लोकप्रिय गीतकार आनन्द अधिकारीद्धारा रचित श्रीराधाकृष्ण भजन गीतमा संलग्न सम्पूर्ण कलाकारहरुलाई ललितपुरको जाव्हलाखेल स्थित उग्रचण्डी पार्टी भेन्युमा एक कार्यक्रम गरी आईतवार सम्मान गरिएकोछ । समाजसेवी दम्पत्ती सानु भाई ताम्राकार र रन्जना ताम्राकारको परिकल्पनामा निर्मित उक्त भजन गीत चर्चित गाएक शिव परियार र गायिका अस्मिता अधिकारी ले स्वर दिएका छने भने संगित कृष्ण भारव्दाज,कोरीयोग्राफि भावना कार्की,नृत्य प्रनव श्रेष्ठ र अस्मिता पराजुलीले गरेका छन् । करीब ८ महिना अघि हाईलाइटस नेपाल मार्फत रिलिज गीत विभिन्न संचार माध्यमहरु तथा युटयुबबाट पनि हे राध प्रसारण भइरहेको छ ।
उक्त गीतबाट प्राप्त हुने सम्पूर्ण मुनाफा रकम ताम्राकार परिवारको तर्फबाट र गीतकार, गायकहरु र संगीतकारका तर्पmबाट ललितपुर गोदावरी नगरपालिका स्थित आमा घर नेपालको सहयोगार्थ प्रदान गरिनेछ । २४ वर्ष अघि स्थापना भएको आमा घर नेपालले अनाथ तथा पिडीत सहयोगापेक्षी बालबालिकाहरुको संरक्षण गरी शिक्षा प्रदान गर्दै आएको छ । उक्त संस्थामा प्रवेश पाएदेखि उच्च शिक्षा हासिल गरी आय आर्जन गर्न सक्षम नभएसम्म निरन्तर सहयोग प्रदान गर्दै आएको छ । हाल ५३ जना बालबालिकाहरुले संरक्षण प्राप्त गरिरहेका छ भने स्थानिय विद्यालयहरुमा उचित शिक्षा पनि हासिल गरिरहेका छन् । आमा घर नेपालबाट सक्षम भई निस्केकाहरु हाल देश विदेशमा रही विभिन्न पेशामा संलग्न भएकाहरु छन । अमेरिकामा रहेका आमा फाउण्डेशनको आर्थिक सहयोगमा संचालन भइरहेका आमा घर नेपाललाई विभिन्न व्यक्तिहरु लगायत सो संस्थाबाट दिक्षित र संरक्षित युवाहरुले समेत सहयोग जारी राखेका छन् ।
श्रीराधाकृष्ण भजन गीतमा संलग्न कलाकारहरु सम्मानित

Devil Singh Rajput

|
|