entertainment
||Power News Asia||

आजको समाचार

बैंककमा नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड सम्पन्न, उप्रेती बने सर्वोत्कृष्ट मोडल

मनोरञ्जन


काठमाण्डौ – नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्डको दोस्रो संस्करण थाइल्याण्डको बैंकक मा सम्पन्न भएको छ। थाइल्याण्डको राजधानी बैंकक सहरको आइबिस होटलको प्रेक्षालयमा सम्पन्न हिमालयन मुभिज, काठमाडौं द्वारा आयोजित सो कार्यक्रममा नेपाल तथा थाइल्याण्ड एवं म्यानमारका बिविध करिब दुई दर्जन व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो।

गैर आवासिय नेपाली संघ, थाइ नेपाली संघका साथै नेपालबाट उपस्थित मोडल, कलाकार, सौन्दर्यकर्मी, समाजसेवी तथा फेसन क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा भब्य रूपमा कार्यक्रम सम्पन भएको छ। कार्यक्रममा भर्खरै सम्पन्न रियालिटी सो मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्कीलाई आइकोनिक डान्सीङ स्टारको अर्वाड प्रधान गरिएको थियो। एन.आर.एन. ए.थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतलाई बेस्ट सोसियल वेलफेयर एक्टिभिस्ट र त्यस्तै गरी पूर्व थाइ नेपाली संघका अध्यक्ष ब्यवसायी एवं समाजसेवी कुमार कार्कीलाई बेस्ट नेप्लीज सोसियल क्याम्पेनरको अवार्ड प्रधान गरिएको थियो।

कार्यक्रममा अवार्ड बिजेता तथा सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्वाको कोरियोग्राफीमा लक्ष्मी भूषाल र प्रतिसा कटुवालले आकर्षक नृत्य प्रस्तुत गरेका थिए साथै करिब एक दर्जन सौंन्दर्य प्रतियोगीताका बिजेताहरुले स्टेजमा फेसन सो प्रस्तुत गरेका थिए भने सोज टपरको रूपमा हिमानी सुब्बा प्रस्तुत भएकि थिइन।

अवार्ड कार्यक्रममा बिजेताहरूको रुपमा पपुलर मोर्डन मेकअप आर्टिस्टको रूपमा लक्ष्मी भुषाल, पपुलर इभेन्ट मेकअप आर्टिस्टको रुपमा अनिता घिमीरे, पपुलर फेसन मेकअप आर्टिस्ट चन्द्रकला तामाङ, पपुलर मोडल (पुरुष) तर्फ ईश्वर बल्लभ उप्रेती तथा पपुलर मोडल (महिला) तर्फ सजना खतिवडाले उपाधि हासिल गरेका थिए। त्यस्तै गरी पपुलर टाइटल विनर मिसेस तर्फ शोभिता राइ, पपुलर टाइटल विनर मिस तर्फ हेमा पुन मगर, पपुलर सोसियल एडभोकेट प्रमिला कटुवाल, पपुलर स्किन केयर एण्ड मेकअप आर्टिस्ट पिंकी राजवाहक, बेस्ट रियालीटी सो मेकअप आर्टिस्ट प्रतिसा कटुवाल, बेस्ट इन्फ्लूएन्सियल टाइटल विनर मिसेस जानवी कार्की, बेस्ट इन्फ्लूएन्सियल नर्सिङ पर्सनालिटी सचिन खत्री, बेस्ट ह्युमन वेलफेयर एक्टिभिस्ट मनु बांठामगर, बेस्ट लेडिज इन्टरप्रेनियर निता मोदन, पपुलर वेडिङ फोटोग्राफर हरि घिमिरे, पपुलर सिनेम्याटोग्राफर आनन्द प्रभाकर घिमिरे, बेस्ट स्टेज डिजाइनर बिनोद पोख्रेल, बेस्ट वेडिङ फोटोग्राफर तर्फ दिपक मैनालीले अवार्ड हात पार्न सफल भएका थिए।

सुरेन्द्र भट्टराईको संयोजन रहेको सो कार्यक्रम इभेन्ट म्यानेजर कोमल नाथ खतिवडाले सन्चालन गरेका थिए। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका फेसन तथा मनोरन्जन क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्ने हेतुले कार्यक्रमलाई विश्वव्यापी रूपमा क्रमश अगाडी बढाउने उद्देश्यले आयोजना गरिएको हिमालयन मुभिजकी अध्यक्ष हिमानी सुब्बाले बताइन।

दशौं छायाँवछवि तिज म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न

मनोरञ्जन


काठमाण्डौ– “दशौं छायाँवछवि तिज म्युजिक अवार्ड–२०८०” भव्यरुपमा सम्पन्न भएको छ । बिगत १० बर्षदेखि आयोजना हुँदै आएको छायाँछबी तीज म्युजिक अवार्ड शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।

