entertainment
||Power News Asia||

आजको समाचार

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण

मनोरञ्जन


काठमाण्डौ  - नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राससका महाप्रवन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । प्रतिष्ठानद्वारा दुई वर्षअघि धरानमा काइँलालाई नागरिक अभिनन्दन गरेको थियो ।

समारोहमा नेपाली भाषा-साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने दुई सर्जकलाई सम्मान र पुरस्कार अर्पण गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङगो सुब्बालाई प्रतिभा पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले थापालाई माला, टोपी, सम्मानपत्रसहित ५० हजार नगद रुपैयाँ र कार्यक्रमका सभापति टंक वनेमले दोसल्ला ओढाएर सम्मान थापालाई गर्नुभएको थियो । सुब्बालाई सम्मानपत्रसहित एक लाख नगद रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो ।

काइँलाले सम्मानित र पुरस्कृत सर्जकहरूलाई शुभकामना दिँदै पुरस्कृत सर्जक सुब्बाको उपनाम ‘सिङजाङगो’को बारेमा चर्चा गर्नुभयो । ‘नेपालीमा धसिङघरे अर्थ लाग्ने भए पनि लिम्बु भाषामा सिङजाङगोको अर्थ मगमगाइरहने फूल हो । छोटो समयमै लेखनमार्फत सुब्बा मगमगाइरहनुभएको छ’, उहाँले भन्नुभयो ।

दुई वर्षअघि धरानमा प्रतिष्ठानबाट आफू अभिनन्दित हुँदाको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘नागरिक अभिनन्दनको निम्ति म योग्य थिएँ कि थिइनँ, उहाँहरूले योग्य सम्झेर सम्मान दिनुभयो । यसको निम्ति आभारी छु । हिसाब गर्दा पनि कविताको संख्या तीस जति होला । उमेर धेरै भए पनि काम त्यति धेरै गरेको छैन जस्तो लाग्छ ।’ उहाँले तेस्रो आयामको कुरा उठाउँदै भन्नुभयो, ‘कविता लेख्दा गाली खाइयो, तर जसको आलोचना हुन्छ ऊ स्थापित हुँदो रहेछ । अहिले पनि केही नेताहरू आलोचित हुँदै स्थापित हुँदैछन । हाम्रो तेस्रो आयामलाई स्थापित गर्न समालोचक अभि सुवेदीको ठूलो हात छ ।’
समालोचक डा. अभि सुवेदीले काइँला र तेस्रो आयामेली चिन्तनको बारेमा चर्चा गर्नुभएको थियो ।

समालोचक प्राडा. गोविन्दराज भट्टराईले बैरागी काइँलालाई मुन्धुम र साहित्यका लागि पूर्वको मुक्कुमलुङ भएको बताउनुभयो । उहाँले अङ्ग्रेजीमा अनुवाद गरिएको काइँलाका १५ ओटा कवितको पाण्डुलिपि प्रतिभा प्रतिष्ठानका अध्यक्ष वनेमलाई हस्तान्तरण गर्नुभएको थियो । प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ कवि, कथाकार तथा चिन्तक रक्ष राईले संस्थाका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । बैरागी काइला नागरिक अभिनन्दन ग्रन्थका एक सम्पादक प्रदीप मेन्याङबोले काइँलाका बारेमा लेख्न जो कोहीले आँट नगर्ने बताउँदै ग्रन्थ तयार गर्न धेरै दुःख गरेको बताउनुभयो ।

