काठमाडौं - जापानबाट एनआरएनए आईसीसीको उपाध्यक्ष जिम्मेवारी सम्हालिरहेका रोबिन्द्रप्रसाद श्रेष्ठ गोविन्द फेरि पनि आगामी कार्यकालमा आफु बिजयी हुनेमा ढुक्क देखिन्छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एक दर्जन देशको भ्रमण पुरा गर्दै ११ वटा एजेण्डामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रमका साथ उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठ बताउँछन् ।
नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने बताउँदै श्रेष्ठले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले आगामी कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रेष्ठ तीन दशकदेखि जापानलाई कर्मथलो बनाएर व्यवसाय सहित २०० जना बढ़ीलाई प्रत्यक्ष रोजगार दिएका छान । गोबिन्द सामाजिक सेवा सहित एनआरएनए अभियानमा एक दशकदेखि सक्रिय रुपमा आवद्ध रहँदै आएका छन् । एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक सहित संयोजक र आइसीसी उपाध्यक्षको जिम्मेवारी सफलतापूवर्क निभाएका श्रेष्ठ आफुले आजसम्म निभाएको भूमिका र कामको मुल्यांकन गर्दै विश्वभरबाट एनआरएनए डेलिगेट्सहरुको साथ र समर्थन पाएको बताउँछन् ।
आर्थिक पारदर्शिता सहित एनआरएनए मार्फत सामाजिक सेवाको लागि आफुले मन, बचन र कर्मले इमान्दिारिता पूर्वक काम गर्ने श्रेष्ठले व्यक्त गरे । प्रवासी श्रमिकहरूका पक्षमा काम गर्दै विश्वभर रहेका नेपालीले एनआरएनए मेरो हो भन्ने भावना जगाउनेगरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए ११ औं महाधिवेशन मार्फत २०२३–२०२५ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका एक दर्जन बढि उम्मेदवारमा सबैभन्दा बढि चर्चामा रहेका गोबिन्द आरके शर्मा टीमबाट उपाध्यक्षको पदको लागी चुनावी मैदानमा छन ।
-समीर लामा
समिर लामा/ काठमाण्डौ - गैर आवसिय नेपाली संघको युवा संयोजक पदको उम्मेदवार सुपेन्द्र घिसिङले आफू एन आर एनएको चुनावमा विजयी भए पछि चुनावमा गरेका प्रतिवद्दताहरु कार्यन्वयन गर्न सक्रिय भएर लाग्ने बताएका छन् ।
आगामि अक्टोबर १७ देखी २० तारिख सम्म काठमाण्डौको सोल्टि होटेलमा सम्पन्न हुन गईरहेको महाधिवेशनमा आफुले युवा संयोजक पदमा उम्मेदवारी दिएको जानकारी दिदै उनले जितेकै दिन देखी आफ्ना प्रतिवद्दताहरु पुरा गर्न लाग्ने बताएका छन् । अहिले पनि चुनावी माहोल हेर्दा लगभग सबैको साथ र सहयोग पाउनेमा उनि बिस्वस्थ रहेका छन् ।
विश्वभरी रहेका गैर आवासिय नेपालीहरुले सिकेको ज्ञान र आर्जन गरेको पुँजिलाई नेपालमा सहि ठाउँमा प्रयोग गर्दै युवाहरुलाई स्वरोजगार बनाउनु नै आफ्नो प्रमुख प्रतिवद्दता रहेको बताए ।
साथै सामुहिक लगानीको व्यवस्था र युवाहरुको सहभागीता बढाउने, खेलकुदको विकासका लागि स्पोर्टस एकेडेमिको व्यवस्था गर्ने, विद्यार्थीहरुलाई सहि मार्गनिर्देशन गर्न बृहत अभिमुखीकरण कार्यक्रम तय गर्ने, विदेशमा रहेका लाखौं युवा श्रमिकलाई एनआर एनएमा आवद्ध गराई सुरक्षित बैदेशीक रोजगारको पहल गर्ने, दोश्रो पुस्तालाई एनआरएनमा आकर्षण गर्ने मनोरञ्जन, खेलकुद लगायत अन्य प्रतियोगिताहरु गर्ने, सक्षम, सवल र साझा एनआरएनए बनाउने लगायत प्रतिवद्दताहरु सहितको घोषणा पत्र प्रस्तुत गर्दै विश्वभरि रहेका सम्पुर्ण अभियान्ताहरुलाई आफ्नो मत दिई विजयी गराउन समेत अपिल गरेका छन् ।
काठमाण्डौ-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्ष पदमा राहुल केसी निर्वाचित भएका छन् । सेप्टेम्बर २४ का दिन आइतबार भएको राष्ट्रिय अधिवेसनमा राहुल केसी अध्यक्ष लगायत वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार सहित १३ जनाको समितिको घोषणा गरिएको छ । इनास अमेरिकाका २०२१ – २०२३ का राष्ट्रिय महासचिव रहेका राहुल केसी २०२३-२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार ,द्वय रिता श्रेष्ठ तथा अंकुश नेपाल उपाध्यक्षमा ,प्रकाश नेपाल महासचिव ,दिनेश कार्की कोषाध्यक्ष तथा सह( कोषाध्यक्षमा मनिष शर्मा निर्वाचित भएका छन् । यसै गरि कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपाल चन्द्र लामिछाने ,अनिल तिमिल्सिना ,अरुण कार्की ,गोपाल अधिकारी ,अमित लामा तथा बिश्व पौडेल समिति सदस्यमा निर्वाचित भएका छन् ।
