काठमाण्डौ - गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सवको अवसरमा मिति २०७७ फागुन १ गते गर्ने भनिएको कार्यक्रम विषेश कारणले गर्दा रोकिएको गौरी शंकर मिडियाले जनाएको छ ।
गौरी शंकर च्छोरोल्पा मिडियाका सचिव मनोज कार्कीका अनुसार १ गते गर्ने भनिएको प्रथम बार्षिकोत्सवको कार्यक्रम विषेश कारणले गर्दा फागुन ५ गते बुधबारको लागि सारिएको जानकारी गराएका छन् ।
केन्द्रिय राजधानी काठमाण्डौको पुरानो बानेश्वर स्थित विग फुडल्याण्ड पार्टी प्यालेसमा मिति २०७७ फागुन ५ गते बुधबार विहान ९ बजे सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले बताएका छन् ।

काठमाडौं - अधिबक्ता राजेन्द्र शर्मा “भाटु” ले सामाजिक सद्भाव बढाउने थारु नेपालि समायोजन गरिएको गित “सखिए हो” लिएर आएका छन । मेलिना राई, कमल बिसि माल्दाई र स्वयम राजेन्द्र शर्मा (भाटु ) को स्वरमा रहेको यस गित बागेश्वरी म्युजिक मार्फत बजारमा आएको हो ।
गायक तथा अधिबक्ता शर्माले आफुले थारु समुदाय र नेपालि समुदाय बिच सामाजिक सद्भाब बढाउन यो गित ल्याएको बताएका छ्न । शर्मा अधिबक्ता मात्र नभएर विभिन्न सामाजिक कार्यमा समेत आबद्ध छन । उनको शब्दर संगीत रहेको यस गितमा रमाइलो तरिकाले माया प्रेम लाई उतारिएको छ । थारु समुदायको केटा र पहाडि समुदायकी केटीको माया प्रेमलाई निकै रमाइलो किसिमले प्रस्तुत गरिएको राजेन्द्र शर्मा (भाटु ) ले बताएका छन ।
थारु केटाका बुवाले आफ्नो कला सस्कृति नबिर्सन समेत गित मार्फत भनेका छन । बुवाको भुमिकामा स्वयम राजेन्द्र शर्मा (भाटु ) नै देखिएका छन । यस गितमा करिश्मा ढकाल , कमल बि।सि। माल्दाई र स्वयम राजेन्द्र शर्मा (भाटु ) ले उत्कृष्ट अभिनय तथा नृत्य गरेका छन भने चर्चित थारु मोडल सुनिता दहित र महिमा कुश्मि समेत यस गितको भिडियोमा गेस्ट आर्टिष्टको रुपमा देखा परेका छन ।
अब केहि दिनमा राजेन्द्र शर्मा “भाटु” सुनिता दहित र महिमा कुश्मिको दमदार अभिनय रहेको थारु भाषाकै थारु भर्जन पनि आउदैछ । जुन गितमा राजेन्द्र शर्मा (भाटु ) र समिक्षा चौधरीको स्वर रहेको छ । यस गितलाई अहिलेका चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन भने प्रकाश खड्काले छायांकन गरेका हुन । यो गित कमल बिसि माल्दाई युट्युब च्यानल मार्फत बजारमा आएको हो ।
परासी, -स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० को पृथ्वीचन्द्र अस्पताल परासीमा आएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताए ।
मुलुकका ७२ प्रतिशत नागरिक खोपका लागि योग्य रहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भ्रन्न्ुभयो, “सरकारले खोप उत्पादक मुलुकसँग सरकार–सरकार, सरकार–उत्पादक कम्पनीलगायत आधारमा खोप खरिदको प्रक्रिया अघि बढाएको छ, भारतसँग पनि हामीले खरिदकै प्रक्रिया अघि बढाएका थियौँ तर अनुदान उपलब्ध भयो ।” पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत चार लाख ३० हजार अर्थात तीन प्रतिशत नागरिकलाई खोप लगाएपछि दोस्रो चरणमा ५५ वर्ष माथीका नागरिकलाई प्राथमिकता दिइने मन्त्री त्रिपाठीले जानकारी दिए ।
