entertainment
||Power News Asia||

आजको समाचार

कार्तिक २१ गते अञ्जना गुरुङको एकल सांगीतिक कार्यक्रम को आयोजना हुँदै

मनोरञ्जन


काठमाण्डौ– नेपाली सुगम संङ्गीतको क्षेत्रको लागी एक लोकप्रिय नाम हो गायिका अन्जना गुरुङ । गायिका अञ्जना गुरुङले विगत दुई दशक भन्दा लामो समयदेखी नेपाली गीत सङ्गीतका विभिन्न विधाहरुमा आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आउनु भएको छ साथै उहाँ चलचित्रको पाश्र्वगायनमा पनि सफल गायिकाको रुपमा चिनिनहुन्छ ।

यहि कार्तिक २१ गते शुक्रबारका दिन काठमाण्डौमा टिका गोपाल एम्. क्रियशनले गायिका गुरुङको एकल साङितिक कार्यक्रम–२०८२ को आयोजनामा गर्ने भएको छ । उक्त दिन गायिका अञ्जना गुरुङको लोकप्रिय गीतहरुको प्रस्तुती हुुने आायोजक टिका गोपाल एम्. क्रियशनका अध्यक्ष गीत सिंहले बताउनु भयो । गायिका गुरुङका “आँखैमा राख्छु मेरो देश, म त काली सुन्दरी, बदनाम भए म तिम्रै कारणले, आँधी सारी तिम्रो माया, ठ्याक्कै भेटौंला, नजर नजरको, जसले मुटु चुडेर लग्यो, माईला रोधी घरमा (कौडा), मान चाहे नमान तिमी मेरो हौ " लगायत सयौं गीतहरु चर्चामा रहेका छन् ।

नेपाली सांङ्गीतिक जगतमा गयिका गुरुङ एक परिचित र सम्मानित नाम हो। नेपाली सुगम संङ्गीतदेखि चलचित्रको पाश्र्वगायनसम्म, उहाँले आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आईरहनु भएको छ । सादगीपूर्ण व्यक्तित्व र सालिन र भद्र स्वभावकी गायिका गुरुङको आफ्नो छुट्टै जादुमय स्वरका कारणले पनि नेपाली सांङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै स्थान रहेको छ। गायिका अञ्जना गुरुङको एकल सांङ्गीतिक कार्यक्रम केवल मनोरञ्जनको अवसर मात्र पनि होइन, नेपाली संङ्गीतप्रति र गयिका गुरुङ प्रति कृतज्ञता प्रकट गर्ने एउटा मञ्च पनि हो।

गायिका गुरुङको एकल साङितिक कार्यक्रम–२०८२ को विशेष अवसर पारेर गायिका गुरुङको संरक्षकत्व तथा नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” लाई पनि सोही समारोहमा प्रदान गरिने भएको छ । नगद एकाउन्न हजारको पुरस्कार राशी रहेको उक्त पुरस्कार यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।

नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहनु भएको छ गायक नर्मोही पछिल्लो समय मृगौला रोगबाट समेत पिँडित छन् ।

यस अघि “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बाट बरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), बरिष्ठ गीतकार बिश्व बल्लभ (२०७९), बरिष्ठ बाध्यबादक कृष्ण गन्धर्ब (२०८०) र बरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भईसक्नु भएकोछ ।

“कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” गायक निर्मोहीलाइ

मनोरञ्जन


काठमाण्डौ– नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद ५१,००० (एकाउन्न हजार) रुपैयाँ राशी सहितको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।

नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहेका छन् । विशेषतः गायक “निर्मोही” का “बुलबुल तालैमा, आउँ त भने, मैले भन्थे नी, सलल बग्ने, ताने झै माया, अरु मैले, बनको फुल फुलेछ, कठै सानु, भेरी दोभान, लाग्यो माया” लगायत दर्जनौँको संख्यामा रहेका उनका गीतहरु चर्चामा रहेका छन् । गायक निर्मोही प्रसिद्ध रेडियोकर्मी पनि हुन् ।

