entertainment
||Power News Asia||

आजको समाचार

पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन

मनोरञ्जन


बेल्जियम- नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष मणिराज गौतमको कृति “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले गौतमको कृति विमोचन गर्नु भएको हो ।

पुस्तक विमोचन गर्नुहुँदै राजदूत राजभण्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उहाँको धारणा रहेको थियो । पुस्तक मार्फत विदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाई अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, संघर्ष र सफलताका साथै नेपाली भाषा, कला, साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनिहरुले कसरी विश्व सामु फैलाइरहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक तयार भएको राजभण्डारीले बताउनुभयो ।

लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा लेखिएको बताउनु भयो । करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति आभार व्यक्त गर्नुभयो । पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति, परिवारिक अवस्था, बैदेशिक संघर्ष लगायतका वास्तविक कथा समावेश गरिएको गौतमले बताउनु भएको छ ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले विदेशमा रहेका नेपालीहरुले धेरै चुनौतिका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छाडेर युरोप पुगेका नेपालीहरुका सत्य कथाहरु संकलन गरेकोमा पत्रकार गौतमप्रति आभार प्रकट गर्नु भयो । आफ्नो जनभूमि छाडेर फरक भुगोल, संस्कार र संस्कृतिमा आफुलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डिल्ली अमाईले पुस्तक माथि टिप्पणी गर्नुहुँदै यसले युरोप भित्रका अधिकतम देशका विभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिनुभयो । पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्चतम हुने उहाँले बताउनु भयो । कार्यक्रममा अनेसास बेल्जियमका महासचिब गोपाल दाहालले पुस्तक माथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताउनु भयो ।

यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथा तयार पारी विमोचनका लागि अनेसासलाई अवसर दिनुभएकोमा धन्यवाद दिनु भयो । युरोपमा नेपालीहरुका दिव्य आशा, उन्मुक्त मनोभाव, उत्तेजना, सफलता–असफलताका कथा र संकल्पहरु समावेश गरिएको प्रवासका फुलहरु पुस्तक कलात्मक कृतिका रुपमा रहने बताउनु भयो ।

कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जनसम्पर्क समिति बेल्जियमका उपसभापति बिराट जोशी लगायतले कृति सफलताको शुभकामना ब्यक्त गर्नु भयो । पुस्तकमा लेखक संघ केन्द्रीय सदस्य हयग्रीव आचार्यको भाषा सम्पादन, कवि लेखक संप्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देबकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति क्रियशनका राम अबिकास र वितरकमा किताब घर हेटौंडाका छवि अनित्य रहनुभएको छ ।

"आयो रे आयो दशै आयो" सार्वजनिक

मनोरञ्जन


 काठमाण्डौ - नेपाली संगीतको आकाशमा बर्सेनि हजारौं गीतहरु निक्लने गर्दछ ती मध्य थोरै चर्चित र धेरै बिलिन हुने गर्दछ र त्यस्तै चाडपर्व लक्षित गीतहरु भने धेरै निस्कने गर्दछ र यी गीतहरु पनि त्यस्तै कसैको कथा सङ्ग मिल्न पुगे हिट नत्र गुमनाम नै हुन्छ । 

अहिले पनि नेपाली हिन्दुहरुको महान चाड बडा दशैको बेला छ र अहिले पनि दशै लक्षित गीतहरु धेरै निस्किएका पनि छन तर ती गीतहरुको भिडमा भने एउटा गीतले राम्रो स्थान पाउने पक्का छ । हाल अमेरिका रहेका अभिनेता प्रजोल गीरी अभिनित गीत " आयो रे आयो दशै आयो" बोलको गीतको कथा अहिलेको नेपालको परीपेक्षमा मिल्दो जुल्दो छ । धन कमाउन बिदेश गएको छोरा आफ्नो बुवा , आमा र श्रीमती अनि गाउँघर सम्झेर परदेशमा नै साथिभाईहरु सङ्ग दशैमा मनमा पीडा बोकेर दशैमा रमाएको गीतले देखाउन खोजेको छ ।

नेपाल र अमेरिकामा छायांकन गरिएको यस गीतलाई सन्देश शाह ले निर्देशन एबम सम्पादन गरेका छन ।प्रजोल गीरी ,कृष्ण कोईराला ,किशोर खतिवडा , प्राप्ती पौडेल,जिबि चिरन , कमल देबकोटा लागयताको अभिनय रहेको यश गीतमा हिमाल सागर र अनु चौधरीको आवाज रहेको छ । आरोही फिल्म्स , वाईड क्यानभास प्रोडक्सन र मेन इन हलिउडको प्रस्तुतीमा निर्माण भएको यस गीतलाई प्रजोल गीरी अफिसिएल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

