entertainment
||Power News Asia||

आजको समाचार

परिवर्तन नेपालद्वारा कृष्ण भट्टराई, शारदा गिरी र विश्वदीप घिमिरे पुरस्कृत हुने, आर्यन सिग्देलसहित अन्य व्यक्तित्वलाई पनि विशेष सम्मान

मनोरञ्जन


काठमाण्डौ– परिवर्तन नेपालको असार २३ गते काठमाडौंमा बसेको कार्यसमितिको बैठकले नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई परिवर्तन सम्मान, चेतन कार्की स्मृति पुरस्कार र दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले २०८२ सालको चेतन कार्की स्मृति पुरस्कार संचारकर्मी कृष्ण भट्टराईलाई अर्पण गर्ने निर्णय गरेको छ । यसैगरी कलाकार शारदा गिरी र निर्देशक, कलाकार विश्वदिप घिमिरेलाई २०८२ सालको दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । सचारकर्मी कृष्ण भट्टराईलाई चलचित्र क्षेत्रको विकास विस्तार र पेशाकर्मीको उत्थानका लागि विगत अढाई दशक भन्दा बढी समय देखि पत्रकारीतामा संलग्न रहि योगदान पुऱ्याए वापत चेतन कार्की स्मृति पुरस्कार प्रदानगर्न लागिएको हो । यो पुरस्कार २०७९ सालमा स्थापना गरिएको हो ।

बिगत चार दशक देखि नेपाली चलचित्र टेलि चलचित्रमा अभिनय गर्दै आएकी कलाकार शारदा गिरी र विगत अढाई दशक भन्दा बढी समय देखि नेपाली रंगमञ्च चलचित्र र टेलिचलचित्रमा निर्देशन तथा अभिनय गर्दै आएका विश्वदिप घिमिरेलाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार दिने निर्णय भएको हो ।  यो पुरस्कार २०७३ सालमा स्थापना गरिएको हो । दुवै पुरस्कारको राशी जनही रु.१५,००० (अक्षरुपी पन्ध्र हजार) रुपैया रहेको छ । बैठकमा पुरस्कार छनोट समितिका सदस्य बरिष्ठ सञ्चारकर्मी तथा गीतकार शान्तिप्रिय, डिजाईनर तथा गीतका सुन्दर श्रेष्ठ र परिवर्तन नेपालका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधव राज खरेलको उपस्थिती रहेको थियो ।

परिवर्तन नेपालले आफ्नो स्थापनाकाल वि.सं. २०५३ साल देखि विभिन्न स्रष्टा, सर्जक र परिवर्तन नेपालसँग आवद्ध चलचित्रकर्मीलाई परिवर्तन विशेष सम्मान प्रदान गर्दै आएको छ । सोही अनुरुप आफ्नो कला यात्राको प्रारम्भिक दिनमा परिवर्तन नेपालसंग आवद्ध रही आएका लोकप्रिय अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान अर्पण गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । यसैगरी चलचित्रमा छाँयाकारको रुपमा काम गर्दै प्राविधिकहरुको पेशागत हकहितका लागि प्रतिवद्ध भई काम गर्दै आएका छांयाकार वीरेन्द्र प्रसाद भट्ट र गीत संगीतको क्षेत्रमा पत्रकारीता मार्फत र गीत संगीत उत्थानका लागि अवार्डको आयोजना गरी काम गर्दै आएकी सञ्चारकर्मी तथा गीतकार सविता पोखरेललाई परिवर्तन विशेष सम्मान गर्ने निर्णय गरेको छ।

परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेका अनुसार यी सबै पुरस्कार तथा सम्मान आगामी श्रावणको तेस्रो सातामा आयोजना गरिने विशेष समारोह मार्फत प्रदान गरिनेछ।

 

डा.गिरीद्वारा लिखित ‘डङ्की’ उपन्यास सार्वजनिक

मनोरञ्जन


काठमाडौ - उपन्यासकार डा. चन्द्र गिरीद्वारा लिखित ‘डङ्की’ (सपनाको कालबाटो) उपन्यासको लोकार्पण गरिएको छ । गत हप्ता पर्यटन बोर्डमा आयोजित एक समारोहमा उक्त उपन्यासको लोकार्पण गरिएको हो । Book Hill बाट प्रकाशित सो  उपन्यास लेखक डा. चन्द्र गिरी, मदन पुरस्कार विजेता सुप्रसिद्ध साहित्यकार कृष्ण धराबासी, अनलाइन खबरका प्रधान सम्पादक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी ‘पथिक’ ले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

डङ्की’ अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने एक नेपाली युवकको  कथा हो । तथापि यो सुन्दर भविष्यको सपना बोकेर जोखिमपूर्ण अवैध बाटो हुँदै संसारभरबाट अमेरिका प्रवेशको प्रयास गर्ने र प्रवेश गर्न सफल हुने लाखौँ आप्रवासीहरुको प्रतिनिधिमूलक साझा कथा पनि हो । उपन्यासमा अनधिकृत रुपमा अमेरिका प्रवेश पछिको सङ्घर्षको कथालाई पनि रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । यथार्थपरक कथामा आधारित यो उपन्यासले अवैध बाटो (डङ्की रुट) को यात्रा कति खर्चालु र डरलाग्दो छ भन्ने कुरा छर्लङ्ग पारेको छ ।

समारोहमा वरिष्ठ साहित्यकार धरावासीले यस्तै कथावस्तुमा केही वर्ष अघि आफूले ‘तल्लोबाटो’ नामक उपन्यास लेखेको स्मरण गर्दै ‘डङ्की’ अझ उत्कृष्ट र आधिकारिक भएको धारणा राखेका थिए  । उनले भने-‘मैले त तल्लो बाटोबाट अमेरिका प्रवेश गरेका केही युवाहरुसँगको कुराकानीको आधारमा लेखेको थिएँ, तर डा. गिरी पुस्तकमा लेखिएका अधिकांश ठाउँमा पुग्नुभएको रहेछ, र तल्लोबाटोको यात्रा कति कठिन र जोखिम्पूर्ण छ स्वयंले अनुभव गर्नुभएको रैछ । पढ्न थालेपछि छाड्न मनै लागेन, मैले एकै बसाईमा पढें  ।’