यसी गरि विभिन्न राज्य समितिमा निर्वाचित भएका पदाधिकारीहरु समेतको सपथ ग्रहण गराईएको थियो । यसै गरि डा श्याम कार्की तथा मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्याललाई ईनास अमेरिकाको सल्लाहकारमा मनोनित गरिएको छ । त्यस्तै २०२३-२०२५ को लागि केन्टकी राज्य समितिमा गोपाल नेपाल फिस्टे अध्यक्ष ,मेरिल्याण्डको अध्यक्षमा पदमा लक्ष्मण पौडल ,भर्जिनियाको अध्यक्ष पदमा अर्जुन घिमिरे निर्वाचित भएका छन् । इनास अमेरिकाले प्रेम राजा महत,अनु वन्त ,सुवोध विलास पन्थ ,कन्हैया सिंह तथा सृजन ताम्राकारलाई संरक्षकमा मनोनित गरेको छ ।
कार्यक्रम दिउसो २ बजे देखि सुरु भएको उक्त कार्यक्रममा दुवै राष्ट्रको राष्ट्रगान बजाईएको थियो । प्रमुख अतिथि तथा इनास बिश्व९ग्लोबल०कि उपाध्यक्ष सबु गदाल कार्कीतथा मेरिल्याण्डका नेपाली मूलका बिधान सभा सदस्य डा ह्यारी भण्डारीले पानसमा बत्ति बालि राष्ट्रिय अधिवेसन सुरु गरेका थिए । इनासका क्षेत्रीय संयोजक आनन्दु लामाले इनास बारेमा बोलेका थिए भने मेरिल्याण्ड राज्यका इनास अध्यक्ष सृजन ताम्रकारले सबै मिलेर काम गर्नु पर्ने कुरामा जोड दिए। अधिवॆशनमा गायिका प्रविशा अधिकारी,रजतपट अङ्कल प्रकाश सुबेदी, गायक तुलसी पराजुली तथा नायक रमेश उप्रेतीलाई बिशेष सम्मान गरिएको थियो । कन्हैया सिंह परियारले २०२१-२०२३ को समितिलाई बिघटन गर्दै आफ्नो कार्यकालमा इनास बिश्व (ग्लोबल)लाई नृत्य प्रतियोगितामा आर्थिक सहयोग गरेको चर्चा गरेका थिए । त्यस्तै इनास अमेरिका पूर्व पदाधिकारी कृष्ण श्रेष्ठले अमेरिकामा स्थापनाको कुरा जोडेका थिए । त्यसै बीच माधवी भण्डारीको सांगीतिक प्रस्तुति रहेको थियो ।
इनास बिश्व(ग्लोबल) कि उपाध्यक्ष सबु गदाल कार्कीले सबैलाई सपथ ग्रहण गराएकी थिइन् । मेरिल्याण्डका सभासद डा ह्यारी भण्डारीले आफू सांसद भएकोले मेरिल्याण्ड राज्यमा नेपाली समुदायको लागि दशैँमा बिदा दिलाउन सकेकोमा गर्व गर्दै थुप्रै कुराहरु राज्यबाट लिन सकिने बताए । रजतपट अङ्कल प्रकाश सुबेदीले सम्मानित भएकोमा हर्षित भएको भन्दै नयाँ समितिलाई बधाई तथा शुभकामना दिए । उनले अमेरिकामा आफूलाई अमेरिकामा नभई नेपालमै भएको जस्तो लागेको बताए । त्यसै गरि शुभकामना दिनेहरुमा स्थानीय छाता संगठन बानाका अध्यक्ष सुबोध पन्थ ,एनआरएनए मेरिल्याण्डका अध्यक्ष कूल गुरुङ ,मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्यालले शुभकामना सहित आफ्ना मन्तब्य राखेका थिए ।
प्रमुख अतिथि तथा इनास बिश्व(ग्लोबल)कि उपाध्यक्ष सबु गदाल कार्कीले छोटकरीमा इनासको परिचय दिएकी थिइन् । उनले मन्तब्य राख्दै कला र साहित्यलाई बिस्व भर कसरी बिस्तार गर्ने भन्ने कुरामा आफ्नो ध्येय रहेको बताइन । इनासमा अनुशासनमा रहनु पर्ने कुरामा जोड दिदै अनुसासन बाहिर गए हामीले नजिकबाट हेर्ने समेत जनाइन । इनासको सपना भनेको नेपालमा एउटा आफ्नै घर बनाउने इच्छा रहेको बताइन । औपचारिक कार्यक्रम सुरु अगाडी लक्ष्मण पौडेल लगायत सांगीतिक टोलीले बाध्य वादन प्रस्तुति गरेका थिए भने महासचिव राहुल केसीले कार्यक्रम संचालन गरेका थिए । अन्तमा नाचगान सहितको रमाइलो तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । गायिका प्रविशा अधिकारी तथा गायक तुलसी पराजुलीले केही हरफ आफ्ना चचित गीत बिना संगीत प्रस्तुत गरेका थिए ।
अमेरिका - संगीतरत्न बरिष्ठ संगीतकार तथा गायक सम्भुजित बाँस्कोटा अमेरिकामा सम्मानित हुनुभएको छ । कलाकारहरुको अन्तरराष्ट्रिय कलाकारहरुको सन्जाल ईनास अमेरिका र बानाले मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गरेको कार्यक्रममा बिशिष्ठ संगीतकार तथा गायक सम्भुजित बाँस्कोटालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी अबैतनिक महाबाणिज्यदुत तथा बरिस्ठ लोकगायक प्रेमराजा महत, ईनास अमेरिकाका अध्यक्ष चर्चित गायक कन्हैया सिंह र बानाका अध्यक्ष सुबोध बिलास पन्तले संयुक्त रुपमा सम्मान तथा अभिनन्दन गर्नु भएको हो ।
