काठमाडौँ । विनोद ढकाल र अरमान तामाङको र्याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा एक विशेष समारोहबीच विशिष्ट सङ्गीतकार शम्भुजीत बास्कोटाले गीत भिडियो सहित सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बास्कोटाले सङ्गीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्यापमा युवापुस्ता आउनु राम्रो रहेको बताए । उनले अरमानको भिडियो तथा गायन राम्रो रहेकाले यसले सकारात्मक सन्देश दिएको बताए ।
अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र सङ्गीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा अरमानलाई रिया लामाले साथ दिएकी छन् ।
दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ । सार्वजनिक गीतको भिडियोमा समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौँ, उनीहरूको भावनालाई बुझौँ भन्ने सन्देश दिन खोजिएको छ ।
कार्यक्रममा बुलेट फ्लो र डिबी द रियलले प्रस्तुति दिएका थिए ।
काठमाडाैं।चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल र गायिका सिर्जु अधिकारीको तिज गीत “नाठो पोइ” सार्वजनिक भएको छ। प्रकाश कटुवालकाे युट्युव च्यानलमार्फत सार्वजनिक भएकाे गीतमा प्रकाश कटुवालकै मौलिक शब्द रहेका छन्। गीतमा स्मृति तिमिल्सिना (गुरु आमा) ले निर्देशन गरेकी छन्। गीतमा कटुवाल सङ्गै चरचित तथा लोकप्रिय गायिका सिर्जु अधिकारीको कर्णप्रिय आवाज रहेको छ ।
चर्चित गायक कटुवालसँगै कलाकारहरू नेहा गौतम, साजन बाँस्कोटा, शोभा विश्वकर्मा, राम चन्द्र अधिकारी र कुस्मा दाहालको उत्कृष्ट अभिनय रहेको देखिन्छ । प्रीज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज चरचित संगीतकार बीबी अनुरागीले गरेका छन्। गीतमा अहिले पछिल्लो समयमा गाउँ समाजमा भईरहेका यथार्थ कुरालाई झल्काउन खोजिएको छ । दाजु बहिनीको पात्रबाट अभिनीत भिडियोमा भाइले दिदीलाई नाठो पोइ सङ्ग उठ्बस गरेको र भिनाजु विदेशमा रहेको देख्न सकिन्छ भने भाइ पनि विदेशीको श्रीमती सङ्ग लागेको दिदीले दर्साएको बुझ्न सकिन्छ ।
गीतमा बेला बेलामा प्रकाश कटुवालको ठट्यौली पना मिसिए सङ्गै गोप्ते काजीको कमेडी बोली र अभिनयले भिडियो अझ उत्कृष्ट बनेको पाइएको छ । उसो त प्रकाश कटुवाल र सिर्जु अधिकारीले यसअघि छेकेन जामाले, पहिलो बेसार लगायत सफल गीतहरू बजारमा ल्याई सकेका छन्।
काठमाडौ । नेपाली नारीहरुको महानचार्ड हरीतालीका तीज नजीकिदै जादा नयाँ नयाँ तीजका गीतहरु सार्वजनिक भएका छन् । योसँगै लोक दोहोरी गायिका तथा मोडल रिया घलेको नयाँ तिज गीत ‘भएन उज्यालो शीर बरिलै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा गायिका स्वयं रिया घलेले स्वर दिएकी छन् । सार्वजनिक गीतमा महँगीले गरिबी आमजनताको दैनिकीमा नराम्ररी प्रभाव परेको कथालाई देखाइएको छ।
मौसम हिमालीको निर्देशन र नविन घर्तीको सम्पादन रहेको म्युजिक भिडियोमा रमा थपलिया,रिया घले र खेम नेपाली लगायतका कलाकारको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस:
काठमाडौँ — श्रावण १०, २०८०।
