entertainment
||Power News Asia||

आजको समाचार

छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण भव्यरुपमा सम्पन्न

मनोरञ्जन


काठमाण्डौ – छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न भएको छ । लोकसंस्कृति तथा संगीतको पर्वका रुपमा चिनिने एवं महिलाहरुको महान चाँड हरितालिका तीजका अवसरमा प्रकाशित गीतहरुलाई लिएर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डमा १८ अवार्ड तथा ६ सम्मान एवं १ पुरस्कार प्रदान गरी सम्पन्न भएको छ ।
सुकेधारा स्थित लेभीज गार्डेनमा सम्पन्न भएको छायाँछवि तीज म्युजिक अवार्डमा गत वर्ष स्थापना गरिएको छायाँछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष मोडल कलाकार सञ्चिता शाहिलाई प्रदान गरिएको छ । रु ११०००÷– राशि सहितको यो पुरस्कार गत वर्ष भने मोडेल कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।
यस्तै तीजका अवसरमा आयोजना गरिदै आएको छायाँछवि तीज म्युजिक अवार्डमा ६ जना नारी कलाकारहरुलाई सम्मान समेत गरीएको छ । गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दर्यकर्मीद्वय संगीता राना मगर र अप्सना नेवा हायु लाई तीज म्युजिक अवार्डका अवसरमा सम्मान गरिएको छ । साथै तीज नारी सम्मान अन्तर्गत नै वोस्टर्न अमेरीका निवासी गायिका शुशीला वस्नेत तिमील्सीनालाई डायस्पोरा सम्मान प्रदान गरिएको छ । सम्मान बिशिष्ट अतिथी चलचित्र बिकाश बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना, अवार्डका अध्यक्ष शान्तिप्रिय, अवार्ड संयोजक कृष्णा आचार्य रोशनीले प्रदान गरेका थिए ।
अवार्ड कार्यक्रममा केहि नृत्य तथा गायन प्रस्तुति समेटीएको थियो । आर्या कोइराला एवंं डिम्पल नगरकोटीले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिकाहरु अञ्जु श्रेष्ठ र रेखा शाहले गायन प्रस्तुति दिएका थिए । कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा चलचित्र बिकाश बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना एवं अतिथीका रुपमा साहित्यकार राधेश्याम नेपाली, संस्कृतिकर्मी आर सी कोइराला, गायिका मञ्जु थापा, गीतकार कस्तुप पन्त, लगायत चलचित्रकर्मी एवं संगीतकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा छायाँछविका अध्यक्ष शान्तिप्रियले अवार्डको उद्येश्यमाथी प्रकाश पारेका थिए । कार्यक्रम संञ्चालन दीपज्योति थापाले सञ्चालन गरेकी थिइन् ।

अवार्ड विजेताहरु :
उत्कृष्ट तीज गीत एरेन्जर
विपिन आचार्य : आइपुग्यो तीज
उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
मनोज परियार : तीजका गीत कस्ता
उत्कृष्ट तीज गीत छायांकार
मुकेश हुमागाई : बारुले कम्मरको ठुम्का
उत्कृष्ट तीज गीत सम्पादक
सुजन कोइराला : चोली फाटेको
उत्कृष्ट तीज गीत मोडल (पुरुष)
भुवन के पोखरेल : माईत बरीलै
उत्कृष्ट तीज गीत मोडल (महिला)
स्मारिका ढकाल : काली पसम कि –२
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
श्रीजन बराल ऋषि : कट्टि कट्टि
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
जेरी भण्डारी : काली पसम कि –२
उत्कृष्ट तीज गीत शब्द
जनक रावल : तीज आयो साथी संगी
उत्कृष्ट मौलिक तीज गीत शब्द
याम प्रसाद निउरे : चोली फाटेको
उत्कृष्ट तीज गीत लय
भावना आचार्य : सोच सोच
उत्कृष्ट मौलिक तीज गीत लय
योगेश काजी : मलाई हेरी हेरी
उत्कृष्ट तीज दोहोरी गीत गायक
रामचन्द्र काफ्ले : सोच सोच
उत्कृष्ट तीज दोहोरी गीत गायिका
सुजाता के.सी : सासुको तीज
उत्कृष्ट तीज गीत युगल गायन
नम्रता तामाङ÷बवी नेम्वाङ लिम्बु÷निलम रोक्का कार्की : किन्दिने हो कल्ले
उत्कृष्ट तीज गीत गायिका
जुनु गौतम : आइपुग्यो तीज
उत्कृष्ट मौलिक तीज गीत गायिका
रेखा शाह : मलाई क्या माया
इनकरेजमेन्ट अवार्ड गायिका
पुजन काफ्ले : छड्के तिलहरी