कार्यक्रममा गायक प्रेमराजा महतले नेपाली चलचित्र र आधुनिक गीतसङितको क्षेत्रमा सम्भुजीत बाँस्कोटाले गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो ।त्यस्तै ईनास अमेरिकाका अध्यक्ष कन्हैया सिंहले सम्भुजीत बाँस्कोटाले खनेको बिशाल राजामार्गमा हामी हिंड्न पाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा बानाका अध्यक्ष सुबोधबिलास पन्त ,चलचित्र निर्देशक गोपाल चन्द्र लामिछाने ले समेत आफ्नो मन्तब्य राख्नुभएको थियो ।
सम्भुजीत बाँस्कोटाका शुभचिन्तक र प्रसम्सक हरुले भरिएको सभामा संगीतकार बाँस्कोटाले आफ्ना कालजयी गीतहरु गाउदा कुनै बिशेष पर्ब चलिरहेको छ । चर्चित गायिका अन्जना गुरुङ र आभा मुकारुम ले संगीत रत्न बाँस्कोटा द्वारा सङितबद्द गीतहरु गाउँदा सभा नै गुन्जायमान भएको थियो । सो सम्मान कार्यक्रमा शम्भुजीत बासकोटा कि नातिनी जारा रित् प्रसाईंले साङीतिक कार्यक्रमको सुरुवातमा नातिकाजीद्वारा संगीतबद्ध गीत शुभकामना भरी गाएर सबैलाई मन्त्रमुग्ध पारेकी थिईन् र गायिका रानी शाक्यले समेत आफ्नो साङितिक प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रम सन्चालन इनास अमेरिकाका महासचिब चर्चित मोडल तथा नायक राहुल के सीले संचालन गरेका थिए ।
प्रस्तुती : सन्देश खड्का
Kathmandu -Today, the Embassy of Pakistan organized a talk programme on “Kashmirs’ Youm-e-Istehsal”, about India’s illegal and unilateral actions of 5 August 2019 and to express Pakistan’s support for the just struggle of the Kashmiri people. The programme was attended by politicians, journalists, writers and analysts, as well as representatives of human rights organizations.
Messages of the President and Prime Minister of Pakistan, condemning India’s unilateral action to abrogate the Article 370 & 35 (A) against the UN Security Council (UNSC) resolutions and conveying unwavering support to Kashmiri people, were read out on the occasion. A special documentary featuring the history and significance of the Jammu and Kashmir dispute and depicting the plight of Kashmiris in Illegally Occupied Jammu and Kashmir (IIOJK) post Article 370 & 35 (A) at the hands of Indian occupation forces was also screened.
Speaking at the Talk Programme, Ambassador Syed Haider Shah highlighted that the IIOJK is an internationally recognized dispute, which still needs to be resolved in accordance with relevant UNSC resolutions. He further emphasized that India’s illegal and unilateral actions of 5th August 2019 were in violation of its international obligations, commitments to the United Nations and bilateral agreements and understandings between the two countries.He underlined that the will of the Kashmiri people could not be broken by state terrorism and grave and persistent violation of their human rights. The use of indiscriminate force by Indian occupation forces could not crush the struggle for the right to self-determination by Kashmiri men, women and children. The situation in IIOJK posed a serious threat to regional peace and security which called for urgent action by the international community, particularly the U.N. to urge India to end its human rights violations in IIOJK and rescind illegal and unilateral actions taken on August 5, 2019.
The participants, in the Question-Answer session that followed, stressed the urgency of resolving the decades-old dispute in accordance with the wishes of the people of Jammu Kashmir and UNSC resolutions.
