काठमाडौं-आज (बिहीबार)देखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुन गइरहेको छ । सोमबारसम्म काठमाडौंमा हुने आठौं संस्करणको निफमा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । आज दिउँसो डेढ बजे क्युएफएक्स सिभिल मलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यमा उद्घाटन हुने महोत्सवको पहिलो दिन मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन हुनेछ । अन्तिम दिन अर्थात् चैत ११ गते सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट समापन हुनेछ ।
‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।’ प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सोसम्बन्धी विषयमा बनेका चलचित्रको प्रतिस्पर्धा पनि हुने उल्लेख छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ ।
एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०/५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
महोत्सवमा सहभागी हुन ५० बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरू नेपाल आएकोे आयोजक संस्थाका अध्यक्ष केपी पाठकद्वारा जारी विज्ञप्तिमार्फत् जनाइएको छ ।
यसपटक निफको निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा, चलचित्र समीक्षक सम्पादक रीता दत्ता, निर्देशक लिउ जियान र कलाकार जमल शाहलगायत रहनुभएको छ ।
महोत्सवमा कुनै एउटा देशको चलचित्रलाई विशेष प्रदर्शन गर्ने योजनाअनुसार यस वर्ष महोत्सवको तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को पनि आयोजना गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
महोत्सवअन्तर्गत नै शनिबार आयोजना हुने उक्त फिल्म डेमा रसियाका तीनवटा चलचित्र प्रदर्शन गरिनेछ । यसपटक महोत्सवमा तीनवटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डका लागि चैत ७ गतेदेखि ११ गते दिनको ४ बजेसम्म खल्ती एपबाट भोटिङ गर्न सकिने व्यवस्था गरिएको आयोजकले एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डमा रहेका मानिसहरूको जेनेटिक मेमोरीको अध्ययन, अनुसन्धान हुनुपर्ने बताउनुभयो । हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन २०८१ को समापन समारोहमा प्रधानमन्त्री ओलीले पुर्खाहरूको ज्ञान विशद् रहेको उल्लेख गर्दै ती विद्वान पुर्खाको जीन र जिनेटिक मेमोरी अहिलेका मानिसमा भएकोले तिनको अध्ययन हुनुपर्ने बताउनुभएको हो ।
‘मलाई पुनर्जन्ममा विश्वास छैन तर एउटा बीजबाट अर्काे रुख पैदा हुने खालको पुनर्जन्ममा मलाई विश्वास छ’, उहाँले भन्नुभयोे, ‘एउटा ठुलो वृक्षको बीज सानो हुन्छ । त्यसबाट ठूलो वृक्ष पैदा हुन्छ । हाम्रो संस्कृति, ज्ञानको बीज सानो थियो, सानैबाट अहिले विशाल शाखा प्रशाखा, सुन्दर फुलहरू फुलेका छन् । असाधारण योगदान हाम्रा पूर्वजले गर्नुभएको हो । हाम्रा पुर्खाले एउटा लहरा समातेर माथि जाने गरी तयार पारेको ज्ञान हामीमा पनि छ । त्यस्ता अनेकन ज्ञान, विज्ञान हाम्रो जेनेटिक मेमोरीमा छ । त्यसलाई बाहिर ल्याउन खोज अनुसन्धान हुनुपर्छ ।’
अन्य देशका मानिसले आफ्नो परम्परागत ज्ञानको खोज, अनुसन्धान गरी पेटेन्ट राइट बनाउन थालेको उल्लेख गर्दै नेपालले पनि यो काम गर्न ढिला भइसकेको उहाँले सुनाउनुभयो । विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता गर्दै जाने राष्ट्रिय आवश्यकता रहेको समेत उहाँले बताउनुभयो । त्यस्तै नेपाली भाषालाई समृद्ध बनाउन आगन्तुक भाषाका शब्दलाई पनि सुहाउँदो किसिमले आफ्नो भाषा समृद्ध हुने गरी अँगाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘शब्दहरू पनि बुहारी जस्तै हो । हाम्रो बनेर आएपछि आगन्तुक भाषाका शब्दलाई ससम्मान स्वीकार्नु पर्छ । त्यसलाई हामीले बहिष्कार गर्न सक्दैनौँ । सजिलो गरी बुझ्ने खालले आफ्नोपन झल्किने गरी अँगाल्नु पर्छ ।’
