entertainment
||Power News Asia||

आजको समाचार

विश्व मानव अधिकार परिषद द्वारा चार नेपाली भारतमा सम्मानित

मनोरञ्जन


लखनऊ—जेष्ठ १५, २०८०। 

भारतमा चार नेपाली 'भारत गौरव सम्मान, २०२३' बाट सम्मानित भएका छन।  सम्मानित हुनेहरुमा पत्रकार सरोज ओझा, समाजसेवी सुशिला थापा र कलाकारद्वय नितु कोईराला र बिनोद ढकाल रहेका छन।  उनीहरुलाई विश्व मानव अधिकार परिषदले उक्त सम्मानबाट विभुषित गरेको हो।  जेष्ठ १४ गते लखनऊ स्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत बिभिन्न मुलुकका नागरिकहरुलाई सम्मान प्रदान गरिएको थियो। 

सो अवसरमा उच्च प्रहरी अधिकारी, सामाजिक अभियान्ता, पत्रकार, कलाकार, चिकित्सक लगायतलाई मेडल, प्रमाणपत्र एवं ट्रफीबाट सम्मानित गरियो। जसमा कास्मीरका आईजिपी कार्फ एम.एस भाटिया, आईपिएस डि.आई.जी सभाराज, सुजित कुमार सिंह, आईपिएस अफिसरहरु सिमआ नावी, तनुश्रीलाई लाईफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो।

भारतमा प्रसिद्दि कमाएका टिभी आर्टिस्ट रेखा शर्मा, सामाजिक अभियान्ता एवं कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगयतले उक्त अवार्ड प्राप्त गरेका छन। विश्व मानवाधिकार परिषदका अध्यक्ष डा. एम. आर. अन्सारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनवासल हक, राम अकवाल, बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो।

दिल दुखेको दवाइको सांगितीक सफलता पछि गायिका केसीको धन सम्पती सार्वजनिक ( भिडियो सहित)

मनोरञ्जन


काठमाण्डौ – पछिल्लो युवा पुस्तामा निक्कै रुचाइएकी गायिका सुजाता केसी, दिल दुखेको दवाइको सांगितीक सफलता पछि हालै धन सम्पती लिएर आएकि छन् । सुमधुर आवाजकी धनी गायिकाका यस अघि पनि दर्जनौ गीतहरु नेपाली सांगीतीक बजारमा चर्चाको शिखरमा रहेका छन् । गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द संगीत रहेको छ भने गायिका केसी संगै गायनमा पनि पोखरेलले स्वर दिएका छन् ।

माधव शर्माको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र रोशन केसीको अभिनय देख्न सकिन्छ । सुजाता केसी युटुव च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको सम्पादन विकाश ज्ञावालीले गरेका छन् भने नरेश उप्रेतीको छायाँकन रहेको छ ।

विगत लामो समय देखी चलचित्र र सुगम संगीतको गीति गायनको क्षेत्रमा सक्रिय रहेकी गायिका सुजता केसीका गीतहरु जस्तै “ तिम्रो हुने कहिले, मेरो बोली सुन्दा, क्या बबाल, बाजा बजाउँदै, ओई कान्छी, कुरा सिधा छ, बतास बनी, लेहेङ्गा हरर, जाल बुन्यो माकुरीले, राती राती फोन गर्ने, पान मिठो चुनाले लगायत दर्जनौ गीतहरुलाई श्रोताको मन मस्तिष्कमा बस्न सफल भईसकेका छन् । कला संस्कृतिलाई निकै नै माया गर्ने गायिका सुजता केसीले समय सान्दर्भिक गीतहरु दर्शक श्रोता माझ पस्कने कारण नै उनि समाजमा निकै लोकप्रिय बनेकी छन् ।

चलचित्र पत्रकारिता दिवसमा ७ जना पत्रकार सम्मानित, ६० बर्ष उमेर पुगेकालाई मासिक चार हजार भत्ता प्रदान

मनोरञ्जन


काठमाण्डौ -  चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा २१औं चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम रंगीन नेपाली फिल्मकी अभिनेत्री चैत्य देवी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र संघका पूर्व अध्यक्ष विदुर गिरीसहितले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

