entertainment
||Power News Asia||

आजको समाचार

पहिलो पटक विकास बोर्डले सार्वजनिक गर्यो आगामी एक महिना भित्र प्रदर्शन हुने फिल्मको सूची

मनोरञ्जन


काठमाडौं –  चलचित्र विकास बोर्डको नेतृत्व गरेदेखि नै अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म क्षेत्रको श्रीवृद्धि हुने शैलीका कार्यक्रम तथा गतिविधिहरुलाई प्राथमिकता दिँदै आइरहेका छन् । विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेको छोटो समयमै अध्यक्ष डिसीले फिल्म क्षेत्रको सुधार तथा विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यसैबीच, सोमवार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष डिसीले प्रदर्शनको तयारीमा रहेका नेपाली फिल्महरुको प्रचारात्मक भिडियो सामग्री सार्वजनिक गरेका छन् । ४० सेकेण्डको उक्त भिडियोमा आगामी एक महिना भित्र प्रदर्शन हुने फिल्मको सूची प्रस्तुत गरिएको छ । बोर्डले यो अभियानलाई हरेक महिना सञ्चालन गर्ने अनुमान गर्न सकिन्छ ।

उक्त भिडियो सामाग्री शेयर गर्दै अध्यक्ष डिसीले अब प्रदर्शनको तयारीमा रहेका स्वदेशी फिल्मको प्रदर्शन मिति उल्लेख गर्दै एउटा जानकारीमुलक दृष्य सामाग्री बोर्डले प्रचार गर्ने भएको उल्लेख गरेका छन् । नेपाली फिल्मका निर्माता तथा वितकरलाई अध्यक्ष डिसीको अनुरोध छ- ‘कृपया यसबारे बोर्डलाई जानकारी गराई सहयोग गरिदिनु होला ।’

बोर्डले तयार पारेको पहिलो प्रचार सामग्रीमा यही पुस २६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘कर्साङ’, माघ ४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘फिरफिरे फिरीरी’ तथा ‘एक्टर’, माघ ११ गतेदेखि प्रदर्शनमा आउने ‘केटी हराएको सूचना’ तथा माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘एक्टर’ को बारेमा जानकारी उल्लेख छ । यो छोटो भिडियोमा यी फिल्मका पोस्टर, प्रदर्शन मिति तथा मुख्य कलाकारको नामलाई एनिमेशन गरेर प्रस्तुत गरिएको छ । नेपाली फिल्मको प्रवद्र्धनमा चलचित्र विकाबस बोर्डको यो सकारात्मक कदमको चलचित्र क्षेत्रले स्वागत गर्ने कुरामा दुईमत छैन ।

सुस्मिता कुँवरले बलेलाई “नाचन च्याङबा” भनेपिछ भिडियो सहित

मनोरञ्जन


काठमाण्डौ – नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो “नाचन च्याङबा” सार्बजनिक भएको छ । गीतमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन ।

चर्चित हाँस्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुँवर छोटिको दमदार प्रस्तुति रहेको गीत, छायांकन भने रेशम दर्लामिले गरेका छन । तामाङ सेलो भए पनि पछिल्लो समय सेलो गीतले बजारमा राम्रो छाप छोडेको हुँदा गीतले दर्शक स्रोताको मन जित्नेमा ढुक्क देखिन्छिन् गायिका तथा संगीतकार पौडेल ।

मोडेल तथा कलाकार लम्साल भन्छन् गीत राम्रो छ जतिसक्दो राम्रो भिडियो बनाउने कोसिस गरेकाछौ जे होस तामाङ सेलो गीतमा मेरो पहिलो प्रस्तुति भए पनि गीत अनुसारको भिडियो बनाएका छौ बाँकी दर्शकहरुको हातमा छ । त्यस्तै मोडेल तथा कलाकार सुस्मिता कुवँरको पनि लम्सालकै बोलिलाइ समर्थन गर्दै गीतमा बेस्ट दिन खोजेकी छु तामाङ समुदायले मात्रै नभै सिङ्गो नेपालीले हाम्रो गीतलाइ मन पराउनेमा विस्वस्थ रहेको मोडल कुँवरले बताईन ।

निर्देशक तथा गीतकार लामाका अनुसार तामाङ सेलो गीतसबै समुदायले मन पराउने भएको हुँदा गीतलाइ विशेष प्राथमिकताका साथ राम्रो बनाउन खोजेको रयस्तो खालको गीतले मार्केट लिन सक्ने लामाले बताए । भिडियोको नृत्य निर्देशनको जिम्मा पाएका दिनेश पाख्रीनले गीत चल्नेमा आफू दुई मत नरहेको बताउँछन । गीत तथा भिडियोलाई ओएसआर डिजिटल को युट्यूव च्यानल सार्वजनिक भएको छ ।