विशेष गरी कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार तथा सम्मानको उद्देश्य भनेको नेपाली सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका अग्रज श्रष्ठा तथा कलाकारहरुलाई जीवीत रहँदै सम्मान पत्र सहितको नगद पुरस्कारबाट पुरस्कृत गर्नु रहेको यस पुरस्कारका संरक्षक गायक तथा सङ्गीतकार कन्हैया सिंह परियाले बताए । जुन पुरस्कार र सम्मानले सम्मान्नित हुने अग्रज श्रष्ठाको मनमा खुशी र जीवनमा थप सकारात्मक सोंच र उर्जाको बृद्धि होस् ।

टिका गोपाल डिजिटल एम्. क्रियशन प्रा.लि.का संचालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंह र पुरस्कार छनौट समिति तथा कार्यक्रम संयोजक सङ्गीतकार सन्तोष श्रेष्ठद्धारा सयूक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा गायक निर्मोहीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

कार्तिक महना भित्रै काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि गायक निर्मोहीलाई ५१,००० (एकाउन्न हजार) रुपैयाँको नगद सहितको पुरस्कार र सम्मान पत्रद्धारा सम्मानित गरिने विज्ञप्तीमा भनिएको छ । गायक नर्मोही पछिल्लो समय मृगौला रोगबाट समेत पिँडित छन् ।

यस अघि “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बाट बरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), बरिष्ठ गीतकार बिश्व बल्लभ (२०७९), बरिष्ठ बाध्यबादक कृष्ण गन्धर्ब ( २०८०) र बरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भईसकेका छन् ।

बोर्डद्वारा १७८ चलचित्रकर्मीलाई परिचयपत्र वितरण

मनोरञ्जन


काठमाण्डौ - चलचित्र विकास बोर्डले शुक्रबार एक विशेष कार्यक्रमका बीच १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ। २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो। चाबहिल स्थित चलचित्र विकास बोर्डको हलमा आयोजित सो कार्यक्रमको अध्यक्षता बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरि निरौला रहेका थिए ।

यसअघि बोर्डले ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको थियो। बोर्डले यसै आर्थिक वर्षदेखि परिचयपत्र प्राप्त गरेका विशिष्ट चलचित्रकर्मीहरूका लागि वार्षिक रु. १ लाख ५० हजार बराबरको तथा सामान्य चलचित्रकर्मीहरूका लागि रु. ७५ हजार बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष डीसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने कदम समेत भएको बताए । उनले भने( ‘चलचित्रकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठाको संरक्षणका लागि बोर्ड निरन्तर क्रियाशील रहन प्रतिबद्ध छ । समारोहमा चलचित्रकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल सरकारले ‘सिनेपाः स्टुडियो’का लागि तीन करोड रुपैयाको अनुदान बजेट प्रदान गर्ने

मनोरञ्जन


काठमाडौं - नेपाल सरकारले काभ्रेपलाञ्चोकको बनेपामा निर्माणाधिन अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि तीन करोड रुपैयाको अनुदान बजेट प्रदान गर्ने भएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच शुक्रबार उक्त सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर सम्पन्न भएको हो ।

‘सिनेपाः स्टुडियो’ नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, निर्मातालाई एकीकृत स्थानमा सवै प्रकारका सेवाहरु प्रदान गर्न का लागी र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम नेपाली चलचित्र बनाउन बनाउन लक्षित परियोजना रहेको बोर्डका अध्यक्ष डिसीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘काभ्रेपलाञ्चोकको जिल्लको ऐतिहासिक शहर बनेपामा निर्माण भइरहेको सिनेपाः स्टुडियो नेपाली चलचित्र उद्योगका लागि नयाँ युगको सुरुआत हुनेछ, यो केबल स्टुडियो होइन, हाम्रो चलचित्र क्षेत्रको भविष्यमाथीको लगानी हो ।’

यसमा अत्याधुनिक फिल्म छायाङ्कन, ध्वनि रेकर्डिङ, सम्पादन, ‘भिजुअल इफेक्ट्स’, रङ्ग संयोजन र ‘पोस्ट–प्रोडक्सन’ सुविधा रहनेछन् । सिनेपाःको निर्माण सम्पन्न भएपछि नेपाली चलचित्रकर्मीलाई विदेशमा गएर चलचित्रको प्राविधिक काम महँगोमा गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास चलचित्रकर्मीहरुको रहेको छ ।

उक्त सम्झौता गर्दाको बखतामा चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई र योजना अधिकृत गिरीश शर्मा लगायतको पनि उपस्थिति रहेको थियो।

 

