काठमाडौं - इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आईएनएनएफ) ले बिहीबार आयोजित एक भव्य समारोहमा पाँच दशकभन्दा लामो समयदेखिको उल्लेखनीय योगदानका लागि नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्काको अतुलनीय समर्पण र असाधारण प्रतिभालाई कदर गर्दै चलचित्र स्वर्णिम सम्मान २०८० बाट सम्मानित गरिएको हो ।
कार्यक्रममा रमेश बुढाथोकी, राजकुमार राई, रवीन्द्र खड्का, गौरी मल्ल र करिश्मा मानन्धरलाई चलचित्र विशेष व्यक्तित्व सम्मान २०८० प्रदान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मानित व्यक्तिहरूलाई सम्मान पत्र र दोसल्लाले विभूषित गरेका थिए ।
कार्यक्रममा संस्थाको प्रथम साधारण सभापछि नयाँ कार्यसमिति गठन भएको छ । आईएनएनएफ केन्द्रीय समितिको अध्यक्षमा लव प्याकुरेल र उपाध्यक्षमा मानबहादुर थापा, प्रदीप लाल श्रेष्ठ र लक्ष्मण सुवेदी निर्वाचित भएका छन् । महासचिवमा रमेश कोइराला, सचिवमा भीष्मराज फुलारा र कोषाध्यक्षमा ठण्डबहादुर अधिकारीले जिम्मेवारी पाएका छन् । त्यसैगरी सदस्यमा राधेश्याम विश्वकर्मा, गणेश सुवेदी, विनोद चौलागाईं र मधु अधिकारी निर्वाचित भएका छन् ।
कार्यक्रममा ‘सिमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया पनि गरिएको थियो । चलचित्रकर्मी, उद्योग विज्ञ र सरोकारवालाहरूबीच नेपाली चलचित्र नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यको लागि कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष प्याकुरेलले बताए । अन्तर्क्रियामा सहभागीहरूले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सरकार र चलचित्रकर्मीबीच ठोस योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिए । प्रमुख वक्ता चर्चित अभिनेता नीर शाहले नेपाली चलचित्र उद्योगलाई थप विकासका लागि आफ्नो कमजोरी पत्ता लगाएर आत्मपरीक्षण गर्न आग्रह गरे ।
कार्यक्रममा कृष्ण मल्ल, तीर्थ थापा, शान्ति प्रिय, जनकदीप पराजुली, माधव खरेल, श्रीदेव बीएल, समीर बलामी, उत्तम के.सी., पुकार भट्टराई, रामेश्वर बुर्लाकोटी, नरेश पौडेल, ऋषि लामिछाने, शुष्मा कार्की, रोशनी के.सी., मनोज के।सी।, दिनेश के.सी., अमर वोली, विक्रान्त बस्नेत, राजेन्द्र बजगाईं, बसन्त अधिकारी, रघुनाथ सापकोटा, पवन के.सी., संजय खतिवडा, गीता अधिकारी, मुक्ति श्रेष्ठ, निर्जला अधिकारीलगायत चलचित्र क्षेत्रका कलाकार र प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमले नेपाली चलचित्र समुदायको एकता र ऐक्यबद्धता, सामूहिक उत्सवको भावना र उद्योगको प्रगतिप्रति प्रतिबद्धतालाई बढावा दिने विश्वास गरिएको छ ।
काठमाण्डौ – जनचेतना नेपाल विगत लामो समयदेखि सामाजिक रुपान्तरणका कार्यहरु गर्दै जन जनमा चेतनाको अभियान गर्दै आईरहेको कलाकर्मिहरुको संस्था हो।संस्थाको केन्द्रीय कार्यलय काठमाडौंमा रहेको छ भने सातै प्रदेशमा जनचेतनामूलक कार्यक्रम मार्फत सचेतनाका कार्यहरुलाई निरन्तरता दिरहेकोछ। संघ तथा प्रदेशको राष्ट्रिय निर्वाचनमा सातै प्रदेशमा जनचेतना नेपालका पर्यवेक्षकहरुले पर्यवेक्षकको भुमिका निर्वाह गरिसकेका छन्।
