social
||Power News Asia||

आजको समाचार

गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले थाल्यो पदयात्रा

सामाजिक


गोरखा-पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा(काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो ।

सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पााच कम्पनी ९श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज० का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको रणसिंह दल गणका गणपती उज्वल केसीले बताए ।

गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुादै काठमाडौं पुग्ने उनले जानकारी दिए । ‘आज यो टोली गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउापालिको अश्राङ, बोर्लाङ हुादै बुंकोटघाट पुगेर धादिङको देविदत्त गणलाई टर्च र झण्डा बुझाएर र्फकन्छ,’ गणपती केसीले भने, ‘त्यो टोलीले नुवाकोटको जबरजंग गणलाई बुझाउाछ र काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्छ ।’ टर्च र झण्डासहित काठमाडौंको पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने उनले बताए ।

पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको उनले जानकारी दिए । ‘राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न अघिल्लो वर्षबाट पदयात्रा सुरु गरेका हौं, बर्सेनि यसलाई निरन्तरता दिने छौं,’ केसीले भने । उक्त मार्गको दुरी २६ कोष रहेको उनले जानकारी दिए ।

पदयात्रामा सहभागी टोलीलाई मंगलबार एक कार्यक्रमका बिच टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र नेपाली सेनाका पृतनापति विनय विक्रम राणाले संयुक्त रुपमा सहसेनानी दल बहादुर थापालाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले एकीकरण मार्ग प्रवर्द्धनका लागि जिल्लाहरु बिच आवश्यक समन्वय हुनुपर्ने बताए ।

पृतनापति राणाले राष्ट्रिय एकताको सन्देशका लागि पनि पदयात्रा गरिएको बताए । पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने सेनाको विशेष कार्यक्रम रहेको बताउादै उनले इतिहास सम्बर्द्धनको कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

गोरखा नगरपालिकाका मेयर पन्तले इतिहास संरक्षणका लागि सेनाले सुरु गरेको कार्यलाई सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । इतिहास जर्गेनाका लागि सेनाले गरेको कामको प्रशंसा गर्दै उनले गत वर्षबाट गोरखा नगरपालिकाले पनि पृथ्वी जयन्ती भव्यताका साथ मनाउन थालेको जानकारी गराए ।

पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापाले पदमार्गमा पर्ने पाटी, पौवा, चौताराहरुको संरक्षणको काममा पनि अगुवाइ लिन नेपाली सेनालाई आग्रह गरे । यात्राको क्रममा टोलीलाई बिभिन्न स्थानीय तहमा स्वागतका कार्यक्रमहरु पनि राखिएको छ ।

गिनिज बुक अफ वल्ड रेकर्ड होल्डरलाई पर्यटन मन्त्रीले दिए सर्टिफिकेट

सामाजिक



काठमाण्डौ – नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित गरेका युवाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । पिम नेपालको आयोजनमा सम्पन्न गरिएको कार्यक्रम विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकाश कोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक दिनेश डि।सी, बरिष्ठ कलाकार उत्तम के।सी।, वरिष्ठ गीतकार एवं संचारकर्मी भरत बम्जन लगायतका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यमको सभापतित्व चलचित्र निर्देशक एवं लेखक मोहन निरौलाले गरेका थिए।संशारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाललाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई ।

साझा हिमाल गीतलाई मुर्तरुप दिन सघाउने कलाकारहरु श्रीदेव भट्टराई, दिर्घ राज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्च बहादुर राई, सुस्मा भट्टराई, दृश्य सुवेदी, गोपाल ढकाल (छन्दे), प्रमिला राई, शान्तिप्रिय, राजन खरेल, विपिन भाट, अस्मिता श्रेष्ठ, शोमा खत्री, कानुनी सल्लाहकार राजेन्द्र शर्मा, राजन थापा, किरण चौधरी, रोशन श्रेष्ठ लगायतलाई उक्त कार्यक्रममा गिनिज वल्र्ड रेकर्डवाट प्राप्त सहभागिताको प्रमाणपत्रहरु समेत प्रदान गरिएको छ ।त्यस्तै कार्यक्रममा गायिका सरिता भारतीलाई गायन सम्मान समेत गरिएको थियो ।