ग्ल्यामर रनवे मोडेल्स २०२५ सम्पन्न, विजेताहरू घोषणा

मनोरञ्जन


काठमाडौं - राजधानीको द प्लाजा मा आयोजित ‘ग्ल्यामर रनवे मोडेल्स २०२५’ को ग्रान्ड फिनाले भव्यताका साथ सम्पन्न भएको छ। नेपाली मोडलिङ क्षेत्रमा प्रतिष्ठित मानिने यस प्रतियोगितामा महिला विजेताको ताज कञ्चन नेपालीले जित्न सफल भइन् भने फर्स्ट रनर–अप रितु तामाङ र सेकेन्ड रनर–अप मानसी केसी बने। यस्तै, अर्गनाइजर’स च्वाइसको उपाधि हिरा आचार्यले हात पारे। पुरुषतर्फ बिभेद पौडेल विजेता घोषित भए भने भ्यूअर्स च्वाइसको अवार्ड आर्य भट्टचनले जिते।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन रहेका थिए भने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा गायक अनन्द कार्की, चलचित्र निर्देशक माधव राज खरेल, अभिनेता प्रमोद अग्रहरी, मोडल मुस्कान ढकाल, कलाकार बिमल अधिकारी, डा. नविन शाह, बिनोद ढकाल लगायत नेपाली कला, संस्कृति र मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय थियो।

विजेताहरूप्रति आयोजकहरूले हार्दिक बधाई व्यक्त गर्दै सम्पूर्ण सहभागी, प्रायोजक, सहयोगी तथा उपस्थित अतिथिहरूप्रति विशेष धन्यवाद दिएका छन्।

कमेडी, हरर र सस्पेन्ससहितको ‘चिट्ठी’को ट्रेलर  सार्वजनिक

मनोरञ्जन


काठमाडौँ  – एरा प्रोडक्सनको व्यानरमा संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’ को आधिकारिक ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको यो चलचित्र आउँदो भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई कुबेर डिष्ट्रिब्युसन बितरण गर्ने भएको छ ।

निर्देशक माधव राज खरेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने निर्माता पक्षको दाबी छ ।

कमेडी–हरर र सस्पेन्ससहित प्रस्तुत गरिएको यस चलचित्रमा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । 

यसअघि पनि ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’ गीतहरु सार्वजनिक भईसकेका छन् भने ट्रेलरले दर्शकमाझ थप उत्सुकता जगाएको छ । निर्माण पक्षको विश्वास छ “चिट्ठी’ मा कलाकारहरूको दमदार अभिनय, मौलिक कथा र आकर्षक प्रस्तुति रहेको छ ।”
 

छायाँछवि तीज नारी सम्मानमा गीता भट्टराई, सारीका घिमिरेलगायत सम्मानित

मनोरञ्जन


काठमाण्डौ – छायाँछबि क्रियशनद्धारा आयोजित १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा गत वर्ष नै चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा स्थापना गरिएको दिपाशा स्मृति पुरस्कार यस वर्षका लागी पनि घोषणा गरिएको छ । एघार हजार एक रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार सञ्चिता शाहिलाई प्रदान गरिने भएको हो । यो पुरस्कार गत वर्ष चर्चित मोडल तथा कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।

त्यसैगरी १२ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८१ मा गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दयकर्मी संगीता राना मगर एवं अप्सना नेवा हायुलाई छायाँछबि तीज नारी सम्मान प्रदान गरनिने भएको छ । साथै यसै पटक तीज नारी डायस्पोरा सम्मान समेत प्रदान गरीने भएको छ । यस पटक यो सम्मान बाट अमेरीका बोस्टर्न निवासी गायिका शुशीला वस्नेत तिमिल्सीनालाई प्रदान गरीने भएको छ । यस किसिमका सम्मानहरु आ–आफ्नो क्षेत्रलाई विशिष्ठ योगदान दिए बापत सम्मानित गर्न लागिएकोे आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

नेपाली चलचित्र तथा गीत संगीतको प्रबद्र्धनमा बिगत लामो समयदेखी सक्रिय रहेको छाँयाछवि क्रियशनले नेपाली कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका नयाँ तथा पुराना कलाकारहरुलाई सम्मान, प्रोत्साहन तथा हौशला प्रदान गर्दै आईरहेको छ । कार्यक्रम यहि भाद्र ६ गते काठमाण्डौ स्थित लेभीस गार्डेनमा सम्पन्न हुन गैरहेको छ ।

 

 