पुरस्कृत सर्जक सुब्बाले काइँलाबाट सम्मान पाउँदा खुसी व्यक्त गर्दै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले काइँलाबाट एघार वटा मुन्धुमको पुस्तक अनुवाद गर्ने अनुमति पाएको बताउनुभयो । सम्मानित सर्जक थापाले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै आफूले कहिल्यै सम्मानको अपेक्षा नगरी लेखेको बताउनुभयो । उहाँले लेखक तथा अनुसन्धानकर्ताहरूको दुःख सुनाउँदै ताप्लेजुङका लिम्बूहरूको बारेमा किताब लेखिरहेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति टंक वनेमले बेलायत बसेर पनि नेपाली भाषा, कला र संस्कृतिलाई जोगाउन सर्जकहरूलाई प्रोत्साहन दिइरहेको बताउनुभयो । जिविकोपार्जनका लागि नेपालीहरू जुन जुन देश पुगेपनि नेपाली भाषा कला संस्कृति भुल्न नसक्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण प्राज्ञ शशी लुमुम्बूले गर्नुभएको थियो ।

अनिल साहीको निर्देशनमा तयार भएको ‘रुप्स्या पातली सुवा’को भिडियोमा खेम, लक्ष्मी र आरसीको अभिनय

मनोरञ्जन


काठमाण्डौ – गायक प्रमोद डिजीको रुप्स्या पातली सुवाको भिडियो सार्वजनिक भएको छ । आर डिपी डिजिटलको युटुव चयानल मार्फत सार्वजनिक भएको उक्त गीतमा शब्द चलचित्र निर्देशक माधव राज खरेलको रहेको छ भने राजेन्द्र बजगाईको संगीत तथा एरेन्ज का साथै मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

डेउडालाई फ्युजन तरिकाले तयार पारिएको उत्त गीतको भिडियोमा खेम डिसी, लक्ष्मी सुनार आरसी गोर्खालीको अभिनय देख्न सकिन्छ । अनिल शाहीको निर्देशन तयार पारिएको भिडियोमा अमित विकको छायाँकन तथा राजेश कुमारको सम्पादन रहेको छ ।

‘ताण्डवम्’को ट्रेलर सार्वजनिक

मनोरञ्जन


काठमाडौं – चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलरमा सस्पेन्स र थ्रिल देखिन्छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा प्रेम र बदलाको कथा समेटिएको छ ।

चलचित्रले एक नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाको कथा भन्ने निर्माणपक्षले जनाएको छ । चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, अंकित खड्का, गोपाल कटुवालको अभिनय छ । यो चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै छ ।

साहस शाक्यको भ्यालेन्टाइन स्पेशल ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ – नेपाली संगीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित संगीत संयोजक साहस शाक्य ले भ्यालेन्टाइन स्पेशल नयाँ गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक गरेका छन्। नेपाली चलचित्र संगीत तथा पार्श्व संगीतमा उनले विशेष पहिचान बनाइसकेका छन्। चलचित्र ‘ठूली’ को टाइटल गीत ‘म त मर्छु कि क्या हो ठूली’, चलचित्र ‘प्रकाश’ को ‘क्या बाँचौला’, प्रकाश तिमिल्सिनाको ‘प्रिय तिम्रो सिउँदोमा’, ‘म मर्न जाँदैछु’ जस्ता गीतहरू विशेष रूपमा हिट भएका छन्।

त्यस्तै, उनका संगीत संयोजनमा बनेका क्या दामी भो (शिव परियार), हंगामा भो  (प्रमोद खरेल), जिन्दगी यो फुलै फुलको थुङो हुदैन (अन्जु पन्त), बहुला (रमेश राज भट्टराई), बिच्च बिच्चमा (दुर्गेश थापा), बहिस्कार जस्ता गीतहरू नेपाली संगीतप्रेमीहरूले अत्यधिक रुचाएका छन्।

उनको संगीतमा थुप्रै ख्यातिप्राप्त गायक(गायिकाहरूले गीत गाइसकेका छन्, जसले नेपाली सांगीतिक उद्योगमा नयाँ उचाइ थपेको छ। यस पटक उनले ‘तिमी उदायौ यो जीवनमा’ गीतमा स्वर, संगीत, संगीत संयोजन तथा मिक्सिङ(मास्टरिङ समेत गरेका छन्। गीतमा राजीव जंग राना मगरको शब्द रहेको छ भने गायिका दीपा तामाङ को सुमधुर आवाजले गीतलाई जीवन्त बनाएको छ।