जनचेतना नेपालका झापा जिल्ला संयोजक शिव कुमार मैनालिको कार्यसमितिले झापाको शिवसतासि स्थित हाईजेनिक होटलमा युवाअभियान्ता,उदारकर्ता,गीत संगीतका श्रष्टाहरुलाई सम्मान गरेको थियो। सम्मानितहरुमा समाज र देशकोलागी अहोरात्र सेवामा सपर्पित युवा अभियान्ता जन नजमा चेतनाको लरह छर्न सक्ने व्याक्तित्व चितवन निवासि अर्जुन भुसाल, सर्पवाट त्रसित भएकाहरुमाझ पुगी चेतना जगाउने सामाजिक अभियान्ता सर्प उद्रारकर्ता यमलाल भण्डारी , गीत संगीतमा आध्यात्मिक भक्ति भित्र्याउन सक्ने क्षमताका धनी संगीत प्रेमि गायक तथा नायक अर्जुन सापकोटा, आधुनिक ,बाल,चलचित्र ,राष्ट्रिय गीत लगायत टेलिश्रृखलाका शिर्ष गीत लेखनमा कृयासिल सयैको संख्यामा उत्कृष्ट गीत सृजना गरि गीत संगीत श्रेत्रलाई अझ संमृद्ध बनाउन सहयोग पुर्याउन सफल व्यतित्व काठमाडौं निवासी गणेश सुवेदी हुनुहुन्थ्यो । कार्यक्रमको सहजिकरण राष्ट्रिय पर्यवेक्षक रोहित नेपालले गर्नु भएको थियो।
जनचेतना नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण निरौलाको प्रमुख आतित्यमा सम्पन्न कार्यक्रममा वक्ताहरू अर्जुन भसाल र गणेश सुवेदिले मन्तव्य राख्नु भयो।अध्यक्ष निरौलाले छोटो समयमा सभ्य रुपमा कार्यक्रम सफल वनाएकोमा झापा जिल्ला संयोजक शिव कुमार मैनालि,राष्ट्रिय पर्यवेक्षक रोईत नेपाल हाईजेनिक होटलका प्रेपाईटर दाताराम बिष्ट लगायत उपस्थिति सम्पूर्ण मा धन्यवादका साथ सम्मानित व्याक्तित्वहरुमा अझ समाजसेवा गर्ने उत्प्रेरणा मिलोस भनी बधाई तथा शुभकामना व्यक्त गर्नु भयो।
काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफूहरु भूकम्प पीडितहरुको राहत र उद्धारमा तीब्रताका साथ लागिरहेको बताएका छन् । प्राइम टाईम्स टेलिभिजनका पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भूकम्पमा परी मृत्यु भएकाहरुको खोजी, घाईतको उद्धार भइसकेकाले अब आफू राहत वितरणमा केन्द्रीत भएको बताए । उनले राहत सम्बन्धित ठाउँमा पुगिसकेको बताए । केही पीडितले राहत पाइसकेको र अरु पीडितहरुले पनि छिट्टै राहत पाउने उनले बताए ।
छरिएर रहेको बस्ती र सबैतिर यातायातको व्यवस्था नभइसकेको अवस्थामा राहत वितरणमा समस्या आएको उनले बताए । आफूहरुले राहतको जोहो गरिरहेको र जतिसक्दो चाँडो सबै पीडितहरुले राहत पाउने उनको भनाई छ । भूकम्पपछिको अहिलेको तत्कालीन समस्या त्रिपाल, ओढ्ने ओछ्याउनेहरु, लत्ताकपडा रहेको उनले बताए ।
‘अहिले हाम्रो मुख्य समस्या भनेको त्रिपाल, ओढ्ने ओछ्याउनेहरु, लत्ताकपडाहरुको हो । यो पहिलो समस्या बनेको छ । त्यसपछिको हाम्रो समस्या स्थायी रुपमा आवासको हो, त्यो हामी व्यवस्थापन गर्छौं,’– उनले भने ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्यमा आफूहरुले सोचेभन्दा पनि छिटो खोजी र उद्धार गर्न सकिएको उनले बताए । राहत वितरणको कामलाई व्यवस्थित रुपमा सम्पन्न गराएर आफूहरु पुनर्निर्माणमा लाग्न उनको भनाई छ । कर्णालीमा भूकम्प प्रतिरोधी र वातावरणमैत्री संरचना निर्माणमा जनशक्ति अभाव रहेको उल्लेख गर्दै उनले दक्ष जनशक्ति पाएसम्म छ महिनाभित्र पुनर्निर्माणको काम सक्ने स्प्रिटमा प्रदेश सरकारले काम गर्ने बताए ।
