काठमाडौं — नेपाली शास्त्रीय संगीतका स्तम्भ स्वर्गीय गुरुदेव कामतको कालजयी रचना ‘ओठको मधुरस’ गायक कृष्ण भट्टराईले पुनः प्रस्तुत गरेका छन्। यो गीतमा शंकर अधिकारी घायलको शब्द रचना र गुरुदेव कामतको संगीत रहेको छ। भर्खरै सार्वजनिक गरिएको यो गीतले नेपाली संगीतप्रेमीहरूलाई पुरानो स्मृतिमा डुबाएको छ।
गायक कृष्ण भट्टराईले गुरुदेव कामतको संगीतलाई सम्मान गर्दै यस गीतलाई नयाँ स्वरूपमा प्रस्तुत गरेका छन्। भिडियोमा कृष्ण भट्टराईको भावनात्मक गायनले गीतलाई अझ प्रभावशाली बनाएको छ। गीतको भिडियोमा कृष्ण भट्टराईको गायनसँगै शंकर अधिकारी घायलको शब्दले गीतलाई गहिरो अर्थ प्रदान गरेको छ। भिडियो निर्देशन र सम्पादनमा पनि उत्कृष्टता देखिएको छ। यो गीत कृष्ण भट्टराईको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।
काठमाडौ– नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘हरितारा चलचित्र पुरस्कार’ यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ ।
हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई र २०८१ सालको पुरस्कार चर्चित अभिनेत्री रेजीना उप्रेतीलाई दिने निर्णय गरेको हो ।
वि.सं. २०५२ मा समाजसेवी विजया राणा (तारानानी) ले पति हरि शम्शेरको सम्झनामा स्थापना गरेको यो पुरस्कार नेपाली चलचित्र क्षेत्रकै पहिलो औपचारिक पुरस्कारको रूपमा चिनिन्छ ।
४ दशकदेखि नेपाली चलचित्रको उत्थान र नेपाली कला संस्कृतिको प्रवद्र्धनमा सक्रिय टिका पहारी र दुई दशकभन्दा बढी समयदेखि अभिनयमार्फत नेपाली चलचित्रको क्षेत्रमा योगदान दिँदै आएकी रेजीना उप्रेतीलाई लिखत सहित जनही २५,००० रुपैयाँ राशिको थैली पुरस्कार अर्पण गरिनेछ ।
यसअघि यो पुरस्कार बसुन्धरा भुषाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रविन्द्र खड्का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय संग्रौला रेखा थापा, दिनेश डि.सी, शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपक राज गिरी, दिपा श्री निरौला लगायत चर्चित कलाकारहरूले प्राप्त गरिसकेका छन् ।
यस्तै बैठकले यसै वर्ष देखि नगद रु १०,०००। (राशीको हरितारा चलचित्र पत्रकारिता पुरस्कार अर्पण गर्ने पनि निर्णय गरेको छ । स्थापना वर्षको हरितारा चलचित्र पत्रकारिता पुरस्कार संचारकर्मी विष्णु सुवेदीलाई अर्पण गर्ने निर्णय गरेको छ ।
यसैबीच, परिवर्तन नेपालको वैशाख ५ गते सम्पन्न बैठकले कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक÷सञ्चारकर्मी सम्झना उप्रेती रौनियारलाई ‘श्रीमती दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । यसको पुरस्कारको जनही १०,००० हजार रहेको छ ।
साथै, चलचित्र निर्माण, निर्देशन र अभिनयमा योगदान पु¥याउँदै आएका अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे), अभिनेता सुनिल कटुवाल लाई ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ अर्पण गरिनेछ ।
त्यस्तै ‘परिवर्तन चलचित्र पत्रकारिता सम्मान २०८१’ संचारकर्मी तुलसी गिरी ‘भावुक’, कृष्ण भुषाल, र कमला जोशीलाई प्रदान गरिनेछ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ, र शान्तिप्रिय सम्मिलित समितिले गरेको हो ।
विशेष समारोहमार्फत आगामी जेठको पहिलो हप्तामा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ । उक्त कार्यक्रमको संयोजन निर्देशक देवेन्द्र पाण्डे र सञ्चालन परिवर्तन नेपालका मानार्थ समेत रहेका निर्देशक माधव राज खरेलले गर्ने निर्णय गरिएको छ ।

