काठमाडौं- चैत ८ गते प्रदर्शनको तयारीमा रहेको ञद्रौपदीझ फिल्मको ञञकर्णाली काटौलाझझ बोलको गीत सार्वजनिक गरिएको छ । वान सिनेमा,नयाँ बानेश्वरमा बिहीवार प्रेसमिट गरि रवी ओड र इन्द्रकला राईले गाएको सो गीत दर्शक माझ ल्याइएको हो ।
निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत रहेको गीतमा डेब्यु अभिनेत्री आश्वीनी शाही,निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता तिमिल्सीना प्रेमील भावमा प्रस्तुत भएका छन ।
डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी बिष्णु ठडराईले गरेका छन । निर्माण क्रमदेखि नै चर्चामा रहेको फिल्मको प्रेसमिटमा निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक बिषयबस्तुमा फिल्म निर्माण गरेको बताए । उनले कथाको मागअनुसारनै फिल्ममा नव कलाकारहरुको बर्चश्व रहन गएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारलाई समेत दृष्टिगत गरिएको फिल्मको गीतमा कर्णालीको सौन्दर्यता झल्कीएको छ ।
डेब्यु अभिनेत्री आश्वीनी शाहीले ञद्रौपदीझ बाट आफू निकै आशावादी रहेको बताइन । करिब ४ सय जना आवेदकहरु मध्येबाट द्रौपदीको भुमिकाका लागि छनौट भएकी आश्वीनीले निकै मिहीनेतका साथ अभिनय गरेको स्मरण गरिन । फिल्मको छायांकन डोल्पामा करिब डेढ महिनासम्म गरिएको थियो िकार्यक्रममा गायक(गायिका रबि र इन्द्रकलाले गीत गाउदा माहौल प्रेमील बनेको थियो । यही फिल्मबाट ठूलो पर्दाको अभिनयमा डेब्यु गरेका गायक रबिले आफुले पाएको चरित्र र भुमिकामा न्याय गर्ने कोसिस गरेको बताए । उनले आफुलाई मन परेको र गर्न सक्छु भन्ने लागेकाले अभिनय गरेको प्रस्ट पार्दै आफू सुहाउँदो भुमिका पाएमा अभिनयलाई निरन्तरता दिने बताए ।
निर्माता तथा अभिनेता प्रकाश ज्ञावलीले फिल्मले मौलिक नेपाली कथा बोकेको बताउदै यसप्रकारका बिषय प्रचुरताका साथ पर्दामा उतारिनु पर्नेमा जोड दिए । त्यसैगरि,अर्का अभिनेता कबिराम भामले पनि मैलिक फिल्म निर्माणमा जोड दिनु पर्ने राय राखे । अर्की डेब्यु अभिनेत्री सुजाता तिमिल्सिनाले सुटिङका क्रममा आफू दुर्घटनामा परेको स्मरण गर्दै बिकट भौगोलिक अवस्थाका कारण निकै कस्टपूर्वक सुटिङ गर्नु परेको बताइन । ञद्रौपदीझ बाट पर्दाको यात्रा सुरु गरेकी पहिलो संविधान सभाकी सभासद सीता बौडेलले राजनीति र अभिनय बिल्कुल फरक क्षेत्र भएको अनुभव सुनाउदै दुवैमा आ(आफ्नै प्रकारको लगाव र मिहिनेती चाहिने धारणा राखिन । उनले ञद्रौपदीझ जस्ता मौलिक फिल्म निर्माणमा स्रष्टाहरुले चासो दिनुपर्ने बताइन ।
०८ चैतबाट देशब्यापी प्रदर्शनमा आउने फिल्ममा आश्वीनी,रबि ओड, कबिराज , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , बिस्णु ठडराई ९ सुबास ०, प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भुमिकामा छन । निर्देशक ऋषिराजकै लेखन,गीत अनि निर्माण रहेको फिल्मको सम्पादन अनिल महर्जनले गरेका हुन । सौरभ शर्माको पार्श्व संगीत रहेको फिल्म मोहनकुमार झिल्लुले खिचेका हुन ।
आर बि मुभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई छ्न । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट ,एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा बितरण गर्दैछ ।
काठमाडौं – राष्ट्रिय युवा मैत्री लोक दोहोरी प्रतियोगिता २०८१ मा कर्णाली कलाकार समूहले प्रथम स्थान हासिल गर्दै नगद १ लाख रुपैयाँ पुरस्कार जितेको छ। उक्त प्रतियोगितामा कर्णाली टिमका तारा थापा र सुमन खड्काले उत्कृष्ट प्रस्तुति दिँदै उपाधि हात पारेका हुन् ।
