entertainment
||Power News Asia||

आजको समाचार

“दूरदेखी आएँ प्रिय” बोलको गीतको भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ – चलचित्र “ढुङ्गे युग” मार्फत नेपाली संवाद विहिन तथा मूक चलचित्रको इतिहासमा आफ्नो नाम लेखाइसकेका निर्देशक माधव राज खरेल आफ्नो पछिल्लो गीत “दूरदेखी आएँ प्रिय” बोलको गीत मार्फत समाजका संवेदनशील पक्षमा चोटिलो प्रहार गरेका छन् । हालैसालै सार्वजनिक भएको गीत उक्त गीतमा खरेलले गीतकारका रूपमा शब्द संयोजन गरेका छन्, जसले आधुनिक शहरको विसंगति, सम्बन्धको संकुचन र आत्म–विरोधाभासको भावलाई गहिरो चित्रण गरका छन् ।

खरेलले लेखेका गीतका शब्दहरू भावनात्मक मात्र होइनन्, सामाजिक चेतनाले पनि भरिएका छन् ।
“दुरदेखि आएँ प्रिय, तिमी बस्ने शहरमा,
आत्माहरु बिक्दा रैछन्, सफल हुने रहरमा”

प्रस्तुत हरफहरू मार्फत निर्देशक खरेलले आजको दुनिँयाको उपभोक्तावादी समाजमा रहेका मानिसहरु विशेषतः माया प्रेमले परिपुर्ण आत्मा, कसरी व्यापारको वस्तु बन्न पुगेको छ भन्ने सन्देश दिएका छन् । उनको लेखनशैलीमा गहिरो भाव र प्रतीकात्मक बिम्ब रहेको छ, जसले दर्शक तथा श्रोताहरुको अन्तरमन छुनेमा निर्देशक तथा गीतकार खरेल विश्वस्थ रहेका छन् ।

गीतमा स्वर दिएका छन् गायक डेभिड शंकरले । डेभिड ंशंकर पछिल्लो पुस्ताका लोकप्रिय गायक हुन् । थुप्रै दर्शक तथा श्रोताहरुको मनमुटुमा बस्न सफल गायक डेभिडले शब्दको मर्मलाई आत्मीय गायनमार्फत जीवन्त पार्ने कोशिस छन् । यस गीतको संगीतको पक्षपनि अत्यन्तै उत्कृष्ट रहेको छ । गीतको संगीत र संगीत संयोजन राजेन्द्र बजगाईको रहेको छ, जसले सरल तर प्रभावशाली धुन सिर्जना गरेका छन्, संगीतको मिठास धुनले गीतलाई भावनाको लहरसँगै बाँधेर लैजान्छ । गीतको रेकर्डिङ, ध्वनी मिश्रण तथा सम्पादन मनोज परियारले गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियोको पक्ष पनि उत्कृष्ट रहेको छ । गायक स्वयम्ले नै भिडियोमा अभिनय गरेका छन् भने निर्देशनमा रहेकी छिन् पुजा ठकुरी, जसले निर्देशक खरेलको शब्दलाई दृश्यमा जीवनन्तता दिएर गीतको सन्देशलाई अझ प्रभावशाली बनाएकी छन् । ठकुरी पछिल्लो पुस्तामा क्रियाशिल म्यूजिक भिडियो निर्देशकको रुपमा चिनिन्छिन् । भिडियोको छायांकन युदिन योञ्जन, सम्पादन तथा कलर संयोजन बिनोद बमले गरेका छन् । बम नेपाली म्युजिक भिडियो क्षेत्रमा सक्रिय र ख्यातीप्राप्त सम्पादक तथा कलरिस्ट हुन् ।

यसै गीतमार्फत खरेलले भन्न खोजेका छन् -“आजको समाजमा मान्छे ‘मान्छे’ रहन सकिरहेको छैन । प्रेम, मूल्य र संवेदनशीलता जस्ता भावनाहरू नाफाको बजारमा हराउँदै गएका छन् ।”

“राजा रंक एउटै भए, तिम्रो नगरमा
मायालुले माया भुल्ने, यो शहरमा”

यो गीत खरेलको सिर्जनात्मक यात्राको एउटा अर्को महत्वपूर्ण अध्याय पनि बनेको छ । शब्द, स्वर, संगीत र दृश्यको मिठासपूर्ण मिश्रणको रुपमा तैयार भएको “दुरदेखि आएँ प्रिय” केवल गीत मात्र होइन, यसलाई समाजको मनोविश्लेषणको रुपमा समेत लिन सकिने खरलले बताए ।