धार्मिक, साँस्कृतिक र सामाजिक पर्वको संगम बडा दशैं

मनोरञ्जन


काठमाडौ– नेपालीहरुको महान चाड बडा दशैं तथा विजया दशमी वर्षेनी मनाईने फगत एक चाड मात्रै होईन, यो त नेपाली समाजलाई एकै सूत्रमा बाँध्ने प्रमुख पर्व पनि हो । यस्ता पर्वहरुले हामी नेपालीहरुलाई एक सुत्रमा बाँध्ने गरको छ । समग्रमा भन्नु पर्दा दशैं तिहार तथा छट जस्ता पर्वहरुले पारिवारिक पुर्नमिलनको अवसर पनि बनाई दिएको छ । गाउँमा सामूहिक पूजापाठ, मेलापात, रमाइलो, सामूहिक भोजजस्ता गतिविधिले सामुदायिक सम्बन्ध बलियो हुन्छ । शहरमा पनि साथीभाइबीच भेटघाट र शुभकामना आदान–प्रदान हुन्छ । यस वर्षको दशैं पनि असोज ६ गते घटस्थापनाबाट सुरु भई २१ गते पुर्णिमाको दिनवाट समापन हुँदैछ । हुन त करिब दुई सातासम्म चल्ने यो पर्वले धार्मिक श्रद्धा, साँस्कृतिक परम्परा, सामाजिक एकता र आर्थिक गतिविधि सबैलाई जोड्ने काम गर्छ ।

दशैंको पहिलो दिन घटस्थापना नै सम्पूर्ण पर्वको आधार हो । यस दिन बिहानै साइत मिलाएर घर–घरमा कलश स्थापना गरिन्छ । कलशलाई शक्तिको प्रतीक मानिन्छ । त्यसैगरी, बालुवा थापेर जौ रोपिन्छ जसलाई जमरा भनिन्छ । दशौं दिनसम्म बढाइएको जमरा देवी दुर्गाको आशीर्वादको प्रतीकका रूपमा टीका थाप्दा प्रयोग गरिन्छ । घटस्थापनाले दुर्गा पूजाको औपचारिक शुरुवात जनाउँछ ।

घटस्थापनापछि लगातार नौ दिनसम्म देवी दुर्गाका नौ रूपहरूको विशेष पूजा आराधना हुन्छ, जसलाई नवरात्रि भनिन्छ । भक्तजन उपवास बस्छन्, मन्दिर–मन्दिरमा भीड लाग्छ र देवीस्थानहरूमा विशेष पूजा हुन्छ । द्वितीया, तृतीया र चतुर्थी  भक्तजनले साधारण पूजा गर्ने र देवीको स्तुति गर्ने परम्परा हुन्छ । पञ्चमी र षष्ठी  विशेष गरी परिवारजनले घरमै देवीको पूजा गर्ने दिन मानिन्छ ।

सप्तमी अर्थात फूलपाती– यस दिन गोरखाबाट विशेष विधिमा ल्याइएको फूलपाती काठमाडौं स्थित दशैघरमा भित्राईने परम्परा रहँदै आएको छ । यसै दिन देवीको प्रतीकका रूपमा आम नेपालीहरुले आ–आफ्नो घरमा फूलपातीलाई भित्राउने गर्दछन् अर्थात जमरा राखिन्छ ।

अष्टमी अर्थात महाअष्टमी– यस दिनलाइ महाअष्टमी पनि भनिन्छ यस दिन देवीलाई बलिप्रदान गर्ने चलन छ । शक्तिपीठ, मन्दिर र घर–घरमा विशेष पूजा–विधि हुन्छ। रातभर देवीको नाममा बलि दिने प्रचलन अझै पनि कतिपय ठाउँमा रहिआएको छ ।

नवमी अर्थात महानवमी – यस दिनमा विशेषत दशैं घरमा अस्त्र शस्त्रको पूजा गरिन्छ । यस दिन हातहतियार, मोटरगाडी तथा ईन्जिनहरुको समेत पनि पुजा गर्ने गरेको पाईन्छ । सेनादल, प्रहरीलगायत सुरक्षासंस्थामा यस दिनलाई विशेष पर्वका रूपमा मनाइन्छ । तुलजा भवानी र अन्य शक्तिपीठमा विशेष पूजा हुन्छ ।