साहित्य, कला र संस्कृतिको संगम : चौथो मिलाप तीज उत्सव सम्पन्न

मनोरञ्जन


काठमाडौं‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा बुधबार काठमाडौंमा विशेष समारोहबीच सम्पन्न उक्त उत्सवमा नेपाली नारीको महान् पर्व तीजलाई साहित्य, कला, नृत्य र संगितमार्फत उत्सवमय बनाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालको पहिलो नायिका भुवन चन्द रहनुभएको थियो भने काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल विशेष अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि चन्दले तीजलाई नेपाली महिलाको आत्मीयता, संस्कृति र एकताको प्रतीकका रूपमा रहेको धारणा राख्नुभयो । ‘तीज केवल रमाइलोको पर्व मात्र होइन, यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको अमूल्य धरोहर हो । यदि हामी नयाँ पुस्तामा यसको महत्व र मौलिकता प्रवाह गर्न सक्यौं भने हाम्रो परम्परा अझ उज्ज्वल र बलियो बन्छ’, उहाँले भन्नुभयो ।

त्यसैगरी, उपमेयर डंगोलले तीज महिलाहरूलाई सशक्त बनाउन सक्ने पर्वका रूपमा व्याख्या गर्नुभयो । ‘यस्ता उत्सवले हाम्रो संस्कृति र परम्परालाई जोगाउने मात्र होइन, समुदायमा सहकार्य र एकताको भावना पनि बढाउँछ’, उहाँको भनाइ थियो ।

उत्सवमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै ‘तीज मिलाप सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा डा. तारादेवी कार्की (तारु), गायिका रीता बुढाथोकी, सारिका घिमिरे, शोभा पाण्डे, नीता आचार्य, तृप्ति खड्का, मञ्जु थापा, उर्मिला खत्री (रिया), साहित्यकार सानु शर्मा, निर्देशक सावित्री खत्री, व्यवसायी राधिका खतिवडालगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुतीमा नृत्य, गीत र साहित्यिक अभिव्यक्तिहरू प्रस्तुत गरिएका थिए । यसले कार्यक्रमलाई झनै रंगीन बनाएको थियो । दिदीबहिनीहरूले तीजको परम्परागत भेषभूषामा रमाइलो गर्दै गीतमा नाच्दा वातावरण उल्लासपूर्ण बनेको थियो ।

कार्यक्रमकी सभापति गीता अधिकारीले विगत १५ वर्षदेखि निरन्तर मिलाप मासिक प्रकाशन हुँदै आएको जानकारी गराउँदै नेपाली नारीको महान् पर्व तीजलाई पनि विगत चार वषदेखि निरन्तर उत्सवका रूपमा मनाउँदै आएको बताउनुभयो । ‘यस किसिमको आयोजनाको मुख्य उद्देश्य नेपाली संस्कृतिको मौलिकता जोगाउँदै महिला सशक्तिकरण, सामाजिक एकता र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्नु हो’, उहाँले भन्नुभयो । अधिकारीले कार्यक्रममा सहकार्य र सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ व्यापक कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभयो ।
यस वर्षको उत्सवलाई अभियान्ता फाउण्डेशनको प्रमुख कार्यक्रम ‘टेक लिडहर्स फेलोशिप’ अन्तर्गत सञ्चालित ‘सचेत नारी अभियान’ले समेत साथ दिएको थियो । काठमाडौं महानगरपालिकाको वडा महिला सञ्जालसँग सहकार्यमा चार महिनासम्म चलेको अभियानका कम्युनिटी एम्बास्डरहरू कार्यक्रममा सहभागी थिए । उनीहरूले डिजिटल वकालत, सञ्चार र सामुदायिक सचेतनासम्बन्धी तालिम लिएर समुदायमा लैगिंक हिंसाबारे जागरण फैलाएका छन् । अभियानमार्फत चार हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा जानकारी दिइएको आयोजकहरूले जनाएका छन् । फाउण्डेशनले यसपटक मिलापको तीज उत्सवलाई प्रायोजनसमेत गरेको थियो, जसले मनोरञ्जन क्षेत्रका दर्शकमाझ पनि अभियानलाई जोड्ने प्रयास गरेको हो ।

