world
||Power News Asia||

आजको समाचार

चलचित्र ‘चिट्ठी’को पोस्टर सार्वजनिक

विश्व


काठमाडौँ — भदौ २० गते अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको माधब राज खरेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोटरको साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक गरेको छ ।
चलचित्र ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा चित्रण गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरूलाई रोचक तरिकाले उठान गरेको छ ।
“हामीले दर्शकलाई हसाउँदै सोच्न बाध्य पार्ने कथा ल्याएका छौं,” खरेल भन्छन् ।

सार्वजनिक मोसन पोस्टरमा चलचित्रको रहस्य, डर र हाँस्यको फ्युजन स्पष्ट झल्किन्छ । डार्करंग संयोजन, रहस्यमयी अभिव्यक्ति र पात्रहरूको सशक्त उपस्थिति देखिएको पोस्टरले दर्शकमाझ उत्सुकता थप बढाउने निश्चय छ ।

 

चलचित्रमा अर्गानिक कमेडियन खड्ग बहादुर पुन मगर खबपु, संजीत भण्डारी, गोपाल ढकाल छन्दे, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन तथा समिर मिँयाको भिएफ्एक्स रहेको छ । चलचित्रमा डा. कृष्णहरि बराल र कमला जोशीको गीत रहेको छ भने शिव परियार, बनिषा पौडेल र बसन्त अर्यालको स्वर रहेको उक्त चलचित्रमा सरोज कोईरालाको संगीत रहेको छ साथमा चलचित्रमा रहेको शिवताण्डव गीतको संयोजन भने राजेन्द्र बजगाईले गरेका छन् । त्यसै गरी किरण दाहालको दन्द्ध निर्देशन रहेको उक्त चलचित्रको ब्याकराउण्ड म्यूजिक पुस्कर खत्रीको रहेको छ भने ध्वनी सम्पादन र मिश्रण क्रमशः मनोज परियार र अमित श्रेष्ठले गरेका हुन् ।

प्रचारप्रसारमा विशेष सक्रियता देखाउँदै निर्माण पक्षले ‘चिट्ठी’ लाई दर्शकमाझ फरक स्वादको चलचित्रको रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

भिक्षु डा. राजु लामा पी. कोंन्दन युनिपको अन्तर्राष्ट्रिय शैक्षिक निर्देशकमा नियुक्त

विश्व


काठमाडौं, जेठ २६ ।  युनाइटेड नेचर इन्टरनेशनल पिस (युनिप)ले भिक्षु डा. राजु लामा पी. कोंन्दनलाई अन्तर्राष्ट्रिय शैक्षिक निर्देशकको रूपमा नियुक्त गरेको छ। शिक्षामार्फत दिगो विकास लक्ष्य प्राप्ति साथै वैश्विक विकासमा योगदान पुगोस् भन्ने हेतुले युनिपका प्रेसिडेन्ट जेनरल र डाइरेक्टर जेनरलले डा. लामालाई उक्त पदमा  नियुक्ति गर्नुभएको संस्थाले जनाएको छ । उहाँको कार्यकाल  जुन २०२६ जुन ९ सम्मका लागि तोकिएको छ । सन् १९७३ सेप्टेम्बर १८ मा जन्मिनुभएका डा. लामाले शिक्षा, अन्तरधार्मिक संवाद र शान्ति निर्माणका क्षेत्रमा दशकौं लामो अनुभव सँगसँगै योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा युनिपले शैक्षिक पहुँच विस्तार र क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।



यसै क्रममा, बङ्गलादेशका राजु शाहलाई अन्तर्राष्ट्रिय समन्वयक नियुक्त गरिएको छ। उहाँको भूमिकाले युनिपका विभिन्न देशीय शाखाहरूबीच समन्वय सुदृढ गर्न तथा दक्षिण एसिया लगायत विश्वभर शान्ति प्रवर्द्धनका साझा पहलहरूलाई प्रवाह गर्न योगदान पुर्‍याउने विश्वास लिईएको छ ।