देशमा विकराल बन्दै गएको बेरोजगारी, युवा पलायनले निम्त्याएको समस्या, सम्भावना र समृद्धिका विषयलाई कला–संस्कृतिमार्फत उजागर गर्ने उद्देश्यले लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा देशभरका विभिन्न स्थानबाट १२ प्रतियोगी समूहले सहभागिता जनाएका थिए। समूहहरूको नाम कोशी, सगरमाथा, बागमती, जनकपुर, नारायणी, गण्डकी, लुम्बिनी, धौलागिरी, राप्ती, भेरी, कर्णाली र सेती–काली राखिएको थियो, जुन तत्कालीन अञ्चलहरूको नामबाट नामकरण गरिएका थिए ।
सरकारी स्तरबाट आयोजना गरिएको यो ठुलो धनराशिको लोक दोहोरी प्रतियोगितामा लोकप्रिय गायक चन्द्र शर्माको संयोजकत्वमा ११ सदस्यीय निर्णायक समिति गठन गरिएको थियो। समितिमा बद्री पराजुली, सीता थापा, सरोज विरही कार्की, वैकुण्ठ महत, रिदम कँडेल, बबिता श्रेष्ठ मलेकु, कृष्ण काफ्ले, पदम रोकाया, सीमा थापा र शान्ति कुमारी शाही रहेका थिए ।
राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको आयोजना तथा सांस्कृतिक समाज नेपालको सहकार्यमा भएको दुई दिने प्रतियोगितामा पृतम पोखरेल र सबिता परियार (जनकपुर)ले दोस्रो स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यस्तै, नारायणी टिमका घनश्याम परियार र जमुना विश्वकर्मा तथा राप्ती टिमका प्रकाश दुरा र आशा केसी तृतीय स्थान प्राप्त गर्न सफल भए । प्रतियोगितामा सविन आचार्य उत्कृष्ट गायक बन्न सफल भए भने टेकराज भण्डारी र पार्वती आले ले अनुशासित गायक÷गायिकाको उपाधि हात पारेका थिए । त्यसै गरि निशान वि.क, जमुना सुनारले नव गायक÷गायिकाको उपाधि प्राप्त गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा वरिष्ठ लोक गायक बमबहादुर कार्की र वरिष्ठ लोक गायिका चन्द्रकला साहलाई विशिष्ट सम्मान अर्पण गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बाध्यबादक कलाकारहरू पवन शाही ठकुरी, विलग गुरुङ, गेम थापा मगर, मिलन विक, प्रविन मगर, हुकुम चन्द ठकुरी रहेका थिए भने प्रदीप बराइली, रोम श्रेष्ठ, सुमित्रा क्षेत्री र राम माया थापा मगर सहयोगी कलाकारको रूपमा सहभागी रहेका थिए ।
प्रतियोगिताको उद्घाटन २५ गते राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गरेका थिए भने समापन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा सम्पन्न भएको थियो । समापन समारोहमा मन्त्री चौधरीले राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालले अहिलेसम्मकै सबैभन्दा राम्रो र सृजनशील कार्यक्रम आयोजना गरेको बताए। उनले यस्ता कार्यक्रमहरूबाट कला र संस्कृतिको संरक्षण गर्न सकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख चन्दा थापा, उपसचिव कर्ण बहादुर कुंवर, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतन सापकोटा, चलचित्र निर्देशक तथा कला साहित्य सञ्जालका सल्लाहकार माधव राज खरेल, कर्णाली कलाकार समाजका महेन्द्र बहादुर शाही, राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य विनोद शाही, नारायण गिरी, मञ्जु गौतम, शारदा लामा, आयुशा कँडेल, मनजली चौधरी, रजनी कुमारी, कमला बैद्य, द्रोपता शाही, ललिता शाह, सविता कार्की, रानी कुमारी मल्लिक, प्रेम कुमारी ओली, रमेश कुमार भट्टराई लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
सांस्कृतिक समाज नेपालका अध्यक्ष समेत रहेका राष्ट्रिय युवा परिषद् अन्तर्गत कला साहित्य सञ्जालका अध्यक्ष रामप्रसाद अवस्थीले संस्कृतिको माध्यमबाट समृद्धिको सन्देश दिन प्रतियोगिता सफल भएको बताए । कार्यक्रमको संयोजन सुस्मा शाही ठकुरीले गरेकी थिइन् भने सञ्चालन विष्णुमाया पौडेल र अमृत खातीले गरेका थिए ।