काठमाडौं — नेपाली लोकसंगीतमा निरन्तर योगदान दिइरहेकी चर्चित गायिका शुष्मा शाही ठकुरीको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘मकै बारी दर्याम दर्याम’ सार्वजनिक भएको छ। बिशाल सोनीसँग मिलेर युगल स्वर दिएकी शुष्मा शाही ठकुरीले यस गीतमार्फत गाउँघरको माटोको गन्ध, लोकसंस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन्।
गीतमा बिशाल सोनीकै शब्द रचना रहेको छ भने संगीतकार सन्दीप सेन्चुरी को संगीत रहेको छ । यम थापा मगरले संगीत संयोजन गरेका छन् भने बिमल छिनालको मिक्सिङरमास्टरिङले गीतको ध्वनिलाई आकर्षक बनाएको छ। गीत डायनामिक स्टुडियोमा लक्ष्मण विश्वकर्माद्वारा रेकर्ड गरिएको हो।
मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा बनेको भिडियोमा कलाकार बिशाल सोनी र अलिना रायमाझीको अभिनय रहेको छ। प्रकाश खड्काको छायांकन, नविन घर्ती मगरको सम्पादन तथा एडभेन्चर इन्टरटेन्मेन्टको पोस्ट प्रोडक्सनले भिडियो निर्माण गरिएको हो ।
शुष्मा शाही ठकुरीले विगत दशकदेखि नेपाली लोकसंगीतमा उल्लेखनीय योगदान दिँदै आएकी छन्। एकै रातैले, लाम लाम माया, सानी, दमौलीमा गेट जस्ता हिट गीतहरू मार्फत चर्चा कमाएकी उनले मकै बारी दर्याम दर्याम जस्ता गीतबाट आफ्ना श्रोतालाई फेरि एक पटक झुमाउने प्रयास गरेकी छन्। गीत विशाल सोनी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
कलाकार मधु केसी र सागर बिसीको स्वरमा रहेको गीत ‘सनाई ढोलाकी’ सार्वजनिक भएको छ । सागर बिसी युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
विवाहको मौसमको छेको पारेर ल्याइएको गीतमा वैवाहिक माहोलको चर्चा परिचर्चालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
गीतमा अरूको बिहे भइरहँदा आफ्नो बिहे विभिन्न कारणले हुन नसकेको विषयलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा भिडियो पनि बिहेको माहौलमा आफ्नो बिहे हुन नसकेको गुनासो पोखिए पनि दोहोरी बाजामार्फत रमाइलोपन वातावरण झल्काइएको छ ।
शिव हमालको शब्द रहेको गीतमा सीमा थापाको संगीत रहेको छ ।
यस्तै सुनिल परियार म्युजिक एरेन्जर, विमल छिनाल रेकडिस्ट रहेको गीतको भिडियो दीप गुरुङले निर्देशन गरेका हुन् । यस्तै गीतमा मनोज गुरुङ, सञ्चिता बोलाखो लुइँटेल, सीमा थापा र उमिश उपरकोटीको अभिनय रहेको छ ।
काठमाडौ । चर्चित गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाको क्या राम्रो हाँस्यो बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ । पछिल्ला समय नेपाली गीतसंगीतको क्षेत्रमा फरक फरक विधाका नयाँ नयां गीतहरु एक पछि अर्को गर्दै सार्बजनिक हुने क्रम रहेको छ ।
यसै क्रममा चर्चित गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाको क्या राम्रो हाँस्यो बोलको गीत भिडियो सहित सार्बजनिक गरिएको हो । उत्तम पौडेलको शब्द रचना रहेको उक्त गीतमा संगीत लाक्पा तेन्जि शेर्पाको संगीत रहेको छ भने गीतमा आवाज लाक्पा तेन्जि शेर्पा र चर्चित गायीका सुमिना लोको रहेको छ ।
गीतमा कोरस आवाज राजकुमारी कार्की, रोशनि रसाईली र बिन्दु बिसीको रहेको छ । गीतको भिडियो तर्फ भने कृष्ण ब्लोनको निर्देनमा पाल्देन लामा र अस्मिता तामाङलाई मुख्य अभिनयमा देख्न सकिनेछ । भिडियोमा कोरस नृत्य भने छाम्जी शेर्पा, ङिमी शेर्पा, याङ्जुम शेर्पा, लाक्पा छिरीङ शेर्पा, सुस्म लामा, बविना मगर, मोनिका पाख्रिन र मोनिका तामाङको रहेको छ ।