तारेकेश्वर नगरपालिकाका उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जन, संगीतकार सन्तोष क्षेष्ठ, चलचित्र निर्माता तथा वितरक गोपालकाजी कायस्थ, गायक तथा चित्रकार ज्योती प्रकाश, कलाकार श्रीदेव भट्टराई, सानिया खान, लिगेश भट्टराई, सामना शाह,राजन थापा लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा लामो समयदेखी विभिन्न क्षेत्रमा बिशिष्ठ योगदान दिएका चारजना महिलाहरुलाई छायाँछवी तिज नारी सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा चलचित्र अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार/संचारकर्मी कृष्णदेवी आचार्य “रोशनी” र सञ्चारकर्मी सवी कार्की खड्का रहेका छन् ।

छायाँछवीका क्रियशनका अध्यक्ष शान्तिप्रियले नेपाली मौलीक परम्परा विशेषगरी नेपाली महिलाहरुको महानचाड तीजको अवस पारेर आयोजा गरिदै आएको छायाँछवी तिज म्युजिक अवार्डका माध्यमबाट कलाकारहरुलाई आफ्नो क्षेत्रमा क्रियाशिल रहनको लागी थप प्रोत्साहन मिलोस र चाडबाडमाको नाममा हुने विकृति विसंगती रोक्दै हाम्रो आफ्नै मौलीक परम्परा जोगाउने किसिमका गीतसंगीतहरु नेपाली दर्शक तथा श्रोताहरु माझ पस्कन कलाकारहरुलाई थप उर्जा मिलोस भन्ने उदेश्य लिएर विगत दश वर्ष देखी निरन्तर रुपमा यो अवार्डको आयोजना हुदै आएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी उपमेयर श्रीजना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाले पनि आगामि दिनहरुमा कलाकारहरुलाई प्रोत्साहन गर्नको लागी विभिन्न किसिमका कार्यक्रमहरु ल्याउने तयारी भईरहेको बताईन, साथै तीज भनेको नेपाली नारीहरुको मौलिक चाड भएकोले यसको महत्व अन्य चाडहरुको भन्दा फरक रहेको हुनाले पनि हामीले आफ्नो परम्परालाई जोगाउन तथा निरन्तरता दिनको लागी आ–आफ्नो हैसियत अनुसार भड्किलो नबनाई मनाउन सम्पुर्ण महिला दिदीबहिनीहरुलाई आग्रह समेत गरिन । सो अवसरमा कार्यक्रमलाई भब्यताको साथ सम्पन्न गर्न सफल भएकोमा आयोजक समिति बधाई ज्ञापन गर्दै वर्ष दिनमा एकपटक आउने तिज पर्वलाई छायाँछवी क्रियशनले अवार्डको माध्यमबाट नेपाली मौलीक संस्कृतिलाई युवापुस्ता माझ जोड्नको लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै आगामि दिनहरुमा पनि निरन्तरताको शुभकामना समेत दिएकी थिईन ।

कार्यक्रममा चलचित्र निर्देशक तथा तीज म्यूजिक अवार्ड समारोहका निर्देशक माधव खरेलले दश वर्ष अगाडी देखी आयोजना हुँदै आएको यस कार्यक्रमले मौलीक परम्परालाई जोगाउने मुलः उदेश्य लिएको र यस्ता किसिमका कार्यक्रमहरुलाई व्यवसायीकरण गर्नु भन्दा पनि हाम्रो आफ्नो कला संस्कृति जोगाउनतर्फ सबैले ध्यान दिन आग्रह गरेका थिए ।

संचारकर्मी तथा चर्चित कार्यक्रम संचालिका दिपज्योती थापाले सञ्चालन गरेको उक्त अवार्ड समारोहका सदस्यमा दिपक थापा, शोविता सुर्खेती सदस्य रहेका छन् भने कलाकार शिवहरि बैरागी नेपाल, संगीतकार मनोज चौलागाई, गायिका दुर्गा परियार, गायक राज सागर र निर्देशक कमल एक्चै मगर निर्णायक हेका थिए ।

अवार्ड विजेताहरुको नामावली यस प्रकार रहेको छ :
तीज गीत एरेन्जरः विपीन आचार्य – स्वामी ज्यू
तीज गीत मिक्सिङः प्रकाश खरेल – यो तीजमा नजाने माइती
तीज गीत भिडियो छाँयाकारः मुकेश हुमागाईं – आयो तीज आयो
तीज गीत मोडल (पुरुष): प्रकाश सोनी – तीज आयो स्वामी राजा
दोहोरी तीज गीत मोडलः सम्झना बुढाथोकी – साडी जापानी
तीज दोहोरी गीत शब्दः जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
तीज दोहोरी गीत लयः प्रकाश शाही – पशुपतिमा जलहरी
तीज दोहोरी गीत गायकः विजय गुरुङ – तीजै आयो
तीज दोहोरी गीत गायिकाः शोभा त्रिपाठी – नाँचौ न पिर भुलेर
तीज गीत नवगायनः सुनिता भट्टराई – तीज बबाल
तीज गीत युगल मोडलः दीपाशा विसी ÷अञ्जली अधिकारी – अरिकैको दासी बरीलै
तीज गीत युगल गायनः अन्जु श्रेष्ठ÷बीना भट्टराई – तीजको लहर
तीज गीत नृत्य निर्देशनः केशव भट्ट – बालापनको तीज
तीज गीत भिडियो निर्देशनः गम्भीर विष्ट – यो तीजमा नजाने माइती
मौलिक तीज गीत मोडलः सुप्रिमा थापा – बालापनको तीज
उत्कृष्ट तीज गीत शब्दः वसन्त योगी – कल्ले खायो दर
उत्कृष्ट मौलिक तीज गीत शब्दः कस्तुप पन्त – मन्दिरमा गजुर
तीज गीत लयः तारावीर पाण्डे – भन्छन् स्वामीले
मौलिक तीज गीत लयः वि.पी. वाग्ले – बरिलै माइतीको
तीज गीत गायिकाः सिर्जना खत्री हाउडेमाया – पिरलो
मौलिक तीज गीत गायिकाः सिता के.सी – हेर त साइली
तीज गीत भीडीयो सम्पादकः बन्दे प्रसाद – बालापनको तीज
दशकको उत्कृष्ट गायिकाः सुनिता दुलाल – पियारी
तीज गीत गायिकाः शोभा के.सी. – परदेशमा हाम्रो (जुरी)
उत्कृष्ट तीज गीत शब्दः कमला बोहरा खत्री – परदेशी चेलीको तीज (डायस्पोरा)
तीज दोहोरी गीत शब्दः हरी उप्रेती – तीजै आयो (जुरी)