सो अवसरमा विभिन्न वक्ताहरूले पछिल्लो समय तीज अत्यधिक भडकिलो बन्दै गएको भन्दै यसको मौलिकता जोगाउनुपर्नेमा जोड दिएका थिए । सहभागीहरूले मिलापका निरन्तरका कार्यहरूको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा बरिष्ठ गायिका देविका बन्दना, बरिष्ठ कलाकार शारदा गिरी, नेपाल पत्रकार महासंघ अध्यक्ष नितु पण्डित लगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रम सञ्चारकर्मी रिना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने गायिका सारिका घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा डा. बुनु दाहाल, हास्य कलाकार निरु खडका, सरिता राजोपाध्याय, रानु निरौला, सुनिता कुँवर, गीता सिंह, वसन्ती लामा, गीता नेपाल, बबिना भट्टराई, शिला गजुरेल, भूमी पौडेललगायत समाजमा विशेष योगदान दिनुभएका एक सय जति महिलाहरूको उपस्थिति थियो ।
कार्यक्रममा स्वस्तीका गिरी र उर्मिला खत्री (रिया) ले नृत्य प्रस्तुत गर्नुभएको थियो भने मञ्जु थापा, शोभा पाण्डे र सारिका घिमिरेले गीत प्रस्तुत गर्नुभएको थियो ।
उत्सवमा तीजको दरसहितको भोज र रमाइलो नृत्य प्रस्तृत गरिएका थिए । दिदीबहनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए । तस्वीर : सुरेन्द्र थापा

सांस्कृतिक पर्व तीजलाई समर्पित १२ औं छायाँछवि तीज म्युजिक अवार्ड, २१ विधामा प्रतिस्पर्धा

मनोरञ्जन


काठमाडौं-  नेपाली गीत\संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो तीज । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् ।

आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा त छन् झन त्यो भन्दा बढी अश्लीलताले भरिएका गीतको जगजगी छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो थियो यो बर्ष यसै भन्न सकिदैन । तर पनि यहि तीजको परम्परालाई कायम राख्दै १२ औं छायाँछबि तीज म्युजिक अवार्ड –०८२ को आयोजना गर्न लागिएको हो । हामीले तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा, सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको १२ औं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । बदलिदो समय र लगानीको प्रतिफल नदेख्दा नदेख्दै पनि जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुबाद । यसपटकको अवार्ड तीजका अवसरमा यहि भाद्र ६ गते राजधानीको लेभीस गार्डेन, धुम्वाराहीमा आयोजना गरिने अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

उत्कृष्ट ५ मनोनयन यस प्रकार रहेका छन् :
उत्कृष्ट तीज गीत एरेन्जर
१. श्यामश्वेत रसाइलि : न त बने हिरोइन
२. सञ्जय श्रीपाल : शिरफूल हरायो रे 
३. पवन विश्व : नजीक नजीक सरन
४. विपिन आचार्य : आइपुग्यो तीज
५. नरेन्द्र वियोगी : बामरी बसायो 

 उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
१. कुमार राना : बारुले कम्मरको ठुम्का
२. सञ्जय श्रीपाल : मैदानै थर्कियो 
३. खड्ग बाजुराली : कट्टि कट्टि
४. विपिन आचार्य : उडायो रिवन
५. मनोज परियार : तीजका गीत कस्ता

 उत्कृष्ट तीज गीत छायांकार
१. सरोज शाही : मैदानै थर्कियो
२. बुद्ध थापा : तीज आयो साथी संगी
३. आर डी दुलाल : उडायो रिवन
४. नवराज उपे्रति : बामरी बसायो
५. मुकेश हुमागाई : बारुले कम्मरको ठुम्का

उत्कृष्ट तीज गीत सम्पादक
१. अमृत चापागाई :कट्टि कट्टि
२. राजेश कुमार : छम छम नाचे 
३. नवीन घर्ति मगर : काली पसम कि –२ 
४. मिलन विश्वकर्मा :तीज आयो साथी संगी
५. सुजन कोइराला : चोली फाटेको 

उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. राजन अधिकारी : न त बने हिरोइन
२. शंकर बि. सी : साईली छोरी
३. सञ्जय बुढाथोकी : आइपुग्यो तीज
४. भुवन के पोखरेल : माईत बरीलै 
५. जि वी चिरन : सासुको तीज 

उत्कृष्ट तीज गीत मोडल (महिला)
१. यशु भट्टराई : माईत बरीलै 
२. निरुता शाही : कट्टि कट्टि
३. नीति शाह : मलाई क्या माया
४. स्मारिका ढकाल : काली पसम कि –२
५. अञ्जलि अधिकारी :चोली फाटेको 

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. सञ्जय विश्वकर्मा : धोको फेर मायालु
२. सुनील क्षेत्री : मलाई हेरी हेरी
३. सुरेन्द्र बसेल : बामरी बसायो 
४. केशव राज भट्ट :तीज आयो साथी संगी
५. श्रीजन बराल ऋषि : कट्टि कट्टि