काठमाण्डौ - क्लरिष्ट जुनिम गहतराजको डेव्यु निर्देशनमा निर्माण भएको र आगामी फागुन ९ गतेबाट रिलिज हुने सिनेमा ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको सिनेमाको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार सिनेमाका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो । सिनेमालाई महाशिवरात्रीको पूर्वसन्ध्या पारेर रिलिज गर्न लागिएको हो ।
सुशान्त गौतमको शब्द रचना तथा संगीत रहेको यस गीतमा इन्द्रकला राईको स्वर छ । गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपालको सिजन ६’मा सहभागी भएसँगै चर्चामा छिन् । उनले स्वर भरेका ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ र ‘बार्दली’ गीत दर्शकमाझ चर्चित छन् । त्यसले आज रिलिज हुने ‘ताण्डवम्’को गीतलाई पनि फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।
सिनेमामा सिनेमामापुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
काठमाण्डौ – नेपाली संगीतप्रेमीहरूका लागि अर्को उत्कृष्ट गीत सार्वजनिक भएको छ। गायक रमेश श्रेष्ठ मेलोडी र एन्जिला रेग्मीको सुमधुर स्वरमा सजिएको नयाँ गीत मोटर गाडी ले श्रोताहरूको मन जित्ने अपेक्षा गरिएको छ।
यो गीतका रचनाकार तथा संगीतकार अदृश्य हुन् भने, संगीत संयोजन बिजेश्वर तन्दुकारले गरेका छन्। गीतको अडियो निर्माण मीना श्रेष्ठले गरेका छन् र रेकर्डिङ कार्य तास स्टुडियोमा सम्पन्न गरिएको हो। भिडियोको निर्देशन तथा कोरियोग्राफी सुमन तामाङले गरेका छन्। यसमा युसना केसी, रीना माझी, र शिबु जी (टुडेज फिल क्रियू) को दमदार अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन नवीन तोलाङ सुजने ले गरेका छन् भने सहायक क्यामेराम्यान सौगात श्रेष्ठ रहेका छन्।
भिडियोको सम्पादन तथा रंग संयोजन कल्पेश विश्वकर्माले गरेका छन्, जसले भिडियोको दृश्यलाई अझ आकर्षक बनाएको छ। मेकअप आर्टिस्ट रोजिना श्रेष्ठले कलाकारहरूको लुकलाई उत्कृष्ट बनाउने काम गरेकी छन्। गीतको बोल, संगीत, अनि भिडियो सम्पूर्ण रूपमा मनोरञ्जनात्मक तथा आकर्षक बनेको छ। मोटर गाडीू ले नेपाली संगीत उद्योगमा नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।
केही दिन अगाडि मात्र भिडियो रमेश श्रेष्ठ मेलोडीू अफिसियल युट्युब च्यानलमा रिलिज भएको छ। फेसबुक रील्स र टिकटक भिडियोमा भाइरल जस्तै बनिसकेको छ। रमेश श्रेष्ठ मेलोडीू लामो समयदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर रूपमा सक्रिय छन्। श्रेष्ठ गायक तथा संगीतकार मात्र नभएर कार्यक्रम संचालक पनि हुन्। त्यस्तै एन्जिला रेग्मी एक उत्कृष्ट गायिका हुन्, उनले धेरै राम्रा गीतहरू नेपाली संगीत उद्योगलाई दिइसकेकी छिन्। शिबु जी पनि त्यस्तै लोकप्रिय छन्। टिकटकमा उनलाई धेरैले फलो गरेका छन् र उनको भिडियोहरू पनि भाइरल छन्।
काठमाडौं- बिहिबारबाट तीनदिनसम्म काठमाडौंमा जारी ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ ९एनसिआईएफएफ०को छैटौँ संस्करण सम्पन्न भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा शनिबार बेलुका चलचित्र विकास बोर्डमा विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो । यो महोत्सव नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सह आयोजनामा बिहिबार देखि शनिवारसम्म काठमाडौंमा तीन दिन आयोजना गरिएको थियो । यो महोत्सवमा यस पटक ४७ देशका ९८ वटा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । यि सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो ।
महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्र्धा तर्फ सर्वोत्कृष्ट अन्तराष्ट्रिय चलचित्रको अवार्ड भारतबाट पुभुले हाँसिल ग¥यो । चलचित्र पुभुबाटै उत्कृष्ट अन्तराष्ट्रिय अभिनेताको अवार्ड मन्जुलन केभीले हाँसिल गरे भने उत्कृष्ट फिचर चलचित्र निर्देशकको अवार्ड अमेरिकाको चलचित्र ला फोर्सबाट जी ओभानी एम जेल्कोले हाँसिल गरे । यस्तै फिचर तर्फ नै उत्कृष्ट अभिनेत्रीको अवार्ड जर्मनीबाट चलचित्र इम्पियोरबाट अभिनेत्री युनिस कचीरुवाले हाँसिल गरिन् ।
यसैगरी यो महोत्सवमा अन्तराष्ट्रिय लघु चलचित्रको अवार्ड बँगलादेशको सर्ट फिल्म सौदाबाट फकिर जिप्लवले, उत्कृष्ट महिला चलचित्रको अवार्ड रसियाको चलचित्र द रि युनियनबाट लोलिता नारान ओभिचले, बाल चलचित्रको अवार्ड भियतनामको चलचित्र लस्ट फर फ्रिडमबाट जाकुभ जाजाकले हाँसिल गरे । अन्तराष्ट्रिय बृत्तचित्रको अवार्ड क्यानडाको चलचित्र नुरागा भूमिबाट डानियल खान डा लिल्भाले, इन्भारोमेन्टल चलचित्रको अवार्ड स्पेनको चलचित्र द सोल अफ ज्यास्मिनबाट मरिना गार्सिया एन्ड्युले, अन्तराष्ट्रिय मानव अधिकार चलचित्रको अवार्ड अमेरिकाको अमेरिकन फुल ब्रोडबाट क्रिस्टिना होडेलले हाँसिल गरे । यस्तै एनिमेसन चलचित्रको अवार्ड साउथ अफ्रिकाको चलचित्र फ्लावर अफ दि पार्टिसनबाट चार्लेस बाडेनहोस्टले, अन्तराष्ट्रिय छायांकारको अवार्ड स्पेनको चलचित्र स्पिक सन लाइटबाट जसी लुईस अल्कानीले, उत्कृष्ट चलचित्र स्कृप्टको अवार्ड इटालीको चलचित्र आउट डियरबाट ऐस्यान्डो लियोनीले, जुरी मेन्सन अवार्ड अर्जेन्टिनाको चलचित्र द टेम्पल अफ इन्टरनल साउन्डबाट जर्ज क्याराभोटाले, स्पेशन मेन्सन अवार्ड बेलायतको चलचित्र लकडाउन गर्डेन डायरीबाट एड्रिना उलिकले प्राप्त गरे । यस्तै पपुलर अवार्ड जर्मनीको चलचित्र सिड वीथ मीबाट अकिफा मियानले, इन्करेजमेन्ट अवार्ड नेपालको चलचित्र जाईन पपेट्स फर डिज्निफाईड मेन्सुरेसनबाट ओडिटी लारामीले हाँसिल गरे ।
महोत्सवमा अन्तराष्ट्रिय तर्फ आठ जना विदेशी निर्णायकहरू छन् । अन्तर्राष्ट्रिय निर्णायकमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
अवार्ड समारोहमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङसहित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवम् महोत्सवका राष्ट्रिय तर्फ निर्णायक प्रमुख शम्भुजीत बासकोटा, नेपाली र विदेशी निर्णायकहरु, अग्रज अभिनेत्रीहरु बसुन्धरा भुसाल, भुवन चन्द, चैतेदेवी सिंहले लगायतले बिजेताहरुलाई अवार्ड प्रदान गरे ।
यो महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट चलचित्रको अवार्ड बुलाकीले चुम्यो भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पुजार सार्कीबाट दिनेश राउतले आफ्नो पोल्टामा पारे । पुजार सार्कीबाटै उत्कृष्ट अभिनेताको अवार्ड आर्यन सिग्देलले र उत्कृष्ट अभिनेत्रीको अवार्ड अञ्जना बराईलीले जिते । चलचित्र तर्फ नै उत्कृष्ट छायाँकारको अवार्ड चलचित्र बुलाकीबाट शिव ढकालले, बुलाकीबाटै इन्करेजमेन्ट अवार्ड अभिनेता नरेन खड्काले र उत्कृष्ट स्कृप्टको अवार्ड चलचित्र पखेटाबाट सनोल दासले हाँसिल गरे ।