'द फेस अफ सुपर मोडल,२०२४' को शिर्ष उपाधी साईमन र सन्ध्याको हातमा

मनोरञ्जन


काठमाण्डौ— आश्विन २०, २०८१

सौन्दर्य प्रतियोगिता ‘द फेस अफ सुपर मोडल, २०२४’ को उपाधि साईमन श्रेष्ठ र सन्ध्या परियारले जितेका छन्। एभरेस्ट ईभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा साईमन र सन्ध्याले क्रमशः महिला र पुरुष तर्फको शिर्ष उपाधि हात पारेका छन्।

प्रतियोगितामा आयुष ताम्राकार र सशिकला घिसिङ्ग ‘फस्ट रनर अप’ भए भने आर्यन शाह र प्रमिशा कोइराला 'सेकेन्ड रनरअप' घोषित भए। त्यस्तै बिधागत तर्फ बिराज थापा र जेनिशा राउत अर्गनाईजर चोईस, वाङ्गेल राई र जेनिशा मगर ब्राण्ड एम्बासडर, कृति लामा भ्यालेन्टिनो द बुटिक ब्राण्ड एम्बासडर, रुपा रश्मि कुलुङ, स्मृति लिम्बु र बिपन परियार मस्ट पपुलर अवार्ड बिजेता घोषित भए। 

आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा बिजेताले बिस हजार नगद सहित ब्रिटिस कलेजको तर्फबाट एक लाख बराबरको शैक्षिक छात्रवृत्ति, एवरेस्ट फिल्म एकेडेमीमा एक लाख बराबरको छात्रवृत्ति, मुए थाई बक्सिङ्को तीन महिने प्रशिक्षण, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड मेनेजमेन्टको तर्फबाट एक लाख पचास हजार बराबरको छात्रवृत्ति, फ्लाई टेक ईन्टरनेशनलमा चालिस हजार बराबरको एयर होस्टेस प्रशिक्षण, ब्रिटिस अमेरिका एजुकेयरको तर्फबाट शैक्षिक छात्रबृत्तिसंगै मूभी टिकेट, आवरण स्किन केयर, लक्सोरा लेदर्स, करुना ब्युटी पार्लर, एन प्लस प्रोफेसनल तथा ऊप्स नेपालको तर्फबाट आकर्षक उपहारहरु प्राप्त गरेका छन। 

युवायुवतीहरुको आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर, प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत पाँच वर्षदेखि ‘लिटिल स्टार नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको प्रतियोगिताका आयोजक कृष्ण श्रेष्ठले जनाए ।

चौथो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड -२०२४ सम्पन्न

मनोरञ्जन


काठमाडौं– चौथो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड २०२४ समारोहमा लोकप्रिय अभिनेता एबम् एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको रुपमा सम्मानित गरिएको छ । नेपाली फिल्मका यी सफल अभिनेताले पाकिस्तानी फिल्ममा समेत अभिनय गरेर नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गरेकोमा यो सम्मान अर्पण गरिएको आयोजक संस्थाको भनाइ छ । चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौलासहितको व्यक्तित्वले अभिनेता श्रेष्ठलाई उक्त उपाधिद्वारा सम्मानित गरेका हुन् ।

स्पर्श मीडिया एण्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको यो भव्य समारोहमा नेपाली सांगीतिक तथा मोडलिङ क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पुरस्कृत भएका छन् । आईएमई पेद्वारा पावर्ड गरिएको यो समारोहमा नेपाल टेलिकम, मात्रिका आइ सेन्टर, एन प्लस प्रोफेशनल, स्टेला प्रो मेकअप प्रायोजकको रुपमा रहेका थिए । प्रतियोगिताको निर्णायकमा गीतकार दयाराम पाण्डे, सञ्चारकर्मी राजेन्द्र बानिया, निर्देशक देवेन्द्र पाण्डे, निर्देशकरछायांकार रविन्द्र बराल तथा अभिनेता दिनेश केसी रहेका थिए ।