बरिष्ठ कवि, मुन्धुमविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपालभित्र होस् या नेपालबाहिर रहेका नेपालीलाई एकसूत्रमा बाँधेको नेपाली भाषाले नै रहेको बताउनुभयो । घरमा मातृभाषामा बोले पनि सम्पर्क भाषाको रुपमा नेपाली भाषाको प्रयोग गरिरहेको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार हाम्रा लोकगाथा, लोकज्ञानको खोजी गर्न यस किसिमको सम्मेलनको आवश्यक थियो । बैरागी काइँलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘साहित्यमैत्री’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयोे, ‘यस्तो साहित्य लेख्ने प्रधानमन्त्री हामी कलाकार, साहित्यकारहरूले पाएका छौँ, यो हाम्रो भाग्यको कुरा हो ।’
काशी हिन्दु विश्वविद्यालय वाराणसी, भारतका भारतीय भाषा विभागका अध्यक्ष तथा आचार्य प्रा.डा. दिवाकर प्रधानले काशी र नेपालको पुरानो सम्बन्ध रहेको बताउनुभयो । उहाँका अनुसार विश्वका विभिन्न स्थानमा बसोबास गर्ने मानिसलाई नेपाली भाषा र संस्कृतिले बाँधेको हुन्छ, त्यस्तै काशी विश्वविद्यालयले भाषा शुद्धिकरण गर्ने र नेपाली भाषाको मौलिकता विकसित हुन दिनका लागि काम गरिरहेको समेत उहाँले बताउनुभयो । ‘हामीले यतिविघ्न शब्द भुलिसकेछौँ, आफ्नो भुलेर अर्काको ल्याउने गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘यसलाई जोगाउन सबै नेपालीहरू सँगसँगै जाऊँ, वैमन्स्यता नगरौँ ।’
मदन भण्डारी कला-साहित्य प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले हिमवत्खण्ड कला साहित्य संस्कृति मञ्च गठन गरेको सुनाउनुभयो । जसमा नेपाल लगायत भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, थाइल्याण्डका पनि प्रतिनिधि समेटिने उहाँले बताउनुभयो । सम्मिलनलाई राजनीतिक पार्टीको काम भनेर लान्छना लगाइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामी सबै विचारमा संलग्नहरूको साझा बुँदा लोकसंस्कृतिमा हामीले छलफल गर्यौ । एउटा कुवा बनायौँ । यसबाट सिँचाइ गर्ने प्रयत्न गर्नेछौँ ।’
सांस्कृतिक अतिक्रमणको चपेटामा परिरहेको संस्कृतिलाई जगेर्ना गर्न यो सम्मिलनले महत्वपूर्ण योगदान दिएको नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा सार्वजनिक सेवा प्रशारण संस्थाका बोर्ड अफ डाइरेक्टर्स फूलमान बलले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा कविता वाचनसमेत गर्नुभएको थियो । ओलीले कार्यक्रममा बस्दै गर्दा लेखेकोे कविता सुनाउनुभएको हो । हिमवत्खण्डको महिमाको वर्णन गर्दै उहाँले ‘अञ्जुलीभित्र सजाएर राखेको नेपाल’ कविता वाचन गर्नुभएको थियो । हिमवत्खण्ड अगाडि बढ्ने बाटो खोजिरहेको भाव उहाँले कवितामा उतार्नुभएको थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कविता चाहिँ लेखेको होइन, यसभित्र कविता चाहिँ छ । अलि खोज्नुपर्छ ।’
कार्यक्रममा कवि साहित्यकार श्रवण मुकारुङले ‘मेखबहादुरको खुकुरीले मान्छे काट्दैन’, मोमिला जोशीले ‘मात्र एउटा हाँगा काटे पनि…….’, भारतस्थित असमका रुमी लस्कर बोराले ‘तिम्रा लागि’, बेलायतका रक्ष राईले डायस्पोरिक कविता ‘छोरोलाई चिठ्ठी’, बिना थिङले ‘आगोको ठेगाना’, दार्जिलिङका विजय वान्तवा कैलाशी ‘बा’, रत्नावली शर्माले छन्द कविता, बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले ‘ओ अटककुमार’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघि चन्द्रागिरीमा लेखेको कविता दिनेश डिसीले कार्यक्रममा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्राध्यापक केशव सुवेदीले ‘काठमाडौँ घोषणापत्र’ प्रस्तुत गर्नुभयो । उहाँले हिमवत्खण्डको ज्ञान, विज्ञान र परम्परालाई विस्तार गर्दै लैजाने, सहअस्तित्व कायम गर्ने, हिंसा रोक्न आह्वान गर्ने, मानवीय मूल्य प्रवद्र्धन अभियान जारी राख्ने, हिमवत्खण्डमा रहेको दर्शन, साहित्य, चिन्तन, संस्कृतिको उत्खनन्, जगेर्ना गर्ने, वनविनास, भूक्षय, बाढीलगायत प्रकोप रोकथाम गर्न प्रयास गर्ने, नेपाली भाषाको मौलिकतालाई कायम राखी मानकीकरण गर्न प्रयास गर्ने लगायत १७ बुँदा घोषणा गर्नुभएको थियो ।
बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रधानमन्त्रीले मुख्य प्रायोजकहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । समापनअघि ‘संस्कृति र समृद्धि’ विषयमा परिसंसाद कार्यक्रम भएको थियो । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर अनिता लामा, संस्कृतिविद् मल्ल के सुन्दर र नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थपलियाले समृद्धिका लागि संस्कृतिको भूमिका बारे विचार व्यक्त गर्नुभएको थियो । परिसंवादको सहजीकरण बिना थिङले गर्नुभएको थियो ।
यसैगरी ‘सञ्चारमाध्यममा भाषा’ विषयक परिसंवाद कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञपरिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल, सार्वजनिक सेवा प्रसारण नेपालका बोर्ड अफ डाइरेक्टर्स फूलमान वल, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखड भण्डारी र सहप्राध्यापक डा. गीता त्रिपाठीले बहस गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण मोहराज शर्माले गर्नुभएको थियो ।
चैत १ गते राष्ट्रिय सभा गृहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समुद्घाटन भएको कार्यक्रमको पहिलो दिनको दोस्रो सत्रमा नेपालका लोकसंस्कृति, दोस्रो दिन बिहान नेपालबाहिर नेपाली लोकसंस्कृति र साँझ सांस्कृतिक उत्सव भएका थिए भने तेस्रो दिन बिहान नेपालबाहिरका नेपाली लोकसंस्कृति अर्को सत्रमा हिमवत्खण्डको महिमा र संस्कृति विषयमा गोष्ठी गभएको थियो । तीन दिनसमम चलेको सम्मिलनमा भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्ड, चीनको तिब्बत, हङकङ र बेलायतका स्रष्टा-अन्वेषकहरूको सहभागिता थियो ।
आगामी चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै तयारी पुरा भएको जनाएको छ ।
यसपटक निफको निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा चलचित्र समिक्षक सम्पादक रिता दत्ता, निर्देशक लिउ जियान र कलाकार जमल शाह लगाएत रहेका छन् ।
महोत्सवमा कुनै एउटा देशको चलचित्रलाई बिशेष प्रदर्शन गर्ने योजना अनुसार यस वर्ष महोत्सवको तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को पनि आयोजना गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
महोत्सव अन्तरगत नै आगामी शनिवार आयोजना हुने उक्त फिल्म डे मा रसियाको तीनवटा चलचित्र प्रदर्शन गरिनेछ । यसपटक महोत्सवमा ३ वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डको लागि चैत्र ७ गते देखि ११ गते दिनको ४ बजे सम्म खल्ती एप बाट भोटिङ गर्न सकिने ब्यवस्था गरिएको छ ।
मार्च २०, २०२५, दिउँसो १ः ३० बजे क्युएफएक्स सिभिल मलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालकको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सुरू हुनेछ । समारोहको पहिलो दिन मिनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन हुनेछ । महोत्सवको अन्तिम दिन अर्थात चैत्र ११ गते ४ बजे संचार तथा सुचना प्रबिधीमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख अतिथ्यमा अवार्ड बितरण गर्दै महोत्सबको समापन गरिनेछ ।
‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । प्रविधिमा आएको विकासलाई आत्मासात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सो सम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि हुनेछ ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ ।
एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु भईसकेको छ चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष एवं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समिति अध्यक्ष के.पी पाठकले जानकारी दिएका छन् । महोत्सवलाई एउटा पर्वको रुपमा मनाउन सबै चलचित्रकर्मी, संचारकर्मी र सर्वसाधारणलाई अनुरोध गरिएको पाठकले बताए ।