नेपालको नाम भिडियो मार्फत विश्वमा राख्न सफल भएकोमा रेकर्ड होल्डर खरेल लगायत चारै जनालाई प्रमुख अतिथि सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल , चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका जनकदीप पराजुली, कान्तिपु टिभिका स्टेशन हेड एवं चलचित्र निर्देशक दिनेश डि।सी। लगायतले बधाई एवं शुभकामना दिएका थिए ।लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संशारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले ।नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो ४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो ।

गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ । कार्यक्रमको आयोजना पावर ईन्टरनेशनल मिडिया नेपालले गरेको हो ।


 

खरेल, नेपाल, जोशी र राईले गिनिज बुकमा नाम लेखाए

सामाजिक


काठमाण्डौ नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाललाई गीनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई । 

लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ ।  अग्लो स्थान मात्रै नभएर एकै  स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले।

नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो ( ४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो । गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तिको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ । गिनिज वल्र्ड रेकर्डवाट प्राप्त प्रमाण पत्र केही दिन पछि विशेष कार्यक्रम गरी किर्तिमानधारी व्यक्तित्वहरुलाई प्रदान गरिने कुरा आयोजक पिम नेपालले जनाएको छ ।

‘विश्वमा वन्यजन्तुको जनसंख्या चिन्ताजनक रूपमा घटेको छैन’

सामाजिक


मेरुदण्ड भएका अधिकांश वन्यजन्तुहरु – स्तनपायी, उभयचर, चरा, सरिसृप र माछा समुहको जनसंख्या स्थिर रहेको एक अध्ययनले देखाएको छ । प्रत्येक दुई वर्षमा सार्वजनिक हुने पर्यावरणको क्षेत्रमा काम गर्दै आएको समुह डब्ल्यूडब्ल्यूएफले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

डब्ल्यूडब्ल्यूएफले सन् १९७० देखि मेरुदण्ड भएका वन्यजन्तुको जनसंख्याको गणना गर्दै आएको यो अध्ययनमा सहभागी शोधकर्ताहरुले १४ हजार हाड भएका वन्यजन्तुको निरीक्षण गरेका थिए । अध्ययनअनुसार जनसंख्या सबैभन्दा छिटो घटेका एक प्रतिशत वन्त्यजन्तुलाई हटाउने हो भने समग्र संख्याको आधारमा बाँकी वन्यजन्तुहरुको संख्या स्थिर रहेको देखिन्छ ।


गत सेप्टेम्बर महिनामा डब्ल्यूडब्ल्यूएफको लिभिङ प्लानेट इन्डेक्सले सबै जनावरको जनसंख्या औसतमा ६८ प्रतिशतले घटेको देखाएको थियो । यसले विश्वको ध्यान आकर्षित गरेको थियो ।

‘सबै जनसंख्याको ट्रेन्डलाई एउटै अंकमा गाभेर हेर्दाश समग्र जनसंख्या नै घटिरहेको देखिएको आभाष भएको हो’, नयाँ अध्ययनका वरिष्ठ शोधकर्ता ब्रियन लेउङले बताए । यद्यपि प्राप्त प्रमाण भने यो तथ्यसँग मेल नखाने उनको भनाइ छ ।

कुनै कुनै क्षेत्रमा कुनै प्रजातिको जनसंख्यामा भने ठूलो गिरावट आएको छ । जस्तो कि एसिया–प्यासिफिक क्षेत्रमा चरा र अमेरिकी क्षेत्रमा सरिसृपको जनसंख्यामा कमी आएको छ । तर, यो संख्यालाई समग्र औसतमा मिसाउँदा भने यसले गलत सन्देश दिने लेउङको भनाइ छ ।