दशौं दिन अर्थात विजया दशमी– यस दिनलाई पर्वको विशेष दिनको रुपमा मानिन्छ । धार्मिक विश्वास अनुसार दशमीको दिन देवी दुर्गाले महिषासुर नामक दैत्यलाई बध गरी सत्य र धर्मको विजय स्थापित गर्नुभएको थियो। यसैले यस दिनलाई “विजया दशमी“ भनिन्छ ।

(दशैमा नवदुर्गा देवीको पुजा तथा आरधना गर्दा प्रयोग गरिने मन्त्रहरुः पहिलो दिन–“ॐ देवी शैलपुत्र्यै नमः”, दोश्रो दिन– “ॐ देवी ब्रह्मचारिण्यै नमः”, तेस्रो दिन– “ॐ देवी चन्द्रघण्टायै नमः”, चौथो दिन–“ॐ देवी कुष्माण्डायै नमः”, पाँचौं दिन–“ॐ देवी स्कन्दमातायै नमः”, छैठौं दिन“ॐ देवी कात्यायन्यै नमः”, सातौं दिन–“ॐ देवी कालरात्र्यै नमः”, आठौं दिन– “ॐ देवी महागौर्यै नमः”, नवौं दिन– “ॐ देवी सिद्धिदात्र्यै नमः”)

दशैंको दशौं दिन अर्थात विजया दशमीको दिन घरका ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा परापुर्वकाल देखी चल्दै आएको छ र शो निरन्तरता आज पनि यथावत नै छ । आशीर्वादमा दीर्घायु, स्वास्थ्य, समृद्धि र प्रगतिका शुभकामना दिने गरिन्छ । परिवारका सदस्यहरू मात्र होइन, आफन्त, छिमेकी र समाजका अन्य व्यक्ति तथा दशैं विदेशमा रहेका आफन्तजनहरूसंग पनि भेटघाट गरी टीका लगाउने र शुभकामना साटासाट गर्ने चलनले आम रुपमा हामी नेपालीहरुलाई सामाजिक पनि बनाएको । टिका, जमरा लगाउने तथा आफन्तविचको भेट र आर्शिवाद लिने ठाउँ अनुसराको प्रचलनमा भने केही फरक पाईन्छ, कतै कतै विजया दशमीसंगै दशै सकियो भन्ने चलन पनि छ भने प्रायः ठाउँहरुमा पुर्णिमाको दिनसम्म पनि टिका जमरा ग्रहण गर्ने प्रचलन रहँदै आएको पाईन्छ ।

दशैं नजिकिँदै गर्दा बजारमा विशेष चहलपहल देखिन्छ । नयाँ कपडा, जुत्ता, गहना, खाद्यान्न, मासु, मिष्ठान्न आदिको बिक्री बढ्छ । कृषकले पनि वर्षभर मेहनत गरेर उत्पादन गरेका धान, तरकारी, फलफूल बजारसम्म पुर्याउने अवसर पाउँछन् । यसरी दशैंले समग्र रुपमा देशको अर्थतन्त्रलाई समेत चलामान बनाएको हुन्छ ।

समयसँगै दशैं मनाउने तरिका पनि परिवर्तन हुँदै गएको छ । पुराना पुस्ताले धार्मिक अनुष्ठानलाई बढी महत्व दिने गरेका छन् भने नयाँ पुस्ताले दशैंलाई सामाजिक भेटघाट र रमाइलोको अवसरका रूपमा लिन थालेका छन् । कतिपय शहरहरुमा पार्टी तथा भोजभतेरलाई बढी जोड दिएको पाईन्छ भने गाउँमा अझै पनि परम्परागत पूजा–विधि कायम छ । तर जसरी जे परिवर्तन भए पनि दशैंको मूल आत्मा भने परिवारलाई एकत्रित गर्ने, आशीर्वाद थाप्ने र मेलमिलाप गर्ने संस्कारमा केन्द्रित रहन्छ ।

दश दिनसम्मको धार्मिक विधि–विधानले नेपाली समाजमा श्रद्धा र आस्थाको भाव जागृत गराउनुका साथै टीकाले परिवार र समाजलाई अझ नजिक बनाउने गर्दछ । दुर्गा भवानीको आराधना, धर्मको विजय, सामाजिक मेलमिलाप र आर्थिक गतिविधिसहित दशैं नेपालीको जीवनमा केवल पर्व मात्र नभई सांस्कृतिक धरोहरका रूपमा स्थापित हुदै आएको छ ।

