world
||Power News Asia||

आजको समाचार

सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित

विश्व


लिस्वन  -राम प्रसाद सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित भएका छन । उनलाई नेपाली कांग्रेस केन्द्रीय तरुण विभागले शाखा प्रमुखमा मनोनित गरेको हो ।
तनहुँ घर भई हाल पोर्चुगलमा बस्दै आएका सापकोटालाई प्रवासमा लोकतन्त्रमा आस्था राख्ने तरुणहरुसँग समन्वय गरी संगठन र पार्टीलाई थप बलियो बनाउन शाखा प्रमुखमा मनोनित गरेको हो । तरुण विभाग प्रमुख समेत रहेका पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले सापकोटालाई एक पत्र पठाउँदै पार्टी र संगठनलाई आफ्नो स्थानबाट सहयोग पु¥याउन आग्रह गरेका छन ।
सापकोटा नेपाली जनसम्पर्क समिति पोर्चुगलका कार्य समिति सदस्य समेत हुन । उनले बन्दिपुरमा रहँदा पार्टीको सचिब भएर काम समेत गरिसकेका छन ।                                                                        

सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ ः राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)

विश्व


काठमाण्डौ– वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्रण गर्ने कार्यमा वातावरण मैत्री समाज निरन्तर लागि रहेकोछ साथमा समाजसेवाका अन्य विविध कुराहरुमा पनि वातावरण मैत्री समाज लागी परेको छ वि सं २०७५ सालमा स्थापना भएको यस संस्थाले स्थापना काल देखिनै वातावरण प्रदुषण तथा सरसफाइमा र समाजसेवाका अन्य विभिन्न विधामा आफुलाई अग्रपंक्तीमा प्रस्तुत गर्दै आईरहेको छ । यसै विषयमा आधारित रहेर वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रसंग पावर न्यूज मासिकको संवाददाता गीता सिंहसंग गरेको कुराकानी प्रस्तुत गरेका छौं ।

वातावरण मैत्री समाज भनेको के हो, यसको स्थपाना कहिले भएको हो र यसको उदेश्य के हो बताई दिनुस् न ?
- वातावरण मैत्री समाज भनेको एउटा त नामले नै धेरै कुराहरुको पुष्टि गरेको छ । वातावरणलाई मैत्रि कसरी राख्ने वातावरण मैत्री समाजको परिकल्पनालाई कसरी साकार गर्ने भन्ने उदेश्यले अगाडी बढेको यो संस्था भएको कारण नै यसको नाम वातावरण मैत्री समाज भएको हो । यसको स्थापना २०७५ सालमा भएको थियो र यसले वातावरणलाइ एक दम स्वचछ सफार हराभरा गर्ने र सामाजिक कार्यहरु समेत गर्ने उदेश्य लिएको छ ।

वातावरण संग सम्बन्धित मात्रै कार्य गर्छ की ? यो भन्दा बहिर पनि यसले काम गर्छ ?
- वातावरण मैत्री समाज यसको नाम भएता पनि यसको प्रमुख उदेश्य वातावरणसंग सम्बन्धित हुन्छ नै तर यसले आफ्नो अन्य कार्ययोजना अन्तर्गत विभिन्न किसमका सामाजिककार्यहरु समेत गर्दै आईरहेको छ ।

जस्तो वातावरण भन्नाले रुख विरुवा रोप्ने जोगाउने अर्थात वातावरणीय श्रोतहरु परिचालन गर्ने कार्य पर्दछन् हैन ?
- वातावरणको हिसावले हेर्दा हरेक शनिबार सरसफाई कार्यक्रमहरु संचालन गर्ने गर्दछौं र बृक्षारोपणको कार्य पनि हाम्रो प्रमुख उदेश्यमा पर्ने गर्दछ । बैज्ञानीक तवरले हेर्दा पनि जिवनमा एकजना व्यक्तिलाई पाँच ओटा रुखको आवश्यकता पर्दछ जिवन कालमा भन्छ र त्यसैले हामी विरुवा रोप्ने कार्यमा प्रमुख रुपमा ध्यान दिने गर्दछौं ।

हरेक मान्छेले म समाजसेवी हुँ भन्छ तपाईको विचारमा समाजसेवी बन्न अथवा समाजसेवा गर्न कत्तिको सहछ छ ?
- सबैभन्दा पहिला त कार्यमा हिड्नु नै गाह्रो र त्यस माथी झन सामाजिक कार्य त निकै कठीन कुराहो तर आफुलाई कार्य गर्न मै तल्लिन राख्यो भने विस्तारै समाज सेवामा आफुलाई ढाल्दै लग्यो भने सहज हुदै जान्छ अथवा भनौ बानी पर्दै जान्छ र समाज सेवा गर्न सजिलो हुन्छ र काम गर्ने वातावरण सहज बनाउदै जान्छ ।