सुमन दाहालको निर्देशनमा अस्ति भन्दा हिजो ...सार्वजनिक 

मनोरञ्जन


काठमाडौं – नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा नयाँ गीत अस्ति भन्दा हिजो ... को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।  

किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ । गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा  यो गीत केन्द्रित रहेको छ । किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए । 

यो गीतको भिडियोमा बाल कलाकार सम्राटको एकल अभिनय रहेको छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् । उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै अभिनय यात्रा सुरु गरेका हुन् । उनले राष्ट्रिय भावको भिडियोमा पहिलो पटक अभिनय गरेका थिए । त्यसपछि सम्राटले निरन्तर मोडलिङ गर्दै आएका छन् । 

बिगत ८ वर्षदेखि अमेरिकामा रहँदै आएका निर्देशक सुमन दाहालले म्युजिक भिडियो तथा लघु चलचित्र निर्देशनलाई पनि निरन्तता दिँदै आएका छन् । यो गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको सुमनले जनाए । भिडियोलाई दर्शकले मन पराएको उनले बताए ।

‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा

मनोरञ्जन


काठमाडौँ – गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । नातिकाजी स्मृति समाजले बुधबार एक कार्यक्रमका बिच विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार घोषणा गरेको हो । समाजका अध्यक्ष वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाले नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान गीतकार नगेन्द्र थापा, लोकगायक बोमबहादुर कार्की, कलाकार धन लामा, सङ्गीत प्रवर्द्धक प्रकाश सायमी, शास्त्रीय सङ्गीतकर्मी ज्ञानुराधा गोर्खाली, गीतकारद्वय बुद्धवीर लामा र किरण केसी (क्रोधी), गायक दिवाकर खड्का र गायिका यशोदा पराजुलीलाई प्रदान गरिने बताए ।

सङ्गीत साधना प्रतिष्ठान इटहरी र लेखक विमल भौकाजीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिने कार्यक्रममा राष्ट्रिय सङ्गीत पुरस्कार गायक हिमाल सागर, गायिका बिन्दु परियार, गीतकार बी पाण्डे, सङ्गीतकार आशिष अविरल, एरेन्जर सम्राट थापालाई प्रदान गरिनेछ । नातिकाजी राष्ट्रिय प्रतिभातर्फ रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मिता दाहाल र सङ्गीतकार कल्याण सिंहलाई, शास्त्रीय सङ्गीततर्फ रमेश पोखरेललाई पुरस्कार प्रदान गरिनेछ ।

राष्ट्रिय लोकसङ्गीततर्फ लोकगायकत्रय रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विक, कला र पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाललाई पुरस्कार प्रदान गरिनेछ । नातिकाजीको ९९ औं जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिनेछ ।

प्रतिक्षाको ”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ – पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएकोछ युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो ।

शंकर अधिकारी घायलको गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत,संजय हमालको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग,अजय अधिकारीको रेकर्डिङ,बिमल ढकालको छायांकन,राजन महर्जनको कोरियोग्राफी,ललित सिंह साउदको सम्पादन रहेको छ  भने मदन न्यौपानेको मेकअप रहेको गीतलाई गायिका उर्मिला बस्नेतको युटुव च्यानल यु आर म्युजिक बाट रिलिज गरिएकोछ।

तिम्रो आकर्षणले,आँखामा निद,नघोच यो छाती,तिमीलाई नै लगायत २ दर्जन भन्दाबढि म्युजिक भिडियो दर्जनौं र्याम्प शो टिभिसी र टेलिचलचित्रहरुमा अभिनय गरिसक्नु भएकि प्रतिक्षा काफ्लेको यो हावा चंचल हुन्छ,खतरा होला नि,मायाले लगायतका आधा दर्जन बढि गीतहरु बजारमा आउनेक्रममा रहेकाछन।

आठौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड को आवेदन खुल्ला

मनोरञ्जन


काठमाडौं – निम अवार्डको आठौं संस्करणका लागि आवेदन खुला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२५’ को आवेदन खुला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिनुभएको हो ।

विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीत संगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिलेसम्मकै बृहत् संख्याका भाषाभाषीका गीतहरूको उत्साहपूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डका रूपमा लिने गरिन्छ ।

नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरूलाई कार्यक्रममा सहभागी गर्दै आइरहेको यो अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बू, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार लगायतका विभिन्न भाषाका गीत र भिडियोहरू अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषा तथा भाकाका गीत संगीतहरूलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ ।