यस्तै राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट लघु चलचित्रको अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवाली, बृत्तचित्रको अवार्ड नो मोनास्ट्री नो भिलेजबाट टासी ल्हाजोमले, महिला चलचित्रको अवार्ड पिरियडबाट रेवती गुरुङले, बाल चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन श्रेष्ठले कल्चरल चलचित्रको अवार्ड चिपागु निलाबाट योवन शाक्यले, जुरी मेनसन अवार्ड चलचित्र छेसाङबाट रजिला श्रेष्ठले, स्पेशल मेनसन अवार्ड सर्ट फिल्म थ्रेसोल्डबाट सरिता शाहले र पपुलर अवार्ड चलचित्र लेट नाईटबाट ओविन उद्दिनले जिते ।
राष्ट्रिय प्रतिस्पर्धाको निर्णायकमा बरिष्ट संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के। खनाल, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङदेन र टेलिभिजनकर्मी टिकाराम यात्री थिए ।
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले समापन समारोहलाई सम्बोधन गर्दै चलचित्रको विकास र विस्तामा यस्तो महोत्सव निकै उपयोगी हुने विश्वास आफुले लिएको बताए । उनले सबै विदेशी अतिथिहरुलाई भगवानको रुपमा आफुहरुले लिने गरेको भन्दै आउँदो वर्षहरुमा पनि महोत्सवमा सहभागी हुन विदेशीहरुलाई अनुरोध गरे ।
महोत्सवका अध्यक्ष एवम् निर्देशक सन्तोष सुवेदीले समापन समारोहमा सबैलाई धन्यबाद ज्ञापन गरे । उनले नेपालमा महोत्सव आयोजना गर्न निकै गाह्रो हुने गरेको बताए । यो महोत्सवलाई राज्यले थप सहयोग गरेमा आउँदो वर्ष अझ बृहत रुपमा आयोजना गर्ने पनि उनले बताए । यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र विकास बोर्डको सहकार्यमा निकै राम्रो महोत्सव सम्पन्न भएको बताए । उनले पछिल्लो समय नेपालमा हुने गरेका अन्तराष्ट्रिय महोत्सवले नेपाललाई विश्वमा चलचित्रमार्फत चिनाउन थालेको छ भने ।

काठमाण्डौ – छायाँछवी क्रियशनले नयाँ गीत “ओई माया ओई” सार्वजनिक गरेको छ । माया प्रेममा आधारित यस गीतमा मोडल कलाकार श्रीदेव भट्टराई र मोडल तथा कलाकार अनामीका चौलागाई फिचरीङ छन् । त्यस्तै बालकलाकारका रुपमा परिषा थापा र रोनीश खड्का रहेका छन् ।
बरिष्ठ गीतकार एबम् संचारकर्मी शान्तिप्रियको शब्द रहेको “ओई माया ओई”लाई स्थापित संगीतकार दीपक शर्माले संगीत दिएका छन् । गायकका रुपमा सवीन सुवेदी छन् भने पहिलो पटक मोडल कलाकार अनामीका चौलागाईले यस गीतमा आफ्नो गायनकला पस्तुत गरेकी छन् । भने यस गीतलाई रेकर्डीङ, मिक्सीङ तथा मास्टरिङ एसएमएस स्टुडीयोमा मनोज परियारले गरेका छन् । म्युजिक भिडियोको निर्देशक सियोन श्रेष्ठले गरेका हुन् भने गीतको कोरियोग्राफी सन्जीवनी गोपालीको रहेको छ । दिनेश पराजुलीले यस म्युजिक भिडियो छायाङकन गरेका छन् । भिडियोलाई शिलान लम्सालले कलर र सम्पादनको काम गरेका छन् । यस भिडियोको ब्यवस्थापनको जिम्मा दीपक थापाको रहेको थियो । गीत तथा म्यूजिक भिडियोलाई सिसि नेपालको यूटुयूब च्यानल मार्फत सार्वजनिक गरिएको छ । बालापन देखि युवा अवस्था सम्मको प्रेमलाई उजागर गर्दै गीत लेखिएको गीतकार शान्तिप्रियले बताए ।
छायाँछवी क्रियशनले नयाँ गीत “ओई माया ओई” सार्वजनिक गरेको छ । माया प्रेममा आधारित यस गीतमा मोडल कलाकार श्रीदेव भट्टराई र मोडल तथा कलाकार अनामीका चौलागाई फिचरीङ छन् । त्यस्तै बालकलाकारका रुपमा परिषा थापा र रोनीश खड्का रहेका छन् । बरिष्ठ गीतकार एबम् संचारकर्मी शान्तिप्रियको शब्द रहेको “ओई माया ओई”लाई स्थापित संगीतकार दीपक शर्माले संगीत दिएका छन् । गायकका रुपमा सवीन सुवेदी छन् भने पहिलो पटक मोडल कलाकार अनामीका चौलागाईले यस गीतमा आफ्नो गायनकला पस्तुत गरेकी छन् ।