युनिप वैश्विक एकता, वातावरणीय समन्वय र मानवतावादी सहकार्य प्रवर्द्धनमा समर्पित संस्था हो ।“युनिटि अफ नेशन” भन्ने मार्गदर्शक दर्शन अन्तर्गत यसले प्रकृति संरक्षण, शिक्षा, शान्ति र मानवतावादी क्रियाकलापका क्षेत्रमा क्रियाशील समान सोच भएका संस्थाहरूसँग साझेदारी बलियो पार्दै विश्वव्यापी उपस्थिति थप विस्तार गर्दै लगेको छ। 

अमेरिकामा आगलागी : मृत्यु हुनेको संख्या १६ पुग्यो, १३५ अर्ब डलर क्षति

विश्व


क्लालिफोर्निया- अमेरिकाको क्यालिफोर्निया राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ । हावाको गति बढेसँगै आगलागी झनै बढेको छ । हाल त्यहाँ ८० किलोमिटररघण्टाको गतिमा हावा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने बताइएको छ । अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्नि नियन्त्रकहरू आइपुगेका छन्।

आगलागीको संकटका बिच क्यालिफोर्नियाको सान्ता मोनिका सहरमा लुटपाटको घटना भएको छ, त्यसपछि प्रशासनले कर्फ्यु घोषणा गरेको छ । यस मामिलामा २० जनालाई पक्राउ गरिएको छ। यटर्सका अनुसार लस एन्जलिसमा आगलागीका कारण हालसम्म १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ । त्यहाँ आगो केही हदसम्म नियन्त्रणमा आएको छ ।

सुमन दाहालको निर्देशनमा अस्ति भन्दा हिजो ...सार्वजनिक 

विश्व


काठमाडौं – नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा नयाँ गीत अस्ति भन्दा हिजो ... को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।  

किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ । गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा  यो गीत केन्द्रित रहेको छ । किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए । 

यो गीतको भिडियोमा बाल कलाकार सम्राटको एकल अभिनय रहेको छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् । उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै अभिनय यात्रा सुरु गरेका हुन् । उनले राष्ट्रिय भावको भिडियोमा पहिलो पटक अभिनय गरेका थिए । त्यसपछि सम्राटले निरन्तर मोडलिङ गर्दै आएका छन् । 

बिगत ८ वर्षदेखि अमेरिकामा रहँदै आएका निर्देशक सुमन दाहालले म्युजिक भिडियो तथा लघु चलचित्र निर्देशनलाई पनि निरन्तता दिँदै आएका छन् । यो गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको सुमनले जनाए । भिडियोलाई दर्शकले मन पराएको उनले बताए ।

University of Wolverhampton Visit in Nepal

विश्व


Kathmandu-  The most awaited event of the town is now live for all aspiring UK students. On the heels of last year’s tremendous success of its famed “On-the-spot-events” the University of Wolverhampton is back again with its trend setting 5 day long events in the Valley. The University is all geared up and excited to meet hundreds of students which include offer holders, enrolled students and aspiring applicants for the upcoming September 2024 intake.

For the first time, the students will share the table not only with the University representatives but also its honoured faculty from Science, Engineering, Business and other popular departments. It’s a rare opportunity for students to directly interact with their chosen faculty and find out all they want to know about scholarships, internships programs, placements and a lot more.

Star attraction of the event is the honored presence of the Vice Chancellor of the University. Professor Ebrahim Adia, the VC, has a national and international profile and brings to the role a wealth of experience, serving as Chair and member of a number of high-profile boards. He is a vivid advocate of teaching excellence and he is devoted to provide best infrastructure to the students. He has added into this, that there are hundreds of Nepalese students joining the University annually and they all are happy here. The University provides extra financial supports to the students if they need it.

The Director of Global opportunities, Ms Sergine Monple added that Nepalese students are really hard working and excellent on their commitment to the studies. They are really passionate about learning and exchange of cultural ideas. Overall, the University in its true sense make it a University of opportunity.

Around 100 poets from all across the world receives "Laurate Award"

विश्व


Kathmandu, 18 June | Zezabek Quotes and poem, Philippines has awarded around 100 poets from all across the world with the prestigious "Laurate Award." In recognition to the outstanding contributions on the literature they were gifted with this accolades. 