यो गीतले केवल मनोरञ्जनका लागी मात्र नभई आम रुपमा सम्बन्धहरुको सोच र संवेदनालाई पनि सँगै बोकेको छ ।

मनु कुमार चौधरीको कला प्रदर्शनी सुरु

मनोरञ्जन


काठमाडौं । बौद्धस्थीत तारागाउँ नेक्स्टमा कलाकार मनु कुमार चौधरीकोे थारु संस्कृतिहरुलाई मूख्य केन्द्रविन्दु रहेको कला प्रदर्शनी सुरु भएको छ । चौधरीका चित्रहरुले थारु समुदायका मानिसहरुको दैनिक जीवन, रितिरिवाज र सांस्कृतिलाई झल्काउँछन् । थारुहरुको प्राचिन वंशबाट चित्रण गर्दै– जसको यात्रा भारतको थार मरुभूमिदेखि नेपाल र एशियाभरि पैmलिएको छ– उनको कला पूर्खाको स्मृति र साम्प्रदायिक पहिचानसँग प्रतिध्वनित हुन्छ ।

ग्यालरीमा, चौधरीले जीवन्त कलाहरुको श्रृजना गरेका छन्ः। खुल्ला आकाशमुनि पूरानो  तरिकाले. कृषि गरिरहेको दृश्यहरु, थारु समुदायको महिलाहरुको शान्त र निर्णायक भूमिका, पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको लोपोन्मुख समारोहहरु र मानव र तिनीहरुको वातावरण विचको सहजीवन सम्बन्धि प्रत्येक कलाकृतिहरु केवल कला मात्र होइनन्, यो एक जीवन्त कथा हो, जसले थारुहरुको सम्पदा र भूमिसँगको अन्तर्सम्बन्धको विषयमा कुराहरुको उठान गर्दछ । 

मनुले हालै काठमाडौँ विश्वविद्यालयबाट कला र प्रिन्टमेकिङमा स्नातक डिग्री हासिल गरेका छन् । प्रिन्टको चमत्कार प्रति धेरै नै आकर्षित भएकाले उनी प्रिन्ट सम्बन्धि विभिन्न प्रयोगहरुको पनि अन्वेषण गरिरहेका हुन्छन्–वुडकट, एचिङ, एक्वाटिन्ट जस्ता माध्यहरुमा उनका कामहरु देख्न सकिन्छ । उनले सन् २०२१ मा नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानबाट प्रादेशिक पुरस्कार समेत पाएका थिए । यो सम्मानले उनलाई अझ रचनात्मक र सिर्जनशील हुन मद्दत गरेको कुरा उनी बताउँछन् ।

तारागाउँ नेक्स्टमा बसाइको अवधिभरि मनुले रातो रंग तथा छायाँहरुले भरिएको एउटा मात्र रंग प्रयोग भएको प्रिन्टहरुको श्रृंखला तयार पारे । यी कृतिहरुले थारुहरुको परम्परा र उनको समुदायले सम्मान गर्ने देवताहरुलाई प्रतिविम्बित गरि बनाएको चित्रहरुलाई प्र्रर्दशनीमा राखेका छन् । उनका प्रत्येक कामहरुले उनको समुदायको केहि न केहि कथाहरु बताइरहेका छन् । 

उनका अरु चित्रहरुमा जीवन्त रातो रंगका घोडाहरुलाई समावेश गरिएको छ जुन थारु समुदायमा शक्ति, जीवन र गतिलाई प्रतिविम्बित गर्दछ । यसले थारु सांस्कृतिक अभिव्यक्तिहरुलाई केन्द्रविन्दुमा राखि उनले चित्रहरु बनाएको छन् । 

उनको अर्काे उत्कृष्ट कलाले एक समयमा सजाइएको ढुङ्गे धारालाई समेट्छ । ती धाराहरुले पहिले पहिले पानीको पूर्ति गर्ने गरेका थिए भने पछिल्लो समयमा यस्ता धाराहरु लोपोन्मुख हुँदै गएको सन्दर्भमा यस कलाले कलाकारको मौन अभिव्यक्ति दिइरहेको छ । 