भने यस गीतलाई रेकर्डीङ, मिक्सीङ तथा मास्टरिङ एसएमएस स्टुडीयोमा मनोज परियारले गरेका छन् । म्युजिक भिडियोको निर्देशक सियोन श्रेष्ठले गरेका हुन् भने गीतको कोरियोग्राफी सन्जीवनी गोपालीको रहेको छ । दिनेश पराजुलीले यस म्युजिक भिडियो छायाङकन गरेका छन् । भिडियोलाई शिलान लम्सालले कलर र सम्पादनको काम गरेका छन् । यस भिडियोको ब्यवस्थापनको जिम्मा दीपक थापाको रहेको थियो । गीत तथा म्यूजिक भिडियोलाई सिसि नेपालको यूटुयूब च्यानल मार्फत सार्वजनिक गरिएको छ । बालापन देखि युवा अवस्था सम्मको प्रेमलाई उजागर गर्दै गीत लेखिएको गीतकार शान्तिप्रियले बताए ।
The “Warm Spring Festival, Talking About china’s Tibet” theme event, held in Kathmandu, Nepal, was a resounding success. It brought together scholars, artists, and individuals from various walks of life to celebrate the rich cultural heritage of Tibet and strengthen the bonds of friendship between China and Nepal. As the Chinese New Year approached, the event, hosted by the China’s Tibet Bookstore, served as a vibrant platform for cultural exchange, featuring a diverse array of activities that highlighted the unique charm of Tibetan culture.
Cultural Exchange: Revisiting the Legendary Story of Anige The event began with a warm welcome speech by Ms. Wang Mengyao, who emphasized the importance of cultural exchange in fostering mutual understanding and friendship between nations. The highlight of the cultural exchange segment was the captivating story of Anige, a renowned Nepalese architect of the Yuan Dynasty, presented by Nepalese writer Ganesh Kumar GC. Anige’s legacy, particularly his supervision of the White Stupa in Beijing, symbolizes the deep cultural ties between China and Nepal. Mr. Haris, Chairman of the Nepal-China Cultural and Educational Association, further enriched the discussion by elaborating on the historical significance of the Anige Statue and the Princess Bhrikuti Statue, underscoring the enduring cultural connections between the two nations.
Music and Art: A Cross-Border Cultural Feast The event also showcased the power of music and art in transcending cultural boundaries. Nepalese singer Fu Sherpa’s heartfelt rendition of the Chinese classic Eternal Star resonated deeply with the audience, earning warm applause. The art exhibition segment featured Deji, a Thangka painter from Lhasa, who introduced the audience to the intricate art of Thangka painting, a cornerstone of Tibetan culture. The vibrant colors and profound religious significance of Thangka paintings captivated attendees, who took their time to appreciate the exquisite artwork. Additionally, Mr. Gautam, the Nepalese publisher of Tibet Today Weekly, shared insights into the role of media in promoting cultural understanding. Interactive Session: Knowledge Quiz and Open Discussion The interactive segment of the event was a major highlight, with the audience engaging in lively discussions on Tibetan culture, artistic development, and China-Nepal cultural interactions.