समारोहका अर्का वक्ता वसन्त बस्नेतले अमेरिका जस्तो विशाल र समृद्ध मुलुकमा डा. गिरीले आर्जन गर्नुभएको प्रतिष्ठाप्रति सम्पूर्ण नेपालीले गर्व गर्नुपर्ने धारणा राख्दै भने- ‘उपन्यास पढ्दै जाँदा लेखकलाई बिर्सिएँ, पात्र सँगसँगै यात्रा गरिरहे झैं अनुभूत भयो ।’ वक्ता बिना थिङले पनि उपन्यासको प्रशंसा गर्दै  यसले हाम्रो समाजलाई धेरै प्रकारका प्रश्नहरु तेर्स्याएको धारणा राखेकी थिईन् । ‘खान लाउन पुगिराखेको, जिन्दगी सामान्य रुपमा चलिराखेको मान्छेले पनि अमेरिकाको सपना किन देख्छ ?’ थिङले भनिन् । उनले उपन्यासले युवाहरुमा देखिएको सामाजिक बाध्यता  र मानसिक द्वन्द्वको स्थितिलाई प्रकाश पारेको धारणा राखेकी थिईन्।

यस उपन्यासका लेखक डा. चन्द्र गिरीको जन्म खोटाङ जिल्लाको चिमचिमामा भएको हो । वातावरण क्षेत्रका विश्वप्रसिद्ध अमेरिकी वैज्ञानिक डा. गिरी मेन्ग्रोभ नक्साङ्कन तथा अनुगमनका अगुवाका रुपमा परिचित छन् । यसअघि ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) गरी नेपाली भाषाका दुई पुस्तक, ‘मैले नदेखेको सपना’ कै अङ्ग्रेजी अनुवादको पुस्तक Unimagined Dream : A journey from the foothills of Mount Everest to the world stage र डेढ दर्जन जति गीत प्रकाशित गरिसकेका डा. गिरी युएस इन्भारोन्मेन्ट प्रोटेक्सन एजेन्सीमा वरिष्ठ सल्लाहकारका रुपमा कार्यरत छन् । उनी ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रुपमा पनि आवद्ध छन् ।

नेपालको सरकारी सेवाबाट आफ्नो पेसागत यात्रा सुरु गरेका उनले थाइल्याण्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप), कोलम्बिया युनिभर्सिटी, नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी तथा युनाइटेड स्टेट्स जिओलोजिकल सर्भे (युएसजीएस) जस्ता अन्तर्राष्ट्रिय प्रतिष्ठानमा कार्य गरिसकेका छन् ।

उनले नेपालबाट बीएस्सी (साइन्स र फरेष्ट्री) तथा थाइल्याण्डबाट रिमोट सेन्सिङ र जिआइएसमा स्नातकोत्तर र विद्यावारिधि गरेका छन् । दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका उनले विश्वका १२६ भन्दा बढी देशको भ्रमण गरेका छन् । दर्जनौं राष्ट्रका राजनेता, वैज्ञानिक तथा नीति निर्माताहरुसँग सहकार्य गरेका उनले विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्रपत्रिका र अनलाइनहरु मार्फत १२५ भन्दा बढी अनुसन्धानात्मक एवं समसामयिक विषयका लेख-रचना प्रकाशित गरेका छन् । ‘डङ्की’ डा. चन्द्र गिरीको पहिलो उपन्यास हो । कार्यक्रम Book Hill का प्रमुख भूपेन्द्र खड्काले सञ्चालन गरेका थिए ।

राष्ट्रिय प्रतियोगितामा ‘बाछिटा’को ऐतिहासिक सफलता

मनोरञ्जन


काठमाडौं- नेपाली लघु चलचित्र क्षेत्रका लागि गौरवको विषय बनेको छ। निर्देशक कमल एक्चै मगर निर्देशित लघु चलचित्र ‘बाछिटा’ ले चलचित्र विकास बोर्डद्वारा आयोजित ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ मा प्रथम पुरस्कार जित्दै राष्ट्रिय स्तरमा उत्कृष्ट लघु चलचित्रको उपाधि हात पारेको छ।

देशभरबाट सहभागी भएका उत्कृष्ट लघु चलचित्रबीच भएको कडा प्रतिस्पर्धामा ‘बाछिटा’ले आफ्नो मौलिक कथा, कलात्मक प्रस्तुति, सामाजिक सन्देश र सशक्त निर्देशनका आधारमा निर्णायक मण्डलको उच्च मूल्यांकन प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो। यस सफलताले नेपाली लघु चलचित्रको गुणस्तर र सिर्जनात्मक क्षमतालाई नयाँ उचाइमा पुर्‍याएको चलचित्रकर्मीहरूको विश्वास छ।

पुरस्कार घोषणा भएपछि निर्देशक कमल एक्चै मगरले यस उपलब्धिलाई सम्पूर्ण निर्माण टोलीको सामूहिक मेहनत, समर्पण र विश्वासको प्रतिफल भएको बताएका छन्। उनले चलचित्र विकास बोर्ड, निर्णायक मण्डल, कलाकार, प्राविधिक टोली तथा चलचित्रलाई साथ र माया गर्ने सम्पूर्ण दर्शकप्रति हार्दिक आभार व्यक्त गरे।

‘बाछिटा’ले यसअघि भारतमा सम्पन्न ७औँ सिलिगुडी इन्टरनेशनल शर्ट फिल्म फेस्टिभलमा दोस्रो स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमै आफ्नो क्षमता प्रमाणित गरिसकेको थियो। त्यति मात्र होइन, चलचित्र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सवहरूमा आधिकारिक छनोट भई प्रशंसा र सम्मान प्राप्त गरिसकेको छ।