Kathmandu -Nation of Hawai’i Malaysia’s consulate office is inaugurated in Kuala Lumpur, Malaysia. The Consulate office was inaugurated by the Head of State of the Nation of Hawai’i Rt Hon Pu’uhonua D. K. Bumpy Kanahele and Hon. John Kealoha Garcia, 2nd head of state as well as Minister of Foreign Affairs For Independent & Sovereign Nation State of Hawai’i. On behalf of the Nepal Nation of Hawai’i honorary General consul to Nepal, His Excellency Tejendra Sharma Poudel participated in the inaugural ceremony. Even, General consul Poudel was honored with a letter of appreciation at the function. He was jointly honored by the Chief of the State of Hawai’i, Rt Hon Pu’uhonua D. K. Bumpy Kanahele, and the Deputy Chief and Minister of Foreign Affairs, Hon. John Kealoha Garcia. The program organized in Malaysia was held under the auspices of Ambassador at Large Nation of Hawai’i Wong Kok Wai, Malaysia.
Meanwhile, Consul General Poudel said during the meeting of Honorary consuls and General Consuls of the Nation of Hawai’i he discussed Nepal’s cultural and natural heritage issues along with tourism development, bilateral trade partnership, and investment potential in Nepal. On the occasion, General Consul Poudel took part in separate meetings and discussions with Honorary Consul Generals of the State of Hawai’i for various countries. Honorary General Consul, His Excellency Poudel, during his visit to Malaysia even took initiation to hold discussion sessions at the Nepalese Embassy Kuala Lumpur with his counterparts and distinguished guests. “During the formal programs and meetings, we discussed economic, social, and political issues, including bilateral and multilateral trade, investment in tourism and other areas, friendship, and brotherhood, and I strongly emphasized Nepal’s support for tourism development. I am confident that the visit will be fruitful for the mutual benefit of Nepal and other countries.” Poudel said. He also informed that prominent personalities from several Asian nations were Being Appointed As Honorary Consul of the Nation of Hawai’i.
काठमाण्डौ – “उनिहरु कहाँ छन् ?” नामको वेपत्ता नागरिक खोजी अभियानबाट मानवअधिकारको यात्रामा लागेका अधिकारकर्मी हुन् दिर्घराज जोशी । मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै अब्बल देखिएका जोशीले गत मे २, २०२२ मा अमेरिका आयोजना भएको अमेरिकन अवार्ड (फेष्टिवल) मा “अमेरिकन आउटस्टाण्डिङ सोसियल वर्कर एण्ड ट्रेनर अवार्ड २०२२” प्राप्त गरेका छन् । शो समारोहमा जोशी लगायत नेपालवाट स्पेशल केयर फाउनडेशनकी कविता शर्मा, रेडियोलोजिष्ट डा. अरुण कुमार यादव ले विभिन्न विधाका अवार्डहरु प्राप्त गरेका छन्, भच्र्यूअल प्रविधिवाट अवार्ड कार्यक्रमको आयोजना सम्पन्न भएको थियो ।
तत्कालिन जनयुद्ध तथा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुलाई तत्काल सार्वजनिक गर भन्दै आन्दोलनमा उत्रिएका जोशीले राज्य पक्षबाट विविध किसिमका दमनहरुको पनि सामान गर्नु परेको थियो । नेपालमा त्यति वेलाको मानव अधिकार र शान्तिका लागि जोशीले विविध खाले संघर्षका कार्यक्रमहरु पनि गरेका थिए ।
शान्ति, मानव अधिकार र लोकतन्त्रको रक्षाको लागि काम गर्दै आएको संस्था कोक्यापले सञ्चालन गरेको कार्यक्रम “उनिहरु कहाँ छन् ?” नामक दवावमुलक ३५ दिने पुर्व पश्चिमको साईकल यात्राले सरकारी तथा गैरसरकारी पक्षमा बेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजाजिक गर्न निक्कै दवाव दिएको थियो फलस्वरुप सरकारले तत्कालिन अवस्थामा नागरिक अगुवाहरु एवं जोशी जस्ता अधिकारकर्मीहरुको दवााका कारणले बेपत्ता छानविन आयोगको गठन समेत गरेको थियो ।