मनुका अरु कृतिहरुमा थारु महिलाहरुको दैनिक जीवनलाई कोमलतापूर्वक चित्रण गरिएको छ जसमा श्रम, हाँसो, गीत र कथा कथनका कुराहरुलाई समावेश गरिएको छ । यी दृश्यहरु शक्तिशाली तवरले मौखिक रुपमा एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुँदै आइरहेको पाउन सकिन्छ । 

प्रविधि र संस्कृतिको उत्कृष्ट मिश्रणले भरिएको मनुको कामहरुले उनको यो एकल तथा पहिलो कला प्रदर्शनिलाई अझ जिवन्त अभिलेखिकरण गरिएको कुरामा दुइमत छैन । उनले बनाएका प्रत्येक प्रिन्टहरु जीवन्त छन् जसले इतिहास, दैनिक जीवन र पहिचानका कुराहरुमा गहिरो छाप पार्नेछन् । 

तारागाउँ नेक्स्टले नयाँ नयाँ उदायमान कलाकारहरुलाई लामो समयदेखि यस्तै किसिमको आर्टिस्ट इन स्टुडियोमा राखेर प्रदर्शनी गर्ने गरेको छ । यसले गर्दा नयाँ कलाकारहरुलाई अझ थप उर्जा प्रदान गर्ने कुरा म्युजियमका डाइरेक्टर रोशन मिश्र बताउनुहुन्छ । यदि तपाइलाई पनि नेपाली कला अझ विशेषतः प्रिन्टमेकिङमा रुचि छ भने यो प्रदर्शनी तपाइको लागि छुटाउनै नहुने प्रदर्शनी हुन सक्तछ । प्रदर्शनी असार २८ गते सम्म चल्नेछ । 

‘साइली छोरी’ मार्फत सर्जक बने शंकरबिसी, तीज गीतमा अभिनयदेखि निर्देशनसम्म

मनोरञ्जन


काठमाडौ – नेपाली गीतसंगीत प्रेमी दर्शक श्रोताको लागि शंकर बिसी नाम नै सांगीतिक बजार र क्षेत्रको पर्यावाची जस्तै भैसकेको छ । नेपाली लोक गीतसंगीत प्रेमी बच्चा देखि वृद्धसम्म सबैको मनमा बसेका बिसिले सांगीतिक बजारमा दशकौ आफ्नो अभिनय, निर्देशन र कोरियोग्राफी गर्दै बितायका छन् । उनि पछिल्लो समय एक सर्जकको रूपमा पनि देखिन र चिनिन थालेका छन् ।

भर्खरै मात्रै सांगीतिक बजारमा गायिका देबिका केसी र रामकुमार नेपालीले आवाज दिएको तिज गीत ‘साइली छोरी’मा पनि शंकर आफैले शब्द लेखेका हुन । रामकुमार नेपालीको लय रहेको यश गीतमा शंकर बिसिकै निर्देशन र कोरिग्राफी रहेको छ भने गीतलाई दुर्गा पौडेलले खिचेका छन् । नवीन घर्ति मगरको सम्पादनमा तयार भएको यस गीतको भिडियोमा शंकर बिसि र जुना बिश्वकर्मा लगायतको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।

नयाँ गीत “माया छ” मा लक्ष्मण र बिनाको आकर्षक अभिनय

मनोरञ्जन


काठमाडौं । गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक योञ्जनको शब्द ,संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन्।
गीतको म्युजिक भिडियोमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ।

नरेन श्रेष्ठले निर्देशन,सम्पादन गरेको भिडीयोमा मनिषा लामाको पटकथा लेखक रहेको छ भने श्याम महर्जन प्रबन्धक रहेका छन् । नविन पाल निर्माता रहेको यस गीतलाई ओएस आर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो :

 

मोनु खड्का र कुवेर तामाङको ‘किन लाग्छ माया’ असारबाट छायांकन सुरु

मनोरञ्जन


काठमाडौ- एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माणमा फिल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्मको छायांकन असारको पहिलो साताबाट सुरु हुनेछ ।
फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरुको अभिनय रहने पक्का भएको छ ।

यो फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।

अर्जुन प्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ ।फिल्मको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ । यो फिल्मले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ । साथै फिल्मले सामाजिक विषयवस्तुलाई पनि मुख्य रुपमा प्रस्तुत गर्नेछ ।