काठमाण्डौ – चलचित्र चलचित्रका कलाकारहरूको छाता संस्था नेपाल चलचित्र कलाकार संघको २० औं साधारण सभा काठमाडौँमा एक विशेष समारोहका बिच सम्पन्न भएको छ । नेपाली चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्दै समारोह शुरू भएको थियो । समारोहमा विशिष्ट कलाकारहरू पुरस्कृत भएका छन् ।
पाँच दशकदेखि अभिनयमा सक्रिय चरित्र अभिनेता श्री मुकुन्द किशोर भट्टराई, चार दशकदेखि अभिनय क्षेत्रमा क्रियाशील चरित्र अभिनेता श्री लय संग्रौला र चार दशकदेखि अभिनयमा संलग्न अभिनेता पूरण जोशीलाई क्रमशः नेपाल चलचित्र कलाकार संघको २०७८,२०७९, २०८० सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार समारोहमा प्रदान गरियो । नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँ रहेको छ ।
यस वर्षको शान्ति मास्के स्मृति पुरस्कार अभिनेत्री गौरी मल्ल लाई प्रदान गरियो । चार दशकदेखि अभिनयमा योगदान दिँदै आएकी अभिनेत्री गौरी यति बेला आमाको अशौचमा रहेकी छिन् । यो पुरस्कारको राशि ५६ हजार रुपैयाँ रहेकोछ ।
संघले गोपाल राउत स्मृति पुरस्कार कलाकार रामकाजी घिमिरेलाई प्रदान गरेको छ । यो पुरस्कारको राशि १० हजार रुपैयाँ रहेकोछ । त्यस्तै, संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको विशेष सम्मान यस पटक डा. रूपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयर सेल ट्राभललाई प्रदान गरेको छ ।
समारोहमा संघका अध्यक्ष एवं समारोहका सभापति मोहन निरौलाले नेपाली चलचित्र कलाकारहरूको छातासंगठन नेपाल चलचित्र कलाकार संघको स्थापना देखी लिएर अहिलेको अवस्थासम्म ल्याई पुर्याउने सम्पूर्ण अग्रज व्यत्तित्वहरुलाई सम्मान गर्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म संघले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए ।
समारोहमा सम्मानित व्यक्तित्वहरूको प्रतिनिधिको रूपमा बोल्दै विशिष्ट कलाकार लय संग्रौलाले यो सम्मान मैले रंगमञ्च देखी चलचित्र हुँदै टेलिभिजनको यो यात्रामा आइपुग्दा सम्म मैले भोगेका कठिनाइ, मैले बिताएका भोका रातहरूको उपज र भोगाइको उपज हो यो सम्मान भन्दै त्यो वेला उमेर जोस सबै थियो तर हैसियत थिएन । एउटा हैसियत नभएको मान्छेले नाता सम्बन्ध प्रेम सबै गुमाउँछ उसको बोलीको पनि मूल्य हुँदैन भन्दै एउटा चलचित्र क्षेत्रमा सँगै गोरेटो खन्न हिँडेका केही साथीहरूले मात्रै चिन्ने गरेको तर सरकारले नचिनेको भन्दै भन्दै भावुक भए ।
कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले वार्षिक साधारणको भव्य सफलताको कामना गर्दै कार्यक्रममा सम्मानित एवम् पुरस्कृत हुने व्यक्तित्वहरूलाई शुभकामना प्रदान गरेका थिए । नेपाल चलचित्र कलाकार संघका सल्लाहकार कृष्ण मल्लले आगामी दिनहरूमा नेपाल चलचित्र कलाकार संघ अझै बढी सक्रिय रहोस् भन्दै शुभकामना दिएका थिए ।
त्यस्तै नेपाल चलचित्र कलाकार संघकी संरक्षक एवम् विशिष्ट अभिनेत्री वसुन्धरा भुसालले चलचित्रका कार्यक्रमहरूमा कलाकारहरूले अनुशासनको महत्त्व अझै नबुझेको भन्दै सम्पूर्ण कलाकारहरूले कार्यक्रममा नसकिए सम्म आनन्दले बसिदिनू पर्छ जसरी सुटिङ स्थलमा निर्देशकले प्याक अप नभनुन्जेल सेटबाट निस्कन मिल्दैन यस्तै अनुशासन हरेक ठाउँमा हुन जरुरी रहेको बताए ।
आफ्नो नेतृत्वमा संघले स्थापना गरेको पुरस्कारले विशिष्ट व्यक्तित्वहरूले पाएकोमा मैले आफूले नै पाएको महसुस गरेको बताइन् । साथै दुःखमा मात्रै संघलाई गुहार्ने र सुखमा लात मार्ने नगर्नु होला भन्दै दुःख र सुख सबैमा संघलाई हरेक कलाकारले साथ साथै लैजान जरुरी रहेको बताइन् ।
समारोहमा प्रमुख अतिथिको रुपमा चलचित्र बिकाश बोर्डका अध्यक्ष दिनेश डिसीले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिँदै लय संग्रौला जस्ता अग्रज र सक्रिय व्यक्तित्वहरूले पुरस्कार सम्मान पाउँदा आफू निक्कै खुसी भएको बताए । साथै चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको मेडिकल ईन्सुरेन्स अब उप्रान्त ३० वर्ष योगदान दिएका चलचित्रकर्मीहरूको लागी २ लाख र २० वर्ष पुगेका चलचित्रकर्मीहरूको लागी १ लाख रुपैयाँको पुर्याउने बताए ।