गीतको भिडियोमा शेर्पा कल्चर तामाङ कल्चरलाई देखाउने जमर्कोका साथ भेषभुषा पनि त्यही अनुसारले प्रयो गरिएको गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाले बताएको छ । उनी लामो समयदेखी गीतसंगीत क्षेत्रमा लागि परेका एक कुशल कलाकार हुन् । उनी आफै सुमधुर आवाजमा गीत गाउने मात्रै नभएर संगीत पनि आफै गर्ने गर्छन् ।
उनले यस अघि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । ले यस अघि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । काङ्लाङ र कुङ्लुङ गाउं जाने बाटो (मज्जाले नाचौंला) नम्बरी सुन बोलको गीत अपार सफल्तापस्चात उनले यो पटक तामाङ र शेर्पा कल्चरमा आधारित गीत क्या राम्रो हाँस्यो भिडियो सहित बजारमा ल्याएका हुन् ।
गीतको भिडियोमा शेर्पा केटा र तामाङ केटी बिचको ठट्यौली शैलीलाई प्रयोग गरेको पाईन्छ । कलाकार समाज परिवर्तनको संवाहक हुन् भने गीतसंगीत समाजको ऐना हुन् गीतसंगीतको माध्यमबाट समाजको कस्तो विषयवस्तुलाई कसरी उठान गर्ने भन्ने विषय गहन बिषय बन्ने गर्दछ ।
तसर्थ यस गीतको भिडियोमा कलाकार हरुले आफ्नो कला प्रस्तुत गरे संगै भेषभुषा र मौलिक बजालाई समेत राम्रै ढंगले प्रस्तुत गरेको देखिन्छ ।
गीतको भिडियो छायांकन, सम्पादन तथा रंग सम्पादनको सम्पुर्ण प्राविधिक कामहरु भने निर्देशक कृष्ण ब्लोन नै गरेका हुन् ।
काठमाडौ । चर्चित गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाको क्या राम्रो हाँस्यो बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ । पछिल्ला समय नेपाली गीतसंगीतको क्षेत्रमा फरक फरक विधाका नयाँ नयां गीतहरु एक पछि अर्को गर्दै सार्बजनिक हुने क्रम रहेको छ ।
यसै क्रममा चर्चित गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाको क्या राम्रो हाँस्यो बोलको गीत भिडियो सहित सार्बजनिक गरिएको हो । उत्तम पौडेलको शब्द रचना रहेको उक्त गीतमा संगीत लाक्पा तेन्जि शेर्पाको संगीत रहेको छ भने गीतमा आवाज लाक्पा तेन्जि शेर्पा र चर्चित गायीका सुमिना लोको रहेको छ ।
गीतमा कोरस आवाज राजकुमारी कार्की, रोशनि रसाईली र बिन्दु बिसीको रहेको छ । गीतको भिडियो तर्फ भने कृष्ण ब्लोनको निर्देनमा पाल्देन लामा र अस्मिता तामाङलाई मुख्य अभिनयमा देख्न सकिनेछ । भिडियोमा कोरस नृत्य भने छाम्जी शेर्पा, ङिमी शेर्पा, याङ्जुम शेर्पा, लाक्पा छिरीङ शेर्पा, सुस्म लामा, बविना मगर, मोनिका पाख्रिन र मोनिका तामाङको रहेको छ ।
गीतको भिडियोमा शेर्पा कल्चर तामाङ कल्चरलाई देखाउने जमर्कोका साथ भेषभुषा पनि त्यही अनुसारले प्रयो गरिएको गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाले बताएको छ । उनी लामो समयदेखी गीतसंगीत क्षेत्रमा लागि परेका एक कुशल कलाकार हुन् । उनी आफै सुमधुर आवाजमा गीत गाउने मात्रै नभएर संगीत पनि आफै गर्ने गर्छन् ।
उनले यस अघि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । ले यस अघि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । काङ्लाङ र कुङ्लुङ गाउं जाने बाटो (मज्जाले नाचौंला) नम्बरी सुन बोलको गीत अपार सफल्तापस्चात उनले यो पटक तामाङ र शेर्पा कल्चरमा आधारित गीत क्या राम्रो हाँस्यो भिडियो सहित बजारमा ल्याएका हुन् ।
गीतको भिडियोमा शेर्पा केटा र तामाङ केटी बिचको ठट्यौली शैलीलाई प्रयोग गरेको पाईन्छ । कलाकार समाज परिवर्तनको संवाहक हुन् भने गीतसंगीत समाजको ऐना हुन् गीतसंगीतको माध्यमबाट समाजको कस्तो विषयवस्तुलाई कसरी उठान गर्ने भन्ने विषय गहन बिषय बन्ने गर्दछ ।
