको कारण यो बर्ष देशमा आपराधिक घटनाहरुमा वृद्धि हुनेछ । नशा एबम मुटु रोगिमा वृद्धि हुने देखिन्छ । यो बर्ष सेनाको बिकास शक्ति एबम हतियारमा वृद्धि भयता पनि सेना एबम सुरक्षा निकायहरु अलि आक्रमक हुदा बिबादास्पद कार्यमा धेरै पटक मुछिने छन । चिकित्सा क्षेत्र ठुलो खोज बिकास होला । उद्योग एबम व्यपार मध्यम होला बैंक ,वित्तीय सस्था एबम शहकरी सस्थामा अलि झमेला एबम विवाद देखिएला । मासुजन्य कृषि उत्पादन एबम ब्यापारमा वृद्धि होला । खेतीपति ,जल ,दुधजन्य पदार्थका काममा यो बर्ष तेति राम्रो नहोला । बर्षा एबम हिमपात मौसम अनुकुल नहुदा जनजीवन प्रभावित होला । अग्निभय,सिमा विवाद ,राजनीतिक खिचातानी बढेर जानेछ।शासन बर्ग कठोर भैई नियम कानुन कडा हुन् सक्ने बर्ष पर्दछ ।
ग्रहमंडलीय अवस्थाको आधारमा यो बर्ष चन्द्र कुन्डलीलाई मात्र आधारले हेर्दा १२ राशिहरुलाइ निम्न अनुसार फल मिल्ने छ ।
मेष राशी ः बर्षको सुरु संगै जोस जागर बढेर जानेछ । ज्ञान एवं बौद्धिकताको सहि सदुपयोगबाट आय, कर्म तथा भाग्यमा वृद्धि होला । परिवारिक, प्रेम एबम दम्पतय जीवन सुखमय होला । बोलिमा नियन्त्रण एबम अनावश्यक खर्चमा ध्यान राख्नु होला । भौतिक सुख एबम सम्पतिमा वृद्धि हुने हुँदा अत्मबिस्वाश बढेर जानेछ ।
बृश राशी ः– बर्ष सामान्यतया मध्यम होला । मान सम्मानमा कमी आउनुका साथै साझेदार, जीवनसाथी बिच मनमुटाव एवं सुखमा कमी होला । जीवन साथीको स्वास्थ्यमा बिशेष सावधानी राख्नु होला । आय सोचे जस्तै होला । हरेक कार्य गर्दा मेहनत तथा जिम्मेवार भएर गर्नु होला । वैदेशिक काममा भने सफलता पाउने योग छ ।
मिथुन ः– यो बर्ष काम काजमा सफलता मिल्नेछ । सरकरी तथा राज्य बाट सहयोग मिल्नेछ । कार्य एवं व्यापार वृद्धिले आर्थिक स्थिति मजबुत होला । धर्ममा विशेष रुचि जानेछ । पारिवारिक जीवन सुखमय होला ।
कर्कट ः– आय एवं कार्यमा बिलम्ब भए पनि अन्तत सबै प्रकारको सुखको भोग होला । बोलिमा नियन्त्रण गर्ने । शैक्षिक क्षेत्रमा विशेष जोड दिनु होला ।
सिह राशी ः– माताको स्वास्थमा ध्यान दिनुहोला । वैदेशिक काममा विशेष सफलता मिल्ने योग छ । भौतिक एवं आध्यात्मिक सुखमा वृद्धि होला । कार्यमा रोकावट एवं विवादको बाताबरण आउने हुदा जिम्मेवारी भएर कार्य गर्नुहोला । व्यापार एबम वैवाहित जीवन सफल होला ।
कन्या राशी ः– शैक्षिक एवं सन्तान सुखमा कमि होला । धन कमाउनको लागि प्रयत्न धेरै गर्नु पर्नेछ । मन चिन्तित हुनुका साथै बोलिको प्रभावमा कमी आउला । सानातिना घटनाले मन भने दुखी एवं निराश बनौला ।
तुला राशी ः–बर्ष मध्यम होला । आयमा वृद्धि भए पनि खर्च अनियन्त्रित हुनेछ । परिवारको स्वास्थ्यम अलि ध्यन दिनु होला । बोलिमा नियन्त्रण गर्दै सम्बन्ध सुमधुर बनाउनु होला । वैदेशिक कार्यको लागि बर्ष राम्रो छ ।
बृस्चिक राशी ः– बर्ष शुभ नै बित्ने छ । पारिवारिक सुखमा वृद्धि होला।जग्गा ,जमीन एबम वहन सुखको योग छ । प्रेम एवं वैवाहित जीवन मध्यम होला । चिन्ता एबम असन्तोष बढेर जानेछ ।
धनु राशी ः– व्यापार तथा कुटनैतिक कार्यमा सफलता मिल्ने छ । धर्ममा रुचि बढेर जानेछ । आयमा , विद्या तथा सन्तान सुखमा वृद्धि होला । शत्रु सक्रिय भए पनि जीत तपाईंको होला । हरेक कार्य गोपनिय तरिकाले गर्नु होला । सफलता आबस्य मिल्नेछ ।
मकर राशी ः–धन सम्पतिमा वृद्धि होला । माता एवं अन्यको सल्लाह तथा सहयोग मिल्ने छ । राज्य सम्मान पाउनुका साथै हरेक कार्यमा सफलता पाउनुु हुनेछ । घरेलु वातावरण सुखमय होला । जिद्दीपन छोडेर सकारात्मक सोचका साथ अगि बढनुहोला ।
कुम्भ राशी ः– बोलिको प्रभावमा प्रगती होला । भाग्य ले साथ दिने हुदा हरेक कर्य सफल होला । यात्रा अनि धर्मिक कार्यम भने पुर्ण लाभ मिल्ने छ । पराक्रम अनि मान सम्मानमा मिल्ला । हतारको निर्णय लिनु भन्दा विवेक पुर्याउनु होला ।वैदेशिक कार्यमा लाभ मिल्ला ।
मीन राशी ः– बर्ष मध्यम हुनेछ । आर्थिक उन्नति दायक समय छ । काम एबम व्यापार मध्यम हुनेछ । प्रशासनिक काम एवं क्षेत्र बाट हानि मिल्ला । रोग ,चिन्ता एबम अनावश्यक खर्च बढेर जनेछ । शत्रु पक्ष बलियो होला ।
यो वार्षिक राशिफल तपाईको चन्द्र कुन्डलीलाई आधार मानी तयार गरिएको हो । आधिकरिक फलका लागि तपाईको जन्म समय ,स्थान र लग्न अनुसारको अनिवार्य योग्य ज्योतिषीहरुलाई भेट्नु नै पर्नेछ ।
ज्योतिषी आदित्य सुरेश राज गिरि
सम्पर्कः–9851149039