पहिलो चरणमा जिल्ला अस्पतालमार्फत खोप अभियान सञ्चालन गरिएपनि दोस्रो चरणमा देशभरका १६ हजार खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिने उनको भनाइ थियो । मन्त्री त्रिपाठीले बढीभन्दा बढी सङ्ख्याले सहभागिता जनाउने गरी खोप अभियानलाई थप प्रभावकारी बनाउन निर्देशन दिए । खोप अभियानको अनुगमनमा निस्कनुभएका मन्त्री त्रिपाठीले देशभरको अभियान सन्तोषजनकरुपमा अघि बढीरहेको दाबी पनि गरे ।
नुवाकोट - नाट्यश्वर भगवान हामी सबैको शान कला र कलाकारीताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मुल मन्त्रलाई चरितार्थ गर्दै विगतका वर्षदेखि नेपाली गीतसंगीत अनि कलाकारिताको जगेर्ना गर्ने हिसाबले नाट्यश्वर म्यूजिक अवार्ड गरिदै आएको छ । नेपालमानै समावेसि अवार्डको रुपमा नेपाली गीत संगीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक भएपनि कोरोनाको महामारी र त्यसपछि उत्पन्न परिस्थिति र लकडाउनको कारण ९ महिना अगाडी नै हुनु पर्ने दोस्रो सस्करण यहि माघ २४ गते नुवाकोटमा हुने भएको छ।
कार्यक्रम नेपालि कांग्रेसको केन्द्रिय सदस्य तथा पुर्ब शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुन नरसिंह केसीको प्रमुख आथित्यमा बिदुर नगरपालिका वडा नम्बर १ स्थित होटल यान्ग्राको सभा हलमा हुने आयोजकले जानकारी दिएको छ । साथै कार्यक्रममा जिल्लाको स्थानीय निकायको प्रमुख ,उपप्रमुख ,नेपालि संगीत क्षेत्रको बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।
कार्यक्रमको दिन नेपाली गीतसंगीत क्षेत्रका हस्ती, रंगपत्रकारिताको क्षेत्रमा कलम चलाउने चार जना संचारकर्मीलाई सम्मानित गरिने नाट्यश्वर म्यूजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको पहिलेको मितिमा गर्न नसकी हाल परिस्थिति सहज भएकोले अवार्ड भब्य र शब्य रुपमा गर्न लागिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले जानकारी दिएका छन् ।
यसैगरी कार्यक्रममा संगीत क्षेत्रका बरिस्ठ एकजनालाइ दिर्घ साधना सम्मान समेत प्रदान गरिने छ ्यसको साथै नया पुरा केहि कलाकर ,सामाजिक व्यक्तित्व पनि सम्मानित हुदै छन् ।
विश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना नियन्त्रण गर्न उल्लेखनीय योगदान पुराएको जिल्लाको स्थानीय निकाय र सस्था समेत समानित गरिन लागेको कार्यक्रम निर्देशक किरण अधिकारिले जानकारी दिएका छन् सम्मानित हुने व्यक्ति ,श्रस्था ,सर्जक ,सामाजीक व्यक्तित्व र संचारकर्मिको नाम केहि दिनमा सार्बजनिक गरिनेछ ।
काठमाडौं - कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नारासहित विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न भएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच अवार्ड सम्पन्न भएको हो ।
अवार्ड समारोहमा बरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ्ग पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।