काभ्रेका संचारकर्मी अरबिन्द्र गौतम सम्मानित

मनोरञ्जन


काभ्रे - जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले काभ्रेका पत्रकार अरविन्द्र गौतमलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । काभ्रेमा रहेर पत्रकारिता गरिहेका गौतम कोशिपारी अनलाइन न्युजका संचालक समेत हुन साथै उनि प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक भएर समेत काम गरि रहेका छन् ।

पत्रकारिताका माध्यमबाट समाजलाई शुसुचित बनाउने र समाजका विभिन्न विसंगती एवं कुरित तथा सामाजिक घटनाहरुका विरुद्धमा सशक्त कलम चलाउदै सभ्य समाज निर्माण गर्नमा खेलेको भुमिकाको मुल्याँकन गर्दै डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा पत्रकार गौतमलाई उक्त सम्मान एवं पुरस्कार प्रदान गरेको बताएको छ ।

नव क्षितिज साप्ताहिकको सह सम्पादक समेतर रहेर काम गरिरहेका गौतम पावर न्युजको काभ्रे सम्बाददाता समेत हुन । मंगलबार बनेपामा आयोजना गरिएको उक्त भव्य समारोहमा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पत्रकार गौतमलाई सम्मान सहित नगद पाँच हजार सहित जिल्ला सहकारी संघ काभ्रेले दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको हो ।

लामो समय देखी काभ्रे जिल्लामा रहेर पत्रकारिता गरिरहेका गौतम यस अघि पनि विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुबाट सम्मानित भईसकेका छन् । सम्मान प्राप्त गर्दै पत्रकार गौतमले यस सम्मानले आफुलाई अझ थप उर्जावान बनाएको र आगामि दिनहरुमा अझै थप शसक्त ढङ्गले स्वच्छ पत्रकारिता गर्दै जाने समेत बताएका छन् ।

चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशन सम्पन्न

मनोरञ्जन


काठमाण्डौ- चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशन सम्पन्न भएको छ । मंगलबार राजधानीको होटल हार्दिक बागबगारमा सम्पन्न मञ्चको निर्वाचनले टिकाराम रखाल मगर (रोजन)को अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा दिपक तामाङ लामा, प्रथम उपाध्यक्षमा हरिश सिग्देल (आर्यन), द्वितिय उपाध्यक्षमा दिनेश राउत, महासचिवमा समिर मिया, उपमहासचिवमा तेज बहादुर गिरी, सचिवमा निर बहादुर दर्लामी मगर (जय), कोषाध्यक्षमा जीवन कुमारी भोलन (रोशनी), सहकोषाध्यक्षमा संगीत सागर बुर्जा निर्बिरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मायादेवी सिङतान, बिश्वास भण्डारी, उद्धव बस्नेत, जानुका राई, शान्ति कुमारी डिमडुङ, राखिन्द्र कुमार थिङ, ध्रुब चौलागाई र सुभाष गोतामे निर्बिरोध निर्वाचित भएका छन् ।

चलचित्र पत्रकार बिष्णु प्रसाद सुबेदी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन कमिटीमा गीतकार डब्बु क्षेत्री र अधिवक्ता कुल बिक्रम रायमाझी निर्वाचन अधिकृत रहेका थिए । मंगलबार नै निर्वाचन कमिटीले नव–निर्वाचित पदाधीकारीहरुलाई विजयीको प्रमाण पत्र समेत प्रदान गरेको छ । उक्त कार्यक्रममा संस्थाका सल्लाहकार तथा आजिवन माधवराज खरेललाई सम्मान गरिनुका साथै सञ्चारकर्मी गीता अधिकारी, सञ्चारकर्मी कमला जोशी, गायिका सरिता भारती, छायाँकार राजन खरेल र फोटोग्राफर बद्री थापालाई कदर पत्र प्रदान गरिएको थियो ।

