काठमाडौं- विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । विमोन्स एरा मिडिया ग्रुप नेपालको प्रस्तुति रहेको यो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ थाइल्याण्डको बैंकक र नेपालको काठमाडौंमा गरी सम्पन्न भएको हो ।
थाइल्याण्डको बैंककमा विशेष समारोहबीच केही दिनअघि सम्पन्न भएको अवार्ड काठमाडौंमा पनि एक विशेष कार्यक्रमको आयोजनागरी शनिबार मैजारो गरिएको हो । थाइल्याण्डमा विभिन्न कारणवस नजानु भएका स्रष्टा सर्जकलाई आयोजकले काठमाडौंमा विशेष कार्यक्रमगरी सम्मान तथा अवार्ड अर्पण गरेको हो ।
बैंकको कार्यक्रममा गैरआवसीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यता र थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका सामाजिक व्यक्तित्व सुनिल खड्काको विशेष आतिथ्यता तथा थाइल्यण्डमा रहेर विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका अन्य व्यक्तित्वको अतिथिमा कार्यक्रम भएको थियो भने नेपालमा पूर्वप्रहरी प्रमुख एवं सामाजिक अभियन्ता सर्वेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको विशिष्ट अतिथ्यतामा अवार्ड समारोह सम्पन्न भएको थियो । समारोहमा वरिष्ठ सर्जक खड्ग गर्बुजालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । उहाँलाई नगद राशीसहित दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । आठ सयभन्दा धेरै गीत गाउनुभएका गर्बुजाका धेरै गीत लोकप्रिय छन् । सो अवसरमा आफ्ना भनाइ राख्दै उहाँले गीत पनि गाउनुभएको थियो । सायद हिृवलचेयरमा चढेर देश विदेशका मञ्चमा माइक समाउन पुग्ने आफू नेपालको पहिलो गायक भएको बताउँदै उहाँले यो सम्मानले अझ बढी जिम्मेवारी थपेको बताउनुभयो । समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौ्यड्याल, म्युजिक खबरका सुमन वैरागी र रिना श्रेष्ठलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो भने गायिका शोभा पाण्डे, फेशन डिजाइनर विभूषित रिमाल र राजु भट्टराईलाई सम्मान अर्पण गरिएको थियो ।
बैंककमा निर्देशक केशव कोइरालाले ‘जुनको किरण’ पप गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्नुभएको थियो भने सिक्किका जीवन शर्माले ‘सुने मैले’ गीतबाट संगीतमा जुरी अवार्ड प्राप्त गर्नुभएको थियो । यस्तै, बैंककमा ‘माया गर्यौ’बाट राज लुइँटेलले नव मोडल लोक पपको पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो भने राजु शेर्माले आधुनिक गीत ‘कालो प्रकाश’ सर्वोत्कृष्ट मोडल र मुकेश गुरुङले ‘तिमी बिना’ पप मोडलबाट सर्वोत्कृष्ट नवमोडलको अवार्ड चुम्नु भएको थियो ।
यस्तै, भिडियो सम्पादनमा पुजन लामिछानेले ‘दशैँ आयो’ गीतबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड आफ्नो पोल्टामा पार्दा मञ्जु लावतीले ‘आम्बि’ (पालम) गीतबाट सर्वोत्कृष्ट भाषा भाषीको अवार्ड प्राप्त गर्नुभएको थियो । त्यसैगरी, मोडल पप आधुनिकमा नारायण विश्वकर्माले ‘आफ्नै स्वार्थ’बाट सर्वोत्कृट अवार्ड चुम्नु भएको थियो भने शिला गजुरेलले ‘चुपचाप’ गीतबाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नुभएको थियो । यस्तै, ईश्वरी बरालले ‘नैना रेशम’ गीतबाट सर्वोत्कृष्ट आधुनिक गायिकको अवार्ड चुम्दा पूजना काफ्लेले ‘चुपचाप’ गीतबाट जुरी अवार्ड र विराज बाँस्कोटाले ‘कालो प्रकाश’बाट आधुनिक गीत पुरुष मोडलको अवार्ड प्राप्त गर्नुभएको थियो ।