तसर्थ यस गीतको भिडियोमा कलाकार हरुले आफ्नो कला प्रस्तुत गरे संगै भेषभुषा र मौलिक बजालाई समेत राम्रै ढंगले प्रस्तुत गरेको देखिन्छ ।
गीतको भिडियो छायांकन, सम्पादन तथा रंग सम्पादनको सम्पुर्ण प्राविधिक कामहरु भने निर्देशक कृष्ण ब्लोन नै गरेका हुन् ।
काठमाडौं - विन्ध्यवासिनी फाउन्डेसनको आयोजना तथा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा बिहीबार साँझ राजधानीमा चमकदमकका साथ १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवाड समारोहमा जुन माया बोलको गीत सर्वोत्कृष्ट गीत घोषित भएको छ। अवार्ड समारोहमा राज सिग्देलले हृदयमा बोलको गीतबाट सर्वोत्कृष्ट गायक र उषा गजुरेलले मौसम आउलाबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमेका छन्। त्यसै गरी श्रीधर अधिकारीले छौ नि तिमी आहाबाट संगीतकार, बैकुण्ठ महत र बेनिशा पौडेलले पिरिम गाडीबाट युगल गायन तथा विनोद श्रेष्ठ र उषा सुवेदीले विदाई २ बाट मोडल जोडीको अवार्ड चुमे।
गीत संगीत र नृत्य प्रस्तुतिका साथ सम्पन्न समारोहमा अर्जुन सापकोटाले बस्यौ अलक्कैबाट लोकदोहोरी गायक, कविता खत्रीले नमस्ते ढोगदियाबाट लोकदोहोरी गायिका, खेम पुनले मर्ने सुई लाईदेउबाट लोकदोहोरी भाका, नारायण ज्ञवालीले कन्या राशीबाट लोकदोहोरी गीत रचना, निशान बानियाँले भाग्यमै रुन लेखेकोबाट लोकदोहोरी भिडियो निर्देशक तथा पल शाह र नारायणी खत्रीले काईलाबाट लोकदोहोरी मोडलको अवार्ड जिते।
१७ प्रतिस्पर्धात्मक अवार्ड प्रदान गरिएको समारोहमा विशाल घिमिरेले मेरी बाठी माया बोलको बाट आधुनिक गीत म्युजिक भिडियो निर्देशक, अमृत चापागाईले मायालीबाट भिडियो सम्पादक र पवन सुस्लिङले मायालाई पानको पातबाट छायाँकारको अवार्ड चुम्दा प्रेम सापकोटा सोनुले अरु त के भनु मायालुबाट गायनतर्पmको नवप्रतिभाको अवार्ड पाए। त्यस्तै जुना विश्वकर्माले माया आउने बसबाट पब्लिक च्वाईस अवार्ड र सोही गीतबाट अनिल पौडेलले पपूलर अवार्ड चुमे।
जूरी अवार्डतर्फ भने नेपालमा रेल कहिले आउलाबाट स्मृति तिमल्सिनाले निर्देशक, कुरा बुझिदेउ नबाट सञ्जय देवकोटाले गायक, हारेँ मैले मायामाबाट विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय, तल्लो बाटोबाट खेम सेन्चुरीले संगीतकार र दुःख साटम्लाबाट सन्तोष सापकोटाले गीतको अवार्ड चुमे।
समारोहमा गीतकार राजेन्द्र थापालाई नगद एक लाख रुपियाँसहित बिन्ध्यबासीनि म्युजिक लाईफ टाईम अचिभमेन्ट अवार्ड २०८१ बाट सम्मानित गरिएको छ। त्यसै गरी गायिका संगीता शाक्यलाई ५० हजार रुपियाँसहित बिन्ध्यबासिनि संंगीत साधना सम्मानबाट सम्मानित गरिएको छ भने गायिका निशा देसारलाई २५ हजार रुपियाँसहित प्रेमध्वज संगीत रत्न सम्मानबाट सम्मानित गरिएको छ। समारोहमा पत्रकार शारदा थापालाई २५ हजार रुपियाँसहित बिन्ध्यबासिनि कला पत्रकारीता सम्मान र लोक गायक शिरिष देवकोटालाई २५ हजार रुपियाँसहित झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिएको छ। कार्यक्रममा गायक दुर्गेश थापालाई विशेष सम्मान गरिएको थियो। सो अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गीतकार राजेन्द्र थापाको सम्मानमा विभिन्न गायक गायिकाले उनीद्धारा रचित गीत प्रस्तुत गरेका थिए। गायक सुमन कुमारले पर लैजाउ फूलहरु, गायिका बिन्दु परियारले पोहोर साल खुशी फाट्दा तथा गायक डेबिट शंकर र गायिका विन्दु परियारले पहिलो नम्बरमा बोलको गीत प्रस्तुत गरेका थिए। त्यस्तै गायिका माण्डवी त्रिपाठीले संगीता शाक्य थापाको सम्मानमा मै गोरीलाई बोलको गीत गाएकी थिईन्।