अंग्रेजी क्यालेण्डरअनुसार २०२४ जनवरी १ देखि २०२४ डिसेम्बर ३० सम्म (१ वर्षभित्रमा) बजारमा आएका गीत तथा भिडियोहरूलाई समावेश गरिने अवार्ड आयोजकले बताएका छन् । एरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न हुने निम अवार्डका फारमहरू आयोजक संस्थाको कार्यालयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाइन पेको अनलाइनमार्फत् पनि भर्न सकिने जनाइएको छ । गीतहरू दर्ता गर्नका लागि आवेदनको अन्तिम मिति पुस २० गतेसम्मका लागि तोकिएको आयोजक समितिले बताएको छ ।

आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने

मनोरञ्जन


ओहायो अमेरिका- आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरुको सामुहिक संस्था “आप्रवासी नेपाली गीतकार संघ, अमेरिका”ले आफ्नो प्रथम बार्षिक साधारण सभा यही फेब्रुअरी २, २०२५ का दिन अमेरिकाको ओहायो राज्यमा मनाउने भएको छ। उक्त दिन ज्ञान र विद्याकी देबी सरस्वतीको उपासना गर्ने दिन सरस्वति पूजा परेकोले हरेक बर्ष संघको बार्षिक अधिवेशन सरस्वति पूजाकै दिन सम्पन्न गर्ने निर्णय गरेको समेत संघले जनाएको छ।

नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका सम्भव भएसम्म सबै सर्जकहरुको उपस्थितिको अपेक्षा गरिएको उक्त समारोहमा विभिन्न साहित्य सम्बन्धि महत्वपूर्ण चर्चापरिचर्चा सहित सांस्कृतिक एवं साहित्यिक कार्यक्रमहरु संचालन गरिनुका साथै केहि नयाँ कृतिहरुको लोकार्पण पनि गरिने कुराको जानकारी संघका अध्यक्ष हरि उप्रेतीले गराउनुभएको छ।

 संघको यो प्रथम कार्यक्रम भएकोले यसलाई सकेसम्म भव्य र सभ्य बनाउन उत्तर अमेरिकामा रहेका सबै गीतकार, साहित्यकार एवं संगीत कलाकर्मी सर्जकहरुबाट ठूलो संख्यामा सहभागिता गराउने प्रयासमा संघ प्रयत्नशील गहेको कुरा संघका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले हामीलाई जानकारी गराउनु भयो।

 उक्त समारोह ओहायो राज्यको रेनल्डसबर्ग शहरमा हुने भएको छ। उक्त सभाबाट आफ्नो भावि योजना एवं कार्यदिसा तय गर्ने जानकारी समेत संघबाट प्राप्त भएको छ।

 

‘एउटै चाहना’को भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौं-राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर दृष्यहरू कैद गरिएको भिडियो पनि उत्कृष्ट रहेको छ ।केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन छ । गीतको भिडियो सदिक्षा फिल्मस्को युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

शैक्षिक चलचित्र "कालोपाटी" कार्तिक ३० गते सिडी नेपाल युटुब मार्फत बजारमा आउने

मनोरञ्जन


शैक्षिक चलचित्र कालोपाटी सिडि नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिने 

काठमाण्डौं । आवाज आर्र्ट क्रिएशन प्रा लिले  निर्माण  गरेको शैक्षिक चलचित्र कालोपाटी  निर्माण गरिएको सात बर्ष पछि युटुब मार्फत सार्वजनिक गरिने भएको छ । उक्त शैक्षिक कथानक चलचित्र कालोपाटि कार्तिक ३० गते शुक्रबार सिडि नेपाल युटुब च्यानलबाट बजारमा आउने निर्माण पक्षले जनाएको हो । यस चलचित्रको  समुदाय, विद्यालयहरुमा प्रदर्शनिले शिक्षक, अभिभावक विद्यार्थीहरुमा सकरात्मक उर्जा जाने र शैक्षिक प्रणाली सुधारमा कोशेढुङा सावित हुने आशा लेखक नवराज गजुरेलको रहेको छ । सात बर्ष अगाडि निर्माण गर्दा फिल्ममा  केही  समस्याहरु रहेको स्विकार्दै विषयबस्तुको उठान राम्रो भएको निर्माण पक्षको दावी छ चलचित्रको मुख्य भुमिकामा रोजिना ढकाल, जनक घिमिरे प्रज्ञान वजगाँई, नवराज गजुरेल ,रोहित कार्की, गिता थापा लगायत कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशन दिपक घिमिरेले गरेका छन ।