जोशी मानअधिकारका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अध्ययन गरेका व्यक्ति हुनुका साथै शो सम्वन्धि तालिम समेत प्रदान गर्नुका साथै नेपालमा ख्याति कमाएका ईन्जिनियङ कन्सल्टयान्ट पनि हुन्, उनले नेपालमा २०७२ सालमा गएको भुकम्पको समयमा आफ्नो निजीस्तर र केही दाताहरुको सहयोगमा भुकम्प पिंडितहरुलाई सुरक्षित घर वनाएर हस्तान्तरण गर्ने देखी लिएर दक्ष कामदारहरुको तैयारी गर्नको लागी सिपमुलक तालिमहरु समेत प्रदान गरेका थिए ।
सुदुरपश्चिम प्रदेशका कैलाली, धनगढीका स्थानिय दीर्घराज जोशी आफ्नो नियमित कर्म (ईन्जिनियरिङ कन्सल्टेन)वाहेक विभिन्न समाजिक कार्यहरुमा उत्तिक्कै सक्रिय रहेका छन् । उनका कामलाई मुल्यांकन गर्दै मानव अधिकारको क्षेत्रमा सक्रिए रहदै आएका जोशीलाई विभिन्न संघ संस्थाहरुले सम्मान एवं कदर समेत प्रदान गर्दै आईरहेका छन् । मानव अधिकार, लोकतन्त्र र शान्तिको लागि सक्रिए भुमिका निर्वाह गर्दै आएका जोशीलाई नेपालकै पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड समारोहमा “मानव अधिकार सेवा सम्मान २०२२” समेत प्राप्त गर्नुको साथै गण्डकी प्रदेश प्रमुखले उल्लेखनिय कार्य गरेको भन्दै जोशीलाई प्रशंसा पत्र प्रदान गरिसकेका थिए, त्यसै गरी अधिकारकर्मी जोशीले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१९, एभरेष्ट अनर अवार्ड २०१९ लगायतका अवार्ड तथा सम्मानहरु प्राप्त गर्नुका साथै स्थानिय निकायवाट प्रदान गरिने सरकारी तथा गैरसरकारी संस्थाहरुले समेत जोशीलाई विभिन्न अवार्ड एवं सम्मानहरु प्रदान गर्दै आईरहेका छन् ।
अमेरिकन अवार्डको लिंक : https://www.americanawards.org/news/view/9
प्रस्तुती : माधव राज खरेल
काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ ।
यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् ।
महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म राईजबाट ऋषीराज आचार्यले हाँसिल गरे । राईज सर्टफिल्मबाटै गजित बिष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसी प्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाईलको अवार्ड हाँसिल गरे ।
यस्तै उत्कृष्ट स्कृप्ट राईटिङको अवार्ड पुरुष्षोतम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सह अभिनेताको अवार्ड के.डी प्रसितले चलचित्र ‘थर्ड आई’बाट हाँसिल गरे । चलचित्र ‘द ब्लाक कर्नर’बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशन तर्फको जुरी अवार्ड, चलचित्र ‘शँका’ बाट सुमन दाहालले उतकृष्ट ‘सोसियल म्यासेज फिल्म’को अवार्ड प्राप्त गरे ।
यसैगरी कार्यक्रममा चलचित्र द डटरबाट राजेन्द्र बजगाईंले उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक निर्देशनको अवार्ड, द डटरबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जिते । द डटर चलचित्रबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाईनको अवार्ड प्राप्त गरिन् । महोत्सबमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दाशको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ ।
आईतबारबाट काठमाडौंको नाचघरमा सुरु भएको तीन दिवसीय नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मँगलबार बेलुका अवार्ड प्रदान गर्दै सकिएको छ । अग्रज अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज अभिनेता सुनिल थापा, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चेयरपर्सन लायन एवम् अग्रज ब्युटिसियन सोनी कारँजित, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले बिजेताहरुलाई अवार्ड प्रदान गरे ।
यो एक दशकमा नेपालमा यो महोत्सबले अफ्रिका र अफ्रिकी फिल्मसँगै नेपाली फिल्मलाई पनि दर्शकमाझ पु¥याउने काम गरेको यी बक्ताहरुले कार्यक्रममा बताए ।
महोत्सबको निर्णायकहरुमा अग्रज संगीतकार जुगल डँगोल, अभिनेताहरु प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरी थिए । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रा।लिद्धारा आयोजित यो महोत्सबमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । यी सबै चलचित्र महोत्सबमा प्रदर्शन गरियो ।