यहाँलाई कस्तो भएको छ ?
-अहिलेको परिस्थीतमा मलाई केही सहजीकरण भईरहेको छ ।

हरेक मान्छे सन्तुष्ट नभएर त समाजसेवा गर्दैनन् होला  , तपाई समाजसेवामा लागेर कत्तिको सन्तुष्ट हुनुहन्छ ?
- यो सामाजिक कार्यमा सन्तुष्ट हुने भन्दा पनि मेरो अनुभवले भन्दा पनि पहिला हामीले सामाजिक वातावरण छ कि छैन अथवा म सामाजिक कार्य गर्न सक्छु की सक्दिन भन्ने कुराको वातावरणमा उसले सामाजिक कार्यहरु गर्न सक्दैन र उसले त्यो कार्यमा हिड्नु नै उसका लागि ठुलो कुरा हुने गर्दछ । यदि आफु भित्र पनि सामाजिक कार्य गर्ने वातावरण छ भने उसले सहज रुपमा काम गर्न सक्छ ।

तपाई व्यक्तिगत हिसावले भन्नु पर्दा सन्तुष्ट हुनुहन्छ ?
- व्यक्तिगत हिसावले भन्दा मेरो आचरण नै सामाजिक कार्य गर्ने रहेका कारण म पहिला देखिनै सन्तुष्ट नै छु ।

समाजसेवा गर्दा पारिवारिक सहयोग पनि चाहिन्छ, तपाईलाई कस्तो छ ?
- सामाजिक काम चै पहिले देखि गरिसकेको भएर अव भन्नु पर्दा अहिले त म सन्तुष्ट छु तर पहिले म सन्तुष्ट थिईन । अव पहिले सुरु सुरुमा कत्ति दिने र सहयोग गर्ने काम मा मात्रै हिंडिराख्छ भन्ने कुराहरु पनि आउने गर्दर्थे । यी विचारहरुले गर्दा सामाजिक वातावरणलाई समेत प्रभाव पार्ने रहेछ र यसले गर्दा केही असन्तुष्ट र दुःखहरु हुन्थे । पछि विस्तारै विस्तारै सबैले बुझदै गए यसको आचरण यस्तै हो बानी र व्यवहार यस्तै हो निरन्तर यसैमा लागिरहेको छ, अव यसलाई असहज भन्दापनि काम गर्ने वातावरण बनाई दिनु पर्छ भन्ने सोचेर केही सहज बनाई दिए पछि यसले सहज रुपमा काम गर्छ भनेर सहयोग गरिसके पछि वातावरण सहज हुदै जान्छ ।

समाजसेवामा लाग्नको लागि आर्थिक सहयोग त चाहिन्छ नै, कहाँबाट जुटाउनु हुन्छ अथवा भनौ न तपाईको आय श्रोतको पाटो के हो ?
- आयश्रोतको विषय सबै भन्दा गाह्रो विषय हो र सम्बन्धलाई कसरी सुधार्ने भन्ने कुरा पनि आर्थिकसंगै जोडिएको हुन्छ । आर्थिक पक्षलाई संगालेर राख्नु भनेको सबै भन्दा ठुलो जिम्मेवारी जस्तो हुंदोरहेछ । आर्थिकको लागि सामाजिक क्षेत्रमा हिड्न साह्रै गाह्रो हुँदो रहेछ । हामी सामाजिक क्षेत्रमा कामगर्ने मान्छे हरु कुनै न कुनै तरिकाहरु अपनाएका हुन्छौं यो काम यसरी गर्ने पर्छ र समाजलाई हामीले यो कुरा यसरी दिनु पर्छ भन्ने ठाने पछि हामी जम्मा भएर आफ्नो क्षमता अनुसार आफ्नै खल्तीबाट निकाल्ने गर्दछौं तर त्यत्तिले मात्रै संम्भव नभएमा हामी आफ्ना केही प्रस्तावहरुलाई लिएर वडा तथा नगरहरुमा जान्छौं र सहयोगका हातहरु फैलाउछौं । त्यहाँबाट भएको सहयोगलाई लिएर पनि हामी सामाजिक कार्यहरुलाई अगाडी बढाउछौं ।