सञ्चारकर्मी अधिकारी र श्रेष्ठद्वारा सञ्चालित ‘सौम्या कलेक्सन’को शुभारम्भ

मनोरञ्जन


काठमाडौं- गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को उद्घाटन गर्नुभएको छ । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएको यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।

सञ्चारक्षेत्रमा ख्याति कमाएका व्यक्तिले सञ्चालनमा ल्याएको कलेक्सन सेन्टरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिनुभएको थियो ।

सो अवसरमा सञ्चार क्षेत्रका साथै गीतसंगीत र कला क्षेत्रका धेरै व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो । मीठो स्वरकी धनी गायिका मञ्जुका थुप्रै गीत लोकप्रिय छन् ।

गीत र राष्ट्रसेवाको संगम: एआइजी टेक तामाङको पहिलो एकल सांगीतिक यात्रा

मनोरञ्जन


काठमाडौं- गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा यही असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ-२०८२’ नाम दिइएको छ ।

गीतकार तामाङको सयौं गीतहरू रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीत प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरू ‘नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग’ लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् ।

प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक गायिकादेखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् । कार्यक्रममा दीप श्रेष्ठ, संगीता राना प्रधान, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, डेबिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायत उहाँका चर्चित गीतहरूमा गुञ्जिने छन् ।

कार्यक्रममा संगीत संयोजन अशोककुमार राईले गर्नुहुने छ । २२ जनाको बाद्यवादन समूह अन्तर्गत किबोर्डमा शिलाबहादुर मोक्तान, भ्वाईलिन सेक्सोफोनमा मनोहर सुनाम, भ्वाईलिनमा मोहनकृष्ण कार्की ढली, रविन कार्की ढली, किशोर कार्की ढली, नारायण कार्की ढली, केशवल सुनाम र विकाशनाथ योगी रहने जनाइएको छ । त्यस्तै, ग‍ोपाल देव घतानी र धनबहादुर गुरुङ- बाँसुरीमा रहनुहुने छ भने तवलामा कुमार महाराज र भरत बुढाथोकीले साथ दिनुहुने छ । ढोलकमा मेघराज लुङ्गेली रहनुहुने छ भने मादलमा अनिल थापा र पोषण धर्तीले साथ दिनुहुनेछ । यसैगरी बेश गीटारमा देव राई रहनुहुने छ भने लिड गिटारमा संजिव लिम्बु, रिदम गीतारमा दीपेश श्रेष्ठ, सीतारमा सीता मैया राहचल, सारङ्गीमा भरत नेपाली, प्याड ड्रममा भुपेन्द्र रसाइली रहेर गायक गायिकालाई साथ दिनुहुने छ ।

कार्यक्रमलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नका लागि कार्यक्रम व्यवस्थापन तथा समन्वय समिति पनि गठन गरिएको छ । गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा-अशोककुमार राई, सुमन पण्डित ‘बैरागी’ टिका राई (शिव), कन्काइष्ट राई, शशी लुमम्बु, सुशील केसी, अर्जुनबहादुर घलान र गोपालचन्द्र राई रहनुभएको छ ।

‘टेक तामाङ सांगीतिक साँझ-२०८२ ’ ले सामाजिक सशक्तीकरण, र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । आयोजक संस्थाका अध्यक्ष एवम् कार्यक्रम व्यवस्थापन समितिका संयोजक थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो । ‘नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् बिशिष्ट साहित्यकार बैरागी काइँलाको प्रमुख आतिथ्यता रहने कार्यक्रममा सांगीतिक क्षेत्रका लोकप्रिय एवम् विशिष्ट व्यक्तित्वहरूका बाक्लो उपस्थिती रहने छ । नेपाली संगीतको प्रवद्र्धनका लागि पनि यो कार्यक्रमको आयोजना गरिएकाले पनि गीत संगीतका सम्बन्धी संघसंस्था, व्यवसायी, समाजसेवी, पत्रकार र संगीतप्रेमी सबै सामु सहयोगको अपेक्षा र आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । थापाका अनुसार कार्यक्रममा गीतसंगीतलाई माया गर्ने दर्शक तथा स्रोतालाई निःशुल्क रूपमा टिकटको व्यवस्था गरिएको छ ।