प्लस टू अध्ययनरत छात्राहरुमा केन्द्रित प्रतिभा, व्यक्तित्व, सौन्दर्य मापनको प्रतियोगिता मिस प्लस टू नेपाल २०२३ को फाइनल प्रतिस्पर्धामा आफ्ना १८ प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल प्रमाणित गर्दै शिक्षा राणाले प्रतियोगिताको शीर्ष उपाधि जित्न सफल भएकी छिन् । शिक्षाले मिस पर्सनालिटी र मिस स्टाइलिस विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाइन् । प्रतियोगितामा याङ्जी दावा लामाले फस्ट रनर विधामा आफूलाई उभ्याउन सफल भइन् भने उनी भ्युअर च्वाइसमा विजेता र पब्लिक च्वाइसमा फस्ट रनर अप चयन भइन् । यसैगरी कन्फिडेन्ट अवार्ड सहित विशाखा श्रेष्ठले सेकेन्ड रनर अप स्थान हासिल गरिन् ।
युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा झरना अधिकारी भ्युअर च्वाइस विधामा फस्ट रनर अप तथा प्रियाशा जोशी पब्लिक च्वाइस विधामा विजेताका रुपमा पुरस्कृत भएका थिए । प्रतियोगितामा कृष्टिना प्रजाले म्यानेज्मेन्ट च्वाइस, कृतिका गौतमले ट्यालेन्ट र फोटोजेनिक, समृद्धि जोशीले वेष्ट इन् इभिनिङ गाउन, सोनिमा घलानले वेष्ट वाक तथा ओसिन मालीले मिस कन्जिनियालिटीको अवार्ड जित्न सफल भएका थिए ।
संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितात्मक कार्यक्रममा चलचित्र निर्देशक एवं अभिनेता साहिल खान, इन्टरनेसनल नेपाली मोडल दिपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी संगीता रौनियार तथा नेपाल एयरहोस्टेस् एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायकको भूमिकामा रहेका थिए । मिस प्लस टू नेपालको यस अघिका संस्करणमा सुप्रिया हमाल, अहिलेकी चर्चित अभिनेत्री आँचल शर्मा र प्रवेशिका अधिकारीले विजेताको ताज पहिरिन सफल भएका थिए ।
काठमाडौ । गायक शिव परियारको स्वर, गीतकार सत्यकला लामाको लेखन र संगितकार सिडी विजया अधिकारीको संगितमा ‘कसरी भुल्नु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित तयार पारिएको उक्त गीत असार ३० गते युटयुवबाट प्रिमियर गरिएको हो । एएमएस इन्टरटेनमेण्टको व्यानरमा निर्माण भएको उक्त गीतको भिडियो आफनै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन । जसको छायाँकारमा नरेश अय्यर, सम्पादकमा लक्ष्मण चौहान र गीतको एरेन्जरमा उर्गेन दोङ, मास्टरिङ्ग तथा मिक्सरमा दिपेश प्रधान रहेका छन् ।
प्रेम वियोगको थिममा निर्मित कसरी भुल्नु तिमीलाई’ गीतको म्युजिक भिडियोमा नयन सिंह, याङि दोङ, कुमार कार्की र लिलम थापाको अभिनय रहेको छ ।
काठमाण्डौ – अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संकृती संरक्षणमा हाम्रो अभियान भन्ने मुल उद्देश्यका साथ अवार्ड संगै नगद राशि सहितको रिवार्ड आयोजना आयोजना गर्दै आईरहेको संस्था सामना म्युजीक क्रियसनले चौथौ संस्करणको राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) २०८० को लागी आवेदन खुल्ला गरेको आयोजक ले बताएको छ ।
नेपाली लोक गित आधुनिक, पप, राष्ट्रीय गित लगायतका २१ विद्यामा फारम भर्न सकिने आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिईन् । २०७८ चैत्र देखि २०७९ चैत्र मसान्तभित्र बजारमा आएका सिर्जनाहलाइृ समावेश गरिने आयोजकले बताएको छ ।नेपाली मौलिक लोक गित संगितको विकास र विस्तार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिइन् ।
आवेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियशन प्रा.लि.को कार्यालबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले वताएको छ ।