The knowledge quiz, focusing on Anige and Princess Bhrikuti, added an element of excitement as participants vied for beautifully crafted souvenirs. This interactive exchange not only deepened the audience’s understanding of Tibetan culture but also fostered a sense of camaraderie among participants. Photo Exhibition and Group Picture The event concluded with a visit to the China’s Tibet Photo Exhibition, where guests were treated to a visual journey through Tibet’s stunning landscapes, historical sites, and cultural traditions. The photographs provided a glimpse into Tibet’s rich heritage, leaving a lasting impression on attendees.
The event culminated in a group photo at the bookstore entrance, capturing the spirit of unity and friendship that permeated the occasion. Strengthening Friendship, Looking to the Future The Warm Spring Festival, Talking About china’s Tibet event was a testament to the power of cultural exchange in bridging divides and fostering mutual respect. By showcasing the unique charm of Tibetan culture and highlighting the historical and cultural ties between China and Nepal, the event not only deepened the audience’s appreciation for Tibetan heritage but also strengthened the bonds of friendship between Nepal and China . As the event concluded, many attendees expressed their hope for more such cultural exchange programs in the future, paving the way for continued collaboration and mutual understanding.
काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी ग्रेगोरी डी. सिम्किसबीच द्धिपक्षीय भेटवार्ता भएको छ । छलफलमा नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्था, नेपाल र अमेरिकामा आयोजना हुने फिल्म अवार्ड एवं सम्मान समारोह, फिल्मकर्मीको भिसासम्बन्धी विषयमा छलफल भएको बोर्डले जनाएको छ ।
भेटमा सिम्किसले नेपालमा आयोजना हुने फिल्म अवार्डको छनोट प्रक्रिया, विश्वसनीयता र कलाकारले प्राप्त गर्ने सिफारिस पत्रको आधिकारिकतामाथि चासो राखेका थिए । बैठकमा अध्यक्ष डीसीले नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्ध बलियो तुल्याउनेबारे ध्यानाकर्षण गराएका थिए ।
नेपाली फिल्मकर्मीले अमेरिकामा आयोजना हुने फिल्म महोत्सव, कार्यशाला र सांस्कृतिक कार्यक्रममा सहभागि हुन सहजता पाउनुपर्ने, नेपालमा पनि अमेरिका र नेपाली फिल्म क्षेत्रबीच विशेष कार्यक्रम गरिनुपर्ने विषय अध्यक्ष डीसीले प्रस्तुत गरे । भेटमा कन्सुलर सिम्किसले अमेरिकी दूतावास नेपाली फिल्मकर्मीको भिसा प्रक्रियालाई सहजीकरण गर्न सकारात्मक रहेको बताएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ । बोर्डले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गर्न पहल गर्दै आएको र सोही पहलको फलस्वरुप यो भेट भएको जनाएको छ ।
काठमाडौं- काठमाडौंमा एक विशेष समारहबीच सिक्किमका सर्जक टी.बी. चन्द सुब्बाको कृति ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’को परिचर्चा तथा सम्मान गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप म्यागजिनको आयोजनामा डालो रेस्टुरेन्ट, अनामनगरमा भएको कार्यक्रममा सर्जक सुब्बा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी नवनिर्वाचित अध्यक्ष शोभा अर्याललाई बधाई तथा सम्मान गरिएको थियो । दुबैजनालाई समारोहका प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले सम्मान अर्पण गर्नु भएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेइससय पृष्ठको ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’ कृतिको परिचर्चामा वक्ताहरू वृहत कृतिका लागि सर्जक सुब्बालाई शुभकामना बधाई दिनुका साथै कृतिको चर्चा गर्नुभएको थियो । मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई, विशेष अतिथि प्रा. डा. सुरेन्द्र के. सी., अध्यक्ष राधेश्याम लेकाली, सम्मानित सर्जक टी. बी. चन्द सुब्बा, पत्रकार शोभा अर्याल, महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ट कलाकारहरू लय संग्रौला, उत्तम के. सी., वरिष्ठ सङ्गीतकार राजु सिंह, गीतकार अमर वान्तु, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।