संस्थाका मानार्थ सदस्यहरु गीतकार दयाराम पाण्डेय, संगीतकार शंकर थापा ‘स्माइल’, पत्रकार कुबेर गिरी, सौन्दर्यकर्मी गीता पौडेल समेत उपस्थिती रहेको कार्यक्रममा आजिवन सदस्यहरु बिमला भुजेल, गोबिन्द बहादुर ब्लोन, मिना पाख्रिन, सुमन राई, सुना लामा र तुलसा राईलाई आजीवन सदस्यको प्रमाणपत्र समेत प्रदान गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नव–निर्वाचित अध्यक्ष रखालले आगामी दिनमा नेपाली चलचित्रको संरक्षणका लागि शशक्त रुपमा लागि पर्ने प्रतिवद्धता समेत जनाएका छन् । यस्तै प्रथम उपाध्यक्ष सिग्देलले नेपाली चलचित्रको संरक्षणमा सबैले हातोमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । यस्तै द्वितिय उपाध्यक्ष राउतले सामुहिक एकता र सहकार्यबाट मात्र नेपाली चलचित्रको विकास, विस्तार र प्रर्वद्धन सम्भव भएको भन्दै आफु यसैमा केन्द्रित रहने बताए ।
 

मनोज चौलागाईंको संगीत र संजय बडालको स्वरमा ‘मायाको भरिया’ सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ – माया प्रेमको भाव समेटिएको ‘मायाको भरिया’ बोलको गीत सार्वजनिक भएको छ । मनोज चौलागाईंको संगीत एरेन्ज रहेको यस गीतमा गायक संजय बडाल र गायिका बिनुसा राईले स्वर दिएका छन् ।

हस्त गौतमको शब्द रहेको यस गीतमा प्रकाश मिश्रको मिक्सिङ मास्टरिङ रहेको छ । गीतमा सोनु विकको छायाकांन रहेको छ भने रोशन धितालको सम्पादन तथा कलरिङ रहेको छ । मान सिंहले निर्देशन गरेको यस गीतमा जग्दीश भुसाल र किरण सुनार फिचर्ड छन् । नेपालमै रेकर्ड भएपनि भिडियो भने मुंबईमा बनाइएको यस गीतलाई म्यूजिक बिट यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