त्यो त भयो समाज सेवाको पाटो यहाँको व्यक्तिगत आयश्रोतको पाटो के हो ?
- मेरो व्यक्तिगत आयश्रोतको पाटो भनेको मेरो आफ्नै व्यवसाय छ । सानो छ व्यवसाय, तर म समाज सेवाको लागि आफ्नो तर्फवाट आफुले सहयोग गर्नु परेको अवस्थामा परेको रकम सहयोग गर्न सक्ने हैसियत वनाएको छु । यसर्थ मेरो व्यवसायले मलाई समाजसेवा गर्नको लागी मद्धत पुर्याएकैछ ।

कहिलेकाँही मान्छेलाई लाग्छ नी मैले यो काम बेकारमा गरेछु, तपाईलाई समाजसेवामा लागेर गल्ती गरेछु भन्ने लागेन ?
- सुरु सुरुमा सामाजिक कार्यमा गहिरिएर एकदम पर सम्मको लक्ष लिएर हिड्दा खेरी बाटोमा धेरै तनावहरु आउने रहे छन् त्यो बेला यत्ति सम्मकी बेकारमा मैले यो क्षेत्रमा हात हालेछु भन्ने पनि हुँदोरहेछ । तर अव विच बाटोमा पुगी सके पछि फर्कनु कसरी ? वा नफर्कनु यत्ति गाह्रो छ भन्ने विषयले साह्रै विचलीत भँईदो पनि रहेछ । अव त्यो विचबाटोमा उभिसके पछि कुन धार समात्ने भन्ने कुरा, फर्कने वा अगाडी बढ्ने भन्ने कुरालाई समयले निर्धारण गर्दोरहेछ । अर्को कुरा त्यो मजधारमा उभिएको बेला कसैले यदि मुस्कान दियो, धाप मारि दियो अथवा भनौ केही उत्प्रेरित गर्यो भने पनि अगाडी बढ्नको लागी सजीलो हँुदोरहेछ । मेरो कुरा गर्दा मेरोलागी पनि यहि कुरा भयो म यस क्षेत्रमा निरन्तर अगाडी बढीनै रहें , यसकै ज्वलन्त उदाहरण हो वातावरण मैत्री समाज । र म यसवाट अर्थात समाजसेवाको कार्यवाट सन्तुष्ट छु ।
अहिले बजारमा धेरै खेताला समाजसेवीहरु भएका छन् भन्ने हल्ला छ ? पैसा दिने एउटा पैसा, उठाउने एउटा र समाजसेवी बन्ने एउटा ! यस्तो किसिमले खेताला समाज सेवीको विगविगी बढ्यो भन्छ, के यसले गर्दा सांच्चिकै समाजसेवा गर्ने मान्छेहरु ओझेलमा परेका हुन त ?
- मैले पनि त्यस्तै सुनेको छु, अव जो एकदम गहिरिएर अथवा मिहेनतका साथ समाजसेवामा लागेको हुन्छ त्यसको प्रतिफल कहिले चाँडो आउँछ कहिले ढिलो आउँछ र यसको आश गर्नै मिल्दैन कुनै ठाउँमा चाँडो प्रतिफल आउँछ भने कुनै ठाउँमा ढिलो आउँछ । समाज सेवा भनेको एकदम विसुद्ध समाजिक कार्य हो यो आत्मसंग जोडिएको हुन्छ जो निरन्तर लागि रहन्छन् तिनीहरु निरन्तर चलिरहन्छन् र यसमा खेतालाको कुरै छैन । खेताला भनिएका समाजसेवी उनिहरु एक तरंगको रुपमा मात्रै हुन्छन् एकछिन आउँछन् र जान्छन् । तर निरन्तर लागिरहे व्यक्तिहरु सदावहार हुन । समाज सेवामा लागि रहेको व्यक्तिहरु हामीलाई पनि ध्यान दिन्छन् है भन्ने हिसावले काम गर्दै जान्छन्, निरन्तर काम गर्दै जानेहरुको लागी भने प्रतिफल केही ढिला आउला तर खहरे झै एकैचोटी हाईलाईटमा आउने खेताला समाजसेवीहरु चाँडै हराएर पनि जान्छन् । समाजसेवा सकभर त्यसरी नगरकै राम्रो ।