The recipients of this esteemed award are Biswananda Sinha , Aura Barbosa , Andrea Anddrea Enciso Ruiz, mahabubur Rahaman, Saroj Ojha, Dr. Tasneem Ustad, Saroja Krishnamurthy, Pamie Sandhu, Dr. Debabrata Maji, DR. Dipika Bhatt, Purist Jazeblink Dapoet, Nasib Hodzic, Selma Kopic, Ibrahim Abdullahi, Emile Pinet, Gardiner Ighor,Binod Dawadi, Saroj Ojha, Dr. Prafulla Kumar Panda, Christos Dikbasanis, KS K.S. Luwang , Pritha Lahiri, Dr. Pran Kanai Roy Chowdhury, Dr. Ashok Gulshan, Gabriella White and Michelle Shreeve, David Knauss Manorama Sahoo Subudhi, Amar Singh, Lokanath Rath, Sivadas Swami Matam, Krishna Walikar, Napoleon Torres, Joel Abernasor, Ifigenia Metochi, Dr.Prasanna Bhatta, Dr. Alekha Prasad Moharana, Ramesh Chandra Pradhani, Zeke Mark,Kalmoni chebab, Laxmikanta Dash, Mubariz Huseyn Borcali, Colin Skilton, Alicia M Garcia, ,Frieda Norma Dela Cruz, Edna Lago, Anwarul Haque,Ronnie Tucker, Zenobia Paguntalan Abiera, Salaman Simon,Jose Lopez,Somdatta Mitra, Rosie Fielding, Red Der, Marta Lehetova, Kumar Malay, Kasia Dominick Petros K. Veloudas, Andrew Jonathan Daniels, Prasanna Kumar Mohapatra, Rosina osina, Shiv Raj Pradhan, Jun Valerio Bernardo, Moshood Folorunsho Afolabi, Amb. Dr. Gour Gopal Pal, Khalid Sulaimon and Geoffrey Stockton, Dr. Ogomegbunam SuccessJames Nwoye Fali Ndreka, Soulla Orfanidou, Dr. Muhammad Ishaq Abbasi, vishwanath Pandey, Dr. Okechukwu Chidoluo Vitus, Bishnu Prasad Sinha, mahabubur, Amb.Al Ramasamy,,Raj Kumar Swaraswati, Dr. Zainul Husain, N.P. khatiwada, Taro Hokkyo, Rohini Behera, Birendu Kr Sinha, Maria Vittoria Massimo, John Talas Kichinme, Khrisna Lal, Maria Elvira Fernandes Correia, Maria Ciobotariu Maria Helena Pazetto, Dr. Tasneem Ustad, Petros k. Veloudas, Vanita sithi, Babawo yakubu, Vinod Fullee,Manohar Luthra, José Fernando Machado, Moravka, Mladenovic Gordana Andonovska, Sunil Bairagi ,Khalid Boutyb, Jean C Bertrand, Karin JHodson, Badamasi Ismail Chikaji, Sangram Dinde, Yogendra Kumar Sharma ,Ladislav Kolozvary ,Dr. Sajid Hussain, wagas malik, Moamer Alsufiani Balanchandran Nair, Michelle Kim Michele Thomas, Dr. Piyush Raja, David Soh,Monica Miquel Nieto and Peter Klaudo.and Usha N Shrinivaasun , Kripa M Chakma, Prodip Halder ,Agusioma Samson,Linda Edwards, Loi Monroe,Daniel Miltz, Mrunmayee Behera, Fe Rosario v Maximo, Annalyn Gonzales Mercado, Alasinrin Saoban Folaranmi,Iran Maceno Dos Santos, Ajibade Abdulrasheed De Juan DeJuan Jamel O'Halloran, Martin Matin Bangali ,Rita Chugh, Dr. SHAHADEV Behera, Nazmul Huda,Rupali Tiru,Amb Dr. Poet Kayes Sajib ,Abu Sayeed, Shiw Shankar Shaw Dr. Dɾ Piyush Raja ,Raja Rakib ,swarup sanyal and Narayan Maikap, Jibril MUHAMMAD & IBRAHIM Abdullahi. 

The distinguished recipients were recognized for their exceptional literary works through creative exploration and presented in honor of their unwavering literature work. The founder of Zezabek Quotes and poem, Philippines, Zezabek MarhMark expressed her profound admiration for the poets. "I am deeply honored to acknowledge these individuals who have dedicated their pen for poetry & literature," she said. MarhMark emphasized the importance of poetry as a powerful medium for social stewardship. "Through their evocative words, these poets awaken our senses to the intricate beauty of our planet’," she said.