समारोहमा कोरियोग्राफर बिवेक श्रेष्ठ, समाजसेवी सबित श्रेष्ठ, मोडल तथा निर्माता अनुपम श्रेष्ठ, हेयर स्टाइलिष्ट सोन के शर्मा, मेकअप आर्टिष्ट सोनाली शिल्पकार, ब्यूटिसियन करुणा पुरी, व्यवसायी सम्झना श्रेष्ठ, अभिनेता तथा कोरियोग्राफी कृष्ण रसाल, गायक गणेश थापा, इभेन्ट अर्गनाइजर प्रतिक्षा कटुवाल, हिमालयन ब्रुअरीका प्रवन्ध निर्देशक श्याम बहादुर श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, इभेन्ट निर्देशक धिरज तण्डुकार, निर्देशक, लेखक तथा सञ्चारकर्मी संगीता श्रेष्ठ, गायक आनन्द कार्की, रंगकर्मी विरेन्द्र हमाललाई सम्मानित गरिएको थियो ।

समारोहमा विभिन्न सर्जकहरुलाई स्पेशल अवार्ड प्रदान गरिएको थियो । स्पेशल अवार्डतर्फ बेस्ट प्रोडक्सन मेनेजरको अवार्डबाट विशाल कार्की, बेस्ट मेकअप आर्टिष्ट (मेल) बाट मनोज लामा, बेस्ट मेकअप आर्टिष्ट (फिमेल) बाट सरिता मगर, इन्टरनेशनल उमन एचिभ्मेन्ट अवार्डबाट सन्तोषी कार्की (मिसेस नेपाल यूनिभर्स २०२४), बेस्ट फेसन डिजाइनर फर म्युजिक भिडियोबाट दिलमाया मगर, बेस्ट लिरिसिष्टबाट रीमा श्रेष्ठ, पपुलर म्युजिक भिडियो डाइरेक्टरबाट निकेश खड्का, मस्ट इन्स्पायरिङ म्युजिक भिडियो मोडलबाट सुजल बम तथा म्युजिक भिडियो क्विनबाट रीमा विश्वकर्मा पुरस्कृत भएका छन् ।

जुरी विधातर्फ राजेन्द्र बजगाईंले बेस्ट म्युजिक डाइरेक्टर, अन्जन कुँवरले बेस्ट मोडल डेब्यू, उमेश खड्काले बेस्ट टिभी एक्टर, विजय राज भूर्तेलले बेस्ट म्युजिक भिडियो डाइरेक्टर (पप आधुनिक), अशोक बिकेले बेस्ट म्युजिक भिडियो डाइरेक्टर (लोक दोहोरी) तथा सोनम पाख्रिनले बेस्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड जितेका छन् भने डेब्यू क्याटगोरीतर्फ दिप्शन चिलुवालले बेस्ट मोडल चाइल्ड (डेब्यू मेल), आश्रिया थापाले बेस्ट मोडल चाइल्ड (डेब्यू फिमेल), परिष्ना बास्तोलाले बेस्ट सिंगर चाइल्ड (फिमेल), ब्रमिम हमालले बेस्ट मोडल मेल (डायस्पोरा), प्रभा राईले बेस्ट सिंगर फिमेल (लोकदोहोरी), नम्रता खरेलले बेस्ट सिंगल फिमेल (पप आधुनिक) तथा मेग सुवेदीले बेस्ट मोडल मेल (डेब्यू) को अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

इन्डिजिनियस क्याटागोरीतर्फ नइन्द्र लोहोरु (बेस्ट मोडल मेल), समिता गिरी (बेस्ट मोडल फिमेल), सेजिया पे लडे (बेस्ट म्युजिक भिडियो, भोजपुरी), राज टाइगर (बेष्ट मोडल मेल फेस्टिभल सङ), नीना बुढाथोकी (बेस्ट मोडल फिमेल, फेस्टिभ सङ) पुरस्कृत भएका छन् । त्यसैगरी लोक दोहोरी तर्फ ध्रुव पुन ढबेस्ट सिंगर मेल), पूर्णिमा सेन ठकुरी (बेस्ट सिंगर फिमेल), सामना शाह (बेस्ट लिरिसिष्ट), आयान्स राई (बेस्ट मोडल चाइल्ड), बाबुराम सुनार (बेस्ट मोडल मेल), अस्मिता पुरी (बेस्ट मोडल फिमेल) तथा उमेश गुरुङ (बेस्ट म्युजिक भिडियो डाइरेक्टर) बाट पुरस्कृत भए ।