यस्तै कार्यक्रममा चलचित्र निर्देशक खरेल सहित ३ जना किर्तिमानी सम्मानबाट सम्मानित भएका छन् । संसारकै अग्लो स्थान सोलुखुम्बुको गोक्यो लेकमा गएर म्युजिक भिडियो निर्माण गरि गिनिज बुक अफ वल्ड रेकर्डमा नेपाल र नेपालीको नाममा नयाँ रेकर्ड स्थापना गराउन सफल भएका निर्देशक माधव राज खरेल, संचारकर्मी कमला जोशी र गायक पुर्ण राईलाई सम्मानित गरिएको हो ।
साथै अवार्ड समारोहमा व्यवसायी ढण्डबहादुर अधिकारी, प्रोडक्सन डिजाइनर यमप्रसाद ओली, कलाकार सरिता राजोपाध्याय, निर्देशक तथा कलाकार ओम प्रतिक, निर्देशक राजु गिरी, राष्ट्र सेवक कर्मचारी सुशिला ढकाल, नृत्य निर्देशक सुनिता वस्नेत लाई सम्मान गरिएको थियो ।
विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका नवनिर्वाचित केन्द्रीय सदस्य आकाश अधिकारी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायवमहाप्रवन्धक आरती चटौत, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर वम, बरिष्ठ कलाकार उत्तम केसी, गायक सीताराम पोख्रेललगायतका अतिथिहरू रहनु भएको थियो ।
अवार्ड समारोहमा अतिथिहरूले कला संस्कृतिका सर्जकहरूको सम्मानका लागि गरिएको यस्ता अवार्डले यसमा संलग्न सर्जकहरूलाई अझ प्रोत्सान मिल्ने बताएका थिए । कार्यक्रमको निर्देशकमा भीष्मराज फुलारा र संयोजकमा गीता अधिकारी रहनुभएको थियो भने सहजीकरण सञ्चारकर्मी दीपज्योति थापाले गर्नुभएको थियो ।
अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ -३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकार डा. डीआर उपाध्याय (छोरी विदाई आफ्नै छातिबाट ढुकढुकी टाढा हुने बेला भो), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आए म त तिम्रो शहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकर जनक रावल (भुल्यौकी मायाले गोठालोमा गएको मेलापात धाएको), सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत सङ्गीतकार विकास चौधरी (वल्ली होइन पल्ली) जुरी अवार्ड सङ्गीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ), सर्वोत्कृष्ट राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौ माया गरौ) लाई अवार्ड प्रदान गरिएको थियो ।
यसैगरी लोकगीत बैनी झ्यालैमाबाट सार्वोत्कृष्ट मोडल बहिरा कलाकार सुजल बम, यसै गीतबाट इनकरेजमेन्ट अवार्ड बहिरा कलाकार श्रद्धा भुसाल, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आदित्य बुढाथोकी (ढुंगामुडा), सर्वोत्कृष्ट युगल गायन योगश काजी र सारिका घिमिरे (हेल्लो), दृष्टिविहिन सङ्गीतकार रमेश सुवेदी इनकरेजमेन्ट अवार्ड (सेतो छडी), गायक पदम राई जुरी अवार्ड (के गुलियो छ र सखर चिनी), सर्वोत्कृष्ट भोजपुरी गायक श्यामकुमार मिश्रा (तु जान हमार), सुरज पौडेल आधुनिक पप गायक जुरी अवार्ड (लव लव), धमेन्द्र तिमिल्सिना (क्षितीज) गीतकार इनकरेजमेन्ट अवार्ड (के भो र), गायिका उषा मालाहा (सिम्रन) नवगायिका अवार्ड (झापाको सुपारी)बाट अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ ।
