देउवा र शशांकबीच बालुवाटारमा वार्ता, देउवाले सहयोग मागेपछि यस्तो जवाफ फर्काए

News Desk 1


|
|


नेपाली काँग्रेसको सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । देउवाको आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा देउवाले सभापतिमा आफूलाई सघाउन आग्रह गरेका थिए । तर, शशांकले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीलाई मिलाएर लैजान देउवाले आग्रह गरेका थिए । आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने पनि उनको भनाइ थियो ।

 शशांकका स्वकीय सचिव भरत तिवारीले देउवाले सहयोगका लागि आग्रह गरेपनि महामन्त्रीले आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने धारणा राखेर बालुवाटारबाट फर्किएको  बताए । आजै देउवा र शेखर कोइरालाबीच सभापतिमा स्रो चरणको प्रतिस्पर्धा हुँदैछ भने त्यसका लागि साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।