यता, नेपालमा भएको समारोहमा गायक चेतन राईले पप गीत ‘घुम्दै जादा’, टेक विसीले ‘नजरमा नजर’ पप मोडन, सूर्य कश्यपले ‘हाँसो खुशी’ आधुनिक गीतसंगीत, रिदम कँडेलले ‘तिम्रो याद’ संगीत संयोजन, माधव भण्डारीले ‘यस्तै रित हो’ लोक तथा दोहोरी गायक र हरिभक्त बुढाथोकीले आधुनिक गीत ‘नजरमा नजर’बाट सर्वोत्कृष्ट गीतकारको अवार्ड प्राप्त गर्नुभएको थियो । यसैगरी, नारायण भारतीले ‘झुटो बोल्दैन’ गीतबाट पप मोडन गीतकारको सर्वोत्कृष्ट अवार्ड, भीम बिसीले ‘रिती जाने वैस’ गीतबाट पप मोडन संगीतको सर्वोत्कृष्ट अवार्ड, आरके विवशले ‘विदेशी संस्कार’ गीतबाट नवगायकको सर्वोत्कृष्ट अवार्ड र कृष्ण वमले ‘साइला दाई’ गीतबाट सर्वोत्कृष्ट लोक पप नव मोडलको प्राप्त गर्नुभएको थियो ।
नेपालमा भएको समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि र महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलाकार लय संग्रौला, वरिष्ठ गायिका देवीका वन्दना, मञ्जु थापा वरिष्ठ गायक सीताराम पोख्रेल, गीतकार तथा पत्रकार शान्तिप्रिय, जिनियश म्युजिकका अध्यक्ष रमेश पाठक, निर्देशक÷कलाकार कृष्ण रसाललगायतले अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
थाइल्यण्डमा भएको कार्यक्रमको सहजीकरण मिलापका सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने नेपालमा भएको कार्यक्रमको निर्देशक माधव खरेलले सहजीकरण गर्नुभएको थियो ।
विदेशी भूमि र मातृभूमिमा कला संस्कृतिका सर्जकको सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउँदै अवार्ड संयोजक गीता अधिकारीले नेपाली कला संस्कृतिलाई नेपालबाहिर परिचत गराउनु र कला संगीतका सर्जकलाई उहाँहरूको सिर्जनाको सम्मान गर्ने उद्देश्यले कार्यक्रम गरिरहेको बताउनुभयो । आउँदा दिनमा यसलाई निरन्तरता दिने संयोजक अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको समारोहमा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूले गीतसंगीतका सर्जकको सम्मानका लागि हिमालयन अन्तर्राष्ट्रिय अवार्डले गरेका कार्यको सहराना गर्नुभएको थियो । समारोहमा गीतसंगीत, साहित्यका साथै समाजका प्रभुत्व वर्गको विशेष उपस्थिति रहेको थियो ।
जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान
बैंककमा हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ सँगै समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका व्यक्तित्वलाई ‘जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान’समेत अर्पण गरिएको थियो । विगत १६ वर्षदेखि गीतसंगीतको क्षेत्रमा काम गर्दै आएको जिनियस डिजिटल म्युजिक प्रा.लि.ले सो सम्मान अर्पण गरेको थियो । नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको सो समारोहमा ईशान श्रेष्ठले मञ्जुश्री नृत्य प्रस्तुत गर्नुभएको थियो भने नृत्य निर्देशक/कोरियोग्राफर कृष्ण रसाल, केशव कोइराला, मोडल तथा कलाकार शिला गजुरेल, जोशिफा गुरुङ रसाल, पुजन काफ्लेलगायतले विभिन्न प्रस्तुति दिएका दिनुभएको थियो ।
समारोहमा सिक्किममा रहेर नेपाली गीतसंगीत, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण सम्बद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा जीवन शर्मालाई सम्मान अर्पण गरिएको थियो भने हिमालय टाइम्स दैनिकका उपसम्पादक एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसाललाई ‘पत्रकारिता रजत सम्मान’ले विभूषित गरिएको थियो । यस्तै, मेरो डान्स युनिर्भसकी विजेता थाइल्याण्ड निवासी खुशी कार्कीलाई सम्मान अर्पण गरिएको थियो ।
समारोहमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, नृत्य निर्देशक/मोडल कृष्ण रसाल, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, पत्रकार÷निर्देशक राज लुइँटेल, इभेन्ट म्यानेजमेन्ट डाइरेक्टर लवबहादुर कार्की, पत्रकार एवं बडिमालिका फाउण्डेशन नेपालका अध्यक्ष प्रकाशबहादुर सिंह, कोरियोग्राफर ईशान श्रेष्ठ, कोरियोग्राफर कृष्ण राना, गायक÷संगीतकार रामबावु राउत पटेल, इभेन्ट डाइरेक्टर डेभिल सिंह राजपुत, फेयर एक्स्प्रेस मिडियाका अध्यक्ष विपिन पोख्रेल, सामाजिक अभियन्ता वरुणकुमार माझी, ढुवानी व्यवसायी महासंघका सचिव एवं समाजसेवी धर्मराज पोख्रेललाई सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भविन्द्र खड्का, सिक्किमका जीवन शर्मा, पत्रकार कृष्ण भुसाललगायतले थाइल्याण्डको बैंककमा भव्य कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै विश्वमा जहाँ रहे पनि नेपाली भाषा, साहित्य, कला, संस्कृतिका साथै नेपाली गीतसंगीतको संरक्षण एवं सम्बद्र्धनमा जुटनुपर्ने भनाइ राख्नुभएको थियो ।
‘मिलाप अन्तर्क्रिया, सम्मान एवं सांगीतिक साँझ’
बैंकको कार्यक्रमपछि यो टोलीले सिंगापुर हुँदै मलेसियामा पुगेर सांगीतिक साँझ गरेको थियो । मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान एवं सांगीतिक साँझ’ भएको हो । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तरक्रिया, सम्मान एवं सांगीतिक साँझ’ सम्पन्न भएको थियोे । कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य, कला, संस्कृतिका विषयमा गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले हाम्रो संस्कार एवं संस्कृतिको जर्गेना र उत्थान गर्न सहयोग पुग्ने बताउनुभयो ।
मिलापका अध्यक्ष एवं सम्पादक कृष्ण भुसालको सहजीकरणमा सम्पन्न भएको सो कार्यक्रममा एनआरएनए आईसिसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने, पर्यटनदूत मलेसिया नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, एनआरएनए मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाह, नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बू, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, प्रवासी नेपाली मञ्च मलेसियाका पूर्वअध्यक्ष शेर गुरुङ, एनआरएनए आईसिसी सदस्य टेकबहादुर टमटा, व्यवसायी तथा समाजसेवी नरेन्द्र राउत, एशिया प्याशिफिक कन्सल्टेन्ट तथा ग्रुप मेनेजर ग्राण्ड होटल इन्टरनेशनल मलेसियाका श्याम कार्की, व्यवसायी तथा समाजसेवी, अभियन्ता एनआरएनए कुवेतका राजेन्द्र सिंह भण्डारी, सनरेड एडभान्सका सिइओ विनोदकुमार यादव, कृष्णकुमारी निरौला(कविता) सञ्चालक, नेपाल हाउस मलेसियालगायतको आतिथ्यता रहेको थियो ।
यस्तै, कार्यक्रममा व्यवसायी डिकबहादुर राई, मलायखवरका एन चौधरी, बारा दैनिकका सम्पादक कृष्ण गुप्ता, सुदूरपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष दिनेश खड्कालगायतको आतिथ्यता थियो । कार्यक्रममा अतिथिहरूलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रम सभापति अधिकारी जनसावलका बगाले र राजदूतावासका प्रथम सचिव धामीले सम्मान पत्र अर्पण गर्नुभएको थियो । कार्यक्रममा गायक मञ्जु लावती, कृष्ण रसाल, केशव कोइराला, उर्मिला खत्री (रिया) रामबाबु पटेल, रमेश पाठक, शिला गजुरेल, विराट बाँस्कोटा, राजु शेर्मा, मुकेस गुरुङ, जोसिफा गुरुङ, ईसान श्रेष्ठलगायतले बेजोड प्रस्तुति दिनुभएको थियो ।