गीत सुदेश्ना इन्टरटेन्मेन्ट स्टुडियोमा रेकर्ड गरिएको हो र सुदेश्ना इन्टरटेन्मेन्ट को प्रस्तुति रहेको छ। यो गीत साहस शाक्यको आधिकारिक यूट्युब च्यानल ‘Sahas Shakya Official’ बाट सार्वजनिक गरिएको छ। चलचित्र संगीतदेखि हिट गीतहरूसम्मको यात्रामा साहस शाक्यको यो भ्यालेन्टाइन स्पेशल गीत प्रेमी(प्रेमिकाहरूका लागि विशेष उपहार बन्नेछ।

स्कटल्याण्डमा नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव -२०२५ हुने

मनोरञ्जन


काठमाण्डौ - "नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव- २०२५"  को  आयोजना अगस्त महिनामा स्कटल्याण्डको एडम्बरामा हुने भएको छ । १० फेब्रुअरी मा एक औपचारिक कार्यक्रम गरि Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव/ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको ब्यानर प्रदर्शन गरि औपचारिक रुपमा महोत्सवको घोषणा गरेका थिए ।

प्राप्त जानकारी अनुसार स्कटल्याण्ड तर्फको आयोजक Nepal Scotland Association (NSA) रहने छ भने नेपाल तर्फको आयोजना चलचित्रकर्मी महासंघ, प्रदेश १ र फिल्म कल्चर सोसाइटी अफ नेपालले गर्ने जनाईएको छ ।

कार्यक्रमको सहयोगी संस्थाक रुपमा नेपाल चलचित्र निर्देशक समाज रहने छ भने कार्यक्रमको सहजीकरण आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले गर्ने भएको छ । त्यसैगरी हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै हाम्रो कलाकार लाई अवार्ड र सम्मान प्रदान गर्दै मनाईने महोत्सवमा जातिय खाना उत्सव, जातिय पहिरन प्रदर्शन, चलचित्र प्रदर्शन, अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम गर्दै यो कार्यक्रम आयोजना गर्ने जानकारी महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी गराए ।

अगस्त २०२५ मा आयोजना हुने महोत्सव स्कटल्याण्डमा हुने बिश्वको चर्चित महोत्सव "एडम्बरा महोत्सव " कै अवसरमा पारेर आयोजना हुन लागेको महोत्सव नेपालिहरुको यश प्रकारको महोत्सव एडम्बरामा पहिलो पटक आयोजना हुन लागेको हो भन्ने जानकारी Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल ले गराए । चलचित्र सहभागिताको लागि आवेदनको आव्हान , अन्य गतिविधि प्रारम्भ हुनको साथै अवार्डका बिदाहरु सम्बन्धि जानकारी चाडै नै गराउने महोत्सव निर्देशक अरुण प्रधानले बताए ।

नेपालमा रहेर आदिवासी जनजाति चलचित्र निर्माण गरिरहेका सम्पुर्ण चलचित्रकर्मी हरुको लागि आफ्नो अन्तरास्ट्रिय बजारमा प्रवर्द्धन गर्नको लागि यो एउटा सुनौलो अवसर भएको हुदा सम्पुर्ण चलचित्रकर्मीले यो महोत्सव सफल बनाउन को लागि सहयोग गर्नु पर्छ र हाम्रो साथ सहयोग रहने छ भनेर आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ का अध्यक्ष ज्योतिराज राईले बताए ।

“एक्टिङ स्टार” को प्रि–जज अडिसन सम्पन्न

मनोरञ्जन


काठमाडौँ-  एक्टिङ रियालिटी शो “एक्टिङ स्टार” को प्रि–जज अडिसन सम्पन्न भएको छ । “एक्टिङ स्टार” मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि–जज अडिसनको लागि छानिएको थियो । सोमबार अडिसन सञ्चालन गरि सम्पूर्ण सहभागिहरुलाई आफूले तयार गरेको अभिनय कला प्रस्तुत गर्ने मौका प्रदान गरेको आयोजक महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