यस अघि मेडिकल ईन्सुरेन्सको उक्त रकम ३० वर्ष योगदान दिएका चलचित्रकर्मीहरूको लागी १ लाख मात्रै रहेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि डिसीले चलचित्र क्षेत्रमा देखिने गरी आफू काम गर्न लागिरहेको भन्दै उनले बोर्ड मार्फत चलचित्र कल्याणकारी कोषमा ३६ लाख प्रदान गरिएको छ भने काभ्रेमा नेपालकै ठुलो चलचित्र स्टुडियोको निर्माणको प्राविधिक खाका तयारीमा व्यस्त रहेको बताए । नेपाल चलचित्र कलाकार संघ मार्फत पनि कलाकारहरूको हकहितको लागि आफू प्रतिबद्ध रहेको बताए ।
नेपाल चलचित्र कलाकार संघका सदस्य गोपाल ढकाल छन्देले सञ्चालन गरेको कार्यक्रममा संघका महासचिव सविन श्रेष्ठले सहभागीहरूलाई स्वागत गरेका थिए । २० औँ साधारण सभा तयारी समितिका संयोजक संघका महासचिब सविन श्रेष्ठ रहेका थिए । समारोहमा विशिष्ट चलचित्रकर्मी चैत्यदेवी सिंहले चलचित्र कल्याणकारी कोषलाई नगद २५ हजार सहयोग गरेकी छन् ।
काठमाण्डौ – होली पर्वको अवसरमा “KTMडाउनटाउन“ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक र गीतकार NEPZ को यो पहिलो म्युजिक भिडियो हो, जसले उनको सांगीतिक यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो मौलिक गीत लेखनका लागि परिचित NRPZ को संगीतले नेपाली संगीत परिदृश्यमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने विश्वास गरिएको छ ।
सार्वजनिक पोस्टरमा चर्चित नेपाली अभिनेत्री तथा मोडल करिश्मा श्रेष्ठलाई देख्न सकिन्छ, जसले नेपाली चलचित्र र मोडलिङ क्षेत्रलाई महत्त्वपूर्ण योगदान दिएकी छन्। ‘“KTM डाउनटाउन” “ म्युजिक भिडियोको अडियो र संगीत उत्पादन नेपासा स्टूडियोमा गरिएको हो, जसले ट्रयाकको उच्च गुणस्तरको ध्वनि संयोजन गरेको छ ।
भिडियो निर्देशन विशाल शर्माले गरेका छन्। निर्माण टोलीमा महेश्वर सम्बाहाम्फे (निर्माण व्यवस्थापक), दिनेश म्याङ्गो (कोरियोग्राफर), नुमा सम्बाहाम्फे (स्टाइलिस्ट), सुनील शिवभक्ति (सम्पादक), नकल सुनुवार (सिनेमाटोग्राफर), र धीरज अधिकारी (रङ संयोजक) जस्ता व्यक्तित्वहरू रहेका छन् ।
काठमाडौंको रोमाण्टिक परिवेशलाई पर्दामा जीवन्त बनाउने उद्देश्यले निर्माण गरिएको ‘“KTM डाउनटाउन” म्युजिक भिडियो होली पर्वको अवसरमा 12 मार्चमा सार्वजनिक गरिएको छ । यस म्युजिक भिडियोलाई न केवल NEPZ को सांगीतिक यात्रामा नयाँ मोड थप्ने महत्वपूर्ण अवसर मानिएको छ, तर यसले काठमाडौंका जीवन्त सडकहरूमा प्रेम र रोमान्सको उत्सव मनाउने सन्देश पनि दिन्छ ।
कमला जोशी/ काठमाडौं – नेपाली सांगीतिक इतिहासमा पहिलो पटक, लोक दोहोरीको मौलिक पहिचानलाई जगेर्ना गर्दै प्रतिस्पर्धात्मक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यसहित ‘लोक दोहोरी स्टार’ नामक विशेष प्रतियोगिता आयोजना गरिँदैछ । नेपाली लोक दोहोरीको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रम ल्याइएको आयोजक संस्थाले बताएको छ ।
प्रतियोगिताको निष्पक्षता र स्तर उन्नत बनाउन अनुभवी तथा ख्यातिप्राप्त कलाकारहरू, वरिष्ठ गायक चन्द्र शर्मा, लोक दोहोरी प्रतिष्ठानकी अध्यक्ष तथा लोकप्रिय लोकदोहोरी गायिका रिता थापा मगर, तथा चर्चित गायक अमृत खाती निर्णायक को रुपमा अनुबन्धीत भएका छन् भने केही निर्णायकहरु अनुबन्धित हुने क्रममा रहेका छन् । साथै, यो प्रतियोगितालाई सुव्यवस्थित रूपमा सञ्चालन गर्न चलचित्र निर्देशक माधव राज खरेललाई कार्यक्रम निर्देशकको जिम्मेवारी दिइएको छ ।
प्रतियोगितालाई ठूलो संख्यामा दर्शकसम्म पुर्याउनेलक्ष्यका साथ स्पेस फोके टेलिभिजनसँग सहकार्य गरिएको छ । सोहीअनुसार, स्पेस फोके टेलिभिजनका प्रतिनिधि बाबुराम भुषाल र लोकदोहोरी स्टारका प्रोडक्सन प्रमुख डेविल सिंह राजपुतबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । उक्त सहकार्यले लोक दोहोरी संगीतलाई डिजिटल माध्यमबाट देशभर तथा प्रवासमा रहेका नेपाली समुदायसम्म पुर्याउने अपेक्षा गरिएको छ ।