चलचित्र निर्माण पक्षका अनुसार ‘बाछिटा’को यो उपलब्धिले नेपाली लघु चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा थप परिचित गराउने विश्वास लिइएको छ। साथै, सिर्जनशील युवा निर्देशक र नयाँ पुस्ताका चलचित्रकर्मीहरूका लागि यो सफलता प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ।

चलचित्र विकास बोर्डद्वारा आयोजना हुँदै आएको ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता’ नेपाली चलचित्र उद्योगमा गुणस्तरीय वृत्तचित्र तथा लघु चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने महत्वपूर्ण राष्ट्रिय मञ्चका रूपमा स्थापित छ। यस वर्षको प्रतियोगितामा ‘बाछिटा’ले हासिल गरेको प्रथम स्थानलाई नेपाली लघु चलचित्र इतिहासको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

छैटौं हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट मनोनयन सार्वजनिक

मनोरञ्जन


काठमाडौं- विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणका लागि विभिन्न विधाका उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ। ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यस संस्करणका लागि प्राप्त आवेदनमध्ये विभिन्न गीत–संगीत विधाका उत्कृष्ट मनोनयन घोषणा गरिएको हो।

अवार्ड संयोजक गीता अधिकारीका अनुसार छैटौं संस्करणको अवार्ड समारोह आगामी साउन ३ गते (१९ जुलाई) भारतको सिक्किमस्थित याङयाङमा विशेष समारोहबीच सम्पन्न हुनेछ। यस वर्ष आधुनिक, पप, लोकपप, लोकदोहोरी लगायतका विविध विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ।

अवार्डका अध्यक्ष गणेश सुवेदीले नेपाली गीत–संगीतमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याएका विशिष्ट साधकलाई दीर्घ साधना सम्मान, संगीत क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई विशेष सम्मान तथा कला पत्रकारितामा सक्रिय पत्रकारलाई पनि सम्मान गरिने जानकारी दिनुभयो। उहाँका अनुसार दीर्घ साधना सम्मान र अन्य विशेष सम्मानको घोषणा केही दिनमै गरिनेछ। साथै बालप्रतिभालाई राइजिङ स्टार अवार्ड समेत प्रदान गरिनेछ।

यसअघि हिमालयन अन्तर्राष्ट्रिय अवार्डबाट वरिष्ठ संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, वरिष्ठ गायिका तथा सङ्कलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा तथा वरिष्ठ गायक खड्ग गर्बुजा दीर्घ साधना सम्मानबाट सम्मानित भइसकेका छन्।

यस वर्ष सार्वजनिक गरिएको उत्कृष्ट मनोनयनअन्तर्गत आधुनिक गीतकार, संगीतकार, गायक–गायिका, मोडल, निर्देशक, छायाकार, सम्पादक, कोरियोग्राफर, लोकपप, लोकदोहोरी, भाषाभाषी तथा श्रृंगारसहित विभिन्न विधामा प्रतिस्पर्धीहरूको मनोनयन सार्वजनिक गरिएको छ।

छैटौं हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२६ का उत्कृष्ट मनोनयनहरू:


उत्कृष्ट गीतकार (आधुनिक)
प्रकाश सुवेदी - नआइदे याद
डिपी खनाल - बुझे हुन्छ कुरा
एसके बम्जन - जहाँ जहाँ तिमी
डाक्टर बिलोल पोखरेल - चिरा चिरा भो
नारायण नेपाल - वरको छायाँले
वावुराम श्रेष्ठ - खोज्दानी आफूलाई भेटाउन सकिन

उत्कृष्ट सङ्गीतकार (आधुनिक)
कमल अधिकारी - त्यो मिठो पल
राजकुमार बगर - तिम्रो साथमा
दीपक शर्मा - परेली परेली
हरि लम्साल - जेल पनि सहुला-२
सिडी विजय अधिकारी - चाहेर हुँदैन माया

उत्कृष्ट गायक (आधुनिक)
रोशन टमट्टा - मेरो मुटु जल्यो
सुरज श्रेष्ठ - माया प्यारो भो
झलक विवश - जमाना खराब छ
सुरेश लामा - त्यो मिठो पल
सौगातजंग थापा - मायाजाल मोहनी

उत्कृष्ट आधुनिक गीत गायिका
निता आचार्य - ताते ताते गर्दै
समिक्षा अधिकारी - चाहेर हुँदैन माया
सारिका घिमिरे - गुन भुल्यौ
पवित्रा गुरुङ - फाटेको मन
बविता भट्टराई - बन्द गर्‍यौ तिमीले

उत्कृष्ट नव मोडल
कुन्दन गुप्ता - वनमारा
मोहित वि.क. - कसम तिम्रो कसम
अपेक्षा सिं – मुइयालाई देखेसी
आरती बुढा - काठमाडौं वस्याकी
गीता पन्थी - मिठा मिठा मनका कुरा

उत्कृष्ट मोडल महिला (आधुनिक)
सुनिसा बजगाईं - मेरो करिम
सृष्टि खड्का - परदेश
झरना रिसाल - छेउमा न आउ कान्छि तिमी
कविता न्यौपने - चाहेर हुँदैन माया
पूजा ठाकुर - जानु त पर्छ एक दिन

उत्कृष्ट मोडल (पुरुष)
विनोद श्रेष्ठ - शोकाकुल
सञ्जित भण्डरी - खडकाजीकी छोरी
राजन आले - मलाई नरुवाउ
वीरेन्द्र नौभाग्ये - कास्की तिरै घर छ
मुकेश गुरुङ - परान

उत्कृष्ट मोडल लोक/पप (महिला)
अस्मिता जुरली - जुन छेउमा के हो र तारा
उषा सुवेदी - म त तिम्रो होइन मायालु
रिना थापा मगर - जाले रुमाल
गीता ढुंगाना - एकै वित्ताको दुरी
अस्मिता पुरी - साइलो रन भूलमा छ