After receiving the award poet from Nepal, Saroj Ojha expressed his gratitude for the recognition and pledged to continue using their art to inspire the world. 

ईनास मेरिल्याण्डले आयोजना गरेको ऐतिहासिक बनभोज तथा भेटघाट कार्यक्रम

विश्व


अमेरिका – अमेरिकाको बाल्टिमोरस्थित मेरील्याण्डमा रहेको पेरीहल पार्कमा गत हप्ता शनिवार बिहानैदेखि नेपालका लोकप्रिय कलाकारहरु तथा कलापारखीहरुको चहलपहल देखियो । जुन ८ का दिन पार्कमा भेला भएका अमेरिकामा बसोबास गरिरहेका कलाकारहरुका लागि उक्त दिन ऐतिहासिक दिन नै बन्यो । रमणिय पेरीहल पार्क घरदेशदेखि परदेशसम्मका कलाकारको जमघटस्थल बनेको थियो । गीत, संगीत, अभिनयसहितका विधाका पारंगत कलाकारहरुमध्ये कोही विभिन्न परिकारहरु तेयार पारेर खाने देखी टिकटक बनाउनमा समेत व्यस्त देखिन्थे, नाच्न र गाउनका प्रायः सबै तम्तयार नै देखिन्थे । देशदेखि विदेशसम्म ख्याति कमाएका नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, गायिका, फिल्म निर्देशकमात्र होइन समाजसेवी तथा खेलाडीहरुसमेत उक्त दिन एउटै थलोमा भेला भएर रमाइलो गरेका थिए । यो ऐतिहासिक जमघटको चाँजोपाँजो मिलाउने जिम्मेवारी लिएको थियो नेपाली कलाकारहरुको संस्था ईनास मेरिल्याण्डले ।

अन्तर्राष्टिय कलाकार संगठन ईनास अन्तर्गगत मेरिल्याण्ड शाखाले आयोजना गरेको रमाईलो वनभोज तथा भेटघाट कार्यक्रममा कलाकारको यो वृहत जमघट अमेरिकामै पहिलो भएको नर्थ अमेरिका, इनास अमेरिका महादेशका क्षेत्रीय संयोजक तथा गायक कन्हैया सिंह परियारले जानकारी दिएका छन् । इनास अमेरिकाका क्षेत्रीय संयोजक गायक परियारले दिइएको जानकारी अनुसार उक्त कार्यक्रममा उपस्थित सबैलाई सम्मान गर्ने र खादा ओढाउने जिम्मेवारी ईनास मेरिल्याण्डका संरक्षक तथा अवैतानिक राजदुत वरिष्ठ गायक तथा संगीतकार प्रेम राजा महतलाई दिइएको थियो ।

संगीतकर्मी महतको विशेष उपस्थितिमा प्रारम्भ भएको उक्त जमघट कार्यक्रममा संगीतकर्मी महतले रमेश प्रसाईँ (पब्लिक स्पिकर) तथा कलाकार, समाजसेवी तथा खेलाडी नन्दा बस्याल, अमेरिकामा छायांकन भैरहेको फिल्म ‘तेल भिसा’ को सम्पूर्ण टीमलाई खादा, माला तथा टोकन अफ लभद्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा ईनास मेरिल्याण्डका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेल (गायक तथा संगीतकार) वरिष्ठ उपाध्यक्ष शान्ति भण्डारी (मोडल तथा गायिका तथा वनभोज कार्यक्रमका संयोजक), उपाध्यक्ष खिम मस्रंगी मगर ( वाद्यवादक तथा खेलकूद संयोजक), उपाध्यक्ष दिलीप श्रेष्ठ (प्रविधि), प्रवक्त प्रवेश उप्रेती ‘पल’ (अभिनेता), महासचिव सज्जन बोहोरा (मोडल तथा गायक), सचिव याम क्षेत्री (गायक), सह–कोषाध्यक्ष स्वरूपा रसाईली (गायिका),इनास मेरिल्याण्डका वरिष्ठ सल्लाहकार तथा गायक श्याम गुरुङ, सदस्यहरुमा मोहन गुरूङ (साउण्ड ईन्जिनियर), विजय गुरूङ (वाद्यवादक), रमेश परियार (गायक), गम वहादुर राना (कवि), होम वहादुर चितौरे (गजलकार) आदिको उपस्थिति रहेको थियो । ईनास मेरिल्याण्डको वनभोज कार्यक्रममा वाना नेपाली कम्यूनिटी सेन्टरकी पूर्व अध्यक्ष तथा ईनास मेरिल्याण्डकी संरक्षक अनु सुया वन्त श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