नेपालभर मनाइएको यस वर्षको विजया दशमीले फेरि एकपटक दशैं नेपालीको धार्मिक आस्था मात्र होइन, सांस्कृतिक पहिचान, सामाजिक सम्बन्ध र राष्ट्रिय एकताको पनि अभिन्न सूत्र हो भन्ने विश्वासलाई थप बलियो बनाउदै गएको छ ।

लेखकः कमला जोशी (सम्पादक, पावर न्यूज मासिक)

साहलाई खानेपानी मन्त्री नियुक्त गर्न प्रस्ताव दर्ता

मनोरञ्जन


जनकपुरधाम-  जेनजी समूहका तर्फबाट ई. मधुसुधन कुशवाहाले प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयमा ई. दिपेन्द्र साहलाई नियुक्त गर्न प्रस्ताव दर्ता गराएका छन्।

कुशवाहाले साहलाई भ्रष्टाचार र बेथितिविरुद्ध ज्यान र जागिरको जोखिम मोल्दै काम गर्दै आएको इमानदार प्रशासकका रूपमा प्रस्तुत गरेका छन्।

साहले विदेह नगरपालिकामा प्रशासकीय अधिकृत रहँदा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरको प्रमुख हुँदा उपभोक्ता समितिबाट हुने बेथिति नियन्त्रण गरेको र त्यसकै कारण अन्याय सहनुपरेको भन्दै उनलाई खानेपानी मन्त्री बनाउन माग गरिएको हो।

फेसबुक लाइभमै सुरज श्रेष्ठले सुनाए ‘त्रिसुली माया’ को अनुभव

मनोरञ्जन


काठमाडौं – समकालीन लोक–दोहोरी गीतमा लक्षणा र गहिरा अभिव्यञ्जना प्रयोग गर्ने गीतकार तथा संगीतकार प्रल्हाद सुवेदीको नयाँ सिर्जना ‘त्रिसुली माया’ सार्वजनिक भएको छ।

गीतमा आधुनिक जनरामा स्थापित गायक सुरज श्रेष्ठले स्वर भरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गर्दै गायक श्रेष्ठले भने, “मेरा लागि यो अलिक फरक जनरा हो। तर, यो कम्पोजिसन मीठो लागेर स्वर दिन मन लाग्यो। आशा छ, सबैले माया र साथ दिनुहुनेछ।”

‘डुएट’ शैलीमा तयार पारिएको यस गीतमा श्रेष्ठसँगै गायिका दिपिका व्याम्बु मगरले पनि स्वर दिएकी छन्। रमेश सेञ्चुरीको एरेन्ज रहेको गीतको भिडियो आउटपुट सुरज श्रेष्ठकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

“नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसमा अन्तरक्रिया सम्पन्न”

मनोरञ्जन


काठमाडौँ– नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसअन्तर्गत दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको हलमा अन्तरक्रिया तथा परिसंवाद सम्पन्न भयो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित महानायक राजेश हमाल ले आफ्नो ३६ वर्ष लामो निरन्तर यात्राको अनुभव साझा गर्दै, दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार व्यक्त गरे। उनले हरेक दशकमा दर्शकको मनोवृत्तिमा परिवर्तन आउने उल्लेख गर्दै, अहिले विश्वव्यापी प्रविधिक क्रान्तिले चलचित्र उद्योगमा नयाँ चुनौती र अवसर दुवै सिर्जना गरेको बताए।आमजनमानसको दृस्टि परेको कुनैपनी कृयासिल ब्यक्ती दृस्टीमा रहन्छ तर आम जनमानिसको मनमा बसेको ब्यक्ति सधै जिबन्त रहन्छ भनी लोकपृयता को बारेमा हमालले परिभाषा दिनुभयो।

त्यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डका हालका योजना र कार्यसमिक्षा प्रस्तुत गर्दै नेपाली चलचित्रलाई बचाउन र रोजगारी सिर्जना गर्न हमालले खेलेको भूमिकाको प्रशंसा गरे। उनले हमाललाई “महानायक” भन्नेमा कुनै दुईमत नरहेको उल्लेख गर्दै भने, “उनले निर्देशक, निर्माता, कलाकार वा प्राविधिक को भन्ने नसोची लगातार काम गरे, जसले गर्दा धेरै कलाकार तथा प्राविधिकले रोजगारी पाए र संकटको घडीमा समेत चलचित्र क्षेत्रलाई जोगाउन मद्दत भयो।”