उत्कृष्ट युगल गायन
निशान भट्टराई/एलिना चौहान - जुनै झार्छु
षडस सम्वाहाम्फे/रचना रिमाल - सिन्की अचार
अञ्जु पन्त/शिव शंगम राई - एक्लो परानी
रन्जन राई/अनु चौधरी - तिमी मेरो प्राण हौ
तारावीर पाण्डे/मिलन नेवा - कस्तो फेशन

उत्कृष्ट सङ्गीतकार (लोकपप)
शंकर थापा स्माइल - वुझे हुन्छ कुरा
राजेन्द्र बजगाईं - खड्काजीकी छोरी
भीम विसी - पाउजुको छम छम
उमेश मुस्कान - यति ठूलो संसारमै
सुरेश राना - माया गर्ने जोडी

उत्कृष्ट लोकपप गायन (पुरुष)
छविन गुरुङ - मेरो प्यारो सिक्किम
प्रकाशजंग कार्की - हेर्दा हेर्दै
वादल थापा - माया गर्ने जोडी
योगश काजी - गागरी
मुकेश कटुवाल - थाह छ मलाई

लोकपप गायन (महिला)
मञ्जु लावती - लेकैमा फूलने लालि गुरास
सज्जा चौलागाईं - खडकाजीकी छोरी
रेशमा पुन - मायाका गीत
रोजिना वस्नेत - माया गर्ने जोडी
एलिना चौहान - दोषी हैन

उत्कृष्ट छायाकार
अजय रेग्मी - नआइदे याद
रुपेश थापा - नाच भाइ नाच
दीपक गिरी - चाहेर हुँदैन माया
महेश महरा - सम्झिन्छु तिमीलाई पनि
उत्सव दाहाल - तिमी मेरो प्राण हौ

उत्कृष्ट निर्देशक
जनक सिं - चाहेर हुँदैन माया
पूजा ठकुरी - मेरो कोही छ
प्रविण थापा - म त तिम्रो हैन मायालु
महेश्वर सम्वाहाम्फे - जुनै झार्छ
कृष्ण रुपाखेती - ह्दयकी रानी

उत्कृष्ट सम्पादक
अमृत चापागाईं - परदेश
विनोद बम - मायालुको सिउदो
मनोज कार्की - माया मोह
विकाश दाहाल - ऐना जस्तो हिमाल हेर्दा
कल्पेश विश्वकर्मा - पहिलो हाँसो पहिलो बोल

उत्कृष्ट कोरियोग्राफर
पुनम श्रेष्ठ - राधिका
पवित्रा आचार्य - कम्मर झुकेझुला
सियोन श्रेष्ठ - सिक्का नोटैमा
रोशन वि.क. - नाच नाच भाइ
सन्दीप भुजेल - लालुपाते फूल टिपेर

उत्कृष्ट भाषाभाषी
सुनिल नेपाली - देउडा (गायन) पिरिमका खेल
ईश्वर मगिया - नेवारी (गायन) छ तिसे नितोपना
सेरु बराइली - पूर्वेली (रचना) उडी जाने शास
मञ्जु थापा - पूर्वेली (गायन) लेकैमा फुल्ने लालीमा
प्रमोद डिजी - देउडा (गायन) रुप्स्या पातली

उत्कृष्ट लोकदोहोरी गायक/गायिका
इव्सल सन्ज्याल - इति माया
जानुका तामाङ - आँखा लाएको
मिठाराम खत्री - ललितपुरे दाइ
करुणा राई - परदेशीको दुखी जीवन
सुरज केसी - गलवन्दीको छेउ
विनोद दनुवार - उडीमा जाने सास

उत्कृष्ट श्रृंगार
अमृत मरहाट्ठा - जहाँ जहाँ तिमी
सुभाष तिमिलसिना - जोवन सुइकेला
विक्रम गौतम - ए माया
नन्दा अधिकारी - सिन्की अचार
सरिता मगर - भेटन आउ है साझैमा

१३ औं म्युजिक खबर म्युजिक अवार्ड  भब्य रुपमा सम्पन्न

मनोरञ्जन


काठमाडौं-अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने नारासहित विगत १३ वर्षदेखि आयोजना हुँदै आएको ‘१३औँ म्यूजिक खबर म्यूजिक अवार्ड–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंको बालुवाटारमा आयोजित समारोहमा उत्कृष्ट पाँच मनोनितमध्येबाट सर्वोत्कृष्ट छनोट गर्दै गीत–संगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिएको थियो।

सांगीतिक रौनकताबीच सम्पन्न कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहेका थिए। म्यूजिक खबरको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व अवार्डका सल्लाहकार राधेश्याम लेकालीले गरेका थिए।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पूर्वमन्त्री तथा वरिष्ठ कवि–गीतकार एसपी कोइराला, वरिष्ठ लेखक–निर्देशक मोहन निरौला, प्रकाश सायमी, वरिष्ठ संगीतकार शक्तिबल्लभ, सम्मानित गीतकार चूडामणि देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ गायक दुर्गा रायमाझीलगायत चलचित्र तथा गीत–संगीत क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समारोहमा नेपाली गीत–संगीतको विकासमा दीर्घकालीन योगदान पुर्‍याएका मूर्धन्य संगीतकार संगीतरत्न शम्भूजीत बासकोटालाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान–२०८२’ प्रदान गरिएको थियो। प्रमुख अतिथि परमानन्द झाले उहाँलाई दोसल्ला ओढाई सम्मानपत्र तथा आयोजकका तर्फबाट नगद रु. ५१ हजार सहित सम्मान अर्पण गरेका थिए। संगीतकार बासकोटाको सम्मानमा गायिका टीका प्रसाईंले विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन्।

त्यसैगरी प्रतिष्ठित गीतकार उन्नती शीला बोहरालाई ३५ वर्षभन्दा लामो समयदेखि गीत–संगीत तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘म्यूजिक खबर शब्द शीला विशिष्ट सम्मान’ प्रदान गरियो।