बनभोजको रमाईलो कार्यक्रममा ईनास मेरिल्याण्डले आफ्ना ईनास परिवारका अथितिहरूलाई निमन्त्रणा गरेको थियो । सोही क्रममा ईनास अमेरिकाका क्षेत्रिय संयोजक तथा गायक–संगीतकार कन्हैया सिंह परियार, ईनास अमेरिका अध्यक्ष तथा नायक राहुल केसी, ईनास अमेरिकाका उपाध्यक्ष तथा मेरिल्याण्डका वर्तमान अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष तथा खेलाडी कलाकार विकाश घले, ईनास अमेरिकाका महासचिव प्रकाश नेपाल, प्रवक्ता गोपालचन्द्र लामिछानेको विशेष उपस्थिति रहेको थियो ।

वनभोज कार्यक्रममा ईनास मेरिल्याण्डका संस्थापक सल्लाहकार तथा एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरूङ, ईनास मेरिल्याण्डका सल्हाकार एवं वरिष्ठ गायिका अञ्जना गुरूङ, गायिका सृजना विरही थापा, युवा सल्लाहाकार प्रविण भण्डारी, बाल्टिमोरका रमेश भट्ट ‘नेपाली छोरो’, वानाका संस्थापक अध्यक्ष मोहन थापा, अभिनेत्रीहरु पूजा चन्द, ऋचा घिमिरे, अभिनेता विपीन कार्की, अभिनेत्री वर्षा राउत, निर्देशक शंकर घिमिरे, संगीतकर्मी राजु लामा, नेपाली फिल्म तेल भिसाका अन्य कलाकार तथा प्राविधिक टीम सबैको उपस्थिति तथा सामिप्यताले कार्यक्रमको रौनक बढाएको थियो ।

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन

विश्व


काठमाडौं - यही ७ असारबाट ९ असारसम्म काठमाडौंमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सब बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा हुन लागेको १२ औं संस्करणको यो महोत्सबमा यसपटक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका गरी नौ देशबाट ८ वटा अफ्रिकन चलचित्र चयन भएका छन् । जसमा फुल्स र द चेस्लर गरी २ वटा चलचित्र, वी ह्याभ नेभर बिन किड्स र ह्वाईट पोसन गरी २ वटा बृत्तचित्र छन् । यस्तै डाईनिज, अफस्प्रिङ, सर्भाईभर र इग्नोरेन्स इज अ लाईफस्टाईल गरी ४ वटा लुघ चलचित्र छन् ।
यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा बृत्तचित्र प्राप्त भएकोमा महोत्सबको लागि ८ वटा अफ्रिकन चलचित्र चयन गरिएको आयोजक पक्षले जनाएको छ ।

यस्तै महोत्सबमा नेपालबाट ७ वटा नेपाली र आदिबासी चलचित्र, ३ वटा बृत्तचित्र र १० वटा लघु चलचित्र गरी २ वटा चयन भएको हो ।  नेपालबाट ७३ वटा चलचित्र, बृत्तचित्र तथा लघुचलचित्र प्राप्त भएकोमा निर्णयक टिमले फेस्टिबलको लागि २० वटा चयन गरिएको हो ।
चयन भएको नेपाली तथा आदिबासी चलचित्रमा सरी मम, काँडेतार, गोर्खा वारियर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित रहेका छन् । यस्तै बृत्तचित्र तर्फ जर्नी टु गोक्यो, काँचो बायु र चेसिङ द ड्रिम रहेका छन् । महोत्सबमा छानिएका नेपाली लघु चलचित्रहरुमा सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, म्यारिज डे, मातृत्व र रोटेन ब्लड रहेका छन् ।

यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन्,‘महोत्सबको तयारी तिब्र गतिमा भईरहेको छ । हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं र महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ ।’ महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले भनिन्,‘हामीले अफ्रिकालाई पश्चिमा देशको दृष्टिकोणबाट हेर्दै आएका छौं । अफ्रिका विभिन्न मात्र हैन, त्यत्तिकै सुन्दर र सम्पन्न पनि छ भन्नेकुरा त्यहाँका चलचित्रबाट हामीले अफ्रिकालागि बिगतझै यस पटक पनि यो महोत्सबमा हेर्ने छौं ।’

महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार बिगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिँदैछ,‘यसपटक दर्शकलाई सुविधा सम्पन्न रुपमा चलत्रिच देखाउन हामीले यो महोत्सब काठमाडौंको सिटिसी मलमा रहेको सिडिसी सिनेमाजमा फेस्टिबल गर्दैछौं । महोत्सबमा चलचित्र प्रदर्शनसँगै अभिनय सम्बन्धि तीन दिनको विशेष कार्यशाला, र अन्तरक्रिया कार्यक्रमहरु पनि रहेको छ ।’

नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादिपको संस्कृति चलचित्र मार्फत आदन प्रदान गर्नको लागि यो महोत्सब आयोजना गर्दै आएको पनि महोत्सब निर्देशक क्षत्रीले जानकारी गराएका छन् ।

31 Poets all across the Globe Honored with Prestigious 'Poet of Nature Award'

विश्व


 Kathmandu, 09 June | The Global Writers Academy India and The Daily Global Nation Bangladesh has awarded 31 poets from around the world with the prestigious "Poet of Nature Award." In recognition to the outstanding contributions on the occasion of World Environment Day 2024 the poets were gifted with this accolades.

The recipients of this esteemed award are Aura Barbosa, Pravin Singh Raghuvanshi, Pritha Lahiri, Saroja Krishnamurthy, Seema Sharma, DrTasneem Ustad, Anddrea Enciso Ruiz , Gordana Andonovska , Alicia M Garcia , ZeZabek MarhMark, Debashrita Basu , Amar Singh , Rita Boruah, Elmaya Cabbarova, Kumar Malay, Frieda Norma, Dela Cruz, Kasia Dominik, Yuly Gómez Vilchez, Poetess Deepti Shakya, DrPrafulla Kumar Panda, Birendu Kr Sinha, Saroj Ojha, Elpiola Lluka, Alekha Prasad Moharana, Rashidul Hassan Bachchu, Asha Kumari, Ann Marie, Debabrata Maji, Suman Malik, Manorama Sahoo Subudhi, Babawo Yakubu Aura Barbosa, Pravin Singh Raghuvanshi, Pritha Lahiri, Saroja Krishnamurthy, Seema Sharma, DrTasneem Ustad, Anddrea Enciso Ruiz , Gordana Andonovska , Alicia M Garcia , ZeZabek MarhMark, Debashrita Basu , Amar Singh , Rita Boruah, Elmaya Cabbarova, Kumar Malay, Frieda Norma, Dela Cruz, Kasia Dominik, Yuly Gómez Vilchez, Poetess Deepti Shakya, DrPrafulla Kumar Panda, Birendu Kr Sinha, Saroj Ojha, Elpiola Lluka, Alekha Prasad Moharana, Rashidul Hassan Bachchu, Asha Kumari, Ann Marie, Debabrata Maji, Suman Malik, Manorama Sahoo Subudhi, Babawo Yakubu.

The distinguished recipients were recognized for their exceptional literary works that explore and celebrate the beauty and fragility of the natural world. The awards were presented in honor of their unwavering commitment to raising awareness about environmental conservation. The President of the Global Writers Academy and Managing Editor of The Daily Global Nation, Bishwananda Sinha, expressed his profound admiration for the poets. "I am deeply honored to acknowledge these individuals who have dedicated their voices to preserving the environment and inspiring us to appreciate its wonders," he said.

Sinha emphasized the importance of poetry as a powerful medium for environmental stewardship. "Through their evocative words, these poets awaken our senses to the intricate beauty of our planet and challenge us to protect it for future generations," he said.

After receiving the award poet from Nepal, Saroj Ojha expressed his gratitude for the recognition and pledged to continue using their art to inspire environmental awareness. He even urged people to embrace their role as guardians of the Earth and to act responsibly to preserve its marvels for generations to come.

