चलचित्र ‘टेम्केः द डेस्टिनेसन’को शुभमुहूर्त

PNA


|
|


काठमाण्डौ - चलचित्र ‘टेम्के द डेष्टिनेशन’को शुभमुहूर्त गरिएको छ । धार्मिक विधिअनुसार शुक्रबार भद्रकाली मन्दिरमा विशेष पुजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नरिवल फोडेर क्ल्याप ईन गरे सँगै शुभमुहुर्त सट लिइएको थियो ।

देवप्रसाद धिमालको निर्देशन रहने चलचित्रमा शिव श्रेष्ठ, श्रीदेव भट्टराई, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल, विवेक खड्कालगायतका कलाकारहरुको अभिनय रहने छ ।

निर्माण टिमले चलचित्रको छायाँकन चैत्र दोस्रो साताबाट सुरु हुने जनाएकोे छ । काठमाडौं र भोजपुरका विभिन्न स्थानमा छायाँकन गरिने जनाइको छ ।  निर्देशक धिमाल स्वयंकै निर्माण रहने चलचित्र आर.डी.एस. नेपालको प्रस्तुतीमा बन्ने छ । चलचिका सह–निर्माता पंकज सरदार हुने भने भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माता रहेका छन् । नरेश ऐयरको छायाँकन रहने चलचित्रमा राजु किरातको द्वन्द निर्देशन रहने छ ।

Related Post