काठमाडौं- ¥याप गीतमा आधारित रियालिटी सो ‘¥याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो । हिपहप र ‘¥याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको निर्देशक आदित्यविक्रम अछामीले बताउनुभयो । ‘हामीले हिपहप र ‘¥याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शो को आयोजना गरेका छौं । पहिलो शो बाटै हामी धेरै उत्साहित भएका छौं’, निर्देशक अछामीले भन्नुभयो । अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुग्नुभएको छ । उहाँहरूमध्ये असार–
२ गते हुने अन्तिम प्रतिस्पर्धामा एकजना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतीले जानकारी गराउनुभयो । यो प्रतियोगिता नयाँ पुस्ताहरूमा लोकप्रिय रहेकाले आयोजक टोली उत्साहित हुँदै यस कार्यक्रमको सिजन–२ छिट्टै आउने ग्रीन मन्की फिल्मस् प्रा.लि.का सिइओ सुरेश कुसवारले बताउनुभयो दिनुभयो । यो कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ–नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका कृएटिभ हेड अबिरल विष्टको भनाइ थियो । कार्यक्रमका अर्का निर्माता विनोद पोख्रेलका अनुसार यो प्रतियोगितमा भोटिङको आधारमा विजेता घोषणा गरिने छ ।
प्रतियोगितको भोटिङ पार्टनरमा ओएसआर डिजिटल, टिकट पाटनरमा माइपे र फोटोग्राफी पाटनरमा फोटो फेशन स्टुडियो रहेका छन् । करिब चार महिना चलेको यो कार्यक्रमलाई बिबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टिभीमा नियमित प्रसारण हुँदै आएको छ । यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ । प्रतियोगितको निर्णयकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहनुभएको छ ।
काठमाडौँ — जेष्ठ २४, २०८०।
शनिबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ‘मिस्टर एन्ड मिस एसईई फेसनिस्टा २०२३’ को फाईनल प्रतिस्पर्धा सम्पन्न भएको छ। द राईजिङ क्रियसनको आयोजनामा सम्पन्न प्रतियोगिताको शिर्ष ताज समिन तामाङ (मिस्टरतर्फ) र डोल्मा तामाङ (मिसतर्फ) ले पहिरिएका छन् ।
अन्य प्रतियोगीहरुलाई पछि पार्दै समिन र डोल्माले प्रतियोगिताको शिर्ष उपाधि चुमेका छन् । विजेताद्वयले विभिन्न आकर्षक गिफ्ट ह्याम्परसँगै उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति लगायत विभिन्न मोडलिङ सम्वद्द क्षेत्रहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरहरु प्राप्त गरेका छन् ।
शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा बिबेक राई र अरिष्मा महर्जन फस्ट रनरअप, करिना गिरी सेकेन्ड रनरअप र कृतिका झा थर्ड रनरअप घोषित भए । सबै विजेताले विभिन्न विभिन्न गिफ्ट र उपहारसमेत हात परेका छन् । त्यस्तै कबिता घले अर्गनाईजर चोईस र पुजा तामाङ ब्राण्ड एम्बासडर घोषित भए ।
प्रनिमा दाहालले संचालन गरेको प्रतियोगिताको केरियोग्राफी आर्शु महर्जनले गरेका थिए । प्रतियोगिताको को-अर्डिनेटर उर्गेन घलान र मेन्टर सुमन घलान रहेका थिए।
एसईई दिएर बसेका छात्रछात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आफूले सोचेभन्दा उत्कृष्ट तवरले सम्पन्न भएको र अब लगत्तै 'टीन एजर' सम्वद्द अर्को प्रतियोगिता आयोजनाको तयारीमा रहेको आयोजक संस्थाका सिईओ सागर मगरले जनाए ।
काठमाडौँ — जेष्ठ २४, २०८०।
'मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२३' को शिर्ष उपाधि सज्ञान ओझा र आर्या गौतमले जितेका छन् । एभरेष्ट ईभेन्ट्सको आयोजनामा अवेर साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अत्यन्तै रोमान्चक प्रतिस्पर्धासंगै सम्पन्न 'मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२३' को फाइनल प्रतिस्पर्धामा आफ्ना अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सज्ञान र आर्याले बिजेताको ताज पहिरिए ।
प्रतियोगितामा लाजिमा लिम्बु र अनुज कटुवाल फर्स्ट रनर अप, खुबी श्रेष्ठ र टासि शेर्पा सेकेन्ड रनर अप तथा खुशी कार्की र अनिश खड्का थर्ड रनर अप छनौट भए । त्यस्तै एन्जेल शेर्पा फोर्थ रनर अप चयन भएकी थिइन् ।
रोजिन शाक्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको थियो। बिधागत तर्फ कृतिका प्रधान र रुस्तम रोक्का प्रतियोगिताको ब्राण्ड एम्बेसडर तथा सिफाली महर्जन र सृजल श्रेष्ठ अर्गनाइजर च्वाइस घोषित भएका थिए । ब्युटी विथ ब्रेनको अवार्ड शुवानी श्रेष्ठ हात पारिन् ।
रन्जु ठकुरी स्टेला प्रोफेसनलको ब्रान्ड एम्बेसेडर छनौट भइन् भने बेदान्त नरसिंह राणा र रिद्धिमा महर्जन आरुप्स डिजाइनका लागि ब्रान्ड एम्बेसडर नियुक्त भए । यसैगरी एन्जेल शेर्पा, रिद्धिमा श्रेष्ठ र सृजल श्रेष्ठले पपुलर विधाको अवार्ड जित्न सफल भए भने जेनी श्रेष्ठ र ओम थिङले भ्युअर च्वाइस विधाको अवार्ड हात पारे।
यस वर्षको एसएलसी परिक्षा दिएर बसेका परिक्षार्थीहरुबीच खाली रहेको समय मोडलिङ संगसगै उनीहरुको व्याक्तित्व बिकास, आत्मविश्वास अभिवृद्दि तथा उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने हेतुले 'मिस्टर एण्ड मिस एसईई सुपर मोडल' को आयोजना गरेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाका सिईओ कृष्ण श्रेष्ठले जनाए।
काठमाण्डौ– पिम नेपाल चलचित्र महोत्सव २०२२ को लागि आवेदन खुल्ला गरिएको छ । यहि असार १३ देखी १५ गते सम्म काठमाण्डौमा आयोजना हुन गईरहेको पाँचौ संस्करणको फिल्म फेष्टिवलका आवेदन खुला गरिएको आयोजक समितिले बताएका छन् । चलचित्र, बृत्तचित्र तथा लघुचलचित्र लगायतले विभिन्न विधामा आवेदन फारम भर्न सक्ने छन् । आवेदन दिने अन्तिम मिति २०८० को असार असार ७ गते सम्म रहेको आयोजक समितिको अध्यक्ष कमला जोशीले वताईन ।
नेपालमा बोलिने विभिन्न भाषामा बनेका चलचित्र, बृत्तचित्र र लघुचलचित्रले महोत्सवमा सहभागिता जनाउन पाउने भएका छन् । नेपाली चलचित्र, कला संस्कृति तथा पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धनको गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले यस महोत्सवको सुरुवात गरेको हो । हाल संस्थाले पाँचौ संस्करणको कार्यक्रमको आयोजना गर्न गईरहेको संस्थाका अध्यक्ष माधब राज खरेलले वताए ।
पिम नेपाल चलचित्र महोत्सवमा नेपाली चलचित्र एवं विभिन्न भाषाभाषीका चलचित्रहरुतर्फ निर्देशक, लेखक, नायक/ नायिकाको लगायतको प्रतिष्प्रधा हुनेछ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिष्प्रधा हुनेछ जसमा निर्देशक, लेखक ,स्वरांकन, छाँयांकार लगायतका रहनेछन् । त्यस्तै लघु चलचित्र तर्फ निर्देशक र नायक / नायिकाको प्रतिष्प्रधा हुने र विजेतालाई अवार्ड समेत प्रदान गरिने आयोजकले वताएको छ । कार्यक्रममा चलचित्र कलकार तथा श्रमिक संगठन, एरा प्रोडक्सन, राष्ट्रिय लोक सांस्कृतिक संघ, पावर न्यूज मासिक, नेशनल पावर न्यूज डट कम लगायतका विभिन्न संघ संस्थाहरुको संलग्नता रहने बताईएको छ ।