वरिष्ठ गीतकार विजय शिवाकोटीलाई नेपाली सांगीतिक क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि पुर्‍याएको अतुलनीय योगदानको सम्मानस्वरूप ‘म्यूजिक खबर रजत संगीत सम्मान’ प्रदान गरियो।

हरेक वर्ष प्रदान गरिँदै आएको ‘म्यूजिक खबर दशक संगीत सम्मान’ यस वर्ष लोकप्रिय गायक शिव परियार र गायिका कालिका रोका मगरलाई प्रदान गरिएको थियो। त्यस्तै गीतकारद्वय पुरुषोत्तम सानुसुशीला पौडेललाई ‘म्यूजिक खबर युवा संगीत सम्मान’, अमेरिकामा बसेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याउँदै आएकी पुष्पा खनाललाई ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’ प्रदान गरियो।

यसैगरी पत्रकारद्वय कुवेर गिरीगोपीकृष्ण चापागाईंलाई जनही रु. ५,५५५ राशिसहित ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान’ प्रदान गरियो। प्रतिभाशाली बालकलाकार युनिश घिमिरेलाई ‘म्यूजिक खबर बालप्रतिभा सम्मान’, प्रवासमा रहेर पनि नेपाली गीत–संगीतमा योगदान पुर्‍याएकी गायिका नीता आचार्यलाई ‘डायस्पोरा गायन सम्मान’, संगीत क्षेत्रमा योगदान दिएका डा. रणजित झालाई ‘म्यूजिक खबर संगीतकर्मी सम्मान’ तथा पत्रकारिताका माध्यमबाट प्राविधिक योगदान पुर्‍याएका उदयराज शर्मालाई ‘म्यूजिक खबर सञ्चारकर्मी सम्मान’ प्रदान गरिएको थियो।

अवार्डको निर्णायक मण्डलमा लोकप्रिय गीतकार लोकराज अधिकारीको संयोजकत्वमा वरिष्ठ गीतकार–संगीतकार कस्तुप पन्त र लोकप्रिय गायिका देवी घर्ती रहेका थिए।

यस वर्षको अवार्डमा सुगम संगीततर्फ ‘हृदयमा’ गीतबाट प्रविन बेडवाल सर्वोत्कृष्ट गायक तथा ‘गुन भुल्यौ’ गीतबाट सारिका घिमिरे सर्वोत्कृष्ट गायिका घोषित भए। ‘मुस्कान छैन आज’ गीतबाट डम्बर याक्सो सर्वोत्कृष्ट गीतकार तथा ‘मेरा सुरहरू’ गीतबाट शंकर थापा (स्माइल) सर्वोत्कृष्ट संगीतकार घोषित भए।

‘दुखें धेरै दुख्न पुग्यो’ गीतबाट सरला श्रेष्ठ उत्कृष्ट महिला गीतकार तथा ‘तेजस्वी अप्सरा’ गीतबाट मनोज खड्का उत्कृष्ट डायस्पोरा गीतकार घोषित भए। ‘रात किन हुन्छ हजुर’ गीतबाट नरेन्द्र वियोगीले उत्कृष्ट संगीत संयोजनको अवार्ड प्राप्त गरे।

म्युजिक भिडियोतर्फ ‘तिमी आँखा म नानी’बाट झरना रिसाल उत्कृष्ट महिला मोडल तथा ‘मेरो जिन्दगीको’ गीतबाट सुरेश कोह्ली उत्कृष्ट पुरुष मोडल घोषित भए। ‘नमस्ते ढोगदियाँ’बाट अजय रेग्मी उत्कृष्ट छायाँकार, ‘भागौँला त्रिशूली तरेर’बाट पदम सुवेदी उत्कृष्ट सम्पादक, ‘आगो लाइदिन्छु’बाट राहुल शाह उत्कृष्ट निर्देशक तथा ‘ओइ नक्कले’बाट नरेश बीबीसी उत्कृष्ट ध्वनि सम्पादक घोषित भए।

युगल गायनतर्फ ‘हो नि हो’ गीतबाट कर्णराज गिरीकमला रेग्मी विजेता बने। ‘हाम्रो देश’ गीतबाट सुरेन्द्र खड्का उत्कृष्ट राष्ट्रिय भावको गीत, ‘बादलपारि’बाट धनवीर थापा मगर उत्कृष्ट पप गीतकार, ‘ओइ नक्कले’बाट अर्जुन पोखरेल उत्कृष्ट पप संगीतकार, ‘प्रिय जिन्दगी’बाट रविन श्रेष्ठ उत्कृष्ट पप गायक तथा ‘इतिहास’बाट आश्रा कुँवर उत्कृष्ट पप गायिका घोषित भए।

चलचित्रतर्फ ‘लाज शरणम्’को ‘च्यातिएको चोली’ गीतबाट सुरज पण्डित तथा ‘ऊनको स्वीटर’को ‘फकाउँछ काफ्ले’ गीतबाट झुमा लिम्बु सर्वोत्कृष्ट पार्श्वगायक–गायिका घोषित भए। चलचित्र **‘एन्जिला’**को ‘रात किन हुन्छ हजुर’बाट थानेश्वर गौतम सर्वोत्कृष्ट चलचित्र संगीतकार तथा **‘ऊनको स्वीटर’**को ‘फकाउँछ काफ्ले’बाट युवराज काफ्ले सर्वोत्कृष्ट चलचित्र गीतकार घोषित भए।

लोकदोहोरीतर्फ ‘दुःख साटम्ला’बाट अर्जुन सापकोटा सर्वोत्कृष्ट गायक, ‘नौली हदेली’बाट लक्ष्मी आचार्य सर्वोत्कृष्ट गायिका, ‘जाम भो हिँड रेलैमा सलल’बाट नवीन परियार उत्कृष्ट भाका, ‘सरर’बाट प्रसाद लामिछाने उत्कृष्ट शब्द, ‘करिमैले’बाट पल शाहनारायणी खत्री उत्कृष्ट म्युजिक भिडियो मोडल तथा ‘तिम्रै माया लाउँछ नि’बाट दीप गुरुङ उत्कृष्ट निर्देशक घोषित भए।