विसं. २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याउनुभएका तामाङ नेपाली संगीत र साहित्यमा निरन्तर क्रियाशील हुनुहुनछ । उहाँका राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह-‘माटोको आवाज’, राष्ट्रिय भावधाराका गीतसंग्रह-‘स्वदेश’, आधुनिक गीतसंग्रह– ‘जीवनसाथी’, आधुनिक गीतसंग्रह- ‘आमा’, आधुनिक गीतसंग्रह-‘नाता’, भजनसंग्रह-‘भक्तिसागर’, राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह-‘नेपाल आमा’ जस्ता कृति सार्वजनिक भएका छन् भने थुप्रै पाण्डुलिपि आउने तयारीमा छन् । नेपाली सांगीतिक क्षेत्रमा योगदान पूर्‍याउँदै आउनुभएका तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत हुनुहुन्छ । उहाँ हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख भएर राष्ट्रसेवामा समर्पित हुनुहुन्छ ।

चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ सम्पन्न

मनोरञ्जन


काठमाडौँ – चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को ग्रान्ड फिनाले समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द ‘दीर्घ साधना सम्मान–२०८१’ (लाइफ टाइम एचिभमेन्ट अवार्ड)बाट सम्मानित भएकी छिन् । सोमबार बेलुका काठमाडौँको चाबहिल स्थित चलचित्र विकाश बोर्डमा आयोजित सो समारोहमा १० हजार १० रुपैयाँ सहित प्रथम अभिनेत्री चन्दलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो सम्मान प्रदान गरे । सोही समारोहमा ५ हजार ५५५ रुपैयाँ सहित अग्रज पत्रकार सानुकाजी श्रेष्ठ ‘क्वालिटी कला पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भए ।
समारोहमा नाट्यकर्मी वीरेन्द्र हमाल, गायिका सत्यकला राई, चलचित्र निर्देशक दिवाकर भट्टराई, साउन्ड रेकर्डिस्ट संजय श्रेष्ठ, चलचित्र निर्माता बिनोद गुरुङ, चरित्र अभिनेत्री मञ्जु श्रेष्ठ, समाजसेवी डिल्ली माया गुरुङ, नृत्य निर्देशक शँकर बिसी, शिब बिक, समाजसेवी शान्ति सुनार (राज शान्ति), मनु थुक्लुङ पनि कार्यक्रममा सम्मानित भए । यस्तै रमेश श्रेष्ठ, देवेन्द्र नेम्वाङ, पूर्ण सेलिङ लिम्बु, समाजसेवी शनी लिम्बु, चलचित्र निर्माता धु्रव न्यौपाने, कलाकार मनु थुक्लुङ, गायकहरू हिमाल श्रेष्ठ, नेत्रजी पन्त, हुम गैरे, कमल विरही थापा पनि सम्मानित भए ।
समारोहमा आधुनिक विधामा सर्वोत्कृष्ट गायकको अवार्ड तिम्रो माया बम गोलाबाट हेमन्त शिशिरले, डायरस्पोरा गायकको अवार्ड मायाको सिमानाबाट धन किरण गुरुङले, गीतकारको अवार्ड ब्याथाबाट विदुरराज गिरीले, संगीतकार ओ मायाबाट पल घलेले प्राप्त गरे ।
यस्तै आधुनिक गीतमै म्युजिक भिडियो निर्देशकको अवार्ड नुवाकोटे यो झिल्केबाट मिलन श्रेष्ठ, पुरुष मोडलको अवार्ड चुपचापबाट दिक्पाल कार्कीले, महिला मोडलको अवार्ड जुनेलीबाट रिना गुरुङले प्राप्त गरे । यस्तै गाउँ प्रवर्धन गीतको अवार्ड लकु फोरी गीतले, यही विधाको जुरी अवार्ड भुमलीचोक गाउँ गीतले पायो ।
– सर्वोत्कृष्ट लोकगीत गायिकाको अवार्ड नगर दोमनबाट सरिता भारतीले र लोक–पप गायकको अवार्ड के होला भोलीबाट रुद्र शर्माले हासिल गरे । यस्तै चलचित्र तर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड लिम्बु चलचित्र सेमेवाबाट दिलीप फुरुम्बोले, अभिनेताको अवार्ड सेमेवा चलचित्रबाट रुद्र पाहिमले, अभिनेत्रीको अवार्ड गुरुङ चलचित्र ह्रोसै ङ्होबाट आकृति गुरुङले, चरित्र अभिनेत्री अवार्ड सुगुपबाट पवित्र तेम्बेले, टेली चलचित्र चरित्र अभिनेत्रीको अवार्ड सक्किगोनीबाट रश्मी पाण्डेले हासिल गरे ।