अडिसनमा नेपालको हिमाल, पहाड, तराईका विभिन्न स्थानदेखि भारतको सिक्किम, दार्जिलिङ, वेष्ट बंगाल, मुम्बई र दुबईका पनि सहभागी भएका थिए । गायन र नृत्यको मात्र रियालिटी शोहरु सञ्चालन भईरहेको अवस्थामा “एक्टिङ स्टार” आउने खबरले सानादेखि ठूला उमेरका सबैलाई उत्साही बनाएको अडिसनमा सहभागी हुने प्रतिष्पर्धीहरुको भनाई छ । सहभागी हुनेमा कला र अभिनयमा रुची राख्नेदेखि लामो समयदेखि कलाकारितामा समय बिताइसकेका कलाकारहरु पनि रहेकाछन् । अर्को चरणमा प्रवेश पाउने प्रतिष्पर्धीहरुको नाम केहि दिनमा सार्वजनिक गरिने र फिजिकल अडिसनको घोषणा गरिने आयोजकले जानकारी दिएका छन् ।

 बरिष्ठ कलाकार नीर शाह, बरिष्ठ नाट्यकर्मी तथा कलाकार अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले “एक्टिङ स्टार” को छनोट गर्नेछन्। अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको उक्त शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन्। रियालिटी शो “एक्टिङ स्टार” एपिवान एचडी टिभी मार्फत प्रशारण हुनेछ ।

“एक्टिङ स्टार” को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ।“एक्टिङ स्टार” को विजेताले नगद पुरस्कार राशी सहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन्।

तेज गिरीको दमदार अभिनयसहित ‘लभ पर्‍या छ’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं - ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् । 

बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन् । सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ । प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र समाजसँग लुकाउन गरेको आपसी समझदारी गीतमा सुन्न सकिन्छ ।

आफ्नो जीवन एकअर्कालाई सुम्पिने निर्णय गरिसकेका युवायुवती परिवारसँग भने डराएर सम्बन्ध गोप्य राख्ने गरेको नेपाली समाजको यथार्थलाई गीतले उठान गरेको छ । एकअर्कासँग नजिक भइसके पनि शारीरिक रुपमा नजिकिन हुन भने डराइरहेका युवायुवतीको कथा गीतमा सुन्न सकिन्छ । प्रकाश खड्काले छायांकन गरेको यो भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।

नेपाली कलासाहित्य प्रतिष्ठानद्वारा विभिन्न ६ स्रष्टा पुरस्कृत

मनोरञ्जन


काठमाडौं- नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ६ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् । प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत भएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद् तथा कवि तुलसी दिवसले सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राडा वीणा पौड्याललाई राष्ट्रिय कलाश्री सम्मान अर्पण गरिएको थियो । यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई अर्पण गरिएको थियो । राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ रहेको छ ।

यसैगरी स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई अर्पण गरिएको थियो । बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार लेखक तथा पत्रकार वसन्त बस्नेत, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देल र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक कमलीकान्त भेटवाललाई दिइएको छ ।

राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपियाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०-५० हजार रुपैयाँ राशि छ ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कलासाहित्यले राष्ट्रिय भाव प्रसार गर्न सक्नुपर्ने बताउनुभयो । ‘कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्नसक्नुपर्छ । अहिले त्यो भावना घटेर ‘म’ मा बढ्ता सीमित भएको छ । तर संस्थागत रुपमा गरिने क्रियाकलापलाई हामीले प्रोत्साहन गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
मौलिक राष्ट्रिय भावनाका लागि योगदान दिनु नै कला साहित्यको मूल ध्येय हुनुपर्ने पूर्वसचिव विमल कोइरालाले बताउनुभयो ।