यसअघि सार्वजनिक भएको इन्डेक्सको अर्थ विश्वभरका समग्र वन्यजन्तुको संख्यामा ६८ प्रतिशत कमी आयो भन्ने किसिमको नरहेको लेउङले बताए । जनसंख्यामा ठूलो कमी आएका केही प्रजातिको संख्या पनि समग्र संख्यामा राखेर औसत निकाल्दा समग्र जनसंख्यामा नै ठूलो कमी आएको जस्तो देखिएको शोधकर्ताहरुको भनाइ छ । यद्यपि जनसंख्यामा ठूलो कमी आएका केही वन्यजन्तुलाई हटाउने हो भने वन्यजन्तुको जनसंख्या समग्रमा स्थिर नै देखिएको छ ।

यद्यपि बाँकी ९९ प्रतिशत वन्यजन्तुको जनसंख्या पनि सब ठीकठाक भने नरहेको वैज्ञानिकहरु बताउँछन् । उनीहरुका अनुसार सबैभन्दा धेरै जनसंख्या बढेका र सबैभन्दा धेरै जनसंख्या घटेका १०÷१० प्रतिशत वन्यजन्तुलाई आधार मानेर हेर्ने हो भने सन् १९७० यता वन्यजन्तुको जनसंख्यामा ४२ प्रतिशतको गिरावट आएको छ । लेउङले आफूहरुको उद्देश्य जैविक विविधताको समस्या छैन भन्ने देखाउनु नरहेको बताए । यद्यपि यो समस्या यसअघि अनुमान गरिएभन्दा कम रहेको उल्लेख गरे ।

स्रोत: एएफपी

सुजाताले गरिन् काँग्रेस सभापतिको उम्मेदवार बन्ने घोषणा

सामाजिक


काठमाडौं  - नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । उनले पार्टीको चौंधौं महाधिवेशनमा सभापतिका लागि उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

‘पार्टीको पुरानो साखलाई फिर्ता गरेर देशलाई एउटा निकास दिने दृढ संकल्प र अठोटका साथ म पार्टीको चौधौं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु,’ सुजाता कोइरालाले भनिन् । उनले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने संकल्प गरेको बताउँदै सबैलाई सहयोगको आग्रह समेत गरेकी छिन् ।

पार्टीलाई पुर्नजिवन दिनुपर्ने बेला भएको भन्दै सबैले अब रुपान्तरित भएर बढ्नुपर्ने बेला आएको बताइन् । ‘आज पार्टीमा निरन्तर योगदान गरेर संगठन गरेरका साथीहरु भूमिकाविहिन हुनुभएको छ,’ कोइरालाले भनिन्, ‘पार्टीमा त्याग गरेका इमान्दार नेता तथा कार्यकर्ताहरुको उचित मूल्यांकन भइराखेको छैन ।’

कोइरालाले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै देश र जनतामा भन्दा आफू केन्द्रित भएको आरोप लगाइन् । उनले भनिन्, वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई लगायतको दुरदृष्टि र योजनाले पार्टीले विभिन्न कालखण्डमा ठूलै भूमिका पाएको थियो ।

पार्टीभित्र नेता कार्यकर्ताको ठूलो पंक्तिमा चरम निराशा छाएको औल्याउँदै कोइरालाले काँग्रेस शिथिल हुँदा सिंगो मुलुक नै अधिनायकवादतर्फ जाने खतरा बढेको बताइन् । पार्टी र देशलाई संकटबाट जोगाउन पनि आफूले काँग्रेसको नेतृत्व गर्ने दिशामा पाइला बढाएको बताइन् ।

काँग्रेसभित्र चौधौं महाधिवेशनमा एक दर्जन जति नेतृत्वका आकांक्षी भइरहँदा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको उम्मेदवारी घोषणालाई अर्थपूर्ण मानिएको छ । कोइराला परिवारभित्रै सुजातासहित महामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिका आकांक्षी हुन्।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भइसकेकी सुजाता कोइराला पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । उनका पिता लामो समय काँग्रेस सभापति थिए । सुजातासँग लामो समय काँग्रेसको विदेश विभागको नेतृत्व हाँकेको अनुभव समेत रहेको छ ।
 

पश्चिमा देशहरु इस्लाम, पैगम्बर र मुसलमानबीचको सम्बन्धलाई बुझ्न सक्दैनन् ः पाकिस्तानी प्रधानमन्त्री

