काठमाडौं-धृष्टधुम्न शाही र मेलिना राईको स्वरमा रहेको गीत ‘आँखैमा गाजल’ सार्वजनिक भएको छ । उमेशराज खड्काको शब्द रचना एवम् सङ्गीत, विशाल निरौलाको एरेञ्ज र रञ्जन राईको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुदीप लम्सालको निर्देशन, मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र प्रगति खड्कालाई फिचरिङ गरिएको छ । गीतमा आफूले मन पराएको मान्छेको तारिफ गरिएको छ । प्रेमभावको गीतमा मन पराएकी मायालुसँगको भेट, प्रेमका प्रशङ्ग व्यक्त गरिएको छ । सुनौ सुनौ लाग्ने खालको गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।
पवन सुसलिंगको छायांकन रहेको गीतको भिडियो ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । डोल्पाली गायक धृष्टधुम्नको केही समय अघि सार्वजनिक गीत ‘सम्बन्ध’लाई श्रोतारदर्शकले निकै मन पराएका थिए ।
काठमाडौंँ – शहीद दिवसको अवसर पारेर आजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर–टेक वान’को प्रदर्शन रोकियो । चलचित्र विकास बोर्डमा दर्तादेखि सेन्सरसम्मको सबै प्रक्रिया पुरा गर्दा पनि फिल्मको प्रदर्शन अदालतले रोकेको हो । जिल्ला अदालत काठमाडौँले मंगलबार अन्तरिम आदेश जारी गर्दै फिल्मको रिलिज स्थगित गरेको हो ।
फिल्म ‘एक्टर’का निर्माताले दायर गरेको मुद्दाको आधारमा अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । मुद्दामा चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाइएको छ । ३ करोड भन्दा माथिको बजेटमा बनेको फिल्मको एकदिन अगाडि रिलिज रोकिदा निर्माताको लगानीको जोखिम बढेको छ । निर्माण युनिटलगायत फिल्मकर्मी इजाजत दिने संस्था चलचित्र विकास बोर्ड प्रति आक्रोशित बनेका छन् ।
फिल्मका निर्देशक राजन भुसाल ‘एक्टर टेक वान’लाई न्यायको माग गरेका छन् ।
कलाकार तथा निर्देशक निश्चल बस्नेतले एउटै नाम भएको विषय भए विकास बोर्ड जवाफ देही हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाम नै एउटै भएको कुरा हो भने नाम दर्ता गर्ने विकास बोर्ड जवाफदेही हुनुपर्छ । चलचित्र निर्माण गर्ने इजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यका निकायले दिने हो । इजाजत पाइसकेपछि निर्माण कम्पनीले विना कुनै रोकावट फिल्म निर्माण र सेन्सर भएपछि प्रदर्शन गर्न पाउनुपर्छ ।’उनले समस्या नै भएको हो भने, इजाजत दिने अध्यक्षलाई स्पष्टीकरण र मुद्दा लाग्नुपर्ने धारणा समेत राखेका छन् ।
कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्मको विवाद कोट पुगेको विषयमा ब्याङ्ग्य समेत गरेका छन् । उनले लेखेका छन्, ‘हरेक दिन फिल्म बनाउन नयाँ नयाँ निर्माता एअरपोर्टमा । फिल्म रिलिज चाही कहाँ गर्ने हलमा हो कि कोर्टमा रु’ । उनले एउटै नाममा पछाडि फुर्का गाँसेर, पुच्छर झुन्डाएर नाम राख्ने परम्परा पनि बन्द हुनुपर्ने बताएका छन् ।
फिल्म निर्देशक समेत रहेका रंगपत्रकार डब्बु क्षेत्रीले हिजो चलचित्र विकास बोर्डले गरेको गल्तीले अहिले फिल्म ‘एक्टर’ र ‘एक्टर टेक वान’ पिल्सिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा अगाडि लेख्छन्, ‘हरेक समस्याको समाधान पक्कै वार्ताबाट हुन्छ । आपसको इगो त्याग्नअग्रह गरे । हिजो अस्ति वार्ता भएको भए पक्कै यस्तो समस्या आउँदैन थियो ।’