विश्वभरबाट ३१ विश्व कविहरूले प्रतिष्ठित ‘पोएट अफ नेचर अवार्ड’

विश्व


काठमाडौं, जेठ २७ । विश्वभरबाट ३१ विश्व कविहरूले प्रतिष्ठित ‘पोएट अफ नेचर अवार्ड’ प्राप्त गरेका छन् । विश्व वातावरण दिवस २०२४ को अवसरमा वातावरणसँग संबन्धित रहेर उत्कृष्ट सिर्जना पस्किएसँगै उनीहरु यस अवार्डबाट विभुषित भएका हुन् ।

उनीहरुलाई सय भन्दा बढि देशका कविहरु आवद्ध विश्वव्यापी संजाल रहेको ग्लोबल राइटर्स एकेडेमी, भारत र प्रतिष्ठित द डेली ग्लोबल नेसन बंगलादेशले संयुक्त रुपमा यो अवार्ड प्रदान गरेका हुन् । विश्व वातावरण दिवस २०२४ को अवसरमा उत्कृष्ट योगदानको कदरस्वरूप कविहरूलाई यो सम्मान प्रदान गरिएको थियो।

यो सम्मानित अवार्ड प्राप्त गर्नेहरुमा नेपालका सरोज ओझासहित औरा बार्बोसा, प्रविण सिंह रघुवंशी, पृथा लाहिरी, सरोजा कृष्णमूर्ति, सीमा शर्मा, डाक्टर तस्नीम उस्ताद, एन्ड्रिया एन्सिसो रुइज, गोर्डाना एन्डोनोव्स्का, एलिसिया एम गार्सिया, जेजाबेक मार्हमार्क, देबश्रीता सिंह, अमर्याह, बोसुता, एलिसा, बोसुता, एलिसिया, डा। काब्बारोभा, कुमार मलाय, फ्रिडा नोर्मा, डेला क्रुज, कासिया डोमिनिक, युली गोमेज विल्चेज, कवयित्री दीप्ती शाक्य, डा। प्रफुल्ल कुमार पाण्डा, बिरेन्दु केआर सिन्हा, सरोज ओझा, एल्पियोला लुका, अलेखा प्रसाद मोहराना, रशिदुल हसन कुमार बच्छु, अलेखा प्रसाद मोहराना, रशीदुल हसन कुमारी, अलेखा प्रसाद मोहराना।

देबब्रत माजी, सुमन मलिक, मनोरमा साहू सुबुद्धी, बाबावो याकुबु रहेका छन् । प्राकृतिक संसारको सौन्दर्य र नाजुकताको अन्वेषण र उत्सव मनाउँने क्रममा उनीहरूको असाधारण साहित्यिक कार्यहरूका लागि यो अवार्ड प्रदान गरिएको हो। वातावरण संरक्षणको बारेमा चेतना जगाउने अटल प्रतिबद्धताको सम्मानमा पुरस्कार प्रदान गरिएको ग्लोबल राइटर्स एकेडेमीका अध्यक्ष तथा डेली ग्लोबल नेसनका प्रबन्ध सम्पादक विश्वानन्द सिन्हाले जनाएका छन् ।

कविहरूप्रति गहिरो प्रशंसा व्यक्त गर्दै सिन्हाले भनेका छन् 'वातावरण जोगाउन आफ्नो आवाज समर्पण गर्दै हामीलाई प्रेरित गर्ने यी व्यक्तिहरूलाई सम्मान गर्न पाउँदा हामी अत्यन्तै आभारी छौ'। सिन्हाले वातावरण संरक्षणको सशक्त माध्यमका रूपमा कविताको महत्त्वलाई जोड दिए। 'शब्दहरूमार्फत यी कविहरूले हाम्रो ग्रहको सौन्दर्यतासँगै जटिलताका विषयमा हाम्रो संवेदना जगाउँछन् र भविष्यका पुस्ताहरूका लागि यसलाई सुरक्षित गर्न सन्देश दिएका छन्' उनले भने।

अवार्ड प्राप्त गरेपश्चात् नेपालका कवि सरोज ओझाले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै वातावरणीय चेतना जगाउन आफ्नो कलाको प्रयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । उनले मानिसहरूलाई पृथ्वीको अभिभावकको रूपमा आफ्नो भूमिकालाई अँगाल्न र आगामी पुस्ताका लागि जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह समेत गरेका छन् ।