महोत्सब निर्देशक डब्बु क्षत्रीले नेपाल र अफ्रिका बीचको चलचित्र संस्कृति आदन प्रदानको लागि बिगत एक दशकदेखि आफुहरुले नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको बताए । महोत्सबकी अध्यक्ष डा। मञ्जु मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाण्डौ – सुदुरपश्चिमको बझाङ जिल्लामा जन्मिएका दिर्घराज जोशी बाल्यकाल देखीने मानव अधिकारको पक्षमा उभिदै आएका छन् । जन्म स्थान छोडेर कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा बसोबास गर्दे आइरहेका जोशी तत्कालिन जनआन्दोलनका क्रममा निकै सक्रियताका साथ मानवअधिकारका विषयमा वकालत गर्दर्थे । उनले त्यतिवेला सरकार र तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीबाट वेपत्ता पारिएका मान्छेहरुलाई सार्वजनिक गर्नु पर्ने माग राख्दै निक्कै लामो संघर्षका आन्दोलनहरुमा समेत सक्रियरुप भुमिका खेलेका थिए ।
जोशीे मानवअधिकारका विषयमा कुरा गर्दा सम्झन्छन् “वि सं २०६२– ६३ को जनआन्दोलन, जुन बेला देशमा राजतन्त्र विरुद्धको आगो बल्दै थियो भने लोकतनत्र र गणतन्त्रका चर्का नाराहरु घन्किदै थिए र सोही भिडमा धनगढीको गर्मी मौसमको तातो सडकमा २१–२२ वर्षको ठिटो पनि प्रहरीको दमन र वर्बरताको विरोध गर्दै सडकमा शान्तिको नारा लगाउदै थियो । मानव अधिकार र मानविय कानुनको सम्मान गर्न अनुरोध गर्दै र्याली निकालेका भिडमा रहेका युवाहरुको जमातलाइ थाहा थिएन , मात्र उनिहरु तत्कालिन व्यवस्थाविरुद्ध लागेका पार्टीका कार्यकर्ता जस्ता बन्न पुगेका थिए र तीनै पार्टीका नेतृत्वले उनिहरुलाई संचालन गरेका थिए । तर कुनै पार्टी वा दलसंग नजोडिई विसुद्ध मानवअधिकारको रक्षाको निम्ती लडिरहेका जोशी जस्ता युवाहरुको जमातलाई पनि तत्कालिन व्यवस्थाले पार्टीका कार्यकर्ता सम्झेर २०६२ साल चैत्र १२ गते धनगढीको पार्कमोडवाट प्रहरीले घेरा हालेर गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलय कैलाली पुर्याएको थियो । २०६३ बैशाख १ गतेका दिन तत्कालिन राजा ज्ञानेन्द्र विर विक्रम शाहदेवको सत्ताच्युत पछि मात्रै थुनिएका जोशी लगायतका मानवअधिकारका लागी आवाज उठाउने युवाहरुलाई थुनामुक्त गरिएको थियो ।”
थुना भित्रै रहेर पनि जोशीले मानव अधिकार र नेपालमा मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संघ संस्थाहरुको बारेमा अध्ययन गर्ने मौका पाएका थिए । एक महिने जेल जिवनको अवधिमा जोशीले थुप्ै संघ संस्था तथा मानवाधिकारकर्मीहरु संगको आफ्नो चिनजानलाई निकै अगाडी बढाई सकेका थिए मानव अधिकारको विषयमा वकालत गर्न चाहाने जोशीसंग थुपै्र व्यक्तित्वहरु जोडिएका थिए र जोशीलाई मानव अधिकार र शान्तिको लागि आवाज उठान गर्न उर्जा प्रदान गर्ने जमातहरु झन बढ्दै गईरहेको थियो र त्यहि मौकामा शान्तिका लागि शाझा अभियान (कोक्याप) नामक एक गैरसहकारी संस्था जसले मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्तिहरुको सहभागिता एउटा विशेष कार्यक्रमको आयोजना गर्ने योजना बनाएको थियो, तयस बखत जोशीले पनि त्यो संस्थामा आवद्ध रहेर स्वयंसेवक रुपमा काम गर्न थाले । त्यो संस्था वास्तवमा नेपालमा शान्ति र मानवअधिकारको क्षेत्रमा कार्यरत ५० वटा भन्दा बढी संस्थाको छाता संगठन थियो । जोशीले लामो समय खोजीरहेको मञ्च कोक्यापले प्रदान गरेको थियो ।
कोक्यापमा बसेर भोलेन्टियरको काम गर्न सुरुगरे लगत्तै उनले भावी नेपाल नागरिकको पहल नामक बृहत ३ दिने कार्यशालामा सहभागी हुने मौका पाएका थिए । जहाँ देशभरीबाट शान्ति र मानव अधिकारको क्षेत्रमा काम गरेका विभिन्न व्यक्तित्वहरुको उपस्थिीती थियो । जुनकार्यक्रमको प्रभावले जोशी प्रती कोक्याप पनि निकै आकर्षित हुदै वि सं २०६४ माघ १ गते देखी फागुन ७ गते सम्म आयोजना गर्न लागेको बृहत राष्ट्रव्यापी साईकल यात्रामा विषेश भुमिकामा सहभागी गराउने निर्णय समेत गरेको थियो । “उनिहरु कहाँ छन ?” भनेर नाम दिएको त्यो यात्राको मुख्य उदेश्य भनेको दन्द्ध कालमा राज्य र तत्कालिन विद्रोही