सामाजिक


काठमाडौं -  फ्रान्स र मुस्लिम देशबीच तनाव जारी रहेको बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पश्चिमी देशहरुले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न नसकेको टिप्पणी गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा अरुको भावनामा चोट पुर्याउन नहुनेमा उनले जोड दिए ।

इस्लामावादमा शुक्रबार आयोजित एक कार्यक्रममा खानले भने, ‘इस्लामलाई मान्नेहरुमा पैगम्बर मोहम्मदप्रति जुन भावना छ, त्यसको बारेमा पश्चिमी देशहरुलाई कुनै जानकारी छैन । पश्चिमा देशहरु इस्लाम, पैगम्बर र मुसलमानबीचको सम्बन्धलाई बुझ्न सक्दैनन् । उनीहरुसँग ती किताब छैनन्, जो हामीसँग छन् । त्यसैले उनीहरुले बुझ्न सक्दैनन् ।’

यो बुझाउन मुसलमान बहुल देशका नेताहरुले नसकेको उनको भनाइ छ । उनले मुलसमान बहुल देशका नेताहरुले इस्लामको विरोध ९इस्लामोफोबिया०को मुद्दामा चर्चा गर्नुपर्नेमा जोड दिए ।

आवश्यक परे आफूले पनि यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने बताउँदै प्रधानमन्त्री खानले भने, ‘मैले इस्लामिक देशका समूहका सबैसँग भनेको छु पश्चिममा इस्लामोफोबिया बढिरहेको छ र यसको समस्या समाधानका लागि सबै मुसलमान देशहरु एकजुट भएर बहस छेड्नुपर्ने आवश्यक छ ।’

कुनै देशमा अल्पसंख्यक रुपमा रहेका मुसलमानहरु इस्लामोफोबियाका कारण सबैभन्दा बढी प्रभावित हुने प्रधानमन्त्री खानको भनाइ छ ।

मुसलमानहरु अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध छन् र संकिर्ण मानसिकताका छन् भनेर पश्चिमा देशहरुले मुसलमानहरुविरुद्ध अभियान चलाएको खानको भनाइ छ । उनले भने, ‘इस्लामको विरोधमा एउटा सानो तप्का छ, जसले गलत नजरले देखाउन चाहन्छ । हामीले सबैलाई भन्नुपर्छ कि यसले मुसलमानहरुलाई दुःख दिनेवाला छ ।’ उनले शार्ली एब्दो जस्ता घटनाको पछाडि पनि यस्तै तप्काका केही मानिसहरु रहेको बताए ।

प्रधानमन्त्री खानले पाकिस्तानमा कक्षा ९ देखि १२ सम्म विद्यालयको पाठ्यक्रममा इस्लामका पैगम्बर मोहम्मदको बारेमा जानकारी समेट्नुपर्ने कानुन ल्याउने बताए । यसो गरेमा विद्यार्थीहरुलाई इस्लामको बारेमा जानकारी मिल्ने उनले बताए ।

सो कार्यक्रममा सहभागी पाकिस्तान प्रशासित कश्मिरका प्रधानमन्त्री रजा फारुक हैदर पनि सहभागी थिए । उनले प्रदेशमा सबै प्रकारका फ्रान्सेली उत्पादनहरु बहिस्कार गर्न अपिल गरे ।

- एजेन्सीको सहयोमा

अपहरण अभियोगमा समातिए व्यवसायी डेबिड

सामाजिक


काठमाडौ -नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी छ ।

श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।

नेपालको ९० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन ल्याउने सम्झौता

सामाजिक


काठमाडौं- विश्वको पहिलो कोभिड-१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ । रुसी भ्याक्सिन स्पुतनिक-भी २ करोड ५० लाख डज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो ।