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१. गम्भीर बिष्ट : बामरी बसायो 
२. नीतिन चन्द : सोच सोच
३. जेरी भण्डारी : काली पसम कि –२
४. श्रीजन बराल ऋषि : कट्टि कट्टि
५. शंकर बि. सी : साईली छोरी

उत्कृष्ट तीज गीत शब्द
१. डि पी खनाल :किन्दिने हो कल्ले 
२. जनक रावल: तीज आयो साथी संगी 
३. नेत्र अर्याल : मलाई हेरी हेरी 
४. श्रीकृष्ण वम मल्ल : तीजका गीत कस्ता
५. शुष्मा देवकोटा : बिन्दुली टिका 

उत्कृष्ट मौलिक तीज गीत शब्द
१. सुनिल कुमार शर्मा : मलाई क्या माया 
२. नेत्र अर्याल : मलाई हेरी हेरी
३. लोक राज अधिकारी : ए नि बरिलै
४. याम प्रसाद निउरे : चोली फाटेको 
५. पे्रम सापकोटा सोनु : काली पसम कि–२

उत्कृष्ट तीज गीत लय 
१. विपिन घिमिरे : ए नि बरीलै 
२. भावना आचार्य : सोच सोच
३. पवन विश्व: नजिक नजिक सरन
४. रुपक डोटेल : सासुको तीज 
५. जनक रावल : तीज आयो साथी संगी

उत्कृष्ट मौलिक तीज गीत लय
१. राम कुमार नेपाली : साईली छोरी
२. विपिन आचार्य : चा.दी काटी
३. पवन रानाभाट : मलाई क्या माया
४. दीपक शर्मा : किन्दिने हो कल्ले
५. योगेश काजी : मलाई हेरी हेरी 

उत्कृष्ट तीज दोहोरी गीत गायक
१. रामकुमार नेपाली : साईली छोरी 
२. रामचन्द्र काफ्ले : सोच सोच
३. सञ्जय श्रीपाल : मैदानै थर्कियो 
४. खुमन अधिकारी : माईत बरीलै
५. रुपक डोटेलl:सासुको तीज 

उत्कृष्ट तीज दोहोरी गीत गायिका 
१. सुजाता के.सी : सासुको तीज
२. मिना वेलवासे :माईत बरीलै 
३. अस्मिता अधिकारी : मैदानै थर्कियो 
४. भावना आचार्य : सोच सोच
५. देवीका के.सी : साईली छोरी 

उत्कृष्ट तीज गीत युगल गायन
१. शिला विष्ट\राधिका भण्डारी : ए नी बरीलै
२. अञ्जीला गौचन\हेमा पुन मगर : चांदी काटी 
३. नम्रता तामाङ\बवी नेम्वाङ लिम्बु\निलम रोक्का कार्की : किन्दिने हो कल्ले
४. सुनितामी परियार\संगीता परियार : सिउदोमा सिन्दुर
५. समिक्षा अधिकारी\सुधा रत्न : शिरफुल हरायो रे

उत्कृष्ट तीज गीत गायिका 
१. लक्ष्मी मल्ल : तीजका गीत कस्ता
२. सरिता भारती : नाच्न दे 
३. जुनु गौतम : आइपुग्यो तीज 
४. जानु कुवर श्रेष्ठ : माईतीको सम्झना आयो
५. पुजन काफ्ले : छड्के तिलहरी

उत्कृष्ट मौलिक तीज गीत गायिका
१. माण्डवी त्रिपाठी : उडायो रिवन
२. रेखा शाहा : मलाई क्या माया
३. ज्योति मगर : मलाई हेरी हेरी
४. निशा के.सी : चोली फाटेको
५. शान्ति श्री परियार : काली पसम कि –२

चौथो म्युजिक खबर तीज म्यूजिक अवार्ड–२०८२ सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