काठमाडौँ- नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको छ। संयोजक सुरज पौडेलले जानकारी दिए। अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करण चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको हो ।
‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१ ’ मा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई नगद रु।२५,५५५ नगद सहित दिर्घ साधना सम्मान प्रदान गरियो। पत्रकार सामिप्यराज तिमल्सेनालाइ नगद रु।११,१११ नगद सहित पत्रकारिता पुरस्कार प्रदान गरियो।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो । अवार्ड कार्यक्रममा प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी।सी।को विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकारहरुको पनि उपस्थिति थियो। कलाकारहरुले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउँदै नेपाली चलचित्र र व्यवसायको सहकार्यलाई थप उचाइमा पुर्याउन सकिने धारणा व्यक्त गरे। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने बिशिस्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनु हुनेमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल,इन्टरनेसनल मोडल दिपक घिमिरे,निर्देशक घनश्याम लामिछाने, बरिस्ट पत्रकार तथा गीतकार गोपाल प्रसाद थपलिया,किड्स मोडल अनया शाह,फेशन डिजाइनर विकाश खड्का,गीतकार हरी उप्रेती,समाजसेवी कमल प्रसाद दाहाल,फेशन डिजाइनर पुरन बहादुर कुँवर,गायक रुद्र शेखर शर्मा हुनु हुन्थ्यो। अवार्डको जुरी टिममा संगीतकार राजु सिंह, छायाँकार राम केसी,कोरियोग्राफर लिगेश भट्टराई, मोडल उत्साह घिमिरे रहेका थिए।
विजेताहरु गीत संगीत तर्फको
उत्कृस्ट गायन पुरुष (आधुनिक)
रमेश पाठक – सातै सुर
उत्कृस्ट गायन महिला (आधुनिक)
मनु दाहाल – एउटै बर्को पिरतीको
उत्कृस्ट संगीतकार (आधुनिक)
नरहरि प्रेमी – मनको मझेरी
उत्कृस्ट गायिका (लोक)
आशा लामा ‘ज्ञानमाला’ – रातो रातो गाला
मिक्स मास्टरिङ्ग
चन्द्र चौधरी – जुग जाने माया
उत्कृस्ट म्युजिक भिडियो निर्देशक
कृष्ण पौडेल (भन कति चाहियो माया
जुरी अवार्ड – दिलिप समन( पान पुतली माया
पब्लिक च्वाइस अवार्ड( सविन कुमार तोलांगी – पिरतीले सल्काई देउ
उत्कृस्ट म्युजिक भिडियो छायाँकार
रामेश्वर हुमागाईं – एउटै बर्को पिरतीको
उत्कृस्ट कोरियोग्राफर
प्रकाश तिमल्सिना – प्रेमिल मन
उत्कृस्ट मेकअप आर्टिस्ट
रबी केसी – ए जिन्दगी
उत्कृस्ट मोडल पुरुष (आधुनिक)
पुस्कर राउत – झुठो बोल्दिन
जुरी अवार्ड( अनुराग थपलिया – पिरतीले सल्काई देउ
उत्कृस्ट मोडल महिला (आधुनिक)
साया भण्डारी – चमेली फूल को हजुर
जुरी अवार्ड – कबिता न्यौपाने – थाहै थिएन
उत्कृस्ट शब्द रचना
केशव शर्मा बेलबासे – बुझ्नै सकीन
उत्कृस्ट लोक गायन मेल
शम्भु फोम्बो – पुर्वैको मारुनी
जुरी अवार्ड – देवराज आले – मास्टरनी
उत्कृस्ट मोडल लोक (पुरुष)
भुवन के।पोखरेल – सिर सिर पिपल पातले
जुरी अवार्ड – सुरेन्द्र महर्जन – गाउँ हेर्यो गाउँ सबै
उत्कृस्ट गायन (नयाँ प्रतिभा)
सोनीका प्रिन्सेस – सिन्धुली घुम्न जाउँ
जुरी अवार्ड – एड्रिका थापा – वन टाइम
उत्कृस्ट मोडल (नयाँ प्रतिभा)
बिबेक कार्की – खुल्दुली २
पब्लिक च्वाइस( प्रिन्स युवराज कार्की – चमेली फूल को हजुर
जुरी अवार्ड – इश्वर श्रेष्ठ – नयन ले खोजि
उत्कृस्ट मोडल लिम्बु भाषाको म्युजिक भिडियो
पुस्पान्जली तित्लिंग लिम्बु
पब्लिक च्वाइस अवार्ड
संजिव थेबे लिम्बु
फिल्म तर्फको विजेता
उत्कृस्ट फिल्म
बुलाकी
उत्कृस्ट फिल्म निर्देशक
मिलन चाम्स – गोर्खा वारियर
उत्कृस्ट अभिनेत्री
दिया पुन – दयारानी
उत्कृस्ट अभिनेता
मुकुन भुषाल – गणपती
उत्कृस्ट पटकथा
राज बहादुर साने – बुलाकी
उत्कृस्ट नव अभिनेता
बिराज बिस्ट – बुलाकी
जुरी अवार्ड – रितेश चाम्स – गोर्खा वारियर
कल्चरल फिल्म तर्फ
उत्कृस्ट अभिनेता (कल्चरल फिल्म)
सागर केरुङ्ग – चे
उत्कृस्ट अभिनेत्री (कल्चरल फिल्म)
लक्ष्मी योङ्हाङ्ग लिम्बु – रीत
उत्कृस्ट निर्देशक (कल्चरल फिल्म)
दिनेश लिङ्ग्देन – रीत
उत्कृस्ट पटकथा (कल्चरल फिल्म)
सागर केरुङ्ग – चे
उत्कृस्ट कल्चरल फिल्म
लोजिमा
उत्कृस्ट सह अभिनेता (कल्चरल फिल्म)
पूर्ण सेलिङ्ग – रीत
काठमाडौं - नेपाल संगीत उद्योग संघले चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । बिहीबार संघले पत्रकार सम्मेलनको आयोजना गरी ‘अथक शान्त साधक विश्वनाथ केडिया अमिन नेशनल म्युजिक अवार्ड–२०२५’ को आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुर्यबहादुर मगरले कैयौं चुनौतीका बावजुद पनि चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । अध्यक्ष मगरले अवार्ड कार्यक्रमको गरिमालाई घटाउने गरी हाल साप्ताहिक रुपमै तीन–चारवटा यस्ता कार्यक्रम आयोजना भइरहेको गुनासो गरे । यद्यपी, यस्तो अवस्थामा पनि संघले यसअघिका तीनवटा संस्करण भव्य, सभ्य र सर्वोत्कृष्ट अवार्डका रुपमा सम्पन्न गरेकोले चौथो संस्करण पनि अझ भव्य रुपमा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।
संघ आफैंमा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध संस्था भएकोले गर्दा पनि त्यसको ओज घट्न नदिने भनाइ अध्यक्ष मगरको रहेको थियो । अध्यक्ष मगरले २० विधामा ३० श्रेणीका अवार्ड वितरण गरिने जानकारी दिए । अध्यक्ष मगरका अनुसार उक्त अवार्डका लागि बिहीबारबाटै फारम खुला गरिएको छ । अवार्डमा भाग लिनका लागि डिजिटल प्रविधिको विकास गरिएकोले क्यूआर स्क्यान गरेर फारम भर्न सकिने उनले बताए ।
संघले अवार्ड कार्यक्रम आयोजना गर्दा सल्लाहकारहरुको समूह बनाइएको र त्यस समूहको छनोट र सिफारिसमा विभिन्न वरिष्ठ गायक गायिका तथा बरिष्ठ पत्रकारहरुलाई सम्मानित गर्ने गरिएको जानकारी पनि अध्यक्ष मगरले दिए । त्यस्तो सम्मान पाउनेहरुले भने फारम भर्न नपर्ने उनले बताए । उनका अनुसार केही समय भित्रै उत्कृष्ट पाँच मनोनयनको सूची सार्वजनिक गरी प्रमाणपत्र वितरण गर्ने र बैशाखको पहिलो हप्ता अवार्ड कार्यक्रम आयोजना गर्ने तयारीमा संघ रहेको छ । कार्यक्रममा संगीत तथा सञ्चार क्षेत्रका संघ संस्थाका नेतृत्वकर्ताहरुले अवार्ड सफलताको शुभकामना दिएका थिए ।
काठमाडौं- सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याउनुभएको हो ।
विशिष्ट कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, विशिष्ट कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गर्दै नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताउनुभयो । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी गराउनुभयो । उहाँले यसमा समावेश भएका आलेखहरूले त्यो समयका विभिन्न विषयलाई जानकारी दिने बताउनुभयो ।
त्यस्तै, अनेसासका पूर्वअध्यक्ष लेकालीले गीतालाई आफूले वर्षौंदेखि चिनेको भन्दै उहाँले लेखकबाट आगामी दिनमा अन्य कृतिको आश गरेको बताउनुभयो । यस्तै विशिष्ट कलाकार संग्रौलाले गीतका कार्यको तारिफ गर्दै गीत लेखनसँगै समाजसेवामा पनि सक्रिय गीता बहुआयामिक व्यक्तित्व रहेको चर्चा गर्नुभयो । वरिष्ठ गीतकार वान्तुले गीता र आफ्नो जन्मस्थान भोजपुर भएको प्रंसग निकाल्दै गीत लेखनसँगै उहाँका अन्य कार्य प्रशंसनीयका साथै अनुकरणीय रहेको जिकिर गर्नुभयो ।
सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहनुभएकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान अर्पण गरिएको थियो भने अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी कुशलपूर्वक सम्पादन गर्नुभएकी गीताको ‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो पुस्तक कृति हो । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ । तस्बिर : सुरेन्द्र थापा ।
काठमाडौं – विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्द्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ । महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रको आवेदन परेको र मध्येबाट नेपाल सहित ४७ देशका ९८ वटा चलचित्रहरू महोत्सवमा चयन गरिएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
“हामीलाई प्राप्त करिब ४०० वटा चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समूहले करिब डेढ महिना लगाएर हरेपछि ९८ वटा चलचित्रहरू चयन गरेको छ । महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानव अधिकारका चलचित्रहरू पनि प्रतिस्पर्धामा समावेश गरिएका छन् । दुई मिनेटदेखि साढे दुई घण्टासम्मको चलचित्र महोत्सवको लागि चयन भएको छ,” महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले बताए ।
महोत्सवको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रूपमा सङ्गीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के। खनाल, अभिनेता प्रदिप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् ।
महोत्सवमा दक्षिण एसियाली मुलुकहरू भारत, बङ्गलादेश, पाकिस्तानसहित पूर्वी एसियाको चीन, जापान, थाइल्यान्ड, कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, जस्ता देशका चलचित्रहरू चयन भएका छन् । यस्तै संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेशिया, पोर्चुगल, पोल्यान्ड, हङ्गेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका चलचित्र यो महोत्सवमा चयन भएका छन् यस्तै मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका चलचित्र पनि यो महोत्सवमा फाइनलको लागि चयन गरिएको छ ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ । चलचित्रको उद्घाटन समारोह काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा राईजिङ मल चलचित्र घरमा आयोजना गरिनेछ । उद्घाटन पछि सोही चलचित्र घरमा दुई दिनसम्म नियमित रूपमा चलचित्र प्रदर्शनीका साथै चलचित्रका विविध विषयमा छलफल एवम् अन्तरक्रिया गरिनेछ । त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म चलचित्र प्रदर्शनी, मास्टर क्लास, र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकार लगायत उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न फरक फरक विधाका उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तर्राष्ट्रिय गरी ३० चलचित्रहरूलाई पुरस्कृत गरिनेछ । साथै चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिनेछ ।
काठमाडौं - रमेश कुमार श्रेष्ठको शब्द, अलिस कार्कीको संगीत, समिक्षा अधिकारी र महेनद्र बिको स्वरमा ‘पिर पर्यो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो कलाकार, निर्माता तथा निर्देशक ईश्वर थापाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
भिडियोमा नायक आकाश श्रेष्ठ र अहिलेकी चर्चित मोडल बिना राउतले अभिनय गरेका छन् भने भिडियोलाई मिस्टर काजिले निर्देशन गरेका हुन् । छायांकन जितु तामाङ्ग, मेकअप मन्दिर दोङ्ग, कोरियोग्राफर लाक्पा दोर्जी तामाङ्ग, व्यवस्थापक रबि भुजेल, आर्ट बिजय दोङ्ग, पोस्ट स्टुडियो ब्राईटलाइट पिक्चर्स रहेको छ ।
काठमाडौँ । गीतकार सङ्घको अध्यक्षमा वसन्त वित्यासी थापा चुनिएका छन् । सङ्घको शनिबार आयोजित १५ औँ साधारणसभा एवम् ७ औँ अधिवेशनबाट उनी पुनः नयाँ कार्यकालको लागि अध्यक्ष चुनिएका हुन् । यसअघि पनि सङ्घमा थापा नै अध्यक्ष रहेका थिए । थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
सङ्घको कार्यसमितिमा उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा टीका राई शिव, सचिवमा शीतल कादम्बिनी, कोषाध्यक्षमा चेतन खतिवडा पुनः दोहोरिएका छन् । उनीहरू पनि निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै कार्यसमितिमा सदस्यहरूमा ६ जना आवश्यक रहेकोमा ८ जनाको उम्मेदवारी परेको थियो । कार्यसमिति सदस्यहरूमा जीवन मुकारुङ, रमेश दाहाल, कमल पौडेल, गोविन्द श्रृङखला, देवी पराजुली, विष्णु भण्डारी निर्वाचित भएका थिए ।
कार्यक्रममा गीतकार राजेन्द्र थापा पूर्व मन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइराला, नेपाल साङ्गीतिक सङ्घका महासचिव सुमन पण्डित, नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष दीपक केसी, सङ्घका पूर्व अध्यक्ष योगेन्द्रमणि दाहाल, शुभ मुकारुङ लगायतको उपस्थिति रहेकाे थियो ।
भक्तपुर । फुङ्देन हाङ्ग लिम्बु पहिरन शिल्पी अर्थात फेसन डिजाईनरहरुको मेघा प्रतियोगिता द नेशनल डिजाइनर रनवे, ५ औं संस्करणको ९ २०२४, विजेता बनेका छन् । असाधारण रचनात्मकता र शिल्प प्रस्तुतीकरणका साथ दर्शक र निर्णायकहरूलाई मोहित पार्दै उनले शिर्ष उपाधी हात पार्दा सबी श्रेष्ठले आकर्षक डे«स डिजाइनको साथमा फस्ट रनरअपको उपाधि हासिल गरिन् भने ओमन कुमारी लोकान्द्री उस्तै लोभ लाग्दो डिजाईन प्रस्तुति पस्कदै सेकेन्ड रनरअपको उपाधि जित्न सफल भईन्। प्रतियोगितामा अन्य सबै प्रतियोगीहरुलाई उछिन्दै सजिना मुनिकरले मष्ट पपुलरतर्फको अवार्ड हात पारेकी छिन् । विजेताहरूलाई प्रतिनिधि सभाकी उप सभामुख ईन्दिरा राना , निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले विजेताको ताज साथै आकर्षक उपहारहरू प्रदान गरे ।
प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा सम्पन्न भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा सम्पन्न ग्राण्ड फिनालेमाझ आईआईएफटि, एनसिएफटि र आईईसीलाई प्रतिनिधित्व गर्दै कुल १४ जना फेसन डिजाईनरहरु अन्तिम प्रतिस्पर्धामा उत्रिनुएका थिए। जहाँ उनीहरुलाई साथ दिदै रचनात्मक पहिरन शिल्पमा सजिदै ३८ मोडलहरुले र्याम्पमा उत्रिएर ग्ल्यामर र असाधारण प्रतिभा प्रदर्शन गरेका थिए।
यस प्रतियोगीतामा फेसन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसन विज्ञसमेत रहनुभएकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायकको भूमिकामा थिए ।
फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न यस कार्यक्रममा सञ्जिव कसजु बजार व्यवस्थापक, परमानन्द चौधरी ईभेण्ट व्यवस्थापक र शैलेश नेपाली ईभेण्ट संयोजक रहेका थिए । इम्पेरियल हल, सल्लाघारी भक्तपुरमा पौष २० गते सम्पन्न यस कार्यक्रम फेसन डिजाइनरहरूका लागि उनीहरूको सीप र रचनात्मकता प्रदर्शन गर्ने उत्कृष्ट डबली बन्दै आएको र यस संस्करण नेपालको फेसन परिदृश्यमा नवीनता र रचनात्मकताको उदाहरण पेश गर्न सफल रहेको आयोजकको दाबी छ ।
काठमाण्डौ – सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घराज जोशी निर्वाचित भएका छन् । सहकारीको आज धनगढीमा भएको चौथो साधारण सभाले जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा हरि भट्ट, सचिवमा हरि सिंह धामी र कोषाध्यक्षमा लवराज रेग्मी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा प्रदीप जोशी, श्याम जोशी र पर्वत भण्डारी निर्वाचित भएका छन् । सहकारी संस्थाको लेखा समिति संयोजकमा जन्मराज तिमिल्सेना तथा सदस्यमा नारायण राना र गोमती भट्ट जोशी निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिले सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतमा टीकाराम जोशीलाई नियुक्त गरेको छ ।
यसअघि संस्थाको साधारण सभा उद्घाटन गरिएको थियो । संस्थाका अध्यक्ष टीकाराम जोशीको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयका प्रशिक्षक देवराज पन्त रहेका थिए । विशिष्ठ अतिथिमा राष्ट्रिय सहकारी बैंकका सुदुरपश्चिम ईन्चार्ज तथा धनगढी शाखा प्रबन्धक दिनेश गेलाल र पुर्व विद्यालय निरीक्षक धनकृष्ण रेग्मी रहेका थिए । उद्घाटन समारोहमा लोकप्रिय देउडा गायक लालवहादुर थापाले विभिन्न सांगितिक कोसेलीहरु प्रस्तुत गरेका थिए भने रुद्राक्ष डाईग्लोस्टिकले निशुःक सुगर र प्रेसर चेकजाँच तथा सुदृष्टि आँखा केन्द्रले निशुल्क आँखा चेकजाँच गरेको थियो ।
उद्घाटन समारोहमा तीन जनालाई सम्मानित पनि गरिएको थियो । उत्कृष्ट कारोबारतर्फ सिला पराजुली, जेष्ठ नागरिक र निरन्तर संस्थासँग जोडिए वापत हेमराज श्रेष्ठ तथा उत्कृष्ट कर्जा कारोबार तर्फ सविना बुढाऐरलाई सम्मानित गरिएको हो ।