लोक दोहोरी स्टार प्रतियोगिता केवल गायन प्रतियोगिता मात्र नभई नेपाली सांगीतिक सम्पदाको उजागर गर्ने एउटा सांस्कृतिक महोत्सव हुनेछ । नवप्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने प्लेटफर्म तयार गर्नु, मौलिक लोक दोहोरीको संरक्षण गर्दै आधुनिक शैलीमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने, अनुभवी निर्णायकहरूको मार्गदर्शनमा स्तरिय प्रस्तुति दिनु र विजेताहरूका लागि आकर्षक पुरस्कार तथा सांगीतिक करियर निर्माणको अवसर प्रदान गर्ने यस कार्यक्रमको विशेषता रहेको छ ।
लोक दोहोरी संगीतको नयाँ पहिचान स्थापित गर्न चाहने तथा आफ्नो सुरहरू मार्फत नेपाली संगीतमा नयाँ इतिहास कोर्न इच्छुक प्रतिभावान व्यक्तिहरूका लागि यो प्रतियोगिता एउटा उत्कृष्ट अवसर हुनेछ । यस ऐतिहासिक यात्रामा सहभागी भई आफ्नो सांगीतिक पहिचान उजागर गर्न इच्छुक स्रष्टाहरूका लागि आयोजक टिमले आवेदन खुला गर्ने तयारी गरिरहेको छ ।
लोक दोहोरी प्रेमी तथा नेपाली मौलिक संस्कृति प्रेमी सबैलाई यस महाकुम्भमा सहभागिताका लागि आयोजक टोलीले विशेष रूपमा आह्वान गरेको छ । यहीँ चैत्र महिनाको अन्तिम सातादेखि आवेदन फारम खुला गरिने तथा आगामी जेष्ठ महिनादेखि लोक दोहोरी स्टारको अडिसन प्रक्रिया सुरु गरिने आयोजक पक्षले जानकारी गराएको छ ।

काठमाडौं- चलचित्र विकास बोर्डमा आयोजित तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले फेस्टिभल आयोजना गरेको थियो । तेस्रो तथा अन्तिम दिन विहीबार सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा सहभागि हुनुभएको थियो । महोत्सवको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गर्नुभएको थियो ।
महोत्सवमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । यो चलचित्रका कलाकारको मुहारचित्र ललितकलाका विद्यार्थीले तयार पारेका थिए । महोत्सवको दोस्रो दिन पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो । सो दिनमा महिलाले महिलाको विषयमा निर्माण गरेका लघु चलचित्र देखाइएको थियो । सो अवसरमा निर्देशक र कलाकार रेखा थापा, स्वस्तिमा खड्कासँग छलफल गरिएको थियो ।
विहीबार महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चन गरिएको थियो । घरेलु चलचित्रको विकासमा योगदान पुर्याएबापत सात जना महिला स्रष्टालाई सम्मान अर्पण गरिएको छ । अभिनेत्रीहरू करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, पत्रकार गीता अधिकारी र मेकअप कलाकार शोभा श्रेष्ठलाई सम्मान अर्पण गरिएको हो ।
समापन समारोहमा नेपाली फिल्म उद्योगका वरिष्ठ तथा चर्चित कलाकार, निर्देशक, संगीतकार, निर्माता, तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा बसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बासकोटा, दीपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, जनकदीप पराजुली, रविन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षार्सिह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
महिला सशक्तिकरण समितिको यो पहलले नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदानलाई सम्मान गर्दै आगामी दिनहरूमा थप सशक्तिकरणका कार्यक्रमहरू आवश्यक रहेको सन्देश प्रवाह गरेको छ । महोत्सवमा उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले कार्यक्रमको प्रशंसा गर्दै यसको निरन्तरताको कामना गरेका थिए । महिला चलचित्रकर्मी सशक्तिकरण समितिको संयोजकमा केकी अधिकारी र सदस्यहरूमा सञ्चारकर्मी गीता अधिकारी चलचित्रकर्मी स्वस्तिमा खड्का, नम्रता खरेल, सरस्वती घिमिरे, दुर्गा परियार, कल्पना आचार्य र निर्मला चौलागाईं हुनुहुन्छ ।
काठमाण्डौ - नेपाल चलचित्र कलाकार संघको २० औं साधारण सभा मिति २०८१ सालको साधारण सभा आगामी चैत्र ४ गते सम्पन्न काठमाण्डौमा सम्पन्न हुने भएको छ । संघले सबै आफ्ना सदस्यहरुलाई सदस्यता नविकरण गर्न आह्वान गरेको छ । केही सदस्य कलाकारहरूले अझै सदस्यता नविकरण गर्न बाँकी राखेका छन् ।