लाखे नाचबाट शुरु भएको समारोहमा नायक पल शाह र गायक दुर्गेश थापा एउटै मञ्चमा प्रस्तुत भए। पल शाहले नारायणी खत्री र कोरस कलाकारका साथ आफ्ना चलेका गीतमा नृत्य प्रस्तुत गरे भने दुर्गेशले ग्लोबल ट्रेन्डिङमा परेको आफ्ना गीत दुश्मन हेरेको हे¥यैमा कोरसका कलाकारका साथ पर्फमेन्स गरे। गायक गायिका शिरिष देवकोटा र निशा देसारले गीत संगीत प्रस्तुत गरेका थिए भने रुबिना अधिकारी, रबिना भण्डारी, दीप गुरुङ र टिमलगायतले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले स्वागत मन्तव्य राख्दै आगामी वर्षबाट प्रतिस्पर्धाको विधा घटाई सबै विजयीलाई नगद पुरस्कारको ब्यबस्था गर्ने जानकारी गराइन्।
काठमाडौं- नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय र दर्शक–श्रोतामाझ उत्तिकै प्रिय बनेकी गायिका सुजाता केसीको नयाँ गीत ‘मेरो बोली सुन्दा–२’ सार्वजनिक भएको छ। सुमधुर स्वर, भावुक प्रस्तुति र प्रेमिल भावना समेटिएको यो गीत अहिले श्रोता–दर्शकको मन जित्दै छ।
गीतले प्रेम, समर्पण र सम्बन्धको गहिरो संवेदनालाई अभिव्यक्त गर्छ। लोक तथा आधुनिक स्वादको संयोजनले गीतलाई अझ मीठो र सजीव बनाएको छ। यसका सशक्त शब्द रचना मुनाल शिशिरले गरेका हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन्। संगीत निर्देशनमा नरहपर प्रेमीको योगदान रहेको छ।
भिडियोको निर्देशन मुनाल शिशिरले गरेका छन् । भने छायांकनमा सुजन श्रेष्ठको कलात्मक दृष्टिकोण स्पष्ट देखिन्छ। विष्णु खड्काले सम्पादन गरेको भिडियोमा शुधिर श्रेष्ठ, प्रियङ्का रेग्मी लगायतका कलाकारहरूको प्रभावशाली अभिनय रहेको छ।
गायिका सुजाता केसीले पछिल्ला केही वर्षमा नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन्। उत्कृष्ट गायनशैली, बहुआयामिक प्रतिभा र गीतप्रतिको समर्पणले उनलाई लोकप्रिय गायिकाको रूपमा स्थापित गराएको छ। ‘मेरो बोली सुन्दा–२’ उनको संगीत यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
उक्त गीतको म्युजिक भिडियो सुजाता केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जसले छोटो समयमै उल्लेख्य दर्शक संख्याको साथसाथै सकारात्मक प्रतिक्रियासमेत पाइरहेको छ।
काठमाडौं- विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । विमोन्स एरा मिडिया ग्रुप नेपालको प्रस्तुति रहेको यो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ थाइल्याण्डको बैंकक र नेपालको काठमाडौंमा गरी सम्पन्न भएको हो ।
थाइल्याण्डको बैंककमा विशेष समारोहबीच केही दिनअघि सम्पन्न भएको अवार्ड काठमाडौंमा पनि एक विशेष कार्यक्रमको आयोजनागरी शनिबार मैजारो गरिएको हो । थाइल्याण्डमा विभिन्न कारणवस नजानु भएका स्रष्टा सर्जकलाई आयोजकले काठमाडौंमा विशेष कार्यक्रमगरी सम्मान तथा अवार्ड अर्पण गरेको हो ।
बैंकको कार्यक्रममा गैरआवसीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यता र थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका सामाजिक व्यक्तित्व सुनिल खड्काको विशेष आतिथ्यता तथा थाइल्यण्डमा रहेर विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका अन्य व्यक्तित्वको अतिथिमा कार्यक्रम भएको थियो भने नेपालमा पूर्वप्रहरी प्रमुख एवं सामाजिक अभियन्ता सर्वेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको विशिष्ट अतिथ्यतामा अवार्ड समारोह सम्पन्न भएको थियो । समारोहमा वरिष्ठ सर्जक खड्ग गर्बुजालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । उहाँलाई