उक्त समारोहमा पप आधुनिक विधातर्फ समीर राई (बेस्ट लिरिसिष्ट), सुमन राई (बेस्ट सिंगर), साक्षी लम्साल (बेस्ट मोडल) तथा गोपाल ढकाल (बेस्ट म्युजिक भिडियो डाइरेक्टर) उत्कृष्ट भए । लोक आधुनिकतर्फ गोविन्द भट्टले बेस्ट लिरिसिष्ट, सरिता भारतीले बेस्ट सिंगर, प्रशान्त मगरले बेस्ट कोरियोग्राफर, सपना जनकले बेस्ट मोडल फिमेल (आधुनिक), सेन्जल पौडेलले बेस्ट मोडल फिमेल (लोक आधुनिक) तथा केशव कोइरालाले बेस्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड जित्न सफल भएका थिए ।

समारोहमा उत्कृष्ट विधातर्फ बिमला हमाल श्रेष्ठले बेस्ट सिंगर (डायास्पोरा), दिपक तिरुवाले बेस्ट म्युजिक डाइरेक्टर, प्रचण्ड बाबु राईले बेस्ट सिंगर मेल, सन्जना श्रेष्ठले बेस्ट सिंगर फिमेल, अनुप डंगोलले बेस्ट कोरियोग्राफर, दिनेश पराजुलीले बेस्ट सिनेमेटोग्राफर, विकास दाहालले बेस्ट एडिटर, प्रिज्योल भण्डारीले बेस्ट एक्टर (टिभी वेब सीरीज), सन्जित भण्डारीले बेस्ट मोडल (मेल), प्रनिमा दाहालले बेस्ट मोडल फिमेल, शिशिर खातीले बेस्ट म्युजिक भिडियो डाइरेक्टर तथा जानी न जानीले बेस्ट म्युजिक भिडियोको अवार्ड जित्न सफल भएको छ ।

 

गायक कन्हैया सिंह परियारको "घुम्नलाई जाँदा लाङटाङ‘’ सार्वजानिक (भिडियो सहित)

मनोरञ्जन


काठमाडौं– गायक तथा संगीतकार कन्हैया सिंह परियारले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट नयाँ गीत ‘घुम्नलाई जाँदा लाङटाङ’ लाई लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।  हालै मात्र उनले यो कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

विजय रुम्बा लामाद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । रमणीय लोकेशनमा छायांकन गरिएको यो भिडियोमा गायक कन्हैया सिंह परियारले नै मुख्य भूमिका निर्वाह गरेका छन् । भिडियोमा उनलाई कनिशा सिङ्तानले साथ दिएकी छिन् । भिडियोको छायांकन पनि निर्देशक रुम्बाले गनै गरेका छन् ।

गायक तथा संगीतको रुपमा लोकप्रियता हासिल गरिसकेका कन्हैया सिंह परियारलाई अभिनयमा पनि अब्बल देखिएको छ । आफ्नै गीतको भिडियोमा उनले गरेको अभिनय प्राकृतिक शैलीको देखिएको छ । यो गीतको भिडियोको लोकप्रियतासंगै आगामी दिनमा पनि उनले आफ्ना गीतका भिडियोमा अभिनयलाई निरन्तरता दिने आशा गर्न सकिन्छ ।

माधव लामिछानेद्वारा रचना गरिएको यो मेलोडियस गीतमा गायक कन्हैया सिंह परियारकै संगीत रहेको छ । बलराम समालले यो गीतमा संगीत संयोजन गरेका छन् । बलराम समालले नै यो गीतलाई मिक्सिङ गरेका हुन् ।

युकेवासी नेपालीले रुचाए काँडेतार

मनोरञ्जन


काठमाडौं-  सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ आईतवार आश्फोर्ड युकेको सिङ्गलटन हलमा उल्लेखनीय दर्शकहरु बीच विशेष प्रर्दशनी भएको छ । देशको माटो र मान्छे जोगाउने उदेश्यको साथ बनेको देशभक्तिपुर्ण चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफु अत्यन्तै हर्शित भएको निर्मात्री सत्यकला राईले बताउनु भएको छ ।