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एवं विशिष्ट कलाकार मोहन निरौलाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। निरौलाले चलचित्र क्षेत्रमा  लैङिक समानता, पारिश्रमिक विभेद, हिंसा ,चलचित्रमा बिदेशी लगानी, नेपाली  चलचित्रको अन्तर्राष्ट्रिय  बिस्तार ,केहि चलचित्रले   शो नपाएकोकुराहरू लगायत नेपाली चलचित्र र पेशाकर्मिको हिजो आज र भोलिको अवस्था बारे  वक्ताहरुलाइ जिज्ञासा राखेका थिए  । चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले चलचित्र चलिरहेको बेला कलाकारको बोली र व्यवहारले दर्शकमा पर्ने प्रभावबारे सचेत हुनुपर्नेमा जोड दिए। विश्लेषक एवं निर्देशक डा। घनश्याम खतिवडाले चलचित्रमा भाषाको महत्वबारे विचार व्यक्त गरे।

नायिका अन्जना बराईलीले चलचित्र क्षेत्रमा प्रवेश गर्दा आफूले कुनै पनि प्रकारको ह्यारेस्मेन्ट नभोगेको अनुभव सुनाउँदै नयाँ महिला कलाकारलाई “डराउनुपर्ने कारण छैन, आत्मविश्वासका साथ अघि बढ्नुपर्छ” भन्ने सन्देश दिइन्।

कार्यक्रम गोपाल ढकाल ‘छन्दे’८ले सञ्चालन गरेका थिए भने संयोजकमा नायक सबिन श्रेष्ठ, व्यवस्थापकमा निर्देशक देवेन्द्र पाण्डे थिए भने अध्यक्ष निरौलाले संघ सधैं चलचित्र क्षेत्रको विकासमा सहकार्यका लागि तत्पर रहने प्रतिवद्धता व्यक्त गरे।

चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको यस कार्यक्रममा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द लगायत चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो। यसअघि, स्थापना दिवसको पहिलो दिन रबिन्द्र खड्काको संयोजकत्वोमा राजधानीको भण्डारखालमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो भने स्थापना दिवसको  तेस्रो दिन भाद्र २३ गते शिबहरी बैरागी नेपालको सम्योजकत्वमा जीवन बिज्ञान प्रतिस्ठानमा सम्पन्न भयो। योग र ध्यान कार्यक्रमको सहजताका लागि सुनिल कटुवाल,गोपाल ढकाल र रोशन श्रेष्ठको सक्रियता रहेको थियो ।

चलचित्र चिट्ठीको प्रदर्शन स्थगन

मनोरञ्जन


काठमाण्डौ-  भोली भाद्र २० गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र चिट्ठीको प्रदर्शन निर्माण कम्पनीले हाललाई स्थगन गरेको छ । चलचित्र चिट्ठीको प्रदर्शनका लागी उपयुक्त शो र समय प्रदान नगरेको भन्दै हाललाई शोहरु स्थगन गरिएको निर्माताहरुले जनाएका छन् । निर्देशक माधब राज खरेलले दर्शकहरुसँग क्षमा माग्दै भनेका छन् “हामीले वाचा गरे अनुरुप यहाँहरु सामु चलचित्रलाई प्रदर्शन गर्न असमर्थ भयौं । हामी अत्यन्तै दुःखी छौं र यहाँहरुको असुविधाका लागि हृदयदेखि क्षमा पनि चाहन्छौं ।”

कलाकार, निर्माण कम्पनी तथा बितरक शोहरु रोक्नु पर्दा दुःखी भएका छन् । पछिल्लो समय नेपाली चलचित्रहरुलाई शोहरु कमदिने गरेको पाईएको छ ।

निर्माण कम्पनीले निकालेको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ ।

मितिः २०८२ भाद्र १९

आदरणिय दर्शक महानुभावहरु,
चलचित्र प्रदर्शकज्यूहरु, शुभेच्छुक एवम् सञ्चारकर्मी साथीहरु ।