समाजसेवा के रहेछ ? समग्र जिन्दगी के रहेछ त?
- यो अत्यन्तै गहिरो प्रश्न हो । सम्पुर्ण जिवन के रहेछ भन्दा आफ्नो कथा भएको प्राणीले मलाई के लक्ष्य र उदेश्यले यो प्राण अथवा जिवन दिएको हो भन्ने विषयमा खोज गर्नु पर्दछ र यो खोजी सकेपछि मात्रै उसले आफ्नो उदेश्य पाउँछ त्यो उदेश्य जिवनको विषयमा पनि हुन सक्छ अथवा अन्य कुनै पनि विषयमा हुन सक्छ र यसै विषयमा समाजसेवालई जोड्दा समाजसेवा भनेको आत्मैबाट स्वेच्छाले सहयोग गर्ने चाहाना नै समाजसेवा हो अथवा भनौ आफुले देखेको चिजबस्तुलाई मन भित्रैबाट महसुस गर्छ र त्यस ठाउँ परिवेशमा अव एउटा व्यक्तिले स्वयम् आफै उभिएको देख्छ अथवा देख्न खोज्छ भने उसले त्यसै प्रति काम गर्ने सकारात्मक सोचले समाजसेवा तर्फ उत्प्रेरित गर्ने गर्दछ र त्यो उत्प्रेरित गर्ने भावलाइ नै समाजसेवा भनिन्छ जस्तो लाग्छ । जता भए पनि जसरी भए पनि जे भए पनि हामी सबैले एक शुन्दर जिवन पाएका छौं र हामीलाई दिएको जिवनले हाम्रो समाजलाइ सहि दिशातर्फ लैजान सक्यौ भने मात्रै हाम्रो जीवनको सार्थकता भेटिन्छ र सुन्दर समाजको निर्माण गर्नसक्छौं ।

 

निर्मलालाई  एक नारीको खुला पत्र : ‘नारी समाज फुटाउनेले समाज कसरी जोड्न सक्छ ?

विश्व


 

निर्मला जी नमस्कार ।

गैर आवासिय नेपाली संघ पोर्तुगलको महिला उपाध्यक्षमा उमेद्वारी दिएको कुरा ढिलागरी चाल पाएँ । तपाईका फेसबुक र निर्बाचनका प्रचार सामाग्री हेर्दा एकातिर हाँसो उठ्यो भने अर्कोतिर दुःख पनि लाग्यो । तपाइका हरेक प्रचार सामाग्रीमा स्वच्छ समाज निर्माण र समाजलाई जुटाउने भन्ने थियो । अरु पनि धेरै काम गर्छु भन्नुभएको रहेछ । हिजो नेपाली नारी समाज फुटाएर जाने तपाई नै होइन रु तर अहिले आएर समाज मिलाउने कुरा गर्दै आउनुभएको छ । भइरहेको संस्थालाई पद लोभका कारण फुटाएर अर्को संस्था खोल्नुभो, त्यसमा आफैं हालीमुहाली गर्नुभो । जुन कुरा समाजले प्रष्ट तरिकाले बुझेको छ । तपाईको मुल्यांकन गरेको छ । 
नारी समाजको दोश्रो अधिबेशन २०१९र२१ लाई अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर भब्य गरी मनाउने योजना हामी दिदी बहिनीबीच भएको थियो । भनेजस्तो पद नभएपछि बैठकदेखि अधिवेशन सबै बहिष्कार गरेको प्रमाण हामीसँग छ । त्यसको साक्षी समाज छ । हामीले स्वच्छ समाज निर्माणका लागि २०१४ जुन २३ मा संस्था गठन गरेका थियौं । तर तपाई अहिले ७ बर्षपछि बल्ल स्वच्छ समाज निर्माण गर्न भनेर एनआरएनमा जान लाग्नुभएको छ । तपाई आफैं मनन गर्नुस की नारी समाज फुटाएर आज तपाई पहिलाकै स्थितीमा आइपुग्नुभएको छ । त्यो नेपाली समाज बिग्रिएको तपाईहरु जस्ता दुई चार जना महिला र तपाईहरुलाई साथ दिने केही पुरुषहरु रहेका छन । 
बिभिन्न माध्यमबाट पोर्तुगल आयका दिदिबहिनिहरुको दुखसुख, अनुभव शेयर गरि बिदेशिभुमिको बसाइ सहज बनाउन महिलाहरुको सङगठनको आबश्यकता महशुस गरि संस्था जन्माइएको थियो । जहाँ तपाइले कसैको लहडका भरमा समाज फुटाउनुभयो । यो घटनालाई जति व्याख्या गरेपनि सकिदैन । तपाईले समाज त भाँड्नुभो आफु नजिककालाई पनि बोकेर महिला समाज गठन गर्नुभो । आफैं अध्यक्ष भएर काम गर्दा पक्कै पनि थाहा पाउनुभयो होला काम गर्दा कति असहज परिस्थितको सामना गर्नुप¥यो भनेर । तपाईकै कार्यकालमा पाँच जना पदाधिकारीले राजीनामा दिएर महिला समाज र तपाईको साथ छाडेको घटना पनि त ताजै छ । तपाईले मनपरी नगरेको भए उनिहरुको राजिनामा कसरी आउँथ्यो त ?
बिदेशि भुमिमा स्थापना गरिएको समाजलाइ निरन्तरता दिनु त कता हो कता आफ्नो पद र जिम्मेवारीको ख्याल नगरि गुट उपगुट बनाएर हिंडेको व्यक्तिले एनआरएनमा महिला उपाध्यक्षको काम कसरी गर्ला रु तपाईंका कृयाकलापले हामी दिदिबहिनिको आत्मसम्मानमा ठुलो चोट पुगेको छ । तपाइले दिनुभएको उम्मेदवारी र प्रतिबद्धता ले त्यो नमिठो समय को सम्झना गराइ दियो । 
अन्तमा खुला पत्रसँगै पोर्तुगलमा रहेका दिदी बहिनी दाजुभाइहरुलाई समाज फुटाउने मनशाय बोकेकाहरु सँग टाढैं बस्नु उचित हुन्छ भन्न चाहन्छु ।
खोक्रो चुनावी नाराले समाजको हित हुँदैन त्यसैले आफ्नो मतको अधिकारलाई सही ठाउँमा प्रयोग गर्न अनुरोध गर्दछु । जसले महिलाको हक अधिकारका साथै दुखसुखमा साथ दिएको छ उसलाई मात्रै मत हाल्न आग्रह गर्दछु । 
जय नारी !

पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको आरोपबारे सलमानले दिए यस्तो जवाफ

विश्व


काठमाडौं  - सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् । यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि प्रतिक्रिया दिन्छन् । अरबाजले यस्तै एक ट्रोल कमेन्टबारे प्रश्न राखे । जहाँ लेखिएको थियो,‘कहाँ लुकेको छस्, डरपोक । भारतमा सबैलाई थाहा छ कि तँ दुबईमा आफ्नी श्रीमती नूर र १७ वर्षकी छोरीसँग बस्छन् ।

भारतका मानिसहरुलाई कहिलेसम्म मुर्ख बनाउँछस् ।’सलमानले यस अफवाहलाई खारेज गर्दै भने,‘यो सबै बकवास हो । उनले कसका बारे टिप्पणी गरेका हुन् र कहाँ पोस्ट गरे भन्ने मलाई थाहा छैन । म उनलाई भन्न चाहन्छु, ‘भाई मेरी पत्नी छैनन् ।’ म ९ वर्षको उमेरदेखि भारतमा ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएको छु । मैले यी व्यक्तिलाई जवाफ दिन गइरहेको छैन । म कहाँ बस्छु भनेर पुरै भारतलाई थाहा छ ।’सोशल मिडिया सल्लाहकारका रुपमा कैटरिया कैफ वा दिशा पटानीमध्ये कसलाई राख्न चाहनुहुन्छ भनेर पनि शोमा उनलाई सोधिएको थियो । उनले कैटरिनाको नाम लिए । उनले सामाजिक सञ्जालमा कैटरिनाले निकै समझदारीपूर्वक पोस्ट गर्ने गरेको बताए । 

विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि जापानको राजधानी टोकियोमा औपचारिक रूपमा सुरु हुँदैछ

विश्व


काठमाडौं - कोरोना भाइरस को बढ्दो संक्रमणकैबीच विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि जापानको राजधानी टोकियोमा औपचारिक रूपमा सुरु हुँदैछ । ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिकका केही खेलहरू दुई दिन अघिदेखि नै सुरू भए पनि उद्घाटन समारोह आज हुन लागेको हो ।२०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि धकेलिएको थियो । त्यसैले यस ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै छ ।ओलम्पिकको इतिहासमै पहिलो पटक स्थगित भएर एक वर्षपछि ओलम्पिक हुन लागेको हो । यसअघि विश्वयुद्धका कारण तीन पटक भने ओलम्पिक रद्द नै गरिएको थियो । टोकियो ओलम्पिक २०२० को उद्घाटन नेपाली समय अनुसार दिउँसो १स्४५ बजे सुरु हुनेछ । नेशनल स्टेडियम टोकियोमा हुने उद्घाटन समारोहमा १५ राष्ट्र र संगठन प्रमुख उपस्थित हुने तयारी भइरहेको छ । औपचारिक उद्घाटन आज हुन लागेको टोकियो २०२० को सफ्टबल र फुटबल खेलहरु भने दुई दिन अघिदेखि नै सुरु भइसकेको छ ।