लोकदोहोरी नवप्रतिभातर्फ ‘देखाउनलाई होइन नि माया’बाट रेखा पोख्रेल, ‘तिम्रो मनमा कुन छ’बाट मनोहर शर्मा तथा ‘गुल्मी चन्द्रकोट’ गीतबाट सुशीला गौतम उत्कृष्ट कल्चरल गायिका घोषित भइन्।

त्यसैगरी जुरी अवार्डतर्फ कल्याण श्रेष्ठ (यादहरू दुखिरहन्छ), राष्ट्रिय भाव गीततर्फ पारसमणि बराल (राजनीति भनेको त), क्रिटिक्स अवार्ड पप गायनतर्फ सुनिल उप्रेती (सागरझैँ गहिरो), आधुनिक गीतकारतर्फ केशव भट्टराई (धमिलियो आकाश आज), गायकतर्फ छिरिङ भुटिया (पहाडी बाटो) तथा संगीतकारतर्फ बीबी अनुरागी (फूलको आफ्नै कथा छ) सम्मानित भए।

चर्चित उद्घोषकद्वय मञ्जु पौडेलनिराजन भण्डारीले सञ्चालन गरेको समारोहमा पल शाह, नारायणी खत्री, टीका प्रसाईं, देवान खनाल, धीरज राई, युनिश घिमिरेलगायत कलाकारहरूले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए।

म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणमा बासकोटालाई दीर्घसाधना सम्मान

मनोरञ्जन


काठमाडौं - म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणमा वरिष्ठ संगीतकार तथा संगीतरत्न शम्भुजित बासकोटालाई ‘म्युजिक खबर दीर्घसाधना सम्मान–२०८२’ प्रदान गरिने भएको छ। आगामी असार १४ गते आयोजना हुने विशेष समारोहमा उहाँलाई नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान अर्पण गरिने आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक सविता पोखरेलका अनुसार यस वर्ष गीतकार उन्नति बोहरा शीलालाई ‘शब्द शीला विशिष्ट सम्मान’, गीतकार विजय शिवाकोटीलाई ‘रजत संगीत सम्मान’, तथा गायक शिव परियार र गायिका कालिका रोकालाई ‘दशकको संगीत सम्मान’ प्रदान गरिनेछ।

यसैगरी गीतकार सुशीला पौडेल र पुरुषोत्तम सानु, पत्रकार कुवेर गिरी र गोपिकृष्ण चापागाईं, गीतकार पुष्पा खनाल, बालकलाकार युनिश घिमिरे, संगीतकर्मी डा. रणजित झा तथा सञ्चारकर्मी उदयराज शर्मालाई पनि विभिन्न विधामा सम्मान गरिने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार नेपाली गीतसंगीत, साहित्य, पत्रकारिता तथा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूको योगदानको उच्च कदर गर्दै सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको हो। म्युजिक खबर म्युजिक अवार्डले विगतदेखि नै नेपाली कला, संगीत र सञ्चार क्षेत्रका स्रष्टा तथा साधकहरूको सम्मान गर्दै आएको छ।

दोलखाको प्राकृतिक सौन्दर्य र पारिवारिक कथामा आधारित ‘दोलखा सिङ्गटी’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं- दोलखा जिल्लाको प्राकृतिक सौन्दर्य, बालसखा तथा पारिवारिक संघर्षलाई चित्रण गरिएको ‘दोलखा सिङ्गटी’ बोलको गीत सार्वजनिक भएको छ। गीत दोलखा फिल्मस् युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा गायक अमृत भारतीको शब्द, अभिनेता दिनेश केसीको स्वर तथा रामकुमार नेपालीको संगीत र संगीत संयोजन रहेको छ। ‘नलेउ छट्पटी, घुम्नलाई लैजान्छु दोलखा सिङ्गटी’ बोलले दोलखाको स्थानीय परिवेश, प्रेम र आत्मीय सम्बन्धलाई प्रस्तुत गरेको छ।

अभिनेता दिनेश केसी पछिल्लो समय अभिनयसँगै गायन क्षेत्रमा पनि सक्रिय देखिन थालेका छन्। यसअघि उनले दोलखा जिल्लाका महत्वपूर्ण स्थानहरू समेटेर जिल्लाको परिचयात्मक गीत सार्वजनिक गरेका थिए।

केसीले नेपालभित्र रहेका अधिकांश देवस्थलहरूको वर्णन समेटिएको सन्देशमूलक तथा महत्वपूर्ण गीत पनि दर्शक–श्रोतामाझ ल्याउने तयारी गरिरहेको बताएका छन्।

सार्वजनिक गीतको भिडियोमा जनकबहादुर खत्री, मिनकुमारी खत्री र दिनेश केसीको अभिनय रहेको छ। भिडियोको निर्देशन लिगेश भट्टराईले गरेका हुन्।

निम अवार्ड २०२६ भब्य रुपमा सम्पन्न

मनोरञ्जन


काठमाडौं– पावर ईन्टरनेशन मिडिया नेपाल (पिम नेपाल) को आयोजना एवम् ईरा प्रोडक्सनको ब्यवस्थापनमा गत जेष्ठ ३१ गते राजधानी, काठमाडौंमा आयोजित एक समारोहको विच नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ भब्य रुपमा सम्पन्न भएको छ । उक्त समारोहमा नेपाली चलचित्र तथा गीत संगीतको क्षेत्रमा उल्लेखनिय योगदान दिएका कलाकार, सर्जक तथा श्रष्टाहरुलाई अवार्ड, सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । नेपाली कलाकारिता क्षेत्र तथा समाजिक क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति एवम् विशिष्ठ चलचित्र निर्देशक तथा पिम नेपालका सल्लाहकार मोहन निरौलाको सभापतित्व र चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डि.सी. को प्रमुख आतिथ्यतामा उक्त कायक्रम सम्पन्न भएको थियो । समारोहमा दिग्गज गायिका देविका बन्दना ‘रजत साधना सम्मान २०८२’ बाट सम्मानित भएकी छन् । नेपाली गायन क्षेत्रमा लामो समयदेखि क्रियाशिल गायिका बन्दना उक्त सम्मानद्धारा सम्मानित भएकी हुन् ।