स्पुतनिक-भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड, रसियाज सोभरेन वेल्थ फन्ड र नेपालको औषधि वितरक कम्पनि ट्रिनिटी फार्मासिटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको जनाएको छ । यो सम्झौतासँगै नेपालको ९० प्रतिशत जनसंख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहुँच पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता भने दिइसकेको छैन । डब्लुएचओले यसको प्रभावकारिता र सुरक्षाको सुनिश्चितता भएपछि मात्र मान्यता दिने स्पष्ट पारेको छ । तर, ५० भन्दा बढी मुलुकहरुले रुसी भ्याक्सिन प्रयोग गर्ने तत्तपरता देखाएका छन् । रुसको गेमेलियाद्वारा विकास गरिएको भ्याक्सिन रुसमा प्रयोगमा ल्याइँदैछ । रुसले उक्त भ्याक्सिनको दोस्रो चरणको परीक्षणपछि तेस्रो चरणको परीक्षण हुँदै गर्दा ११ अगष्टमा दर्ता अनुमति दिएको थियो ।

पहिलो र दोस्रो चरणको परीक्षणपछि भ्याक्सिन प्रभावकारी र उपयोगी भएको रिसर्च पेपरमा ४ सेप्टेम्बरमा तथ्य प्रकाशित गरिएको थियो । द लान्सेट नामको जर्नलले यसबारे वृस्तृत जानकारी दिएको थियो ।

अब पाँच डलरमै कोरोना परीक्षण, एक मिनेट मै रिपोर्ट

सामाजिक


काठमाडौं- अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर हुने छ। यसले कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाइृ फाइदा हुने बीबीसीले जनाएको छ।

कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको डब्ल्यूएचओको विश्वास छ।

संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ।

 

पहिरोका कारण विस्थापितको सडकमा बास: कोही मकै पोलेर र कोही साहुबाट उधारो मागेर छाक टार्दै

सामाजिक


कैलाली — भाद्र १६, २०७७। 

तीन साताअघि घर पुरिने गरी गएको पहिरोका कारण कैलालीको चुरे गाउँपालिका–५ पट्रेनी तथा गुँडी गाउँका करिब ४० घर परिवार बिस्थापित भएका छन् ।

खानीडाँडा बजार नजिक राजमार्ग छेउमा उनीहरु त्रिपाल हालेर बसेका छन् । घरसँगै धेरैको खेत बगाएपछि उनीहरुको बिचल्ली भएको छ ।

चुरे गाउँपालिका–५ मा पहिरोले गर्दा ४० घर बिस्थापित भएका हुन । केही घर पहिरोले बगाइसकेको र केही घर पहिरोको उच्च जोखिममा परेपछि स्थानीय तह र प्रशासनले उनीहरुलाई सडक छेउमा त्रिपालमुनी राखेको छ ।

रेडक्रस, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबाट उनीहरुलाई अहिलेसम्म केही थान त्रिपाल मात्रै उपलब्ध भएको छ ।

सडकमा पुगेका उनीहरुलाई खाद्यान्नको अभाव भएको छ । उनीहरु अहिले साँझ बिहान के खाने भन्ने चिन्तामा छन् ।

सडकमा बास बसिरहेका पहिरो पीडितहरु कोही मकै पोलेर खाइरहेका छन् भने कोही नजिकको पसलको साहुबाट उधारो मागेर छाक टारिरहेका छन् ।

बस्ती पूरै जानेगरी पहिरो आएपछि अब त्यो ठाउँमा फर्किनसमेत कुनै ठाउँ छैन ।

दैनिक ज्यालादारीमा काम गरी खर्च धानीरहेका उनीहरुलाई कोरोना भाइरसका कारण जारी निषेधाज्ञाले छाक टार्न झन् मुस्किल भएको हो ।

गाइ, भैँसी पालेर खर्च चलाउनेहरुलाई पनि पहिरोले बिपत्तिमा पारेको छ ।

स्थानीय जनप्रतिनिधिबाट दुई महिनापछि केही राहत उपलब्ध हुने आश्वासन पाएका उनीहरु त्यतिञ्जेल सडकमै बिताउने सोचमा छन् ।

पहिरोले घर बगाएपछि त्यहाँ बस्ने अवस्था नभएको भन्दै सरकारले अब बस्ती सार्ने व्यवस्था गरिदिनु पर्ने उनीहरुको भनाइ छ ।

पहिरोबाट विस्थापित परिवारलाई राहत र सुरक्षित बसोबासको व्यवस्थापन गर्नुका साथै दीर्घकालीन समाधान खोज्नुपर्ने उनीहरुको माग छ ।

(ईमेज खबर)