संस्थाकी अध्यक्ष मोमिलाले साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा अझै उचाई बढाउनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो सम्मानको विरासत र वर्तमानले साहित्य लेखनलाई अझै उचाईमा लैजान सकोस्, संस्कृति र कलाको क्षेत्रमा अझै महत्वपूर्ण योगदान गर्न सकोस् भनेर हामीले पारदर्शिता र निष्पक्षता राख्न सकेका छौँ’, उहाँले भन्नुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ कवि राजेश्वर कार्कीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य र समग्र गतिविधिबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा युवा समालोचक महेश पौडेलले सम्मानित तथा पुरस्कृत स्रष्टाहरुको विस्तृत परिचय राख्नुभएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार शंकरप्रसाद कोइराला, प्राडा. गोविन्दराज भट्टराई, लेखकहरू भागिरथी श्रेष्ठ, उषा शेरचनलगायत सहभागी हुनुहुन्थ्यो । प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।

दीपक समिरको ‘मुना मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रह विमोचित

मनोरञ्जन


काठमाडौं -सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ शनिबार विमोचन गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा भवनको पारिजात हलमा आयोजित कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा. गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरे।

कथा, गीत, गजलसमेत समेटेर पहिलोपटक पुस्तकको स्वरूपमा ल्याएको बताउँदै लेखक समिरले भने, “यो मेरो पहिलो प्रयास भएकाले केही कमजोरी हुन सक्छ, तर इमान्दारिताका साथ लेखिएको संग्रह हो।” कार्यक्रममा समीक्षक तथा साहित्यकार डा. त्रिपाठीले “लेखकको कल्पनाशक्ति प्रेरणादायी छ, कथाहरूमा विविधता पाइन्छ” भन्दै समिरको पहिलो प्रयास स्वागतयोग्य रहेको उल्लेख गरिन्।

सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. विष्टले “सञ्चारकर्मी समिरले लेखन यात्रासँग सन्तुलन कायम गर्दै अघि बढोस्” भन्ने शुभकामना दिए। सदस्य फूलमान वलले “समिर कुमार नगरकोटी शैलीका लेखक हुन्, सानो कथानकमा कथा बुन्न सक्ने खुबी राख्छन्” भन्दै उनको लेखनशैलीको प्रशंसा गरे।

इन्डिगो इङ्कले बजारमा ल्याएको यो कथासङ्ग्रह समिरको जन्मदिनको अवसर पारेर प्रकाशित गरिएको हो। विमोचन कार्यक्रममा साहित्यकार, कवि, सञ्चारकर्मी तथा पाठकहरूको उल्लेखनीय उपस्थिति थियो।

संगीत तथा चलचित्र उत्पादक समाजको अध्यक्षमा पुनः सूर्य बहादुर मगर

मनोरञ्जन


काठमाडौं –  संगीत तथा चलचित्र उत्पादक समाजको आठौं तथा नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले पुनः सूर्य मगर बहादुरकै अध्यक्ष रहनेगरी नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा उपाध्यक्षमा तोरण गुरुङ ‘शशि’, महासचिवमा धनु ज्ञाङ्मी सचिवमा इश्वरबहादुर गुरुङ, कोषाध्यक्षमा रुकमान लिम्बु निर्बिरोध सर्वसम्मत चयन भएका छन् । यस्तै समाजको सदस्यहरुमा दस्यहरुमा रुपेन्द्र खड्गी, खुशी थुलुङ्ग राई, सक्षम श्रेष्ठ र जनक तामाङ चुनिएका छन् ।

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रार्ड कार्यालयकी रजिष्ट्रार्ड सबिता कार्कीको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान लगायत गीत संगीत, चलचित्र, औद्योगिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वले आतिथ्यता गरेका थिए ।

साधारण सभामा संस्थाका महासचिव सुनिल लामिछानेले वार्षिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका थिए । यस्तै कोषाध्यक्ष रुकमान लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।