कालोपाटीको कथावस्तु 

हरेक मानिसहरुमा फरक फरक क्षमता रुचि चाहना हुन्छ ।  विद्यालयमा पढदै गरिरहेका विद्यार्थीहरुमा पनि हुन्छ , कोही पढाइमा अब्बल हुन्छन् भने कोही खेलकुदमा हुनसक्छन् कोही साहित्य, गित संगितमा त्यहीँ फरक क्षमता रुचिलाई मध्यनजर गर्दै शिक्षण किर्याकलापमा पनि सुधार गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोले अभिभावकले आफना बच्चाहरुलाई पढेन मात्रै भन्ने तर त्यसको कारण खोजी नगर्ने बानीले आज धेरै बालबालिका हरु मानसिक रोगको सिकार हुनुपरेको हाम्रै समाजमा देखिरहेका छौ ।  विद्यार्थीहरुमा आफू अभिभावकको लागि मात्रै  पढेको छु , हाम्रो चाहाना रुचि संग कोही मतलब राख्दैनन् भन्ने चिन्तामा छन । धेरै विद्यालयहरुमा आज पनि उहीँ पुरानो शैलीले शिक्षण किर्याकलापहरु भैरहेका छन । जसमा विद्यार्थी हरुको रुचि नरहेको कुरालाई नकार्न सकिदैन ।  र विद्यालयहरुमा पुराना शिक्षक र केही नयाँ गरौ भन्ने सोचले शिक्षण पेशामा लागेका  शिक्षकहरु विच ठुलो खाडल छ ।  जसलाई पुर्न सकिएन भने त्यसले झन ठुलो समस्या ल्याउने कुराहरुलाई नकार्न सकिदैन । यि र यस्तै  विषय बस्तुहरुलाइ समेटेर  चलचित्र कालोपाटी  निर्माण गरिएको परिकल्पनाकार कृष्णप्रसाद धितालले जानकारी दिए । 

शैक्षिक चलचित्र "कालोपाटी" सिडी नेपाल युटुब मार्फत सार्वजनिक

मनोरञ्जन


आवाज आट क्रिएशन प्रा.लीले  निर्माण  गरेको शैक्षिक चलचित्र"कालोपाटी  निर्माण गरिएको सात बर्ष पछि  युटुब मार्फत   सार्वजनिक गरिएको छ । हरेक मानिसहरुमा फरक फरक क्षमता रुचि चाहना हुन्छ ।  त्यो विद्यालयमा पढदै गरिरहेका विद्यार्थीहरुमा पनि हुन्छ , कोही पढाइमा अब्बल हुन्छन् भने कोही खेलकुदमा हुनसक्छन् कोही साहित्य, गित संगितमा  त्यहीँ फरक क्षमता रुचिलाई मध्यनजर गर्दै शिक्षण किर्याकलापमा पनि सुधार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको , अभिभावकले आफना बच्चाहरुलाई पढेन मात्रै भन्ने तर त्यसको कारण खोजी नगर्ने बानीले आज धेरै बालबालिका हरु मानसिक रोगको सिकार हुनुपरेको हाम्रै समाजमा देखिरहेका छौ । 

 विद्यार्थीहरुमा आफू अभिभावको लागि मात्रै  पढेको छु , हाम्रो चाहाना रुचि संग कोही मतलब राख्दैनन् भन्ने चिन्तामा छन । धेरै विद्यालयहरुमा आज पनि उहीँ पुरानो शैलीले शिक्षण किर्याकलापहरु भैरहेका छन । जसमा विद्यार्थी हरुको रुचि नरहेको कुरालाई नकार्न सकिदैन ।  र विद्यालयहरुमा पुराना शिक्षक र केही नयाँ गरौ भन्ने सोचले शिक्षण पेशामा लागेका  शिक्षकहरु विच ठुलो खाडल छ ।  जसलाई पुर्न सकिएन भने त्यसले झन ठुलो समस्या ल्याउने कुराहरुलाई नकार्न सकिदैन । यि र यस्तै  विषय बस्तुहरुलाइ समेटेर  चलचित्र कालोपाटी   निर्माण गरिएको परिकल्पनाकार धितालले जानकारी दिए । 

यस चलचित्रको  समुदाय, विद्यालयहरुमा प्रदर्शनिले शिक्षक ,अभिभावक विद्यार्थीहरुमा सकरात्मक उर्जा जाने र शैक्षिक प्रणाली सुधारमा कोशेढुङा सावित हुने आशा लेखक नवराज गजुरेलको रहेको छ । सात बर्ष अगाडि निर्माण गर्दा फिल्ममा  केही  समस्याहरु रहेको स्विकार्दै विषयबस्तुको उठान राम्रो भएको निर्माण पक्षको दावी छ चलचित्रको मुख्य भुमिकामा रोजिना ढकाल,जनक घिमिरे प्रज्ञान वजगाँई  नवराज गजुरेल ,रोहित कार्की ,गिता थापा  लगायत कलाकारहरुको अभिनय रहेको चलचित्रको निर्देशन दिपक घिमिरेले गरेका छन ।