नेपाली कला संस्कृतिको उत्थान तथा पाँचथर हिलिहाङ्ग गाउँपालिका को यवा मार्गको स्तरोन्नति को लागि के . आई. ग्रुपले आगामी जुन ६ मा साउदी अरबको जुबेलमा साँगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । संचालक श्रीप्रसाद यवा का अनुसार कार्यक्रम अल हुमैदान हल ( लुलु हाईपर मार्केटको पछाडि पट्टी) मा हुनेछ । कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु रचना रिमाल, प्रिती आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम को साथमा प्रिती पासवान नृत्य रहने छ ।
बिगत १५ बर्ष देखि साउदी अरेबिया को जुबेल स्थित आफ्नो रेस्टुरेन्ट के. आई, हिमालयन किचन, के. आई, फेन्सी , के. आई, ट्राभल को व्यबसाय गर्दै आएका के.आई.ग्रुपका अर्का संचालक श्री. ओम प्रसाद फुयाँल तथा ईश्वर काप्रीका अनुसार सामाजिक कामहरूमा समेत संस्था सक्रिय रहेको बताए । l देव धिमालले कार्यक्रमको संयोजन गरेका छन । पाँचथर जिल्ला हिलिहाङ्ग गाउँपालिका को यवा मार्गको १० किलोमिटर बाटो आफनै ब्यक्तिगत लगानीमा बनाएका श्री प्रसाद यवा ले यस्ता कार्यक्रमहरुबाट हुने आम्दानीबाट सामाजिक कामहरू निरन्तर गरिरहेका छन । उनका अनुसार कार्यक्रमको टिकट साउदी अरबको जुबेल, दमाम, र खोबरको नेपाली सम्पूर्ण होटलहरुमा उपलब्ध गराइएको छ l