२५ वर्षभन्दा लामो समयदेखि कला पत्रकारितामा सक्रिय रहेको भन्दै शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८०’, तुलसी गिरी ‘भावुक’ र श्रीराम सिग्देललाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८०’, कुबेर डंगोल र दीपज्योति थापालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ र सृष्टि पोखरेललाई एक थान ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८०’ र रवि अधिकारीलाई २५ हजार राशीको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरियो ।

त्यस्तै, अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा संघका निर्वतमान अध्यक्ष दिनेश दिनेश सिटौलालाई धन्यवाद पत्र प्रदान गरिँदा मनोज केसी, ज्ञानु राई, रश्मी थापा र निरज पन्थीलाई कदर पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा संघले ६० वर्ष पूरा गरेका पत्रकारलाई मासिक चार हजार रुपैयाँ पेशागत सुरक्षा भत्ता प्रदान गर्ने कार्यको पनि थालनी गरेको छ । यो भत्ता प्राप्त गर्ने विजयरत्न तुलाधर पहिलो कला पत्रकार बनेका छन् । उनलाई संघका अध्यक्ष बलामीले बैशाख र जेठ महिनाको गरी आठ हजार भत्ता प्रदान गरे ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले फिल्मको समग्र पाटोलाई पत्रकारिताले समेट्ने भएकाले राज्यदेखि फिल्मकर्मी सबैले माया गर्नुपर्ने धारणा राखे । उनले भने, ‘फिल्ममा कलाकारको अभिनय कस्तो छ, फिल्मले के भन्न खोजेको छ, फिल्म हेर्ने कि नहेर्ने भन्ने धेरै कुरा पत्रकारिताबाट आउने भएकाले यसलाई सबैले माया गर्नुपर्छ ।’ नेपाली फिल्मलाई विश्वमा नै फरक पहिचान दिलाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष विदुर गिरी, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका अध्यक्ष नवल खड्का,निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान,निर्माता तथा वितरक गोपाल कायस्थ, अभिनेता तथा निर्माता दीपकराज गिरी, निर्देशक माधव राज खरेल,  शोभित बस्नेत, निर्माता सुनिल कुमार थापालगायतको उपस्थिति रहेको थियो । संघले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

 

सुदूर पश्चिम समाज ल्याक्सिन्टन केन्टकीको दोस्रो साधारण सभा सम्पन्न

मनोरञ्जन


काठमाण्डौ – नेपालको सुदूर पश्चिम क्षेत्रमा बसोबास भई अमेरिकाको केन्टकीमा रहनु भयका सम्पूर्ण सुदूर पश्चिमबासी नेपालीहरुको भाषा, सस्कृति, परम्परा, कलाको संरक्षण र संवर्धन गर्ने, नेपालीहरुबीच आपसी भाइचाराको सम्बन्ध स्थापित गरि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक उन्नति गर्न र समाजलाई एकताबद्द बनाई समाज विकास गर्ने गरी आउदो पुस्तामा नेपालीपन हस्तान्तरण गर्ने प्रमुख लक्ष्य रहेको सुदूर पश्चिम समाज Lexington केन्टकीको दोस्रो साधारण सभा मिति २०२३ मे २० शनिबारका दिन सम्पन्न भयको छ। उद्दव राज उप्रेतीको सभापतित्वमा सम्पन्न भयको साधारण सभाको संचालन मानब शाहले गरेका थिय भने सम्पूर्ण उपस्थित सुदूर पश्चिम बासी महानुभावहरुलाई चुडामणि अवस्थीले स्वागत मन्तब्य राखेका थिय।

सुदूर पश्चिम समाजका अध्यक्ष उद्दव राज उप्रेतीले समाजको प्रगति बिबरण पेश गरेको सभामा समाजको आर्थिक बिबरण समाजका कोषाध्यक्ष बिपिन पन्तले प्रस्तुत गरेका थिय। समाजका सचिव मानब शाहले प्रस्तुत गरेको “सुदूर पश्चिम समाज गठन, संचालन र संरक्षण कार्यविधि २०२३” लाई दोस्रो साधारण सभाले पास गरेको थियो। सो सभाको अतिथिमा रामचन्द्र जोशी, भागरथी पन्त, डम्बर बहादुर खडका, अमर महर, केशब दत्त जोशी, ईश्वरी जोशी र गौरी देबी बिष्ट हुनुहुन्थ्यो। समाजले सुदूर पश्चिम समाजको दोस्रो साधारण सभाकोलागी सहयोग गर्ने पारश खडका, दिपेन्द्र कुँवर, प्रकास पाण्डेय, जनक जोशी, नरेन्द्र पन्त, धवल सिंह ठगुन्ना, दिवाकर भट्ट, चुडामणि अवस्थी, जनक उपाध्याय, उमेश भट्ट लगायत महानुभावहरुलाई सम्मान गरेको थियो। दोस्रो साधारण सभाले तपशिल बमोजिमको नयाँ कार्यसमिति, सल्लाहकार समिति र युवा उपसमिति चयन गर्दै उल्लाहसमय वातावरणमा देउडा खेल्दै सम्पन्न भयको थियो। सम्पूर्णलाई बधाई तथा शुभकामना।

नयाँ कार्यसमिति यस प्रकार रहेको छ।

अध्यक्ष – उद्दव राज उप्रेती

उपाध्यक्ष – मानब शाह महिला

उपाध्यक्ष- बसन्ती बिष्ट

सचिव – सुरेन्द्र सिंह ऎर

सह सचिव – निरज शर्मा

कोषाध्यक्ष – सुजन सिंह ऎर

सदस्य – नारायण भट्ट, जगत तिरुवा, लोकेन्द्र कुँवर, संजिव मार्कन्ड, शोभा बुढा, अशोक परियार र अर्चना शाही

सलाहकार समिति संयोजक – चुडामणि अवस्थी

सदस्य – रेखा जोशी र नरेन्द्र कलौनी

युवा उपसमिति – संयोजक – प्रकाश थापा

सदस्यहरु- प्रयाग बि क, निर्मल गिरि, इन्द्रदेव भट्ट, बसन्ती जोशी र दिपेश कठायत

संगीतकार दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं - संगीतकार दीपक शर्माले आफ्नो संगीतमा एक करोड भन्दा माथि भ्युज पाएका चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका छन् ।आईतबार काठमाडौंमा एक समारोहबीच बरिष्ट गीतकारहरु राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले यो गीतिसँग्रहको बिमोचन गरे ।
दीपक शर्माले संगीत गरेका ६ वटा चलचित्रका एक करोड भन्दा बढी भ्युज भएका ६ वटै गीतहरु यो सँग्रहमा छन् । जसमा चलचित्र छक्का पञ्जाको शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको देखन चम्पा, चलचित्र छक्का पञ्जा ३ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र बिन्दू परियारको स्वरको पहिलो नम्बरमा, छक्का पञ्जा ४ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र सहिमा श्रेष्ठको स्वरको दर्शन सलाम, चलचित्र मँगलमको दीपककै शब्द तथा बिन्दू परियार र कृष्ण काफ्लेको स्वरको पर्ख पर्ख मायाँलु, चलचित्र हल्दार सुन्तलीको लेखु सहयात्रीको शब्द तथा सहिमा श्रेष्ठको स्वरको चि मुसी ची गीतहरु रहेका छन् ।

कार्यक्रममा बोल्दै संगीतकार दीपक शर्माले भने,‘मैले चलचित्र तेजावबाट चलचित्र संगीत सुरु गरेको हुँ । दर्शक श्रोताको मायाँले यहाँसम्म आईपुग्दा ६ वटा गीतले एक करोड देखि ३ करोड भन्दा बढी भ्युज पाएका छन् । यिनै करोड क्लबमा पुगेका गीतहरुको सँग्रहलाई आज सार्वजनिक गरेका हुँ ।’ आफ्ना अन्य चलचित्रका आधा दर्जन गीतहरु पनि अहिले करोड भ्युजको नजिक पुगेको र ती गीतहरु केही महिनामै करोड भन्दा बढी भ्युज पुग्ने पनि उनले बताए ।

दीपकका चलचित्रका ६ वटा गीत मध्य आफुले लेखेको दुई वटा गीतले दुई देखि तीन करोड भ्युज पाएको भन्दै बरिष्ट गीतकार राजेन्द्र थापाले हरेक प्रकारको गीतलाई आफ्नो फरक शैली दिनसक्नु दीपक शर्माको बिशेषता भएको बताए । आगामी दिनमा पनि आफु र दीपकको सहकार्यमा थुप्रै गीत आउने उनले जनाए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य एवम् संगीतकार चेतन सापकोटाले दीपक शर्मालाई धेरै गीतमा करोड भ्युजको लागि शुभकामना दिँदै भने,‘दर्शकको यति धेरै मायाँ पाएका दीपकजीले अब आफ्ना यी हिट गीतले कहाँ कती रोयल्टी कमायो भनेर पनि खोजी गर्नु पर्छ । उहाँका दर्जनौ हिट गीतबाट अरु धेरै धनी भएका छन र अब उहाँले आफ्नो अधिकार खोज्नु पर्छ ।’
संगीत यात्राको डेढ दशकमा यति धेरै हिट गीत दिनुले दिपक शर्मा फरक प्रकारको संगीत गर्न सक्ने श्रष्टा हुन भन्ने कुरा प्रष्टिएका दीपककै गुरु तथा संगीतकार नरहरि प्रेमीले कार्यक्रममा बताए ।

देखन चम्पाका गीतकार शान्तिप्रियले यो गीतले चलचित्र छक्का पञ्जाको स्कृप्ट देखि लवज नै परिवर्तन गरिदिएको अनुभव सुनाए । दीपकसँगको सहकार्यमा आफ्नो गीत पनि करोड भ्युजमा पुगेका खुसी व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता करोड भ्युज गीतका लागि दीपकलाई शुभकामना दिए ।

कतारका राजदुत र राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका पदाधिकारी विच भेटवार्ता

मनोरञ्जन


काठमाडौं – नेपालका लागि कतारका राजदुत युसुफ बिन मुहमद अल–हेलले संग अरबी संगीत र नेपाली संगीत बिचको समानता, फरकपनका बारेमा छलफल भएको छ ।सोमबार विश्व संगीतको अवस्थाको बारेमा राजदुतको कार्यक्रममा नेपालका संगीतकर्मीले छलफल गरेका हुन् ।

भेटघाट कार्यक्रममा संस्थाका तर्फबाट राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष तथा संगीतकार राजेन्द्र बजगाई,संगीतकार नारायण थापा गायिका रिता केसी,गायिका वेनिशा पौडेल,गीता पाण्डे,निर्देशक माईकल चन्द लगायतका संगीतकर्मीहरु उपस्थिती रहेको थियो ।

१३ औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ भव्यताका साथ सम्पन्न 

मनोरञ्जन


काठमाण्डौ –  विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पु¥याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित  बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गर्दै आयोजनाको १३ औं संस्करण भव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा नगद ५० हजार रुपियाँसहित गायिका  सुकमित गुरूङलाई विन्ध्यबासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरिएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपियाँसहित बद्री पङ्गेनीलाई सम्मान गरिएको छ।

समारोहमा लोकगायक पंगेनीले आफुलाई शव्दरुपी सम्मान र माया काफी हुने भन्दै सम्मानवापत प्राप्त २५ हजार रुपियाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तानतरण गरेका थिए। मुक्तिनाथ बिकास बैंक लिमिटेडको प्रस्तुतिमा सम्पन्न समारोहमा ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार भबिन ढुङ्गाना र यस वर्षको विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपियाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको छ।

बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिएको समारोहमा गिती संग्रह नजर ३ बिमोचन गरिएको थियो भने नजर २ गिती संग्रहको सम्पुर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो। विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गिती संग्रहबाट सङ्कलित सम्पुर्ण आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपियाँ दुई किस्ता गरी सोहि संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन्। समारोहमा सुमनकुमार श्रेष्ठ र अस्मिता परियारले गीत गाएर तथा शंकर बिसी र काजिश श्रेष्ठले  समूहका साथ एवं लोमश शर्मा र रुविना अधिकारीले युगल नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए।

अवार्ड विजेताहरु

१. सर्बोत्कृष्ट गीत

छुटेपछि त छुट्यो :   दिपीका रिमाल थापा

२. सर्बोत्कृष्ट गायन पुरुष (सुगम संगीत)

रुपक डोटेल :     तिमी बिना

३. सर्बोत्कृष्ट गायन महिला (सुगम संगीत )

जुनु रीजाल :   न दोष तिम्रो न दोष मेरो

४. सर्बोत्कृष्ट संगीत (सुगम संगीत )

इशवर अमात्य:  अघि बढे भेल बाढी

५. सर्बोत्कृष्ट रचना (सुगम संगीत )

बि पाण्डे : झुम्के बुलाकि  

६. सर्बोत्कृष्ट महिला गीतकार (सुगम संगीत)

प्रभा बर्तौला:  एउटा कथा

७. सर्बोत्कृष्ट पप गायन पुरुष

संजीब सिंह:   आधा रातमा

८. सर्बोत्कृष्ट युगल गायन

हिमाल सागर र अनु चौधरी :     ए होर माया

९. सर्बोत्कृष्ट एरेन्जर

साहास शाक्य : साथले तिम्रो

१०. सर्बोत्कृष्ट लोकदोहोरी गायन (पुरुष)

विक्रम परियार:    पाखे

११. सर्बोत्कृष्ट लोकदोहोरी गायन (महिला)

सुनिता बुढा छेत्री :   रुदै रुदै नौतुना रेलैमा

१२. सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (दोहोरी)

स्मृती तिमल्सीना :  मकै पिस्ने जाँतो

१३. सर्बोत्कृष्ट लोक दोहोरी भाका

सन्तोष केसी:   गुल्मेली हुम कर

१४. सर्बोत्कृष्ट मोडल (लोक दोहोरी)

रुबिना अधिकारी र लोमस शर्मा : बिउरीयो दुई दिने चोला

१५. सर्बोत्कृष्ट मोडल (आधुनिक)

कुमारी बराइली र बिमल अधिकारी :  दिलको डायरीमा

१६. सर्बोत्कृष्ट गीत (लोक दोहोरी)

घनश्याम रिजाल : सुन्य भयो डाँडैको चौर

१७. सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक)

रामजी लामिछाने: एउटा कथा

१८. सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत

हाम्रो देशको सिमाना:  अर्जुन कौशल

१९. सर्बोत्कृष्ट भिडियो सम्पादक (एडिटर)

प्रबिण भट्ट : पिर

२०. सर्बोत्कृष्ट छाँयाकार (क्यामेरापर्सन)

अजय रेग्मी  :  सरानकोटको डाँडैमा

२१. बिन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार       

कौशिला खनाल कमाचार्य              

पब्लीक च्वाईस अवार्ड  : दिपेन्द्र तिमल्सीना

पपूलर अवार्ड : प्रकाश धमला

जूरी अवार्ड म्युजीक भिडियो डिरेक्टरतर्फ : काजीश श्रेष्ठ

जूरी अवार्ड गायनतर्फ : तेजस रेग्मी

जूरी अवार्ड अभिनयतर्फः बादल धिमिरे

जूरी अवार्ड संगीततर्फ : नरहरी प्रेमी

जूरी अवार्ड गीततर्फ : कमल सरगम

एएनपी मिडिया हाउसद्वारा आयोजित ‘लिटिल स्टार नेपाल २०८०’ को ‘नृत्य’ , र ‘गायन’ समूहका मुख्य बिजेता घोषित

मनोरञ्जन


चौथो संस्करणको ‘लिटिल स्टार नेपाल २०८०’ को अन्तिम स्पर्धा यहि बैशाख १९ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ , र ‘गायन’ समूहका मुख्य बिजेता घोषित भए ।

‘सिनियर डान्स’ तर्फ अभिषेक यादव विजयी हुँदा अस्मि नेपालि फर्स्ट रनरअप, रुबेन रसाइली सेकेन्ड रनर अप, पृन्सिका कार्कि थर्ड रनर अप / पब्लिक चोईस र अभिषेक यादव मस्ट पपुलर अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर डान्स’ तर्फ अङ्किता सुनुवारले शिर्ष ताज पहिरिँदा यान्ना श्रेष्ठ फर्स्ट रनरअप, ताकी राइ सेकेन्ड रनरअप, आलिया तामाङ थर्ड रनरअप, निश्मा बस्नेत पब्लिक चोईस र मानशी बस्नेतले मस्ट पपुलर अवार्ड हात पारे।

प्रतियोगिताको ‘गायन’ तर्फ रोज तामाङले शिर्ष उपाधी आफ्नो हातमा पारिन। फर्स्ट रनरअप युमि राइ, सेकेन्ड रनरअप अन्शु कार्की, थर्ड रनरअप प्रनेक अधिकारि, पब्लिक चोईस अवार्ड दिपिशा कार्की र मस्ट पपुलर अवार्ड नुनुम्सा राइले हात पारिन।

प्रनिमा दाहालले संचालन गर्नुभएको उक्त प्रतियोगितामा निर्णायकको रुपमा गायनतर्फ बिनोद ढकाल र रमेश पाठक थिए भने नृत्यतर्फ तुलशा कटुवाल र सरिता साह रहेका थिए।

उक्त प्रतियोगिता बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत चार वर्षदेखि ‘लिटिल स्टार नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका सिईओ लव बहादुर कार्कीले जनाए ।
कार्यक्रमको व्यबस्थापन लोमस कार्की तथा लविस कार्कीले गरेका थिए भने शम्भु रेग्मिले कोअर्डिनेटरको भूमिका निर्वाह गरेका थिए ।

दशौ म्युजिक खबर म्युजिक अवार्डमा उत्कृष्ट पप-गीतकारको अवार्ड गीतकार रमेश दहाललाई

मनोरञ्जन


काठमाण्डौ – बैशाख १५ गते राजधानीमा सम्पन्न भएको दशौ म्युजिक खबर म्युजिक अवार्डमा गीतकार रमेश दहाललाई उत्कृष्ट पप-गीतकारको अवार्ड प्रदान गरिएको छ । टीका दाहालको सङ्गीत तथा सुरक्षा सेन्चुरीको स्वरमा सजिएको ‘कौवा करायो’ बोलको गीतका लागि गीतकार रमेश दहाललाई उत्कृष्ट पप गीतकारको अवार्ड प्रदान गरिएको हो । विगत तिन दशकदेखि नेपाली मुलधारको गीत लेखनमा सकृय दहाल आधुनिक, पप तथा राष्ट्रभाव विधाका गीत लेख्छन् भने नेपाली गीत संगीतले नेपाली समाजमा पारेको प्रभाव बारे लेख-आलेख तयार समेत गर्दछन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डको दशौं संस्करणमा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो भने नेपाली गीत-सङ्गीतमा उल्लेख्य स्थान हासिल गरिसकेका राष्ट्रिय स्तरका गीत(सङ्गीतकर्मी, रेडियोकर्मी र पत्रकारले अवार्ड तथा सम्मान चुमेका थिए ।

कार्यक्रममा पप(गीत लेखनमा अवार्ड प्राप्त गर्न सफल दहालका सयौ गीतहरु चर्चित भएका छन् । रेडियो नेपाल, गीतकार संघ नेपाल, इमेज अवार्ड, सगरमाथा अवार्ड, जिनियस अवार्ड लगायत दर्जन अधिक राष्ट्रिय स्तरका अवार्ड प्राप्त गरीसकेका दहालले यस अघि पनि म्युजिक खबर म्युजिक अवार्डको आठौ श्रृङ्खलामा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियशी’ बोलको उत्कृष्ट राष्ट्रभावको गीतका लागि अवार्ड प्राप्त गरेका थिए ।

‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा

मनोरञ्जन


काठमाण्डौ- चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । चलचित्र पत्रकार संघ नेपालले यो वर्ष (२०८०)को चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा आइतबार बसेको बैठकले यो वर्ष (२०८०) को ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०’ श्रीराम सिग्देल र तुलसी गिरी ‘भावुक’ लाई र ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०’ दीपज्योती थापा र कुबेर डंगोललाई दिने निर्णय गरेको छ । यो पुरस्कारको राशि जनही ५१ हजार रहेको छ ।

त्यस्तै यो वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०’ सृष्टि पोखरेल र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८०’ रवि अधिकारीलाई दिने निर्णय गरेको छ । प्रोत्सान पुरस्कारमा एउटा ल्यापटप र मोफसल पुरस्कारमा २५ हजार नगद रहेको छ । त्यस्तै संघले यसै वर्षबाट थपेको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’ शान्तिप्रियलाई दिने निर्णय गरेको छ । शान्तिप्रिय संस्थापक महासचिव तथा पूर्व अध्यक्ष पनि हुनुहुन्छ । रजत सम्मानमा ५५ हजार नगद राशि रहेको छ ।