स्वागत मन्तव्यका क्रममा भुसालले मिलापको चर्चा गर्दै नेपाली भाषा, साहित्य, कला संस्कृतिका विषयमा मिलापमार्फत विगत १५ वर्षदेखि आफूहरूले समाग्री प्रस्तुत गर्दै आएको बताउनुभयो ।
प्रमुख अतिथि प्राडा भट्टराईले सर्जक सुब्बाले यस वृहत कृतिको सुरुवातदेखि नै आफूसँग आउने गरेको र आफूले सक्दो सहयोग पुर्याएको बताउनुभयो भयो । उहाँले यसभित्र समावेश भएका विषयवस्तुको समयक्रममा चर्चा हुँदै जाने र के कस्ता विषयवस्तु छन् भन्ने विषयमा चर्चा हुने बताउँदै उहाँको साहश तारिफ योग्य भएको जिकिर गर्नुभयो ।
यस्तै प्राडा केसीले हामीले गर्न नसकेको काम सीमापारिका सर्जकहरूले गरिरहेको बताउँदै हाम्रो राजनीति र समाजिक परिवेश एक अर्काको खुट्टा तान्ने प्रवृति रहेको सुनाउँदै हामीले आफूलाई परिमाजित गर्दै लानुपर्नेमा जोड दिनुभयो । महाकाव्यकार दाहालले साहित्यको सीमा नहुने भन्दै जहाँका सर्जकले सिर्जना गरेका रचना भएपनि ति सबैले मानविय संवेदना, परिवेश, कला र संस्कृतिका लागि हुने जिकिर गर्नुभयो । बरिष्ठ कलाकार संग्रौलाले नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै सर्जक सुब्बाको खोज अनुसन्धानमुलक लेखनको चर्चा गर्नुभयो ।
गीतकार तथा निर्देशक गणेश सुवेदीले सजिकरण गर्नुभएको कार्यक्रममा अध्यक्ष लेकालीले आफू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्ष हुँदा सर्जक सुब्बासँग धेरै कार्यक्रममा सहकार्य गरेको बताउँदै नेपाल बाहिरका धेरै सर्जकले नेपाली साहित्यको उत्थानमा आफूलाई संलग्न गराइरहेको र सर्जक सुब्बाका कार्य प्रशसनिय रहेको बताउनुभयो ।
सम्मानित सुब्बाले आफूले १७ वर्ष लागाएर यो पुस्तक तयार पारेको जानकारी गराउँदै नेपालका ७१ जिल्लामा आफू पुगेको सुनाउनुभयो । उहाँले कृतिको सुरूवातदेखि तयारहुँदा सम्मका विभिन्न अनुभव सुनाउनुभएको थियो ।सम्मानित सुब्बाका यसअघि नै गीत, कविता, खण्डकाव्य, कथा, उपन्यास, जीवनी, गीति एल्बम र एक दर्जनकृति प्रकाशित छन् भने उहाँले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टरका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार रहनु भएका साहित्यकार टी.बी. सुब्बा नेपाली साहित्य परिषद, गान्तोकलगायत विभिन्न संघ सस्थामा आवद्ध हुनुहुन्छ । यसैगरी अर्का सम्मानित पत्रकार अर्याल सत्र वर्षदेखि पत्रकारिताकर्ममा हुनुहुन्छ ।
कार्यक्रममा साहित्यकारहरू प्रा. डा. गोविन्दमान सिंह कार्की, शरद प्रधान, जनक रावल, डा. दामोदर पुडासैनी, किशोर विश्वकर्मा, डा. शान्तिमाया गिरी, शैलेन्दु चापागाईं, मन्जिला अनिल, कमला रिसाल, डा. बुनु दाहाल, सुधा मैनाली, गीतकार रमेश दाहाल, पत्रकारहरू प्रविन थपलिया, श्रीराम राई, सानुकाजी श्रेष्ठ, सूर्य सुवेदी, गीता अधिकारी, डिल्लीरमण सुवेदी, रिना श्रेष्ठ, भोला अधिकारी, मोहम्मद जलिम, सुरेन्द्र थापा, चलचित्र निर्देशक माधवराज खरेल, कमला जोशी, कलाकार अटल निरोज तथा सिक्किमकी दुर्गा सुब्बालगायतको उपस्थिति थियो ।
काठमाडौं – घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन् । यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी।सी।र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन , निर्देशन नारायण मगरको रहेको छ भने भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन् ।
गौरव पहारी,, पवित्रा सन्की ‘मिस पबीे’, देशभक्त खनाल, सृष्टि खड्की, हरि दत्त फुलारा ‘एच डी फुलारा’, करण शाही, सुरेश शाही आदिको भिडियोमा जिवन्त अभिनय देख्न सकिन्छ।