‘हाम्रो विकासको मोडालिटी र ऐन, कानुनहरुलाई व्यवस्थित गर्नसक्दा छ महिनामा पुनर्निर्माणका काम हामीले गर्नसक्छौं भन्ने मलाई लाग्छ । ममा त्यो दम छ, तर हाम्रा कतिपय ऐन कानुन जिकज्याक छन् । अर्को कुरा भूकम्प प्रतिरोधी घर बनाउन कर्णालीमा दक्ष जनशक्तिको अभाव छ, त्यो प्राप्त गर्न सकियो भने छ महिनाभित्रमा काम गर्ने हाम्रो स्प्रिट छ,’– मुख्यमन्त्री शर्माले भने ।
केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय तह र जनसमुदायको समन्वयमा पुनर्निर्माणका कामहरु ह्ुने उनले बताए । कर्णालीको मुख्य समस्या गरिबी रहेको कुरामा प्रदेश संसद् एकमत रहेको उनले बताए । आर्थिक समृद्धि र सामाजिक न्यायको पक्षमा प्रदेश सरकारले काम गरिरहेको उनको भनाई छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको उद्धार र व्यवस्थापनमा तीनै तहको सरकार समग्र संयन्त्र परिचालन गरेर लागिरहेको उनले बताए । भूकम्पले ढालेका संरचनालाई निश्चित समयमा आफूले फेरी उठाउने उनले प्रतिवद्धता व्यक्त गरे ।
SOURCE : REPOTERSNEPAL
काठमाडौं- संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सामाजिक जागरूकता र शान्ति विश्वविद्यालयले कलाकार तथा लोक सॉस्कृतिक अभियान्ता आरसी कोइराला (रामचन्द्र) लाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरेको छ ।
कोइरालाले अन्तर्राष्ट्रिय संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय संस्कृति विज्ञको रुपमा उनलाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरिएको सो विश्वविद्यालयले जनाएको छ।
नुवाकोट जिल्लाको हर्कपुर (हाल बिदुर नगरपालिका वडा नम्बर १३) मा बुबा रत्न प्रसाद कोइराला तथा माता सावित्री कोइरालाको कोखबाट जन्मेका कोइराला विगत तीन दशकदेखि अनवरतरुपमा नेपाली कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनमा उल्लेखनीय कार्य गर्दै विश्वभर नेपाली संस्कृतिमार्फत नेपालाई परिचित गराउँदै आएका छन् ।
उनी एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष समेत हुन् । उनको नेतृत्व तथा एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपालमा हरेक वर्ष एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना हुँदै आएको छ ।

काठमाडौं - जापानबाट एनआरएनए आईसीसीको उपाध्यक्ष जिम्मेवारी सम्हालिरहेका रोबिन्द्रप्रसाद श्रेष्ठ गोविन्द फेरि पनि आगामी कार्यकालमा आफु बिजयी हुनेमा ढुक्क देखिन्छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एक दर्जन देशको भ्रमण पुरा गर्दै ११ वटा एजेण्डामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रमका साथ उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठ बताउँछन् ।
नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने बताउँदै श्रेष्ठले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले आगामी कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रेष्ठ तीन दशकदेखि जापानलाई कर्मथलो बनाएर व्यवसाय सहित २०० जना बढ़ीलाई प्रत्यक्ष रोजगार दिएका छान । गोबिन्द सामाजिक सेवा सहित एनआरएनए अभियानमा एक दशकदेखि सक्रिय रुपमा आवद्ध रहँदै आएका छन् । एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक सहित संयोजक र आइसीसी उपाध्यक्षको जिम्मेवारी सफलतापूवर्क निभाएका श्रेष्ठ आफुले आजसम्म निभाएको भूमिका र कामको मुल्यांकन गर्दै विश्वभरबाट एनआरएनए डेलिगेट्सहरुको साथ र समर्थन पाएको बताउँछन् ।