मनोरञ्जन


काठमाडौं- चौंथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । आष्र्टिष्ट अफ नेपाल डटकमको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौंथो संस्करणको विभिन्न २१ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८२ सालमा बजारमा आएका तीजका गीतहरुलाई समावेश गरी अवार्ड आयोजना गरिएको हो । अवार्डमा सर्वोत्कृष्ट मिक्सिङ, संगीत संयोजक, नवप्रतिभा, मोडल, निर्देशक, कोरियोग्राफर, छायाँकार, सम्पादक, गायक, गायिका, संयुक्त गायन लगायतका तीज दोहोरी र तीज मौलिक गीतका २१ विधाको सर्वोत्कृष्ट पाँच सार्वजनिक गरिएको अवार्डका अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् । तीज म्युजिक अवार्डको सर्वोत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् ।
अवार्डका कार्यक्रममा विभिन्न विधामा सक्रिय रहेका महिला दिदीबहिनीहरुलाई सम्मान समेत गरिनेछ । त्रिरत्न नारी सम्मान, कलापत्रकारिता सम्मान, कला सम्मान, व्यवसायी सम्मान, शिक्षासेवी सम्मान, स्वास्थ्यकर्मी सम्मान, सामाजिक सम्मान लगायतका विविध विधाका नारीहरुलाई समेत सम्मान प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रम आगामी भाद्र पाँच गते राजधानीको बीजी बैंकटमा सम्पन्न हुनेछ । अवार्डमा ५० प्रतिशत निर्णायकको मत, ४० प्रतिशत भोटिङ र १० प्रतिशत आयोजकको मतलाई लिएर सर्वोत्कृष्ट घोषणा गरिनेछ । अवार्डलाई प्रभु बैंक लि., सफ्टी हाइजन, कृषि विकास बैंक लि., गोकर्णेश्वर नगरपालिका, गोकर्णश्वर नगरपालिका वडा नं ५ र १, कामना सेवा विकास बैंक, बिजी बैंक, बिजी मल लगायतले प्रायोजन गरेका छन् । कार्यक्रम प्रिज्म टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
अवार्डमा आफूलाई मन परेको विधामा भोट गर्नका लागि यो लिंकमा क्लिक गर्न सक्नुहुनेछः https://aventoz.com/event-details/68a1a70ce1e49

सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल विधाहरु निम्नानुसार रहेका छन्ः

१. सर्वोत्कृष्ट तीज गीत मिक्सिङ
१) सञ्जय श्रीपाल – मैदानै थर्कियो
२) समित परियार – तीजको लहर मनै हरर
३) विनोद परियार – बत्ती पिलिलि
४) एसबी मुस्कान – छैन नि चोलिया
५) पवन रानाभाट – मलाई क्या माया गर्छन्

२. सर्वोत्कृष्ट तीज गीत संगीत संयोजक
१) रमेश सेन्चुरी – ए आमा
२) नरेन्द्र वियोगी – आयो रे आयो तीज
३) सुदिप सागर – छैन नि चोलिया
४) राजु सुनाम – बत्ति पिलिलि
५) विपिन आचार्य – चाँदी काटी रैया

३.सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
१) श्रीराम पौडेल – आँखा सन्काई सन्काई
२) मीना बर्तौला – कस्की छोरी होला
३) प्रतिमा गैरे – दिन्न के रे
४) ऋतु बोहोरा – बाहुनी मन पर्छ
५) झरना पुन – मुसाले काट्यो

४. सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला
१) करिश्मा ढकाल – दिन्न केरे
२) रविना भण्डारी – पाल्पाली कान्छो झापाली कान्छी
३) ज्योति खड्का – आयो तजिको लहर
४) अस्मिता राना – रमाइलो भनेकै चोक चोकमा
५) सजिना लामिछाने – आमाले सुने लुकेर रोलिन्

५. सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष
१) लोमश शर्मा – तीज आयो
२) युविन ढुंगाना – मैदानै थर्कियो
३) विजय पुन – सारी लरक्कै
४) विजय केसी – तीजको लहर मनै हरर
५) गोविन्द विवश – नाच्छु म बुरुक बुरुक

६. सर्वोत्कृष्ट तीज गीत संयुक्त मोडल
१) अस्मिता रनपाल र दिपा रनपाल – धनमाया मनमाया
२) रितु तामाङ र लक्ष्मी गुरुङ – नाचम बरिलै
३) रितु तामाङ र सलिना नेपाली – हाम्रा पालामा
४) सञ्चिता बोलखे र निरुता लुइँटेल – बाध्यताले हो
५) स्मारिका ढकाल र अन्जली अधिकारी – गयो जोवन ढली ढली

७. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
१) शिवन पोखरेल – मैदानै थर्कियो
२) देवेन्द्र पाण्डे – घुम्न जाउँ न माया
३) शेखर घर्ती मगर – ए नि बरिलै
४) निरेन श्रेष्ठ – घन्काइदेउ मादलु
५) शिशिर बुढाथोकी – आमा र माइतीको माया

८. सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
१) गम्भिर विष्ट – किन्दिने हाे कल्ले ?
२) जेरी भण्डारी – काली पसमकी –२
३) मुकेश नेपाली – खै तिम्ले बुझेको
४) विक्रम चौहान – म त माइत जाने हो
५) शेर साउद – बत्ती पिलिलि

९. सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
१) दुर्गा पौडेल – तीजका गीत
२) अजय रेग्मी – खै तिम्ले बुझेको
३) रुपेश थापा – मलाई क्या माया गर्छन्
४) भूपेन्द्र थापा मगर – आयो रे आयो तीज
५) सुनिल भण्डारी – घन्काइदेउ मादलु

१०. सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
१) विनोद बम – ए आमा
२) सुरेश काफ्ले – उडायो रिवन
३) विष्णु खड्का – घन्काइदेउ मादलु
४) विवेक सुनार – यो तीजैको महिना
५) नवीन घर्ती मगर – यिनका बुढाले

११. सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृङ्गार
१) सरिता प्रजापति – आमा र माइतीको माया
२) गीता वि.क. – माइत जानलाई
३) कविन्द्र खड्का – म त माइत जाने हो
४) कबिता तोलाङ्गी – घन्काइदेउ मादलु
५) सुबास तिमिल्सना – यो तीजैको महिना

१२. सर्वोत्कृष्ट तीज गीत संयुक्त गायन
१) शीला विष्ट/राधिका भण्डारी – ए नि बरिलै
२) तारादेवी सुनुवार/कल्पना सुनुवार – रातो साडी
३) एलिना चौहान/सुजाता केसी – सासुको तीज
४) विन्दु पौडेल/एलिना चौहान – यिनका बुढाले
५) नम्रता तामाङ/बबी लिम्बू/निलम रोका कार्की – किन्दिने हाे कल्ले ?

१३. सर्वोत्कृष्ट तीज दोहोरी शब्द
१) शेर साउद – बत्ती पिलिलि
२) मदन ढकाल – माइतीको दैलो
३) सिताराम परियार – पियारी
४) विष्णु न्यौपाने – सम्पत्ति कमाउन
५) विक्रम बाबु विश्वकर्मा – यही हो मेरो थुतुनो

१४.सर्वोत्कृष्ट तीज दोहोरी संगीत
१) प्रकाश कटुवाल – म त माइत जाने हो
२) नेत्र भण्डारी – आँखा सन्काइ सन्काइ
३) सचिन भट्टराई – कस्की छोरी होला
४) राम कुमार नेपाली – साइली छोरी
५) बसन्त लम्साल – बाहुनी मन पर्छ

१५. सर्वोत्कृष्ट गायक तीज दोहोरी
१) प्रकाश कटुवाल – म त माइत जाने हो
२) सचिन भट्टराई – कस्की छोरी होला
३) राम कुमार नेपाली – साइली छोरी
४) आशिष सुनार – नाच्छु म बुरुक बुरुक
५) दिपकराज विश्वकर्मा – तीजको लहर आयो गाउँ शहर

१६. सर्वोत्कृष्ट गायिका तीज दोहोरी
१) सिर्जु अधिकारी – म त माइत जाने हो
२) सन्जु न्यौपाने – नीलो आकाशमा
३) समिक्षा अधिकारी – कस्की छोरी होला
४) मनमाया वाइबा – जे पनि सहने मै होला
५) मधु रसाइली – नाच्छु म बुरुक बुरुक

१७. सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द
१) दिपक घिमिरे – आमा र माइतीको माया
२) प्रेम सापकोटा सोनु – काली पसमकी – २
३) भरत परियार – तीजको लहर मनै हरर
४) तुलसा रिजाल – आफ्नै कथा
५) राधिका पन्त भण्डारी – काला पोखरा

१८. सर्वोत्कृष्ट मौलिक तीज संगीत
१) कृष्ण लामिछाने – आमा र माइतीको माया
२) दिपक शर्मा – किन्दिने हाे कल्ले ?
३) विपिन घिमिरे – ए नि बरिलै
४) रेशम चौधरी – छैन नि चोलिया
५) विष्णु भण्डारी – काला पोखरा

१९. सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका
१) अन्जु गौतम – आयो तीजको लहर
२) पुजन काफ्ले – छड्के तिलहरी
३) रचना रिमाल – आयो रे आयो तीज
४) सुनितामी परियार – तीजको लहर मनै हरर
५) सरिता भारती – नाच्छ भने नाच्न दे

२०. सर्वोत्कृष्ट तीज गीत डायस्पोरा
१) कुमारी रेग्मी – आयो रे आयो तीज
२) विन्दु पौडेल – यिनका बुढाले
३) दिपेन्द्र खड्का – आँखा सन्काई सन्काई
४) विनोद शाही – परदेशीको तीज
५) अमृता लुंगेली – आँखा मा¥यो