चलचित्र हेर्ने दर्शकहरुलाई थप मनोरन्जन प्रदान गर्न निर्मात्री एवं गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नुभएको थियो चलचित्र हेर्न विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, लेखक, पत्रकारहरु लगायत मुख्य आयोजक टिमका अधक्ष्य, नेप्लिज लेडिज ग्रुरुपका जया कोयी राई, सकुन लिम्बू नेम्वाङ, देवान राई, ट्रस्टी अफ गोर्खा पिस फाउन्डेसनका गंगाराज राई, महासचिव यायोक्खा वेलाय र नेपाली कलाकार प्रस्तोता समाज वेलायत किरात राई, कल्पना राई कुञ्जु, महासचिव सगरमाथा गोरखा नेप्लिज लेडिज कम्युनिटी आस्फोर्ड र साँस्कृतिक सचिव किरात राई यायोक्खा प्रा.क. आस्फोर्ड केन्टरएक्जेक्युटिव मेम्बर अफ कलाकार प्रस्तोता समाज युकेका प्रकाश राई, समाजसेवि सकुन लिम्बू नेम्बाङ्ग पुर्व खेलाडी, सहसचिव किरात याक्थुंग चुम्लुङ्ग युके, निर्मला राई, बिपिन लिम्बु, माला लिम्बु आदिको उपस्थिति रहेको थियो भने प्रायोजकमा आस्मी ज्वेलर्स, गोरखा भान्साघर, गोरखा भिल्ला, शिला किचन, काठमाण्डौ र गोल्ड होलसेल, केन्ट गोरखा कम्पनी, मेडिस्टोन तन्दुरी, सरस्वती ज्वेलर्स आदि रहेको थियो ।

नेपालको प्राय सबै शहरमा विशेष प्रदर्शन सम्पन्न भइसकेको र अत्यधिक रुचाइएको चलचित्र काँडेतारमा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ आदि कलाकार रहेका छन् । नवल खडकाको निर्देशन रहेको ‘काँडेतार’मा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम् अधिकारी र नवल खड्का, छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराजको रहेको छ ।

लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक

मनोरञ्जन


काठमाडौं -ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित भब्य कार्यक्रममा लिम्बू सचेतनामुलक म्युजिक भिडियो ‘मिघम्ब’को सार्बजनिक भएको छ । मिघम्बलाई कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होम कुमार लावती र विशेष अतिथि कलाकार, समाजसेवी पुर्ण सेलिङले संयुक्त रुपमा स्विच दबाएर सार्बजनिक गरेका थिए । मिघम्बलाई आत्मिय जनहरुको घर, घरमा पेन ड्राइभ मार्फत समेत पुराइने कुरा कार्यक्रमका सञ्चालक यासेली योङहाङले जानकारी गराए ।

निर्माता टेक लावतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लिम्बू समुदायका लभ्द प्रतिष्ठित ब्यक्तिहरुको बाक्लो उपस्थिती थियो । प्रायः उपस्थित सबैले यस्ता भिडियोहरु लगातार बनिरहनु पर्ने र यस्ता भिडियोहरुले हाम्रो समुदायलाई मनोरञ्जनमात्र नभई उच्च ज्ञान समेत दिने कुरा राख्नु भएको थियो ।
प्रेमहाङ्सेम लावतीको शब्द, संगीतमा तानाम तान्छो लावती र दिपा सुहाङको आवाज रहेको ‘मिघम्ब’मा सङ्गित संयोजन टेकेन्द्र याक्सोले गरेका हुन । तानाम तान्छो लावती, प्रेम हाङ्सेम लावती, निशा निङ्दम आदिको अभिनय हेर्न सकिने उक्त भिडियो दिनेश माङ्मुले निर्देशन गरेका हुन भने यसमा पदम लावती र टेक लावति निर्माता रहेका छन् ।
पाँचथर जिल्लाको कुम्मायक, कुस्सायक, माङहिम, सुब्जानि गाउँ लगायत अत्यन्तै ऐतिहासिक र रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो तानाम तान्छो अफिसियल युट्युब च्यानबाट बिश्वव्यापिकरण गरिएको हो ।

प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं – चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’बोलको भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

मायाँ प्रेममा हुने एक आपस बीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयासमा निर्देशक उत्तम श्रेष्ठ ‘सिसिर’ सफल भएका छन् । अलोन रेश्माको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम लगायतको अभिनय छ भने भिडियोकी निर्माता सदिक्षा पाण्डे हुन् ।

नयाँ दिल्लीमा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल

मनोरञ्जन


नयाँ दिल्ली- नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् । इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थीत नेपाली राजदुतावासको विपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजीत कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए । भारतका लागि नेपाली कार्यवाहक राजदुत डा. सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागीता बढाउन जरुरी रहेको बताउँदै यसको लागि पत्रकारीताले अहम भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँकाअनुसार दुतावासले हरेक कार्यक्रममा महिलाको सहभागीता र सहकार्यमा उत्साहीत भएर काम गर्दै आएको जानकारी दिनुभयो । डा.थापाले आफु नेपाल र भारतका सांस्कृतिक गतिविधिका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै केहीदिन अघि दुतावास परिसरमा रामलिलाको मन्चन गराएर सकारात्मक सन्देश दिन खोजेको बताउनुभयो ।