लन्डनमा गोर्खा वारियरको एतिहाँसिक अन्तराष्ट्रिय प्रिमियर

मनोरञ्जन


काठमाडौं-अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा ऐतिहाँसिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा बेलायतको समय अनुसार आईतबार दिउँसो १२ बजेबाट बेलुका ५ः३० बजेसम्म गोर्खा वारियरको प्रिमियर सम्पन्न भएको हो ।
गोर्खालीहरुले मलाय युद्धमा सफलता हाँसिल गरेको सहसिक कथामा निर्मित यो चलिचत्र हेर्दा प्रिमियर शोमा निरन्तर ताली र सिट्ठी बजेको थियो । प्रिमियरमा शोमा अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’लाई नौ सय जना अतिथिले हेरेको यसका निर्देशक मिलन चाम्सले बताएका छन् ।
 प्रिमियर शोबारे चाम्सले भने,‘दिउँसो १२ बजेबाट २ बजेसम्म रेकड कार्पेट इभेन्ट भयो भने त्यसपछिबाट आइम्याक्स सिनेवल्र्डमा करिब ४५ मिनेट औपचारिक कार्यक्रम भयो । त्यसपछि चलचित्र गोर्खा वारियरको प्रदर्शन सुरु भएको थियो ।’ उनले अगाडि थपे,‘मैले २० वर्ष अघि देखेको यो सपना ऐतिहाँसिक रुपमा आज यो प्रतिष्ठित स्थलमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम मैले सोचेको भन्दा धेरै सफल भएकोमा साह्रै खुसी छु ।’
रेक कार्पेट इभेन्टमा व्रिटिश आर्मीका मेजरको कमाण्डमा ब्रिगेड ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए । यो व्यान्डका तर्फबाट चलचित्र गोर्खा वारियरको गीत सहित विभिन्न गीतको धुन प्रस्तुत गर्दै प्रिमियरमा आगन्तुकहरुलाई स्वागत गरिएको थियो ।
निर्माता निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा विशिष्ट अतिथिमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र अर्याल, शसस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरिक्षक तथा बरिष्ट गीतकार शैलेन्द्र खनाल ‘सरद’ लगायत थिए । यस्तै हलिउडबाट मिसन ईम्पोसिवलका निर्माता टोमी ग्रोम्ली , हलिउडका पाईनहुड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिन पनि विशेष अतिथिका रुपमा यो प्रिमियरमा सहभागी थिए ।
 नेपालबाट नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, महासचिब अरुण कुमार प्रधान, निर्माता निर्देशक सन्तोष सेन, अभिनेता प्रेम पुरी, ओएसआर डिजिटलका अध्यक्ष एवम् चलचित्र व्यबसायी ओम अग्रवाल, सञ्चारकर्मी नरेश भट्टराई चलचित्र पत्रकार संघका तर्फबाट महासचिब रघुनाथ सापकोटा, उपाध्यक्ष सुरक्षा भट्टराईलगायतका सञ्चारकर्मीको सहभागी रहेको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।
यस्तै रेड कार्पेट प्रिमियरमा यो चलचित्रका अभिनेता रितेश चाम्स, अभिनेत्री रेविका गुरुङ, संगीतकार एलिश कार्कीलगायतको सहभागिता थियो । यसैगरी  बेलायतमा रहेका चलचित्र निर्देशकहरु डा। कपिल रिजाल, सनम कुमार बैराग, अभिनेता धु्रब दत्त, मनिष कुमार श्रेष्ठसहित विभिन्न नेपाली चलचित्रकर्मी, संगीतकर्मी र नेपाली तथा बेलायती मोडलहरुको पनि त्यत्तिकै सहभागिता थियो ।
यस्तै प्रिमियरमा त्यहाँका बृटिस गोर्खा सैनिकका विभिन्न अफिसर तथा बेलायतमा रहेका विभिन्न नेपाली संघ संस्था र कुटनीतिक नियोगका पदाधिकारीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।
बेलायतका प्रधानमन्त्री ऋषी सुनकले यो प्रिमियरको ऐतिहाँसिक सफलताको लागि शुभकामना दिएका थिए भने नेपालका चलचित्र सम्बन्धि विभिन्न संघ संस्थाबाट पनि शुभकामना प्राप्त भएको थियो ।
चलचित्र हरेपछि अतिथिहरुले गोर्खा वारियरको बारेमा साह्रै राम्रो प्रतिक्रिया दिएको बताउँदै निर्देशक चाम्सले भने,‘उहाँहरुको सकरात्मक तथा उर्जावान प्रतिक्रिया सुनेर म हर्षले विभोर भएँ । अब यो चलचित्रको सिक्वेल कहिले बनाउने भनेर धेरैले जिज्ञासा राख्दै हामीलाई सिक्वेल बनाउने पे्रेरणा समेत दिनु भएको छ ।’ यो चलचित्रको अन्तराष्ट्रिय विक्री बितरणको लागि पनि विभिन्न डिस्ट्रिव्युटरले चासो देखाएको उनले बताए ।
गोर्खा वारियरको अबको कार्यक्रमबारे निर्देशक चाम्सले भने,‘हामीले टिकट खोलेको केही दिनमै सबै टिकट बिक्री भएकाले पहिलो ऐतिहाँसिक प्रिमियरमा सबैलाई समेट्न सकेनौं । अब हामी महिनादिनसम्म यहाँका विभिन्न स्थानमा यो चलचित्रको प्रिमियर गर्दै उहाँहरुलाई समेट्ने छौं ।’ अहिले अन्य देशबाट पनि यो चलचित्रको प्रिमियरको माग भएको उनले बताएका छन् ।
चलचित्र गोर्खा वारियरलाई नेपालमा आगामी फागुन वा चैतमा नेपालसहित विश्वव्यापी रुपमा रिलिज गर्ने लक्ष्य रहेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराए ।
यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । लन्डनको यो ऐतिहाँसिक प्रिमियर पछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ ।
यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ । गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।
 

मौलिक चलचित्र “लिलामे माइला” चाडै प्रदर्शनमा आउने

मनोरञ्जन


काठमाण्डौ– दामोदर सापकोटा कार्यकारी निर्माता र भिम लामाको निर्देशन रहेको नेपाली मौलिक कथानक चलचित्र ” लिलामे माइला ” को  प्रदर्शनका ेलाागी तैयार भएको छ । सेन्सर बोर्डसँगको लामो विवाद पछि चलचित्रले ‘यू’ सर्टिपिकेट पाए सँगै ‘लिलामे माइला’ निर्माण टिमले सार्वजानिक प्रदर्शनीको लागी तैयार बताएको छ । यद्यपी चलचित्रको प्दर्शनी मिति भने छिट्टैने सार्वजानिक गरिने बताईएको छ । 

चलचित्रमा समावेश केही डाइलग बिवादित भएको भन्दै सेन्सर बोर्डले उक्त डाइलोग हटाउन निर्देशन दिएको थियो। निर्माण युनिटले उक्त डाइलग हटाउन नसक्ने अडान लिएपछि विवाद उत्पन्न भएको थियो । अन्तत निर्माण युनिट आफ्नो अडानबाट पछि नहटेपछि चलचित्र प्रदर्शनका लागि सेन्सर बोर्डले अनुमति दिएको थियो ।

भिम लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘लिलामे माइला’को निर्माण दिलु सुब्बा र भिम लामाले गरेका हुन् । दामोदर सापकोटा चलचित्रका कार्यकारी निर्माता हुन् भने कमला राई चलचित्रको सहनिर्माता हुन् । प्रदर्शनको तयारीमा रहेको चलचित्रमा प्रभाकर न्यौपानेको कथा लेखन रहेको छ भने पटकथा तथा सम्वाद राज थापा काउचाको रहेको छ ।