यसै गरी लोक दोहोरीतर्फ गीतकारको अवार्ड दमौलीमा झरबाट ओम छिनालले, दोहोरी गीत गायकको अवार्ड दमौलीमा झरबाटै मौसम गुरुङले गायिकाको अवार्ड पुरानो दौतारीबाट पूजा पेरियारले, गायिकाको जुरी अवार्ड देउरलिमा फूलपातीबाट कालिका रोकाले, नव गायिकाको अवार्ड गण्डकीको तीरबाट बिमा सारू मगरले प्राप्त गरे । लोक दोहोरी तर्फ नै म्युजिक भिडियो महिला मोडलको अवार्ड समयबाट कमला बिसीले, पुरुष मोडेलको अवार्ड गोर्खे खुकुरीबाट लोमश शर्माले, कौडा तथा मौलिक गीत गायकको अवार्ड सानकान्छीबाट शुक्र तामाङले हासिल गरे । समारोहमा संगीत संयोजकको अवार्ड पुरानो दौतारीबाट सुनिल परियारले, संगीत संयोजकको अवार्ड मायाको सिमानाबाट सुरत प्रधानले पाए ।
आदिवासी गीत विधामा म्युजिक भिडियो आदिवासी महिला मोडेलको अवार्ड मिम्जिरे मिक्टोकबाट मिरा फियाकले, लिम्बु गीतकारको अवार्ड मेन्छायम पालमबाट सञ्च माया लिम्बुले, लिम्बु गीत गायकको अवार्ड मिम्जिरे तराङ २ बाट अमर योङहाङ लिम्बुले, गायकको जुरी अवार्ड मिम्जिरे मिक्टोकबाट विवश नेम्वाङले हासिल गरे । समारोहमा लिम्बु गीत गायिकाको अवार्ड चौबेस्मा मेछिनबाट दुर्गा कुमारी लिम्बुले, आदिवासी गीत गायिकको जुरी अवार्ड तुखेसो पन्हाबाट कर्मिला शेर्माले, लिम्बु गीत गायिकाको पब्लिक च्वाइस अवार्ड तमके हाकपारेबाट पदम कुमारी फियाकले प्राप्त गरे ।
लिम्बु् गीत पुरुष मोडलको अवार्ड नारागेन चैतबाट सुरेन सिसिर केरुङले, लिम्बु गीत पुरुष मोडेलको जुरी अवार्ड मेन्छायम पालम महेन्द्र कुमार लिम्बुले हासिल गरे । यसै गरी म्युजिक भिडियो चरित्र अभिनेताको अवार्ड ओ मायाबाट टसी गुरुङले, चरित्र अभिनेत्रीको अवार्ड हङकङ चाईन –३ बाट विमला इवारमले र नेपाल भाषा गीत गायिकाको अवार्ड कटनमारिया रुप छांगुबाट गंगादेवी महर्जन हासिल गरे ।
यो अवार्डको निर्णायकमा चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गायक डेभिड शंकर, गायिका जुनु रिजाल काफ्ले, संगीतकार हर्कुलेस बस्नेत, हास्य अभिनेता शेरबहादुर गुरुङ, बीजेन्द्र नौबागे रहेका छन् ।
विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतिसहितको यो अवार्डको आयोजक एवम् चलचित्र निर्देशक उमेश गुरुङले नेपाली चलचित्र र गीत संगीतको प्रवर्धनको लागि क्वालिटी फिल्मस्ले चार वर्षदेखि यो अवार्ड गर्दै आएको कार्यक्रममा बताए ।

शिव श्रेष्ठ फाउण्डेशनद्वारा विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मनोरञ्जन


काठमाडौं - नेपालमा मात्र नभएर विदेशी भुमिमा समेत आफ्नो शान, मान र प्रतिष्ठाको उजागर गर्दे नेपाली चलचित्र तथा कलाकारिता क्षेत्रको बृहत्तर हितका लागी अनवरत रुपमा कार्यरत नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुवाट एक्सन किङ नायकको उपाधि पाएका एवम् पाकिस्तानका दर्शकहरुका प्रिय नायक शिवा अर्थात विशिष्ट कलाकार तथा अभिनेता शिव श्रेष्ठको अध्यक्षतामा “शिव श्रेष्ठ फाउण्डेशन” को आधिकारिक रुपमा स्थापना भएको छ । फाउण्डेशनको शुभारम्भसँगै आफ्नो पहिलो कार्यक्रम स्वरूप जेष्ट ३० गते शुक्रवार ललितपुरको सातदोवाटो स्थित महेन्द्र आदर्श विद्या आश्रममा “फ्री हेल्थ क्याम्प फर स्टुडेन्ट“ आयोजना गरेको छ ।

