संगीतकार बासकोटालाई अमेरिकामा सम्मान

PNA


|
|


अमेरिका - संगीतरत्न बरिष्ठ संगीतकार तथा गायक सम्भुजित बाँस्कोटा अमेरिकामा सम्मानित हुनुभएको छ । कलाकारहरुको अन्तरराष्ट्रिय कलाकारहरुको सन्जाल ईनास अमेरिका र बानाले मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गरेको कार्यक्रममा बिशिष्ठ संगीतकार तथा गायक सम्भुजित बाँस्कोटालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी अबैतनिक महाबाणिज्यदुत तथा बरिस्ठ लोकगायक प्रेमराजा महत, ईनास अमेरिकाका अध्यक्ष चर्चित गायक कन्हैया सिंह र बानाका अध्यक्ष सुबोध बिलास पन्तले संयुक्त रुपमा सम्मान तथा अभिनन्दन गर्नु भएको हो ।

कार्यक्रममा गायक प्रेमराजा महतले नेपाली चलचित्र र आधुनिक गीतसङितको क्षेत्रमा सम्भुजीत बाँस्कोटाले गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो ।त्यस्तै ईनास अमेरिकाका अध्यक्ष कन्हैया सिंहले सम्भुजीत बाँस्कोटाले खनेको बिशाल राजामार्गमा हामी हिंड्न पाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा बानाका अध्यक्ष सुबोधबिलास पन्त ,चलचित्र निर्देशक गोपाल चन्द्र लामिछाने ले समेत आफ्नो मन्तब्य राख्नुभएको थियो ।

सम्भुजीत बाँस्कोटाका शुभचिन्तक र प्रसम्सक हरुले भरिएको सभामा संगीतकार बाँस्कोटाले आफ्ना कालजयी गीतहरु गाउदा कुनै बिशेष पर्ब चलिरहेको छ । चर्चित गायिका अन्जना गुरुङ र आभा मुकारुम ले संगीत रत्न बाँस्कोटा द्वारा सङितबद्द गीतहरु गाउँदा सभा नै गुन्जायमान भएको थियो । सो सम्मान कार्यक्रमा शम्भुजीत बासकोटा कि नातिनी जारा रित् प्रसाईंले साङीतिक कार्यक्रमको सुरुवातमा नातिकाजीद्वारा संगीतबद्ध गीत शुभकामना भरी गाएर सबैलाई मन्त्रमुग्ध पारेकी थिईन् र गायिका रानी शाक्यले समेत आफ्नो साङितिक प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रम सन्चालन इनास अमेरिकाका महासचिब चर्चित मोडल तथा नायक राहुल के सीले संचालन गरेका थिए ।

प्रस्तुती : सन्देश खड्का