श्रेष्ठ, मल्ल र ढुङ्गानालाई हरितारा पुरस्कार दिनुका साथै चलचित्र निर्देशक खरेल लगायतलाई परिवर्तन सम्मान प्रदान गरियो 

News Desk 1


|
|


काठमाण्डौ - हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला पुरस्कार र परिवर्तन सम्मान एक साथ प्रदान गरिएको थियो । गत वर्ष विविध कारणले गर्न नसकेको सम्मान पनि एक् साथ प्रदान गरिएको छ ।
२०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो पुरस्कार मानिन्छ ।
वि सं २०७६ का लागि ४ दश भन्दा बढी समय नेपाली चलचित्र क्षेत्रको उत्थान गर्नुभएको कृष्ण मल्ल र नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पु¥याउन योगदान गर्नुभएको मदनदास श्रेष्ठलाई पुरस्कृत गरिएको छ । पुरस्कार रकम जनही २५ हजार नगदका साथै सम्मान पत्ररहेको थियो । २०७७ को हरितार चलचित्र पुरस्कार सहदेव ढुङ्गानालाई प्रदान गरियो ।

२०७७ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई पुरस्कार रकम दश हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै चलचित्र निर्देशक माधव राज खरेललाई  परिवर्तन सम्मान प्रदान गरिएको छ । विगत लामो समय देखी परिवर्तन नेपाल संग आवद्धरही नेपाली चलचित्र क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दे उक्त सम्मान प्रदान गरिएको परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले बताए । साथमा निर्देशक तथा कलाकार विश्वदिप घिमिरे र नेपाल पत्रकारमहासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त परिवर्तन सम्मानबाट सम्मानित भएका छन् ।