चैत्र ४ गते दिनको ११ बजेबाट लिसारा रिसेप्सन (Lisara Receptions),भगवती बाहल, नक्सालमा आयोजना हुने उक्त साधारण सभालाई संघका महासचिव सबिन श्रेष्ठको संयोजकत्वमा तयारी व्यवस्थापन समिति गठन गरिसकिएको छ, जसले सभा सफलतापूर्वक सम्पन्न गर्ने तयारी गरिरहेको छ ।
संघका अध्यक्ष मोहन निरौलाले सदस्यता नविकरण नगरेका सदस्यहरुलाई संघको विधानको परिच्छेद ३, दफा ८ ९घ० अनुसार ७ वर्षसम्म सदस्यता नविकरण नगरेमा सदस्यता खारेज हुने बारे जानकारी दिए। अध्यक्ष निरौलाद्धार हस्ताक्षरित विज्ञप्तीका अनुसार नविकरण नगरेका सदस्यहरूलाई यथाशीघ्र प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ । त्यसैगरी, चलचित्र विकास बोर्डले चलचित्रकर्मी परिचय पत्र वितरणको सम्बन्धमा सूचना प्रकाशित गर्दै संघलाई जानकारी गराएको छ ।
सोही आधारमा, मापदण्ड पूरा गरेका कलाकारहरूलाई परिचय पत्रका लागि निर्धारित मितिभित्र आवेदन दिन पनि संघले आग्रह गरेको छ ।साधारण सभा र सदस्यता नविकरणका सबै प्रक्रिया समयमै पूरा गर्न अपिल गरिएको छ ।

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले हालै सम्पन्न कार्यकारिणी समितिको बैठकमार्फत कलाकारहरूलाई प्रदान गरिने वार्षिक पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।
संघका अध्यक्ष मोहन निरौलाद्धारा जारी विज्ञप्तिमा नेपाल चलचित्र कलाकार संघले लामो समयदेखि अभिनय क्षेत्रमा योगदान पु¥याएका कलाकारहरूको सम्मानस्वरूप ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार प्रदान गरिने बताईएको छ । वि.सं. २०५५ मा श्रीमती बसुन्धरा भुसालको अध्यक्षतामा स्थापना भएको उक्त पुरस्कार यस वर्ष निम्न व्यक्तित्वहरूलाई प्रदान गरिने निर्णय भएको छ ।
सम्मानित व्यक्तित्वहरु, वि.सं. २०७८ को नेपाल चलचित्र कलाकार संघ पुरस्कार: पाँच दशकदेखि अभिनयमा सक्रिय चरित्र अभिनेता श्री मुकुन्द किसोर भट्टराई, वि.सं. २०७९ को नेपाल चलचित्र कलाकार संघ पुरस्कारः चार दशकदेखि अभिनय क्षेत्रमा क्रियाशील चरित्र अभिनेता श्री लय संग्रौला र वि.सं. २०८० को नेपाल चलचित्र कलाकार संघ पुरस्कार : चार दशकदेखि अभिनयमा संलग्न अभिनेता श्री पुरण जोशी रहेका छन् । ।
त्यस्तै, संघका संस्थापक संयोजक स्व. शान्ती मास्केको स्मृतिमा वि.सं. २०६८ मा श्री रमेश बुढाथोकीको अध्यक्षतामा स्थापित ‘स्व. शान्ती मास्के स्मृति पुरस्कार’ यस वर्ष चार दशकदेखि अभिनयमा योगदान दिँदै आउनुभएकी वरिष्ठ अभिनेत्री श्री गौरी मल्ल लाई प्रदान गरिनेछ ।
नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशी रु. ७५,००० रहेको छ । यस पुरस्कारबाट विगतमा नीर शाह, बसुन्धरा भुसाल, भुवन चन्द, शिव श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रमेश बुढाथोकी, रविन्द्र खड्का, लक्ष्मी गिरी, शर्मिला मल्ल, हरिहर शर्मा, शकुन्तला शर्मा लगायत विशिष्ट कलाकारहरू पुरस्कृत भइसकेका छन् । त्यस्तै, स्व. शान्ती मास्के स्मृति पुरस्कारको राशी रु. ५६,००० रहेको छ, जसअन्तर्गत यसअघि मदनदास श्रेष्ठ, आर.पी. पन्त, मिथिला शर्मा बोहरा लगायत विशिष्ट कलाकारहरू पुरस्कृत भइसकेका छन् ।
यस वर्षदेखि संघले दिवंगत कलाकार गोपाल राउतको स्मृतिमा ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’ पनि प्रदान गर्ने निर्णय गरेको छ । अमेरिकामा रहनुभएका कलाकार लक्ष्मी शर्माले संघलाई प्रदान गरेको रु. ३ लाखको अक्षयकोष बाट प्राप्त व्याजबाट प्रत्येक वर्ष रु. १०,००० पुरस्कारस्वरूप प्रदान गरिनेछ । यस वर्ष यो पुरस्कार चार दशकदेखि अभिनयमा सक्रिय कलाकार श्री रामकाजी घिमिरे लाई प्रदान गरिनेछ ।
त्यस्तै, संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको विशेष सम्मान यसपटक डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई प्रदान गरिने निर्णय गरेको विज्ञप्तिमा भनिएको छ । यी सबै पुरस्कार तथा सम्मान चैत ४ गते आयोजना हुने नेपाल चलचित्र कलाकार संघको वार्षिक साधारण सभामा प्रदान गरिनेछ ।

राजु भट्टराईले आफ्नै संगित, शब्द र स्वरमा नयाँ गीत ठुलीको फुली पस्केका छन् । उनले आफ्नो पहिलो गीत पिरती नगरी मार्फत लोकप्रियता कमाएपछि संगीतप्रेमी श्रोताहरूका लागि यो नयाँ सिर्जना ल्याएका हुन । फागुन ११ गते शनिबार ग्लोबल टुरिजम ट्रेड फेयर २०२५ को अवसरमा ग्लोबल कलेजमा आयोजित विशेष कार्यक्रममा ठुलीको फुली–गीत औपचारिक रूपमा सार्वजनिक गरिएका थिए । उक्त कार्यक्रममा भट्टराईले ठुलीको फुली गीत प्रस्तुत गर्दै दर्शकहरूलाई नचाएका थिए । गीतमा मिठा र सरल शब्दहरु र बाँसुरी, मादल र हार्माेनियम आदि बाजाको समिश्रण रहेको छ । भट्टराईले गीतलाई रमाइलो र सबैको मन छुन सक्ने बनाउने प्रयास गरेका हुन् । नेपाली संस्कार, संस्कृतिलाई झल्काउने र सबै वर्ग, समूह तथा परिवार सँगै बसि सुन्न सकिने ठुलीको फुली गीतले सबैको मनमुटुमा रहन सक्छ भन्ने उनको मान्यता छ । यस गीतको म्युजिक भिडियोमा पनि नेपाली संस्कृति, संस्कार झल्काउने किसिमको बनाउने सोच भएको र त्यसको लागी काम छिट्टै सुरु गर्ने र सम्पूर्ण संगित प्रेमिहरुमाझ सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
गायक भट्टराई कला साहित्य र संगीतमा विशेष रुचि राख्छन् । उनले भने –आफ्नो कर्मसँगै संगीत यात्रालाई निरन्तरता दिनेछु । नजानेको सिक्नेछु जिवनमा धेरै कष्ठ र खुट्किलाहरु पार भए । धेरै रुचीहरु ओइलाए र कति त बिलाए पनि । तर संगित सँधै मेरो छायाँ बनि मसँगै रह्यो । नत मैले संगितलाई बिर्सिन सकेँ न संगितले मलाई पछ्याउन छोड्न सक्यो । २०६० सालतिर म बुटवल बस्थे । आफ्नो काम सकेर हामी साथीभाई भेट हुन्थ्यो र मैले गाउँथे, भावनामा बगेरै गाउँथे । सानो तिनो कार्यक्रममा मलाई गाउन बोलाउनु हुन्थ्यो कति ठाउँमा त आँट गरेर गाउँथे तर आफु मञ्चमा उभिन सक्ने भइनसकेको भान हुन्थ्यो जाने आँट नगरी अर्काेपालि गाउँछु भनेर क्षमा माग्थेँ । मेरा दाजुभाई, साथीहरुले हौसला दिनुहुन्थ्यो, अगाडि बढ्नुहोस् अवश्य तपाई गन्तव्यमा पुग्नुहुन्छ भन्नुहुन्थ्यो । चाहेको कुरा चाहेकै समयमा नहुने रहेछ तर मन भित्रको इच्छा र चाहना एक दिन अवश्य सुरु गर्न सकिन्छ र गन्तव्यमा पुर्याउन सकिन्छ । हरेक शुभकार्यको लागि शुभदिन जुर्छ, पर्खन सक्नुपर्यो त्यसको लागि निरन्तर कर्म गर्दै जानुपर्यो । उनका अनुसार संगीत प्रेमीहरूको मनमा बास बस्ने उनको धोको रहेको छ र उनले नयाँ गीतहरू ल्याउने तयारी गरिरहेका छन ।
ग्लोबल टुरिजम ट्रेड फेयर दुई हजार पच्चीस मा विभिन्न प्रतिष्ठित कम्पनीहरूले सहभागिता जनाएका थिए। यसमा मुख्य प्रायोजक एनसेल रहेको थियो भने सह प्रायोजक थर्ड रक एड्भेन्चर्स तथा प्रवद्र्धनात्मक साझेदार नेपाल पर्यटन बोर्ड रहेका थिए। कार्यक्रममा अन्य महत्वपूर्ण साझेदारहरू पनि थिए। यात्रा साझेदारका रूपमा मलेसिया एयरलाइन्स र यति एयरलाइन्स रहेका थिए भने लजिस्टिक्स साझेदार अरामेक्स थियो। बैंकिङ साझेदार निम्ब बैंक रहेको थियो भने यात्रा साझेदारमा सिलिङ्क्स हलिडेज यात्रा हलिडेज ट्राभल डिजाइन हलिडे एक्सपर्ट ह्वाइट हिमालया ट्रेक्स एण्ड एक्सपिडिसन आदि सहभागी थिए। स्वास्थ्य साझेदार अल्फा केयर डायग्नोस्टिक सेन्टर रहेको थियो भने टिकटिङ साझेदार टिकट सञ्जाल थियो। खानपान तथा पेय पदार्थ साझेदारमा भण्डारी सेकुवा क्विक्स चीज बल्स रियो फ्रुट ड्रिंक्स लगायतका ब्रान्डहरू थिए। आतिथ्य साझेदारमा स्टार शेफ होस्पिटालिटी कैलाश बुटिक होटल, ओएसिस काठमाडौं होटल, ठमेल बुटिक होटल, सिद्धार्थ होस्पिटालिटी, त्रिशूली भिल्ला, चितलाङ अर्गानिक भिलेज रिसोर्ट लगायतका होटल तथा रिसोर्टहरू रहेका थिए।
राजु भट्टराई पेशागत रूपमा डिजाइनर डिजिटल विशेषज्ञ तथा प्रशिक्षकका रूपमा पनि सक्रिय छन। उनले संगीत यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा नयाँ गीतहरू सार्वजनिक गर्ने योजना सुनाएका छन। ठुलीको फुली हाल युट्युबमा उपलब्ध छ जसलाई श्रोताहरूले सुन्न र हेर्न सक्नेछन।