यस्तै उक्त समारोहमा अवार्ड चुम्न सफल हुनेहरूमा विकास थपलिया टेलिभिजन प्रस्तोता, राजकुमार दर्जी सर्वोत्कृट नृत्य निर्देशक, चेतनाथ दंगाल सर्वोत्कृष्ट निर्देशक (लघुचलचित्र निम्तो), मेकअप आर्टिष्ट पुरुष नारायण भट्टराई, सर्वोत्कृष्ट चलचित्र निर्देशक श्यामराजा श्रेष्ठ (नेवारी चलचित्र मनु म्हसिकी), मेकअप आर्टिष्ट सुनिता मरासैनी, नायिका सुभेच्छा थापा चलचित्र मखमली, नायिका आशा भुसाल (चलचित्र सर्मपण जुरी अवार्ड) ,नायक दिनेश बुढाथोकी (विर बहादुर दंगपर्छ ) छायाँकार जीवन पराजुली (चलचित्र कालेदाई जुरी अवार्ड), पुरुषोत्म पराजुली (इन्करेजमेन्ट अवार्ड (चलचित्र बीचबाटो) ज्याक श्रेष्ठ हास्य अभिनेता (चलचित्र चंगा चेट), सोफिया बज्राचार्य नव मोडल, कपिलराज गिरी गीतकार इन्करेजमेन्ट अवार्ड (जति मन पराउ), शान भुसाल (सङ्गीतकार जति मन पराउ), इनु थापा फेशन डिजाइनर, शेखर खनाल हास्य कलाकार, हरि यादव ग्राफिक डिजाइनर, खेमराज फुलारा छायाँकार (वृतचित्र), छब्बु कार्की मेकअप आर्टिष्ट हुनुहुन्छ ।
काठमाण्डौ - राष्ट्रिय मानवअधिकार आयोगले विगतका गरेका सिफारिस तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा अन्तरराष्ट्रिय समुदायबाट प्राप्त सुझाव तथा आयोगका सिफारिसको कार्यान्वयनका लागि सरकारसँग आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल आज जारी गरेको विज्ञप्तिमा उक्त आग्रह गरेको हो । नेपालको मानवअधिकारको अवस्था सुदृढिकरण तथा आयोगको स्वायत्तता र स्वतन्त्रताप्रति संवेदनशील हुँदै दिएका सुझावप्रति आयोगले अन्तरराष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गरेको छ । मानवअधिकार हनन्का विषयमा आममाफी दिन नसकिने सरकारको धारणालाई आयोगले महत्वका साथ हेरेको जनाएको छ ।
नेपालको विगत पाँचवर्षको मानवअधिकारको अवस्थाका सम्बन्धमा संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्मा २१ जनवरी २०२१ मा छलफल भएको छ । सो छलफलमा नागरिक तथा राजनीतिक अधिकार एवम् आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र मौलिकहक कार्यान्वयनका लागि भएका प्रयाससहित सरकारबाट व्यक्त धारणालाई राष्ट्रिय मानवअधिकार आयोगले सकारात्मकरूपमा लिएको छ ।
आयोगले उक्त समितिसमक्ष राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगसँग संयुक्तरूपमा सो अवधिको मानवअधिकार अवस्थासम्बन्धी प्रतिवेदन यसअघि नै प्रस्तुत गरिसकेको छ । नेपालको मानवअधिकार अवस्थाको सुदृढिकरणका लागि विश्वका विभिन्न राष्ट्रबाट प्राप्त सुझावलाई आयोगले गम्भीरतापूर्वक लिएको छ ।
महिला हिंसाको अन्त्य, जातियविभेद, लैङ्गिक समानता, बालश्रमको अन्त्य, कारागार सुधार, आप्रवासी कामदारको अधिकार, महिला तथा बालबालिकाको बेचविखन, महामारीमा मानवअधिकार, सङ्क्रमणकालीन न्याय, यातना, खाद्यअधिकार, शरणार्थीको अधिकार, जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको कार्यान्वयन, मानवअधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन आर्थिक स्वायत्तता र सवलीकरणलगायतका विषयमा अन्तरराष्ट्रिय समुदायबाट सुझाव प्राप्त भएका थिए ।
आयोगको स्वायत्तता र स्वतन्त्रता मानवअधिकारको पेरिस सिद्धान्तबमोजिम हुनुपर्नेलगायत यसअघि सरकारलाई सिफारिस गरेका सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनको संशोधन, रोम विधानको अनुमोदन, आप्रवासी कामदारसम्बन्धी महासन्धि र बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्धको महासन्धिको अनुमोदन हुनुपर्ने जस्ता विषयमा विश्व समुदायले चासोका साथ दिएको सुझावलाई आयोग सराहना गरेको छ ।
काठमाडौं - गीतकार संघ नेपालको अध्यक्षमा शुभ मुकारुङ चयन भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं महाधिवेशन तथा ११ औं साधारणसभाले अध्यक्षमा शुभ मुकारुङलाई चयन गरेको हो । यस अगाडि संघको अध्यक्षमा चुडामणि देवकोटा रहेका थिए ।
महाधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्त वित्यासी थापा, महासचिवमा रमेश कोइराला, सचिवमा महेश आचार्य, कोषाध्यक्षमा जित बहादुर घले जेबी संयोगी रहेका छन् ।
सदस्यहरुमा सुमि सिंह, शित्तल कादम्बिनी, प्रतिमा श्रेष्ठ, लोकराज अधिकारी, चेतन खतिवडा तथा उमेश राईलाई चयन गरेको छ ।
गीतकार संघको नयाँ कार्यसमिति छनोट गर्दा अध्यक्षमा दुई जना, उपाध्यक्षमा दुई जना, महासचिवमा तीन जना, सचिवमा दुई जना, कोषाध्यक्षमा एकजना र सदस्यमा ८ जनाको उम्मेदवारी परेको थियो ।
काठमाडौ -काठमाडौंमा एक समारोहबीच नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडियाले दुई वर्ष अघिबाट सुरु गरेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नारा राखिएको यो तेश्रो श्रृखला हो ।
समारोहमा विभिन्न ५२ विधाका लागी ७१ वटा अवार्ड प्रदान गरियो । नेपाली सहित १४ भाषाका गीतसंगीत तथा म्युजिक भिडियोलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । सञ्चारमन्त्री पार्वत गुरुङ, अग्रज संगीतकार शम्भूजित बासकोटा, सुदुर पश्चिम प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न.पा. का मेयर सन्तोष चालिसेलगायतले सो समारोहमा सम्बन्धित कलाकारलाई सम्मान, पुरस्कार तथा अवार्ड प्रदान गरे ।
गीतकार डब्बु क्षत्रीलाई गीत लेखनमा लामो समयदेखि निरन्तर योदान पु(याएको भन्दै विशिष्ट गीतकार कला सम्मानबाट सम्मानित गरियो । पत्रकारितामा लामो योगदान दिएको भन्दै यस वर्षको नेशनल पत्रकारिता पुरस्कार पत्रकार कुवेर गिरीलाई प्रदान गरियो । गायक सिताराम पोखरेललाई रजत सम्मानवाट सम्मानित गरियो । क्षत्री, पोखरेल र गिरीलाई सञ्चारमन्त्री गुरुङले सम्मान प्रदान गरे । यस्तै सम्मानित हुने अन्यमा पत्रकार नवराज बजगाई (काभ्रे) , पत्रकार शिव देवकोटा (नुवकोट) , पत्रकार सुजन विश्वकर्मा (पोखरा), भिडियो निर्देशक बविता वस्नेत, गायक शशि बिक्रम थापा थिए ।
काठमाण्डौ - हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला पुरस्कार र परिवर्तन सम्मान एक साथ प्रदान गरिएको थियो । गत वर्ष विविध कारणले गर्न नसकेको सम्मान पनि एक् साथ प्रदान गरिएको छ ।
२०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो पुरस्कार मानिन्छ ।
वि सं २०७६ का लागि ४ दश भन्दा बढी समय नेपाली चलचित्र क्षेत्रको उत्थान गर्नुभएको कृष्ण मल्ल र नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पु¥याउन योगदान गर्नुभएको मदनदास श्रेष्ठलाई पुरस्कृत गरिएको छ । पुरस्कार रकम जनही २५ हजार नगदका साथै सम्मान पत्ररहेको थियो । २०७७ को हरितार चलचित्र पुरस्कार सहदेव ढुङ्गानालाई प्रदान गरियो ।
२०७७ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई पुरस्कार रकम दश हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै चलचित्र निर्देशक माधव राज खरेललाई परिवर्तन सम्मान प्रदान गरिएको छ । विगत लामो समय देखी परिवर्तन नेपाल संग आवद्धरही नेपाली चलचित्र क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दे उक्त सम्मान प्रदान गरिएको परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले बताए । साथमा निर्देशक तथा कलाकार विश्वदिप घिमिरे र नेपाल पत्रकारमहासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त परिवर्तन सम्मानबाट सम्मानित भएका छन् ।
शरीरलाई आवश्यक पोषण तत्वमध्ये अधिकांशको स्रोत खानेकुरा नै हो, जो हामी ग्रहण गर्छौ । प्रकृतिमा पाइने खानेकुरामा आ–आफ्नै पौष्टिक तत्व हुन्छ । ति सबैको सन्तुलित मात्रा शरीरलाई चाहिन्छ । स्वस्थ्य जीवनका लागि सन्तुलित पौष्टिक आहार अति आवश्यक हुन्छ ।शारीरिक सक्रियतासँगै खानपानको सन्तुलन कायम गर्न सकियो भने, सामान्य रोगहरुको असर रहँदैन । किनभने यसले हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।यहाँ त्यस्तै केहि ‘सुपर फुड’ दिइएको छ, जसको नियमित सेवनले रोगको भयबाट बच्न सकिन्छ ।
नीमको पात
नीमको पात सहजै उपलब्ध हुन्छ । त्यसो त नीमको पातदेखि बिज, बोक्रा सबै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दाँतको सफाईमा नीमको दातुन उत्कृष्ट बिकल्प हो । हुन त नीमको पात सोझै सेवन गर्दा धेरै तीतो हुनसक्छ । त्यसलाई पिसेर गोली बनाउने । अतः नियमित रुपमा खाली पेटमा सेवन गर्नुपर्छ ।यसले रगत शुद्धिकरण गर्छ, प्राकृतिक रुपमा । शरीरमा इम्युनिटी बुस्ट गर्छ । साथै छाला सम्बन्धी समस्या पनि हटाउँछ । नीमको पात मिश्रण गरिएको पानीले नुहाउँदा छालाको रोग लाग्दैन ।
केसरयुक्त दुध
केशरयुक्त दुधको सेवनले शरीरमा ताकत मिल्छ । यसले छाला, केस, आँखामा राम्रो प्रभाव पार्छ । साथसाथै केसरयुक्त दुधको सेवन यौन दुर्बलतामा पनि फाइदाजनक मानिन्छ । गर्भवतीले केसर मिश्रित दुध पिउनु राम्रो हो । यसले आमा र गर्भको बच्चा दुबैलाई फाइदा गर्छ ।
अदुवाको सेवन
अदुवा, भान्सामा सजिलै पाइन्छ । यसले तरकारीको स्वाद त बढाउँछ नै, स्वस्थ्यका लागि फाइदाजनक पनि हुन्छ । खासगरी चिसोले सताएको छ भने अदुवाको चिया बनाएर पिउनुपर्छ । बाह्य चोट पटकमा समेत औषधीको काम गर्छ यसले । केस झर्नबाट रोक्न, केस उमार्न अदुवाको रस उपयोगी हुन्छ ।
तुलसीको पात
तुलसी त आर्युवेदमा अति महत्वपूर्ण वनस्पती मानिन्छ । यसलाई हामी घर आँगनमा रोपेर पूज्ने पनि गर्छौ । वास्तवमा तुलसी बहुगुणी वनस्पती हो । दैनिक ५–७ वटा तुलसीको पात खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । चिसो वा रुँघामा तुलसीको चिया बनाएर सेवन गर्नुपर्छ, फाइदा गर्छ ।
दही
दहीमा यस्तो सुष्म ब्याक्टेरिया पाइन्छ, जो पाचन यन्त्रका लागि अति फाइदाजनक मानिन्छ । दहीको सेवनले पेट सम्बन्धी रोगबाट छुटकारा मिल्छ । यद्यपी दही बिहान वा मध्यन्हको खानामा मात्र सेवन गर्नुपर्छ । राती दही सेवन गर्नु हानिकारक मानिन्छ ।
ग्रीन टि
ग्रीन टि एन्टिअक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत हो । पेट सफा राख्न, रगतको शुद्धिकरणका लागि समेत ग्रीन टि उपयोगी हुन्छ । ग्रीन टिमा यस्तो तत्व हुन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ । यो छाला, केस, हड्डी स्वस्थ्य राख्न प्रभावकारी मानिन्छ । ग्रीन टिमा एन्टि क्यान्सर गुण समेत हुने अध्ययनहरुबाट थाहा भएको छ ।
गहुँको पातको रस
गहुँको पातको रस निकै उपयोगी हुन्छ, स्वास्थ्यका लागि । यद्यपी धेरै कमलाई मात्र यसबारे थाहा छ । गहुँको पातको रसले खासगरी दम, गलाको इन्फेक्सन, चिसो, रुँघा, पखला लाग्नबाट बचाउँछ ।
बेसार
धेरैले बेसारलाई सामान्य मसालको रुपमा लिन्छन्, जसले सब्जीको रंग र स्वादमा प्रभाव पार्छ । यद्यपी बेसार मसला मात्र होइन, यो उत्तिकै औषधिय गुणले भरिपूर्ण छ । बेसारले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको दुखाई कम गर्न पनि यो उपयोगी हुन्छ । केस, छालाको सौन्दर्य निखार्न समेत बेसारको प्रयोग गर्न सकिन्छ ।
दालचिनी
दालचिनी धेरै परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ । यसको सेवनले स्वाद मात्र बढ्दैन, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसको सेवनले ब्लड शुगर लेभल नियन्त्रणमा सहयोग पुग्छ । त्यसैले खानामा दालचिनीको प्रयोग लाभदायक हुन्छ ।
लसुन
लसुन, जो दिनहुँ भान्सामा प्रयोग हुन्छ । यसलाई पकाएर वा काँचो खान सकिन्छ । लसुनमा भिटामिन बि–६, भिटामिन–सि, आइरन र फस्फोरस जस्ता तत्व पाइन्छ । यसमा एन्टि फंगल र एन्टि ब्याक्टेरियल गुण पनि पाइन्छ । लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
ड्राइ फुड्स
नियमित रुपले ड्राई फुड्स सेवन गर्नुपर्छ । काजु, बदाम आदिको सेवनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ड्राई फुड्समा ओमेगा–३ फ्याटी एसिड, जिंक, म्याग्नेसियम, भिटामिन इ जस्तो तत्व पाइन्छ ।
भिटामिन सि युक्त खानेकुरा
कागति, सुन्तला, अमला, किवी जस्ता फल भिटामिन सिको राम्रो स्रोत हुन् । यस्ता फलको सेवनले पनि रोगसँग लड्ने क्षमता बृद्धि गर्छ ।
मौसमी फल
प्राकृतिले हाम्रो शरीरको आवश्यक्ता अनुसार फलहरु दिएका छन् । जुन मौसममा, शरीरलाई जस्तो पोषण तत्व आवश्यक हुन्छ । त्यही अनुसार फलहरु प्राप्त हुन्छ । त्यसैले मौसम अनुसार फल सेवन गर्नुपर्छ । फलले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।