सिभिल सर्भिस हस्पिटल (सिभिल अस्पताल) को प्राविधिक सहकार्यमा सम्पन्न भएको स्वास्थ्य शिविरमा महेन्द्र आदर्श विद्या आश्रमका विद्यार्थीहरूका लागि नाक, कान, घाँटी, दाँत, स्त्रीरोग सेवा लगायत सम्पूर्ण जनरल हेल्थ एक्जामिनेशन सेवा निःशुल्क प्रदान गरिएको थियो । उक्त स्वास्थ्य शिविर बिहान १०ः३० बजेबाट सुरु भई दिउँसो ३ः०० बजेसम्म सञ्चालन भएको थियो ।
अध्यक्ष शिव श्रेष्ठले नेपाली कला, संस्कृति, चलचित्र, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यका साथ फाउण्डेशन स्थापना गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । 

कार्यक्रममा महेन्द्र आदर्श विद्या आश्रमका सञ्चालक समितिका तथा व्यवस्थापन समितिका पम्फा भुसाल विशेष अतिथि रूपमा सहभागी हुन भएको थियो । साथै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवालसहित नेपाली फिल्म क्षेत्रका अन्य कलाकारहरूको समेत उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो ।

फाउण्डेशनद्धारा आयोजित उक्त स्वास्थ्य शिविरबाट सयौं विद्यार्थीहरु लाभान्वित भएका छन् । स्वास्थ्य शिविरमा सहभागीहरूले यस्तो सामाजिक कार्यले नेपाली कलाकारहरूको सामाजिक उत्तरदायित्वप्रति सचेतता झल्काएको प्रतिक्रिया दिएका छन् । 
 

सिन्धुपाल्चोकको चौतारामा संगीतकर्मीको जमघट, प्रेमध्वजको स्मृतिमा विविध प्रस्तुति

मनोरञ्जन


काठमाण्डौ – ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलवार भव्यताका साथ मनाइएको छ। गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान गरीएको थियो। सो अवसरमा नगद १ लाख १ रुपि“यासहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मानित गरिएको थियो। गायिका राणाकी पतिको प्रतिकुल स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उनको भाई विजेन्द्र मिश्रले ग्रहण गरेका थिए। प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपिया“सहित सम्मानित गरीएको छ।

त्यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपि“यासहित सम्मानित गरियो भने प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्र सिं घलेलाई नगद २५ हजार रुपिया“सहित प्रदान गरिएको छ। सम्मान र पुरस्कार कार्यक्रमकी सभापती, प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानको पत्नी किरण प्रधान, प्रमूख अतिथि चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा तथा अतिथीहरु सो नगरपालिकाकी उपप्रमूख सिता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापालगायतले प्रदान गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रेमध्वजकी भाञ्जी भुवन मास्केले चौतारावासीको तर्पmबाट गरिएको सम्मान ग्रहण गरेकै हलमा आएर कार्यक्रम गरिएको जनाउ“दै त्यसप्रति खुशी व्यक्त गरिन्। गीतकार तथा दिनेश अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सागितीक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रुपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए। उनले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधी गर्नुपर्ने चर्चा गर्दै  चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामाकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ती र पुरस्कार स्थापना गर्नसमेत स्थानिय सरकारलाई सुझाए। नगर प्रमूख सापकोटाले प्रेमध्वज राष्ट्रिय विभूतीका साथै सिन्धुका नीधि भएको चर्चा गर्दै उनको नाममा चोक चौतारा निर्माण गर्न वा उनको योगदानको कदर गर्न कन्जुस्याई नगर्ने बताए।

कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीतहरु प्रस्तुत गरेका थिए भने  स्थानिय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए।

गायक प्रधानको ४ वर्षअघि २०७८ सालमा निधन भएको थियो। प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृती प्रतिष्ठानको स्थापना गरेको हो। जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ।