entertainment
||Power News Asia||

आजको समाचार

Kathmandu to Host Inaugural China Film Day on January 9

मनोरञ्जन


Kathmandu, January 9, 2025 – A milestone in Nepal-China cultural relations is set to unfold as Kathmandu hosts its first-ever 'China Film Day' at Chhaya Center (QFX Cinema), Thamel. The event aims to strengthen cinematic and cultural ties between the two nations, fostering collaboration in storytelling and film production.

Jointly organized by the China Film Administration, the Embassy of the People's Republic of China in Nepal, the China Film Archive, and the Nepal Film & Cultural Academy (NFCA), the event will showcase three acclaimed Chinese films. These screenings will be followed by an engaging Q&A session with filmmakers, offering a platform for cultural exchange and dialogue.

The films scheduled for the day include:

Her Story (123 minutes) – Directed by Yihui Shao (Opening Film; no Q&A session)

Midsummer's Voice (105 minutes) – Directed by Yudi Zhang

G for Gap (103 minutes) – Directed by Fei Long

The event will be graced by a distinguished audience comprising renowned artists, directors, technicians from the Nepali cinema sector, and prominent personalities. High-level officials from the Chinese Embassy in Nepal, the Nepal Film Development Board, and the Nepal Tourism Board are also set to attend, highlighting the significance of this cinematic celebration. Hon'ble Barsaman Pun, Member of Parliamen and Former Finance Minister will grace the event as Chief Guest.

A special Chinese delegation, led by Mr. Xu Yang, Director of the International Division of the China Film Administration, will participate in the event alongside other prominent representatives of the Chinese film industry. Their presence underscores the importance of promoting future collaborations in cinema between the two nations.

Speaking about the significance of China Film Day, K.P. Pathak, Chairperson of the Nepal Film & Cultural Academy, emphasized its transformative potential for the Nepali film industry. “This is not just a film screening; it’s a bridge that connects two vibrant cultures. By showcasing the creativity and depth of Chinese cinema, we are creating opportunities for Nepali filmmakers to learn, collaborate, and expand their horizons,” he said.

Pathak further highlighted the broader impact of such cultural exchanges, stating, “Events like these are instrumental in fostering mutual respect and understanding between nations. They pave the way for co-productions, joint ventures, and shared narratives that can resonate with global audiences. I’m confident this is just the beginning of a new chapter in Nepal-China cinematic relations.”

The organizers have expressed optimism about the initiative, seeing it as a stepping stone toward co-productions and enhanced cultural storytelling. “China Film Day represents a gateway to cultural and commercial partnerships in the film industry between Nepal and China. We hope this collaboration will pave the way for more shared narratives that resonate globally,” an organizer shared.

 

China Film Day is anticipated to serve as a robust platform for fostering Nepal-China cultural diplomacy and advancing cinematic collaborations in 2025 and beyond. By celebrating shared artistic endeavors, the event promises to strengthen bonds and create opportunities for both countries in the global film industry.

This historic occasion marks a promising chapter in the cinematic and cultural relations between Nepal and China, setting the stage for deeper engagement and cooperation in the years to come.

‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक

मनोरञ्जन


बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । 

पोस्टरमा फिल्मका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ । विवाहित अस्मिता काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाएकी छन् । त्यस्तै कलाकार कृष्ण भने कोहीप्रति रिस व्यक्त गरिरहेका छन् । दाह्री जुँगा र दौरा, टोपीको गेटअपमा देखिएका उनले कर्के नजर र अनुहारको भावले रिसाएको देख्न सकिन्छ । पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन् ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ ।  

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी गरेको छ भने फिल्मलाई जीवन सेन्चुरीले निर्देशन गरेका छन ।   राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

यो फिल्म पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचकलगायतले हेरिसकेका छन् ।

१२औं राष्ट्रिय पोसाक दिवसको अवसरमा संगीतकार बजगाई सहित दर्जनौ स्रष्ठा सम्मानित

मनोरञ्जन


 काठमाण्डौ  - १२औं राष्ट्रिय पोसाक दिवस भव्य रुपमा मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा पाटन दरबार परिसरमा भएको उक्त कार्यक्रमा कलासंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने १९ जना व्यक्तिलाई सम्मान गर्दै राष्ट्रिय पोसाक दिवस मनाइएको हो। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, साहित्यकार डा।राजेन्द्र विमल, शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला, राष्ट्रिय गानका सर्जक व्याकुल माइला, पत्रकार अखण्ड भण्डारी, आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्ण,सङीतकार सर्जक राजेन्द्र बजगाई लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

हरेक वर्ष राष्ट्रिय पोसाक दिवसका अवसरमा नेपाली संस्कार, संस्कृतिमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको राष्ट्रिय पोसाकको औचित्य एवं कार्यक्रमको उद्देश्यबारे बोल्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले दौरासुरुवाल, ढाकाटोपी, गुन्युचोलीले नेपालमा बसोबास गर्ने सबै जात, भाषा, संस्कृतिको साझा भेषभूषा रहेको र यिनलाई संरक्षण एवं प्रयोग गर्ने दायित्व हामी सबैको रहेको बताए।

कार्यक्रममा साहित्यकार डा।राजेन्द्र विमलले आफू मधेसी समुदायको भए पनि परिआउँदा बक्खु समेत लगाउने बताए। प्रा।डा।विद्यानाथ कोइरालाले पहिचान, पोसाक र इतिहास सन्दर्भमा लामो दस्ताबेज प्रस्तुत गरेका थिए। सोही अवसरमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेद अन्त्यका लागि पोसाकको समानताले पनि भूमिका निर्वाह गर्ने बताए।

कार्यक्रममा साहित्यकार डा। राजेन्द्र विमललाई ‘राष्ट्रिय धरोहर सर्वोच्च सम्मान’, प्रा।डा। वीणा पौड्याललाई ‘राष्ट्रिय धरोहर नारीरत्न सम्मान’, राष्ट्रिय गानका सर्जक व्याकुल माइलालाई ‘राष्ट्रिय धरोहर माधवप्रसाद घिमिरे स्मृति सम्मान’, साहित्यकार मोहन दुलाललाई ‘संस्कृतिविद् ज्ञानमणि नेपाल स्मृति सम्मान’, सञ्चारकर्मी गोपीकृष्ण ढुङ्गानालाई ‘राष्ट्रिय धरोहर दीर्घसाधना साहित्य एवं पत्रकारिता पुरस्कार’, आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्णलाई ‘राष्ट्रिय धरोहर योगी नरहरिनाथ स्मृति सम्मान’, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारीलाई ‘राष्ट्रिय धरोहर साहित्य पुरस्कार’, साहित्यकाररपत्रकार दिलीप ढकाललाई ‘राष्ट्रिय धरोहर साहित्यकार एवं पत्रकार सम्मान’, सञ्चारकर्मी प्रकाश सुवेदीलाई ‘राष्ट्रिय धरोहर दीर्घ साधना पत्रकारिता सम्मान, सञ्चारकर्मी नवराज बजगाईंलाई ‘राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान’ इतिहासकार गोविन्द नेपालीलाई ‘सत्यमोहन जोशी स्मृति सम्मान’, साहित्यकार त्रिभुवनचन्द्र वाग्लेलाई ‘राष्ट्रिय धरोहर दीर्घ साधना साहित्य एवं पत्रकारिता सम्मान’, गायक सुमित खड्कालाई ‘विशिष्ट गायक तथा सर्जक सम्मान’, लेखक दीपेन्द्रराज तिम्सिनालाई ‘‘राष्ट्रिय धरोहर बिसे नगर्ची स्मृति सम्मान’, सामाजिक अभियन्ता चक्रबहादुर चन्दलाई ‘राष्ट्रिय धरोहर युवा उत्प्रेरणा सम्मान’ जेसिस अध्यक्ष रजनी थापालाई ‘राष्ट्रिय धरोहर अभिनन्दन सम्मान’, , संगीतकार राजेन्द्र बजगाईंलाई ‘राष्ट्रिय सर्जक सम्मान’ र अभियन्ता केपी खनाललाई ‘राष्ट्रिय धरोहर युवा सामाजिक अभियन्ता सम्मान’ प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका हालका अध्यक्षले जनवरी १ मा नै किन मनाइन्छ भन्ने कुरालाइ स्पष्ट पार्दै जनवरी एकमा नया बर्ष नमाउन भन्न सकिँदैन तर नेपालीहरुको नया बर्ष नभएका कारण शो दिन हाम्रो पोशाक दिवसलाइ विश्वभर पहिचान मिल्ने भएकाले पनि सोही दिन मनाइने बताए।

अवस्थीको नेतृत्वमा युवा परिषद् कला साहित्य सञ्जालको नयाँ कार्यसमिति गठन

मनोरञ्जन


काठमाडौं- नेपाल सरकारको राष्ट्रिय युवा परिषद्अन्तर्गतको कला साहित्य सञ्जालको अध्यक्षमा रामप्रसाद अवस्थी निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष अवस्थीका साथै निवर्तमान अध्यक्ष विपिन किरण, उपाध्यक्षमा रूपक परियार, महिला उपाध्यक्षमा उषा सुवेदी, महासचिवमा कमला जोशी, सचिवद्वयमा सुकदेव अधिकारी र सुस्मा शाही ठकुरी तथा कोषाध्यक्षमा शोभाकुमारी थापा मगर रहनुभएको छ ।

त्यस्तै सदस्य/प्रवक्तामा विष्णुमाया पौडेल, सदस्यहरूमा शान्तबहादुर विक, सञ्जीव ठकुरी, इब्सल सन्ज्याल, हेमराज अधिकारी, श्रीकान्त राना क्षेत्री, प्रकाश गौतम र मोहन तामाङ रहनुभएको छ ।

‘लाज शरणम्’ को फष्टलुक्स सार्वजनिक

मनोरञ्जन


काठमाडौँ – हास्यश्रृखला ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक तीन पोस्टरमा पाँच कलाकार फिचर्ड छन् । जसमा ४ लाई चिन्न सकिन्छ भने एकलाई चिन्न सकिँदैन । तीन मध्य पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला  (कक्रोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिन भित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन् । यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ । दोस्रोमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उसको तराजुमा यार्सा र सुनको बिस्कुट जोखिरहेको देखिन्छ । सुनको बिस्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ । उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

तेस्रोमा हरिस र विजय छन् । हरिसको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शङ्ख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको अनुमान गर्न सकिन्छ । गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ ले कथा भनेको अनुमान पोस्टरले सङ्केत गर्छ । तर, प्रस्ट रूपमा कथा के हो भन्ने खुलाएको छैन । पोस्टरले फिल्मप्रति दर्शकको कौतुहलता बढाइदिएको छ ।
‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ । कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेको फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । फिल्म सुदीप बरालले छायाङ्कन गरिरहेका छन् ।

नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सृजना खड्का सह–निर्माता रहेको फिल्म नेपालमा ब्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

लाम लाम माया लाम भन्दै भिडियो सहित आइर्न शुस्मा शाही ठकुरी

मनोरञ्जन


काठमाण्डौ – प्रत्यक्ष दोहोरीकी अब्बल गायिका भनेर चिनिने लोकप्रिय गायिका सुस्मा ठकुरीको लाम लाम माया लाम बोलको गीत सार्वजानिक भएको छ। यज्ञ बिश्वकर्माको लय तथा नेत्र अर्यालको शब्द लहरी भित्र अहिलेका अत्यन्तै लोकप्रिय गायक खेम सेन्चुरी र सुस्मा शाही ठकुरीको आवाज रहेको गीत सुस्मा शाही ठकुरी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

आशिस अबिरलको सङ्गीत सम्योजन सहित राग स्टुडियोमा तयार भएको अडियोमा भिडियो निर्देशन भने चर्चित मोडल तथा निर्देशक सन्जीव ठकुरीले गर्नु भएको छ।
सन्जिव ठकुरी, ममता राना ,सुस्मा शाही ठकुरी र अहिलेका लोकप्रिय टिकटकर नबिन्द्र भन्डारीको समेत अभिनय रहेको उक्त म्युजिक भिडियोलाई छायाकन भने नबिन भाटले गर्नु भएको छ। अ्मर सुनारको कोरियाग्राफी रहेको भिडियोमा सम्पादनको काम भने सुजन कोइरालाले गर्नु भएको छ।

चलचित्र पत्रकार संघको पाँचौँ पूर्ण बैठक चितवनमा सम्पन्न

मनोरञ्जन


काठमाडौँ – चलचित्र पत्रकार संघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ । सङ्घको चितवनमा सम्पन्न पाँचौँ पूर्ण बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित १३ बुँदे घोषणापत्र जारी गरेको हो ।

शुक्रबार सुरु भएको बैठक घोषणापत्र जारी गर्दै आइतबार सकिएको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए । बैठकमा संघका पूर्वअध्यक्ष विदुर गिरी, शान्तिप्रिय, सल्लाकार डब्बु क्षत्री, अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेर गिरीलगायत देशभरका शाखाहरूका अध्यक्ष लगायत प्रतिनिधिको सहभागिता थियो । बैठकले महत्त्वपूर्ण विषयहरू माथि छलफल गर्दै निर्णय पनि गरेको छ । संघले हरेक वर्ष जेठ ७ गते स्थापना दिवस तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ ।

सो अवसरमा संघले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ । सो सम्मान र पुरस्कारका लागि संघले पाँचौँ पूर्ण बैठकबाट कोष खडा गर्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले सङ्घको दोस्रो राष्ट्रिय भेला आउँदो चैतमा गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग अन्तरक्रिया गरिएको थियो । मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरूको सम्बन्ध विषयक अन्तरक्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफू ६ महिनाभित्र बोर्डमा रहेर केही न केही देखाउने गरी काम गरिरहेको बताए ।

१३ बुँदे घोषणापत्र के छ ?

१. चलचित्र पत्रकारहरूको हक र अधिकारको संरक्षणका लागि सङ्घ गोलबद्ध भएर अघि बढ्ने निर्णय गरियो । यसले पत्रकारहरूको व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्नेछ । साथै चलचित्र पत्रकारका लागि कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमहरूको व्यवस्थापनका लागि  सहकार्य, सहयोग र आयोजना गर्न सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।

२. चलचित्र पत्रकारिता पेसामा जिम्मेवारिता र प्रोत्साहन बढाउन, चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कोषको स्थापना गरिएको छ । साथै सङ्घको कोषको सहयोगार्थ च्यारिटी कार्यक्रमहरूको आयोजना गर्ने र कोषमा सहयोग गर्न सबै पक्षसँग सङ्घ अपिल गर्दछ ।

३. विधागत पत्रकारितामा विभिन्न समस्या, चुनौती र सम्भावना उत्तिकै रूपमा देखिएको छ । पछिल्लो समय चलचित्र पत्रकारितामा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै मर्यादित र जिम्मेवार रूपमा व्यावसायिक पत्रकारिता गर्न यो बैठक सम्पूर्ण चलचित्र पत्रकारहरूमा अनुरोध गर्दछ ।

४. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाई कार्यान्वयन गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।

५.अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो बैठक माग गर्दछ । साथै चलचित्र पत्रकारिता मात्रै गर्ने स्वरोजगार मूलक मिडियाहरूलाई चलचित्र विकास बोर्डले समन्वय र सहकार्य गरी संरक्षण गर्न यो बैठक चलचित्र विकास बोर्डसँग माग गर्दछ ।

६. स्वायत्त चलचित्र उद्योग र नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि २०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित चलचित्र ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुने गरी तत्काल ल्याउन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ ।

७. सिनेमा पर्यटन प्रवर्धनको मुख्य आधार हो । यसर्थ नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू तय गर्न यो बैठक सबै तहका सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

८. नेपाली कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरूमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन, प्रवर्धन तथा प्रचार प्रसार गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।

९. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।

१०.चलचित्र पत्रकार सङ्घ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन सञ्चार मन्त्रालयसहित केन्द्रीय, प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।

११.नेपाली चलचित्रको समस्याको रूपमा रहेको रियल टाइम बक्स अफिसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न यो बैठक माग गर्दछ । साथै बक्स अफिस रिपोर्टलाई सूचनाको हक अनुसार सार्वजनिक गर्न पनि अनुरोध गर्दछ ।

१२. चितवनको विभिन्न पर्यटकीय क्षेत्र सुन्दर नगरीहरूको प्रवर्द्धनका लागि नेपाली सिनेमा मार्फत प्रस्तुत गर्न तिनै तहका सरकारले सिनेमा पर्यटनका कार्यक्रमहरूलाई अगाडि सार्न यो बैठक माग गर्दछ। साथै सिनेमा पर्यटनको प्रवर्द्धनका लागि स्थानीय सरकारहरूलाई नेपाली चलचित्रको छायाङ्कनका लागि सहुलियत प्रदान गर्न यो बैठक माग गर्दछ ।

१३. सङ्घको पाँचौँ पूर्ण बैठक तथा शाखा अध्यक्षहरूको भेला सम्पन्न गर्न सहयोग र संयोजन गर्नु हुने चलचित्र पत्रकार सङ्घ नेपाल चितवन शाखा लगायत सम्पूर्ण सङ्घ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

दुबईमा नेपाली फेसनको चमकः डिजाइनर तृष्णा गुरुङका पहिरनमा र्याम्प शो

मनोरञ्जन


नेत्र न्यौपाने, दुबई। नेपाली फेसन उद्योगले ऐतिहासिक पाइला चालेको छ। यूएईको दुबईमा आउँदो १२ जनवरी २०२५ मा पहिलो पटक नेपाली डिजाइनर तृष्णा गुरुङ द्वारा डिजाइन गरिएका पहिरनमा चर्चित मोडलहरूले र्याम्पमा जलवा देखाउने भएका छन।

१५ वर्षको मेहनतको उपलब्धि

डिजाइनर गुरुङले १५ वर्षको कडा मेहनतपछि दुबईको चर्ल्तोन डुबै च्रेएक होटलमा भव्य फेसन शो आयोजना गर्न लागेकी हुन। कार्यक्रममा नेपाली ब्यान्ड क्लासिकको लाइभ म्युजिकको साथमा गुरुङका उत्कृष्ट डिजाइनमा सजिएका मोडलहरूले र्याम्पमा प्रस्तुति दिनेछन।

नेपाली फेसन उद्योगको अन्तर्राष्ट्रिय यात्रा
यो इभेन्ट नेपाली फेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने कोशेढुंगा हुने विश्वास आयोजकहरूको छ। फेसन शोका लागि ंफचे ओफ ट्ग ब्रान्डंका एम्बेसेडर मृ। गुरुङ रहनुभएको छ भने महिला एम्बेसेडरको छनोट प्रक्रिया जारी छ। कार्यक्रममा चिफ एड भाइजरको रूपमा हेम​राज​ मैनाली संलग्न हुनुहुन्छ।

नेपाली समुदायको पहिचानलाई फराकिलो बनाउने प्रयास
मध्यपूर्वको केन्द्र दुबईमा नेपाली समुदायले आयोजना गर्न लागेको यो भव्य इभेन्टले नेपाल र नेपालीको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास गरिएको छ। व्यवसायी तथा समाजसेवी सुबास न्यौपानेका अनुसार, यस्ता कार्यक्रमहरूले नेपाली कला, संस्कृति, र प्रतिभालाई विश्वसामु चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्छन।

नेपाली समुदायको आर्थिक गतिविधि

करिब ७ लाख नेपाली कार्यरत यूएईमा पछिल्लो समय होटल, रेस्टुरेन्ट, ब्यूटी पार्लर, र कन्सल्टेन्सी जस्ता व्यवसायहरूमा नेपालीहरू सक्रिय छन। श्रम गन्तव्यका रूपमा मात्र नभई, व्यवसायिक क्षेत्रमा समेत नेपाली समुदायको पहिचान मजबुत हुँदै गएको छ।

डिजाइनर तृष्णा गुरुङको फेसन शोले नेपाली फेसन उद्योगको सम्भावना र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने आशा गरिएको छ। यो कार्यक्रम नेपाली कला र फेसनप्रति अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोण परिवर्तन गर्ने ऐतिहासिक अवसर बन्नेछ।

छोड सताउनको भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौं- गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत छोड सताउनको भिडियो बिहिबार रिलिज भएको छ । यो गीतको भिडियो ओएसआर डिजिटलबाट रिलिज भएको हो । सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो । यो गीत पश्चिमेली लोक भाकामा आधारित रहेका छ । गीतको संगीत र संगीत संयोजन पनि ओम सुनारले नै गरेका हुन् । म्युजिक किचनमा राजेन्द्र बजगाईले रेकर्ड गरेको यो गीतलाई मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । कर्णाली र सुदुरपश्चिम प्रदेश भ्रमणको बेलामा त्यहाँ प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) शब्द टिपेका क्षत्रीले सोही शब्दलाई गीतमा प्रयोग गरेर स्थानीय भाषालाई अन्तराष्ट्रिय क्षेत्रमा भिडियो मार्फत पु¥याएका छन् । यो गीतको भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् ।
यो गीतको भिडियोमा अभिनेताहरु सनम कठायत, प्रवण भुसाल, मोडलहरु प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रंजित सिञ्जालीसँग गायिका सरिता भारतीले पनि मोडलिङ गरेकी छिन् । भिडियोमा अरु कलाकारहरु नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायत पनि रहेका छन् ।
लामो समयदेखि नृत्य निर्देशन गर्दै आएका कृष्ण रसालले यो भिडियोमा  कोरियोग्राफी गरेका छन् । छोड सताउन गीतको भिडियोलाई छायांकन, सम्पादन तथा रंग संयोजन राजेन्द्र पाण्डेले गरेका हुन् । नृत्य प्रधान यो लोक गीत र भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको गायक÷गायिका ओम र सरिताले बताएका छन् ।

पार्टीभित्रको हुने फरक मतले नै लोकतन्त्र बलियो बनाउँछः कांग्रेस नेता महर

मनोरञ्जन


इलाम – लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियो हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत समेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने “अहिले बहुमतको सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ । तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेका कारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस ,५ वर्षे कार्यकाल समेत सत्ता संचालन गर्न सकेनन ।यसर्थ लोकान्त्रिक पद्दति बलियो बनाउ दलहरु भित्रको बहु बिचारको सम्मान आवश्यक छ ।”

लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान संसोधनको बहस पनि चलिरहेको छ। बहुमतको सरकार निर्माण गर्न गाह्रो भयो। सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन र जनता निराश भए। यो बहस चलिरहेको बेला कारबाहीको डण्डा बर्साउनु र फरक मतलाई पार्टीबाट बाहिर्याउने कदमले संबिधान संशोधनले स्थीर सरकार बनाउने कुराको औचित्य पुष्टिगर्न गाह्रो हुन्छ नेता महरले बताए ।

सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले तर्फ संकेत गर्दै सम्बोधनको क्रमममा ेता महरले भने “संविधान संशोधन गरेर निर्वाचन प्रणालीबाट स्थायी सरकार बनाउने बाटो तय गर्ने भनिरहेका छौं। तर, दलहरूभित्र फरक आवाजलाई डण्डा बजाउँदा विद्रोह हुन्छ। विद्रोह हुँदा सरकार ढलेर अस्थिरता निम्तिएका थुप्रै उदारण छन ” उनले भने, । मातृकाप्रसाद कोइरालादेखि अहिलेसम्मका अपवाद बाहेक सबै सरकार दलभित्रका विद्रोह, समस्या र असन्तुष्टिले ढलेका छन्। पार्टीभित्रको फरक मतलाई सम्मान गर्न सके मात्र प्रजातन्त्र बलियो हुन्छ। पार्टीभित्रका फरक मत नसहने सरकारले जनताका असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न पनि उठ्न सक्छ ” उनले भने।

पार्टीभित्रको आजको फरक र अल्पमत पनि कुनै दिन बहुमतको अवस्थामा पुग्न सक्ने कयौं उदाहरलाई भुल्न नहुने महरको सुझाव छ। हिजो कांग्रेसभित्र नै एउटा पक्षलाई बाहिर्‍याउने प्रयास भएको थियो। फरक मतलाई सम्मान गर्न नसक्दा पार्टी फुटको अवस्थामा पुग्यो। पुनः पार्टी एकिकरणपछि त्यही व्यक्ति पार्टीको मूलधार बन्न सफल हुनुभयो। त्यसैले लोकतन्त्रमा पार्टीभित्र कसैको आवाजलाई पनि दबाउनु नहुने नेता महरको सुझाव छ ।

माओवादीभित्र पनि फरक मतलाई सम्मान दिन नसक्दा पटक–पटक पार्टी फुटेको उदाहरण दिँदै उनले नेपालका कम्युनिष्टहरूले आफ्नो उक्त व्यवहारलाई सुधार्न आवश्यक रहेको औंल्याएका छन्। कांग्रेसमा फरक मतलाई थोरै स्थान दिइने भए पनि फरक मत राख्ने नेतालाई मूलधारबाट बाहिर्‍याउने प्रयास हुने गरेको र त्यसलाई कांग्रेसले पनि सुधार्नुपर्ने महरको भनाइ छ।

“२०४६ सालपछि प्रायः सबै दलहरु भित्र फरक मत राखेका नेतालाई पार्टीको मूलधारमा आउने बाटो छेक्ने काम भएका कयौं उदाहरण छन। लोकतान्त्रिक पद्धति र लोकतन्त्रका लागि चुनौति हो” उनले भने। राजनीतिक दलले आफ्नो पार्टी ,नेता र कार्यकर्ताको बानी र ब्यबहारमा शंशोधन नरिकनै हामीले भनिरहेको संविधान संशोधनको मर्मलाई यस्तो व्यवहारले सम्बोधन गर्न नसक्ने उनको टिप्पणी छ।

संविधान संशोधनको समयमा पार्टीभित्र दसौं धारणा आउन सक्ने र बहुमत, अल्पमतले निर्णय गर्नुपर्ने अवस्था आएमा फरक मत राख्नेहरूलाई पार्टीबाट बहिस्कृत गराउने हिजो कंग्रेस,एमाले,नेकपा ,माओवादी ,मधेषकेन्द्रीतलगायतका दलहरुमा बिगतमा देखिएको टुटफुटको जस्तै अवस्था सिर्जना भएमा संविधान संधोधनमै धक्का पुग्ने महरको चिन्ता छ। उनले यस्तो अवस्थामा संविधान र लोकतन्त्र दुवै कमजोर हुने बताएका छन्। त्यसैले पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन फरक मतको सम्मान हुनुपर्ने र त्यसले समग्र लोकतान्त्रिक प्रणालीमा टेवा पुर्‍याउने उनको धारणा छ।

नेपाली कांग्रेस इलामको १०० दिने अभियान अन्तर्गत माङसेबुङ गाउँपालिकाको पालिका स्तरीय कार्यक्रम सम्पन्न भएको छ ।