माओवादी पक्षबाट विभिन्न बहानामा वेपत्ता पारिएका नागरिकहरुलाई तत्काल सार्वजनिक गर्न र उनिहरुको वास्तवीक अवस्थाबारे आम जनसमुदायलाई जानकारी गराउन दुवै पक्षलाई दवाव दिने उदेश्यले आयोजना गरिएको थियो । १५ जना नेपाली र १ जना विदेशी गरी कुल १६ जनाको टोली नेपालको मेचीबाट यात्रा सुरु गरी महाकालीमा समापन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको थियो । देशका विभिन्न स्थानमा सभा, सम्मेलन नागरिक सुनुवाइ कार्यक्रम एवम् स्वयम नागरिक सचेतना जस्ता कार्यक्रम गरी करिव ३६ दिन पछि त्यो यात्रा महाकालीको गड्डाचौकीमा समापन भएको थियो । त्यस यात्रामा मुख्य भुमिकामा जोशीनै रहेका थिए । हजारौंको संख्यामा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुको खोजी गर्न सरकार पक्षलाइ दवाव स्वरुप सुरु गरिएको अभियान थियो । सोही दबाब र राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार संगठनको चर्को आलोचनापछि सरकारले वेपत्ता नागरिक छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता महत्वपुर्ण आयोगहरु समेत गठन गरेको थियो ।
लामो समय देखी मानव अधिकार र समाजसेवाका क्षेत्रमा सक्रिय भुमिकामा रहदै आएका जोशीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आयोजना गरिने विभिन्न मानव अधिकार सम्बन्धि गोष्टि सेमिनार लगायतका कायृक्रमहरुमा सहभागी हरँदै मानव अधिकारको विषयमा अध्ययन तथा अनुसन्धान थर्दै नेपालमा शान्ति मानव अधिकार र लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा वकालत गर्दे आईरहेका छन् । यसै सिलसिलामा जोशी क्यानडा, अस्ट्रेलियत, जापान, ताईवान, हङकङ मकाउ, थाईल्याण्ड, जर्मन, फ्रान्स लगायत युरोपका विभिन्न देशहरुमा गएर तालिमहरु प्राप्त गरिसकेका छन् ।
नेपालको मानव अधिकारको अवस्थालाई अन्तराष्ट्रियस्तर सम्म लैजान र एक शान्त समृद्ध र सम्पन्न देशको रुपमा नेपाललाई विश्व सामु चिनाउन पाउनु जत्तिको गर्व गर्न लाएक कुरा केही हुदैन तर नेपालमा दिनहँु भईरहने मानव अधिकार हननका घटनाहरुले शान्ति र लोकतन्त्रको नारालाई ओझेलमा पार्दै आईरहेको छ । जोशी मात्रै हैनन्, मानव अधिकारका पक्षमा वकालत गर्ने थुपै्र व्यक्ति एवम् संगठनहरु भए पनि उनिहरुले पनि सोचे अनुरुप कामगर्न सकेको छैनन । तत्कालिन समयमा जोशी तथा उनिहरुको समुहले उठान गरेको “उनिहरु कहाँ छन् ?” नामक दबाब मुलक यात्रामा सम्पुर्ण पक्षबाट साथ सहयोग भयो । तत्कालिन समयमा राज्यपक्षबाट वेपत्ता नागरिकहरुको खोजी गर्ने एवं दन्द्धकालिन मुद्धाहरुमा मेलमिलाप गर्ने लगायतका कार्यहरु गर्नको लगी सरकारले जनतालाई आश्वस्त पार्ने उदेश्यले विभिन्न किसिमका आयोग तथा निकायहरु खोलेर कार्यको सुरुवात पनि गरेकै हो तर सोचे अनुरुप अझै पनि ति आयोगहरुले काम गर्न भने आजको दिन सम्मपनि सकिरहेका छैनन् ।
क्यानडामा आयोजना हुने अन्तराष्ट्रिय मानव अधिकार सम्वन्धि विशेष तालिम कार्यक्रममा नेपालको तर्फबाट अधिकारकर्मी दीर्घराज जोशीले सहभागीता जनाएका थिए । उनले सन २०१६ मा करिव २६ सय जना अधिकारकर्मीहरुले विश्वभरीबाट कार्यक्रममा सहभागिताको लागी आवेदन दिएका थिए । आवेदनमा दिएका मध्येवाट छानिएका १०० जना भित्र जोशी पनि एक थिए, तत्कालिन समयमा नेपालवाट प्रतिनिधित्व गर्ने जोशी लगायतका २ जना अधिकारकर्मीहरु क्यानेडामा आयोजना भएको तालिममा सहभागिता जनाएका थिए । हरेक वर्ष आयोजना हुने मानवअधिकार सम्बन्धी कार्यक्रममा करिव ५० देशबाट आएका १ सय जनाको सहभागीता रहेकोे त्यो कार्यक्रम मानव अधिकारकर्मीको लागी एउटा महाकुम्भ थियो त्यो ईक्विटास क्यानडको ३६ औं संस्करणमा कार्यक्रम थियो , ईक्विटास क्यानडा सरकारको मानवअधिकार सम्बन्धि काम गर्ने आधिकारिक सरकारी निकाय हो ।
मानव अधिकारको क्षेत्रमा सक्रिए रहदै आएका जोशीलाई विभिन्न संघ संस्थाहरुले सम्मान एवं कदर समेत प्रदान गर्दै आईरहेका छन् । लामो समयसम्म मानव अधिकार, लोकतन्त्र र शान्तिको लागि सक्रिए भुमिका निर्वाह गर्दै आएका जोशीलाई नेपालकै पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड समारोहमा “मानव अधिकार सेवा सम्मान २०२२” समेत प्राप्त गर्नुको साथै गण्डकी प्रदेश प्रमुखले उल्लेखनिय कार्य गरेको भन्दै जोशीलाई प्रशंसा पत्र प्रदान गरिसकेका थिए, त्यसै गरी अधिकारकर्मी जोशीले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१९, एभरेष्ट अनर अवार्ड २०१९ लगायतका अवार्ड तथा सम्मानहरु प्राप्त गरिसकेका छन् ।
प्रस्तुती: अरविन्द्र गौतम
काठमाण्डौ– स्पाईनी मुभिजको आयोजनामा राजधानीमा एक समारोहको विच दोश्रो स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न भएको छ । स्पाइनी मुभिज प्रा.ली.को प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म अन्तराष्ट्रिय फेष्टिवल २०२२ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो ।
पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र गीत संगीत लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । स्पाईनी ब्याब्लर अर्थात काँडे भ्याकुरको नामबाट सञ्चालन गरिएको यस फेष्टिवलको उदेस्य विश्वकै दुर्लभ चरा जो नेपालमा मात्रै पाईने र यसैको माध्यमबाट पनि हामी नेपाललाई चिनाउन सक्छौं भन्दै स्पाईनी मुभिजले विगत दुई वर्ष देखी स्पाईनी ब्याब्लरको नामबाट अन्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आएको फेष्विल अध्यक्ष डा . हुस्नेद आजादले बताएका छन् ।
फिचर फिल्मतर्फ ६वटा र सर्ट फिल्मतर्फ ९ वटा गरी कुल १५ विधामा अवार्ड वितरण गरिएको थियो भने अन्तराष्ट्रि विधामा अवार्ड जितेका फिचर फिल्म तथा सर्ट फिल्महरुको नाम मात्र उल्लेख गरिएको थियो । कार्यक्रममा गीतकार रमेश दाहाल, नायक संजित भण्डारी, पत्रकार राजन थापा, सौन्दर्यविद् अनिता घिमिरे लगायतका व्यक्तित्वहरु सम्मानित भएका छन् ।
में १ अर्थात एवं विश्व श्रमदिवशको अवसर पारेर आईतबार नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय, गोरखा पोल ब्रेकर्स संघ नेपालका अध्यक्ष उद्धव नारायाण श्रेष्ठ, पत्रकार गीता अधिकारी, बाबुराम सिंग्देल, कुबेर गिरी, विष्णु सुवेदी, निर्देशक जनक खकुरेल, अभिनेता श्रीदेब भट्टराई, बरिष्ठ पत्रकार एवं गीतकार भरत बम्जन, समाजसेवी सोमा खत्री लगायत चलचित्र तथा गीत संगीत, पत्रकारिता लगाएतका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
अन्तराष्ट्रिय विधातर्फ अवार्ड विजेताहरुः १. सर्वोत्कृष्ट कथा : थालापिझा (सैनीई दिपक म्याथिउ ) २. सर्वोत्कृष्ट छायांकार : क्रो (आलि अक्बर खोदासेनास) ३. सर्वोत्कृष्ट निर्देशक : हीरो (रोडेन पिंगोल रामोस) ४. सर्वोत्कृष्ट फिल्म : हीरो (लाइट मून प्रोडक्शन) राष्ट्रिय लघुचलचित्र विजेताको नामावली १. सर्वोत्कृष्ट मोटिभेसनल कथा /स्क्रिप्ट : बलिदान (रोशन परजुली र मुरलीधर आचार्य २. सर्वोत्कृष्ट कथा/पटकथा : मातृ (प्रशन्न मल्ल) ३. सर्वोत्कृष्ट इन्सपाईरिङ छायाँकार : बलिदान (केदार राय) ४ सर्वोत्कृष्ट छायाँकार : दामलो (दीप चंद्र ठाकुरी) ५. सर्वोत्कृष्ट सम्पादक : अंतक (अशोक पाठक) ६. सर्वोत्कृष्ट मोटिभेसनल लघुचलचित्र : बलिदान ७. सर्वोत्कृष्ट प्रेरणादायक लघुचलचित्र : भिन्नता (गणेश उपाध्याय) ड. सर्वोत्कृष्ट लघुफिल्मः भ्रम (आशुका आर्यल) ढ. सर्वोत्कृष्ट निर्देशकः आइसक्रीम (संगीता श्रेष्ठ) राष्ट्रिय फीचर फिल्म विजेताको नामावली १. सर्वोत्कृष्ट फिल्म : टुल्की (शेखर लामा र आर.पी. कर्मचार्य ) २. सर्वोत्कृष्ट निर्देशक : प्रेम गीत–२ भोजपुरी (सोनू खत्री ) ३ सर्वोत्कृष्ट अभिनेता : घ्रान (सागर घिसिङ) ४. सर्वोत्कृष्ट अभिनेत्री : लोभिपापी (कृति बनियाँ) ५. सर्वोत्कृष्ट कोरियोग्राफर : घ्रान (अजय स्यांङ्तान) ६. सर्वोत्कृष्ट सम्पादक : लोभी पापी (बन्दे प्रसाद) जूरी सदस्य १. माधब राज खरेल : चलचित्र निर्देशक (जूरी संयोजक) २. डब्बू क्षेत्री : गीतकार/पत्रकार ३. इनु थापा : फेशन डिजाइनर ४. दीपक शर्मा : संगीतकार ५. कमल अधिकारी : गीतकार ६. राजेन्द्र बाजगाई : संगीतकार ७. जीवन थापा : निर्देशक तथा अभिनेता ८. केदारनाथ पौडेल : निर्देशक तथा लेखक ९. पूर्ण राई : गायक १०. मनोज परियार :साउन्ड डिजाइनर ११. लिगेश भट्टराई : अभिनेता /मोडल