राम सीताको मिलनले दुई देश बीचको सम्बन्ध थप बिस्तार भएको भन्दै उहाँले परिसरभित्रै यस्ता गतिविधि बेलाबेला गर्दै आएको बताउनुभयो । त्यस्तै, इन्डियन वुमेन प्रेस कर्पस्का अध्यक्ष पारुल शर्माले भारतमा महिला पत्रकारको वृद्धि संख्या विस्तारै बढ्दै गएपनि स्वतन्त्र रुपमा काम गर्ने वातावरणमा विभिन्न चुनौति खेप्नु परेको बताउनुभयो । नेपाल र भारत बिचका पत्रकारले सहकार्य गरि एउटा सञ्जाल बनाउन सकिने विचार व्यक्त गनुभयो । प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहरीले दुइ देश बिचको नागरिक सम्बन्धलाई बलियो बनाउन यस्तो खाले छफलफल आवश्यक हुने बताउनुभयो । क्लबले पत्रकार महिलाको वृद्धि र विकासका टेवा पुर्याउन सधै तत्पर रहेको समेत सुनाउनुभयो । इनिसियटिभ अफ मिडिया वुमन (आईएम डब्लु) का महासचिव कविता अधिकारीले लोकतान्त्रीक विकास दुवै देशमा भएपनि महिला र भारतका पत्रकारको अवस्था उस्तै रहेको बताउनुभयो ।

अनुसन्धानकर्ता वेद प्रसाद शर्माले नेपाल र भारतका पत्रकार महिलाको साझा विचार विमर्श गर्न सञ्जाल निर्माण गर्न जरुरी रहेको बताउनुभयो । अन्र्तक्रिया कार्यक्रममा पत्रकार अदिति भाल, गीता श्री, पल शर्मा, ऋचा जैन, समृद्धि भट्नाकर, नीलम जिना, शोभा जैन, अन्जु ग्रोबर, आनन्द के सहाय, सञ्जय झा, नेपाली पत्रकार आकांक्षा शाह लगायत ३० जना पत्रकार महिलाले कार्यक्षेत्रमा देखिएका समस्या र अनुभब आदान प्रदान गरेका थिए । पारिवारिक सहयोग, क्षमता अभिबृद्धि, समान सेवा सुविधा तथा कार्यक्षेत्रमा महिलामैत्री वातावण स्थापित गर्न सकेको खण्डमा यस्ता समस्या केही हदसम्म कम हुंदै जानेमा सबै सहभागिहरुको जोड थियो ।

गायिका अन्जु श्रेष्ठको तिमीसंगै बोलको गीतको भिडियो सहित सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ  – गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको तिमीसंगै… बोलको गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो । चर्चित मोडल कलाकार स्मारिका ढकाल र सुरेश कोहिलको मुख्य अभिनय रहेको तिमीसंगैको भिडियोलाई निर्देशक रहेश पुमा राईले निर्देशन गरेका हुन् ।शैको संघार पारेर बजारमा ल्याईएको यस गीतमा मुग्लानी युवक र उनकी प्रेमिका विचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ । ग्रामिण परिबेसको सजिव कथा बोकेको यस गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।

सार्वजनिक भएपछि सकारात्मक प्रतिकृया सहित अगाडी बढिरहेको यस गीतकी गायिका अन्जु श्रेष्ठ नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समय देखि सक्रिय गायिका हुन् । कलानिधि संगीत महाविद्यालयबाट शास्त्रिय संगीतको अध्ययन गरेर नेपाली साँगीतिक क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठको पहिलो गीत तिज गीत ’रातो साडी’ हो  हरेक बर्ष तिज गीत सार्वजनिक गर्दै आएकी उनले एक दशक लामो औपचारिक संगीत यात्रामा विभिन्न चर्चित कलाकारहरुसंग सहकार्य गरेकी छन् । आधुनिक, पप, देशभक्ती, गजल, लोक आधुनिक लगायतका विभिन्न विधाका गीतहरुमा आवाज भरेकी श्रेष्ठका केही गीतहरुमा आफ्नै शब्द तथा अभिनय समेत रहेका छन् । विभिन्न अवार्ड प्राप्त गायिका श्रेष्ठका नयाँ गीतहरु पनि बजारमा आउने तयारीमा रहेका छन् ।