नगद राशीसहित दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । आठ सयभन्दा धेरै गीत गाउनुभएका गर्बुजाका धेरै गीत लोकप्रिय छन् । सो अवसरमा आफ्ना भनाइ राख्दै उहाँले गीत पनि गाउनुभएको थियो । सायद हिृवलचेयरमा चढेर देश विदेशका मञ्चमा माइक समाउन पुग्ने आफू नेपालको पहिलो गायक भएको बताउँदै उहाँले यो सम्मानले अझ बढी जिम्मेवारी थपेको बताउनुभयो । समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौ्यड्याल, म्युजिक खबरका सुमन वैरागी र रिना श्रेष्ठलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो भने गायिका शोभा पाण्डे, फेशन डिजाइनर विभूषित रिमाल र राजु भट्टराईलाई सम्मान अर्पण गरिएको थियो ।
बैंककमा निर्देशक केशव कोइरालाले ‘जुनको किरण’ पप गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्नुभएको थियो भने सिक्किका जीवन शर्माले ‘सुने मैले’ गीतबाट संगीतमा जुरी अवार्ड प्राप्त गर्नुभएको थियो । यस्तै, बैंककमा ‘माया गर्यौ’बाट राज लुइँटेलले नव मोडल लोक पपको पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो भने राजु शेर्माले आधुनिक गीत ‘कालो प्रकाश’ सर्वोत्कृष्ट मोडल र मुकेश गुरुङले ‘तिमी बिना’ पप मोडलबाट सर्वोत्कृष्ट नवमोडलको अवार्ड चुम्नु भएको थियो ।
यस्तै, भिडियो सम्पादनमा पुजन लामिछानेले ‘दशैँ आयो’ गीतबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड आफ्नो पोल्टामा पार्दा मञ्जु लावतीले ‘आम्बि’ (पालम) गीतबाट सर्वोत्कृष्ट भाषा भाषीको अवार्ड प्राप्त गर्नुभएको थियो । त्यसैगरी, मोडल पप आधुनिकमा नारायण विश्वकर्माले ‘आफ्नै स्वार्थ’बाट सर्वोत्कृट अवार्ड चुम्नु भएको थियो भने शिला गजुरेलले ‘चुपचाप’ गीतबाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नुभएको थियो । यस्तै, ईश्वरी बरालले ‘नैना रेशम’ गीतबाट सर्वोत्कृष्ट आधुनिक गायिकको अवार्ड चुम्दा पूजना काफ्लेले ‘चुपचाप’ गीतबाट जुरी अवार्ड र विराज बाँस्कोटाले ‘कालो प्रकाश’बाट आधुनिक गीत पुरुष मोडलको अवार्ड प्राप्त गर्नुभएको थियो ।
यता, नेपालमा भएको समारोहमा गायक चेतन राईले पप गीत ‘घुम्दै जादा’, टेक विसीले ‘नजरमा नजर’ पप मोडन, सूर्य कश्यपले ‘हाँसो खुशी’ आधुनिक गीतसंगीत, रिदम कँडेलले ‘तिम्रो याद’ संगीत संयोजन, माधव भण्डारीले ‘यस्तै रित हो’ लोक तथा दोहोरी गायक र हरिभक्त बुढाथोकीले आधुनिक गीत ‘नजरमा नजर’बाट सर्वोत्कृष्ट गीतकारको अवार्ड प्राप्त गर्नुभएको थियो । यसैगरी, नारायण भारतीले ‘झुटो बोल्दैन’ गीतबाट पप मोडन गीतकारको सर्वोत्कृष्ट अवार्ड, भीम बिसीले ‘रिती जाने वैस’ गीतबाट पप मोडन संगीतको सर्वोत्कृष्ट अवार्ड, आरके विवशले ‘विदेशी संस्कार’ गीतबाट नवगायकको सर्वोत्कृष्ट अवार्ड र कृष्ण वमले ‘साइला दाई’ गीतबाट सर्वोत्कृष्ट लोक पप नव मोडलको प्राप्त गर्नुभएको थियो ।
नेपालमा भएको समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि र महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलाकार लय संग्रौला, वरिष्ठ गायिका देवीका वन्दना, मञ्जु थापा वरिष्ठ गायक सीताराम पोख्रेल, गीतकार तथा पत्रकार शान्तिप्रिय, जिनियश म्युजिकका अध्यक्ष रमेश पाठक, निर्देशक÷कलाकार कृष्ण रसाललगायतले अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
थाइल्यण्डमा भएको कार्यक्रमको सहजीकरण मिलापका सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने नेपालमा भएको कार्यक्रमको निर्देशक माधव खरेलले सहजीकरण गर्नुभएको थियो ।