हरेक खेलाडीको सपना कम्तीमा एक पटक ओलम्पिक खेल्ने हुन्छ नि त्यसमा पदक जित्दै अझ ठूलो उपलब्धि हात पार्न चाहन्छन् । १७ दिन चल्ने ओलम्पिकमा यस पटक पनि करिब ११ हजार भन्दा बढी खेलाडी थप उपलब्धि हासिल गर्ने लक्ष्यसहित टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । टोकियोमा कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा आपतकालीन अवस्था लागू गर्दै विनादर्शक ओलम्पिक आयोजना हुँदैछ । टोकियोमा अहिले झण्डै दैनिक करिब २ हजार संक्रमण देखिन थालेको छ । टोकियोमा त्रास बढिरहेको छ । स्थानीय बासिन्दाहरु ओलम्पिक आयोजनाको विरोधमै छन् । तैपनि विश्वकै धेरै खेल एकैपटक हुने कुम्भमेला ओलम्पिक आजदेखि सुरु हुँदैछ । यस पटकको सबैभन्दा ठूलो फरक भनेकै दर्शकविना ओलम्पिक हुँदैछ । दर्शकले अब टेलिभिजनमै ओलम्पिक हेर्नेछन् ।

यसैगरी ओलम्पिकमा सहभागी हुने देशहरुबाट भ्रमण गर्ने पदाधिकारीको संख्या पनि यसपटक घटाइएको छ । आयोजकले कोभिड(१९ को असरलाई ध्यानमा राख्दै सहभागिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न सेटमा प्लेबुक सार्वजनिक गरेको छ । जसलाई खेलाडी अफिसियलदेखि लिएर ब्रोडकास्टरहरुले समेत पालना गर्नुपर्नेछ । दैनिक रुपमा सबैले कोरोना परीक्षण गराउनुपर्नेछ । ओलम्पिक भिलेजमा सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । ओलम्पिक सुरु हुनु अघिल्लो दिन गिनीले कोरोनाकै त्राका कारण आफ्नो कुनै खेलाडी नपठाउने निर्णय गरेको छ । उत्तर कोरियाले पनि यसअघि नै कोरोनाकै कारण ओलम्पिकमा सहभागी नहुने जनाइसकेको छ ।टोकियो ओलम्पिकमा अमेरिकाबाट सबैभन्दा धेरै ६१३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । आयोजक जापानबाट ५५२ खेलाडी प्रतिस्पर्धा गर्दैछन् । यस पटक शरणार्थी टिमबाट २९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टोकियो ओलम्पिकमा पाँच नयाँ खेलसँगै विभिन्न ३३ खेलको ३३९ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ ।

एनआरएनए अस्ट्रेलियाको तास्मानियाबाट सन्देश समुहको उमेद्वारी घोषणा

विश्व


अस्ट्रेलिया - एनआरएनए अस्ट्रेलियाको ३१ जुलाईमा सम्पन्न हुने निर्वाचनका लागि तास्मानिया राज्यबाट ‘सामुदायका लागि प्रतिवद्ध, सधै प्रगतिमा सर्मपित र प्राप्त गर्ने कोसिस’नाराका सहित सन्देश परियारले आफ्नो सुमह सार्वजनिक गर्दै उमेद्वारी घोषणा गरेका छन् । 
हालै आयोजित विशेष भेलाले एनआरएनए तास्मानिया संयोजक सहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको हो । जसमा एनआरएनए एनसिसि संयोजकमा सन्देश परियारको उमेद्वारी रहेको छ भने एनआरएनए एनसिसि सदस्यमा प्रेमप्रसाद धामी ९प्रमेज० र कविन कर्मचार्य सदश्य रहेका छन् । 
त्यस्तै यसै समुहबाट एनआरएनए एससिसि उपसंयोजक राज्य टेकनाथ सापकोटा, एनआरएनए एससिसि सचिव प्रदीप पोखरेल, एनआरएनए एससिसि संयुक्तसचिव मुगेन्द्र गौतम, एनआएनए एससिसि कोषाध्यक्ष उमेस सेन्चुरी, एनआएनए एससिसि युवा संयोजक रिवाज राउत क्षेत्री, एनआएनए एससिसि सदश्य सहारा पोखरेल, अर्जुन श्रेष्ठ, प्रमोद भण्डारी, सुमन पराजुली, महेश्वरी नेपाल र सदस्य सुभाष खतिवडा लगायत रहेका छन् ।
नेपाली समुदायलाई अझ सक्षम र सबल बनाउन सबैको एकता र सक्रियताको खाँचो रहेको संयोजक उमेद्वार सन्देश परियाले बताएका छन् । 
संयोजक सन्देश समुहले ६ बुदे कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसमा एनआएनए समुहलाई ताम्सानियमा दर्ता गर्ने,  स्थानिय लाइबेरीमा नेपाली पुस्तक राख्ने र स्थानिय स्कुलमा नेपाली पठनपाठनको ब्यवस्था गर्ने,  सामुदायिक भवन तथा नेपाली डिजाइन अनुसारको मन्दिर निर्माण गर्ने, युवा बर्गका लागि स्वस्थ्य तथा खेलकुदका कार्यक्रम, नेपाली कलासंस्कृति प्रवद्र्धन तथा संम्बद्र्धनका लागि फेष्टिभललगायतका कार्यक्रम लगायत रहेका छन् । 
यो समूहका उमेद्वारहरुले संस्थागत रुपमा मात्र नभएर ब्यक्तिगत रुपमा पनि स्थानिय नेपालीहरुका लागि सधै  सहयोग र साथ दिदै आएकोले आफ्नो समुहको विजय हुने सदस्य पदका उमेद्वार र दिंदै आएको साथले पनि यो समूह विजय हुने दावी सदस्य उमेद्वार प्रेम प्र। धामीले गरे । उनले आफ्नो समुहको प्रचारप्रसार राम्रो भएको र सबैको प्रिय ब्यक्ति आफ्नो समुदायमा उमेद्वार रहेकोले जित हुनेमा आफ्नो समुह ढुक्क रहेको सुनाए ।