आर्थिक पारदर्शिता सहित एनआरएनए मार्फत सामाजिक सेवाको लागि आफुले मन, बचन र कर्मले इमान्दिारिता पूर्वक काम गर्ने श्रेष्ठले व्यक्त गरे । प्रवासी श्रमिकहरूका पक्षमा काम गर्दै विश्वभर रहेका नेपालीले एनआरएनए मेरो हो भन्ने भावना जगाउनेगरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए ११ औं महाधिवेशन मार्फत २०२३–२०२५ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका एक दर्जन बढि उम्मेदवारमा सबैभन्दा बढि चर्चामा रहेका गोबिन्द आरके शर्मा टीमबाट उपाध्यक्षको पदको लागी चुनावी मैदानमा छन ।
-समीर लामा
काठमाडौं –भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास अनुरुप आज हरितालिका तीजको अवसरमा देशभरिका शिव मन्दिरहरुका साथै पशुपतिनाथ मन्दिरमा विहानै देखी व्रतालु महिलाहरुको भीड लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।
अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने प्रचलन रहेकोछ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले पनि आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने जनविश्वास रहेको पाईन्छ ।
यही विश्वासका साथ काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा पूजा गर्ने व्रतालुहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरका ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको थियो । व्रतालुहरु भने पशुपति मन्दिर खुल्नु भन्दा अघिदेखि नै लाइनमा लागेका थिए । दर्शनार्थीलाई लामो समयसम्म लाइनमा बस्न नपरोस् भनेर चार ठाउँबाट लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
PHOTO: onlinekhabar
काठमाण्डौ – नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । नेपालीले मंगलबार बिहान १० बजेर १५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन्।
उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा फहराएका छन्। इन्टरपोलको १०० औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रमअन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक नेपालीले सगरमाथा आरोहण गरेका हुन्।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डाहरू हस्तान्तरण गरी नेपालीसहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो।
काठमाडौँ - सामाजिक सेवाको क्षेत्रमा सक्रिय नक्षत्र फाउण्डेसनले झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा रहेका बालबालिकाका लागिे विद्यालयको भवन बनाएर अध्ययनमा सहयोग गरिरहेको छ । फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीले विगत ३ बर्षदेखि ‘अर्ली चिल्ड्रिेन डेभलपमेन्ट सेन्टर’मा पक्की भवन बनाएर १ कक्षासम्मको अध्ययनमा सहयोग गरिरहेका छन् । २ सय भन्दा बढी बालबालिकाले यो सेन्टरमा शिक्षा पाइरहेका छन् । यहाँ, केही शिक्षक–शिक्षिकाले थोरै पारिश्रमिकमा बालबालिकालाई अध्यापन गराएर सहयोग पनि गरिरहेका छन् । उनै, शिक्षक–शिक्षिकाहरुलाई फाउण्डेसनको तर्फबाट सम्मान गरिएको छ ।
शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा थुप्रै राष्ट्रिय कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा चर्चित कलाकार सुनिल थापा, गायक रामकृष्ण ढकाल, नायिका पूजा शर्मा, गायिका एलिना चौहान, निर्देशक विधान कार्की, गायक कर्मा ग्याल्छोङ लामा, गायिका जमुना राई, गायक विकास लिम्बू लगायत पुगेका थिए । उनीहरुले विद्यालयमा अध्यापन गराउने र अध्यापनमा सहयोग गरेका शिक्षक–शिक्षिकाहरुलाई सम्मान पत्र हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नक्षत्र फाउन्डेसनका प्रमुख अर्जुन सुवेदीले भने–‘हाम्रो उद्देश्य भनेको नै साना बालबालिकाहरु पढाइको अधिकारबाट बञ्चित नहुन् भन्ने हो । यसैले, हामीले फाउन्डेसनको सहयोगमा यहाँ बालबालिकाहरुलाई पढाइरहेका छौं । तर, यो काम हामीले मात्र सधैभरी गर्न संभव छैन ।
नेपाल सरकारले पनि यो कुरामा ध्यान दिओस् र बालबालिकालाई पढ्नबाट बञ्चित नगराओस् भन्ने चाहना छ ।’ उनले, सरकारी तवरबाट कुनै पनि सहयोग नमिलेको पनि बताए । कार्यक्रममा पुगेका विशिष्ट अतिथी सुनिल थापाले बालबालिकाको सहयोगका लागि सरकारले पनि ध्यान दिनुपर्ने तर्क गरे । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का कृषी मन्त्री भक्ति प्रसाद सिटौलाले सरकारले विद्यालय संचालनमा पूर्ण सहयोग गर्ने बताए । यस्तै, गायक रामकृष्ण ढकालले पनि पढ्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै यस्तो कुरामा सरकारको ध्यान पुग्न आवश्यक रहेको बताए । उनले, कार्यक्रममा आफ्ना लोकप्रिय गीतहरु ‘बिहान उठ्ने वित्तिकै, चरीले त छाडेर गैहाल्यो, माया जदौ’ लगायत गाएर सुनाएका थिए ।
कार्यक्रममा गायिका एलिना चौहान, गायक कर्माले पनि गीत गाउँदा दर्शकले साथ दिएका थिए । फाउन्डेसनका प्रमुख अर्जुन सुवेदीले १ कक्षापछि बालबालिकाहरुलाई अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै सरकारले सहयोग गरेको खण्डमा आफूहरुले अझै माथिल्लो कक्षाको व्यवस्था गर्न सक्ने बताएका थिए ।
काठमाडौँ – बरिष्ठ गायक सिताराम पोखरेल र बरिष्ठ पत्रकार राजेन्द्र लुईटेल भारतमा सम्मानित भएका छन् । उनलाई ‘दादासाहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ बाट सम्मान गरिएको हो । भारतको मुम्बई स्थित ताज होटेलमा हालै आयोजित एक भव्य समारोहबीच पोखरेल र लुईटेललाई सम्मान प्रदान गरिएको हो ।
‘दादासाहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ भारतको प्रतिष्ठित अवार्ड मध्यको एक हो । पोखरेल लाई यो अवार्ड गायनको कारणले दिइएको हो । विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मोडलिङमा सक्रिय पोखरेल सामाजिक कार्यमासमेत सक्रिय रहँदै आएका छन् । गायक पोखरेलका सयौँ गीत बाहिर आएका छन् । ति मध्य दर्जनौँ हिट छन् ।
त्यस्तै विगत दुई दशक देखी विभिन्न मिडियामा सक्रियरुपमा पत्रकारिता गर्दै आईरहेको लुईटेललाई पत्रकारिताका माध्यमले देश र समाजमा प्रदान गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको छ । दुबैजानालाई भारतीय एसिपि सञ्जय पटेलले ,बरिष्ठ मिडिया व्यक्तित्व अख्रिलेश सिंह, प्रशीद्ध टेलिभिजन अभिनेत्री चाँदनी शर्मा लगायतका व्यक्तित्वहरुले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।