विदेशी भूमि र मातृभूमिमा कला संस्कृतिका सर्जकको सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउँदै अवार्ड संयोजक गीता अधिकारीले नेपाली कला संस्कृतिलाई नेपालबाहिर परिचत गराउनु र कला संगीतका सर्जकलाई उहाँहरूको सिर्जनाको सम्मान गर्ने उद्देश्यले कार्यक्रम गरिरहेको बताउनुभयो । आउँदा दिनमा यसलाई निरन्तरता दिने संयोजक अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको समारोहमा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूले गीतसंगीतका सर्जकको सम्मानका लागि हिमालयन अन्तर्राष्ट्रिय अवार्डले गरेका कार्यको सहराना गर्नुभएको थियो । समारोहमा गीतसंगीत, साहित्यका साथै समाजका प्रभुत्व वर्गको विशेष उपस्थिति रहेको थियो ।
जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान
बैंककमा हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ सँगै समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका व्यक्तित्वलाई ‘जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान’समेत अर्पण गरिएको थियो । विगत १६ वर्षदेखि गीतसंगीतको क्षेत्रमा काम गर्दै आएको जिनियस डिजिटल म्युजिक प्रा.लि.ले सो सम्मान अर्पण गरेको थियो । नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको सो समारोहमा ईशान श्रेष्ठले मञ्जुश्री नृत्य प्रस्तुत गर्नुभएको थियो भने नृत्य निर्देशक/कोरियोग्राफर कृष्ण रसाल, केशव कोइराला, मोडल तथा कलाकार शिला गजुरेल, जोशिफा गुरुङ रसाल, पुजन काफ्लेलगायतले विभिन्न प्रस्तुति दिएका दिनुभएको थियो ।
समारोहमा सिक्किममा रहेर नेपाली गीतसंगीत, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण सम्बद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा जीवन शर्मालाई सम्मान अर्पण गरिएको थियो भने हिमालय टाइम्स दैनिकका उपसम्पादक एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसाललाई ‘पत्रकारिता रजत सम्मान’ले विभूषित गरिएको थियो । यस्तै, मेरो डान्स युनिर्भसकी विजेता थाइल्याण्ड निवासी खुशी कार्कीलाई सम्मान अर्पण गरिएको थियो ।
समारोहमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, नृत्य निर्देशक/मोडल कृष्ण रसाल, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, पत्रकार÷निर्देशक राज लुइँटेल, इभेन्ट म्यानेजमेन्ट डाइरेक्टर लवबहादुर कार्की, पत्रकार एवं बडिमालिका फाउण्डेशन नेपालका अध्यक्ष प्रकाशबहादुर सिंह, कोरियोग्राफर ईशान श्रेष्ठ, कोरियोग्राफर कृष्ण राना, गायक÷संगीतकार रामबावु राउत पटेल, इभेन्ट डाइरेक्टर डेभिल सिंह राजपुत, फेयर एक्स्प्रेस मिडियाका अध्यक्ष विपिन पोख्रेल, सामाजिक अभियन्ता वरुणकुमार माझी, ढुवानी व्यवसायी महासंघका सचिव एवं समाजसेवी धर्मराज पोख्रेललाई सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भविन्द्र खड्का, सिक्किमका जीवन शर्मा, पत्रकार कृष्ण भुसाललगायतले थाइल्याण्डको बैंककमा भव्य कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै विश्वमा जहाँ रहे पनि नेपाली भाषा, साहित्य, कला, संस्कृतिका साथै नेपाली गीतसंगीतको संरक्षण एवं सम्बद्र्धनमा जुटनुपर्ने भनाइ राख्नुभएको थियो ।
‘मिलाप अन्तर्क्रिया, सम्मान एवं सांगीतिक साँझ’