हालसम्म पाकिस्तानमा आफना नागरिकलाई कोभिड- १९ खोपको १० मिलियन डोज

विश्व


काठमाडौं-पाकिस्तानले आफना नागरिकलाई कोभिड- १९ खोपको १० मिलियन डोज लगाउन सफलता हासिल गरेको छ। पाकिस्तान स्थित एनसीओसीले कार्यान्वयन गरेका नीतिहरू जनस्तरबाट सर्हाईएको जानकारी प्राप्त भएको छ । पाकिस्तान सरकारले महामारीको बिरूद्ध खरो उत्रदै आएको बताईन्छ ।

 

‘काेराेनाबाट ज्यान गुमाउनेकाे वास्तविक तथ्याङ्क दुई या तीन गुणा धेरै’ : डब्लुएचओ

विश्व


काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएको छ त्योभन्दा दुई या तीन गुणा बढी रहेको बताएको छ ।

सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ३४ लाख जनाको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार आफ्नो वार्षिक प्रतिवेदनमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने बताएको छ ।

प्रतिवेदनकाअनुसार सन् २०२० मा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३० लाख या बताइएको भन्दा १२ लाख धेरैको ज्यान गएको छ ।

‘प्रत्यक्ष रूपमा होस् या फेरि अप्रत्यक्ष रूपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको तथ्याङ्क वास्तविक मृत्युको तथ्याङ्कभन्दा निकै कम छ’, प्रतिवेदनमा भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनकी प्रबन्ध निर्देश समीरा अस्माले भन्नुभयो, ‘वास्तवमा ज्यान गुमाउनेको तथ्याङ्क दुई या तीन गुणा धेरै हुन सक्छ । यो तथ्याङ्क ६० देखि ८० लाख छ ।’

तथ्याङ्क कम हुनुमा यसका विभिन्न कारण हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । सङ्गठनकाअनुसार महामारी सुरु हुने बेलामा कैयौँ व्यक्तिको मृत्यु उनीहरूमा कोभिड–१९ पुष्टि हुनुभन्दा पहिले नै भएको थियो ।

साथै केही देशसँग त्यस समयमा कोभिड–१९ का कारण हुने मृत्युसँग जोडिएको डाटा राख्नका लागि उचित प्रक्रियासमेत नभएको सङ्गठनले बताएको छ । – साभार उज्ज्यालो अनलाईन बाट

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण हुँदै

विश्व


काठमाडौ - नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिवलले तेस्रो संस्करण आयोजना गर्ने जनाउँदै फिल्मकर्मीलाई सहभागिताका लागि फिल्म बुझाउन आग्रह गरेको छ । फेस्टिवलका संस्थापक सन्तोष सुवेदीले स्वदेशी र विदेशी फिल्म समावेश फेस्टिवलमा सहभागिता जनाउनका लागि जुलाई १ सम्मको समय सीमा तोकिएको जानकारी गराएका छन् ।

इच्छुक फिल्मकर्मीले फिल्म फ्रिवेमार्फत् फेस्टिभलमा बुझाउन सक्नेछन् । सुवेदीले पहिलो र दोश्रो संस्करणको सफलतासँगै तेस्रो संस्करणको आयोजना लागि तयारीमा लागेको बताएका छन् । ‘पहिलो र दोश्रो संस्करणको सफलतासँगै तेश्रो संस्करणको आयोजना गर्ने तयारी थालेका हौं । यसका लागि जुरीहरू छान्ने काम पनि सुरु भइसकेको छ । फेस्टिवल भने डिसेम्बरमा गर्ने योजना रहेको सन्तोषले बताए । 

उनले भर्खरै खुलेको आवेदनमा पनि २७ देशका ७२ वटा फिल्म आइसकेको बताए । उनले अझै दुई महिना बढी फिल्म पठाउने समय सीमा रहेकाले प्रशस्त फिल्म सहभागी हुने अपेक्षा रहेको बताए ।  

फेस्टिभलमा ७ नेपाली र ७ विदेशी गरी १४ फिल्मलाई पुरस्कृत गरिनेछ । फेस्टिभलमा विदेशतर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट डकुमेन्ट्री फिल्म, उत्कृष्ट ह्युमन राइट्स फिल्म, उत्कृष्ट चिल्ड्रेन फिल्म, उत्कृष्ट वुमन फिल्म र उत्कृष्ट एनिमेटेड फिल्म गरी ७ विधामा अवार्ड बाँडिनेछ । यसमा उत्कृष्ट हुने फिचर फिल्मले ट्रफीसँग ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् भने बाँकी सबै विधाका विजेताले २ सय ५० डलर प्राप्त गर्नेछन् । 

नेपाल अफ्रिका फिल्म फेस्टिबलमा आमा, सहायक श्रीमान र दुर्गामाण्डु उत्कृष्ट

विश्व


काठमाडौं-शुक्रबारदेखि काठमाडौंको जमल स्थित संस्कृतिक संस्थानमा जारी नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आईतबारबाट सकिएको छ । महोत्सबमा यो वर्ष बृत्तचित्र तर्फ गणेश पाण्डे निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित बृत्तचित्र ‘सहायक श्रीमान’ ९को हजबेन्ड० उत्कृष्ट भएको छ । यो बृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा जारी बहुपति प्रथामा केन्द्रित थियो ।
यस्तै महोत्सबमा कथानक चलचित्र तर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ । आमा बृद्धा आमा बुबालाई बृद्धाश्रममा राख्नेहरुको कथामा यो चलचित्र आधारित थियो ।
यस्तै यो वर्ष डक्युड्रामा तर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित बृत्त चलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यो बृत्त चलचित्रमा सुदुरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्यामा आधारित थियो ।
यी तीन वटै उत्कृष्ट चलचित्रलाई जनही ५ हजार रुपैयाँ सहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट चलचित्रको चयन गरेको थियो ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्धारा आयोजित नवौं संस्करणको महोत्सब समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए । यो महोत्सबले नेपालमा अफ्रिकालाई सिनेमाबाट चिनाउन ठुलो सहयोग पु¥याएको उनले बताए ।
चलचित्र निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले समापन समारोहमा पुरसकार प्रदान गर्दै नेपाली भन्दा अफ्रिकन फिल्महरु धेरै माथि भएकाले हामीले उनीहरुको फिल्मबाट धेरै सिक्ने अबसर पाएको बताए ।
आईतबार नै महोत्सबमा नेपाली र अफ्रिकन चलचित्रका चुनौतीबारे बहस भएको थियो । सो बहसमा राजेश थापाले नेपाली चलचित्रको बिगत देखि अहिलेसम्मको अबस्था चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै अर्का निर्देशक मनोज पण्डितले अफ्रिकनको तुलनामा नेपाली चलचित्र र नेपाली चलचित्रका समस्याबारे कार्यपत्र प्रस्तुत गरे ।
सो अन्तरक्रियामा गणेश खनियाँले अफ्रिकाको जीवनशैली, सिनेमा, नेपाल र अफ्रिकाको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए । महोत्सबबाट आफुहरुले निरन्तर नौ वर्षदेखि नेपाल अफ्रिकालाई जोड्ने कार्य गरेको आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी अध्यक्ष डा। मञ्जु मिश्रले समापन समारोहमा बताईन् ।
महोत्सब निर्देशक डब्बु क्षत्रीले कोरोनाको महामारी बीच पनि सामाजिक दुरी कायम गरेर आफुहरु महोत्सब सम्पन्न गर्न सफल भएको बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार उद्घाटन गरेको यो महोत्सबमा नेपालमा ७ वटा र अफ्रिकामा ८ वटा चलचित्र प्रदर्शन गरियो ।