कार्यक्रममा बरिष्ठ अभिनेत्रीत्रय बसुन्धरा भुषाल, भुवन चन्द, चैतदेवी, चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, दिग्गज कलाकार मोहन निरौला लगायतले बन्दनालाई फूलमाला, खादा र सम्मान पत्रले सम्मान गरे । सो समारोहमा बरिष्ठ गीतकार सुरेश घिमिरे ‘बिशिष्ट गीतकार सम्मान २०८२’, शिखर जंगम श्रेष्ठ ‘संगीत पत्रकारिता पुरस्कार २०८२’, कृष्णदेव रुपाखेती निर्देशक ‘दिग्दर्शन साधाना सम्मान २०८२’, महेश राज थापा ‘सामाजिक ब्यक्तित्व सम्मान २०८२’, विनोद देवकोटा ‘पत्रकारिता सम्मान २०८२’, छायांकार सालिकराम दुलाल ‘कला सम्मान २०८२’, दिपा थापा ‘पिम नेपाल शिक्षा सम्मान २०८२’, सचिन भट्टराई ‘युवा कलाकारिता सम्मान २०८२’, रणजित कुमार झा ‘पिम नेपाल संगीतकर्मी सम्मान २०८२’, सुनिता कुबँर ‘पिम नेपाल कला सम्मान २०८२’ बाट सम्मानित भएका थिए ।

माधवराज खरेल अध्यक्ष, कमला जोशी संयोजक रहेको कार्यक्रमको निर्देशक सनम कठायत थिए । अवार्डको जुरी सदस्यमा सन्तोष श्रेष्ठ, जुगल डंगोल, विजयरत्न तुलाधर, साहस शाक्य, प्रकाश मिश्र, रमेश दाहाल आशा भुसाल थिए ।

विविध भाषाका गीतसंगीतलाई एउटै मञ्चमा सम्मान गर्ने उद्देश्यसहित आयोजना भएको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६’ मा नेपाली भाषाका साथमा नेपालमा बोलिने भोजपुरी/मैथली, नेपाल भाषा, तामाङ, थारु, डेउडा लगायतका विविध भाषा तथा भाकाका गीत तथा भिडियोहरुलाई विभिन्न ३० विधासहित पपुलर, जुरी र ईनकरेजमेन्ट अवार्ड प्रदान गरिएकोे थियो ।

निम अवार्ड २०२६ का विजेताहरुः
सर्वोत्कृष्ट राष्ट्रिय भाव
पुरण क्षेत्रीः धर्तीको छानो
सर्वोत्कृष्ट गजल
डि.पी. खनालः बेकार
सर्वोत्कृष्ट पप गायन
अनन्त अजयः अनन्त दर्पण
सर्वोत्कृष्ट गीतकार पुरुष (सुगम संगीत)
डा. रुद्रनाथ अधिकारीः आमा
सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)
गीता अधिकारीः माटोको सुगन्ध
सर्वोत्कृष्ट संगीतकार (सुगम संगीत)
शंकर थापा“स्माईल”ः बेहाल
सर्वोत्कृष्ट गायक (सुगम संगीत)
ईन्द्र आरपिः गारो लाउन
सर्वोत्कृष्ट गायिका (सुगम संगीत)
बबिता मानन्धरः कलियुगकि राधा
सर्वोत्कृष्ट नवप्रतिभा गायन
विपना शाक्यः तिम्रो याद 
सर्वोत्कृष्ट लोक दोहोरी शब्द
प्राजन बस्नेत ः परदेश
सर्वोत्कृष्ट लोक दोहोरी लय
ऋषि खड्काः परदेशी हुन मन छैन
सर्वोत्कृष्ट लोक दोहोरी गायक
सञ्जय थापा मगरः गलबन्दी र पच्छेउरी
सर्वोत्कृष्ट लोक दोहोरी गायिका
देवी घर्तीः खोली सलल 
सर्वोत्कृष्ट युगल गायन
शर्मिला वर्देवा÷डेभिड शंकरः कश्मिेर गाम्चा
सर्वोत्कृष्ट मौलिक/भाषाभाषि गीत
निर्मला घिसिङः जानमाया (तमाङ)
सर्वोत्कृष्ट डायस्पोरा (सर्जक/स्रष्टा) संगीतकार
जीवन शर्माः माटोको सुगन्ध
सर्वोत्कृष्ट डायस्पोरा (सर्जक/स्रष्टा) गीतकार
सक्रिय श्रेष्ठः गारो लाउन
सर्वोत्कृष्ट डेउडा भाका गीत
महादेव भट्टः मेरी पुट्क्यौली
सर्वोत्कृष्ट नेपाल भाषा गीतकार
मचाकाजी महर्जनः वनेनु रे
सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार
गुजय मालाकारः झिगु नगदे
सर्वोत्कृष्ट नेपाल भाषा गायन
राज कुमार मानन्धरः कागती पाउँसे च्वङ
सर्वोत्कृष्ट मैथली/भोजपुरी गीत
रहमान खानः कैले बद्नाम पगली 
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशन
राहुल शाहः ओ प्रियसी
सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
रुपेश थापाः चाहिँदैन सम्पती
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (पुरुष)
आर्यन सिग्देलः बानी
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (महिला)
सृष्टि खड्काः परदेश
सर्वोत्कृष्ट म्यूजिक भिडियो नवमोडल (महिला)
उपाशना पाठकः नयन
सर्वोत्कृष्ट म्यूजिक भिडियो नवमोडल (महिला) डेउडा
सन्जिवनी खनालः पिरिमका खेल
सर्वोत्कृष्ट म्यूजिक भिडियो नवमोडल (पुरुष)
आरभ उप्रेतीः खेलौं खेलौं
सर्वोत्कृष्ट नेपाल भाषा भिडियो
रामकृष्ण खड्गीः  ध्यवा
सर्वोत्कृष्ट मैथली÷ भोजपुरी भिडियो 
बद्रि साहः गजब के रोग
सर्वोत्कृष्ट फेशन डिजाईनर
शम्भु पुरी : वारी बर पारी पिपलु
सर्वोत्कृष्ट संगीतकार (सुगम संगीत) पपुलर
राजेन्द्र बजागाईः पुतली
सर्वोत्कृष्ट लोक दोहोरी गायिका (पपुलर)
सुष्मा शाही ठकुरीः दर्याम दर्याम
सर्वोत्कृष्ट गीतकार पुरुष (सुगम संगीत) जुरी
भोलानाथ पाठकः राधिका
सर्वोत्कृष्ट गायक (सुगम संगीत) जुरी
राम भण्डारीः सपना देखाई कोही
सर्वोत्कृष्ट गायिका (सुगम संगीत) जुरी
मनमाया पंगेनीः सप्तरंगी फुल
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशन (जुरी)
पुजा ठकुरीः दुर देखी आएँ प्रिय 
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (पुरुष) जुरी
प्रज्वलराज भट्टः दिल आफ्नै थियो
सर्वोत्कृष्ट म्यूजिक भिडियो नवमोडल (महिला) जुरी
सपना क्षेत्रीः एकै पल पनि
सर्वोत्कृष्ट डेउडा भाका गीत गायन (ईन्करेजमेन्ट)
प्रमोद डि.जी.ः रुपस्या पातली सुवा
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक (ईन्करेजमेन्ट)
आयुसा गौतमः चरित्र