चलचित्रमा दामोदर सापकोटा , चन्दा लिम्बू,सुर्य लिम्बु ,कमान्सिङ राई, रोशन बि सि , दिलु सुब्बा ,गङ्गा कुवर, मान्सिङ तामाङ ,उदय सुब्बा ,सुजेन्द्र गोले तामाङ ,मङ्गलसिङ तामाङ , साजन लिम्बू , प्रेमिका लामा, टि एस योन्जन, मुकुन्द बस्नेत, राजेन्द्र तामाङ , जानुका श्रेष्ठ ,कहरसिङ मगर,कृष्ण कला राई, बुद्धिमान तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको छायांकन प्रकाश सुब्बाले गरेका हुन् । चलचित्रको पहिलो बिषेश च्यारिटी शो धरानमा रेड कार्पेट सहित गर्ने तयारी भइरहेको निर्देशक लामाले जानकारी दिए ।

पहिचानको लागि छन्त्यालहरु जुटाउँदै गायक छन्त्याल

मनोरञ्जन


काठमाडौं – आफ्नो पहिचान कस्लाई प्यारो हुदैन र रु तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन् गायक युवराज छन्त्याल । उनले एउटा गीत निकालेका छन । जसको बोल छ,छन्त्याल परे म त। मेला महोत्सवमा घन्किने प्रकारको यो गीतलाई लिएर युवराज उत्साहित पनि छन ।

लामो समय यता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भरेका छन । बजाउँदै पञ्चे बाजा बोलको गीतबाट उनले मौलिक गायकको अवार्ड पाएका छन । त्यस्तै उनको अर्को गीत ।पैसा वाला हेर्छन् बाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेको थियो ।

त्यस्तै यही गीत कि अर्की गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन । सरिता छन्त्यालले त झन २,३ वटा एल्बममा नै स्वर भरेकी छन । भने यी गीतको शब्द संगीत युवराज कै रहेको छ । अमृत, कोपिला, मनोहर, कृष्ण , गगाँ, जमुना, लिनिसा र सृजना छन्त्यालले गीतको भिडियोमा अभिनय गरेका छन् । भिडियोमा सिवन पोखरेलको कोरियोग्राफी र निर्देशन रहेको छ । अधिनायक मान सेरचनले सम्पादन गरेको भिडियो महेश महराले खिचेका हुन् ।

 

दशौं छाँयाछवि तीज म्यूजिक अवार्ड २०८० को सर्वोत्कृष्ट मनोनयन सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ- बिगत १० बर्स देखि आयोजना हुँदै आएको छायाँछबी तीज म्युजिक अवार्ड को उत्कृस्ट मनोनयन सावजनिक गरिएको छ । अवार्ड का अध्यक्ष शान्तिप्रिय ले प्रेसित गरेको प्रेस रिलिजमा भनिएको छ। खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोड्ने उद्देश्यका साथ शान्तिप्रिय ज्यूको अध्यक्षतामा दशौं छायाँछबि तीज म्युजिक अवार्ड –२०८० को आयोजना गर्न लागिएको हो ।

दशौं छाँयाछवि तीज म्यूजिक अवार्ड  २०८० को सर्वोत्कृष्ट मनोनयन यस प्रकार रहेको छ  ः

तीज गीत एरेन्जर
१. विपीन आचार्य – स्वामी ज्यू
२.राजीव शाह – भन्छन् स्वामीले
३. कृष्ण के।सी – हेर त साइली
४. रमेश सेन्चुरी – मन्दिरमा गजुर
५. कर्साङ लामा – तीज बबाल

तीज गीत मिक्सिङ
१. नरेन्द्र वियोगी – नाँच्ने बरीलै
२. प्रकाश खरेल – यो तीजमा नजाने माइती
३. कुमार राना – अरिकैको दासी बरीलै
४. पवन विश्व – पिरलो
५. खड्ग बाजुराली – मन्दिरमा गजुर

तीज गीत भिडियो छाँयाकार
१. नवराज उप्रेती – पियारी
२. मुकेश हुमागाईं – आयो तीज आयो
३. दिनेश पराजुली – यो तीजमा नजाने माइती
४. प्रेम लामा – तीज बबाल
५. राजेश घिमिरे – मन्दिरमा गजुर

तीज गीत भिडियो सम्पादक
१. वन्दे प्रसाद – बालापनको तीज
२. विनोद बम – स्वर्गकी परी
३. मनिष पन्थ – मायाको नजरमा
४. टेकेन्द्र शाह – मन्दिर गजुर
५. प्रविन भट्ट – पियारी

तीज गीत मोडल पुरुष
१. प्रकाश सोनी – तीज आयो स्वामी राजा
२. सुमन पौडेल÷शाहिर क्षेत्री – मायाको नजरमा
३. विमल अधिकारी – मन्दिरमा गजुर
४. दुर्गेश थापा – साडी जापानी
५. किरण के.सी/पुष्प खड्का – तीजमा नाँच्न हिडिन्छ

दोहोरी तीज गीत मोडल
१.चिजा पुन – मायाको नजरमा
२.सम्झना बुढाथोकी – साडी जापानी
३.अंकिता नेपाल – जुग जाने पिरती
४.अनु पराजुली – छोरी २
५.टीका जैसी – जमाना अन्सारै

तीज दोहोरी गीत शब्द
१. जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
२. हरि उप्रेती – तीजै आयो
३. सन्तोष के।सी – आमा २
४. प्रकाश शाही – पशुपतिमा जलहरी
५. अमर विरही गुरुङ – जुग जाने पिरती

तीज दोहोरी गीत लय
१. नन्दुु परियार – साडी जापानी
२. सिता के।सी – लै बरी लै
३. जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
४. सन्तोष के।सी – आमा २
५. प्रकाश शाही – पशुपतिमा जलहरी

तीज दोहोरी गीत गायक
१. सूर्य खड्का – साडी जापानी
२. आलिफ खान – अब त चाहियो काठमाण्डौमा घर
३. सन्तोष शर्मा आचार्य – चाँदीको बाला
४. विजय गुरुङ – तीजै आयो
५. बी.बी. पौडेल क्षेत्री – मायाको नजरमा

तीज दोहोरी गीत गायिका
१. दुर्गा नेपाल – जुग जाने पिरती
२.शोभा त्रिपाठी – नाँचौ न पिर भुलेर
३. सिता के।सी – लै बरी लै
४. तृप्ति खड्का – तीजै आयो
५. सुनिता बुढा – मायाको नजरमा

तीज गीत नव गायन
१. वर्षा शर्मा – नाँच्ने बरीलै
२. सुनिता भट्टराई – तीज बबाल
३. रत्न शोभा महर्जन – टिका चुरी नौ गेडी

तीज गीत युगल मोडल
१. इशा आङदेम्बे/विना राउत – चाँहिदैन मलाई
२. दीपाशा विसी /अञ्जली अधिकारी – अरिकैको दासी बरीलै
३. तेजुला खतिवडा/सलिना श्रेष्ठ – पाउजु बजाउँदै
४. दुर्गा भट्ट/अञ्जु सुनार – स्वामी ज्यू
५. दीपाश्री निरौला/रेजिना उप्रेती – यो तीजमा नजाने माइती

तीज गीत युगल गायन
१.अन्जु श्रेष्ठ/बीना भट्टराई – तीजको लहर
२. पूर्णकला वि.सी/टीका पुन – अरिकैको दासी बरीलै
३. नीशा क्षेत्री/समिक्षा अधिकारी – साडी जापानी
४. सहिमा श्रेष्ठ/बसन्ता प्रकृति – पाउजु बजाउंदै
५. सुजाता के.सी/समिक्षा अधिकारी – तीजमा नाँच्न हिंडिन्छ

तीज गीत नृत्य निर्देशन
१. कृष्ण रसाल – नाँच्ने बरीलै
२.विजय रुम्बा – तीजका भाका उहिलेका
३. केशव भट्ट – बालापनको तीज
४. शिवजी क्षेत्री – हिँउचुली हेरीहेरी
५. सन्तोष पुमा राई – नाँचेको नाँचै गर्ने हो

तीज गीत भिडियो निर्देशन
१. जि।वी आग्री – स्वामी ज्यू
२. मोहन मगर – चाँहिदैन मलाई
३. गम्भीर विष्ट – यो तीजमा नजाने माइती
४.अभिषेक वाग्ले –बरीलै माइतीकै
५.सुमन सागर जंग के.सी – छोरीको कर्म

मौलिक तीज गीत मोडल
१. उषा उप्रेती – मन्दिरमा गजुर
२. सुप्रिमा थापा – बालापनको तीज
३. प्रिया रिजाल – बबाल तीज
४. लक्ष्मी जोशी – पियारी
५. हिसीला महर्जन – टिका चुरी नौ गेडी

उत्कृष्ट तीज गीत शब्द
१. कमला बोहरा खत्री – परदेशी चेलीको तीज
२. रुची घिमिरे – स्वामी ज्यू
३. अमर वान्तु – पाउजु बजाउँदै
४. वसन्त योगी – कल्ले खायो दर
५. प्रेम सापकोटा – छैन मलाई सुख

उत्कृष्ट मौलिक तीज गीत शब्द
१. राधिका अधिकारी – माइती देशको घाउ
२. कस्तुप पन्त – मन्दिरमा गजुर
३. गणेश सुवेदी – भन्छन् स्वामीले
४.भगवति त्रिपाठी – तीजका भाका उहिलेका
५. राजनराज सिवाकोटी –नाँचेको नाँचै गर्ने हो

तीज गीत लय
१. रमेश पाठक – नाँच्ने बरीलै
२.सिता के।सी – हेर त साइली
३. सिर्जना खत्री हाउडेमाया – पिरलो
४. राजनराज सिवाकोटी – नाँचेको नाँचै गर्ने हो
५. तारावीर पाण्डे – भन्छन् स्वामीले

मौलिक तीज गीत लय
१. ववीना भट्टराई – बालापनको तीज
२. विपी वाग्ले – बरिलै माइतीको
३. विपीन आचार्य – तीजका भाका उहिलेका
४. टेकेन्द्र नेपाली – लहरै आयो
५. दीपक शर्मा – पियारी

तीज गीत गायिका
१. मञ्जु थापा – यो तीजमा नजाने माइती
२. रुची घिमिरे – स्वामी ज्यू
३. सिर्जना खत्री हाउडेमाया – पिरलो
४. जुना श्रीस मगर – माइती घरको
५. शोभा के.सी – परदेशमा हाम्रो

मौलिक तीज गीत गायिका
१. सिता के.सी – हेर त साइली
२. सुनिता दुलाल – पियारी
३. मिलन नेवार – नाँचेको नाँचै गर्ने हो
४. रेखा शाह – लहरै आयो
५. गंगा गौतम आचार्य – छोरीको कर्म

कलाकार सङ्घले ३५औँ स्थापना दिवस विविध कार्यक्रम सहित दुईदिन सम्म मनाउदै

मनोरञ्जन


काठमाण्डौ – कलाकार सङ्घको ३५औँ स्थापना दिवसको पहिलो दिनको कार्यक्रम सम्पन्न काठमाडौँ, भदौ २३, २०८० नेपाल चलचित्र कलाकार सङ्घको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । वि.सं. २०४५ भदौ २३ गते स्थापना भएको सङ्घले शनिवार र आइतवार दुई दिन विभिन्न कार्यक्रमहरू आयोजना गरी स्थापना दिवस मनाईरहेको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा शनिवार सम्पन्न पहिलो दिनको कार्यक्रममा सम्मान, मानार्थ सदस्यता प्रदान, शुभकामना मन्तव्य, अवधारणापत्र प्रस्तुती र त्यसमाथी टिप्पणी कार्यक्रमको आयोजना भएको छ ।

त्यस्तै, आइतवार हुने दोश्रो दिनको कार्यक्रममा योगगुरु राम पाण्डेद्वारा योग अभ्यास, डा. विकासानन्दद्वारा मोटिभेसन लेक्चर र डा. श्याम खड्काद्वारा चिकित्सकिय परामर्श हुनेछ । पहिलो दिनको कार्यक्रम चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सङ्घकी संरक्षक बसुन्धरा भुषाल, सङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकारहरू कृष्ण मल्ल, रमेश बुढाथोकीको उपस्थिति थियो भने सल्लाहकार राजकुमार राई तथा सङ्घका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कानूनी सल्लाहकार कृष्ण ढुङ्गाना, कलाकार सन्तोष पन्त, अभिनेत्री चैत्यदेवि सिंह, निर्देशकद्वय आकाश अधिकारी र नरेश पौडेल, कलाकार आरपि पन्त, तैय्यव शाह, मुकुन्द किशोर भट्टराई,चलचित्र निर्देशक माधव राज खरेल लगायत नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्य, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, दन्त चिकित्सक डा. सुवास घिमिरे, खेलकुदकर्मी बिष्णु गोपाल श्रेष्ठलाई सङ्घको मानार्थ सदस्यताको परिचयपत्र प्रदान गरिएको थियो । त्यस्तै, सङ्घलाई आर्थिक तथा भौतिक सहयोग गर्ने ध्रुव देवकोटा, मनोज खत्री, राजीव गिरी, डा.रुपक घिमिरे, प्रकाश पुरी र श्रीदेव बिएललाई आभारपत्र प्रदान गरिएको थियो भने अन्तराष्ट्रिय नेपाल साहित्य समाज नेपाल च्याप्टरको अध्यक्ष चयन भएकोमा चलचित्रकर्मी तथा साहित्यकार राजेन्द्र केसीलाई बधाई पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा संघकी पुर्ब उपाध्यक्ष अभिनेत्री लक्ष्मी गिरीले नेपाल चलचित्र कलाकार संघको गठन गरेको कलाकार कल्याण कोषलाई पचिस हजारको चेक हस्तान्तरण गर्नु भएको थियो ।स्थापना दिबशको पहिलो चरणको कार्यक्रम संचारकर्मी जीबन पराजुलीले र दोश्रो चरणको कार्र्यक्रम गोपाल ढकालले संचालन तथा धन्यवाद ज्ञापन संघका सचिब रामेश्वर बुर्लाकोटीले गर्नु भएको थियो ।

सङ्घद्वारा तयार पारिएको ‘नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिका’ बिषयक अवधारणापत्र सङ्घका प्रेस सल्लाहकार शान्तिप्रियले प्रस्तुत गर्नु भएको थियो भने सो अवधारणापत्रमाथि चलचित्र कलाकार तथा निर्माता रबिन्द्र सिंह बानियाँ, चलचित्र लेखक अभिमन्यु निरवी र चलचित्र निर्देशक तथा सञ्चारकर्मी सङ्गीता श्रेष्ठले टीप्पणी गर्नु भएको थियो । कार्यक्रम नेपाल चलचित्र कलाकार संघकी स्थापनाकालकी तदर्थ समितिका संयोजक स्व शान्ती मास्केको तस्वीरमा माल्यार्पण गरि स्व सानु ताम्राकार , स्व सारूक ताम्राकार लगायत दिबंगत कलाकारहरूको संझनामा मौन धारण पनि गरिएको थियो ।।