कोरोनाभाइरसको कारण धेरै खेलाडी मैदान फर्कन डराइरहेको इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले बताएका छन्।अर्जेन्टाइन स्ट्राइकर अग्युरोले इंग्लिस प्रिमियर लिगका टिमले प्रशिक्षण सुचारु गर्ने तयारी गरेको अवस्थामा खेलाडीहरू मैदान फर्कन डराइरहेको बताएका हुन्।कोरोनाका कारण स्थगित प्रिमियर लिग जुन ८ बाट सुचारू गर्ने तयारी गरिएको छ। त्यसअघि मे १८ देखि अभ्यास गर्न सुरु गरिनेछ। त्यसका लागि इंग्लिस प्रिमियर लिगका क्लबहरुबीच शुक्रबार छलफल हुँदैछ। 'अधिकांस खेलाडीहरु डराइरहेका छन्। किनभने उनीहरुका सन्तान र परिवार पनि सँगै छन्,' ३१ वर्षीय अग्युरोले एकअर्जेन्टाइन एक टेलिभिजनसँग कुरा गर्दै भने। 'कसैलाई कोरोनाको लक्षण देखिदैन। तर पनि उनीहरुलाई संक्रमण भइरहेको हुन्छ। त्यसैले परिवारलाई सर्छ कि भन्ने डरका कारण डराउनु अवस्था छ।' प्रिमियर लिग गत १३ मार्चदेखि स्थगित भएको अवस्था छ। लिगमा अझै ९२ खेल खेल्न बाँकी छ।
'खेलाडीहरू मैदान फर्कन डराइरहेका छन्'
PNA
|
|