२१. सर्वोत्कृष्ट तीज गीत
१) काली पसकी २ – शान्तिश्री परियार
२) तीजका गीत – लक्ष्मी मल्ल
३) घन्काइदेउ मादलु – लक्ष्मी पुरी प्रधान
४) छैन नि चोलिया – मन्जु पौडेल
५) छोरीको शीर आमा – एलिना चौहान

‘सुन परानी’ गीतको भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौं- तीजको अवसर पारेर ब्राण्ड यू पिक्चर्सको प्रस्तुतिमा उत्सव केसी निर्देशित ‘सुन परानी’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

टिका पुन र योगेन्द्र ल्वागुनको स्वर र यज्ञ बिकको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा उत्तम केसी नेपाल र विनिता भण्डारीको अभिनय देख्न सकिन्छ ।

ओजन स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु सुनामको एरेञ्ज, विनोद परियारको मिक्सिङ छ भने रोजिट महर्जनले रेकर्डिङ गर्नुभएको हो । भिडियोको छायांकन र सम्पादन ज्ञानकुमार कटेलले गर्नुभएको हो ।

भिडियोको व्यवस्थापनमा किरण केसी, दुर्गा केसी, दुर्गा भण्डारी र योगेन्द्र ल्वागुन रहनुभएको छ । निर्माता पनि उहाँहरू नै हुनुहुन्छ ।

तीजलाई लक्षित गरी सार्वजनिक गरिएको ‘सुन परानी’ गीतको भिडियो चुईचुई पारेर टिभीको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बोर्ड र जाँचपास समितिका नवनियुक्त सदस्यहरूलाई निर्देशक समाजद्वारा सम्मान

मनोरञ्जन


काठमाण्डौ – नेपाल चलचित्र निर्देशक समाजले नवनियुक्त हुनुभएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रिय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई बधाई तथा सम्मान प्रदान गरेको छ । मंगलबार अनामनगरमा एक कार्यक्रमबीच समाजले बधाई तथा सम्मान प्रदान गरेको हो । समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, वीरेन्द्रप्रसाद भट्ट, गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर गिरी र भीमा मैनालीलाई सम्मान गरिएको हो ।

नेपाल चलचित्र निर्देशक समाजका सचिव देवेन्द्र पाण्डेको सहजिकरणमा भएको कार्यक्रमलाई समाजका अध्यक्ष जनकदिप पराजुलीले स्वगत मन्तव्य दिनुभएको थियो भने सम्मानित प्रतिनिधिहरूको तर्फबाट चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, गणेश सुवेदी र जाँचपास समितिका सदस्य कुवेर गिरीले मन्तव्य दिनुभएको थियो । बोर्डका पुर्व अध्यक्ष तथा निर्देशक समाजका प्रमुख सल्लाहकार राजकुमार राईले बोर्डको हालको नेतृत्व सराहनीय भए पनि अझै चलचित्रकर्मीहरू र चलचित्र उद्योगको हितमा थप काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । चलचित्र विकास बोर्डले वि।सं। २०२६ को ऐन विस्थापन गरी नयाँ ऐन लागू गर्ने प्रक्रियामा अगाडि बढेकोमा शुभकामना तथा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

तत्कालिन कार्यबाहक अध्यक्ष रहेका वरिष्ठ उपाध्याक्ष सुभाष प्रसाद गजुरेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, वरिष्ठ रंगपत्रकार शान्तिप्रिय, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । माधवराज खरेलले संचालन गरेको उक्त कार्यक्रम निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मनमाया र शिव पंगेनीको अभिनयमा नयाँ तीज गीत

मनोरञ्जन


काठमाण्डौ – तीजको रमाइलो माहोलसँगै कलाकार मनमाया पंगेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक भएको छ । गीतमा मौलिक संस्कृति, वैदेशिक रोजगारीको पीडा, गाउँ–शहरको दूरी र चेलीको माइतीप्रतिको मायालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको छ ।
शब्द र स्वर मनमाया पंगेनीकै रहेको यस गीतमा संगीत दीपकराज विश्वकर्माले भरेका छन्। भिडियोलाई पनि मनमोहक बनाइएको छ, जहाँ पंगेनी र नेपाल टेलिभिजनका क्यामेरापर्सन समेत रहेका शिव पंगेनीको अभिनयले कथालाई जीवन्त पारेको छ ।
मनमाया पंगेनी यसअघि पनि ‘तिम्रो मायाको सागर’, ‘मेरा सबै खुसी लग्यो’, ‘स्वर्गजस्तो यो धर्तीलाई’, ‘सप्तरङ्गी फूल हौ तिमी’जस्ता चर्चित गीतहरूबाट श्रोताको मन जितिसकेकी छिन् ।