काठमाण्डौ- नौलेक फाउण्डेशनद्धारा संचालित दुई जना शिक्षकलाई बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित पैयाँ गाउँपालिकामा विगत ४२ वर्ष देखी सुरुवात गरिएको विद्यालय नौलेक प्राथमिक विद्यालयका दुई शिक्षक कान्डि शेर्पा र जाङबु शेर्पालाई ससम्मान बिदाई गरिएको छ ।
नौलेक फाउण्डेशनको अधिक सहयोगमा सो विद्यालयमा विगत १० वर्ष देखी शिक्षक पेसामा रहदै आउनु भएका दुई शिक्षकलाई गाउँपालिका वडा नं.१ का अध्यक्ष तथा फाउण्डेशनका प्रतिनिधि फुनुरु शेर्पाले जनही ६-६ लाख रुपैया सहित बिदाई गर्नुका साथै अर्को शिक्षक पेशल मगरलाई पनि सम्मान गर्नु भएको थियो ।
नौलेक प्राथमिक विद्यालय सन १९८० मा स्विस नागरिकहरुको सहयोगमा चित्रा बोरा द्धारा निर्माण गरिएको टहराबाट संचालित विद्यालय हो । गाउँमा विद्यालय नहुँदा र साधारण लेखपढ गर्न नजान्ने अवस्था हुँदा कोही कसैलाई चिठ्ठी पत्र पठाउन तथा चिठ्ठी पत्र पढ्न अन्य गाउँमा जानु पर्ने अवस्था देखेर स्व.आङ ग्याल्जेश शेर्पाले विदेशी नागरिकहरुलाई बिन्ती गरी संचालनमा ल्याईएका विद्यालय हो सो विद्यालयमा अध्यनरत र सरकारी विद्यालयमा अध्यनरत २०० जना भन्दा बढीलाई शैक्षिक रुपमा सहयोग गर्नु भएको छ ।
लामो समय देखी निरन्तर रुपमा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य, शिक्षा, पिउने पानी, बिजुली जस्ता अतिनै महत्वपूर्ण बस्तुहरुको लागि निरन्तर सहयोग गरिरहने समेत बताउनु हुन्छ समाजसेवी तथा खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ का अध्यक्ष फुनुरु शेर्पा । अध्यक्ष शेर्पाकै पहलमा विभिन्न बिकासका योजना लगायत दर्जनौ उत्कृष्ट सिपमुलक तालिमहरु समेत गराउनु भएको छ । यस पालिकाको निर्वाचित अध्यक्ष हुनु पूर्व समाज सेवामा तल्लिन फुनुरु शेर्पाले कोभिडको समयमा औषधी तथा स्थानियबासीन्दाहरुलाई विभिन्न स्थानमा लगेर कोभिडको खोप उपलब्ध गराउनु भएको थियो, प्रस्वब पिडामा भएका महिलाहरुलाई पटक-पटक हेलिकप्टरद्धारा उद्धार गरी उपचार गराउन लैजाने जस्ता अति महत्वपूर्ण कार्य गरी समाजमा आफ्नो दायित्व पुरा गर्नु भएको छ ।
नौलेक प्राथमिक विद्यालयका शिक्षकहरुलाई सम्मानका साथ विदाई तथा निश्चित रकम सहयोग प्राप्त गर्दा भावविहल समेत भएका थिए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको पहिलो लाईसेन्स प्राप्त शिक्षक जाङबु शेर्पा नौलेक प्राथमिक विद्यालयमा रहदा र नौलेक फाउण्डेशनकर्ता स्थायी शिक्षक,विद्यार्थीहरुको उज्जवल भविष्यको लागि अहोरात्र खटेकोले फाउण्डेशन प्रतिनिधिले आभार व्यक्त गर्नु भयो ।
शिक्षाको ज्वोती छर्नको लागि एउटा चित्राको टहराबाट शुरु गरी आज पक्की भवन निर्माण गर्न ४२ औ वर्ष सम्म पुर्याउनु हुने स्व.आङ ग्याल्जेन शेर्पा प्रति सम्मान र सो विद्यालयको शैक्षिक र गुणस्तरिय शिक्षा, स्वास्थ्य, बिजुली, पिउने पानी र सम्पूर्ण विकासको लागि खटिरहनु हुने समाजसेवी खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ का अध्यक्ष फुनुरु शेर्पा एक समाजका उदारणीय पात्र हुन्।