बैंकको कार्यक्रमपछि यो टोलीले सिंगापुर हुँदै मलेसियामा पुगेर सांगीतिक साँझ गरेको थियो । मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान एवं सांगीतिक साँझ’ भएको हो । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तरक्रिया, सम्मान एवं सांगीतिक साँझ’ सम्पन्न भएको थियोे । कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य, कला, संस्कृतिका विषयमा गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले हाम्रो संस्कार एवं संस्कृतिको जर्गेना र उत्थान गर्न सहयोग पुग्ने बताउनुभयो ।
मिलापका अध्यक्ष एवं सम्पादक कृष्ण भुसालको सहजीकरणमा सम्पन्न भएको सो कार्यक्रममा एनआरएनए आईसिसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने, पर्यटनदूत मलेसिया नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, एनआरएनए मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाह, नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बू, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, प्रवासी नेपाली मञ्च मलेसियाका पूर्वअध्यक्ष शेर गुरुङ, एनआरएनए आईसिसी सदस्य टेकबहादुर टमटा, व्यवसायी तथा समाजसेवी नरेन्द्र राउत, एशिया प्याशिफिक कन्सल्टेन्ट तथा ग्रुप मेनेजर ग्राण्ड होटल इन्टरनेशनल मलेसियाका श्याम कार्की, व्यवसायी तथा समाजसेवी, अभियन्ता एनआरएनए कुवेतका राजेन्द्र सिंह भण्डारी, सनरेड एडभान्सका सिइओ विनोदकुमार यादव, कृष्णकुमारी निरौला(कविता) सञ्चालक, नेपाल हाउस मलेसियालगायतको आतिथ्यता रहेको थियो ।
यस्तै, कार्यक्रममा व्यवसायी डिकबहादुर राई, मलायखवरका एन चौधरी, बारा दैनिकका सम्पादक कृष्ण गुप्ता, सुदूरपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष दिनेश खड्कालगायतको आतिथ्यता थियो । कार्यक्रममा अतिथिहरूलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रम सभापति अधिकारी जनसावलका बगाले र राजदूतावासका प्रथम सचिव धामीले सम्मान पत्र अर्पण गर्नुभएको थियो । कार्यक्रममा गायक मञ्जु लावती, कृष्ण रसाल, केशव कोइराला, उर्मिला खत्री (रिया) रामबाबु पटेल, रमेश पाठक, शिला गजुरेल, विराट बाँस्कोटा, राजु शेर्मा, मुकेस गुरुङ, जोसिफा गुरुङ, ईसान श्रेष्ठलगायतले बेजोड प्रस्तुति दिनुभएको थियो ।
काठमाडौं-नेपाल चलचित्र निर्देशक समाजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा एक भव्य समारोहको आयोजना गरी रजत जयन्ती मनाएको छ । चलचित्र विकास बोर्ड परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी रहनुभएको थियो ।
कार्यक्रममा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी विशेष अतिथिका रूपमा सहभागी रहनुभएको समारोहको अध्यक्षता समाजका अध्यक्ष जनकदीप पराजुलीले गर्नुभएको थियो ।
समारोहमा वरिष्ठ चलचित्रकर्मी निर शाहलाई नगदसहित ‘रजत जयन्ती दीर्घ साधना सम्मान-२०८१’ अर्पण गरिएको थियो भने शम्भु प्रधानलाई ‘रजत जयन्ती हिरा सिंह स्मृति सम्मान-२०८१’, निर्देशक श्याम राई, डा. सुबोधकुमार पोखरेल र रक्षा सिंह राणालाई ‘रजत जयन्ती स्रष्टा सर्जक सम्मान-२०८१’ बाट सम्मानित गरिएको थियो ।
‘डाइरेक्टर अफ दी इयर-२०८०’ को व्यावसायिक विधामा चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले अवार्ड प्राप्त गर्नुभएको थियो भने कलात्मक (क्रिटिक्स) विधामा चलचित्र ‘द रेड सुडकेस’ का निर्देशक फिडेल देवकोटा सम्मानित हुनुभएको थियो ।
सो अवसरमा निर्देशक समाजको प्रोफाइल भिडियो, निर शाहको जीवनीमाथि आधारित दृश्य सामग्री, सम्मानित स्रष्टाहरूका वृत्तचित्र, साङ्गीतिक नृत्य प्रस्तुति तथा रजत जयन्ती स्मारिका विमोचन गरिएको थियो ।