 


 

जीवन शाहीको निर्देशन रहेको चलचित्र ‘स्त्री’ मंसिर ११ बाट प्रदर्शनमा आउने

मनोरञ्जन


काठमाडौं - चलचित्र "स्त्री" को निर्माण कार्य सम्पन्न भएसँगै यसको प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माता पक्षले गत बुधबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो।

समीर राई को निर्माण तथा जीवन शाही को निर्देशनमा तयार भएको चलचित्रको पोस्टर टौवा क्रियशनले निर्माण गरेको हो। सार्वजनिक पोस्टरमा अधिकांश कलाकारलाई फरक र आकर्षक अवतारमा प्रस्तुत गरिएको छ।

चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत तथा दिनेश डीसी को मुख्य भूमिका रहेको छ। पोस्टरमा कलाकारहरूको फरक–फरक भाव र मनोविज्ञान झल्किने अभिव्यक्ति प्रस्तुत गरिएको छ।

पोस्टरको पृष्ठभूमिमा प्रयोग गरिएको रातो रंग र कलाकारहरूको रहस्यमय प्रस्तुतिले चलचित्रको कथा रहस्य, सस्पेन्स र कौतुहलतर्फ केन्द्रित रहेको संकेत गर्छ। चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।

चलचित्रमा रामशरण उप्रेती को छायांकन, बाबुल गिरी को संगीत, देव महर्जन र शंकर महर्जन को एक्सन निर्देशन, बन्दे प्रसाद को सम्पादन तथा एलिस कार्की को पाश्र्वध्वनि रहेको छ।

 


 

लोकप्रिय गायक कुलेन्द्रको ‘सानो मन नगर दिल फुकाउ’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं - नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा को नयाँ गीत ‘सानो मन नगर दिल फुकाउ’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, विश्वास, आत्मीयता र मानवीय सम्बन्धका भावहरूलाई समेटिएको उक्त गीत हाल कुलेन्द्र विश्वकर्मा अफिसियल युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो।

गीतमा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र चर्चित गायिका मेलिना राई को सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द नवराज पन्त ले सिर्जना गरेका हुन् भने संगीत बसन्त थापा को रहेको छ। शब्द, संगीत र स्वरको सुन्दर संयोजनले गीतलाई थप श्रवणीय र मन छुने बनाएको छ।

गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मत ले गरेका छन् भने रेकर्डिङ राज खड्का ले गरेका हुन्। गीत वान डिबी एचडी स्टुडियो (1DB HD Studio) मा रेकर्ड गरिएको हो। अडियो तथा भिडियो निर्माण कुलेन्द्र विश्वकर्मा अफिसियल मार्फत गरिएको छ।

म्युजिक भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा स्वयं र जुना सुन्दास को आकर्षक अभिनय देख्न सकिन्छ। गीतको भाव र कथावस्तुलाई जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। भिडियोको छायाङ्कन बिवेक बि.के. ले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईं ले गरेका छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन एकेन्द्र सरशंकर ले गरेका छन्।

कुलेन्द्र विश्वकर्मा र बसन्त थापाको सहकार्य नेपाली सांगीतिक क्षेत्रमा सफल र चर्चित मानिन्छ। यसअघि उनीहरूको सहकार्यमा सार्वजनिक भएको ‘सालको पात टपरी हुने’ बोलको गीतले अपार सफलता हासिल गरेको थियो। सोही सफल जोडी लामो अन्तरालपछि पुनः ‘सानो मन नगर दिल फुकाउ’ मार्फत एकसाथ आएका हुन्। यस कारण पनि गीतप्रति दर्शक तथा श्रोताको विशेष चासो देखिएको छ।

प्रेम र आत्मीय सम्बन्धको भावनालाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरिएको ‘सानो मन नगर दिल फुकाउ’ केवल मनोरञ्जनका लागि मात्र नभई सकारात्मक सन्देश बोकेको सांगीतिक कृति बनेको छ। अनुभवी सर्जक, लोकप्रिय गायक–गायिका तथा प्राविधिक टोलीको उत्कृष्ट समन्वयले गीतलाई थप सशक्त बनाएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने आगामी दिनमा अझ व्यापक लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।