विषयः प्रदर्शन स्थगन गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा, यस कम्पनीद्धारा निर्मित एवम् कुवेर सिने डिष्ट्रिव्युसनद्धारा बितरित मिति २०८२ भाद्र २० गते देखी प्रदर्शनमा आउन लागेको चलचित्र चिट्ठीको प्रदर्शन हाललाई स्थगन गरिएको ब्यहोरा जानकारी गराउन चाहान्छौ ।

हाम्रो अथक मेहनत र सपना बोकेको चलचित्र “चिट्ठी” को प्रदर्शन भोलि अर्थात् भाद्र २० गतेदेखि देशव्यापी रूपमा रिलिज गर्ने योजना हामीले बनाएका थियौ । तर, अत्यन्तै दुःखका साथ सूचित गर्न चाहन्छौं कि यस चलचित्रको निर्धारित शोहरू समयमा प्राप्त गर्न सकिएनन्, कतिपय हलहरूले शो नै नदिएको वा दिँदा पनि अफ–टाइम मात्र दिएको अवस्थाले गर्दा हामी बाध्य भएर चलचित्रको तत्कालीन प्रदर्शन स्थगित गर्ने निर्णय गर्नुपरेको छ । हामी सबै कलाकार, प्राविधिक, निर्माता–निर्देशकको टिम दिनरात खटेर यो चलचित्रलाई तपाईंहरूसम्म ल्याउने सपना बोकेका थियौं । तर, यथार्थपरक परिस्थितिले हाम्रो त्यो सपना केही समयका लागि रोकिएको मात्र हो ।

हामीलाई थाहा छ, धेरै दर्शकले ‘चिट्ठी’ हेर्ने उत्साह देखाउनुभएको थियो । तपाईंहरूको त्यही माया र साथले हामीलाई अझ बलियो बनाएको छ । आगामी दिनमा नयाँ मितिसहित अझ प्रभावकारी रूपमा प्रदर्शनमा ल्याउने छौं भन्ने दृढ विश्वास दिलाउन चाहन्छौ ।

हामीले अथक प्रयास गर्दा गर्दै पनि चलचित्र चिट्ठीको प्रदर्शनका लागी उपयुक्त शो र समय प्रदान नगर्नु शो स्थगन गर्नुको प्रमुख कारण रहेको छ । हामी आदरणिय दर्शकहरुसँग क्षमा चाहान्छौ कि हामीले वाचा गरे अनुरुप यहाँहरु सामु चलचित्रलाई प्रदर्शन गर्न असमर्थ भयौं । हामी अत्यन्तै दुःखी छौं र यहाँहरुको असुविधाका लागि हृदयदेखि क्षमा पनि चाहन्छौं ।

हाल सम्म तपाईंहरूले दिनुभएको साथ, माया र धैर्यको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

 

साथी संस्थाको आयोजनामा कलाकार र पत्रकार विचको मैत्रीपूर्ण फुटबल खेल भब्य रुपमा सम्पन्न

मनोरञ्जन


काठमाण्डौ - नेपाल चलचित्र कलाकार संघ र नेपाल पत्रकार महासंघ बीच यहि भाद्र ६ गते एन्फाको खेल मैदानमा रमाइलो मैत्रीपूर्ण फुटबल खेल भब्य रुपमा सम्पन्न भएको थियो। साथी संस्थाले नेपाली महिलाहरुको महान पर्व तीजलाई महिला शशक्तिकरण र समानताको पर्वको रुपमा बिगत दश बर्ष देखि तीज संवाद लगायतका कार्यक्रमहरुकोको आयोजना गर्दै आईरहेको छ । 

साथी संस्थाले नेपाली महिलाहरुको महान पर्व तीजलाई महिला शशक्तिकरण र समानताको पर्वको रुपमा बिगत दश बर्षदेखी निरन्तर रुपमा तीज संवाद लगायतका कार्यक्रमहरुको आयोजना गर्दै आईरहेकोमा यस बर्ष तीज संबादमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष  मोहन निरौला पत्रकार महासंघकी अश्यक्ष निर्मला शर्मा र नेपाली फुटबल जगतका हस्ती खेलाडी तथा प्रशीक्षक राजु काजी शाक्य सहभागी हुनु भएको थियो ्र संबादको सहजीकरण बन्दना राणाज्यूले गर्नु भएको थियो । 

उक्त संवाद कार्यक्रम संस्कार, धर्म र परम्परासँग जोडिएका विकृति र वीसंगतीका अभ्यासहरूका बारे चेतना जगाउने प्रयास भएको थियो विशेषगरी शो कार्यक्रममा सहभागी वक्ताहरूले  छोरीको जन्मलाई मूल्यवान् ठान्दै हर्षोल्लासपूर्वक स्वागत गर्ने, महिलाको आर्थिक सशक्तिकरण , पुरुष र महिलाबीच घरायसी कामको बाँडफाँड, परिवर्तन आफैं र आफ्नै घरबाट सुरु गर्ने, रूढीवादी मान्यता तोड्दै नयाँ दृष्टिकोण निर्माण गर्ने लगायतका विषयहरुमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

साथी संस्थाले यस बर्षको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघलाई सहभागीताका लागि निमन्त्रणा गरेकोमा संस्थाको तर्फबाट धन्यबाद दिन चाहन्छु संघका अध्यक्ष निरौलाले बताउनु भयो। अध्यक्ष निरौलाले विशेष गरेर बन्दना राणा प्रति आभार व्यक्त गर्दे उक्त कार्यक्रममा सहभागिता जनाऊनु  हुने चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, चलचित्रकर्मीहरु,संघका सदस्यहरु, कार्यसमिति परिवार, संचारकर्मीहरु सवैलाई लाई आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।  

कार्यक्रमको विशेष आकर्षण नेपाल पत्रकार महासंघ र नेपाल चलचित्र कलाकार संघबीचको भएको मैत्रीपूर्ण फुटबल खेल रह्यो – जसले तीज केवल संवाद र चेतना मात्र नभई सहकार्य, मित्रता र रमाइलोपनको उत्सव पनि हो भन्ने पनि सन्देश दिन सफल भएको देखिन्छ । एन्फा खेल मैदान सातदोबाटोमा सम्पन्न भएको उक्त खेलमा “हाम्रो सामुहिक गोलः महिला र बालबालिका हिंसाको अन्त्य” भन्ने सन्देश सहितको अभियानमा खेल भएको थियो । दुवै पक्षका महिला तथा पुरुष खेलाडीहरुले समान रुपमा खेलेका उक्त खेलको कमेन्ट्रि कलाकार तथा कलाकार संघका सदस्य गोपाल ढकाल छन्देले गर्नु भएको थियो । मैत्रीपूर्ण उक्त खेलमा  कलाकार टिमलाई हराउदै पत्रकार टिमले  पचास हजार रुपैंयाको नगद राशी सहित प्रथम भएको थियो भने पैतिस हजार रुपैंयाको नगद राशी सहित नेपाल चलचित्र कलाकार संघ द्धितिय भएको थियो ।

संघका तर्फबाट कार्यक्रमका संयोजक रहनु भएका रबिन्द्र खडका, सह संयोजक सुनिल कटुवाल तथा संघको तर्फबाट फुटबल खेलको  क्याप्टेनको जिम्बेवारी लिनु भएका शंकर बि सी, संघको  तर्फबाट खेलाडीको रुपमा सहभागी सम्पुर्ण कलाकारहरुलाई कलाकार संघले आभार प्रकट गरेको छ । 

कलाकार संघका तर्फवाट मोहन निरौला, रविन्द्र खड्का, सुनिल कटुवाल, शंकर बिसी, दुर्गेश थापा, सविन श्रेष्ठ, सागर लम्साल, रोशन श्रेष्ठ, अँक्रिष्ट प्रधान, गजित बिष्ट, सौगात बिष्ट, गोपाल ढकाल छन्दे, रोहित रुम्बा, आकाश बाबु खवास, सुवास मेचे, अस्मिता रनपाल, यस राज, कबिर खड्का, समिर लामा, डि. बि. आले, राजेन्द्र के. सी. पवित्रा आचार्य, नम्रता खरेल, सरिता राजोपाध्याय, अस्मिता जुरेली, बिना राउत, लोसिना लामिछाने, एलिना रायमाझी, अमृत मान महर्जन, युवस ज्ञवाली  लगायतका कलाकारहरुले खेल्नु भएको थियो ।  खेलको क्रममा खेलाडी तथा कलाकार रोशन श्रेष्ठ सामान्य घाईते हुनु भएको थियो ।